पाकिस्तानको चुनावमा 'सेनाको ऐतिहासिक हार'

पाकिस्तानमा भर्खरै आम निर्वाचन सम्पन्न भएको छ। यो आम निर्वाचनमा कसैले नसोचेको अप्रत्यासित परिणाम आएको छ। यो चुनावमा पुर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिके इन्साफ पार्टी ९६ सिट ल्याउँदै पहिलो भएको छ। त्यस्तै ७५ सिट ल्याउँदै पुर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग दोश्रो भएको छ। ५४ सिट ल्याउँदै तेस्रो स्थानमा बिलावल भुट्टो ज़रदारीले नेतृत्व गरेको पाकिस्तान पिपल्स पार्टी रहेको छ।

पाकिस्तानको निर्वाचनमा अहिले जे जस्तो परिणाम आएको छ, त्यो धेरै अर्थमा महत्वपूर्ण रहेको छ। यो निर्वाचनमा पाकिस्तानका महानतम क्रिकेट खेलाडी र पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीलाई भाग लिन दिइएको थिएन। उनलाई २०२२ मा प्रधानमन्त्री पद बाट हटाइएपछि अनेक मुद्दा र मामिलामा फसाइएको छ। पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई ५ वर्षसम्म राजनीतिमा भाग लिन नपाउने प्रतिबन्ध लगाएको छ। उनलाई भ्रस्टाचार, जासुसी र व्यभिचारको अभियोगमा ३१ वर्ष जेल सजाय तोकिएको छ। अहिले उनी जेलमा छन् । त्यस्तै उनको पार्टी तहरिके इन्साफलाई समुहको रुपमा चुनाव लड्न दिइएको थिएन। तहरिके इन्साफ पार्टीको  चुनाव चिन्ह क्रिकेटको ब्याट समेत खोसिएको छ। यो चुनाव चिन्ह पाकिस्तानका आम जनताबीच अत्यन्त लोकप्रिय थियो। यस्ता अनेकौं बाधा र अवरोधलाई छिचोल्दै तहरिके इन्साफले स्वतन्त्र रुपमा आफ्ना उम्मेदवारहरुलाई उठाएको थियो।

यो निर्वाचनको मतदान पछिको एक्जिट पोल र मतगणनाको सुरुवाती रुझानहरुमा इमारान खान समर्थक स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिएका थिए। तर रातभरमा मतगणनामा व्यापक हेरफेर गर्दै पाकिस्तानको सेना र संस्थापन पक्षको रोजाइको पार्टी नवाज शरिफको पाकिस्तान मुस्लिम लिगलाई दोश्रो स्थानमा पुर्याइएको हो।

पाकिस्तानको निर्वाचनको परिणामले एउटा नया संकट खडा गरेको छ। संसदमा कसैको प्रष्ट बहुमत छैन। इमरान खानका पार्टीका उम्मेदवारहरु ठूलो संख्या जितेर आएका छन्। तर सबै भन्दा ठुलो दलको हैसियत नवाज शरिफको पाकिस्तान मुस्लिम लिगले प्राप्त गरेको छ। पाकिस्तानमा कुन व्यक्ति सत्तामा जाने र कत्ति दिन टिक्ने भन्ने कुरा त्यहाको सेनाको तजबिजमा निर्भर रहदै आएको छ। पाकिस्तानबारे एउटा भनाइ प्रचलित छ। त्यहाँ तीन वटा 'ए" को हुकुम चल्छ– अल्लाह, आर्मी र अमेरिका। यी तीन ए दाहिना भएनन् भने कुनै पनि व्यक्ति पाकिस्तानको सत्तामा टिक्न मुस्किल हुन्छ। इमरान खानको हकमा पनि त्यही भएको थियो। २०१८ मा सम्पन्न चुनाव जितेर सत्तामा आएका इमरान खानले अमेरिका र पाकिस्तानी सेनालाई रिझाउन सकेनन। इमरान खानले रुस-युक्रेन युद्धको संघारमा मस्को भ्रमण गरे। त्यस्तै उनको सरकारले रुसले युक्रेनमाथि गरेको आक्रमणलाई निन्दा गर्न अस्वीकार गरेका थिए। इमरान खानले एक प्रसङ्गमा भनेका थिए- म रुस बाट फर्केपछि पाकिस्तानका सेनाका प्रमुख जावेद बाजवाले मलाई रुसी आक्रमणलाई निन्दा गर्न अनुरोध गरेको थिए। तर मैले उनलाई जवाफ दिए- भारत जो अमेरिकाको रणनैतिक साझेदार हो, ऊ तटस्थ भएर बसेको छ। तसर्थ पाकिस्तान पनि तटस्थ बस्नु पर्छ। भनिन्छ, त्यसै बखतदेखि इमरान खानको खराब दिन सुरु भयो।

पाकिस्तानमा एउटा भनाइ प्रचलित छ- पाकिस्तानी सेनाले कहिले पनि युद्ध जितेको छैन र कुनै चुनाव हारेको पनि छैन। पाकिस्तानको इतिहासमा सायद पहिलो पटक सेनाले चुनाव हारेको छ। यो चुनावमा इमरान खानको पार्टी जुन सफलता हासिल गरेको छ, त्यो उनको एतिहासिक जित मात्र होइन, पाकिस्तानी सेनाको लज्जास्पद हार पनि हो।

 

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’