किन रुन्छस् छोरा ! खुशी मना– ऊ मायाजालदेखि मुक्त भई !
क्रान्तिकारी लेखक प्रेमचन्दका बहुचर्चित कथा 'कफन'
प्रेमचन्दले 'कफन' १९३५ मा लेखेका थिए। कथामा तत्कालीन सामन्ती समाजमा कायम आर्थिक विषमताको पृष्ठभूमि एवं त्यस परिवेशमा दुरुह जीवन भोग्न विवश एक विपन्न परिवारको कारुणिक अवस्थाको मार्मिक चित्रण गरिएको छ । प्रियजन मृत्युको ग्रास बनेको निस्सार र कहालीलाग्दो अवस्थाबीच मृतकको सद्गत चासो र चिन्ताको विषय बन्दैन, बरु प्राथमिकता बाँचेकाहरुका लागि भरपेट खानु बनिदिन्छ । उनीहरु र उनीहरु जस्तै दु:खको जञ्जालमा लपेटिएकाहरुका लागि क्षणिक नै सही, जीवनको खुसी खोज्ने र प्राप्त गर्ने थलो भट्टी पसल बनिदिन्छ । प्रस्तुत कथामा अभाव र गरिबी अनि त्यसबाट सिर्जित कामचोर प्रवृत्तिले उत्पन्न गरेको संवेदनहीनताको अवस्थालाई पनि अत्यन्तै कारुणिक तर सुन्दर ढंगले चित्रित गरिएको छ ।
यो कथालाई प्रेमचन्दका सर्वोत्तम रचनाहरु मध्ये एक मानिन्छ। तर केही समय यता यस कथाले उठाएका विषयवस्तुमाथि विवाद खडा गर्न थालिएको छ ।कफनमा प्रेमचन्दले जसरी एक दलित परिवारको चित्रण गरेका छन्, त्यसलाई लिएर अहिलेका अधिकारवादीहरुले उनको आलोचना गर्न थालेका छन्। कफन कथाका नायक घिसु र माधवलाई जसरी कामचोर, ठग र मानवीय संवेदनाहीन व्यक्तिको रुपमा चित्रित गरिएको छ त्यसलाई लिएर दलित आलोचकहरुले तीब्र आलोचना गर्ने गरेका छन्। तर प्रेमचन्दका समर्थकहरुले चाहिँ कथाको विषयवस्तुलाई अहिलेको चेतनाको आधारमा हैन, तत्कालीन सामाजिक परिवेशको चित्रणको रुपमा बुझ्नु र हेर्नुपर्ने भनी प्रतिरक्षा गर्ने गर्छन् ।
झुप्रोको दैलोमा बाबु–छोरा दुवै निभेको आगोसामु चुपचाप बसिरहेका थिए । भित्र छोराकी तरुनी बुहारी बुधिया प्रसव–वेदनाले छट्पटाइरहेकी थिइन् । घरि घरि उसको मुखबाट मुटु कमाइदिने आवाज निस्कन्थ्यो । त्यो सुनेर दुवै कलेजो समात्न पुग्थे । जाडोको रात थियो, प्रकृतिमा निस्तब्धतामा डुबेको थियो र पूरै गाउँ अन्धकारमा लीन भएको थियो ।
घीसूले भन्यो– “यस्तो लाग्छ, बाँच्दिनन् होली । पूरै दिन दौडधूप गर्दै बित्यो, जा हेरेर आइज त ।”
माधवले चिढिएर भन्यो– “मर्ने नै हो भने किन चाँडो मरिहाल्दिन ? हेरेर के गर्नु ?”
“तँ साह्रै निठुरी छस् ! वर्षभरि जोसित सुखचैनमा बिताइस्, उसैलाई यस्तो वेवास्ता गर्छस् ।”
“त्यसले छट्पटाएकी र हातखुट्टा फट्कारेकी म हेर्न सक्तिनँ ।”
विचित्रको जीवन थियो यिनीहरुको ! घरमा माटाका दुईचार भाँडाहरुबाहेक अरु केही सम्पत्ति थिएन । फाटेको च्यातिएको कपडाले आफ्नो नग्नतालाई ढाकेर बाँच्ने गर्थे । सांसारिक चिन्तादेखि मुक्त तर ऋणले थिचिएकाहरु । गालीहरु खान्थे, कुटाइ पनि खान्थे तर कुनै दु:ख मनाउ छैन ।
सार्की (चमार) हरुको टोल थियो– पूरै गाउँभरिमा बदनाम । घीसू एक दिन काम गर्थ्यो भने तीन दिन आराम। माधव यति कामचोर थियो कि आधा घण्टा काम गरे भने एक घण्टासम्म चिलिम तान्थ्यो । यही कारण उनीहरुले कहीँ कतै काम पाउँदैनथिए । घरमा अलिकति मात्रै अन्न छ भने पनि यिनीहरुलाई काम गर्न मरेतुल्य लाग्थ्यो दुई चार छाक पेटमा अन्न नपरेपछि बल्ल घीसू रुख चढेर दाउरा भाँच्थ्यो, माधव त्यसलाई बेचेर आउथ्यो । पैसा छउन्जेल दुवै अल्लारेर हिँड्थे । गाउँमा कामको कुनै खाँचो थिएन ।किसानहरुके गाउँ थियो, मेहनतीहरुका लागि पचासौं कामहरु थिए । तर दुईजना मानिसबाट एकजना बराबरको काम हुँदा पनि चित्त बुझाउनु पर्ने अवस्थामा मात्र यी दुईलाई बोलाइन्थे । दुवै साधु हुन्थे भने उनीहरुलाई सन्तोष र धैर्यका लागि, संयम र नियमको आवश्यकता नै पर्दैनथ्यो । यो त उनीहरुको स्वभाव थियो । विचित्रको जीवन थियो यिनीहरुको ! घरमा माटाका दुईचार भाँडाहरुबाहेक अरु केही सम्पत्ति थिएन । फाटेको च्यातिएको कपडाले आफ्नो नग्नतालाई ढाकेर बाँच्ने गर्थे । सांसारिक चिन्तादेखि मुक्त तर ऋणले थिचिएकाहरु । गालीहरु खान्थे, कुटाइ पनि खान्थे तर कुनै दु:ख मनाउ छैन । यति गरिब थिए कि फिर्ता आउने फिटिक्कै आशा नहुँदानहुँदै पनि मानिसहरु यिनीहरुलाई केही न केही ऋण दिन्थे । मटर आलुको खेती भएको बेला अर्काको खेतबाट मटर आलु उखेलेर ल्याउँथे, पोलपात पारेर खान्थे वा दश पाँच उखुका लाँक्रा उखेलेर ल्याउँथे र राति त्यही चुस्थे । घीसूले यस्तै हावादारी तरिकाले साठी वर्षको उमेर बिताएथ्यो, र माधवले पनि असल छोरोले जस्तै बाउकै पदचिन्हमा चलिरहेको थियो, उनको नामलाई झनै उजागर गरिरहेको थियो । यतिखेर पनि उनीहरु आगोका सामु बसेर आलु पोलिरहेका थिए, जुन उनीहरुले कुने खेतबाट खनेर ल्याएका थिए । घीसूकी स्वास्नी मरेकी धेरै दिन भइसकेको थियो । माधवको विवाह गत साल भएथ्यो । जबबाट यी महिला आइन्, उनले यस खानदानमा व्यवस्थाको जग हालेकी थिइन् र यी दुवै निर्लज्जहरुको नरकलाई सुधार्ने काम गरिरहेकी थिइन् । उनी आएदेखि यी दुवै बाबु छोरा झन् अल्छे भएका थिए । बरु केही भाउ पनि खोज्ने भएका थिए । कसैले काम गर्न बोलाए लाजै पचाएर दोब्बर ज्याला माग्थे । तिनै महिला आज प्रसव–वेदनाले मरिरहेकी थिइन्, अनि ती दुईचाहिँ शायद कति बेला मर्छे र ढुक्कसित सुतौंला भनेर कुरिरहेका थिए ।
घीसूले आलु निकालेर तास्दै भन्यो– “गएर हेर् त, उसको के दशा छ ? चुँडेलको उपद्रो होला, अरु के होला र ? यहाँ त झाँक्रीले पनि एक रुपियाँ माग्छ ।”
ऊ भित्र गएमा घीसूले आलुको ठूलो भाग एक्लै सिध्याउने छ भन्ने डर माधवलाई थियो । उसले भन्यो– “मलाई त्यहाँ जान डर लाग्छ ।”
“केको डर ? म यहाँ छँदैछु त ।”
“त्यसो भने तिमी नै गएर हेर न !”
''म त सोच्छु कुनै बालबच्चा भइहाल्यो भने के होला? घरमा अदुवा, सख्खर, तील केही पनि त छैन !''
“मेरी स्वास्नी जब मरेकी थिइन्, मैले तीन दिनसम्म उसलाई छाड्दै छाडेको थिइनँ । फेरि उनी लजाउलान् कि नलजाउलिन् ? जसको मैले कहिल्यै मुख देखिनँ, आज उसैको शरीर हेर्नु ! उसलाई त आफ्नो शरीरको पनि ख्याल छैन होला । मलाई देखेर त उनी राम्ररी चलमलाउन पिन सक्ने छैनन् ।''
''म त सोच्छु कुनै बालबच्चा भइहाल्यो भने के होला? घरमा अदुवा, सख्खर, तील केही पनि त छैन !''
“सबै चीज आउनेछ, भगवानले दियो भने ! अहिले एक पैसा नदिइरहेकाहरुले पनि भोलि बोलाएरै दिनेछ । मेरा नैजना बच्चाहरु भए, घरमा केही पनि थिएन तर भगवानले कुनै न कुनै तरिकाले समस्याबाट पार लगाएरै छाडे ।''
जुन समाजमा रातदिन मेहनत गर्नेहरुको अवस्था पनि उनीहरुको अवस्थाभन्दा खासै राम्रो थिएन र किसानहरुको तुलनामा ती मानिसहरु, जो किसानहरुको दुर्वलताबाट लाभ उठाउन जान्दथिए, धेरै बढी सम्पन्न थिए, त्यहाँ यस किसिमको मनोवृत्ति पैदा हुने कुनै अचम्मको कुरा थिएन । म त भन्छु, घीसू किसानहरुभन्दा बढी विचारवान थियो, जो किसानहरुको विचारशून्य समूहमा सामेल हुनुको सट्टा बैठकबाजीको कुत्सित मण्डलीमा गएर मिसिएको थियो । हो, उसमा यो शक्ति थिएन कि बैठकबाजहरुको नियम र नीतिहरुको पालना गरोस् । यसकारण, जहाँ उसको मण्डलीका र गाँउका नाइके मुखियाहरु बनेका थिए, तिनीमाथि सबै गाउँलेहरु औंला उठाउने गर्थे । तर पनि उसलाई यो सन्तुष्टि थियो कि ऊ गरिब नै भए पनि कम्तिमा किसानहरुले जस्तो कडा मेहनत त गर्नु परेको छैन, उसको सरलता र निरीहताको अरुले नाजायज फाइदा त उठाउँदैन ।
घीसू किसानहरुभन्दा बढी विचारवान थियो, जो किसानहरुको विचारशून्य समूहमा सामेल हुनुको सट्टा बैठकबाजीको कुत्सित मण्डलीमा गएर मिसिएको थियो । हो, उसमो यो शक्ति थिएन कि बैठकबाजहरुको नियम र नीतिहरुको पालना गरोस् ।
दुवैले आलु निकालेर मुख पोल्दै गर्दा पनि खान थाले । हिजोदेखि केही खाएको थिएन । उनीहरुलाई आलु सेलाउन्जेल कुर्ने धैर्य पनि थिएन । कतिपय पटक दुवैको जिब्रो पोल्यो । तास्दा आलुको बाहिरी हिस्सा त धेरै तातो थियो जस्तो लाग्दैनथियो तर दाँतका बीच पुग्नेबित्तिकै आलुको भित्री हिस्साले जिब्रो, मुख र तालु पोल्थ्यो र त्यसलाई मुखमा राखिराख्नुको सट्टा त निल्नु नै राहतको कुरा थियो । त्यहाँ त्यसलाई चिसो पार्ने थुप्रै सामानहरु थिए त्यसैले दुवै चाँचाँडो निल्थे । जबकि यस कोशिशमा उनीहरुको आँखाबाट आँसु निस्कन्थ्यो ।
त्यसबेला घीसूलाई ठाकुरको जन्तीको याद आयो, जसमा ऊ बीस साल पहिले गएको थियो । त्यस भोजमा उसलाई जुन तृप्ती मिलेको थियो, त्यो उसको जीवनमा एउटा याद राख्न लायक कुरा थियो र आज पनि त्यसको याद ताजै थियो । उसले भन्यो, “त्यो भोज बिर्सन्नँ । त्यसबेला यता त्यस किसिमको खाना र भरपेट खान पाएकै छैन । केटीपक्षले सबैलाई पेटभरि पुरी खुवाएका थिए, सबैजनालाई ! साना–ठूला सबैले पूरी खाए, शुद्ध घीउमा बनेको । चटना, रायता, तीन किसिमको सुख्खा साग, एउटा झोल भएको तरकारी, दही, मिठाई । अब के बताउँ कि त्यो भोजमा के स्वाद पाएँ । कुनै रोकतोक थिएन । जे पनि चीज माग र जति चाहन्छौं खाऊ । मानिसहरुले यस्तो खाए, यस्तो खाए, कसैले पनि पानी खाएनन् । तर पस्केर दिने भान्छेले पातमा तातातातो, गोलो गोलो वास्नादार कचौरीहरु हालिदिन्छन् । पुग्यो, चाहिँदैन भनेर हातले छेक्दा पनि उनीहरु दिएको दियै गर्छन् । जब जुठो चुठ्यो, पानी, अलैंची पाइयो, मलाई त पान लिने सुद्धि नै पनि कहाँ थियो । उभिन पनि सकिरहेको थिइनँ । झटपट गएर आफ्नो खाटमा सुतें । यस्तो दयावान थिए ती ठाकुर !”
अब के बताउँ कि त्यो भोजमा के स्वाद पाएँ । कुनै रोकतोक थिएन । जे पनि चीज माग र जति चाहन्छौं खाऊ । मानिसहरुले यस्तो खाए, यस्तो खाए , कसैले पनि पानी खाएनन् ।
माधवले मनमनै ती पदार्थहरुको स्वाद लिँदै भन्यो, “अब हामीलाई कोहीले पनि त्यस्तो भोज खुवाउँदैनन् ।”
“अब त कसैले के खुवाउँला र ? त्यो जमाना नै अर्को थियो । अब त सबैले फारोतिनो मात्रै सोच्छ ।
विवाहमा खर्च नगर, क्रियाकर्ममा खर्च नगर । सोच त, गरिबहरुको सामान बटुले कहाँ राख्लान् । बटुल्नमा कुनै कमी छैन तर खर्च गर्नमा चाहिँ फारोतिनोको ख्याल आउँछ ।”
“तिमीले बीस पूरी खायौ होला ?”
“बीसभन्दा बढी नै खाएको थिएँ ।”
“म भए पचासवटा खान्थे्र ।”
“पचासभन्दा कम त मैले पनि खाइनँ होला । एकदमै बलियो थिएँ । तँ त मेरो आधा पनि छैनस् ।”
आलु खाएर दुवैले पानी पिए र त्यही आगोको सामुन्ने आफ्नो धोती ओढेर, खुट्टालाई पेटमा खुम्चाएर सुतिरहे । यस्तो लाग्थ्यो, मानौं दुईटा ठूल्ठूला अजिंगरहरु गु्डुल्की मारेर बसेका छन् ।
र, बुधिया अझै पनि बेथाले कराइरहेकी थिइन् ।
आलु खाएर दुवैले पानी पिए र त्यही आगोको सामुन्ने आफ्नो धोती ओढेर, खुट्टालाई पेटमा खुम्चाएर सुतिरहे । यस्तो लाग्थ्यो, मानौं दुईटा ठूल्ठूला अजिंगरहरु गु्डुल्की मारेर बसेका छन् ।
सवेरै माधवले कोठामा गएर हेर्दा उसकी स्वास्नी मरिसकेकी थिइन्, उसको मुखमा झिंगा भन्किरहेको थियो । पत्थरजस्तो बेनेको उसको आँखाले माथि हेरिरहेको थियो । सबै जिउ धूलोले लथपथ थियो । उसको पेटमा बच्चा मरेको थियो ।
माधव दौडिदै घीसूसामु आयो । अनि दुवै जना छात्ती पिट्दै ठूलो ठूलो स्वरले क्रन्दन गर्न थाले । छरछिकेकाहरु त्यो सुनेर दौडिदै आए र पुरानो मर्यादाअनुसार ती अभागीहरुलाई सम्झाउन थाले ।
तर धेरै रुने कराउने अवसर पनि थिएन । कफन र दाउरोका चिन्ता गर्नुपर्ने थियो । तर घरमा त पैसा चीलको गुँडबाट मासु गायब भएजस्तै गायब थियो ।
दुवैजना रुँदैकराउँदै जमीन्दार भएठाउँ गए । उनी यी दुवैको अनुहार पनि हेर्न मन पराउँदैनथिए । कतिपय पटक त उनले यी दुवैलाई आफ्नै हातले कुटिसकेको थिए– चोरी गरेका र वाचा गरेअनुसार काममा नआएको काराण् ।
सोधे, “के भयो धीसू, किन रुँदैछस् ? अब त त कही पनि देखिन्नस् । यस्तो लाग्छ, मानौं त यस गाउँमै बस्न चाहन्नस् ।”
“सरकार ठूलो विपत्तिमा छु । माधवको घरवाली गएको रात मरिन् । रातभरि पीडाले छट्पटाइरहिन्, सरकार ! हामी दुवै उसको टाउकोनेरै बसिरह्यौं । गर्न सकिने जति औषधी मूलो गर्यौ, तर उनले हामीलाई छोडिन् । अब एक टुक्रा रोटी दिने पनि कोही रहेनन् मालिक!''
घीसूले जमीनमा टाउको राखेर आँखाभरि आँसु पारेर भन्यो, “सरकार ठूलो विपत्तिमा छु । माधवको घरवाली गएको रात मरिन् । रातभरि पीडाले छट्पटाइरहिन्, सरकार ! हामी दुवै उसको टाउकोनेरै बसिरह्यौं । गर्न सकिने जति औषधी मूलो गर्यौ, तर उनले हामीलाई छोडिन् । अब एक टुक्रा रोटी दिने पनि कोही रहेनन् मालिक! हामी बर्बाद भयौं । घर उजाडियो । तपाईंको गुलाम हुँ । अब तपाईं बाहेक अरु को छ र, उसको अर्थी उठोस् । तपाईं बाहेक अरु कसको ढोका ढक्ढक्याउन जाउँ ?”
जमीन्दार साहेब दयालु थिए । तर घीसूलाई दया गर्नु भनेको कालो कम्बललाई रंग लगाउनु जस्तै मात्र थियो । एक मनले त सोचे, जा यहाँबाट पर भाग ! त्यसो त बोलाउँदा त आउँदैन, आज जब खाँचो पर्यो, अनि आएर फकाउन खोज्दैछ । सित्तैमा खान पल्केकाहरु, बदमाश ! तर यो रिस देखाउने वा सजाय दिने बेला थिएन । मनमनै चिढिँदै दुई रुपिया निकालेर फ्याँके । तर सान्त्वनताको एक शब्द पनि मुखबाट निस्केन । उनीहरुतिर हेर्दा पनि हेर्नन् । मानौं कि टाउकोको बोझ नै हटेको छ ।
जमीन्दार साहेबले नै दुई रुपियाँ दिएपछि गाउँका बानियाँ–महाजनहरुलाई इन्कार गर्ने के हिम्मत ? घीसू जमीन्दारको नामको ढोल पिट्न पनि राम्ररी जान्दथे । कसैले दुई आना दिए, कसैले चार आना । एक घण्टामा घीसूसँग पाँच रुपियाँको राम्रो रकम जम्मा भयो । कतैबाट अन्न मिल्यो, कतैबाट दाउरा । र, दिउँसो घीसू र माधव कफन किन्न बजारतिर गए । यता मानिसहरु बाँस काट्न थाले ।
जमीन्दार साहेबले नै दुई रुपियाँ दिएपछि गाउँका बानियाँ–महाजनहरुलाई इन्कार गर्ने के हिम्मत ? घीसू जमीन्दारको नामको ढोल पिट्न पनि राम्ररी जान्दथे ।
गाउँका कोमल हृदय भएका महिलाहरु आएर लाश हेर्थे र उनको वेवशी देखेर दुई थोपा आँसु झारेर जान्थे । “कस्तो नराम्रो चलन ! जसले जिउँदो हुँदा शरीर ढाक्नको लागि कपडाको एउटा टुक्रा पनि पाएनन्, उसैलाई मरेपछि चाहिँ कफन चाहियो ।”
“कफन पनि लाशसँगै जलिहाल्छ त ।”
“अरु के छ र ? यही पाँच रुपियाँ पहिले पाइएको हुन्थ्यो भने यसो रक्सी त खाइन्थ्यो ।”
दुवै एकअर्कोको मनको भावनालाई नापजोख गरिरहेका थिए । उनीहरु बजारमा यताउता घुमिरहे । कहिले यो दोकानमा गयो, कहिले त्यो । थरिथरका कपडा, रेशी र सूतीका हेरे, तर कुनै पनि मन परेन । त्यसो गर्दागर्दै साँझ पर्यो । तव थाहा छैन, कुन दैवी प्रेरणाले हो, दुबैजना एउटा भट्टीको सामुन्ने पुगे र पहिल्यै योजना बनाएर जस्तो गरी भित्र पसे । त्यहाँ केही बेर दुवै अलमल्ल परेर उभिइरहे । फेरि घीसूले साहु भए ठाउँ गएर भन्यो, “साहुजी, हामीलाई पनि एक बोतल दिनुस् न !”
त्यसपछि केही सितन आए, तारेको माछा आयो र दुवैजना आगनमा बसेर शान्तपूर्वक पिउन थाले ।
माटोको पात्रमा दनादन पिएपछि उनीहरुलाई मात लाग्न थाल्यो ।
घीसूले भन्यो, “कफन लगाउनाले के मिल्छ र ? आखिरमा जलेर नै त जान्छ, बुहारीसँगै केही जाने हैन ।”
थाहा छैन, कुन दैवी प्रेरणाले हो, दुबैजना एउटा भट्टीको सामुन्ने पुगे र पहिल्यै योजना बनाएर जस्तो गरी भित्र पसे । त्यहाँ केही बेर दुवै अलमल्ल परेर उभिइरहे । फेरि घीसूले साहु भए ठाउँ गएर भन्यो, “साहुजी, हामीलाई पनि एक बोतल दिनुस् न !”
माधवले आकाशतिर हेरे भन्यो, मानौं देउताहरुलाई आफ्नो निष्पाप भावनाको साक्षी बनाइरहेछन्, “दुनियाँको चलन हो, अन्यथा मानिसहरुले बाहुनलाई हज्जारौं रुपियाँ किन दिन्छन् । कसले देख्छ, परलोकमा पाउँछन् कि पाउन्नन् ।”
“ठूला मानिसहरुसँग धन छ, चाहिँदो उडाउँछन् । हामीसँग उडाउनका लागि के नै छ ?”
“तर मानिसहरुलाई के जवाफ दिने ? उनीहरुले सोध्दैनन् कफन खै भनेर ?”
घीसू हाँस्यो, “अरे रुपियाँ कम्मरबाट झर्यो । धेरै खोज्यौं फेला नै परेन । मानिसहरुलाई विश्वास त लाग्ने छैन तर पनि उनीहरुले पैसा दिनेछन् ।”
माधव पनि हाँस्यो, आशा नै नगरेको यस सौभाग्यबारे बोल्यो, “धेरै असल थिइन् बिचरी ! मर्न पनि खुब खुवापियाइ गरेर मरी ।”
अब त बोतलभन्दा ज्यादा मात लाग्यो । घीसूले दुई सेर पुरी मगायो । चटनी, अचार, कलेजो । भट्टीको सामुन्ने नै पसल थियो । माधवले लम्किएर दुईटा टपरामा सबै सामान ल्यायो । डेढ रुपियाँ अरु बढी खर्च भयो । अब केही पैसा मात्रै बच्यो ।
माधव पनि हाँस्यो, आशा नै नगरेको यस सौभाग्यबारे बोल्यो, “धेरै असल थिइन् बिचरी ! मर्न पनि खुब खुवापियाइ गरेर मरी ।”
दुवै यस बेला शानसँग बसेर पूरी खाइरहेको थिए, मानौं जंगलमा कुनै सिंह आफ्नो शिकार खाइरहेका छन् । न त जवाफ दिनुपर्ने डर थियो, न त बदनामीकै चिन्ता । यी भावनाहरुलाई यिनीहरुले धेरै पहिला जितिसकेका थिए ।
घीसूले दार्शनिक भावले भन्यो, “हाम्रो आत्मा प्रशन्न भइरहेको छ, के उसको आत्मालाई पुण्य प्राप्ति नहोला ?”
माधवले श्रद्धाले शिर झुकाउँदै समर्थनमा बोल्यो, “अवश्य पनि हुनेछ । भगवान तिमी अन्तर्यामी छौं । उसलाई बैकुण्ठ लैजानु । हामी दुवै मनैबाट आशीर्वाद दिइरहेका छौं । आज जुन भोजन मिल्यो, त्यो आजसम्म कहिल्यै मिलेको थिएन ।”
एक क्षणपछि माधवको मनमा एउटा शंका जाग्यो । बोल्यो, “हामी पनि त एक न एक दिन त्यहाँ जानेनै छौं ।”
घीसूले यस अबोध प्रश्नको कुनै उत्तर दिएन । ऊ परलोकको बारेमा सोचेर आफ्नो यो आनन्दमा बाधा पुर्याउन चाहँदैनथियो ।
“हामीलाई त्यहाँ कफन किन दिएनौ भनेर सोध्यो भने के भन्ने ?”
“तेरो टाउको भनौंला नि !”
“सोध्ने छन् त अवश्य पनि !”
माधवलाई विश्वास लागेन । बोल्यो, “कसले दिन्छ ? रुपियाँ त तिमीले चट पार्यौ । उसले त मलाई सोध्नेछिन् । उसको सिउँदोमा सिन्दर त मैले नै हालेको थिएँ नि ।”
“उसले कफन पाएनन् भनेर तैंले जान्दछन् ? तँ मलाई यस्तो गधा सम्झन्छन् ? के म यस दुनियाँमा विगत साठीसालदेखि घाँस मात्रै काटिरहेको छु भनेर ठान्छन् । उसले कफन पाउनेछन् र योभन्दा पनि अति राम्रो पाउनेछन् ।”
माधवलाई विश्वास लागेन । बोल्यो, “कसले दिन्छ ? रुपियाँ त तिमीले चट पार्यौ । उसले त मलाई सोध्नेछिन् । उसको सिउँदोमा सिन्दर त मैले नै हालेको थिएँ नि ।”
घीसू अलि आवेशमा आएर भन्यो, “म भन्छु, उसले कफन पाउनेछिन् । तँ किन मान्दैनस् ?”
“कसले दिन्छ ? किन बताउँदैनौ ?”
“तिनीहरुले नै दिनेछन् जसले यस पटक दिए । हो, अबको रुपियाँ चाहिँ हामीले पाउने छैनौं ।”
जति जति अँध्यारो बढ्दै जान्थ्यो, ताराहरुको चमक तेजिलो हुँदै जान्थ्यो, भट्टीको रौनक पनि बढ्दै जान्थ्यो । कोही गाउँथे, कोही धाक लगाउन थाल्थे, कोही आफ्ना चिनेजानेसँग अंकमाल गर्न थाल्थे । कोही आफ्ना साथीको मुख थुनिदिन्थे ।
त्यहाँको वातावरण आनन्द बढाउने खालको थियो, हावामा नशा । कतिजना त यहाँ आएर अलिकति पिउनेबित्तिकै मस्त बन्थे । रक्सीले भन्दा पनि बढी उनीहरुलाई त्यहाँको हावाले मात लाग्थ्यो । जीवनका बाधाहरुले उनीहरुलाई त्यहाँ तानेर ल्याउँथ्यो, केही समयका लागि उनीहरु आफू बाँच्छु कि मर्छु भनेर भुल्थे । वा भनौं, उनीहरु न बाँच्छन् न त मर्छन् नै ।
पेटभरि खाएर माधवले बाँकी रहेको पूरीको टपरी उठाएर त्यहाँ उभिएर यिनीहरुलाई भोकाएको आँखाले हेरिरहेका एउटा भिखारीलाई दियो । ‘दिनु’को गौरव, आनन्द र उल्लासलाई उनीहरुले जीवनमा पहिलो पटक अनुभव गर्यो ।
र, यी दुवै बाउ–छोरा अझै पनि मज्जा लिएर चुस्की लिइरहेका थिए । सबैको नजर यिनीहरुतिरै अडिएका थिए । दुवै कति भाग्यशाली छन् । पूरै बोतल बीचमा छ ।
पेटभरि खाएर माधवले बाँकी रहेको पूरीको टपरी उठाएर त्यहाँ उभिएर यिनीहरुलाई भोकाएको आँखाले हेरिरहेका एउटा भिखारीलाई दियो । ‘दिनु’को गौरव, आनन्द र उल्लासलाई उनीहरुले जीवनमा पहिलो पटक अनुभव गर्यो ।
घीसूले भन्यो, “ला, गएर मज्जाले खा र आशिर्वाद दे ! जसको कमाइ हो, उनी त मरिन् । तर तेरो आशिर्वाद उनीसमक्ष अवश्य पुग्नेछ । अन्तरकुन्तरबाट आशिर्वाद दे, अति कडा मेहनत गरेर कमाएको पैसा हो !”
माधवले फेरि आकाशतिर हेरेर भन्यो, “उनी बैकुण्ठमा जानेछिन्, उनी बैकुण्ठकी रानी बन्नेछिन् ।”
घीसू उठ्यो र उल्लासको लहरमा पौडी खेल्दै भन्यो, “हो छोरा, बैकुण्ठमा जानेछिन् । कसैलाई सताइनन्, कसैलाई दबाइनन् । मर्दामर्दै पनि हाम्रो जिन्दगीको सबैभन्दा ठूलो इच्छा पूरा गरिदिइन् । उनी बैकुण्ठ नगएर के यी थसुल्ले मानिसहरु जान्छन्, जसले दुवै हातले गरिबहरुलाई लुट्छन् अनि आफ्नो पाप पखाल्नका लागि गंगामा नुहाउछन् र मन्दिरहरुमा पानी चढाउँछन् ।”
श्रद्धालुताको यो रंग तुरुन्तै बदलियो । अस्थिरता मात्तिनुको विशेषता हो । दुःख र निराशाले छोप्यो ।
माधव बोल्यो, “तर दादा, विचारले जिन्दगीमा धेरै दुःख भोगे । कति दुःख खपेर मरी ।”
ऊ आँखामा हात राखेर रुन थाल्यो, चिच्याइचिच्याइकन ।
घीसूले सम्झायो, “किन रुन्छस् छोरा, खुसी हु– उनी मायाजालबाट मुक्त भइन् । जञ्जालबाट छुटकारा पाइन् । अति भाग्यशाली थिइन् जसले यति चाँडै माया–मोहको बन्धन तोडिन् ।”
अनि दुवै जना उठेर गाउन लागे,
“ठगिनी क्यो नैना झमकावै ? ठगिनी !''
सबै मतुवाहरुको नजर यिनीहरुतिरै केन्द्रित थियो र यी दुवै आफ्नो मर्जीले मस्त गाइरहेका थिए ।
फेरि दुवै नाच्न थाले । उफ्रिए पनि, कुदे पनि । थच्चिए पनि, मच्चिए पनि । भाव पनि बनाए, अभिनय पनि गरे र आखिरमा मात्तिएर होशहवास गुमाई त्यहीँ लमतन्न परे ।
अनुवाद: हर्कबहादुर प्रधान
प्रतिक्रिया