चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा

चार्ली च्यप्लिन ! हास्य कलाकारका रुपमा विश्वमै सबैभन्दा महान् प्रतिभाशाली कलाकारका रुपमा स्थापित नाम हो चार्ली च्याप्लिन । आफ्नो बेजोड हाँस्य अभिनयका कारणले गर्दा उनी संसारभरि नै प्रख्यात छन् ।

यद्यपि उनी एक बेजोड कलाकारमात्र नभएर चलचित्रको डाइरेक्टर, निर्माता, कथा पटकथा लेखक र संगीतको कम्पोजर पनि थिए । उनी बहुमुखी प्रतिभाका धनी थिए । त्यही भएर उनलाई मुक चलचित्रको युगका सबैभन्दा महान्, रचनात्मक, प्रभावशाली र तीक्ष्ण प्रतिभा मानिन्छ ।

रुवाउने बाल्यकाल:

दुनियाँलाई आफ्नो कलाको माध्यमबाट हसाउने चार्ली च्याप्लिनको बाल्यकाललाई फर्केर हेर्ने हो भने निक्कै कष्टकर र संघर्षमय देखिन्छ । साँच्चै भन्ने हो भने हास्यकलाको माध्यमबाट विश्वलाई मोहित पार्ने यी महान् कलाकारको बाल्यकालको कथा रुवाउने खालको छ ।

चार्लीका मातापिताको दाम्पत्य जीवन लामो समयसम्म सुखमय हुन सकेन । खासगरी, चार्लीका पिताको रक्सी खाने बानीले उनीहरुको सम्बन्ध बिग्रियो ।

चार्लीको जन्म अप्रिल १६, सन् १८८९का दिन लण्डनको वालवोर्थ भन्ने स्थानमा भएको थियो । उनका पिताको नाम चार्ल्स च्याप्लिन थियो । त्यसबेलाको प्रचलनअनुसार उनको नाम पनि बाबुको नामको आधारमा चार्ल्स स्पेन्सर च्याप्लिन जुनियर राखिएको थियो । चार्लीका पिता चार्ल्स लण्डनको एउटा कन्सर्ट हलमा गाउने गर्थे । उनकी आमा हान्ना हिल पनि गायिका, नर्तकी र अभिनय गर्ने कलाकार थिए । यसरी चार्लीका मातापिता दुवै कलाकार र गायकगायिका थिए । तर उनीहरु गरिब थिए । गायन र कलाकर्मबाट उनीहरु जेनतेन खानपुग्ने कमाउथे र त्यही कमाइबाट उनीहरुको गुजारा चल्ने गथ्र्यो ।

 चार्लीका मातापिताको दाम्पत्य जीवन लामो समयसम्म सुखमय हुन सकेन । खासगरी, चार्लीका पिताको रक्सी खाने बानीले उनीहरुको सम्बन्ध बिग्रियो । चार्ली सानै उमेरको हुँदा नै उनीहरु एकअर्काबाट छुट्टिए । चार्लीकी आमाले अर्को गायकसँग प्रेम गरे र तिनबाट एउटा बच्चा पनि पाए । तर बच्चा जन्मेपछि ती गायकले चार्लीका आमालाई अपनाएनन् । फलतः चार्लीको आमाको दुःखमाथि झनै दुःख मात्रै थपियो ।

आमालाई दर्शकले हुटिङ गर्दा चार्ली मञ्चमा गए । त्यहाँ आएका दर्शकहरु चार्लीलाई मञ्चमा देखेर छक्क परे । उनीहरुले गिल्ला गरे, खिसी गरे । तर जसै चार्लीले अभिनयका साथ गाउन सुरु गरे, मानिसहरु तीनछक्क परे ।

 बाबुआमा संयुक्त हुँदा जेनतेन खान पुग्ने चार्लीको परिवार थियो । तर उनीहरुको सम्बन्ध टुटेपछि आमाको एक्लैको कमाइले मात्र उनीहरुलाई हातमुख जोड्न पनि समस्या पर्न थाल्यो । हान्नाले फेरि स्टेजमा गाउने र अभिनय गर्ने काम थालिन् । तर दुःख र पीडा अनि राम्रो खानपीन नभएको कारण उनले पहिले जस्तो राम्ररी गाउन सकिनन् । दर्शकहरुले उनलाई विरोध गर्न थाले । त्यस बेला चार्लीको उमेर ५ वर्षमात्रै थियो । तर आमाको सङ्गत र प्रेरणाले उनले थोरबहुत गाउन र अभिनय गर्न सिक्न थालिसकेका थिए । त्यसैले आमालाई दर्शकले हुटिङ गर्दा चार्ली मञ्चमा गए । त्यहाँ आएका दर्शकहरु चार्लीलाई मञ्चमा देखेर छक्क परे । उनीहरुले गिल्ला गरे, खिसी गरे । तर जसै चार्लीले अभिनयका साथ गाउन सुरु गरे, मानिसहरु तीनछक्क परे । उनको सुरिलो आवाज र निर्दोष अभिनय कलाले मानिसहरुलाई मोहित पार्‍यो । उनकी आमाले गाउन नसकेको कुरा दर्शकले भुले । उनले दर्शकहरुको स्याबासी र वाही वाही लुटे ।

आमाको ठाउँमा अब चार्लीले अभिनय गर्न र गाउन थाले । घरमा उनलाई आमाले प्रशिक्षण दिने गर्थिन् । तर त्यसले खान लाउन पुग्दैन थियो । चार्लीकी आमाले घरको सामान बेचेर भएपनि आफ्ना दुई छोराहरु सिडनी र चार्लीको पालनपोषण गर्न थाले । कतिसम्म भने बच्चाहरुको भोक मार्न उनले घरको लत्ताकपडाधरि बेचिन् ।

नयाँ लुगा किन्ने पैसा नहुँदा आमाले थोत्रा र रंगमञ्चका पर्दाहरु जोहो गरेर सिलाइएको कपडा लगाउनु परेको कुरा पनि उनीहरुलाई थाहा थियो । अनि त्यस्ता कपडा लगाउँदा धनीमानीका छोराहरुले गरेको अपमान र दुर्व्यवहारको पीडा पनि उनीहरुले राम्ररी महसूस गरेका थिए ।

यतिबेलासम्म चार्ली र उनका दाजु सिडनी केही बुझ्ने भइसकेका थिए । सानै उमेरमा उनीहरुले गरिबीका विरुद्ध आमाको संघर्ष र त्यसका कारण भएको चरम पीडालाई नजिकबाट देखेका थिए, भोगेका थिए र महसूस गरेका थिए ।  नयाँ लुगा किन्ने पैसा नहुँदा आमाले थोत्रा र रंगमञ्चका पर्दाहरु जोहो गरेर सिलाइएको कपडा लगाउनु परेको कुरा पनि उनीहरुलाई थाहा थियो । अनि त्यस्ता कपडा लगाउँदा धनीमानीका छोराहरुले गरेको अपमान र दुर्व्यवहारको पीडा पनि उनीहरुले राम्ररी महसूस गरेका थिए । उमेरले सानो भएपनि उनीहरु व्यवहारमा निक्कै खारिइसकेका थिए ।

त्यसैले, दुवै दाजुभाइ आमालाई सघाउने गर्थे । चार्लीका दाजु सिडनी अखबार बेचेर, सडकमा चटक देखाएर अनि चार्ली चाहिँ अभिनय गरेर केही पैसा जोहो गर्थे र घरखर्चका लागि आमालाई सहयोग गर्थे ।

दुःखमाथि कष्ट चार्ली र सिडनीले सानै उमेरमा भोगे । दुःखका साथ चलिरहेको उनीहरुको जीवनमा आमाको बिरामी थपियो । बिरामीको कारण हान्ना एक महिना अस्पताल भर्ना भए । आमाको बिरामीसँगै चार्ली र सिडनीको थप बिजोग सुरु भयो ।

आमाको बिरामी र घरको कमजोर आर्थिक स्थितिको कारणले गर्दा सानै उमेरमा चार्ली र उनको भाई सिड्नी अर्काको घरमा काम गर्न थाले । आर्थिक अवस्था अझै नसुध्रेपछि उनीहरु दुवैलाई गरिबहरुलाई राखिने अनाथालयमा भर्ना गरियो । बाबुआमा जीवित छँदै अनाथलयमा बस्न बाध्य चार्ली र उनका दाइ सिडनीको जीवन निक्कै दुःखलाग्दो थियो । उनीहरु अनाथलयमा रहँदै आमा बौलाइन् । आमा बौलाएपछि चार्ली दाजुभाइलाई पुनः पिताकोमा पठाइयो ।

चार्लीका बुबा रक्स्याहा थिए । नयाँ आमा पनि रस्क्याहा नै थिइन् । रक्सी खाएर उनीहरु सधैं झगडा गर्थे । यस्तो स्थितिबीच चार्लीले रातको समयमा पिताको घर छोडे । राति लण्डनका अँध्यारा गल्ली र सडकहरुमा भौतारिँदै रात बिताए ।

बीचबीचमा आमाको रोग बल्झिरहन्थ्यो । आमा बिरामी परेपछि कमाइ पनि टुट्थ्यो । गुजारा चलाउन कहिले खाते पनि भए, कहिले चाहिँ चार्ली पनि सडक सडकमा गएर अभिनय गर्थे, अरुको हाउभाउको नक्कल गर्थे, पशुपंक्षीहरुको विचित्रको आवाज निकालेर मानिसहरुको मनोरञ्जन गर्थे ।

यसबीचमा चार्लीकी आमा हान्ना केही स्वस्थ भइन् । फेरि आमा र छोराहरुको मिलन भयो । उनीहरुले लण्डनको अँध्यारो गल्लीमा कोठा भाडामा लिए । आमाले सिलाइबुनाइ गरेर घर चलाउन थालिन् । सिडनीले पनि केही कमाइ गर्न थाले । चार्लीलाई स्कुल भर्ना गरियो । स्कुलमा उनले कविता सुनाएर सबैलाई मोहित पारे, प्रशंसा बटुले । तर उनले धेरै पढ्न पाएनन् । बीचबीचमा आमाको रोग बल्झिरहन्थ्यो । आमा बिरामी परेपछि कमाइ पनि टुट्थ्यो । गुजारा चलाउन कहिले खाते पनि भए, कहिले चाहिँ चार्ली पनि सडक सडकमा गएर अभिनय गर्थे, अरुको हाउभाउको नक्कल गर्थे, पशुपंक्षीहरुको विचित्रको आवाज निकालेर मानिसहरुको मनोरञ्जन गर्थे, अनि कहिलेकाहीँ  थप शारीरिक काम गरेर उनी केही कमाइ जुटाउँथे ।  यस्तो कठोर जिन्दगी बाँच्न बाध्य चार्लीले आखिरमा २५ नोभेम्बर, १८९८ मा सधैंको लागि स्कुलको पढाइ छोडे ।

अभिनय यात्रा

वास्तवमा, सानोमा चार्ली बिरामी भइरहन्थे र हप्तौंसम्म ओछ्यानमा थला पर्थे । त्यसबेला उनकी आमा हान्नाले झ्यालमा बसेर बाटामा हिँड्ने मानिसहरुको नक्कल एवं अभिनय गरेर बाहिर के भइरहेको छ भनी चार्लीलाई देखाउने गर्थे । अनि, बेलाबेलामा गीतहरु गाएर बिरामी छोरालाई सान्त्वना एवं राहत दिने गर्थे ।

पाँच वर्षको उमेरमा नै चार्लीले पहिलो पटक स्टेजमा गीत गाएका थिए । आठ वर्षको उमेरमा त उनले यसरी नै स्टेजमा नाच्ने र गाउने बालबालिकाहरुको समूहको सदस्य भइसकेका थिए ।

यसरी दुःखका बीचमा पनि चार्लीले नजानिँदो किसिमले आमाबाट गायन कला र अभिनय कला सिकेका थिए ।  पाँच वर्षको उमेरमा नै चार्लीले पहिलो पटक स्टेजमा गीत गाएका थिए । आठ वर्षको उमेरमा त उनले यसरी नै स्टेजमा नाच्ने र गाउने बालबालिकाहरुको समूहको सदस्य भइसकेका थिए । त्यही समहमा रहेर उनले विभिन्न कार्यक्रमहरुमा गाउने अवसर पाए । उनको भाइ सिड्नी भने फ्रेड कार्नोका लागि काम गर्न थाले । फ्रेड कार्नो एउटा ठूलो नाटक कम्पनीका मालिक थिए । पछि १७ वर्षको भएपछि चार्ली पनि त्यहीँ काम गर्न थाले । अक्टोबर २, १९१२ मा चार्लीले अमेरिका जाने सुनौलो मौका पाए । कार्नोले उनलाई प्यान्टोमाइन टुरको सदस्य बनाएर त्यहाँ जाने अवसर प्रदान गरे । त्यहाँ पुगेपछि उनलाई अमेरिका निकै मन पर्‍यो । उनले लण्डन नफर्की अमेरिका बस्ने निर्णय गरे ।

चलचित्रमा प्रवेश

चार्ली च्याप्लिनले सन् १९१३ मा पहिलो पटक किस्टोन नामक कम्पनीले निर्माण गरेको हाँस्य चलचित्रमा अभिनय गर्ने अवसर पाए । उनले सन् १९१४ मा किड्स अटो रेसेज एट भेनिस्  नामक चलचित्र खेले ।

https://travsd.files.wordpress.com/

उक्त चलचित्रमा चार्लीले एउटा घर नभएको गरिब मानिसको अभिनय गरेका थिए । जसको लागि उनले खुकुलो कमिज, ठलो जुत्ता र बोलर टोपी लगाएका थिए । उनले साथमा एउटा बाँसको छडी पनि लिएका थिए । उनको यसै चलचित्रबाट उनी निकै प्रख्यात भए । विशेष गरेर उनको यो बनावट धेरैले मन पराए । उनको त्यही बनावट आजसम्म पनि निकै चर्चित रहेको छ । त्यसपछिको केही वर्षमा नै उनले त्यही बनावटमा नै ७० वटा भन्दा बढी चलचित्रमा अभिनय गरे । जसमा उनको प्रमुख चलचित्र द ट्रयाम्प (सन् १९१५) पनि पर्छ ।

अभिनय गर्दा उनी आफ्नै भिन्न शैलीको प्रयोग गर्थे । अभिनय गर्दा उनी कहिल्यै पनि बोलीको प्रयोग गर्दैनथे । बरु अभिनय गर्दा उनी एक्रोबेटिक शैली, हाउभाउ र अनुहारको भावको प्रयोग बढी गर्थे ।

अभिनय गर्दा उनी आफ्नै भिन्न शैलीको प्रयोग गर्थे । अभिनय गर्दा उनी कहिल्यै पनि बोलीको प्रयोग गर्दैनथे । बरु अभिनय गर्दा उनी एक्रोबेटिक शैली, हाउभाउ र अनुहारको भावको प्रयोग बढी गर्थे । उनले घर नभएको गरिब व्यक्तिको अभिनयको सबैले निकै तारिफ गरेका थिए । उनी दुःखमा पनि सबैलाई हसाउन सक्थे । उनी हसाउने र दुःखको सिन दुवै एकैपटक गर्न सक्थे ।

सुरूमा चार्लीले विभिन्न कम्पनीहरुसँग मिलेर काम गरे । तर सन् १९१८ मा भने उनले आफ्नै हलिउड स्टुडियोको स्थापना गरे । यसैबीचमा उनले उनको गरिब पात्रलाई हाँस्य पात्रबाट एउटा दयालु पात्रको रुपमा सबैको सामु प्रस्तुत गरे । जसलाई विश्वभरिका दर्शकले खुब मनपराए । उनले सानो छँदा भोगेको गरिबी, भोकमारी र एक्लोपन नै धेरै पटक उनको कथा मुख्य विषय रहन्थ्यो ।

सन् १९१९ मा उनले मेरी पिक्फोर्ड, डग्लस फेरब्याङ्क र डि.डब्लु ग्रिफ्ति जस्ता अन्य कलाकारहरुसँग मिलेर युनाइटेड आर्टिस्ट कर्पोरेसन् नामक कम्पनीको स्थापना गरे । सन् १९५२ सम्म उनले सोही कम्पनीसँग आबद्ध भएर काम गरे । त्यहाँ बसेर उनले विभिन्न प्रख्यात चलचित्रहरुको निर्माण, डाइरेक्सन र अभिनयसमेत गरे । द किड (१९२१), द पिलग्रिम (१९२३), द गोल्ड रस (१९२५), द सर्कस (१९२८), सिटी लाइटस् (१९३१), मोर्डन टाइम्स (१९३६), द ग्रेट डिक्टेटर (१९४०), मोन्सियर भर्डोक्स (१९४७), लाइमलाइट (१९५२), र अ किड्ड इन न्यु योर्क (१९५७) उनका प्रमुख चलचित्रहरु हुन् । सन् १९६७ मा बनेको द काउन्टेस् फ्रम हड्डकड्ड नामक चलचित्र उनले आफैं लेखेका, निर्देशन र अभिनय गरेका थिए । उक्त चलचित्रको पृष्ठभूमिमा प्रयोग भएको संगीत पनि उनले आफे कम्पोज गरेका थिए ।

उनको अर्को चलचित्र द ग्रेट डिक्टेटरमा उनले एडोल्फ हिट्लरको भमिका निर्वाह गरेका थिए । यस चलचित्रमार्फत् उनले हिट्लरको यहुदीहरुलाई सखाप पार्ने हिट्लरको खराब मनसायलाई प्रस्तुत गरेका थिए ।

सन् १९२० तिर चलचित्रमा साउण्ड रेकर्डिको प्रयोग गर्न थालियो । यो चार्ली च्याप्लिनको अभिनय गर्ने शैलीसँग सुहाउँदो भएन । रेकर्डि सुरू भएपछि पनि उनको दुईवटा फिल्म सिटी लाइटस् र मोर्डन टाइम्समा उनले चुपचाप अभिनय गरे । तर त्यसपछि उनले उक्त पात्रको अभिनय गर्न बन्द गरे । बरु उनले आफ्नो चलचित्रमार्फत् विद्यमान समस्याहरुलाई देखाउनमा बढी जोड दिए । मोर्डन टाइम्समा उनले अमेरिकामा भइरहेको सामाजिक र आर्थिक परिवर्तसँग घुलमुल हुन खोजिरहेको एउटा पात्रको भमिका निर्वाह गरेका थिए । उनको अर्को चलचित्र द ग्रेट डिक्टेटरमा उनले एडोल्फ हिट्लरको भमिका निर्वाह गरेका थिए । यस चलचित्रमार्फत् उनले हिट्लरको यहुदीहरुलाई सखाप पार्ने हिट्लरको खराब मनसायलाई प्रस्तुत गरेका थिए । यो चलचित्र निर्माण हुँदा साउण्ड रेकर्डिमा निकै विकास भइसकेको थियो । यहीँबाट चार्ली च्याप्लिनको चलचित्र जीवनमा पनि एउटा नयाँ मोड लियो ।

https://randallpacker.com

त्यहाँबाट उनले आफ्नो चलचित्रमा मानवताप्रतिको प्रेम र स्वतन्त्रताको कुराहरुको प्रस्तुति गर्न थाले । आफ्ना चलचित्रहरुमार्फत् उनले खुलेर आफ्ना मनमा रहेका भावनाहरुलाई सारा दर्शक सामु प्रस्तुत गर्ने काम गरे ।

पछिल्लो जीवन

जीवनको बाल्यकालदेखि नै चार्लीले समाजमा विद्यमान शोषण, अन्याय र अत्याचारका विकृतिहरुलाई नजिकैबाट नियालेका थिए । त्यसैले उनको प्रस्तुति, कलाकर्म र जीवन सदैव ती विकृतिहरुका विरुद्ध लक्षित रह्यो । अझ जीवनको पछिल्लो कालमा आएर चार्लीले आफलाई ती विकृतिका विरुद्धमा झनै सक्रिय र सशक्त रुपमा उभ्याए । यसले गर्दा सन् १९४० को अन्त्य र १९५० को सुरूमा अमेरिकामा कट्रपन्थीहरुले उनको घोर विरोध गर्न थाले ।

वाक्क भएका तर दृढ चार्लीले सशक्त रुपमा आफमाथिको आरोपलाई प्रतिरोध गर्दै गर्जे– म कम्युनिष्ट होइन, म शान्तिप्रेमी हुँ । तर म सबै कम्युनिष्टलाई घृणा गर्दिनँ ।’

विशेष गरेर चार्लीले वामपन्थी  राजनीतिक विचारहरुको पक्षपोषण गरेको आरोप लगाइयो । अमेरिकी नागरिकता नलिएको, हिटलरका विरुद्धको लडाइमा सोभियत जनताको बलिदानी संघर्षको समर्थन गरेको, कम्युनिष्ट गायक पल रबसन, बर्तोल्त ब्रेख्त, आइन्स्टाइनसँग राम्रो सम्बन्ध रहेको जस्ता निहुँमा उनलाई अमेरिकी शासकहरुले खेदो गर्न थाले । विश्व कम्युनिष्ट खेमा र अमेरिकी खेमामा बाँडिएको त्यसबेला उनलाई कम्युनिष्ट भएको आरोप लगाइयो । उनलाई अनावश्यक कानुनी झमेलाहरुमा फसाउने षड्यन्त्र हुन थाल्यो । वाक्क भएका तर दृढ चार्लीले सशक्त रुपमा आफमाथिको आरोपलाई प्रतिरोध गर्दै गर्जे– म कम्युनिष्ट होइन, म शान्तिप्रेमी हुँ । तर म सबै कम्युनिष्टलाई घृणा गर्दिनँ ।’

सत्यको पक्षमा आफँलाई उभ्याउँदा अमेरिकी शासकहरुको एकहोरो तारो बन्न परेकोमा वाक्क बनेका चार्लीले सन् १९५२ मा अमेरिका छाडेर स्वीटजरल्याण्डमा बस्न गए ।

सन् १९५४ मा चार्लीले विश्व शान्ति परिषद् पुरस्कार पाए । महान् र खुला हृदयका चार्लीले पुरस्कारका रकम पेरिस र लण्डनका गरिबहरुलाई सहयोग गर्दै बाँडिदिए ।

अमेरिकाको शासकहरुले खेदो खनेपनि विश्वका जनताले आफलाई चार्लीको पक्षमा उभ्याए । सन् १९५४ मा चार्लीले विश्व शान्ति परिषद् पुरस्कार पाए । महान् र खुला हृदयका चार्लीले पुरस्कारका रकम पेरिस र लण्डनका गरिबहरुलाई सहयोग गर्दै बाँडिदिए । स्कुले जीवन पनि पार नगरेका चार्लीलाई अक्सफोर्ड र डरहम जस्ता विख्यात विश्वविद्यालयहरुले मानार्थ डक्टरेटको उपाधि दिए ।

हिजो अप्ठ्यारो बेलामा चार्लीको पक्षमा बोल्न डराउनेहरुले नै उनलाई सम्मानित गर्न अमेरिका निम्तो गरेका थिए र उनी ती विभिन्न सम्मानहरु ग्रहण गर्न अमेरिका आएका थिए ।

सन् १९७२ मा उनी केही समयको लागि अमेरिका फर्के । यतिबेलासम्म उनीमाथि अमेरिकामा लगाइएको आरोप नितान्त झठो र पर्वाग्रही थियो भन्ने जगजाहेर भइसकेको थियो । हिजो अप्ठ्यारो बेलामा चार्लीको पक्षमा बोल्न डराउनेहरुले नै उनलाई सम्मानित गर्न अमेरिका निम्तो गरेका थिए र उनी ती विभिन्न सम्मानहरु ग्रहण गर्न अमेरिका आएका थिए । त्यहीबेला उनलाई फिल्म जगत्मा पुर्‍याएको योगदानवापत विशेष ओस्कार अवार्ड पनि प्रदान गरिएको थियो । त्यसबेला ओस्कारको इतिहासमै (अहिलेसम्म पनि) पहिलो पटक समारोहमा उपस्थित मानिसहरु चार्लीको सम्मानमा ५ मिनेटसम्म उभ्भिएका थिए । त्यसको केही वर्षपछि सन् १९७५ मा बेलायतकी रानी एलिजाबेथ द्वितीयले उनलाई सरको उपाधि प्रदान गरेका थिए ।

विश्वका महानायक

चार्ली च्याप्लिन वास्तवमै विश्वका महान् कलाकार हुन् । संसारमा हसाउने कलाकारहरु त धेरै जन्मे तर चार्ली जस्ता हँसाउदा–हसाउँदै रुवाउने र रुवाउँदा–रुवाउँदै हसाउने कलाकार भने अझसम्म जन्मन सकेका छैनन् । चार्लीलाई tragicomedian पनि भन्ने गरिन्छ । वास्तवमै यो उनका लागि सुहाउने उपमा हो ।

गम्भीर र दुःखद विषयवस्तुहरुलाई र समाजका हेपिएका, थिचिएका, चुसिएका वर्गहरुको आवाजलाई पनि कलाकर्मको माध्यमबाट जनताले बुझ्ने भाषामा नबोलिकनै संसारसामु पेश गरिदिने चार्ली च्याप्लिन अझैसम्म उनको जोडाका कलाकार जन्मन नसकेका एक मात्र महान् कलाकार हुन् ।

 विशेष गरेर गम्भीर र दुःखद विषयवस्तुहरुलाई र समाजका हेपिएका, थिचिएका, चुसिएका वर्गहरुको आवाजलाई पनि कलाकर्मको माध्यमबाट जनताले बुझ्ने भाषामा नबोलिकनै संसारसामु पेश गरिदिने चार्ली च्याप्लिन अझैसम्म उनको जोडाका कलाकार जन्मन नसकेका एक मात्र महान् कलाकार हुन् । यी महान् कलाकारको मृत्यु  डिसेम्बर २५, १९७७ मा स्वीट्जरल्याण्डको भेभे (Vevey) मा भयो । त्यसबेला उनी ८८ वर्षका थिए । यी महान् विश्वमानवको मृत्यु मानव इतिहासकै एउटा सबैभन्दा ठूलो क्षति थियो ।

 

चार्लीका बारेमा केही तथ्यहरु

 

चार्लीले दुई वटा किताबहरु पनि लेखेका छन् । उनले लेखेका किताबहरु My Autobiography ९१९६४० (पछि यो किताब १९८२ मा My Early Years शीर्षकमा पुनमुद्रण पनि भयो र My Life in Movies (१९७५) छ ।

चार्लीको मत्युपछि, सन् १९७८ मा दुईजना कार मेकानिकले उनको मृत शरीर चोरेर लग्यो । ती मेकानिकहरुले चार्लीको मृत शरीर फर्काउनका लागि ४ लाख पौण्डको माग गरेका थिए । ती दुई चोरहरुलाई पुलिसले १० हप्तापछि मात्र पक्रन सकेको थियो ।

हाँस्य कलालाई जन्म दिनको लागि आफूलाई ‘एउटा पार्क, एउटा पुलिस र एउटी राम्री केटी’ भए पुग्छ भनी चार्ली हाँसो ठट्टा गर्ने गर्थे ।

चार्लीको विश्वविख्यात छवि भनेको उनले ‘The Tramp’ मा अपनाएको टाउकोमा ह्याट, हिटलर शैलीको जुंगा, हातमा छडी र कालो जुत्ता लगाएको हाँसो उठ्दो पात्र हो । उनको यो छविको धेरैले नक्कल गर्न खोज्छन् र चार्ली जीवित छँदा नै उनी जस्तो देखिने प्रतियोगिताहरु समेत हुने गर्थे । कतिसम्म भनिन्छ भने, चार्ली आफैंले पनि त्यस्तो प्रतियोगितामा नचिनिने गरी भाग लिएका थिए तर प्रतियोगिता जित्न भने सकेनन् ।

चार्ली १२ वर्षको उमेर छँदा उनको पिताको निधन भएको थियो । त्यसैगरी उनकी आमाको निधन सन् १९२८ मा अमेरिकाको हलिउडमा भयो । यो भनेको उनका छोराहरु चार्ली र सिड्नीले आमा हान्नालाई अमेरिका ल्याएको ठीक ७ वर्षपछि हो ।

चार्लीको बाल्यकाल जति दुःखद थियो, त्यति नै दुःखद उनको वैवाहिक जीवन पनि रह्यो । उनले अक्टोबर २३, १९१८ मा २९ वर्षको उमेरमा १६ वर्षीया मिल्ड्रेड ह्यारिसलाई विवाह गरे तर एउटा बच्चा पाएपछि विवाहको २ वर्षभित्रमा नै उनीहरुको सम्बन्ध विच्छेद भयो । पछि नोभेम्बर २६, १९२४ मा उनले लिटा ग्रे नाम गरेकी अभिनेत्रीसँग विवाह गरे । उनीहरुको दुईवटा बच्चा पनि भयो । तर विवाहको चार वर्षभित्रमा नै फेरि उनको दोस्रो पत्नीसँग पनि सम्बन्धविच्छेद भयो । यस सम्बन्ध विच्छेदमा चार्लीले लिटालाई त्यसबेलाको कीर्तिमानी रकम ८ लाख २५ हजार अमेरिकी डलर सम्बन्धविच्छेद खर्च तिरेका थिए ।