बाँदरबाट मानिसमा परिणतिको प्रक्रियामा श्रमको भूमिका

'प्रकृतिको द्वन्द्ववाद' फेडरिक एङ्गेल्सका सबैभन्दा महत्त्वपूर्ण कृतिहरु मध्ये एक हो। यो पुस्तकमा एंगेल्सले १९ सौ शताब्दीको उत्तरार्धसम्म प्राकृतिक बिज्ञानले हासिल गरेका प्रमुख उपलब्धिहरुलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले व्याख्या विवेचना गरेका गरेका छन्। साथै उनले प्राकृतिक विज्ञानमा रहेका आदर्शवाद र अधिभूतवादको पनि आलोचना गरेका छन्। यहि पुस्तकभित्रको एउटा अध्याय हो– बाँदरबाट मानिसमा परिणतिको प्रक्रियामा श्रमको भूमिका। यो लेखमा एंगेल्सले त्यस बेला भर्खरै प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनले जीवको विकासबारे खोज गरेको सिद्दान्तबारे आफ्नो धारणा राखेका छन्। उनले बाँदरबाट मानिसमा विकास हुँदा डार्विनले भने जस्तै क्रमिक विकासको अवधारणालाई व्याख्या गरेका छन्। एंगेल्सले क्रमिक विकासको क्रममा श्रमले महत्वपूर्ण भूमिका खेलेको थियो भन्ने कुरामा जोड दिएका छन्।

यस लेखमा एङ्गेल्सले  मानिसको शारीरिक बनोट र मानव समाजको उदयमा श्रम र औजारहरुको उत्पादनको महत्त्वपूर्ण भूमिकाका बारेमा जीवविज्ञानी दृष्टिकोणबाट सटीक विश्लेषण गरेका छन् । यसमा लामो ऐतिहासिक प्रक्रियामा कसरी हाम्रा बाँदरजस्तै रहेका पूर्वजहरु उनीहरुभन्दा अत्यन्तै भिन्न जीव मानवमा उद्भव भए भन्नेकुराको विश्लेषण गरिएको छ । महत्त्वपूर्ण कुरा के हो भने, यस लेखले श्रम तथा औजार–मेशिनहरुको आविष्कारकै कारण मानिसले कसरी श्रमलाई नै अकूत व्यक्तिगत सम्पत्ति कमाउन र शोषणको मानवद्वेषी साम्राज्य खडा गर्न दुरुपयोग गर्यो, त्यसले कसरी वातावरणविनाशक अन्य प्रकृतिद्वेषी काम समेत गर्यो भन्ने कुराको राम्रो दृष्टिकोण समेत दिन्छ । आज एङ्गेल्स जयन्तीको अवसरमा हामीले उनको यो रचनालाई पाठकहरुसमक्ष पेश गरेका छौं । फ्रेडरिक एङ्गेल्सले यो लेख सन् १८७६ मा जर्मन भाषामा लेख्नुभएको थियो । प्रस्तुत लेखलाई राजेन्द्र मास्केले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यसल लेखलाई प्रगति प्रकाशन मास्कोले १९८९ मा पुस्तकको रुपमा प्रकाशित गरेको थियो ।  

राजनीतिक अर्थशास्त्रीहरूको भनाइ छ, श्रम नै सम्पूर्ण सम्पदाको स्रोत हो । श्रम वास्तवमा नै यस्तो स्रोत हो, परन्तु केवल त्यस प्रकृतिको साथसाथै मात्रै, जसले मानिसको लागि आवश्यक सामग्रीहरू उपलब्ध गर्दछ । मानिसले चाहिँ ती सामग्रीहरूलाई सम्पत्तिमा परिणत गर्दछ । साथै श्रम यसभन्दा पनि नित्य रूपमा अझ ठूलो कुरा हो । श्रम सम्पूर्ण मानव जीवनको पहिलो मौलिक शर्त हो र त्यो पनि कुन मात्रामा भने निश्चित अर्थमा हामीले भन्नै पर्छ – स्वयं मानिसको सिर्जना पनि श्रमले नै गरेको हो ।

लाखौँलाख वर्ष पहिले, पृथ्वीको इतिहासमा भूगर्भशास्त्रीहरूले तृतीय भन्ने गरेको महाकल्पको एक अवधिमा, जसको लम्बाइ अझै पनि निश्चित रूपले ठम्याउन सकिएको छैन, तर जुन सम्भवतः यस तृतीय महाकल्पको युगान्त हुनुपर्छ, कुनै उष्ण कटिबन्धको कुनै प्रदेशमा - सम्भवतः एक विशाल महादेशमा, जुन अहिले हिन्द महासागरको पीँधमा भासिएको छ - मानव- सदृश बाँदरको कुनै अतिविकसित जातिको अस्तित्व थियो । डार्विनले हाम्रा यी पूर्वजहरूको लगभग सही वर्णन प्रस्तुत गरेका छन्। उनीहरूको सम्पूर्ण शरीर रौँले ढाकिएको थियो, दाह्री थिए र कान तीखा परेका थिए, उनीहरू रूखहरूमा समूहगत रूपमा बसोबास गर्दथे
सबैभन्दा पहिले त सम्भवतः आफ्नो जीवनविधिले गर्दा, किनभने रूख चढ्दा हात र खुट्टाको काममा अन्तर हुन्छ, ती बाँदरहरूले जमिनमा हिँड्दा हातको प्रयोग गर्न छोडे र अधिकाधिक मात्रामा ठाडो भएर हिंड्न सिके । बाँदरबाट मानिसमा सङ्क्रमणको लागि यो निर्णायक पाइलो थियो ।

सबैभन्दा पहिले त सम्भवतः आफ्नो जीवनविधिले गर्दा, किनभने रूख चढ्दा हात र खुट्टाको काममा अन्तर हुन्छ, ती बाँदरहरूले जमिनमा हिँड्दा हातको प्रयोग गर्न छोडे र अधिकाधिक मात्रामा ठाडो भएर हिंड्न सिके । बाँदरबाट मानिसमा सङ्क्रमणको लागि यो निर्णायक पाइलो थियो ।

सबै वर्तमान मानवसदृश बाँदरहरू ठाडो परेर उभिन सक्दछन् र केवल खुट्टाको भरमा हिँड्डुल गर्दछन्, तर धेरै वश्यकता परेको खण्डमा मात्र तिनीहरू यसो गर्दछन् र त्यो पनि अति भद्दा तरिकाले । धा ठाडो भएर हिँड्नु नै तिनीहरूको हिँडाइको स्वाभाविक तरिका हो र यस प्रक्रियामा तिनीहरू आाफ्नो हात पनि प्रयोग गर्दछन् । तिनीहरूमध्ये धेरैजसो हात मुठी पारेर भुइँमा सहारा लिन्छन् र खुट्टा तन्काएर आफ्नो शरीरलाई लामा- लामा हातहरूको बीचमा झुलाउँदछन्, मानौ कुनै लङ्गडो लौरोको सहाराले हिँड्दै छ। सामान्यतः हामी आजै पनि बाँदरहरूमा चौपायादेखि दोपायासम्मका सबै क्रमिक चरणहरू पाउन सक्दछौँ । परन्तु तिनीहरूमध्ये कसैको लागि पनि दुई खुट्टाले हिँड्नु अति आवश्यक अवस्थामा बाध्यतावश प्रयोग गरिने तरिकाभन्दा बढी महत्त्वपूर्ण कुरा बन्न सकेन ।
शरीरभरि झ्यापझ्यापती रौं भएका हाम्रा पूर्वजहरूको लागि ठाडो भएर हिँड्नु सुरुमा नियम थियो भने पछि गएर आवश्यकता बन्यो । यस बीचको अवधिमा उसको हातको लागि झ
न् झन् नयाँनयाँ कामहरू थपिँदै गएको हुनुपर्छ। बाँदरहरूमा समेत हात र खुट्टाको बीचमा निश्चित कार्य-विभाजन भेट्टाइन्छ । माथि उल्लेख गरिएझैँ रूख चढ्दा उनीहरू खुट्टाको दाँजोमा हातको उपयोग बेग्लै तरिकाले गर्दछन् । हात मूलतः आहारा टिप्न र थाम्नको लागि प्रयोग रिन्छ, जस्तो कतिपय तल्लो श्रेणीका स्तनपायी जीवहरूले आफ्ना अघिल्ला पन्जाहरूको प्रयोग गर्दछन् । कतिपय बाँदरहरू रूखमा आफ्नो गुँड बनाउनको लागि हातको प्रयोग गर्दछन् अथवा चिम्पान्जीले घामपानीबाट बच्नको लागि हाँगाहरूको बीचमा छत बनाउँदछ । उनीहरू शत्रुबाट बच्नको लागि हातले लौरो टिप्दछन् अथवा शत्रु- माथि ढुङगा र फलफूलको वर्षा गर्दछन् । बन्दी अवस्थामा तिनीहरू मानिसको अनुकरण गर्दै हातको मद्दतबाट कतिपय क्रियाहरू गर्दछन् । तर यहीँ त हामी सबैभन्दा विकसित मानवसदृश बाँदरको अविकसित हात र लाखौं लाख वर्षको परिश्रमद्वारा परिष्कृत मानिसको हातको बीचमा कति ठूलो अन्तर हुँदो रहेछ भन्ने कुरा देख्दछौं । हाड र मांसपेशीहरूको सङख्या र तिनको सामान्य विन्यास बाँदर र मानिसमा एकैनासको हुन्छ । परन्तु सबैभन्दा आदिम जङगली मान्छेको हातले पनि सयौँ त्यस्ता क्रियाहरू गर्न सक्दछ, जुन कुनै पनि बाँदरको हातले अनुकरण गर्न सक्दैन । कुनै पनि बाँदरको हातले आजसम्म सबैभन्दा भद्दा ढुङगाको छुरासम्म पनि बनाउन सकेको छैन ।

त्यसै कारणले सुरुमा ती क्रियाहरू अत्यन्त सरल थिए होलान्, जसको लागि हाम्रा पूर्वजहरूले बाँदरबाट मानिसमा सङक्रमणको लाखौँ लाख वर्ष लामो प्रक्रियामा शनैःशनैः आफ्नो हातलाई अनुकूल तुल्याउन सिकेका थिए । सबैभन्दा निम्नस्तरका जङ्गलीहरूसमेत र तिनीहरूसमेत, जसमा हामी पशुतुल्य अवस्थामा प्रतिगमनका साथसाथै शारीरिक अधःपतनको अनुमान गर्दछौँ, यी अन्तर्वर्ती जीवहरूभन्दा धेरै माथिल्लो स्तरमा हुन्छन् । मानव हातबाट छुरी बन्नुभन्दा पहिले सम्भवतः त्यस्तो लामो अवधि बितिसकेको थियो, जसको तुलनामा विदित ऐतिहासिक अवधि नगण्य लाग्नुपर्छ । परन्तु निर्णायक पाइला चालिइसकेको थियो, हात फुक्का भइसकेको थियो र अब त्यस हातले अधिकाधिक दक्षता तथा कुशलता प्राप्त गर्न सक्दथ्यो र यस प्रकारले प्राप्त बृहत् लचिलोपनले वंशागत रूप लियो, एकपछि अर्को पीढीमा त्यो लचिलोपन झन्–झन् बढ्दै गयो ।

सबैभन्दा पहिले त शरीरको त्यस नियमको परिणामस्वरूप भयो, जसलाई डार्विनले विकासको अन्योन्यसम्बन्धको नियम भनेका छन् । यस नियमअनुसार कुनै जीवका विभिन्न अङ्गहरूका निश्चित रूपहरू सदा ती अन्य अङ्गहरूका कतिपय रूपहरूसँग अनिवार्यतः सम्बन्धित हुन्छन्, जुन पहिलो थरिका अङगहरूसँग कुनै पनि प्रकारले सम्बन्धित नभए जस्तो लाग्छ ।

यस प्रकार, हात केवल श्रमेन्द्रिय मात्रै होइन, यो श्रमको उपज पनि हो । श्रमद्वारा, नयाँनयाँ क्रियाहरूप्रति अनुकूलनद्वारा, यस प्रकारले उपार्जित मांसपेशीहरूको, स्नायुहरूको र अझ लामो अवधिमा त हाडकै विशिष्ट विकासलाई एकपश्चात् अर्को पीढीमा सार्दै लैजानाले र वंशपरम्प-राबाट प्राप्त यी नयाँनयाँ, झन्–झन् बढी जटिल क्रियाहरूको निरन्तर उपयोगद्वारा नै मानव हातले परिष्कृतिको त्यो स्तर प्राप्त गयो, जसको फलस्वरूप फायलका कलाकृतिहरूमा, थोर्भाल्डसेनका मूर्तिहरूमा र पगानिनीको सङगीतमा मानौँ कुनै जादूको शक्तिले जीवनको संचार गरेको छ ।
परन्तु हात आफैमा अस्तित्वमान कुनै कुरा थिएन । त्यो त एक सम्पूर्ण अत्यन्त जटिल शारीरिक व्यवस्थाको एउटा अंश मात्रै थियो । फलतः जुन कुरा हातको लागि उपयोगी थियो, त्यही कुरा सम्पूर्ण शरीरको लागि पनि उपयोगी थियो, जसको लागि हातले सहयोग पुयाएको थियो । यो कुरा दुई किसिमले उपयोगी थियो ।
सबैभन्दा पहिले त शरीरको त्यस नियमको परिणामस्वरूप भयो, जसलाई डार्विनले विकासको अन्योन्यसम्बन्धको नियम भनेका छन् । यस नियमअनुसार कुनै जीवका विभिन्न अङ्गहरूका निश्चित रूपहरू सदा ती
अन्य अङ्गहरूका कतिपय रूपहरूसँग अनिवार्यतः सम्बन्धित हुन्छन्, जुन पहिलो थरिका अङगहरूसँग कुनै पनि प्रकारले सम्बन्धित नभए जस्तो लाग्छ । जस्तै विनाअपवाद ती सबै पशुहरूमा, जसमा कोषिका केन्द्रविना नै लाल रक्तकोषिकाहरू हुन्छन् र जसको टाउकोको पृष्ठभाग दोहोरो सन्धि (अस्थिकन्द) द्वारा प्रथम कशेरुसँग जोडिएको हुन्छ, आफ्ना बच्चाहरूलाई दुध पिलाउनको लागि आवश्यक दुग्ध ग्रन्थिहरू हुन्छन् । यस्तै किसिमले दुई भागमा फाटेको खुर भएका स्तनपायी जीवहरूमा उग्राउने क्रियाको लागि आवश्यक प्रायशः एक जटिल पाकस्थली हुन्छ । कतिपय रूपहरूमा परिवर्तनको साथै शरीरका अन्य भागहरूमा पनि परिवर्तन हुन्छ, यद्यपि हामी यस सम्बन्धको व्याख्या गर्न सक्दैनौँ । नीला आँखा भएका पूर्णत: सेता बिरालाहरू सधैं जसो बहिरा नै जन्मन्छन् । मानव हातको क्रमिक परिष्कृति र त्यसै अनुपातमा ठाडो भएर हिँड्नको लागि खुट्टाको अनुकूलन तथा विकासले, यस अन्तर्सम्बन्धको नियमको फलस्वरूप, निस्सन्देह शरीरका अन्य हिस्साहरूमा प्रतिक्रिया उत्पन्न गयो । परन्तु अझै पनि यस्तो क्रियाको अनुसन्धान निकै थोरै मात्र हुन पाएको छ र यहाँ हामी यस तथ्यलाई सामान्य शब्दमा प्रस्तुत गर्नुभन्दा बढी अरू केही गर्न सक्दैनौँ ।
शरीरको अन्य हिस्सामा हातको विकासको प्रत्यक्ष, प्रामाणिक प्रतिक्रिया धेरै बढी महत्त्वपूर्ण छ । हाम्रा बाँदरसदृश पूर्वजहरू यूथचारी थिए भन्ने कुरा त हामीले माथि नै उल्लेख गरिसक्यौँ । स्पष्ट छ, मानिसको, सबै पशुपन्छीहरूमध्ये सबैभन्दा सामाजिक यस जीवको उत्पत्ति आफ्ना अयूथचारी निकटतम पूर्वजहरूबाट भएको थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । हातको विकास र श्रमसँगसँगै मानिसले प्रकृतिमाथि जुन
धिपत्य सुरु गयो, त्यसको प्रत्येक नयाँ पाइलाले मानिसको विश्वदृष्टिकोणलाई झन्–झन् व्यापक तुल्याउँदै गयो । मानिसले प्राकृतिक वस्तुहरूमा नयाँनयाँ, अहिलेसम्म अज्ञात गुणहरूको उद्घाटन गर्दै गयो । अर्कोतर्फ, श्रमको विकासले समाजका सदस्यहरूको बढी घनिष्ठ एकतालाई आवश्यकताअनुसार बढाउँदै लग्यो, किनभने श्रमकै विकासले गर्दा पारस्परिक सहयोग, सामूहिक कार्यको लोकप्रियता बढ्दै गयो र समाजको प्रत्येक सदस्यको लागि यस सामूहिक कार्यको उपयोगिता बढी स्पष्ट रूपमा अनुभव गर्न थालियो । सङ्क्षेपमा भन्ने हो भने विकासको निश्चित चरणमा पुगेपछि मानिसले एक अर्कालाई केही कुरा न्ने श्रावश्यकता अनुभव गर्यो । यस वाक्प्रेरणाले श्राफ्नो अङ्ग सिर्जना गयो - स्वर प्रसारणद्वारा शनैःशनैः तर निश्चित रूपले बाँदरको अविकसित कण्ठ झन्–झन् बढी विकसित स्वरको लागि रूपान्तरित हुँदै गयो र मुखका अवयवहरूले एकएक गर्दै शनैःशनैः नयाँनयाँ स्पष्ट ध्वनिको उच्चारण गर्न सिक्दै गए ।
भाषा श्रमकै प्रक्रियामा र श्रमसँगसँगै उत्पन्न भएको हो भन्ने यो व्याख्या नै एक मात्र सही व्याख्या हो भन्ने कुरा पशुहरूसँगको तुलनाबाट प्रमाणित हुन्छ । सबैभन्दा विकसित पशुले पनि एक अर्कासँग कुरा गर्ने आफ्नो अति सीमित आवश्यकतालाई स्पष्ट वाणीको सहायताविना नै पूरा गर्न सक्दछ। प्राकृतिक अवस्थामा एउटा पनि पशुले मानव वाणी बुझ्न अथवा बोल्न नसकेकोमा असुविधा अनुभव गर्दैन । तर मानिसले पालेको पशुको चाहिँ पूर्णतः अर्कै अवस्था हुन्छ । मानिससँग सङगतको फलस्वरूप कुकुर अथवा घोडामा स्पष्ट वाणी टिप्ने कस्तो श्रवणशक्ति विकसित भएको छ भने तिनीहरू आफ्नो लागि स्वाभाविक विचारवृत्तको सीमाभित्र कुनै पनि भाषा बुझ्ने काम सजिलैसँग सिक्दछन् । यसको अतिरिक्त तिनीहरूले मानिसप्रति प्रेम अथवा कृतज्ञता जस्तो भावना अनुभव गर्ने क्षमता विकसित गरे । पहिले उनीहरूसँग यस्तो क्षमता थिएन । यस्ता पशुहरूसँग धेरै समयसम्म सङ्गत गरेको कुनै पनि मानिसले शायद नै अस्वीकार गर्ला त्यस्ता धेरै घटनाहरू हुन्छन्, जब यी पशुहरूले आफ्नो बोल्ने क्षमताको अभावलाई अब एक त्रुटिको रूपमा लिन्छन् । दुर्भाग्यवश तिनीहरूको स्वराङ्गहरू एक निश्चित दिशामा कति विशेषीकृत छन् भने अब तिनीहरूको यो अभाव कुनै पनि तरिकाले पूरा गर्न सकिँदैन । परन्तु जहाँ यसको लागि आवश्यक अङ्ग विद्यमान हुन्छ, यस्तो अक्षमता निश्चित हदसम्म लुप्त हुन सक्छ । चराहरूको मुखाङ्ग मानिसको मुखाङ्गभन्दा धेरै फरक हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन । तैपनि चराहरू नै एक मात्र जीव हुन्, जसमा बोल्न सिक्ने क्षमता हुन्छ । सबैभन्दा अप्रिय स्वर भएको चरा सुगाले सबैभन्दा राम्ररी बोल्न सक्दछ । सुगाले जे बोल्दछ, त्यो बुझ्दैन भन्ने कुरा कसैले पनि काट्न सक्दैन । अवश्य मानिससँगको सम्पर्क र स्वयम् बोलाइको आनन्द प्राप्त गर्नको लागि मात्रै पनि सुगाले घण्टौँसम्म लगातर आफ्नो सम्पूर्ण शब्द भण्डार रटिरहन्छ । साथै आफ्नो विचारवृत्तको सीमाभित्र त्यसले जे जति बोल्दछ त्यो बुझ्न पनि सिक्न सक्दछ । सुगालाई यस किसिमले फोहोर शब्द बोल्न सिकाउनोस्, जसले गर्दा त्यसले त्यस शब्दको अर्थको किञ्चित प्राभास पाओस् (उष्ण देशहरूको यात्राबाट फर्केका माझीहरूको लागि यो मनोरञ्जनको एउटा प्रिय साधन हो ), त्यसपछि त्यस सुगालाई जिस्क्याउने प्रयास गर्नोस् र तपाईंले छिटै बुझ्नु हुनेछ, फोहोर शब्दहरू प्रयोग गर्नमा त्यो सुगा त्यत्तिकै पोख्त छ, जति बर्लिनमा सागपात बेच्ने आइमाई हुन्छिन् । मिठाइ फकाउने कुरामा पनि ठीक यही स्थिति दोहोरिन्छ ।

हातको विकास र श्रमसँगसँगै मानिसले प्रकृतिमाथि जुन धिपत्य सुरु गयो, त्यसको प्रत्येक नयाँ पाइलाले मानिसको विश्वदृष्टिकोणलाई झन्–झन् व्यापक तुल्याउँदै गयो । मानिसले प्राकृतिक वस्तुहरूमा नयाँनयाँ, अहिलेसम्म अज्ञात गुणहरूको उद्घाटन गर्दै गयो ।

सुरुमा श्रम र तत्पश्चात् त्यसको साथसाथै स्पष्ट वाणी नै ती दुई सबैभन्दा महत्त्वपूर्ण अनुप्राणक हुन्, जसको प्रभाव बाँदरको मस्तिष्क शनैः शनैः मानिसको मस्तिष्कमा परिणत हुन्छ । सम्पूर्ण समानताको विपरीत मानिसको मस्तिष्क बाँदरको मस्तिष्कभन्दा धेरै ठूलो र परिष्कृत हुन्छ । मस्तिष्कको उत्तरोत्तर विकासको साथसाथै त्यसको निकटतम साधन - ज्ञानेन्द्रियहरूको विकास भयो । जसरी वाणीको क्रमिक विकासको साथै श्रवणेन्द्रियहरूको पनि त्यस्तै किसिमले परिष्कार हुँदै जान्छ, ठीक त्यसै गरी मस्तिष्कको सामान्य विकासको साथसाथै सबै ज्ञानेन्द्रियहरू पनि समग्र रूपमा परिष्कृत हुँदै जान्छन् । मानिसले भन्दा चीलले धेरै टाढा देख्छ, तर मानिसको आँखाले वस्तुहरूमा धेरै त्यस्ता कुराहरू देख्दछ, जुन चीलको आँखाले देख्न सक्दैन । कुकुरको घ्राणशक्ति मानिसको भन्दा धेरै तीखो हुन्छ, परन्तु कुकुरले ती गन्धहरूको सयौं हिस्सा पनि अनुभव गर्न सक्दैन, जुन कुरा मानिसको लागि विभिन्न वस्तुहरूको निश्चित द्योतक बनेका हुन्छन् । त्यस्तै किसिमले स्पर्शशक्ति पनि, जुन बाँदरमा समेत प्रति कच्चा र प्रार- म्भिक रूपमा मुस्किलले नै भेट्टाइन्छ, श्रमको फलस्वरूप मात्रै मानिसको हातसँगसँगै विकसित भएको हो ।

मस्तिष्क र मस्तिष्कको अधीनमा रहेका ज्ञानेन्द्रियहरूको विकास, अधिकाधिक स्पष्ट हुँदै गएको चेतना, अमूर्त चिन्तन र अनुमानको क्षमताले श्रम र भाषामा उल्टो प्रभाव पायो र यस प्रकारले तिनको उत्तरोत्तर विकासको लागि झन्–झन् बढी प्रेरणा दिँदै गयो । बाँदरबाट मानिस अन्तिम रूपमा छुट्टिएपछि उत्तरोत्तर विकासको यो प्रक्रिया पनि त्यहीँ समाप्त भएन, यसको विपरीत, तत्पश्चात् पनि यो प्रक्रिया चालू नै रहयो । विभिन्न समयमा विभिन्न जनताहरूको लागि यस विकासको मात्रा र दिशामा अन्तर भएको हुन सक्छ, यदाकदा त स्थानीय तथा अस्थायी पश्चगमनले गर्दा त्यसमा व्यवधान समेत उत्पन्न भएको हुन सक्छ, तर सामान्यतः यो प्रक्रिया समग्र रूपमा ठूलठूलो फड्का चाल्दै अगाडि बढ्यो र विकसित मानवको अभ्यु- दयको साथसाथ एक नयाँ तत्त्व पनि, अर्थात् समाजको पनि उत्पत्ति भयो । फलतः विकासको यस प्रक्रियाले एकातिरबाट एक नयाँ प्रबल प्रेरणा प्राप्त गयो भने अर्कोतर्फबाट बढी निश्चित दिशा पनि प्राप्त गन्यो ।

विकसित मानवको अभ्युदयको साथसाथ एक नयाँ तत्त्व पनि, अर्थात् समाजको पनि उत्पत्ति भयो । फलतः विकासको यस प्रक्रियाले एकातिरबाट एक नयाँ प्रबल प्रेरणा प्राप्त गयो भने अर्कोतर्फबाट बढी निश्चित दिशा पनि प्राप्त गन्यो ।

रूख चढ्ने बाँदरको बथानबाट मानव समाजको अभ्युदय हुन लाखौँ वर्ष लाग्यो होला, यद्यपि पृथ्वीको इतिहासमा यस अवधिले मानिसको जीवनमा एक क्षणले भन्दा बढी महत्त्व राख्दैन । जे होस्, अन्ततोगत्वा मानव समाजको अभ्युदय भयो । त्यसो भए बाँदरको बथान र मानव समाजमा हामी के खास अन्तर पाउँदछौँ ?–  श्रममा । बाँदरको बथानले आफ्नो त्यस क्षेत्रभित्रको आहार सफाचट पारेर नै चित्त बुझाउँदथे, जसको सिमाना भौगोलिक अवस्था अथवा छिमेकका बथानहरूको प्रतिरोधको स्तरद्वारा निर्धारित हुन्थ्यो । यस्ता बथानहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दथे र छिमेकमा रहेका बथानहरूसँग सङ्घर्ष गर्दथे, नयाँ, बढी हार भएको क्षेत्र खोज्दथे, परन्तु ती बथानहरू आफू बसेको क्षेत्रबाट प्रकृतिले जति दिन्थ्यो, त्यसभन्दा बढी प्राप्त गर्ने क्षमता राख्दैनथे । हो, तिनीहरूले अचेतन रूपमा आफ्नो मलमूत्रद्वारा माटोको उर्बरताचाहिँ अवश्य बढाउँदथे । जब बाँदरहरूले आहार पाउन सकिने सबै क्षेत्रहरूमा बसोबास गरे, तिनीहरूको सङ्ख्यामा अरू वृद्धि हुन नसक्ने भयो ; धेरै भए त्यो सङख्या एउटै र उही स्तरमा कायम रहन सक्दथ्यो । परन्तु सबै पशुहरू खाद्य वस्तुको प्रश्नमा अति नै अपव्ययी हुन्छन् र खाद्य सामग्रीको रूपमा प्रयोग गरिने कतिपय बोटबिरुवालाई त तिनीहरूले राम्ररी टुसाउन नपाउँदै नष्ट पार्दछन् । शिकारीले अर्को वर्ष पाठो जन्माउने हरिणलाई मार्दैन, तर ब्वाँसोले मार्छ; ग्रिसमा बोकाहरूले भर्खरै पलाउन थालेका झाडीहरूलाई सखाप पारेर देशका सबै पहाडहरू नाङ्गा बनाइसकेका छन् ।

माछामासुको भोजनमा ती सबैभन्दा आवश्यक तत्त्वहरू झण्डै पूर्णतः तयार रूपमा विद्यमान हुन्छन्, जुन आफ्नो उपापचयन क्रियाको लागि शरीरलाई आवश्यक हुन्छ । नवविकसित मानव वनस्पति-जगतबाट जति टाढा हट्दै गयो, त्यत्तिकै त्यो पशुको स्तरबाट पनि माथि उठ्दै गयो।

पशुहरूको यस लुटाहा अर्थव्यवस्थाले " तिनीहरूलाई सामान्य खाद्य पदार्थको साथै अन्य खाद्य सामग्रीहरूको पनि उपयोग गर्न बाध्य तुल्याएर विभिन्न पशु-जातिहरूको क्रमिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ, किनभने यसको फलस्वरूप तिनीहरूको रगतको रासायनिक संरचना बदलिन्छ र सम्पूर्ण शारीरिक गठन नै क्रमशः बदलिँदै जान्छ । अन्तिम रूप लिइसकेका पशुहरू चाहिँ शनैः शनैः पूर्णतः नष्ट हुँदै जान्छन् । यस लुटाहा अर्थव्यवस्थाले हाम्रा पूर्वजहरूलाई मान्छे बन्न धेरै मदत गरेको थियो भन्ने कुरा निर्विवाद छ । वुद्धि र अनुकूलन क्षमतामा अन्य पशुहरूभन्दा धेरै अगि बढेका बाँदरहरूलाई यस लुटाहा अर्थव्यवस्थाले कस्तो स्थितिमा पु-यायो भने तिनीहरूले आफ्नो हारमा नयाँनयाँ वनस्पतिलाई झन्–झन् व्यापक रूपमा प्रयोग गर्न थाले र पौष्टिक वनस्पतिका अधिकाधिक भक्ष्य भागको उपभोग गर्न थाले । सङ्क्षेपमा, यसले गर्दा भोजनले झन्–झन् बढी मात्रामा विविधता प्राप्त गर्दै गयो र यसको परिणामस्वरूप शरीरमा त्यस्ता पदार्थहरू घुसे, जसले बाँदरबाट मानिसमा सङक्रमणको रासायनिक आधारको काम गरे । परन्तु शब्दको सही अर्थमा यी सबै कुरा अझै श्रम थिएनन् । जारहरूको निर्माणबाट मात्रै श्रमको प्रादुर्भाव हुन्छ । ती प्राचीनतम औजारहरू, जुन हामीले भेट्टाएका छौं - ती सबैभन्दा प्राचीन औजारहरू, जुन कुरा प्राक्ऐतिहासिक मानिसहरूले भावी पीढीहरूको लागि छोडेर गएका र आज प्राप्त वस्तुहरूबाट र सबैभन्दा प्राचीन ऐतिहासिक मानवको साथसाथै सबैभन्दा असभ्य आधुनिक जङगली जातिहरूको जीवनपद्धतिबाट ज्ञात हुन्छ, केको लागि प्रयोग गरिन्थे त ? ती औजारहरू पशुपक्षीको शिकार गर्न र माछा मार्नको लागि प्रयोग गरिन्थ्यो । पशुपक्षीको शिकार गर्ने औजारहरूलाई हतियारको रूपमा पनि प्रयोग गरिन्थ्यो । परन्तु शिकार खेल्नु र माछा मार्नु भनेको शाकाहारबाट भोजनमा सागपात, फलफूलको साथै माछामासुको पनि प्रयोग गर्न थाल्नु हो र यो मानिसमा परिणतिको बाटोमा एउटा महत्त्वपूर्ण नयाँ पाइलो थियो । माछामासुको भोजनमा ती सबैभन्दा आवश्यक तत्त्वहरू झण्डै पूर्णतः तयार रूपमा विद्यमान हुन्छन्, जुन आफ्नो उपापचयन क्रियाको लागि शरीरलाई आवश्यक हुन्छ । यसले पाचनक्रियाको अवधि घटायो र त्यसको साथसाथै शरीरमा सम्पन्न हुने अन्य उद्भिज प्रक्रियाहरूको ( अर्थात् वनस्पति-जीवनको अनुरूप अन्य शारीरिक विकासका प्रक्रियाहरूको) लागि आवश्यक समय पनि घटायो र यस प्रकार पशु- जीवनको, यस शब्दको सही अर्थमा, सक्रिय अभिव्यञ्जनाको लागि बढी समय, सामग्री तथा शक्ति उपलब्ध गरायो । नवविकसित मानव वनस्पति-जगतबाट जति टाढा हट्दै गयो, त्यत्तिकै त्यो पशुको स्तरबाट पनि माथि उठ्दै गयो। जसरी जङगली बिरालो र कुकुरको आहारमा माछामासुको साथै सागपातको पनि प्रयोगले तिनलाई घरपालुवा जन्तुमा बदलिन सहायता पुऱ्यायो, त्यसै गरी मान्छेको भोजनमा सागपात र फलफूलको साथै माछा- मासुको थपाइ नवविकसित मानवको शारीरिक शक्ति तथा त्मनिर्भरताको वृद्धिमा धेरै सहायक ठहरियो । परन्तु माछामासुको भोजनले मस्तिष्कमा सबैभन्दा बढी प्रभाव पायो । अब मस्तिष्कले आफ्नो पोषण र विकासको लागि आवश्यक सामग्री पहिलेभन्दा धेरै बढी मात्रामा पाउन थाल्यो, जसको फलस्वरूप त्यसले एकपछि अर्को पीढीमा झन्–झन् छिटो र पूर्ण रूपमा परिष्कृति प्राप्त गर्ने सम्भावना दियो । हामी शाकाहारी महानुभावहरूको आदर गर्दछौँ, तर मांसाहारविना मानिस मानिस बन्न सक्दैनथ्यो भन्ने कुरा पनि हामीले स्वीकार गर्नैपर्छ । यदि मांसाहारले गर्दा हामीलाई ज्ञात भएका सबै जनताहरू कुनै न कुनै बेला नरभक्षीसम्म पनि बनेका थिए ( बर्लिनवासीहरूका पूर्वजहरू, भेलेताबहरू र भिल्जहरू अझ दसौँ शताब्दीमा समेत आफ्ना आमाबाबुको मासु खान्थे ) भने आज हाम्रो लागि यस कुराले कुनै महत्त्व राख्दैन

माछामासुको भोजनबाट दुई त्यस्ता उपलब्धिहरू प्राप्त भए, जसको निर्णायक महत्त्व थियो । ती हुन्– आगोको प्रयोग र पशुपालन । पहिलो उपलब्धिले मानिसको पाचनशक्ति अझ घटायो, किनभने आगोको प्रयोगले गर्दा मानिसको मुखमा झण्डै आधा पचिसकेको भोजन पुग्न थाल्यो । दोस्रो उपलब्धिले चाहिँ मासुको आवश्यकता पूर्तिको लागि शिकारको अतिरिक्त अर्को नयाँ नियमित स्रोत थप्यो र यस प्रकारले मासुको भण्डार बढायो । यसको अतिरिक्त दुध र दुधबाट बनेका वस्तुहरूको रूपमा मानिसको आहारमा एउटा नयाँ सामग्री थपियो, जुन कम्तीमा पनि मासु जत्तिकै पौष्टिक हुन्छ। यस प्रकार, यी दुवै उपलब्धिहरू मानिसको मुक्तिको लागि नयाँ साधन बन्न पुगे । मानव र मानव समाजको विकासको लागि ती जतिसुकै महत्त्वपूर्ण किन नहुन्, तिनको परोक्ष परिणाममाथि यहाँ हामी विस्तृत विवेचना गर्न सक्दैनौं, किनभने त्यसले हामीलाई विषयवस्तुबाट धेरै टाढा पुयाउनेछ ।

हामी शाकाहारी महानुभावहरूको आदर गर्दछौँ, तर मांसाहारविना मानिस मानिस बन्न सक्दैनथ्यो भन्ने कुरा पनि हामीले स्वीकार गर्नैपर्छ ।

जसरी मानिसले सबै भक्ष वस्तुहरू खान सिक्यो, त्यसै गरी उसले सबै प्रकारको हावापानीमा बाँच्न पनि सिक्यो । पृथ्वीको सम्पूर्ण निवासयोग्य भूभागमा मानिसले बसोबास गर्न थाल्यो । मानिस नै एक मात्र त्यस्तो जीव थियो, जसले स्वतन्त्र रूपमा यो कुरा गर्न सक्दथ्यो । अन्य पशुहरूले, ती पालतु जनावरहरू तथा पराश्रयी कीराहरूले चाहिँ स्वतन्त्र रूपमा सबै किसिमको हावापानीमा बाँच्न सिकेका होइनन्, मानिसको अनुसरण गरेर मात्र तिनीहरू यस कुरामा अभ्यस्त भएका हुन् । अनि मानिसले एकैनासको तातो हावापानी भएको मूल निवासस्थानबाट त्यस्ता चिसो इलाकाहरूमा बसाइँ सरेपछि, जहाँ वर्ष गृष्म र शीत ऋतुको रूपमा दुई भागमा विभाजित हुन्छ, नयाँ आवश्यकताहरू उत्पन्न भए, शीत र सबाट बच्नको लागि घर र लुगाफाटाको वश्यकता पन्यो र जसले श्रमका नयाँनयाँ क्षेत्रहरूको सिर्जना गर्यो । फलतः नयाँ किसिमको कार्यकलाप सुरु भयो, जसले गर्दा मानिस पशुबाट झन्–झन् फरक हुँदै गयो ।

पृथक् रूपमा प्रत्येक व्यक्तिको मात्रै नभएर सम्पूर्ण समाजकै हात, स्वरयन्त्र तथा मस्तिष्कको सामूहिक कार्यको फलस्वरूप मानिसहरूले झन्- झन् बढी जटिल काम गर्न, आफूसमक्ष अधिकाधिक उच्च लक्ष्य राख्न र ती लक्ष्यहरू प्राप्त गर्न सिक्दै गए । स्वयम् श्रमले प्रत्येक पीढीमा झन्–झन् विविध, परिष्कृत तथा बहुपक्षीय रूप लिँदै गयो । शिकार र पशुपालनमा खेतीपाती पनि थपियो, तत्पश्चात् कताइ र बुनाइ, धातु प्रशोधन, कुम्भकारी, नौचालन आदि पेसाहरू देखा परे । बेपार र उद्योगको साथसाथै अन्ततोगत्वा कला र विज्ञानको अभ्युदय भयो; विभिन्न जातिहरूबाट राष्ट्रहरू र राज्यहरू उत्पन्न भए । कानुन र राजनीतिको विकास भयो र यसको साथसाथै मानव मस्तिष्कमा मानव जीवनको काल्पनिक प्रतिबिम्ब अर्थात् धर्मको जन्म भयो । सबैभन्दा पहिले त मस्तिष्कको उपजको रूपमा प्रकट हुने र मानव समाजमाथि व्याप्त प्रतीत हुने यी सबै कुराहरूको अगाडि श्रमशील हातका सामान्य कृतिहरू गौण स्थानमा सरे । यसो हुनुको कारण के पनि थियो भने सामाजिक विकासको ति प्रारम्भिक चरणमा नै (उदाहरणार्थ आदिम परिवारमा नै) श्रमलाई नियोजित पार्ने मस्तिष्कले आफूद्वारा निर्धारित कार्यलाई आफ्नो हातद्वारा नभएर अर्काको हातबाट गराउन सफल भइसकेको थियो । सभ्यताको विकासको सम्पूर्ण श्रेय मानव मस्तिष्कले, मस्तिष्कको विकास र कार्यकलापले पायो । मानिसहरूलाई आफ्ना कार्यहरूको व्याख्या आाफ्ना आवश्यकताहरूको आधारमा गर्नुको साटो आफ्ना विचारहरूको आधारमा गर्ने बानी परिसकेको थियो ( यद्यपि वश्यकताहरू नै मस्तिष्कमा प्रतिबिम्बित हुन्छन् चेतनाले ग्रहण गर्दछ ) र यस प्रकारले समय बित्दै गएअनुसार त्यो आदर्शवादी विश्वदृष्टिकोण उत्पन्न भयो, जसले विशेषतः प्राचीन युनानी-रोमन समाजको पतनपश्चात् मानव मस्तिष्कलाई पूर्णतः वशमा पायो । आजै पनि यस विश्वदृष्टिकोणले मानव मस्तिष्कमाथि कति गहिरो प्रभाव पारेको छ भने सबैभन्दा बढी भौतिकवादी विचार राख्ने डार्विनपन्थी प्रकृतिवेत्ताहरूसमेत अझै मानिसको उत्पत्तिबारे स्पष्ट धारणा बनाउन असमर्थ छन्, किनभने उपर्युक्त वैचारिक प्रभावले गर्दा तिनीहरू यस सन्दर्भमा श्रमले कस्तो भूमिका खेलेको थियो भन्ने कुरा ठम्याउन सक्दैनन् ।

स्वयम् श्रमले प्रत्येक पीढीमा झन्–झन् विविध, परिष्कृत तथा बहुपक्षीय रूप लिँदै गयो । शिकार र पशुपालनमा खेतीपाती पनि थपियो, तत्पश्चात् कताइ र बुनाइ, धातु प्रशोधन, कुम्भकारी, नौचालन आदि पेसाहरू देखा परे । बेपार र उद्योगको साथसाथै अन्ततोगत्वा कला र विज्ञानको अभ्युदय भयो; विभिन्न जातिहरूबाट राष्ट्रहरू र राज्यहरू उत्पन्न भए । कानुन र राजनीतिको विकास भयो र यसको साथसाथै मानव मस्तिष्कमा मानव जीवनको काल्पनिक प्रतिबिम्ब अर्थात् धर्मको जन्म भयो ।

जस्तो माथि नै सङक्षेपमा उल्लेख गरिएको छ, पशुहरूले पनि आफ्नो क्रियाकलापद्वारा बाह्य प्रकृतिलाई बदल्छन्, यद्यपि त्यस मात्रामा होइन, जस्तो मानिसले गर्दछ र जस्तो हामीले देखिसकेका छौं, उनीहरूले फ्नो परिवेशको जुन परिवर्तन गर्दछन्, त्यसले उनीहरूमाथि नै उल्टो प्रभाव पार्दछ र आफ्नै प्रणेताहरूलाई परिवर्तित गर्दछन् । वस्तुतः प्रकृतिमा कुनै पनि कुरा पृथक् रूपमा सम्पन्न हुँदैन । प्रत्येक घटनाले अर्को घटनामाथि प्रभाव पार्दछ र स्वयम् त्यस घटनाद्वारा प्रभावित हुन्छ । यस सर्वतोमुखी गति र अन्योन्यक्रियालाई बिर्सनाले नै धेरैजसो अवस्थामा हाम्रा प्रकृतिवेत्ताहरू अत्यन्त सामान्य कुराहरू पनि स्पष्ट रूपमा देख्न सक्दैनन् । कसरी युनानमा बोकाहरूले बनजङ्गलको पुनर्जनन रोके भन्ने कुरा हामीले देख्यौँ । सेन्ट हेलेन टापुमा त्यहाँ पुगेका प्रथम यात्रीहरूले ल्याएका बोका र सुङ्गुरहरूले त्यहाँको परम्परागत वनस्पतिलाई झण्डै पूर्णतः सफाचट पारे र यस प्रकारले तिनले पछि आउने यात्रीहरू तथा आवादकर्ताहरूले ल्याएका बोट-बिरुवाहरूको प्रसारको लागि अवस्था तयार पारे । परन्तु जब पशुहरूले आफ्नो वरिपरिको प्रकृतिमाथि दीर्घकालिक प्रभाव पार्दछन् उनीहरूले केवल अचेत रूपमा मात्रै यसो गर्न सक्दछन् र स्वयम् यी पशुहरूको सम्बन्धमा यो केवल संयोगको कुरा हुन जान्छ । परन्तु मानिसहरू जति बढी मात्रामा पशुहरूबाट फरक हुँदै जान्छन्, त्यत्तिकै प्रकृतिमाथि तिनीहरूको प्रभावले पनि पहिलेदेखि नै थाहा भएको लक्ष्यप्रति निर्देशित, नियोजित क्रियाको रूप लिन थाल्दछ। पशुले कुनै ठाउँको झारपात नष्ट पार्दछ भने त्यसले के गर्दैछ भन्ने कुरा त्यस पशुलाई थाहा हुँदैन । परन्तु मानिसले चाहिँ त्यस ठाउँमा खेती गर्न रूख रोप्न अथवा अङगुर रोप्न त्यस ठाउँमा झारपात नष्ट पार्दछ र आफूले रोपेको भन्दा धेरै गुना बढी बाली पाउँछ भन्ने कुरा उसलाई थाहा हुन्छ। मानिसले उपयोगी वनस्पति र घरपालुवा पशुहरूलाई एउटा देशबाट अर्को देशमा सार्दछ र यस प्रकार पूरै महादेशहरूको वनस्पति- जगत् र पशुजगतमा परिवर्तन ल्याउँछ । यति मात्रै कहाँ हो र ! कृत्रिम प्रजननद्वारा मानिसले वनस्पति र पशुहरूलाई चिन्नै नसकिने गरी बदलिदिन्छ। ती जङ्गली बोटबिरुवाहरू, जसबाट हाम्रा आधुनिक अन्न दिने बिरुवाहरू निस्के, अहिलेसम्म भेट्टाउन सकिएको छैन । हाम्रा कुकुरहरूको, जुन आफै पनि एक अर्काबाट धेरै फरक हुन्छन्, अथवा त्यत्तिकै विविध जातिका घोडाहरूको पूर्वज कुनचाहिँ जङगली पशु हो भन्ने प्रश्न आजै पनि विवादस्पद छ ।

परन्तु जे होस्, सुनियोजित पूर्वकल्पित ढङगले काम गर्ने पशुहरूको क्षमताबारे हामी कदापि शङ्का उठाउन चाहन्नौँ । यसको विपरीत, ती सबै ठाउँमा, जहाँ जीवनरस (protoplasm) स्विति (albumen) को अस्तित्व हुन्छ र तिनले फ्नो प्रतिक्रिया जनाउँदछन्, अर्थात् निश्चित बाह्य उद्दीपनको फलस्वरूप अति सामान्य भए पनि निश्चित क्रिया सम्पन्न गर्दछन्, त्यहाँ भ्रूणावस्थामा नै क्रियाको नियोजित विधि विद्यमान हुन्छ। यस्तो प्रतिक्रिया त्यहाँ पनि हुन्छ, जहाँ अझै कुनै कोषिका हुँदैन, स्नायुकोषको त कुरै नगरे हुन्छ । कीटभक्षी बोटहरूले आफ्नो शिकार समात्न प्रयोग गर्ने तरिका पनि निश्चित अर्थमा सुनियोजित क्रिया नै हो, यद्यपि यो क्रिया पूर्णतः अचेतन रूपमा सम्पन्न हुन्छ । पशुहरूमा सचेत, सुनियोजित क्रियाको क्षमता स्नायुकोषको विकासको अनुपातमा नै विकसित हुन्छ र स्तनपायी पशुहरूमा यो क्षमता पर्याप्त उच्च स्तरमा पुग्दछ । बेलायतमा फ्याउरोको शिकार खेल्ने मानिसहरूलाई कसरी फ्याउरोले आफ्नो पिछा गर्ने मानिसहरूबाट बच्नको लागि स्थानीय इलाकाको आफ्नो उत्कृष्ट ज्ञानलाई अचूक रूपमा प्रयोग गर्दछ, शिकारीलाई छकाउनको लागि उपयुक्त इलाकाका सम्पूर्ण कुनाकाप्चाहरूको त्यसलाई कति राम्रो ज्ञान हुन्छ र कति शिपालु तरिकाले त्यसले आफ्नो यो ज्ञान प्रयोग गर्दछ भन्ने कुरा थाहा छ । मानिसहरूसँगको सम्पर्कले गर्दा बढी विकसित भएका हाम्रा घरेलु जन्तुहरूले प्रतिदिन त्यस्तो चतुऱ्याइँ देखाउँदछन्, जुन हाम्रा केटाकेटीहरूकै स्तरको हुन्छ । कुरा के हो भने जुन किसिमले आमाको गर्भमा मानव भ्रूणको विकास हुन्छ, त्यो करोडौं वर्ष लामो हाम्रा पशु पूर्वजहरूको शारीरिक विकासको इतिहासकै, जुन कीराबाट सुरु हुन्छ, पुनरावृत्ति मात्रै हो, ठीक त्यस्तै किसिमले बालकको बौद्धिक विकास पनि तिनै पूर्वजहरूको, कम्तीमा पनि पछिल्लो समयका पूर्वजहरूको बौद्धिक विकासकै सङक्षिप्त पुनरावृत्ति मात्रै हो । परन्तु सम्पूर्ण पशुजगतका समस्त सुनियोजित क्रियाहरूले पनि प्रकृतिमा तिनीहरूको इच्छाको छाप छोड्न सकेनन् । केवल मानिसले मात्रै यो श्रेय प्राप्त गर्यो

परन्तु प्रकृतिमाथि प्राप्त विजयहरू देखेर हामी मक्ख पर्नु हुँदैन । प्रत्येक यस्तो विजयको लागि हामीले प्रकृतिको प्रतिशोधको सामना गर्नुपर्छ । सही हो, प्रत्येक विजयले सुरुमा त्यही नतिजा दिन्छ, जुन हामीले आशा गरेका हुन्छौँ, तर दोस्रो र तेस्रो चरणमा पूर्णतः अर्कै, अप्रत्याशित परिणाम दिन्छ, जसले प्रायशः पहिलो परिणामको महत्त्वलाई नामेट पारिदिन्छ ।

सङ्क्षेपमा भन्ने हो भने पशुले केवल बाह्रय प्रकृतिको मात्रै उपयोग गर्दछ र केवल आफ्नो उपस्थितिद्वारा मात्रै त्यसमा परिवर्तन ल्याउँछ ; मानिसले चाहिँ ती परिवर्तनहरूद्वारा, जुन उसले सम्पन्न गर्दछ, प्रकृतिलाई आफ्नो लक्ष्य प्राप्त गर्ने साधन बनाउँदछ, त्यसमाथि शासन गर्दछ । मानिस र अन्य पशुहरूको बीचमा निहित अन्तिम महत्त्वपूर्ण अन्तर यही हो र यस अन्तरको लागि मानिस फेरि पनि श्रमप्रति नै कृतज्ञ छ

परन्तु प्रकृतिमाथि प्राप्त विजयहरू देखेर हामी मक्ख पर्नु हुँदैन । प्रत्येक यस्तो विजयको लागि हामीले प्रकृतिको प्रतिशोधको सामना गर्नुपर्छ । सही हो, प्रत्येक विजयले सुरुमा त्यही नतिजा दिन्छ, जुन हामीले आशा गरेका हुन्छौँ, तर दोस्रो र तेस्रो चरणमा पूर्णतः अर्कै, अप्रत्याशित परिणाम दिन्छ, जसले प्रायशः पहिलो परिणामको महत्त्वलाई नामेट पारिदिन्छ । मेसोपोटामिया, युनान, एसिया माइनर तथा अन्य स्थानहरूमा जसले खेती गर्नको लागि बनजङ्गल नष्ट पारे, उनीहरूले यस कार्यद्वारा यी देशहरूमा बनजङ्गलका साथै आर्द्रताको सङ्ग्रह केन्द्रलाई समेत नष्ट पारेर तिनको वर्तमान उजाड अवस्थाको श्री गणेश गरेका छन् भन्ने कुरा सपनामा पनि सोचेका थिएनन् । आल्प पर्वत क्षेत्रका इटालेलीहरूले जब पहाडहरूको दक्षिणी पाखामा सल्लाको जङगल ( जुन उत्तरी पाखामा पूर्णतः सुरक्षित राखिएको थियो ) पूर्णतः नष्ट पारेका थिए, त्यस बेला उनीहरूले यसो गरेर आफ्नो इलाकाको पहाडी पशुपालनलाई जरैदेखि उखेलेर फाल्दै छन् भन्ने कुरा सोच्न पनि सकेका थिएनन् । यस कार्यद्वारा आफ्ना पहाडी स्रोतहरूलाई वर्षको बढी भाग जलहीन तुल्याउँदै छन् र साथै वर्षाको समयमा यिनै स्रोतहरूलाई मैदानमा भयङ्कर बाढी ल्याउने सम्भावना प्रदान गर्दैछन् भन्ने कुराको त उनीहरूलाई अझ कम आभास थियो । युरोपमा लुको प्रचार गर्ने मानिसहरूलाई यस माडिलो कन्दको साथसाथै उनीहरू गण्डमाला रोगको (Scrofula) पनि प्रसार गर्दै छन् भन्ने कुरा थाहा थिएन । यस प्रकार प्रत्येक पाइलामा हामीलाई तथ्यहरूले सम्झना गराउँदछन्, हामी प्रकृतिमाथि कदापि त्यसरी शासन गर्न सक्दैनौँ, जसरी कुनै विजेताले एक विदेशी जातिमाथि शासन गर्दछ, हामी प्रकृति भन्दा बाहिरको कुनै व्यक्तिले जस्तो प्रकृतिमाथि शासन गर्न सक्दैनौं, उल्टो रगत, मासु र मस्तिष्कद्वारा सम्पन्न हामी प्रकृतिकै एक अङ्ग हो र प्रकृतिभित्र नै हाम्रो अस्तित्व कायम रहन्छ । प्रकृतिमाथिको हाम्रो सम्पूर्ण आधिपत्य के कुरामा निहित छ भने अन्य सबै प्राणीहरूको तुलनामा हामी प्रकृतिका नियमहरू बुझ्न र यी नियमहरूलाई सही रूपमा प्रयोग गर्न
जान्दछौँ ।

प्रत्येक पाइलामा हामीलाई तथ्यहरूले सम्झना गराउँदछन्, हामी प्रकृतिमाथि कदापि त्यसरी शासन गर्न सक्दैनौँ, जसरी कुनै विजेताले एक विदेशी जातिमाथि शासन गर्दछ, हामी प्रकृति भन्दा बाहिरको कुनै व्यक्तिले जस्तो प्रकृतिमाथि शासन गर्न सक्दैनौं, उल्टो रगत, मासु र मस्तिष्कद्वारा सम्पन्न हामी प्रकृतिकै एक अङ्ग हो र प्रकृतिभित्र नै हाम्रो अस्तित्व कायम रहन्छ ।

वास्तवमा हामी प्रकृतिका नियमहरूलाई प्रतिदिन अधिकाधिक सही रूपमा बुझ्दै जान्छौं र प्रकृतिको नैसर्गिक गतिमा फ्नो हस्तक्षेपका तत्कालिक परिणामहरूका साथै अझ टाढाको भविष्यका परिणामहरूको विश्लेषण गर्न पनि सिक्दै जान्छौँ । खास गरी हाम्रो शताब्दीमा प्रकृति विज्ञानले प्राप्त गरेको विराट् सफलतापश्चात् त हामी झन्–झन् त्यस स्थितिको निकट पुग्दैछौँ, जब कम्तीमा पनि उत्पादनको क्षेत्रमा हाम्रा सबैभन्दा सामान्य कार्यकलापहरूको बढी दूरवर्ती नैसर्गिक परिणाम कस्तो हुन्छ भन्ने कुरा हामी थाहा पाउन सक्दछौँ र फलतः ती परिणामहरूलाई काबूमा राख्न सक्दछौँ। जति बढी मात्रामा यो कुरा यथार्थता बन्नेछ, त्यत्तिकै बढी मात्रामा मानिसहरूले प्रकृतिसँग आफ्नो एकत्व फेरि एक पल्ट अनुभव मात्रै गर्ने होइन, त्यसलाई बुझ्न पनि थाल्नेछन्, अनि मस्तिष्क र पदार्थ, मानिस र प्रकृति, आत्मा र शरीरको बीचमा निहित तथाकथित प्रतिपक्षतासम्बन्धी निरर्थक तथा अस्वाभाविक धारणाको अस्तित्व पनि, जुन युरोपमा प्राचीन सभ्यताको पतनपश्चात् देखा परेको थियो र जसले इसाई धर्ममा सर्वोच्च विकास प्राप्त गरेको थियो, त्यत्तिकै बढी मात्रामा असम्भव हुँदै जानेछ । परन्तु यदि उत्पादनको दिशामा निर्देशित आफ्नो कार्यकलापको धेरै टाढाको भविष्यमा प्राप्त हुने प्राकृतिक नतिजाको निश्चित रूपमा मूल्याङकन गर्न सिक्नको लागि हामीलाई हजारौं वर्ष लाग्यो भने यी क्रियाहरूबाट अझ टाढाको भविष्यमा प्राप्त हुने सामाजिक नतिजाको मूल्याङकन गर्ने कार्य त अझ कठिन ठहरियो ।

हामीले आलुको प्रचारले गर्दा उत्पन्न भएको गण्डमालाको रोगबारे चर्चा गरिसकेका छौं । परन्तु श्रमजीवी जनताको सम्पूर्ण भोजनलाई केवल आलुमा नै सीमित राख्ने प्रक्रियाले पूरै देशहरूको जनसमुदायको जीवन अवस्थामा जुन प्रभाव पायो त्यसको दाँजोमा गण्डमालाको रोग केही पनि होइन । अथवा सन् १८४७ मा आलुको बालीमा कीरा पर्नाले आयरल्यान्डमा फैलिएको त्यस अनिकालको तुलनामा गण्डमालाको रोग केही पनि होइन, जसले पूर्णतः आलु मात्रै खाएर अथवा झण्डै आलु मात्रै खाएर बाँचेका दस लाख आायरल्यान्डवासीहरूलाई कालको शिकार बनाएको थियो र अझ बीस लाख मानिसलाई समुद्रपार बसाइँ सर्न बाध्य तुल्याएको थियो ! जब अरबहरूले रक्सी बनाउन सिके, त्यस बेलासम्म अज्ञात अमेरिका महादेशका आदिवासीहरूको भावी उन्मूलनको एक मुख्य साधन बनाउँदै छन् भन्ने कुरा उनीहरूले सोच्नसम्म पनि सकेका थिएनन् । पछि गएर जब कोलम्बसले यही अमेरिका पत्ता लगाए, यस खोजद्वारा युरोपमा धेरै पहिले नै हराइसकेको दासप्रथालाई नवजीवन प्रदान गर्दैछन् र नेग्रो व्यापारको जग हाल्दै छन् भन्ने कुराको उनलाई अन्दाजसम्म पनि थिएन । सत्रौँ र अठारौं शताब्दीमा वाष्प इन्जिनको आविष्कारमा संलग्न मानिसहरूले त्यस बेला शङ्कासम्म पनि गर्न सकेका थिएनन् - उनीहरू एक त्यस्तो औजार तयार गर्दैछन्, जसले सम्पूर्ण संसारभरि नै अन्य कुनै पनि औजारले भन्दा बढी सामाजिक सम्बन्धहरूमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ र खासगरी यूरोपमा थोरै मानिसहरूको हातमा सम्पत्तिको सङकेन्द्रण गरेर र अत्यधिक बहुसङख्यालाई सम्पत्तिहीन तुल्याएर सुरुमा त पुँजीजीवीवर्गलाई राजनीतिक तथा सामाजिक प्रभुत्व प्रदान गर्नेछ र तत्पश्चात् बुर्जुवावर्ग र सर्वहारावर्गको बीचमा त्यस्तो वर्गसङ्घर्ष जन्माउनेछ, जसको अन्तिम परिणाम बुर्जुवावर्गको सत्ताको उन्मूलन र सबै प्रकारका वर्गीय प्रतिद्वन्द्विताको अन्त्यसिवाय अरू केही हुन सक्दैन । परन्तु यसै क्षेत्रमा पनि एक लामो र प्रायश: कठोर अनुभवपश्चात्, ऐतिहासिक सामग्रीहरूको सङ्ग्रह तथा विश्लेषणद्वारा हामी शनैःशनैः आफ्नो उत्पादनकार्यका परोक्ष तथा टाढाको भविष्यमा प्राप्त हुने सामाजिक परिणामहरूलाई स्पष्ट रूपमा देख्न सिक्नेछौं । यस प्रकार हामी यी परिणामहरूलाई पनि आफ्नो नियन्त्रण तथा सञ्चालनको अधीनमा राख्ने सम्भावना प्राप्त गर्दछौँ ।

परन्तु यस्तो सञ्चालनलाई कार्य रूप दिन सामान्यतः केवल मानव ज्ञान पर्याप्त हुँदैन । यसको लागि अहिलेसम्म विद्यमान हाम्रो उत्पादनपद्धतिमा र साथसाथै हाम्रा सम्पूर्ण समकालिक सामाजिक व्यवस्थामा आमूल क्रान्ति आवश्यक हुन्छ ।
आजसम्म अस्तित्वमा रहेका सबै उत्पादनप्रणालीहरूको समक्ष श्रमका सबैभन्दा तत्कालिक एवम् प्रत्यक्षतः उपयोगी परिणाम प्राप्त गर्नु नै एक मात्र लक्ष्य रहँदै आएको छ । परन्तु ती भावी परिणामहरूको चाहिँ पूर्णतः उपेक्षा गरियो, जुन भविष्यमा मात्रै उत्पन्न हुन्छन् र क्रमिक पुनरावृत्ति
एवम् सञ्चयद्वारा मात्रै प्रभावोत्पादक बन्दछन् । सुरुमा भूमिमाथि जुन सामूहिक स्वामित्व थियो, त्यो एकातिर मानिसको त्यस्तो विकास स्तरको अनुरूप थियो, जसमा उसको विश्वदृष्टिकोण सामान्यतः सबैभन्दा निकट भएका वस्तुहरूमै सीमित थियो । अर्कोतर्फ यस्तो प्रणालीमा पर्ती जमिनको निश्चित बचत पूर्वमान्य थियो, जसले यस आदिम अर्थव्यवस्थाका कतिपय सम्भावित दुष्परिणामहरूलाई हटाउने सम्भावना प्रदान गरेको थियो । पर्ती जमिनको बचत खतम भएपछि सामूहिक स्वामित्वको ह्रास हुन थाल्यो । तत्पश्चात् उत्पन्न भएका उत्पादनका सबै उच्चतर रूपहरूले जनसङ्ख्यालाई विभिन्न वर्गहरूमा विभाजित गर्यो र यस प्रकार शासक र शासित वर्गहरूका बीचको प्रतिपक्षता उत्पन्न भयो । यसको परिणामस्वरूप शासक वर्गको स्वार्थ नै उत्पादनको मुख्य प्रेरक तत्त्व बन्यो, किनभने उत्पादन येनकेन प्रकारेण उत्पीडित जनताको दयनीय जीवन अवस्था कायम राख्ने काममै सीमित थिएन । आज पश्चिम युरोपमा विद्यमान पुँजीवादी उत्पादन-प्रणालीमा यो कुरा सबैभन्दा बढी पूर्ण रूपमा अभिव्यक्त भएको छ। उत्पादन र विनिमयमाथि नियन्त्रण राखेर बसेका पृथक् पृथक् पुँजीजीवीहरू आफ्नो क्रियाको निकटतम प्रत्यक्ष उपयोगी परिणामको मात्रै मूल्याङकन गर्न समर्थ हुन्छन् । फेरि त्यसमाथि स्वयम् यो उपयोगी परिणाम पनि - जहाँसम्म उत्पादन गरिएको अथवा विनिमय गरिएको वस्तुको उपयोगिताको प्रश्न छ - पूर्णतः गौण स्थानमा सर्दछ र बिक्रीद्वारा नाफा प्राप्त गर्नु नै एक मात्र प्रेरक तत्त्व बन्न पुग्दछ ।

जब रबहरूले रक्सी बनाउन सिके, त्यस बेलासम्म अज्ञात अमेरिका महादेशका दिवासीहरूको भावी उन्मूलनको एक मुख्य साधन बनाउँदै छन् भन्ने कुरा उनीहरूले सोच्नसम्म पनि सकेका थिएनन् ।

बुर्जुवा सामाजिक विज्ञान अर्थात् शास्त्रीय राजनीतिक अर्थशास्त्रले मुख्यतया उत्पादन र विनिमयसँग सम्बन्धित मानव क्रियाकलापका प्रत्यक्षतः वाञ्छित सामाजिक प्रभावहरूको मात्रै अध्ययन गर्दछ । यो पूर्णतः त्यस सामाजिक सङ्गठनको अनुरूप हुन्छ, जसको त्यो सैद्धान्तिक अभिव्यक्ति हो । पृथक् रूपमा पुँजीजीवीहरू तात्कालिक नाफाको लागि नै उत्पादन र विनिमयमा सङ्लग्न हुन्छन् भने सबैभन्दा पहिले त केवल निकटतम ति तात्कालिक परिणामहरूको मात्रै मूल्याङकन गर्न सकिन्छ । जब कुनै उद्योगपति अथवा बेपारीले आफूले उत्पादन गरेको अथवा किनेको वस्तु सामान्य नाफामा बेच्दछ भने यो कुरा उसको लागि पूर्णतः मान्य हुन्छ र भविष्यमा त्यो सामान अथवा त्यस सामानको क्रेताको स्थिति के हुन्छ भन्ने कुराको उसलाई पटक्क चासो हुँदैन । यस क्रियाकलापको प्राकृतिक प्रभावको प्रश्नमा पनि ठीक यही कुरा चरितार्थ हुन्छ । जब क्युबामा स्पेनिस बगानमालिकहरूले पहाडी बनजङ्गल जलाएर त्यस आगलागीबाट प्राप्त खरानीलाई अति लाभप्रद कफीको बोटको लागि एक पीढीको लागि मात्रै पुग्ने मलको रूपमा प्रयोग गरेका थिए पछि गएर उष्णप्रदेशीय मुसलधारे वर्षाले माटोको अरक्षित माथिल्लो तह बगाएर लैजानेछ र नाङगा चट्टानहरू मात्रै बाँकी राख्नेछ भन्ने कुराको उनीहरूलाई कुनै चासो थिएन ! विद्यमान उत्पादन- पद्धतिलाई प्रकृतिको प्रश्नमा जस्तै समाजको प्रश्नमा पनि मानव गतिविधिका नतिजाहरूको प्राथमिक, सबैभन्दा स्पष्ट परिणामको मात्रै चासो हुन्छ । अनि यस उद्देश्यको पूर्तितर्फ लक्षित क्रियाकलापबाट पछि गएर जुन नतिजा प्राप्त गरिन्छ, त्यो पूर्णतः अर्कै खालको, विपरीत चरित्रको हुन्छ भन्ने कुरामा आश्चर्य प्रकट गरिन्छ । माग र पूर्तिको बीचको सामञ्जस्य आफ्नो पूर्ण प्रतिपक्षतामा परिणत हुन्छ ( जुन कुरा प्रत्येक दस वर्षमा दोहोरिइरहने द्योगिक चक्रले देखाउँछ र जर्मनीले  “सङ्कटको" बेलामा यस्तो परिणतिको प्रारम्भिक स्वाद चाख्न भ्याइसकेको छ ) ; आफ्नो श्रममा आधारित निजी स्वामित्व भावी विकासको क्रममा अनिवार्यतः श्रमजीवी जनताको सम्पत्तिहीनतामा परिणत हुन्छ, जब सम्पूर्ण सम्पदा गैरश्रमिक जनसङख्याको हातमा अधिकाधिक मात्रामा केन्द्रित हुँदै जान्छ ( ... )

पादटिप्पणी
हिन्द महासागरमा माडागास्करदेखि भारत र सुमात्रासम्म फैलिएको महादेश " लेमुरियाको" अस्तित्व थियो भन्ने अनुमान उन्नाइसौ शताब्दीको आठौँ दशकमा अङग्रेज भूगर्भशास्त्री यफ० यल० स्क्लेटरले प्रस्तुत गरेका हुन् ।

हेर्नोस् Charles Darvin, The Descent of Man and Selection in Relation to Sex, London, 1871, Vol. I.

(यस क्षेत्रका वरिष्ठ विशेषज्ञ सर विलियम थमसनको गणनाअनुसार वनस्पति र पशुपन्छीहरू बाँच्न सक्ने गरी पृथ्वी चिसो भएको लगभग दश करोड वर्षभन्दा केही बढी समय बितेको हुनुपर्छ ।)

४  यहाँ एङ्गेल्सले Grim Y. Deutshe Rechtsalterthümer. Gottin- मा उद्धृत जर्मन जोगी लाबेग्रो नोत्केरद्वारा gen, 1828, S. 488 ( लगभग इ० स० ६५२- १०२२) प्रस्तुत वर्णनबारे चर्चा गर्नुभएको हो।

किनारामा एङ्गेल्सको टिप्पणी- “ गौरवशाली बनाउँदछ” ।

“ सङकट ” – यहाँ सन् १८७३ को अन्तर्राष्ट्रिय आर्थिक सङ्कटबारे चर्चा गरिएको हो। जर्मनीमा यो मे १८७३ को "विराट् सङ्कटबाट सुरु भयो, जुन एक लामो सङ्कटको भूमिका मात्रै थियो र ग्राठौं दशकको अन्त्यसम्म लम्बियो ।
प्रस्तुत रचनाको पाण्डुलिपि यहीँ टुङगिन्छ । - सं०