मुलुक परनिर्भरताको सङ्घारमा
हामीले आन्तरिक रुपमा ठीक ढङ्गले पुँजी परिचालन गर्न सकेका छैनौँ
अहिले नेपाल पूर्ण रुपमा परनिर्भरताको सङ्घारमा पुगिसकेको छ । रेमिट्यान्सले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको हुँदा यस्तो अवस्था स्वाभाविक रुपमा नै सिर्जना भएको हो । त्यसमाथि राजश्व संकलन पनि घटिरहेको छ । यी सबैले के कुरा देखाइरहेका छन् भने नेपालमा आन्तरिक स्रोतबाट लगानी हुनसक्ने सम्भावना नै छैन । परिणामतः हामी एक प्रकारको पासोमा परिसकेको स्थिति अहिले छ ।
त्यसैले हामीले एक कदम अगाडि बढ्न र हामीलाई यो दलदलबाट बाहिर निस्कन पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आवश्यक पर्ने देखिन्छ । त्यस बाहेक हामीले दिगो विकास लक्ष्य भेट्न र नेपालको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पनि हामीलाई अहिले थप ६/७ खर्व रुपियाँ अपुग हुने देखिन्छ । यो अवस्था समेतलाई दृष्टिगत गर्दा नेपाललाई ठूलो मात्रामा एफडीआई नभई नहुने देखिएको छ ।
नेपालका बैंकहरुले नेपाली अर्थतन्त्रको कुल आकारको १२७ प्रतिशत लगानी गरेको देखिन्छ । तर, हामीले नेपालको आर्थिक विकास र वृद्धि हेर्यौं भने सो लगानीको प्रभाव परेको देखिँदैन । यहाँनेर उठ्ने प्रश्न यो हो कि त्यत्रो लगानी आखिर कहाँ गयो ?
अर्को पाटोबाट हेर्दा के देखिन्छ भने नेपालमा बैङ्किङ क्षेत्रले गर्ने लगानीको प्रवृत्ति भने विश्वका अन्य विकसित मुलुकको जस्तै छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क नै हेर्ने हो भने पनि नेपालका बैंकहरुले नेपाली अर्थतन्त्रको कुल आकारको १२७ प्रतिशत लगानी गरेको देखिन्छ । तर, हामीले नेपालको आर्थिक विकास र वृद्धि हेर्यौं भने सो लगानीको प्रभाव परेको देखिँदैन । यहाँनेर उठ्ने प्रश्न यो हो कि त्यत्रो लगानी आखिर कहाँ गयो ?
त्यस्तै, अर्को कुरा के हो भने हाम्रो सकल घरेलु पुँजी बचत पनि अत्यन्तै कम छ । त्यही समयमा राष्ट्रिय बचत र खासगरि लगानीको कुरा गर्दा अर्थशास्त्रीय भाषामा ‘कोर ग्रस फिक्सड इन्भेष्टमेन्ट (सीएनआइएस) को कुरा गर्छौँ । त्यो हेर्दा ३१/३२ प्रतिशतको सीएनआइएस, डोमेष्टिक सेभिङ ६/७ प्रतिशत छ अनि ग्रस फिक्स इन्भेष्टमेन्ट २५ प्रतिशत मान्दा अझै ६/७ प्रतिशतको स्पेस देखिन्छ । तर, हामीले आन्तरिक रुपमा ठीक ढङ्गले पुँजी परिचालन गर्न सकेका छैनौँ। त्यो हामीले भुल्नु हुँदैन । यो तथ्य बाहेक हामीले खासमा हाम्रो लगानीको क्षेत्र के हुनुपर्छ र हामीले कति लगानी कुन क्षेत्रमा गर्नु आवश्यक छ भन्ने अनुसन्धान गर्नु जरुरी छ ।
यहाँ विदेशी लगानी किन हुन सकेन भन्ने समस्या अनि समाधानका कुरा हुँदै आएका छन् । त्यसैगरी नेपालमा विदेशी लगानी ल्याउनै हुँदैन भन्ने फरक किसिमका विचारहरू पनि छन् । तर पनि प्रभावको हिसाबले भन्दा बढी हामीले प्रविधि भित्राउने हिसाबले सोच्नुपर्ने हुन्छ ।
उत्पादन, पूर्वाधार र सेवा क्षेत्रमा असन्तुलन आयो भने त्यसले बिस्तारै मुलुकमा अर्को खालको संकट उत्पन्न गराउँछ ।
विदेशी लगानीमार्फत हामीले प्रतिस्पर्धात्मक क्षमता बढाउने हो । नेपालको निर्यात बढाउन लगानी गर्ने हो । पूर्वाधार विकास गर्ने हो । धेरै देशको अनुभव हेर्दा के देखिन्छ भने एउटा निश्चित क्षेत्रमा जस्तै पूर्वाधारमा लगानी गर्दा उत्पादनमा जोड नपुगेको, मानव स्रोतको क्षमता विकास ठिक ढंगले नभएको पाउँछौ । त्यसैले आर्थिक विकासलाई सन्तुलित ढंगले अघि बढाउने हिसाबले काम गर्नु पर्ने हुन्छ । यी विषयमा ध्यान नपुगेकै कारण सन् १९९७ र २००८–०९ मा वित्तीय संकट देखा परेको थियो ।
यदि उत्पादन, पूर्वाधार र सेवा क्षेत्रमा असन्तुलन आयो भने त्यसले बिस्तारै मुलुकमा अर्को खालको संकट उत्पन्न गराउँछ । अर्को प्रकारले मुलुकमा ठूलो संकट आउँदा आन्तरिक नीतिका सुधार ल्याएर त्यसलाई हल गर्ने स्पेस समेत हुँदैन । रोजगारीमा संकट आउँछ, दिगो विकासमा समस्या खडा हुन्छ । त्यसैले कृषि र उत्पादनशील क्षेत्रमा समान ढंगले लगानी गर्नुपर्ने हुन्छ ।
कतिपय अध्ययनहरूले नेपालमा कतिपय क्षेत्रमा भएका वैदेशिक लगानीले यहाँको अर्थतन्त्र र रोजगारी वृद्धिमा ठोस योगदान नगरेको देखिएको छ । यसरी एफडीआईले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको अवस्था प्रति हामी सचेत हुनु पर्छ ।
यहाँ त यस्तो पनि समय आएको थियो कि कृषिमा गर्न लागिएको जथाभाबी लगानीलाई सर्वोच्च अदालतले रोक्नु परेको थियो । यसो भन्दा हामीले हेर्ने कुरा यो हो कि हालै कतिपय अध्ययनहरूले नेपालमा कतिपय क्षेत्रमा भएका वैदेशिक लगानीले यहाँको अर्थतन्त्र र रोजगारी वृद्धिमा ठोस योगदान नगरेको देखिएको छ । यसरी एफडीआईले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको अवस्था प्रति हामी सचेत हुनु पर्छ ।
राष्ट्र बैकको तथ्याङ्क अनुसार नेपालमा हुने लगानी प्रतिबद्धताको तुलनामा जम्मा ७ प्रतिशत मात्र भित्रिने गरेको छ । जति लगानी आएको छ त्यसबाट नेपालको आर्थिक वृद्धिमा के कसरी सहयोग पुगेको छ वा छैन भन्ने कसरी हेर्ने ? यदि यसको मापन गर्ने गरियो भने लगानीकर्ता र हामी दुबैलाई लाभ हुने खालको स्थिति बन्छ ।
अहिले सबैले ऊर्जाको मात्र कुरा गर्ने गरेको देखिन्छ । तर बढो सुविचारित हिसाबले, बुद्धिमत्तापूर्ण हिसाबले हामीलाई सबभन्दा लाभ, फाइदा कसरी हुन्छ भन्ने कुराको अलिकति विचार गरेर प्रस्तावहरु अगाडि सार्नुपर्ने हुन्छ ।
हामीले लगानीका कारण बढेको उत्पादनलाई निर्यात गर्ने वातावरण बन्छ । हामी दिगो विकासको दिशामा अघि बढ्न सक्छौँ । हामीले सबै विकास सहयात्रीहरूले यस्तै कुराहरू गर्दै हिँडिरहेको पाउँछौ । त्यसैले हामीले एकोहोरो एफडीआई मात्र नभनेर यो क्षेत्रमा यति एफडीआई भन्न सक्नु पर्छ ।
अहिले सबैले ऊर्जाको मात्र कुरा गर्ने गरेको देखिन्छ । तर बढो सुविचारित हिसाबले, बुद्धिमत्तापूर्ण हिसाबले हामीलाई सबभन्दा लाभ, फाइदा कसरी हुन्छ भन्ने कुराको अलिकति विचार गरेर प्रस्तावहरु अगाडि सार्नुपर्ने हुन्छ । फगत प्रोपोगान्डको रुपमा सम्मेलन गर्यौँ भन्ने अनि थुप्रै प्रतिबद्धताहरु गराउने र त्यसलाई बिर्सने गर्नु हुँदैन ।
कुन देशले कुनै कमिटमेन्ट गरेको छ, कुन कम्पनीले कति लगानी गर्छु भनेको छ , कुन व्यक्तिले कस्तो आशय राखेर गएको छ भन्ने जस्ता कुरा हेर्नुपर्छ। त्यसभित्र पनि अझ उनीहरूलाई मात्र लगानी गर्न नलगाएर यहाँका स्थानीय साझेदार समेतलाई सँगै लगानी गर्न लगाउने हो भने सजिलै पुँजी र प्रविधि हस्तान्तरण हुनसक्छ ।
(प्रस्तुत सामग्री नेपाल प्रज्ञा प्रतिष्ठान र वैकल्पिक अध्ययन समाजले काठमाडौँमा आयोजना गरेको ‘नेपालको-आर्थिक सामाजिक क्षेत्रमा बैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रा. डा. डिल्लीराज खनालले प्रस्तुत गर्नु भएको विचार हो ।)
सम्बन्धित सामग्री |
प्रतिक्रिया