जुन शक्तिको लागि उनीहरू हामीमाथि शासन गर्दैछन्– त्यही उनीहरूको बीचमा आपसी झगडाको कारण बन्नेछ
‘समाजवादले तपाईंहरूले नष्ट पार्नुभएको संसारलाई एउटै बनाएर त्यसलाई एक महान् पूर्णतामा परिणत गर्ने अवश्यम्भावी छ !’ (म्याक्सिम गोर्कीको कालजयी रचना ‘आमा’ उपन्यासको अंश)
महान समाजवादी लेखक म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ मजदूर वर्गलाई नायक बनाएर लेखिएको पहिलो उपन्यास हो । लेनिनले यसलाई ‘मजदूरहरुका लागि एउटा जरुरी रचना’ भनेका थिए । प्रस्तुत छः संसारभरिकै हरेक न्यायप्रेमी मजदूरहरुले पढ्नै पर्ने महानतम कृति आमा उपन्यासका नायक पावेल व्लासेवले अदालतमा दिएका बयानः
“हामी समाजवादी हौं। यसको अर्थ हो हामी व्यक्तिगत सम्पत्तिको विरोधी छौं, जसले मानिसहरूलाई विभाजित तुल्याउँछ, एक अर्काबीच दुश्मनी फैलाउँछ, निजी स्वार्थको लागि मानिसहरूलाई ज्यानी बैरी बनाइदिन्छ, अनि यस अन्तरविरोधलाई ढाकछोप गर्न र निर्दोष सावित गर्न असत्यताको सहारा लिन सिकाउँछ । यसले मानिसहरूमा झूट, पाखण्ड र घृणा कोचिकोचिकन उनीहरूलाई भ्रष्ट बनाइदिन्छ ।
हामी भन्छौं– त्यस्तो समाज जसले मानिसलाई ढुकुटी भर्ने साधनको रूपमा मात्र देख्छ, अमानवीय समाज हो, त्यस्तो दुई जीब्रे र पाखण्डी नैतिक पद्धति स्वीकार गर्न सक्दैनौं । मानव व्यक्तित्वप्रतिको उसको दृष्टिकोणमा जुन अश्लीलता र क्रूरता छ हामी त्यसलाई घृणा गर्छौं । यस्तो समाजले मानिसहरूमाथि जुन शारीरिक र नैतिक दासता थोपरिराखेको छ, हामी त्यसको विरोधमा लड्न चाहन्छौं र लड्दै जाने छौं, लोभी र स्वार्थी उद्देश्यको लागि मानिसहरूलाई विभाजित तुल्याउने सब साधनहरूको विरुद्ध संघर्ष गर्दै जानेछौं ।
हामी भन्छौं– त्यस्तो समाज जसले मानिसलाई ढुकुटी भर्ने साधनको रूपमा मात्र देख्छ, अमानवीय समाज हो, त्यस्तो दुई जीब्रे र पाखण्डी नैतिक पद्धति स्वीकार गर्न सक्दैनौं । मानव व्यक्तित्वप्रतिको उसको दृष्टिकोणमा जुन अश्लीलता र क्रूरता छ हामी त्यसलाई घृणा गर्छौं ।
हामी मजदुर हौं - हाम्रै परिश्रमले भीमकाय मेशीनहरूदेखि लिएर बच्चाहरूका खेलौनाहरूसम्म संसारभरिका सब कुराहरू तयार हुन्छन् । फेरि हामी नै त्यस्ता व्यक्ति हौं जो आफ्नो मानवोचित मर्यादाको रक्षा गर्ने अधिकारबाट समेत वञ्चित छौं। हामीलाई कसैले पनि आफ्नो स्वार्थपूर्तिको साधनको रूपमा प्रयोग गर्न सक्छ। अब हामी त्यो स्वतन्त्रता हासिल गर्न चाहन्छौं जसले हामीलाई भोलि गएर सम्पूर्ण सत्ता आफ्नो हातमा लिने सम्भावना देओस्।
हाम्रा नाराहरू सामान्य छन् - ' व्यक्तिगत सम्पत्ति नाश होस् ! उत्पादनका साधनहरू जनतालाई सुम्प ! समस्त सत्ता जनातालाई सुम्प ! श्रम, सबैको लागि अनिवार्य हुनुपर्छ!' तपाईंहरूले देखिहाल्नुभयो हामी विद्रोही मात्र होइनौं ! '
पाभेल विस्तारै मुस्कुरायो र सुस्त चालले आफ्नो कपाल मुसायो । उसका नीला आँखा अझ बढी चम्किंदै थिए ।
“तपाईं कृपया कामको कुरा गर्नोस् । ' - प्रधान न्यायाधीशले चर्को र स्पष्ट स्वरमा भन्यो । उसले पाभेलतिर आफ्नो छाती फर्कायो र उसको मुखमा
हेर्न थाल्यो।
आमालाई लाग्यो उसको निश्तेज बायाँ आँखामा लोभ र कपटको ज्वाला सल्किरहेको छ। तीनै जना न्यायाधीशहरू यसरी पाभेललाई हेर्दै थिए मानौं उनीहरूका आँखा उसको अनुहारमा टाँसिएका छन्, उसको शरीर- भित्र गाडिंदै छन् र उसको रगतले आफ्नो तिर्खा मेट्न खोज्दै छन् र यस प्रकारले आफ्ना खिइसकेका शरीरमा नयाँ शक्ति सञ्चार गर्न चाहन्छन् । तर अग्लो कदको पाभेल सीधा उभिएको थियो, ऊ एकदम दृढ देखिन्थ्यो । उसले एक हातले न्यायाधीशहरूतिर औँल्याउँदै स्पष्ट र शान्त स्वरमा भन्दै गयो :
“हामी क्रान्तिकारी हौं र त्यस वेलासम्म हाम्रो क्रान्ति कायम रहने छ जबसम्म एकाथरीले हुकुम मात्र चलाएर बस्नेछन् र अर्को थरी काम मात्र गर्नेछन्। हामी त्यस समाजको विरोधमा डटेका छौं, जसको स्वार्थ रक्षा गर्ने आदेश तपाईं न्यायाधीशहरूलाई दिइएको छ । हामी त्यस समाजका कट्टर विरोधी छौं त्यसैले तपाईंहरूको पनि । हाम्रो बीच त्यतिन्जेल कुनै सम्झौता हुन सक्दैन जबसम्म हामी विजयी हुनेछैनौं । हामी मजदुरहरूको विजय अवश्यम्भावी छ !
सम्पत्तिको रक्षा गर्न अतिशय तनाउको खाँचो पर्छ र वास्तवमा भन्ने हो भने तपाईंहरू जो हाम्रा मालिक कहलाइनुहुन्छ, हामीभन्दा पनि बढी दास हुनुहुन्छ, हामी शारीरिक रूपमा मात्र दास छौं, तपाईंहरू मानसिक रूपमा पनि दास हुनुहुन्छ, तपाईंहरू आफ्नो आदत र पूर्वाग्रहको बन्धनबाट मुक्त हुन सक्नुहुन्न।
तपाईंका मालिकहरू त्यति बलिया छैनन् जति उनीहरूले आफूलाई ठानेका छन् । त्यही सम्पत्ति जसलाई बटुल्न र रक्षा गर्नको लागि उनीहरूले आाफूले दास बनाएर राखेका लखौंलाख मानिसहरूलाई बलि चढाइरहेका छन्, त्यही शक्ति जसको लागि उनीहरू हामीमाथि शासन गर्दै छन् – उनीहरूको बीचमा आपसी झगडाको कारण बन्न पुग्नेछ र उनीहरूलाई शारीरिक र नैतिक रूपमा नष्ट पार्नेछन् ।
सम्पत्तिको रक्षा गर्न अतिशय तनाउको खाँचो पर्छ र वास्तवमा भन्ने हो भने तपाईंहरू जो हाम्रा मालिक कहलाइनुहुन्छ, हामीभन्दा पनि बढी दास हुनुहुन्छ, हामी शारीरिक रूपमा मात्र दास छौं, तपाईंहरू मानसिक रूपमा पनि दास हुनुहुन्छ, तपाईंहरू आफ्नो आदत र पूर्वाग्रहको बन्धनबाट मुक्त हुन सक्नुहुन्न। यस बन्धनले तपाईंहरूलाई मानसिक रूपमा मुर्दा बनाइसकेको छ । हाम्रो चाहिं आन्तरिक स्वतन्त्रतामा बाधा पार्ने कुनै त्यस्तो बन्धन छैन । त्यो विष जसको सहायताबाट तपाईंहरू हामीलाई सताउन चाहनुहुन्छ, त्यो विष मार्ने औषधिभन्दा धेरै कमजोर छ, जुन तपाईंहरू नचाहेर पनि हाम्रो चेतनामा भर्ने गर्नुहुन्छ ।
हाम्रो वर्ग चेतना निरन्तर बढ्दै छ, त्यो अझ प्रज्वलित हुँदै छ र जे जति पनि पवित्र कुरा छ - जसको आत्मा स्वच्छ छ, सबैलाई आफूतर्फ तान्दै छ । तपाईंका वर्गभित्रका मानिसहरूलाई समेत आफूतिर आकर्षित गर्दै छ । हेर्नोस् त, आज तपाईंहरूको वर्गमा त्यस्तो कुनै व्यक्ति छैन जो तपाईंहरूको सत्ताको निमित्त वैचारिक रूपमा संघर्ष गर्न समर्थ होस् । तपाईंहरूले ती सबै तर्कहरू रित्याइसक्नुभएको छ जसले तपाईंहरूलाई इतिहासको न्यायिक प्रहारबाट जोगाउन सकोस् । तपाईंहरू विचारधाराको क्षेत्रमा कुनै नयाँ कुरा सृजना गर्न असमर्थ हुनुहुन्छ। मानसिक रूपमा तपाईंहरू बाँझो भैसक्नुभएको छ । अर्को तर्फ हाम्रो विचारधारा विकसित हुँदै छ, झन्झन् उज्ज्वल बनेर फैलिंदै छ र जनसमूहलाई एकत्रित पार्दै छ स्वतन्त्रता सङ्ग्रामको लागि सङ्गठित तुल्याउँदै छ । मजदुरवर्गको भूमिका कति महान् छ भन्ने चेतनाले विश्वभरिका मजदुरहरूलाई एकै आत्मामा मिलाउँदै छ ।
जीवन- नवीकरणको यस प्रकृयाको विरुद्ध तपाईंहरू क्रूरता र कपटसिवाय अरू केही प्रयोग गर्न सक्नुहुन्न। तर तपाईंहरूको कपट परैबाट खुट्टयाउन सकिन्छ र तपाईंहरूको क्रूरताले हाम्रो रोष मात्र बढाउँछ । ती हात जो आज हाम्रो घाँटी अठ्याउन प्रयोग गरिन्छन् भोलि साथीहरूजस्तै हामीसंग हात मिलाउन अघि बढ्नेछन् । तपाईंहरूको शक्ति बढ्दै गएको सुनको थुप्रोको यान्त्रिक शक्ति हो, यसले तपाईंहरूलाई विभिन्न दलहरूमा विभाजित गरेको हुन्छ, जो एक दोस्रोलाई निल्न तत्पर हुन्छन् । हाम्रो शक्ति समस्त मजदुरहरूको एकताको जिउँदो र निरन्तर बढ्दै गैरहेको चेतनामा निहित छ ।
जीवन- नवीकरणको यस प्रकृयाको विरुद्ध तपाईंहरू क्रूरता र कपटसिवाय अरू केही प्रयोग गर्न सक्नुहुन्न। तर तपाईंहरूको कपट परैबाट खुट्टयाउन सकिन्छ र तपाईंहरूको क्रूरताले हाम्रो रोष मात्र बढाउँछ ।
तपाईंहरू जे जति पनि गर्नुहुन्छ त्यो अपराधपूर्ण छ, किनभने त्यसको लक्ष्य मानिसहरूलाई दास बनाउनु हो । तपाईंहरूले जुन झूटो प्रचार, घृणा र लोभद्वारा एउटा छुट्टै पैशाचिक संसार खडा गर्नुभएको छ, जसद्वारा जनताहरूलाई आतङकित तुल्याउँदै हुनुहुन्छ, त्यसबाट विश्वलाई मुक्त गर्नु नै हाम्रो एक मात्र उद्देश्य हो। तपाईंहरूले मानव व्यक्तित्वलाई जीवनबाट अलग्याएर नष्ट पार्नुभयो, समाजवादले तपाईंहरूले नष्ट पार्नुभएको संसारलाई एउटै बनाएर त्यसलाई एक महान् पूर्णतामा परिणत गर्नेछ र यो अवश्यम्भावी छ !”
पाभेल एक छिन रोकियो र फेरि विस्तारै तर दृढतापूर्वक दोहो-यायो : "यो अवश्यम्भावी छ !’’
रादुगा प्रकाशन, मास्कोबाट प्रकाशित ‘आमा’ उपन्यासबाट साभार
प्रतिक्रिया