हाम्रो शरीरबारे केही जानकारी

• मानव औंलाले ०.०२ मि.मि.सम्मको चाल (movement) को कम्पन महशूस गर्नसक्छ ।
• हाम्रो शरीरमा राता रक्तकोषिकाहरु प्रति सेकेण्ड १० लाखको संख्यामा उत्पादन हुन्छन् । यिनीहरु लगभग १२० दिन बाँच्छन् ।
• साधारणतया मानव आन्द्रा करिब ९ मि. लामो हुन्छ ।
• औसत मान्छेहरुले आफ्नो जीवनकालमा लगभग ४०,००० के.जी. खाना खान्छन् ।
• एउटा प्लाज्मा सेल (नजमेको रगतको तरल भाग जो रक्ताणुहरु हटाएपछि बाँकी रहन्छ) ले एक सेकेण्डमा २०० एन्टिबडी अणुहरु (रगतमा हानिकारक वस्तुलाई नष्ट गर्न शरीरले नै बनाउने वस्तु) निर्माण गर्नसक्छ ।
• हाम्रो शरीरमा रक्तबाहिनीहरु (ब्लड भेसल्स्)को कुल लम्बाइ १ लाख कि.मि. छ ।
• औसत मान्छेले आफ्नो जीवनकालमा लगभग ४ लाख २० हजार घन मिटर आयतन बराबरको वायुको श्वास तान्छ ।
• हामीले आफ्नो जीवनकाल एउटा सानो थोप्लो (लगभग अंग्रेजीमा लेखिने फूल स्टप) बराबरको डिम्बबाट शुरुवात गरेका हुन्छौं ।
• उमेर बढ्दै गएअनुसार मान्छे कम सुत्छ । एउटा नवजात शिशु १६ घण्टासम्म सुत्न सक्छ । र, ६० वर्ष पुग्दासम्म उसको सुताइ घटेर ७ घण्टाको हुनपुग्छ ।
• नवजात शिशुमा ३५० वटा हाडहरु हुन्छन् भने वयस्कमा २०६ मात्र हुन्छन् । मान्छेको उमेर बढ्दै गएअनुसार हाडहरु जोडिंदै जाने भएकोले यस्तो भएको हो । त्यसैले मान्छेको उमेर हाडको एक्सरे गरेर पत्ता लगाउन सकिन्छ ।
• सबभन्दा सानो हाडको नाम स्टेप्स (stapes bone) हो यो कानमा रहेको हुन्छ । यो २–३ मि.मि. सम्म लामो हुन्छ ।
• सबभन्दा लामो हाडको नाम फिमर (Femur) हो । यो तिघ्रामा हुने हड्डी हो । यो १.८ मि.को अग्लो मान्छेमा ५० से.मि. सम्म लामो हुनसक्छ ।

पेन्सिलिन: संयोगवश भएको एउटा महान आविष्कार !

चिनियाँ एआई डीपसिकको झट्का

क्वान्टम सिद्धान्त र द्वन्द्वात्मक भौतिकवाद

३३ अर्ब सूर्य बराबरको ब्लाकहोल पत्ता लाग्यो !

ला नीना र त्यसले पार्ने सम्भाव्य नकारात्मक असरहरु

कुनैबेला पृथ्वीको जमीन एकै ढिक्का थियो !

पृथ्वी कतिवटा टेक्टोनिक प्लेटहरूमा विभाजित छ ?

प्रतिक्रिया