के साँच्चै विश्व प्रलयको संघारमै पुगेको हो त ?

पश्चिमी देशका नेताहरुमा देखिएको युद्धोन्मादले आणविक युद्धको खतरा बढ्दै

केही समय यता विश्वमा आणविक युद्धको खतरा बढ्दै गईरहेको छ। विश्वमा मानवले निम्ताउन सक्ने विपत्ति र प्रलयलाई मापन गर्ने स्वतन्त्र संस्था बुलेटिन अफ एटोमिक साइन्टिस्टले डुम्सडे क्लक (प्रलयको घडी) नामक प्रतीकात्मक संकेत सार्वजनिक गर्ने गर्दछ। यो संस्थाले यही जनवरी २३ मा सार्वजनिक गरेको डुम्सडे क्लकमा मध्यरातको १२ बज्न बाट ८० सेकेन्ड देखाइएको थियो।

डुम्सडे क्लकमा १२ बज्नु भनेको प्रलय सुरु हुनु हो।

१९४७ देखि यसरी विश्वमा खतराको लेखाजोखा गर्न थालिएको हो। तर विगत ७७ र्षमा विश्व प्रलयको यति निकट कहिले पनि पुगेको थिएन।

यो संकटका केही ठोस आधारहरु पनि छन्। बिगत २ र्षदेखि चलिरहेको रुस-युक्रेन युद्ध निर्णायक चरणमा प्रवेश गरेको छ। यस युद्धमा रुसले जित्न थालेपछि अमेरिका र युरोपमा छटपटी सुरु भएको छ।

नेटो सैन्य गठबन्धन सम्बद्ध देशहरु युक्रेन युद्धलाई समाधान गर्नेभन्दा पनि रुस संगको युद्धलाई अझ चर्काउने मनस्थितिमा रहेको पाइन्छ। यसै सन्दर्भमा केही हप्ता अगाडी अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले भनेका थिए- यदि युक्रेन पतन भयो भने, म साँच्चै विश्वास गर्छु कि नाटो रुससँग लड्नेछ। त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले युक्रेनमा जित्न नदिन यूरोपेली सेनाहरु पठाउन सक्ने बताएका थिए।

नेटो सैन्य गठबन्धन सम्बद्ध देशहरु युक्रेन युद्धलाई समाधान गर्नेभन्दा पनि रुस संगको युद्धलाई अझ चर्काउने मनस्थितिमा रहेको पाइन्छ।

यसको कडा प्रतिवाद गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले भनेका छन्- यदि पश्चिमले युक्रेनमा सेना पठाए भने आणविक युद्ध सुरु हुने खतरा छ। रुससंग पश्चिमी देशहरुका लक्ष्यहरुमा हमला गर्नका लागि हतियारहरु छन्।

शीतयुद्धको समयमा पनि विश्व अनेकौ पटक आणविक युद्धको संघारमा पुगेको थियो। जसलाई दुवै महाशक्ति राष्ट्रका नेताहरुले वास्तविक युद्धमा रुपान्तरण हुन् दिएनन्। तर अहिले पश्चिमी देशका नेताहरुमा जुन प्रकारको गैरजिम्मेवारीपन र युद्धउन्माद देखिदैछ, त्यसले विश्वमा आणविक युद्धको खतरा बढ्दै गएको छ।

यहाँ शीतयुद्धको समयमा घटेका केही घटनाहरु प्रस्तुत गरिएका छन् जतिवेला विश्व आणविक युद्धको चपेटामा पर्न बाट मुस्किलले जोगिएको थियो। 

सन् १९५९ को क्युबाली क्रान्ति पछि फिडेल क्यास्ट्रोको नेतृत्वमा स्थापित भएको क्रान्तिकारी सरकारलाई अपस्त गर्न अमेरिकाले अनेकौं प्रयास गरिरहेको थियो। तीमध्ये १९६१ को बे अफ पिग्सको आक्रमण प्रमुख थियो।

यस्तो परिस्थितिमा सोभियत संघका नेता निकिता ख्रुश्चेभले क्युबाको रक्षा गर्ने वाचा गरेका थिए। यही क्रममा सोभियत संघ र क्युबा बीच क्युबामा सोभियत क्षेप्यास्त्रहरु तैनाथ गर्ने सहमति भयो। यस सहमति अनुसार १९६२ मा  सोभियत संघले क्युबामा क्षेप्यास्त्रहरु तैनाथ गर्न थाल्यो। यो कुरालाई अमेरिकी जासुसी बिमान यु टु ले पत्ता लगायो। क्युबा अमेरिकाको फ्लोरिडा राज्यबाट जम्मा ९० माइल मात्र टाढा छ। क्युबामा तैनाथ गरिएका सोभियत मिसाइलहरु अमेरिकाका पूर्वी तटवर्ती सहरहरुमा केही मिनेट भित्रैमा पुग्न सक्थे।

यो कुरा अमेरिकाको लागि एकदमै खतराको कुरा थियो। तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अक्टुबर २२ मा क्युबा माथि समुन्द्री क्वारेटाइन (नाकाबन्दी) लगाउने घोषणा गरे। त्यही दिन उनले सोभियत नेता ख्रुश्चेभलाई चिट्ठी लेखे। जसमा लेखिएको थियो- अमेरिकाले क्युबामा आक्रामक हतियारहरुको तैनाथी लाई स्वीकार गर्ने छैन। तसर्थ सोभियत संघले आफ्ना मिसाइल(क्षेप्यास्त्र) अखडाहरु नष्ट गरोस् र आफ्ना हतियारहरु फिर्ता लगोस्  अमेरिकी नाकाबन्दी पछि सोभियत सघले क्युबा तर्फ पठाएका पानीजहाजहरु अन्यत्रै मोडिए।

क्युबाली मिसाइल संकटको मुख्य रंगमंच वाशिंगटन, मस्को वा हावाना थिएन। यो क्यारिबियन सागरभित्रको गहिराइमा मन्चन भएको थियो। 

१६ देखि २८ अक्टुबर सम्म जम्मा १३ दि सम्म चलेको क्युबाली मिसाइलहरु संकट सम्पूर्ण मानवजाति विनाशको सन्निकट उभिएको थियो। अमेरिकी राष्ट्रपति केनेडी र सोभियत नेता ख्रुश्चेभबीच चलेका अनेकौ प्रत्यक्ष अप्रत्यक्ष संवादका कारण यो संकट टर्‍यो। ख्रुश्चेभ सोभियत मिसाइलहरु क्युबाबाट फिर्ता गर्न सहमत भए। त्यसको बदलामा केनेडीले क्युबा माथि कहिले पनि आक्रमण नगर्ने प्रतिबद्धता  व्यक्त गरे। अझ त्यसमाथि केनेडीले गोप्य रुपमा टर्कीमा राखिएका जुपिटर आणविक मिसाइलहरु फिर्ता गर्ने बचन दिए।

क्युबाली मिसायल संकट टरेपछि सारा विश्वले शान्तिको सास फेर्न पायो। अमेरिकी राष्ट्रपति केनेडी र ख्रुश्चेभ सुजबुझको प्रशंसा गरियो। तर क्युबाली मिसाइल संकटको मुख्य रंगमंच वाशिंगटन, मस्को वा हावाना थिएन। यो क्यारिबियन सागरभित्रको गहिराइमा मन्चन भएको थियो। 

सोभियत संघका ४ वटा पनडुब्बीहरुको एउटा समुह क्युबा तर्फ जादै थियो। यी पनडुब्बीहरु क्युबा नजिकको अन्तर्राष्ट्रिय जल क्षेत्रमा पुग्दा अमेरिकी जलसेनाले त्यसको जानकारी पायो। त्यस मध्येको एउटा सोभियत पनडुब्बी बि-५९ लाई अमेरिकी जल सेनाको बेडाले घेराबन्दीमा पार्‍यो। यो पनडुब्बीलाई अमेरिकी नौसेनाका ११ वटा जंगी जहाज र युएसएस राण्डलफ नामक युद्धपोतले घेरा हालेका थिए। अमेरिकी जंगी जहाजहरुले सोभियत पनडुब्बीलाई पानिबाट माथि निस्किन र आफ्नो परिचय खुलाउन चेतावनी स्वरुप डेप्थ चार्ज (जलगत बम) खसाल्न थाले। डेप्थ चार्ज गरिरहेका अमेरिकी जंगी जहाजहरुलाई के थाह थिएनन् भने आफुले जिस्काइरहेको सोभियत पनडुब्बी आणाविक हतियारले सुसज्जित थियो। यसले बोकेको आणविक हतियार १५ किलोटनको थियो जुन जापानको हिरोशिमामा खासलिएको एटम बम भन्दा पनि शक्तिशाली थियो।

पनडुब्बीमा रहेका सोभियत नौसेनाहरुको मस्कोसंग सम्बन्ध नभएको कयौं दिन भैसकेको थियो। त्यसमाथि उनीहरु समुन्द्रको गहिराइमा थिए। जहाँ उनहरुले अमेरिकी रेडियो स्टेसन सुन्न समेत सक्दैन थिए। धेरै दिनसम्म पानभित्र रहेको हुनाले पनडुब्बीको ब्याट्रीको चार्ज सकिदै गरहेको थियो। जसका कारण पनडुब्बीभित्रको एयर कन्डिसनले काम गर्न छोडिसकेको थियो। त्यसो हुनाले गर्दा पनडुब्बीभित्र असाध्यै गर्मी बढेको थियो र कार्बन डाइअक्साइडको मात्र उच्च स्तरमा पुगेको थियो। पनडुब्बी वरिपरि निरन्तर पड्किरहेका डेप्थ चार्जका कारण त्यस भित्र बसिरहेका नौसैनिकहरुलाई आफु एउटा टिनको ड्रम भित्र बसिरहेको र बाहिरबाट कसैले निरन्तर घनले हानिरहेको महुसस गरिरहेका थिए।

डेप्थ चार्ज गरिरहेका अमेरिकी जंगी जहाजहरुलाई के थाह थिएनन् भने आफुले जिस्काइरहेको सोभियत पनडुब्बी आणाविक हतियारले सुसज्जित थियो। यसले बोकेको आणविक हतियार १५ किलोटनको थियो जुन जापानको हिरोशिमामा खासलिएको एटम बम भन्दा पनि शक्तिशाली थियो।

यस्तो परिस्थितिमा पनडुब्बीका क्याप्टेन भ्यालेन्टिन साभित्सकीले युद्ध सुरु भसकेको अनुमान लगाए। उनले आफु मातहतका सैनिकहरुलाई आणाविक टरपीडोलाई तयार पार्न आदेश दिए। साभित्सकीले भने अब हामीहरुलाई उनीहरुले बिस्फोट गरिदिनेछ। हाम्रो मृत्यु हुनेछ तर हामहरुले उनीहरु सबैलाई डुबाइ दिनेछौ। हाम हाम्रो बेडाको लागि लज्जको विषय बन्ने छैनौं

सोभियत सेनाको कार्यविधि अनुसार मस्कोसंग संचार कायम हुन नसकेको अवस्थामा पनडुब्बीको क्याप्टेन र राजनीतिक अफिसर(कमिसार) दुई जनाको सहमति भएमा आणविक टरपीडो प्रहार गर्न मिल्थ्यो । टरपीडो प्रहार गर्न क्याप्टेन र कमिसार सहमत भए। तर त्यो पनडुब्बी बि-५९ मा ३ जना अफिसरहरु थिए। क्युबातर्फ यात्रा गरिरहेको पनडुब्बी समुहका कमान्डर भ्यासेली आर्खिपोभ पनि यसैमा सवार थिए। उनले आणविक टरपीडो प्रहार गर्ने निर्णयप्रति असहमति जनाए। ३ जना अफिसर बीच मतभेद भयो। आर्खिपोभले क्याप्टेन साभित्सकीलाई सम्झाए कि अमेरिकी सेनासंग हामीहरु संग संवाद गर्ने कुनै माध्यम छैन। त्यसैले हामीलाई सतहमा आउनको लागि संकेत दिनको लागि डेप्थ चार्ज प्रयोग गरेको हुनसक्छ। आणाविक टरपीडो प्रयोग गर्नु ठुलो गल्ति हुनेछ। बरु हामहरु समुन्द्र बाट बाहिर निस्कौं र मस्कोको आदेशको प्रतिक्षा गरौं

भ्यासेली आर्खिपाेभ https://i.guim.co.uk/

आर्खिपोभको सुझाव अनुसार सो पनडुब्बी बि-५९ सतहमा आयो र अमेरिकी सेना संगको संवाद पछि सोभियत संघतर्फ फर्कियो । यदि आर्खिपोभले आफ्ना सहकर्मीहरुको निर्णयमा सहमति जनाउदै आणविक टरपीडो प्रहार गर्ने मन्जुरी दिएको भए तत्कालै अमेरिकी युद्ध पोत खरानी हुन्थियो। हजारौं अमेरिकी सैनिकहरुको मृत्यु हुन्थयो। भ्यासेली आर्खिपोभको सुझबुझले गर्दा सो दिन दुई वटा महाशक्ति राष्ट्रहरु विनाशकारी आणविक द्वन्द्वबाट जोगिए। त्यसले विश्वलाई सखाप पार्ने ठूलो विध्वंशकारी आणविक युद्धलाई निम्त्याउन दिएन । सम्पूर्ण विश्व नै बिनाश हुनबाट बच्यो। यो मानव इतिहासकै सबै भन्दा भयावह क्षण थियो।

२६ सेप्टेम्बर १९८३ को कुरा हो। सोभियत संघको ओको आणविक पुर्व चेतावनी प्रणालीको कमाण्ड केन्द्रको ड्युटी अफिसर थिए लेफ्टिनेन्ट कर्णल स्टानिस्लाभ पेत्रोभ। अचानक त्यहाँ रहेको पर्व चेतावनी प्रणालीले अमेरिकाबाट आणविक हतियार युक्त्त ५ वटा अन्तर महाद्वीपिय ब्यालेस्टिक मिसाइलहरु सोभियतसंघ तर्फ प्रहार भएको संकेत दियो।

आर्खिपोभले आफ्ना सहकर्मीहरुको निर्णयमा सहमति जनाउदै आणविक टरपीडो प्रहार गर्ने मन्जुरी दिएको भए तत्कालै अमेरिकी युद्धपोत खरानी हुन्थ्यो। हजारौं अमेरिकी सैनिकहरुको मृत्यु हुन्थ्यो। भ्यासेली आर्खिपोभको सुझबुझले गर्दा सो दिन दुई वटा महाशक्ति राष्ट्रहरु विनाशकारी आणविक द्वन्द्वबाट जोगिए।

पेत्रोभ । https://futureoflife.org/

पेत्रोभको सामु अब दुईवटा मात्र विकल्प थियो। पहिलो विकल्प थियो आफूभन्दा माथिला अफिसरहरुलाई यो कुराको जानकारी गराउनु। दोश्रो विकल्प थियो यो पुर्व चेतावनीलाई प्रणालीगत त्रुटी मानेर बेवास्ता गर्नु। पेत्रोभले आफूभन्दा रिष्ठ कमान्डरहरुलाई सावधान गराएका भए उनीहरुले निश्चय पनि अमेरिकामाथि आणविक प्रत्याक्रमणको आदेश दिन्थे। तर उनले यो पर्व चेतावनीलाई बेवास्ता गर्ने निर्णय लिए।

पेत्रोभको बिचारमा यदि अमेरिकाले सोभियत संघ माथि साच्चै नै आणविक आक्रमण गर्न चाहेको भए उसले ५ वटा मात्र मिसाइल प्रहार गर्दैन थियो। अमेरिकाले त्यो भन्दा थुप्रै मिसाइलहरु प्रहार गर्नु पर्थ्यो। 

पेत्रोभको अनुमान सह साबित भयो। सोभियत संघको स्याटेलाइटले बादलमा देखिएको सुर्यको प्रतिविम्बलाई अमेरिकी क्षेप्यास्त्रको रुपमा झुक्किएको रहेछ। त्यो दिन पेत्रोभले गरेको निर्णयका कारण सोभियत संघ अमेरिका र नेटो माथि प्रत्याक्रमण घातक गल्तीबाट बचेको थियो। जसका कारण सम्पूर्ण विश्वनै एउटा भयानक आणविक युद्धबाट जोगिएको थियो।

पेत्रोभले यो निर्णय लिएको क्षण एकदमै तनावपूर्ण थियो। २५ दिन अगाडी मात्रै सोभियत संघले आफ्नो वायु क्षेत्रभित्र प्रवेश गरेको भन्दै दक्षिण कोरियाको एउटा बोइङ्ग जेटलाई खसालेको थियो। जसमा २६९ जना मानिसहरुको मृत्यु भएको थियो।

https://jooinn.com

दोश्रो विश्वयुद्ध यता आणविक हतियार पर्याप्त मात्रामा विका र बिस्तार भएको छ। अहिले ९ वटा आणविक हतियार सम्पन्न देशहरु छन्। दोश्रो विश्वयुद्ध पछि संसार सौभाग्यवश मात्र विश्वयुद्धबाट बचिरहेको छ।

१९४५ मा दोश्रो विश्वयुद्ध अन्त्यतिर विश्व आणविक युगमा प्रवेश गरेको थियो। १९४५ को ६ र ९ अगस्टमा अमेरिकाले जापानका दुई शहरहरु हिरोशिमा र नागाशिकीमा परमाणु बम प्रहार गरेको थियो। जसमा लाखौ मानिसहरुको मृत्यु भयो। दोश्रो विश्वयुद्ध यता आणविक हतियार पर्याप्त मात्रामा विका र बिस्तार भएको छ। अहिले ९ वटा आणविक हतियार सम्पन्न देशहरु छन्। दोश्रो विश्वयुद्ध पछि संसार सौभाग्यवश मात्र विश्वयुद्धबाट बचिरहेको छ। यसको पछाडि महाशक्ति राष्ट्रहरुका राजनेताहरुको सुझबुझले मात्र थिएन। बरु यसको पछाडि भ्यासेली आर्खिपोभ र स्टानिस्लाभ पेत्रोभ जस्ता साधारण सैनिक अधिकारीहरुको असाधारण सहास र सुझबुझले ठुलो भूमिका खेलेको थियो। यति बेला विश्वमा आणविक  युद्धको ठुलो खतरा उत्पन्न भएको छ। आशा गरौं शक्ति राष्ट्रका नेताहरुमा सद्बुद्धि पलाउनेछ र मानवजाति पुन: अहिले टाउकोमा मडारिइरहेको महाविनाशकारी साबित हुन सक्ने यो विपत्तिबाट जोगिनेछ।