अपराले घाट नछाडेसम्म त्यहाँबाट कोही पनि विदा भएनन् !
हिँड जाउँ, आज गंगामा नुहाऔं’ अपराजिताले दातँ मोल्दै भनिन् ।
मेरो ध्यान क्यालेन्डरतिर गयो । आज कुनै खास तिथि पनि त थिएन । तर मैले उनको इच्छालाई अनुमोदन नै गरें, विवेचना हैन ।
कदम कुवा (पटना)को एउटा ढल्ने अवस्थामा पुगेको तर सय वर्ष पुगिसकेको घरमा हामी बसेका थियौं । गंगा त्यहाँबाट टाढा छैन । दरभंगा महाराजको कोठी गंगाको किनारमै छ । त्यस नजिकको एउटा घाटमा नुहाउने विचार पलायो । जेठको महिना थियो । दश बजेको समय । त्यसबाट पारी सबलपुर दियामा बालुवा अहिलेदेखि नै चम्कन थालेको थियो, त्यसतिर दृष्टि आफैं तानिएर गइहाल्थ्यो । मैले सोच्न थालें– दिउँसो यहीँ नै नाङ्गो भएर नाच्नेछ र अरहरको खेतहरुको हरियालीमा रुद्र–रुपा प्रकृतिसँग अभिसार गर्नेछ...
जेठको महिना थियो । दश बजेको समय । त्यसबाट पारी सबलपुर दियामा बालुवा अहिलेदेखि नै चम्कन थालेको थियो, त्यसतिर दृष्टि आफैं तानिएर गइहाल्थ्यो ।
‘मुर्ख बनेर त्यता के हेरिरहेछौ ?’ अपराजिताले मेरो ध्यान भंग गरिदिए ।
‘हेर त, त्यहाँ पारी बालुवा कसरी चम्किरहेछ ।’
‘तिमीलाई सधैं टाढाको मात्रै ख्याल आउँछ ।’ अपराजिताले मेरो हात समातेर घाटको भर्याङतिर तान्न थालिन् । अचानक ध्यान भंग भएकोले गर्दा कुनै असम्बद्ध प्रलापी जस्तै म कराएँ । ‘सु...सु...सु.. सुन त, कहाँ, त्यता कहाँ, अरे यता किन लैजाँदैछौं ?’
अपरा छक्क परिन्– तिमीलाई आज के भएको छ ? जाऊ नुहाऔं.. उता महिलाहरुको घाट छ, यता पुरुषहरुको। कता जाने ?’
अब म सहज भइसकेको थिँए । सोचें– रेलको महिला डब्बामा पुरुष पस्न पाउँदैन तर महिलाहरु हाम्रा लागि निर्धारित सिटहरुमा आनन्दले बस्न सक्छन् । यहाँ पनि नुहाउने सवालमा त्यही कुरा आयो । मैले भनें, ‘अहँ, तिमी आफ्नो घाटमा जान्छौ भने जाउ तर म यता नै नुहाउँछु ।’
अपरा छक्क परिन्– तिमीलाई आज के भएको छ ? जाऊ नुहाऔं.. उता महिलाहरुको घाट छ, यता पुरुषहरुको। कता जाने ?’
उनी मानिनन् । लाचार भएर हामी दुवै त्यहीँ नुहाउन पानीमा पस्यौं । त्यहाँ ‘मर्द’ नामधारी जीव कलिमल हारिणी, भगीरथीमा निष्फिक्री भएर नुहाइरहेका थिए । कोही आफ्नो मोटो जनैलाई सम्पूर्ण तागत लगाएर धोइरहेका थिए । कोही स्वधा..स्वधा भन्दै आफ्नो अन्जुलीले पुर्खाहरुलाई गंगाजल अर्पण गरिरहेका थिए । कोही धोती पिटेर धोइरहेको थिए । कोही चाहिँ औंलाहरुले लोटा माज्न व्यस्त थिए । कोही अलग्गै बसेर सन्ध्या आरती गरिरहेका थिए । त्यहाँ सबै जोडजाड गरेर पन्ध–वीसजना मानिसहरु थिए तर तीमध्ये अधिकांश अधवैंशेहरु नै थिए ।
तीन चार पटक पानीभित्र डुबेर म पौडिन थालें । उता घाटको नजिकैको पानीका घाँटीघाँटीसम्ब डुबेर अपरा पानीभित्रभित्रै शरीरका अंगहरुलाई माडीमाडी नुहाइरहेकी थिइन् । मलाई लाग्यो, यतिका पुरुषहरुका बीच एक तरुनीको उपस्थितिले सबैको मन चञ्चल बनेको छ । यदाकदा गंगाको कालो–नीलो पानीबाट देखापर्ने ती कल्याणीको अर्धनग्न अङ्गहरुतिर कोही कर्के नजरले, कोही सोझै निहारिरहेको थिए । जो धोती पिटेर धोइरहेको थिए, तिनीहरुको हात शिथिल भयो । जनै माडीरहेकाहरु आफ्नो छट्पटाहट लुकाउनका लागि बारम्बार ख्याक्क ख्याक्क गर्न थाले । लोटा माझ्दै गरेकाको औंला नै झन्डै काटियो ।
मलाई लाग्यो, यतिका पुरुषहरुका बीच एक तरुनीको उपस्थितिले सबैको मन चञ्चल बनेको छ । यदाकदा गंगाको कालो–नीलो पानीबाट देखापर्ने ती कल्याणीको अर्धनग्न अङ्गहरुतिर कोही कर्के नजरले, कोही सोझै निहारिरहेको थिए ।
पौडी खेल्दा र त्योभन्दा पनि बढी वास्तविकताको यो सुक्ष्मज्ञानबोधले मलाई अत्यन्तनै आनन्द आइरहेका थियो । त्यही उल्लासको जोशमा मैले अपरालाई सोधे– ‘पौडी खेल्न नसिक्ने ?’
‘यो पनि के मुश्किल काम हो ?’ उनले हातले इशारा गरे, ‘आउ न !’
म उनको नजिक गएँ, उनी कानेखुसीको स्वरमा भने, ‘सबैले मलाई धेरेर हेरिरहेका छन्, अब जाऔं ।’
केही क्षणपछि मैले भनें,‘वैशाखको अक्षया तृतीयामा मानिसहरु जलपूर्ण घडाको दान गर्छ ताकि तिर्खाएका मानिसहरुले तृप्त हुने गरी पानी पिउनेछन् । आज जेठको तृतीया हो । कति धेरै प्यासी आँखाहरु तिमीतिर आशाको नजरले हेरिरहेका छन् ।’
बीचमै उनले चोर औंला ठड्याइन र भत्सर्ना व्यक्त गर्नका लागि चिउँडो टेढो पारेर आँखीभौं नचाउन थालिन् ।
अब उनले सहन सकिनन् । पानीको भित्रभित्रै उनले मलाई चिमोटिन् र आफ्नो खुट्टाको औंलाले मेरो खुट्टालाई दबाएर टेकिन् । शायद उनले मबाट यस्तो धृष्टताको कल्पना गरेकी थिइनन् ।
‘साँच्चि नै ! धेरै पुण्य हुनेछ । भोकाएकालाई एकमुठ्ठी अन्न र तिर्खाएकालाई एक ग्लासजति पानी चाहिन्छ । हामी दुवै त सँगै छँदैछौं । तिम्रो जवानीको यो सौन्दर्य...’
अब उनले सहन सकिनन् । पानीको भित्रभित्रै उनले मलाई चिमोटिन् र आफ्नो खुट्टाको औंलाले मेरो खुट्टालाई दबाएर टेकिन् । शायद उनले मबाट यस्तो धृष्टताको कल्पना गरेकी थिइनन् । म सात वर्षको घुमघामपछि घर फर्केको थिएँ र आफूलाई पहिलेको जस्तो पतिदेव सम्झिरहेको थिइनँ । ‘तर’को जुन दम्भव सम्भ्रान्त परिवारका गाउँले महिलाहरुमा पाइन्छ, अपराजिता त्यसको अपवाद थिइनन् । मैले आफ्नो बदलिएको स्वभावअनुसार जब उनीसँग हाँसोठट्टा गर्थें, कहिलेकाही उनी नराम्रो मान्थिन् । एउटा समस्या यो पनि थियो पनि उनी यसभन्दा अघि कहिल्यै यस किसिमको वातावरणमा आएकी थिइनन् र म चाहन्थें कि चाँडोभन्दा चाँडो उनलाई केही साहसिकताको पाठ पढाइदिउँ । औसत हिन्दू परिवारहरुलाई अठ्याएर गढेको नचाहिँदो संकोचको कृत्रिम भावनका विरुद्ध म अपराजितालाई तयार पार्न चाहन्थें ।
औसत हिन्दू परिवारहरुलाई अठ्याएर गढेको नचाहिँदो संकोचको कृत्रिम भावनका विरुद्ध म अपराजितालाई तयार पार्न चाहन्थें ।
हामी नुहाएर बाहिर निस्क्यौं । तर त्यस दिन अपराले घाट नछाडेसम्म त्यहाँबाट कोही पनि विदा भएनन् । मलाई त्यस समय म्याक्सिम गोर्कीको त्यो उपाख्यान याद आयो, जसमा सत्ताइस पात्र थिए– छब्बिस पुरुप र एक महिला ।
‘नागार्जुन रचना संचयन’बाट साभार अनुदित
नागार्जुनलाई हिन्दी र मैथली भाषाका प्रखर लेखक मानिन्छन्। बामपन्थी बिचार बोक्ने नागार्जुनले आफ्नो सारा साहित्यमा भारतीय जन-जीवन विशेष गरी किसानहरुको जीवन, उनीहरु माथि भएको शोषण, अत्याचार र संघर्षबारे सशक्त रुपमा चित्रित गरेका छन्। नागार्जुन भारतीय वर्ग संघर्षको मैदानमा प्रगतिवादी धाराको प्रतिनिधत्व गर्ने प्रख्यात कवि हुन्।
इरान अमेरिकी आधिपत्यको चिहान हो: जेफ्री स्याच्स
विश्वव्यापी परिघटनाका रूपमा अति दक्षिणपन्थी धार: पर्यावरणीय समाजवादी विकल्प
लेनिनवादका आधारहरू: एउटा युगान्तकारी बौद्धिक यात्रा
कल्पनाबाट ब्रह्माण्डसम्म: आइन्स्टाइनको विचारले विज्ञानमा गरेको रूपान्तरण
आत्ममन्थन र परीक्षणको विकट मोडमा उभिएको नेपाली वामपन्थ !
मार्क्सवादले अझै संसार बदल्न सक्छ
मार्क्सवादी चिन्तनको आधारशिला ‘कम्युनिष्ट मेनिफेस्टो’
प्रतिक्रिया