मिटरव्याजको दुष्चक्रले ‘सडकमा आइपुगेका’ गरिब मुखिया बीन

मिटरव्याजी समस्याको चक्रलाई नबुझेकाहरुका लागि यो सामान्य लेनदेनको समस्या जस्तो लाग्न सक्छ– कसैले ऋण लियो, ऋणवापत महंगो व्याजदर ठेकियो, समयमा व्याज तिर्न नसक्दा व्याजको स्याज चढ्दै गयो । फलतः तिर्नुपर्ने रकम लिएको वास्तविक रकमभन्दा निक्कै बेसी हुन गयो ।

एक हदमा यो आंशिक सत्य हो । तर यो नै सम्पूर्ण सत्य होइन । वास्तवमा, मिटरव्याजको समस्याको अन्तर्यमा गरिब निमुखाहरुको आर्थिक बाध्यताको फाइदा उठाएर उनीहरुको सम्पूर्ण सम्पत्ति हडप्ने, उनीहरुलाई कङ्गाल बनाएर सडकमा पुर्याइदिने वित्तीय अपराधको भयानक खेल चल्ने गरेको छ ।

आउनुहोस्, मिटरव्याजको यो भयानक दुष्चक्रलाई बुझ्न एउटा घटना पीडितकै मुखबाट सुनौं ।

नामः गरिब मुखिया बीन

ठेगानाः पर्सागढी नगरपालिका– ९ पर्सा

छोरीको विवाह गर्न पैसाको खाँचो पर्यो । सामान्य खेती किसानी गर्ने परिवारको मुली म, हाम्रोतिरको प्रचलनअनुसार ऋणको लागि साहु गुहार्नुको विकल्प मसँग थिएन । त्यसैले गाउँमा कहलिएका साहुसँग २ लाख ऋण मागें । साहुको नाम हो– फुलदेव प्रसाद कलुवार । मैले कपाली तमसुक गरेर ऋण दिनोस् भन्दा साहु मानेनन् । साहुले जमीन दृष्टिबन्धक गरिदिए मात्रै पैसा दिने कुरा गरे ।

२ लाख ऋणको लागि १५ लाख मोल पर्ने जग्गा उनलाई मैले दृष्टिबन्धक गरिदिनुपर्ने भयो । सयकडा ३ को दरले व्याज तय भयो ।

दुई लाख सापट लिनका लागि उनले १० कठ्ठा जमीन दृष्टिबन्धक राख्नुपर्ने कुरा गरे । अहिले त्यो जग्गाको भाउ प्रतिकठ्ठा ३ लाख पर्छ । मैले सापट मागेको बेला उक्त जग्गाको भाउ प्रतिकठ्ठा डेढ लाख थियो । यसरी २ लाख ऋणको लागि १५ लाख मोल पर्ने जग्गा उनलाई मैले दृष्टिबन्धक गरिदिनुपर्ने भयो । सयकडा ३ को दरले व्याज तय भयो ।

दृष्टिबन्धक गरिदिनको लागि भोलिपल्ट साहु अड्डामा आफू गएनन्, आफ्ना छोरा पठाए । मैले लेखनदासलाई आफ्नो जग्गाहरुमध्ये १० कठ्ठामात्रै २ लाख रुपियाँको दृष्टिबन्धक गरिदिनु भनेर भनें ।

उसले त्यो लेखापढीको कागज मलाई देखाएन, दिएन,  आफूसँगै राख्यो । त्यसबेला उसले लेखापढीको काम मात्रै गर्यो तर पैसा दिएन ।

 म नपढेको मानिस, साहुको र लेखनदासको कुरामा भरपर्नुको विकल्प छैन । लेखापढीको काम गरिसकेपछि साहुको छोराले अब जमीन भएको ठाउँमा जाऔं भन्यो । उसले त्यो लेखापढीको कागज मलाई देखाएन, दिएन,  आफूसँगै राख्यो । त्यसबेला उसले लेखापढीको काम मात्रै गर्यो तर पैसा दिएन । मैले पैसा माग्दा पनि उसले  चाचा पहिले घर जाउँ भन्यो । हामी उसको घर जीतपुर गयौं । त्यहाँ मैले दृष्टिबन्धक गरिदिइसकेको छु, अब त पैसा देऊ भनेर पैसा माग्दा उसले पहिल्यै पैसा दिइसकेंको छु त भनेर साफ झूठो बोल्यो ।  जबकि पैसा दिएको छैन ।

त्यहाँ धेरै गलफत्ती भएपछि अब उसले फेरि दुई लाखको कपाली तमुसक बनाउने कुरा गर्यो । उसले दृष्टिबन्धक गर्दा पनि १० कठ्टाको सट्टा झुक्याएर १ विघाहाको गराइसकेको रहेछ । म अनपढ मानिसले त्यो कुरा थाहा नै पाइनँ । यसरी मलाई झुक्याइयो । त्यहाँ २ लाखको कपाली तमसुक लेखाएर बल्ल पैसा दियो । त्यसपैसाबाट पनि लेखनदासको खर्च भनेर ७ हजार ५ सय कटायो ।

उसले दृष्टिबन्धक गर्दा पनि १० कठ्टाको सट्टा झुक्याएर १ विघाहाको गराइसकेको रहेछ । म अनपढ मानिसले त्यो कुरा थाहा नै पाइनँ । यसरी मलाई झुक्याइयो । त्यहाँ २ लाखको कपाली तमसुक लेखाएर बल्ल पैसा दियो ।

२ लाख नै दिएको भए हुन्थ्यो नि । त्यो ७ हजार ५ सय पनि किन काट्यो ? मनमा यो कुरा खेलिरह्यो ।

पछि ऋण लिएको २ लाख रुपियाँको व्याज भनेर मैले पटक पटक साहुलाई रकम बुझाएँ । २०७१ सालमा ३३ हजार दिएँ । ७२ सालमा १६ हजार, ११ हजार, ७ हजार र ३ हजार ५०० व्याज बुझाएँ । त्यसरी व्याजको रकम तिर्दा मैले पटक पटक लिएको ऋणबाट व्याज घटाउन भनें । साहुले चाहिँ पूरै ऋण तिरेको बेलामा एकैचोटी सबै घटाइदिने कुरा गर्यो ।

त्यसपछि उसले मलाई मेरो छोरा बोलाएर कपाली तमसुकमा सही गर्न दवाब दिन थाल्यो । उसले यो कागजमा तिम्रो मात्र सही छ, छोराको पनि सही गराउनु ठीक हुन्छ भनेर बारम्बार दवाब दिन थाल्यो । मैले पनि यसमा किन छोरालाई सही गराउनु पर्यो, मैले व्याज तिरिरहेको छु त  भनेरसोधे्र । उसले मान्दै मानेन । उसले छोराले कागजमा सही नगरे ठीक हुँदैन भनेर धम्की दिन थाल्यो ।

केही दिनपछि साहुका मानिसहरुले मलाई मेरो गाउँ जीतपुरमै आएर घेर्यो र कि त पैसा तिर हैन भने छोरालाई पनि कागजमा सही गरा भनेर दबाव दियो । यसबारे छोरासँग सल्लाह गर्दा हामीसँग १ कठ्ठा जग्गा छ, त्यो व्यांकमा राखेर आउने पैसाले व्याज तिरौंला, अब सही नगर्ने भन्यो । मैले त्यो कागजमा छोराको सही गराउन नमानेपछि साहुले त्यो ऋणको व्याज रकम मात्रै ७३ सालमा ३ लाख पचासहजार देखायो । मैले तिरेको व्याजहरुको त हिसाब नै जोडेन ।

गाउँका मानिसहरुले अहिले यसलाई छाडिदेऊ, भोलि परिवार बोलाएर ल्याउँछ भनेपछि बल्ल मलाई छोडिदियो ।

मैले अबदेखि म तिमीसँग कारोबार नै गर्दिनँ  मेरो छोराले पनि सही गर्दैन भनेर भनें । उसले तिम्रो परिवारलाई बोलाएर ल्याऊ, तिम्रो नाममा १ कठ्ठा पनि जमीन छैन भनेर धम्की दियो । जबसम्म तिम्रो परिवार आउँदैन, म तिमीलाई छोड्दिनँ भनेर धम्की दियो । त्यसबेला गाउँका मानिसहरुले अहिले यसलाई छाडिदेऊ, भोलि परिवार बोलाएर ल्याउँछ भनेपछि बल्ल मलाई छोडिदियो ।

त्यसपछि उसले मलाई व्याजको हिसाब देखाएको ३ लाख पचास हजारको अर्को कागज मेरो परिवारसँग बनायो । त्यसबेला पनि उसले झुक्याएर १० लाखको कागजमा पनि मलाई सही गरायो । २०७३ साल वैशाख १० गते त्यो कागज बनाएको थियो । मेरो २ लाखको ऋण, ३ लाख पचास हजारको व्याजको कागज, अलग्गै १० लाखको कागज त छँदैछ, उसले अब मलाई तिम्रो नाममा भएको जग्गा देऊ भनेर दवाब दिन थाल्यो ।

छोराले अन्तै जग्गा राखेर त्यो साहुको व्याज ३ लाख पचास हजार चुकाइदिऔं भनेर मसँग कुरा गर्यो । त्यसपछि स्थानीय लघुवित्त संस्थाबाट ऋणको लागि कुरा गर्यौं । उक्त संस्थाको म्यानेजरले ऋण पास हुन केही समय लाग्छ  भनेर भन्यो । ऋण झिक्न १२ दिन लाग्यो । वैशाख २२ गते ५ बजे ४ लाख पाएँ । उक्त संस्थाले बेलुकी ५ बजेतिर ३ लाख ६० हजार दियो र बाँकी ४० हजार भोलि बिहान आएर लग भन्यो ।

मैले त्यो पैसा त्यही दिन साहुको घरमा लगेर गएँ । धेरैबेर  कुर्दाकुर्दै पनि साहु आएन । उता साहु चाहिँ मलाई खोज्न मेरो घरतिर गाउँतिर गएको रहेछ । पछि साहु र मेरो परिवारसमेत बसेर उसलाई ३ लाख पचासहजार रुपियाँ मैले बुझाएँ । साहुले अब नयाँ लफडा झिक्न थाल्यो । उसले१२ दिन भइसक्यो । त्यो १२ दिनको व्याज पनि छाड्दिन भनेर धम्क्याउन थाल्यो । उसले १२ दिनको थप १२ हजार माग्न थाल्यो । मैले ऋणको लागि समय लागेको हुनाले १२ दिनको व्याज छाडिदिन अनुरोध गर्दा १ रुपियाँ पनि छाड्दिन भन्न थाल्यो । उसले छिटो पैसा निकाल भनेर दवाब दिएको दियै गरेपछि मैले मसँग बाँकी रहेको १० हजार पनि उसलाई मैले बुझाएँ । त्यसबेला पनि साहुले अझै दुई हजार बाँकी छ, याद गर भनेर धम्कायो ।

भोलिपल्ट बिहान खाना खाएर बसेको बेला १० बजेतिर साहुले बोलायो । साहुकोमा पुग्दा त उसले फेरि नयाँ लफडा झिक्न थाल्यो ।

मैले रकम तिरिसकेको हुनाले व्याजवापत बनाएको त्यो तीनलाख पचासहजारको कागज फिर्ता मागें । उसले दिन मानेन । उल्टै पहिले त्यो दुई हजार बुझा अनि म कागज र जमीन फिर्ता दिन्छु भन्यो । भोलिपल्ट बिहान खाना खाएर बसेको बेला १० बजेतिर साहुले बोलायो । साहुकोमा पुग्दा त उसले फेरि नयाँ लफडा झिक्न थाल्यो ।

साहुले कागजमा एउटा गल्ती भएको रहेछ भनेर भन्यो । मैले के गल्ती, मैले तिम्रो व्याज सबै तिरिसकें त भनें । अब उसले फेरि ७९ हजार रकम लेख्न गल्ती भएको रहेछ, त्यो पैसा पनि देउ, त्यो तिरिसकेपछि मात्रै तिम्रो कागज जमीन फिर्ता दिन्छु भन्न थाल्यो ।

अब मैले कहाँबाट त्यत्रो पैसा ल्याउँ । जमीन दिएँ, त्यत्रो पैसा तिरिसकें भन्दा साहु मान्दै मानेन । उसले उल्टै चार पाँच दिनमा ७९ हजार ल्याउन सक्छस् कि सक्दैनस् भनेर दवाब दिन थाल्यो । केही उपाय नदेखेपछि मैले १५ दिनमा तिर्छु भनेर फर्कें ।

पहिले दृष्टिबन्धक भनेर मेरो २२ कठ्ठा जमीन पनि झुक्याएर रजिष्ट्रेशन पास गराइसकेको रहेछ । अब उसले १२ कठ्ठा पनि उसको नाममा पार्न खोजिरहेको छ ।

तर उसले भाका दिएको त्यो १५ दिनमा पुग्नुभन्दा पहिल्यै त्यो साहुले ३ लाख पचास हजार अनि अर्को १० लाखको कागज देखाएर अदालतमो मेरोविरुद्ध मुद्दा हालिदियो । उसले अहिले मेरो १२ कठ्ठा जमीन रोक्का पनि गराइदिएको छ । उता पहिले दृष्टिबन्धक भनेर मेरो २२ कठ्ठा जमीन पनि झुक्याएर रजिष्ट्रेशन पास गराइसकेको रहेछ । अब उसले १२ कठ्ठा पनि उसको नाममा पार्न खोजिरहेको छ । त्यो साहुले पछि मेरो घरमा आएर तिमीले पैसा नदिएकोले मुद्दा हालेको हुँ भनेर भन्यो ।

सिडियो अफिसमा गएर मिटरव्याजीबारे उजुर हाल्दा सिडियोले  म तिमीलाई चाँडै खबर गर्छु भनेर फर्कायो । तर अहिलेसम्म पनि मलाई कुनै खोजखबर सम्पर्क गरेको छैन ।

अहिले त्यो साहुले पैसा फिर्ता मागेको छैन । ‘अदालतमा मुद्दा जितेर तिम्रो जमीन लिलाम गरेरै म मेरो पैसा असुल्छु’ भनेर धम्की दिइरहेछ ।

(गरिब मुखिया बीनसँग गरिएको कुराकानीमा आधारित । नेपाली बाेल्न नसक्ने बीनले भाेजपुरीमा बताएका कुरालाई दाेभाषेको मद्दतबाट अनुदित गरी सम्पादित रुपमा प्रस्तुत गरिएकाे हाे ।)

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।