मान्छे माग्दा पैसा देखाउने, नेपालमा रुसको 'रुबल कुटनीति'
युक्रेनसँगको युद्धमा नेपाली युवाहरूलाई गैरकानूनी भर्ती गरी लड्न पठाएको रूसले काठमाडौंमा ‘रुबल कूटनीति’ अपनाउन खोजेको छ।
नेपालले रूसी सेनामा भर्ती भएका आफ्ना नागरिकलाई फिर्ता पठाउन रूसलाई ताकेता गरिरहेको छ। तर युक्रेनसँगको फ्रन्टलाइनमा सेना गुमाइरहेको रूसले यसो गर्न चाहेको छैन।
सो मामिलामा यसअघि नेपालले पठाएको दुईवटा कूटनीतिक नोटको रूसले जवाफ नै दिएको थिएन। तेस्रोपटक कूटनीतिक नोट पठाएपछि रूसी राजदूत नोभिकोभ नेपालका अर्थमन्त्रीलाई बधाई दिने बहानामा भेट्न पुगेका हुन्।
यसअघि वैशाखको ६ देखि ११ गतेसम्म रूस भ्रमणमा रहेका नेपालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई रूसी दूतावासले वैशाख २१ गते पत्र पठाउँदै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरू अघि बढाउन आग्रह गरेको थियो। सो पत्रमा रूसले विद्युतीय रेल, सडक मार्ग, बालबालिका क्यान्सर अस्पताल स्थापना र नेपाली विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउनेसम्म प्रस्ताव गरेको थियो।
नेपालका लागि रूसी राजदूत अलेक्सेई नोभिकोभले बुधबार दिउँसो नेपालका अर्थमन्त्री वर्षमान पुनसामू पुनः ‘रुबल कूटनीति’को बलियो संकेत दिएका छन्।
उनले नेपाली युवालाई फर्काउन खोज्दा पनि नमानेको भनी एकातिर गैरजिम्मेवार जवाफ दिएका छन् भने अर्कातिर यो मामिलालाई नेपालले थप उठान नगरोस् भन्न ठूलो आर्थिक सहयोग गर्ने आश्वासनको चारो छरेका छन्।
स्ट्रेट अफ हर्मोज र डगमगाउँदो भू-राजनीति
पश्चिम एशियाको युद्धले नेपालमा पार्ने बहुआयामिक संकट
हर्मुज संकटका बीच सुरक्षित पाकिस्तानी अर्थतन्त्र
डलरको साम्राज्य: तेल र राजनीतिको खेलले कसरी चलाउँछ संसार?
सुनको मूल्य किन ह्वात्तै बढ्ने र घट्ने भइरहेछ ?
धनी र गरिबबीचको खाडल झनै फराकिलो बन्दै !
आर्थिक घेराबन्दीको बीच चीनको अर्थतन्त्रको शानदार प्रदर्शन : बाधाहरूलाई अवसरमा र…
प्रतिक्रिया