आया राम गया रामलाई समेत माथ गरेका बिहारका पल्टुराम !

भारतीय राजनीतिमा एउटा चर्चित कहावत छ आया राम गया राम भन्ने। यो कहावत त्यतिकै सिर्जना भएको होइन। यसको पछाडि एउटा रोचक कथा छ। भारतको हरियाणा राज्यमा पहिलो विधानसभा चुनाव १९६७ मा भएको थियो। सो चुनावमा कुल ८१ सिट मध्ये ४८ सिटमा कांग्रेसले जितेको थियो। त्यस्तै भारतीय जान संघ (अहिलेको भारतीय जनता पार्टी) ले १२ सिट र स्वतन्त्र पार्टी र रिपब्लिकन पार्टीले ३-३ सिट जितेका थिए। त्यस बाहेक १६ जना स्वतन्त्र उम्मेदवारहरुले पनि जितेका थिए। ती स्वतन्त्र विधायकहरु मध्ये एक थिए गया लाल। उनले हसनपुर विधानसभाबाट चुनाव जितेका थिए।

बहुमत प्राप्त दलको नेताको रुपमा कांग्रेसका भगवत दयाल शर्माले १० मार्च १९६७ मा हरियाणाको पहिलो मुख्यमन्त्रीको रुपमा सपथ लिए। तर एक हप्ता भित्रै कांग्रेसका १२ जना विधायकहरुले सो पार्टी बाट बिद्रोह गर्दै हरियाणा कांग्रेस भन्ने नयाँ समुह बनाए। फलत: एक हप्ताभित्रै  भगवत दयाल शर्माको सरकारको पतन भयो।

उता स्वतन्त्र विधायकहरुले पनि  यूनाइटेड फ्रन्ट नामक नया पार्टी गठन गरे। संसदीय राजनीतिको फोहरी चलखेलबीच एउटा पार्टीबाट अर्को पार्टीमा आउनेजाने क्रम सुरु भयो। पछि कांग्रेसका बागी विधायकहरु र स्वतन्त्र विधायकहरु र अरु साना दलका विधायकहरु मिलेर एउटा नया समुह संयुक्त विधायक दल गठन गरे। यो दल संग ४८ सदस्य पुग्यो। २४ मार्चमा संयुक्त विधायक दलको नेताको रुपमा राव बिरेन्द्र सिंहले हरियाणाको मुख्यमन्त्री पदको सपथ ग्रहण गरे।

हरियाणाको राजनीतिमा आएको यो उथलपुथलमा सबै भन्दा चर्चित पात्र थिए गया लाल। उनले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेका थिए। उनले पहिला कांग्रेसमा प्रवेश गरे। त्यसपछि उनले कांग्रेस छोडेर यूनाइटेड फ्रन्टमा समावेश भए। त्यसपछि फेरि कांग्रेसमा फर्के। कांग्रेसमा फर्केको ९ घण्टा भित्रै पुन: यूनाइटेड फ्रन्टमा फर्के। हुनेवाला मुख्यमन्त्री राव वीरेन्द्र सिंहले चण्डीगढ़मा भएको पत्रकार सम्मेलनमा गया लाललाई सबैको सामु प्रस्तुत गर्दै भए- गया राम, अब आया राम हैं (गया राम अब आया राम हुन् )।

गया राम आया राम भन्ने भनाइ भारतमा अत्याधिक लोकप्रिय भयो। आफ्नो स्वार्थको लागि दल बदल्ने स्वार्थी र लम्पटहरुको लागि सम्बोधन गरिने उपमा बन्यो आया राम गया राम।

राव वीरेन्द्र सिंह पनि हरियाणाको मुख्यमन्त्रीमा टिक्न सकेनन्। ९ महिनापछि नै हरियाणाको विधानसभा भंग भयो र केन्द्रको शासन लागु भयो। तर गया राम आया राम भन्ने भनाइ भारतमा अत्याधिक लोकप्रिय भयो। आफ्नो स्वार्थको लागि दल बदल्ने स्वार्थी र लम्पटहरुको लागि सम्बोधन गरिने उपमा बन्यो आया राम गया राम।

अहिले भारतमा ती आया राम गया रामलाई समेत मात खुवाउने व्यक्तिको चर्चा हुन थालेको छ। ती व्यक्ति हुन् बिहारका मुख्यमन्त्री नीतीश कुमार।

नीतीश कुमारले आफ्नो राजनीतिक जीवनको सुरुवात सत्येन्द्र नारायण सिन्हाको जनता पार्टीबाट गरेका थिए। १९८५ मा नीतीश कुमार बिहार राज्यको विधायक बने। जनता दल विभाजित बनेपछि उनि १९९४ मा जर्ज फर्नांडिसको समता पार्टीमा लागे। १९९५ मा भएको बिहार बिधानसभाको चुनावमा जम्मा ७ सिट पाएपछि उनले समता पार्टीको खासै भविष्य नदेखेर भारतीय जनता पार्टीसंग गठबन्धन गर्न थाले। उनी अटल बिहारी बाजपेयीको सरकारमा १९९८ देखि २००१ सम्म र २००१ देखि २००४ सम्म मन्त्री बने। यस बीच २००० मा उनी ७ दिनको लागि बिहारको मुख्यमन्त्री बने।

नीतीश कुमारले २००५ मा केन्द्रको राजनीति छोडेर बिहारको राजनीतिमा फर्के। त्यस यता २०१४-१५ मा १० महिनालाई छोड्ने हो भने उनी लगातार १९ बर्ष देखि बिहारको मुख्यमन्त्री रहँदै आएका छन्।

 १९९६ देखि नीतीश कुमारको बिजेपी संगको सहयात्रा २०१३ सम्म अर्थात् १७ वर्षसम्म चल्यो। २०१४ मा बिजेपीले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको दावेदारको रुपमा अगाडि ल्याएपछि नीतीश कुमारले सो पार्टी संगको गठबन्धन तोडे। उनले २०१४ को लोकसभाको चुनाव एक्लै लडे। तर उनको पार्टीले जम्मा २ सिट मात्र ल्यायो।

२०१५ को बिहार बिधानसभाको चुनावमा नीतीश कुमारले लालु प्रसाद यादवको रास्ट्रिय जनता दल र कांग्रेस संग गठबन्धन बनाएर चुनाव लडे। यो गठबन्धनले अत्यधिक बहुमत ल्यायो। नीतीश कुमार फेरि मुख्यमन्त्री बने र लालु प्रसाद यादवका छोरा तेजस्वी यादव उपमुख्यमन्त्री बने। यो गठबन्धन दुई वर्षसम्म मात्र चल्यो।

उनले २०१७ मा लालु र कांग्रेस पार्टीसंगको गठबन्धनलाई तोडेर फेरि भाजपासंग मिलेर सरकार बनाए। २०२० मा भएको बिहार विधानसभाको चुनामा नीतीश कुमारले भाजपा संग मिलेर लडे। तर परिणाम उनले सोचे जस्तो आएन। बिजेपीले ७४ सिट जित्यो भने उनको दल जनता दल युनाइटेडले ४३ सिट मात्र जित्यो। तेश्रो दल भए पनि नीतीश कुमार फेरि बिहारको मुख्यमन्त्री बने। यो सरकार दुई बर्ष सम्म मात्र चल्यो।

२०२३ मा नीतीश कुमारले भनेका थिए- 'बरु म मर्न तयार छु तर बिजेपी संग जान मलाई मन्जुर छैन।' तर उनको कसम लामो समयसम्म टिकेन।

बिजेपीको बढ्दो दबाब खेप्न नसकेर उनले फेरि गठबन्धन बदले। २०२२ मा लालु प्रसाद यादवको आरजेडी र  कांग्रेससंग मिलेर नीतीश कुमारले सरकार गठन गरे। नीतीश कुमार मुख्यमन्त्री बने भने तेजस्वी यादव उपमुख्यमन्त्री बने। नीतीश कुमार त्यस बेला बिजेपीको प्रखर विरोधी बनेका थिए। २०२३ मा नीतीश कुमारले भनेका थिए- 'बरु म मर्न तयार छु तर बिजेपी संग जान मलाई मन्जुर छैन।' तर उनको कसम लामो समयसम्म टिकेन। १८ महिना नहुदै फेरि नीतीश कुमारले 'गठबन्धनभित्र राम्रोसंग काम हुनसकिरहेको छैन, म राजिनामा दिन्छु' भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिए। अहिले आएर उनले बिजेपीको सहयोगमा फेरि नवौं पटक बिहारको मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका छन्।

सिद्धान्तविहीन र उपयोगितावादी राजनीतिको कारणले गर्दा नीतीश कुमारको छवि पुरै ध्वस्त बनेको छ। उनी अहिले आम जनताको बीच पल्टुरामको नामले परिचित छन्।

नीतीश कुमारले बिहारलाई लालु प्रसाद यादवको कुशासनबाट मुक्त गरेका थिए। तन्नम गरिबी र पछौटे राज्यको रुपमा बदनाम बिहारमा विकास र उन्नतिका लहर ल्याएका थिए । तर पछिल्ला दिनहरुमा सिद्धान्तविहीन र उपयोगितावादी राजनीतिको कारणले गर्दा नीतीश कुमारको छवि पुरै ध्वस्त बनेको छ। उनी अहिले आम जनताको बीच पल्टुरामको नामले परिचित छन्। साँच्चै भन्ने हो भने बिहारका पल्टुराम बनेका नीतीश कुमारले आया राम गया रामलाई समेत माथ गरेका छन्।