कोभिडबारे पुस्तकको लोकार्पण

पत्रकार दीपा दाहालद्वारा लिखित पुस्तक कोभिडः नसोचेको–नभोगेको सङ्कट पुस्तकको आज लोकार्पण गरिएको छ । 

सङ्घीय राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन प्रसिद्ध नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, संस्कृतिकर्मी गणेश रसिक र अभियन्ता मोहना अन्सारीले संयुक्त रुपमा गरेका थिए ।

पुस्तकको विशेषज्ञ सल्लाहकारमा डा. अनूप सुवेदी रहेका छन् ।

उक्त अवसरमा कोभिडका कारण आफ्ना जीवनसङ्गीनी गुमाएका गणेश रसिकले आफूले देखे भोगेका मार्मिक अनुभूतिहरुलाई साझेदारी गरेका थिए ।

सोही अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा  डा. अनुप सुवेदी र डा. अर्जुन कार्कीले कोभिडको व्यवस्थापनको क्रममा देखे भोगेका अनभूति र कमी कमजोरीहरुबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पुस्तकका मूल प्रकाशक  बारबरा फाउण्डेसनका अध्यक्ष समेत रहेका डा. सन्दुक रुइतले पुस्तक प्रकाशन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै बारबरा फाउण्डेसनले गरेका र आगामी दिनमा गर्न गइरहेका गतिविधिहरुबारे छोटकारीमा प्रकाश पारेका थिए ।

त्यस अवसरमा पुस्तकका लेखक दीपा दाहालले पुस्तक प्रकाशनका पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका रोचक पक्ष सभापति, अतिथिहरुलाई मञ्चासन गराउने र लम्बेतान भाषण गराएर दर्शकश्रोतालाई दिक्क पार्ने परम्परागत ढर्रालाई अपनाइएको थिएन । सोही सन्दर्भमा डा. रुइतले उपस्थित सबै कार्यक्रमका अतिथि रहेको बताउँदा हलमा मज्जाले ताली बजेको थियो ।

उक्त पुस्तकको सहप्रकाशकमा फाइनप्रिन्ट रहेको छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन