जलवायु परिवर्तनः लय मिलाएर बाँच्नुको विकल्प छैन
हामीले चासाे–चिन्ता केन्द्रीत गर्नुपर्ने जलवायु परिवर्तनको स्थानीय असर झनै व्यापक र भयावह बन्दैछ
जलवायु परिवर्तनका विषय नसुनेका सायदै कोही होलान्। पछिल्ला समयमा यस सवालको गाम्भीर्यता, विश्वव्यापीरुपमा देखिएका यसका असर र धेरै फलाकिएको विषय भएकोले गर्दा पनि करिब करिब नेपालका प्रायः सबैजसो व्यक्ति यसबारे जानकार र परिचित छन् । हालसालै संयुक्त राष्ट्रसंघका महासचिवबाट भएको नेपाल भ्रमणका मुख्य एजेण्डाहरुमध्ये जलवायु परिवर्तनले हाम्रा हिमालमा पारेका समस्यालाई थप उजागर गर्नु पनि एक थियो ।
किन यो विषय यसरी चर्कोसंग उठिरहेछ?
जलवायु परिवर्तन र यसबाट सिर्जित समस्यालाई सहज ढंगले बुझ्न एकछिनका लागि जलवायु परिवर्तनका ठूला भाष्यहरुलाई बिर्सिदिऔं । विश्वव्यापी रुपमै आएको परिवर्तन भन्छौं हामी– जलवायु परिवर्तनलाई । त्यसलाई पनि एकछिन थाती राखौं । यसलाई हामीले दैनिक जीवनमा भोगिरहेका समस्याहरुसँग जोडेर बुझ्ने कोशिस गरौं ।
प्रत्यक्ष भोगिएका केही असरहरु
हाम्रो सन्दर्भमा बुझ्दा र भन्दा– गर्मी अत्यधिक हुन थाल्यो । पहिले ‘कार्तिकको ठंडी बुढाबुढीलाई मंडी’ भनिन्थ्यो, अब मंसिरमा समेत जाडो हुन छाड्यो । खेतीपातीको समयमा परिवर्तन हुन थाल्यो । मानिस, पशुपंक्षी तथा बालीनालीहरुमा लाग्ने रोगव्याधीहरुमा परिवर्तन हुन थाल्यो । नयाँ नयाँ खालका व्याधिहरु देखापर्न थाले । वातावरणमा गर्मीका साथसाथै आद्रता बढेर जाँदा ओसिलो बढी हुन थाल्यो । आद्रता अर्थात् ओसिलो हुने क्रम पहिले वर्खामासमा हुन्थ्यो भने त्यो अब अघिपछि पनि हुन थाल्यो । आद्रता बढी हुँदा स्वभाविक रुपमा ढुसी आउनेलगायतका समस्याहरु उत्पन्न हुन्छ । सुख्खा बढेर डढेलोको घटना पनि बढेका छन्।
तस्विर स्रोत: युनिसेफ/विविसी
पहिले एउटा लामो समयान्तरमा ठूला खालका बाढीहरु आउने गर्थे तर अब ठूला बाढी आउने त्यो क्रम बढेको छ । बाढी अनियमित रुपमा छिटोछिटो र धेरै नोक्सान गर्ने गरी आउने गरेको छ ।
बाढी पहिरोको घटना अत्यधिक मात्रामा बढ्दै जाँदा त्यसले गर्ने क्षतिमा पनि ठूलो बढोत्तरी हुँदै गएको छ । उदाहरणको लागि, सन् २०२० मा ९१ वटा बाढीहरु रेकर्ड भएका थिए भने सन् २०२१ मा आइपुग्दा त्यो संख्यामा बढोत्तरी भएर १४४ वटा बाढीका घटनाहरु रेकर्ड भएका छन् । नेपालमा पहिले पनि बाढीहरु आउने गर्थे । नजिकको इतिहासको कुरा गर्दा २००६ सालमा ठूलो बाढी आएको थियो । त्यसपछि २०११ सालमा आएको बाढीले पहाडी क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु विस्थापित भएका थिए । त्यसपछि पनि ४–६ वर्षको अन्तरालमा ठूला बाढीहरु नआएका होइनन् । पहिले एउटा लामो समयान्तरमा ठूला खालका बाढीहरु आउने गर्थे तर अब ठूला बाढी आउने त्यो क्रम बढेको छ । बाढी अनियमित रुपमा छिटोछिटो र धेरै नोक्सान गर्ने गरी आउने गरेको छ । उदाहरणको लागि, २०७८ सालको कात्तिकमा आएको ठूलो बाढीलाई लिन सकिन्छ । वर्षायाममा बाढी आउनुलाई सामान्य मान्न सकिएला तर वर्षा सकिएपछि आएको त्यो बाढीले धेरै क्षति गरेको थियो । काटेर भित्र्याउन ठिक्क पारेको धानलाई उक्त बाढीले सखाप बनाइदियो । त्यसअघि त्यति ठूलो मात्रामा पाकेको धान त्यसरी नोक्सान भएको थिएन । त्यसबेला धानमा भएको नोक्सान मात्रै ११ अर्ब जतिको थियो । त्यस्तै २०७४ सालमा तराईमा झापाको विरिङ खोलादेखि बर्दियाको बबईसम्म एकैदिनमा बाढी आयो । इतिहासमा त्यस्तो कहिले पनि भएको रेकर्ड छैन । त्यसरी एकै दिनमा बाढी आउँदा त्यसलाई सम्बोधन गर्ने काम सरकारी संस्थागत संरचनाहरुले नभ्याउने गरी अस्तव्यस्त भयो । २ दिनको बर्षाले ल्याएको उक्त बाढीले ६१ अर्ब जतिको नोक्सानी गर्यो । यी त बाढीका केही प्रतिनिधि घटना मात्र हुन्। पहाडमा पहिरोका समस्या पनि वर्षेनी बढ्दो छ। यसमा हाम्रा सडक र अन्य निर्माणका कामले पनि समस्या नथपेको होला भन्न सकिन्न।
तसर्थ, बाढी पहिरो, अतिवृष्टि–अनावृष्टि जसरी बढिरहेको छ, साँच्चै भन्दा र सरल रुपमा बुझ्दा हाम्रो लागि जलवायु परिवर्तन यही नै हो ।
जलवायु परिवर्तनका कारणहरु
जलवायु परिवर्तनका मूल कारण विश्वव्यापी रुपमा भएको औद्योगिकीकरण नै हो । तीब्र औद्योगिकीकरणसँगै आर्थिक उन्नतिका लागि खनिज इन्धनहरु तथा दाउरा कोइलाहरुको प्रयोग बढेर आयो । त्यसले गर्दा स्वभाविक रुपमा कार्बनडाइअक्साइड र मिथेन जस्ता ग्याँसको उत्सर्जन पनि बढेर गयो र वायुमण्डलमा त्यसको मात्रा त्यही रुपमा थुप्रिँदै गयो । अर्कोतिर विकासका नाममा तथा बढ्दो जनसंख्याका कारण कार्बनडाइअक्साइडलाई सोस्ने बनजंगल तीब्र रुपमा मासिँदै गए । त्यसले थप समस्या सिर्जना भयो ।
कार्बनडाइअक्साइड आफैंमा खराब कुरा होइन । पृथ्वीलाई न्यानो बनाई जीवनको लागि अनुकूल बनाउने मूल तत्त्व नै यहाँको वायुमण्डलमा कार्बनडाइअअक्साइडको उपस्थिति हुनु हो । वायुमण्डलमा भएको कार्बनडाइअक्साइडले पृथ्वीको तातोपनालाई रातको समयमा बाहिर जान दिँदैन अर्थात् सूर्यबाट आएको तातोलाई रोकेर राख्छ । त्यही कारण पृथ्वी सबै प्राणी र जीवनको लागि अनुकूल हुने गरी न्यानो भएको हो । कार्बनडाइअक्साइड नभएको तथा पातलो वायुमण्डल भएका अरु ग्रहहरुमा रातको समयमा कठोर चिसो हुन्छ । पृथ्वीको उपग्रह चन्द्रमाकै कुरा गर्दा पनि त्यहाँ माइनस २४० डिग्रीसम्म तापक्रम पुग्छ जबकि दिउँसो घाम लाग्दा त्यहाँ पनि न्यानो नै हुन्छ ।
बढ्दो औद्योगिकीकरण र विकासका नाममा भए–गरिएका अन्धधुन्ध प्रकृति विनाशक मानवीय गतिविधिहरुका कारण हरितगृह ग्याँस थुप्रिदै जाँदा बितेका १५० वर्षमा पृथ्वीमा कार्बन डाइअक्साडको मात्रा दोब्बर भएको छ र सो मात्रा बढ्ने क्रम निरन्तर बढ्दो छ ।
तर आर्थिक उन्नतिका र सुखसुविधाको लागि गरिने विभिन्न मानवीय गतिविधिहरुका कारण कार्बनडाइअक्साडको उत्सर्जन अत्यधिक मात्रामा बढेको र त्यसलाई नियन्त्रण गर्ने प्राकृतिक चक्रको सीमितताले गर्दा उक्त ग्याँसको मात्रा तीब्र रुपमा बढ्दै बढ्दै गयो । त्यसले स्वभाविक रुपमा सूर्यबाट प्राप्त हुने तातोलाई झन बढी छेक्न थाल्यो । फलतः अब पृथ्वीको वायुमण्डल जीवनको लागि अनुकूल न्यानो मात्रै भएन, कतिपय अवस्थामा प्रतिकूल हुने गरी गुम्सिन थाल्यो । यसरी पृथ्वीलाई सिरक ओढाएको जस्तो न्यानो गर्ने भएकोले कार्बन डाइअक्साड, मिथेन जस्ता ग्याँसलाई हरितगृह ग्याँस पनि भनिन्छ । बढ्दो औद्योगिकीकरण र विकासका नाममा भए–गरिएका अन्धधुन्ध प्रकृति विनाशक मानवीय गतिविधिहरुका कारण हरितगृह ग्याँस थुप्रिदै जाँदा बितेका १५० वर्षमा पृथ्वीमा कार्बन डाइअक्साडको मात्रा दोब्बर भएको छ र सो मात्रा बढ्ने क्रम निरन्तर बढ्दो छ । फलतः १५० वर्षको अवधिमा पृथ्वीको तापक्रममा अहिले नै सालाखाला १.२ डिग्री सेन्टिग्रेड बृद्धि भएको छ । निकट भविश्यमा नै यो बृध्दि १.५ डिग्री सेन्टिग्रेड पुग्नेमा अब शंका छैन ।
हामीलाई लाग्न सक्छ– जाबो १.५ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दैमा त्यसले के फरक पर्ला र ? सामान्य हिसाबले सोच्दा त्यसले त्यस्तो उत्पातै फरक नपार्नु पर्ने हो । तर वैश्विक वातावरणीय चक्रमा १.५ डिग्री तापक्रम बढ्नु भनेको उथलपुथल गर्ने कुरा हो ।
हामीलाई लाग्न सक्छ– जाबो १.५ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दैमा त्यसले के फरक पर्ला र ? सामान्य हिसाबले सोच्दा त्यसले त्यस्तो उत्पातै फरक नपार्नु पर्ने हो । तर वैश्विक वातावरणीय चक्रमा १.५ डिग्री तापक्रम बढ्नु भनेको उथलपुथल गर्ने कुरा हो । त्यो तापक्रम बृद्धिका कारण वातावरणीय चक्रमा पर्ने असर व्यापक र अकल्पनीय हुन सक्छ । तापक्रम र वर्षाको चक्रहरुमा व्यापक परिवर्तन आउँदै जाँदा त्यसले बोट विरुवा र वनस्पतिहरुको इकोलोजीमा व्यापक परिवर्तन ल्याउँछ । अहिले १.२ डिग्री सेन्टिग्रेड बढ्दा नै इकोलोजीमा व्यापक गडबडी भइसकेको छ । वेमौसममा गुराँस फुलेको तथा पहिले लामखुट्टे नपाउने ठाउँहरुमा पनि लामखुट्टे देखापर्न थालेका कुराहरु धेरैअघि नै सुनिएको हो । अब त पहाडमा पनि डेङग्यु जस्ता रोग सामान्य बनेको छ। यो भनेको हिजोको प्राकृतिक सन्तुलनमा व्यापक खलबल भइसकेको संकेत हो ।
विषम घटनाका उदाहरण
जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम तिब्ररुपमा बढेको देखिन्छ। कतिपय स्थानमा ५० डिग्रि सेन्टिग्रेड नाघेका छन्। गत साल पाकिस्तानमा ५२ डिग्रि सेन्टिग्रेड सम्म पुग्यो । त्यस्तो चर्को गर्मीमा सबै प्राकृतिक लय खलबलिन थाल्छ । सबैभन्दा पहिले शुक्ष्म जिवाणु र किरा फटयाङ्ग्रा नासिन्छन्, जसको अभावमा वनस्पति प्रभावित हुन्छ । परागसेचन गर्ने किरा नासिँदा फसल बिग्रन्छ । हामीकहाँ यस्ता प्रभाव के कति भएको छ भन्ने सोधीखोजी भएको छैन, गर्नु आवश्यक छ ।
संसारको सबै भन्दा कम पानी पर्ने भनी कहलिएको क्यालिफेर्नियाको ‘डेथ भ्याली’ मरुभूमिमा यस पटक पानी मात्र परेन, बाढी नै आयो । मध्यपूर्वका मुलुकहरुमा पनि बाढी आउन थालेका छन् । यसले बादलको सामान्य मार्ग परिवर्तन भएको देखिँदै छ । यस्तै कारणले हाम्रो उच्च हिमाली क्षेत्रमा केही वर्षदेखि भीषण वर्षा हुन थालेको छ ।
जलवायु परिवर्तनका क्षेत्रगत असर
लय बिग्रेको प्राकृतिक सन्तुलन
जलवायु परिवर्तनको असरले नेपालका हिमालहरुमा हिउँ पर्ने वा थुप्रिने क्रम घटेको, हिमतालहरु फुट्ने खतरा बढेका छन् । शुरुमा त्यसबारेमा राम्रो जानकारी नहुँदा त्यसबारे चासो चिन्ता हुनु स्वभाविक थियो र हाम्रो ध्यान त्यतातिर बढी केन्द्रीत भयो ।
हिमतालहरु फुटेर आउने मार्गमा बस्तीहरु विकास भएका छन्, ठूलो ठूलो भौतिक संरचनाहरु खडा गरिएका छन् । त्यसले नोक्सान गर्ने कुराले हाम्रो चिन्ता र चासो बढ्यो ।
हिमाली क्षेत्रमा हिमतालहरु बन्ने कुरा प्राकृतिक हो । हामीले चाहे पनि नचाहे पनि त्यो निरन्तर चलिरहेको प्रक्रिया हो । त्यो प्रक्रियामा अहिले तीब्रता आएको छ । त्यसैले जलवायु परिवर्तनले हिमतालहरु छिटो छिटो बढ्ने र अन्त्यमा फुट्ने सम्भावना पनि बढी भयो । त्यो फुटेर आउने मार्गमा बस्तीहरु विकास भएका छन्, ठूलो ठूलो भौतिक संरचनाहरु खडा गरिएका छन् । त्यसले नोक्सान गर्ने कुराले हाम्रो चिन्ता र चासो बढ्यो ।
उता, हिउँदमा पर्ने पानीको कमीसँगै हिउँ बन्ने र जम्ने प्रक्रियामा पनि हेरफेर भयो, हिँउ थपिने क्रम घटेको छ । एकातिर पग्लेर जाने अर्कोतिर नथपिने, जलवायु परिवर्तनले यी सम्पूर्ण प्रक्रियालाई खल्बलायो ।
खल्बलिएको जलचक्र र कृषिमा परेको प्रभाव
हाम्रो अर्थतन्त्रमा हाल रेमिट्यान्सले ठूलो योगदान गरे पनि नेपालको मूल आर्थिक आधार भनेकै कृषि हो । उत्पादन कम होला, आर्थिक योगदान कम होला तर हामी धेरैजसो मानिसहरु कृषिमा आधारित भएर जीविकोपार्जन गर्छौं । हाम्रो कृषिको विशेषता के छ भने तराई क्षेत्रमा एकथरिको उत्पादन हुन्छ भने पहाडमा अर्कैथरिको । अझ उच्च पहाड, हिमाली क्षेत्रतिर जाँदा झन अर्कै किसिमको । उच्च पहाडमा उवा, कोदो, गहुँ फापर होला, मध्य पहाडमा मकै भटमास होला तल बेसीदेखि तराईसम्म जाँदा धान बढी उत्पादन होला । जलवायु परिवर्तनको असर बढ्दै जाँदो यो चक्र खल्बलिएर हामीले ठाउँअनुसार उत्पादन गर्दै आइरहेका चीजहरु उमार्न तथा उत्पादन गर्नै नसक्ने अवस्था आउन सक्छ । भनेको समयमा पानी नपर्ला, वर्षाको तालमा खेतीपाती अडेको थियो त्यसमा परिवर्तन आयो । हिजो असारमा धान लगाउने काम हुन्थ्यो अब त्यसो गर्न कठिन हुँदै गएको छ । असारमा धान लगाएपछि धानको बृद्धि भदौसम्म हुन्थ्यो, असोजमा धान पसाउँथ्यो । असोजमा हुने वर्षाले धानमा गेडा राम्ररी पोसाउँथ्यो । त्यसपछि कात्तिक मंसिरमा धान काटिसकिन्थ्यो । कृषिमा निर्भर जनसंख्याको जीविकोपार्जनको एउटा मुख्य उपाय र जीवनशैलीको नियमित हिस्साजस्तै थियो यो चक्र । तर अब चक्र खल्बलिएकोले त्यसमा परिवर्तन आएको छ ।
बहुसंख्यक नेपालीको जीवनको मुख्य हिस्सा तथा आयआर्जनको मुख्य स्रोत खेतीपाती खल्बिलिएपछि त्योभन्दा ठूलो असर के हुन्छ ?
जलवायु परिवर्तनको असरको परिणामस्वरुप अब असारमा सुख्खा हुन थालेको छ । पानी आइहाले पर्याप्त आउँदैन वा ढिला आउँदछ र पानी आउँदा बेतोडले आउँछ । यसै वर्ष वर्षाको शुरुमा आएको पानीले पूर्वमा निकै क्षति पुर्यायो । जबकि भदौ असोजमा आउने पानी आएन । पहाडमा मकै सुके। धान पसाउने समयमा पानी नआए राम्ररी गेडा लाग्दैन । धान काट्ने बेलामा आएको पानीले नोक्सान मात्र गर्छ । यो भन्दा ठूलो प्रभाव हामीलाई के होला ? बहुसंख्यक नेपालीको जीवनको मुख्य हिस्सा तथा आयआर्जनको मुख्य स्रोत खेतीपाती खल्बिलिएपछि त्योभन्दा ठूलो असर के हुन्छ ?
उपत्यकाभित्र तीनचारआना जग्गामा घर बनाएर बस्ने हामीजस्ताले पनि दुई चार बोट मकै, खुर्सानी, सागपात वा केही न केही रोप्ने गर्छौं । त्यो खेतीपाती वा कृषिसँग हाम्रो निकटतम सम्बन्धको द्योतक हो । अब त्यो सबैमा प्रभाव परेको छ । मानौं हामी खेतीपातीमा अन्नको सट्टा फलफूलतिर लागौंला । फलफूलमा पनि रोग लाग्यो । दुई तीन वर्षअघि देखि सुन्तलामा कालो भएर जाने रोग लागेको छ भनेर धेरै ठाउँका किसानहरुले सुन्तलाको बोट काट्न थाले । जुनारको ठूलो सम्भावना भएको सिन्धुलीलगायतको ठाउँमा पनि त्यो रोग देखा परेको सुनियो । केही वर्षअघि नगदेवालीको ठूलो सम्भावना भएको अलैंची तथा अदुवामा पनि त्यस्तै रोग देखापर्यो । एकातिर नयाँ नयाँ रोगहरु देखापर्ने क्रम बढ्नुको अन्तर्य नै कहीँ न कतै जलवायु परिवर्तनसँग जोडिएको छ ।
अहिले बाली नालीलाई भयङ्कर नोक्सानी गर्ने कीराहरु, खासगरी फट्याङ्ग्राको आकार ठूलो भएको छ । यसलाई फट्याङ्ग्राहरुको हैसियत बढ्यो भन्थे किसानहरु ।
अहिले बाली नालीलाई भयङ्कर नोक्सानी गर्ने कीराहरु, खासगरी फट्याङ्ग्राको आकार ठूलो भएको छ । यसलाई फट्याङ्ग्राहरुको हैसियत बढ्यो भन्थे किसानहरु । त्यसो हुनुको कारण जलवायु परिवर्तन फट्याङ्ग्राको लागि अनुकूल हुँदै गयो । हामी सबै जोडिएको खेतीपातीको अवस्था यो भएपछि के खाने ? अहिले रेमिट्यान्सले खाइएला । समस्या कहाँ हुन्छ भने जलवायु परिवर्तनको असर हामीकाँहा मात्र सीमित छैन, हामीले खाद्यान्न किनेर ल्याउने मुलुकहरुमा पनि छ । उदाहरणको लागि, यसपालि भारतको उत्तराखण्ड र हिमाञ्चलमा बाढी पहिरोले भयंकर वितण्डा मच्चायो । उनीहरुको दसौँ खर्बकों नोक्सान भएको छ । बाढीका बेला भारतको अन्न भण्डार मानिने पञ्जाबका फाँटहरुमा लेदोहरु आएर धानखेत भरिए । पञ्जाबमा पहिले गहुँ काट्ने बेलामा पानी आएर गहुँ उत्पादनमा २० प्रतिशत नोक्सानी भइसकेको थियो । त्यसको ठिक पछि धान रोप्ने समयमा लेदो आएर रोपेको धान पुरियो, नयाँ रोप्न विउ तयार गर्ने समय समेत रहेन । लेदो नहटाइ रोप्न सम्भव पनि थिएन । त्यसको असर, यस पटक भारतले चामल निर्यात बन्द गर्न पर्ने भयो । चामलको लागि मूलतः भारतमाथि निर्भर हामीले अब चामल कहाँबाट किन्ने ? त्यसले चामलको मूल्य त बढायो नै, बढेकै मूल्यमा पनि सामान पाउन नसकिने अवस्था आउने सम्भावना बढेर गयो ।
२०२३ मा आएको बाढीले भारतको पञ्जाबमा ६ लाख एकडभन्दा बढी धानखेतहरु डुबानमा परे । तस्वीर स्रोत: www.hindustantimes.com
बाढीका बेला भारतको अन्न भण्डार मानिने पञ्जाबका फाँटहरुमा लेदोहरु आएर धानखेत भरिए । त्यसको असर, यस पटक भारतले चामल निर्यात बन्द गर्न पर्ने भयो । चामलको लागि मूलतः भारतमाथि निर्भर हामीले अब चामल कहाँबाट किन्ने ?
बाढीले चीन र बाङ्गलादेशमा पनि बितण्डा मच्चायो । खाद्यान्न उत्पादन प्रभावित भयो । यसको अर्थ यसरी हेर्दा जलवायु परिवर्तनले खाद्यान्न प्रणालीको श्रृङ्खलामै असर पारेको स्पष्ट हुन्छ । अब परिवर्तित जलवायुले किनेर ल्याउने ठाउँको उत्पादनमा समेत असर पारेपछि किनेर खाने सम्भावना पनि न्यून हुँदै जान सक्छ । त्यसैले हामीले चिन्ता गर्नु पर्ने जलवायु परिवर्तनले पारेको सबैभन्दा ठूलो असर भनेकै हाम्रो खेती प्रणाली र खाद्य सुरक्षामा पारेको समस्या हो ।
पहिरो र बाढी
नेपालमा पहिरो नआउने ठाउँ खासै छैन भन्दा पनि हुन्छ । पहिले मानिसहरु छरिएर बस्नुको कारण छ । उनीहरुले रहरले त्यसरी फैलिएर बसेका होइनन् । उनीहरु खेती गर्न अनुकूल ठाउँको खोजीमा गएका हुन् । धेरैजसो खेतीयोग्य ठाउँहरु पहिरो गएकै ठाउँ हुन् । त्यसबाहेकका ठाउँहरुमा खेती गर्न सजिलो हुँदैन । झुप्प झुप्प बस्ती भएका ठाउँहरु वास्तवमा कुनै न कुनै रुपले पहिले पहिरो गएकै ठाउँ हुन् । त्यसैले बस्तीहरुलाई सुरक्षित ठाउँमा सार्ने प्रवन्धबारे सोच्नुअघि पहिरो आउन नदिने सुरक्षाका उपायहरु खोजिनुपर्छ ।
उदाहरणको लागि, सिन्धुपाल्चोकका जुरेमा २०१४ मा पहिरो जानुअघि अरनिको बाटोको निर्माणताका नै त्यहाँ पहिरो छ भन्ने थाहा थियो । जुरे पहिरोले थुपारेको माटो मै बसेको हो । त्यसैले जुरेमा माथिबाट भत्केर आउने ठाउँमा माथिबाट आउने सम्भाव्य पहिरोलाई रोकथाम गर्ने उपायहरु सोचिनु पर्छ भनेर पहिले नै भनिएको कुरा हो । तर तत्काल पहिरो नआएकोले वेवास्ता गर्दै गए । पछि त त्यहाँ सडक छेउ बजार नै बस्यो । ठूलाघरहरु नै बने । तर पछि पहिरोले सबै नाश गर्यो । त्यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने हिजो सुरक्षित भनिएका ठाउँहरुमा पछि कुनै न कुनै रुपमा पहिरो आउन सक्छ । सुरक्षित ठाउँ भनेको पहरा होलान तर त्यहाँ जीवन सम्भव छैन । परिवर्तित वर्षाको चरित्रले पहिरोको जोखिम झनै बढाएको छ । त्यसमा पनि भूउपयोगको तरिका नमिल्नाले समस्या थपेको छ। त्यसैले हाम्रो ध्यान वस्तीहरु स्थानान्तरण गर्ने हैन, पहिरो आउन नदिने र जोखिम कम गर्नेतिर लाग्नुपर्छ । त्यस्ता उपायहरु नभएका हैनन् तर प्रयोगमा आएका छैनन्।
परिवर्तित वर्षाको चरित्रले पहिरोको जोखिम झनै बढाएको छ । त्यसमा पनि भूउपयोगको तरिका नमिल्नाले समस्या थपेको छ। त्यसैले हाम्रो ध्यान वस्तीहरु स्थानान्तरण गर्ने हैन, पहिरो आउन नदिने र जोखिम कम गर्नेतिर लाग्नुपर्छ ।
भूकम्पले पहिरो ल्याएको पनि देखेका छौँ। हाम्रो भूगोल पटक पटकको भौगर्भिक उथल पुथलपछि बनेको कान्छोभूमि हो। अर्थात पहाड बन्ने क्रम एकातिर निरन्तर चलिरहेको छ भने अर्कोतिर पहिले हिमालय पर्वत श्रृङ्खलाको निर्माण हुँदा बनेका फल्टलाइन अर्थात ज्वाइन्टहरु कमजोर क्षेत्र मानिन्छन्। त्यसबाहेक बाँकी भाग पनि बलियो छैन । तर त्यस्ता क्षेत्रलाई नै पनि बलियो बनाएर बस्नु पर्ने हाम्रो बाध्यता हो । अरुले सिकाउन आउने हैन, हामीले नै सिक्नु पर्छ। त्यो कसरी भने वर्षामा आउने पानीको भलको व्यवस्थापन गर्न सकियो भने समस्या कम गर्न सकिन्छ । बदलिँदो वर्षाको परिवेशमा यो झनै आवश्यक भएको छ । धेरैजसो ढलको व्यवस्थापन नगर्नाले अनावश्यक ढङ्गले पहिरो आइरहेको छ ।
बाढीको कुरा गर्दा बेसीमा रहेका धान खेतहरु कुनै बेला बाढीले बगाएर ल्याएको पाङ्गोले नै बनेका हुन् । अर्थात, त्यस्ता बेसी क्षेत्रहरु बाढी आइरहने ठाउँ हो । त्यसैले हामीले बाढीको रोइलो गर्नुको सट्टा त्योसँग बाँच्न सिक्नु पर्यो । त्यो भनेको बाढी आउने ठाउँमै भौतिक संरचना बनाउनु भएन । आउने ठाउँमा खेती गर्ने र त्यसबाहेकका ठाउँमा बस्ती बसाएर बस्ने हो भने सुरक्षित हुन सकिन्छ । त्यसैले अब हामीले जलवायु परिवर्तनले यिनै समस्यालाई बढाउने हो त्यसैले त्यस्ता प्रतिकूलतासँग जुघ्ने हैन, त्यससँगै लय मिलाएर बाँच्न सिक्नुको विकल्प होला र?
तर अहिले जलवायु परिवर्तनले हाम्रा जीवनका विविध पक्षको लयलाई असर गर्ने गरी पारिरहेका असरहरुलाई राम्ररी बुझ्न र बुझाउन सकिरहेका छैनौं । बाढी पहिरो हाम्रा लागि सधैँको स्थायी समस्या हो । हिजो पनि यो थियो र भोलि पनि रहिरहने छ । कुरा यति मात्रै हो, जलवायु परिवर्तनका कारण त्यसको लयमा थप परिवर्तन आएको छ, त्यसको मात्रा बढेको छ र पहिलेभन्दा विध्वंशक बनेर आएको छ । जलवायु परिवर्तनका असरलाई बदल्ने असम्भव कोशिसतिर हैन, त्यसलाई न्यून गर्ने र व्यवस्थापन गर्ने हो । त्यसका लागि जलवायु परिवर्तनका कारण आएको परिवर्तनहरुसँगै अब हामीले आफ्ना कार्यशैली र जीवनशैलीमा परिवर्तन गर्नु जरुरी छ । त्यसैले हाम्रो उद्यम तिनको सामना कसरी गर्ने र त्यसको असरलाई कसरी न्यून गर्ने भन्ने नै हो ।
बाढी पहिरो हाम्रा लागि सधैँको स्थायी समस्या हो । हिजो पनि यो थियो र भोलि पनि रहिरहने छ । कुरा यति मात्रै हो, जलवायु परिवर्तनका कारण त्यसको लयमा थप परिवर्तन आएको छ, त्यसको मात्रा बढेको छ र पहिलेभन्दा विध्वंशक बनेर आएको छ ।
यस अर्थमा अबको हाम्रो प्रयत्न भनेको आजभन्दा चालीस वर्ष अघिको अवस्थालाई सिर्जना गर्नेतिर हुनुपर्छ । यसो भन्नुको अर्थ अहिले बनेका संरचनाहरुलाई भत्काउने भन्ने होइन । तर हिजो घरले चर्चेको जमीनमा सोसिने पानी अहिले घरको छतबाट झरेर सोझै ढलमा मिसिने गरेको छ । यो स्थितिलाई बदल्ने र पानीलाई जमीनमै सोसिने वा पठाउने उपायहरु गर्ने हो भने स्वभाविक रुपमा ढलमार्फत् पानीको प्रवाह अत्यधिक भएर खोलानालामा आउने बाढीको वेग र विध्वंशलाई न्यून गर्न सकिन्छ ।
पहाडमा पनि के परिवर्तन आइरहेको छ भन्ने कुरा थाहा पाउनु र महसूस गर्नुपर्यो । बाढी वा सुख्खा पीडितहरुसँग कुरा गर्दा उहाँहरुको धारणा कस्तो रहने गरेको छ भने यस वर्ष त समस्या भयो, अर्को वर्ष राम्रो होला भन्ने पाइन्छ । यसो भन्दाभन्दा वर्षौं बितिसकेको छ । सबैभन्दा पहिले ‘अर्को वर्ष त राम्रो होला नि’ भन्ने आशालाई चिर्नु जरुरी छ । अब भोलि राम्रो हुन्छ भन्ने आशालाई बदल्नु जरुरी छ। हो, हिजो एक वर्ष सुख्खा हुँदा वा बाढी पहिरो आउँदा तीन वर्ष राम्रो हुन्थ्यो । पहिले पनि खडेरी नपरेको, बाढी पहिरो नआएको होइन । बुझ्नुपर्ने कुरा के हो भने अबको बाढी पहिरो र सुख्खा फरक खालको छ । अब हिजोभन्दा बाढी पहिरो आउने र खडेरी लाग्ने छिटोछिटो हुँदै आएको छ । त्यसको प्रतिकूल प्रभाव झनै बढ्दै छ । त्यति बुझाउन सकियो भने के गर्ने भनेर मानिसहरु आफैं लय मिलाउने उपाय खोज्न थाल्छन् । जलवायु परिवर्तनको प्रभाव अब जीवनको अनिवार्य हिस्सा भएर आएको छ र त्यसअनुरुप आफ्ना खेतीपाती, खानपीन लगायत जीवनशैलीहरुमा परिवर्तन गर्नु जरुरी छ भनेर बुझाउन ढिला भइसक्यो ।
यस वर्ष त समस्या भयो, अर्को वर्ष राम्रो होला भन्ने पाइन्छ । यसो भन्दाभन्दा वर्षौं बितिसकेको छ । सबैभन्दा पहिले ‘अर्को वर्ष त राम्रो होला नि’ भन्ने आशालाई चिर्नु जरुरी छ । अब भोलि राम्रो हुन्छ भन्ने आशालाई बदल्नु जरुरी छ।
भौतिक संरचनाहरुको विनाश
पहिरो र बाढीले सबैभन्दा नोक्सानी गर्ने अर्को क्षेत्र हो भौतिक संरचनाहरु । भौतिक पूर्वाधारमा राज्यले सबैभन्दा बढी खर्च गर्ने सडक पुलजस्ता संरचनाहरु बाढी पहिरोले ध्वस्त बनाइदिन्छ । दशकौंदेखिको हाम्रो लगानी र मिहिनेत अकल्पनीय ढङ्गले नोक्सान हुन्छ । यसैपालि पनि असारको शुरुमा आएको बाढीले पूर्वको २५–३० वटा हाइड्रोपावरहरुमा नोक्सान पुर्यायो । बिजुली उत्पादन गर्न गाह्रो हुने गरी कुनै पूर्ण रुपमा क्षति भएको छ भने कुनै आंशिक । आर्थिक उन्नतिको लागि खर्च गरेको जलविद्यतु परियोजनाहरु आंशिक वा पूर्ण क्षति भएर काम नदिने अवस्थामा पुग्नुको एउटा जड कारण अप्रत्यासित रुपमा आएको भीषण वर्षा थियो जुन जलवायु परिवर्तनले गर्दा आएको मानिन्छ । क्षति पुगेका संरचनालाई सञ्चालन गर्न फेरि थप खर्च गर्नुपर्दा आम्दानी गर्नुपर्ने स्थानमा थप खर्च गर्नुपर्ने बनेको छ । त्यसैगरी, अरबौं लगानी र दशकौं समय खर्च गरी बल्लतल्ल सञ्चालनमा आउन लागेको मेलम्ची खानेपानी परियोजनामा दुई वर्षअगाडि मेलम्चीमा आएको बाढीले ठूलो क्षति भयो । पुनः अरबौं खर्च नगरी उक्त प्रणाली पूर्ण रुपमा सञ्चालन हुन सक्ने अवस्थामा छैन।
सामाजिक परिवेशमा भएको खलल
जलवायु परिवर्तनको तेस्रो ठूलो समस्या भनेको सामाजिक अवस्थामा पार्ने प्रभाव हो । यसलाई बुझ्न अलि लामो समयको पृष्ठभूमिलाई केलाउनु पर्छ ।
यसरी हेर्दा जलवायु परिवर्तनले अस्थायी वा स्थायी रुपमा नै भए पनि मानिसलाई विस्थापित गर्ने तथा इलम परिवर्तन गर्न बाध्य बनाउने गरेको देखियो ।
२०३८ सालमा ललितपुरको लेले भन्ने ठाउँमा ठूलो बाढी पहिरो आयो । त्योबेला लेले, भारदेव, नल्लु, भट्टेडाँडा लगायत ललितपुरका दक्षिणी भेगमा ठूलो असर गर्यो । उदाहरणीय घटना चाहिँ नख्खु खोला आउने नल्लु उपत्यकामा धानखेतहरु दुई तीन मिटर गेग्रानहरु ल्याएर पुरिए । त्यहाँका मानिसहरुमा ठूलो असर पर्यो । आफूले परम्परागत रुपमा गर्दै आएका खेतीपाती किसानीबाट विमुख हुनुपर्दा उनीहरु उपत्यकाको इटाभट्टामा काम गर्न थाले । त्यसले इलम परिवर्तन गरायो, मानिसलाई स्थानान्तरण गरायो । आज पनि खेती हुन नसकेको वा वर्षा अभावमा धानखेती बिग्रेका अवस्थामा नेपालगञ्जको बाँके क्षेत्रमा मानिसहरु जीविकोपार्जनको लागि भारततिर पसेका घटना ताजै छन् । यसरी हेर्दा जलवायु परिवर्तनले अस्थायी वा स्थायी रुपमा नै भए पनि मानिसलाई विस्थापित गर्ने तथा इलम परिवर्तन गर्न बाध्य बनाउने गरेको देखियो ।
बसाइसराइ
अहिले वर्षाको स्वरुपमा आएको परिवर्तनले पहिले जस्तो धेरै दिन लगातार पानी पर्ने हैन कि ह्वार्रै पानी पर्ने, एकैचोटी धेरै परिणाममा पानी पर्ने र त्यो छोटो समयमा रोकिने हुने गरेको छ । मौसम विभागले वैज्ञानिक तवरले पानी नाप्दा उत्तिनै पानी आएको देखिन्छ । उदाहरणको लागि १०० मिलिमिटर पानी आउनुपर्नेमा त्यति नै आएको छ । तर फरक के भइदियो के भने दुई चार दिनमा पर्नुपर्ने त्यो एकसय मिलिमिटर पानी अब एकदुई घण्टामै आउन थाल्यो । पहिले एउटा निश्चित समय लागेर पानी पर्दा त्यो पानी विस्तारै जमिनमा सोसिएर जान्थ्यो । तर अब त्यो पानी जमिनभित्र जान पाउँदैन । जमीनभित्र जान नपाएको पानी एकातिर ढलनालबाट खोलामा मिसिन पुग्दा त्यसले वितण्डाकारी बाढीको रुप लिन पुग्यो भने अर्कोतिर जमिनमुनीको पानी भण्डार रिचार्ज हुन नपाउँदा मुलहरु सुके र हिउँदामा खडेरी लाग्न थाल्यो । यसरी पानीको चक्र खल्बलिँदा स्वभाविक रुपमा खेतीपाती राम्रो हुन–गर्न सकिएन र उत्पादनमा कमी आउने भयो । पानी कै कारण अहिले धेरै गाउँहरुमा बसाइसराइको अवस्था डरलाग्दोसँग बढेको देखिएको छ । उदाहरणका लागि पाँचथरको यासोक, धनकुटाको पूर्वी भेग, तेह्रथुमबाट पानीकै कारण थुप्रै मानिसहरु बसाइसरेको समाचार आएको थियो । पानीका मुलहरु त सबै क्षेत्रत्रमा र अझ खासगरी उच्च पहाडी क्षेत्रमा सुकेका छन् । त्यसैगरी, धेरै पानी पर्ने ठाउँ संखुवासभाबाट पनि हिउँदमा पानीको मूल सुकेको कारण मानिसहरु बसाइसराइ गरेको समाचार आएको छ । पहिलेदेखि नै कष्टकर जीवन बिताइरहेकाहरु पानीको मूल नै सुकेपछि झनै आपतमा परे, उनीहरु आफ्ना थातथलोमा टिक्ने अवस्था रहेन । पहाडमा जनसंख्या घट्दै जानु र खेतबारीहरु बाँझो रहनुको एउटा मूल कारण यो पनि हो । सामान्य रुपमा नै खेतीपाती गरेर जेनतेन खाइरहेका र जीविकोपार्जन गरिरहेकाहरुको समस्यालाई वर्षाको स्वरुपमा आएको परिवर्तनले झनै बढाइदियो ।
पहिलेदेखि नै कष्टकर जीवन बिताइरहेकाहरु पानीको मूल नै सुकेपछि झनै आपतमा परे, उनीहरु आफ्ना थातथलोमा टिक्ने अवस्था रहेन । पहाडमा जनसंख्या घट्दै जानु र खेतबारीहरु बाँझो रहनुको एउटा मूल कारण यो पनि हो ।
तराईमा भूमिगत पानीको स्तर निरन्तर घट्दो छ । ३००, ४०० फिट सम्म गहिरिनु सामान्य भएको छ । साना खोलाहरु हिउँदमा बग्न छाडे । भएका पानीका स्रोत प्रदुषित छन्। फलतः पानी महङ्गो भएको छ ।
हामीले हालसम्म चिन्ता नगरेको तर गम्भिर हुनु पर्ने विषय भनेको अहिले सुकेका पानीका स्रोतमा आश्रित अन्य प्राणी हराउनु पनि हो । मुल र खोला सुक्दा पानीका स्रोत मात्र हराएन, त्यसमा निर्भर माछा, भ्यागुतो, र अन्य प्राणी पनि हराए। इकोसिष्टममा पुरा प्रभाव पर्यो । आज भन्दा ४ दशक अघिको सापेक्षित रुपमा सन्तुलित अवस्था अब छैन। हाम्रो आवश्यकता भने बढ्दो छ । यो ठूलो क्षति हैन र?
मानसिक दबाब
जलवायु परिवर्तनले नपत्याउँदो किसिमले पारेको अर्को ठूलो असर भनेको मानसिक दबाब हो । ४ दशक अघिसम्म रोजीरोटीका केही निश्चित तरिकाहरु उपलब्ध थिए । अबका पुस्तालाई के कसो गरी खाने भनेर ठम्याउनै गाह्रो छ । मानिसहरु अनिश्चितताले घेरिएका छन् । यो २१ औं शताब्दीको विश्वव्यापी समस्या नै पनि हो भनिन्छ । अबको पुस्तामा जीविकोपार्जनका लागि कठोर प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनको असरले जीविकोपार्जनका परम्परागत माध्यम खेतीपातीको सम्भावना न्यून बन्दै जानु र अर्कोतिर तीब्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले आजको पुस्ता तीब्र दबावमा छ र त्यसले उनीहरुमा एक किसिमको मानसिक असर पारेको छ । आजका पुस्ताका धेरै युवायुवतीहरु विवाह गर्ने कुराबाट पन्छिन खोज्नुको एउटा कारण उनीहरुले भोग्नुपरिरहेको तीब्र मानसिक दवाब पनि हो ।
अबको पुस्तालाई प्रगति गर्न र अगाडि बढ्न योग्यता र सीपको साथै पैतृक वैभव र सामाजिक हैसियत पनि चाहिन्छ, जुन धेरैको नहुन सक्छ। सो नहुनेहरु अर्काको प्रगतिलाई डिलमा बसेर हेर्न बाध्य हुनेछन् । यसमा जलवायु परिवर्तनले थप र अकल्पनिय जटिलता थप्दै अगाडिका बाटाहरु झनै अस्पष्ट बनाएको छ।
डिजिटल युगमा हुर्केका र संचारमा पहुँच भएकाले अहिलेको नयाँ पुस्तामा यी समग्र परिदृश्यहरुलाई अत्यन्त नजिकबाट बुझ्दै गएका छन् । उच्च शिक्षाका डिग्रीहरुका बाबजूद उनीहरुले काम पाइरहेका छैनन् । हिजो सामान्य अध्ययनले उच्च पदमा पुग्ने अवस्था थियो भने अबको नयाँ पुस्तालाई त्यो सुविधा छैन, उनीहरुको जीवनमा उच्च शिक्षाको बावजुद जीविकोपार्जनको सुनश्चितता छैन, जबकि ४ आनामा बनेको आफ्नै यौटा घर, गाडी होस् भन्ने चाहना राख्नु स्वभाविक ठानिने समाजमा उनीहरु हुर्के, बढे। । आज ६० वर्ष पुगेका पुस्ताले जसरी अहिले सम्म आफ्नो जीवन सम्हाले, अबको पुस्ताले ऊ ६० वर्षको हुन्छ कि हुन्न भन्नेमै पनि शंका गर्न थालेमा अनौठो नमाने हुन्छ । किनभने उनलाई औषधोपचार, जीविका लगायत हरक्षेत्रमा आवश्यक पर्ने आर्थिक सुरक्षाको प्रत्याभूति छैन । संयुक्त राष्ट्रसंघले सन् २०१९ मा निकालेको मानव विकास प्रतिवेदनले २१ औँ शताब्दीमा जुध्नु पर्ने यस्ता असमानताबारे के भनेको छ भने अबको पुस्तालाई प्रगति गर्न र अगाडि बढ्न योग्यता र सीपको साथै पैतृक वैभव र सामाजिक हैसियत पनि चाहिन्छ, जुन धेरैको नहुन सक्छ। सो नहुनेहरु अर्काको प्रगतिलाई डिलमा बसेर हेर्न बाध्य हुनेछन् । यसमा जलवायु परिवर्तनले थप र अकल्पनिय जटिलता थप्दै अगाडिका बाटाहरु झनै अस्पष्ट बनाएको छ।
जलवायु परिवर्तन ‘टेलिकनेक्टेड’ समस्या
धेरैलाई वातावरणीय र जलवायु परिवर्तनको समस्याबारे अलमल हुने गरेको देखिन्छ। यी दुई अलग अलग विषय हुन् र यसलाई स्पष्ट बुझ्नु पर्ने हुन्छ। वातावरणको विषय निश्चित क्षेत्रमा सीमित रहने विषय हो । जस्तै, बागमतीको प्रदुषण उपत्यकाभित्र मात्र सीमित हुन्छ । त्यसतल त्यसको असर न्युन भएर जान्छ । उपत्यकाबासीको प्रयासले यसमा सुधार हुन सक्छ । तर जलवायु परिवर्तनको सवालमा ’जुरिस्डिक्टसन’ अर्थात यति क्षेत्रभित्रको समस्या भन्ने हुँदैन, यो विषय वैश्विक हो । वर्षाको लयमा नै फेरबदल हुँदा यसको प्रभाव कम्तिमा पनि केही क्षेत्र विशेषको रुपमा देखिन्छ । जस्तै, मनसुनमा आएको फेरबदलले दक्षिण र दक्षिणपूर्वी एशियाका सबै क्षेत्र प्रभावित बनेका छन्। यो ’टेलिकनेक्टेड’ छ । अर्थात, हजारौं माइल टाढा रहेको प्रशान्त महासागरमा हुने तापक्रम गडबडीले नेपालको मौसममा असर पार्छ ।
गएको हिउँदमा खडेरी हुँदा हिउँदे वालीमा असर पर्यो । हिउँदे घाँस पर्याप्त उम्रन नसक्दा गाइबस्तुले घाँस राम्ररी खान पाएनन् । नेपालमा हिउँदे वर्षा ल्याउने हावा पश्चिमा वायु हो । सामान्यतः मंसिरपछि आउने हिउँदे वर्षाले हिउँदे बाली र हिउँदे घाँसपातलाई पानी आपुर्ति गर्नका साथै हिमालमा हिउँ थुपार्न समेत योगदान गर्दछ । तर ध्रुवीय क्षेत्रमा भएको तापक्रम बृद्धिले जमीनबाट ८ हजार मिटरभन्दा माथि बग्ने हावा (जेट स्ट्रीम)मा बदलाव आएको छ । सजिलोसँग बुझ्नको लागि जेट स्ट्रीम भन्नाले सगरमाथाको टुप्पो तिर बहेको देखिने हावा भनेर बुझ्न सकिन्छ । यस अघि एक निश्चित बाटो भएर बहने जेट स्ट्रीम ध्रुवीय क्षेत्रमा भएको ४ गुणा तापक्रम बृद्धिले अब आफ्नो मार्ग भन्दा वरपर नाच्न थालेको छ । नाच्ने क्रममा जेट स्ट्रीमले पश्चिमा वायुलाई दबाउन शुरु गरेको छ । गत साल यसो हुँदा हिउँदे वर्षा रोकियो वा कम भयो । यो दुरसम्बन्ध र प्रभावले हाम्रो वर्षाको लयमा पार्ने प्रभाव यसअघि कल्पना गरिएको थिएन। यो क्रम कसरी अगाडि बढ्छ, हेर्न बाँकी छ ।
तराईमा भूमिगत जल घटेको छ । त्यसो हुनुको प्राविधिक पक्ष आफ्नो ठाउँमा होला । तर एउटा कुरा के सत्य हो भने हाम्रो भूमिगत पानी मूलतः गंगा नदीको बेसिनसँग जोडिएको पानी हो । गंगा नदीको बेसिन प्रणाली पाकिस्तानदेखि भारत हुँदै बंगलादेशसम्मै जोडिएको छ । तसर्थ, हाम्रो भूमिगतपानीको स्रोतमा उनीहरुको प्रतिस्पर्धा पनि जोडिएको छ ।
तराईमा भूमिगत जल घटेको छ । त्यसो हुनुको प्राविधिक पक्ष आफ्नो ठाउँमा होला । तर एउटा कुरा के सत्य हो भने हाम्रो भूमिगत पानी मूलतः गंगा नदीको बेसिनसँग जोडिएको पानी हो । यो त्यही प्रणालीको हिस्सा हो । गंगा नदीको बेसिन प्रणाली पाकिस्तानदेखि भारत हुँदै बंगलादेशसम्मै जोडिएको छ । तसर्थ, हाम्रो भूमिगतपानीको स्रोतमा उनीहरुको प्रतिस्पर्धा पनि जोडिएको छ । त्यो पानी उनीहरुले अत्यधिक दोहान गर्दा यहाँ पनि अप्रत्यक्ष प्रतिस्पर्धा भयो । त्यसैले जलवायुका प्रभावहरुले अब स्रोतमाथिको प्रतिस्पर्धा बढाएको छ । यस्तो अन्तरसम्बन्ध बढ्दै जाने छ ।
अर्को उदाहरण पनि हेरौँ। हामीले 'पपकर्न' भनेर खाने मुरली मकै मूलतः अर्जेन्टिनाबाट आउँछ । त्यहाँ मकैको उत्पादनमा प्रभाव पर्दा स्वभाविक रुपमा हामीमा पनि प्रभाव पर्छ । यो कुरालाई हामीले ख्याल गरिरहेका छैनौं । जलवायु परिवर्तन भनेको यस्ता दुरसम्बन्धको समस्या पनि हो ।
वैश्विक समस्या भनेर हात बाँधेर बस्ने अवस्था छैन
हिजोसम्म हामीले जलवायु परिवर्तन भनेको विश्वव्यापी परिवर्तन हो भनेर बस्यौं । तर यो अन्तरनिर्भर छ भन्ने कुरालाई हामीले बुझ्नु जरुरी छ । उदाहरणको लागि, यसै वर्ष लिवियामा अकल्पनीय बाढी आउँदा त्यहाँ दशौं हजारको ज्यान गयो, हवाईमा डढेलोले टापुमा बसेको पर्यटक शहर ध्वस्त भयो । लिवियामा विस्थापितहरुलाई व्यवस्थापन गर्ने क्रममा सिर्जित प्रतिस्पर्धा र हवाईको शहर पुनर्निमाणमा लाग्ने लगानीले नेपालमा आउने वैश्विक सहयोगमा अवश्य असर पर्ने छ । सीमित संशाधनहरुमा प्रतिस्पर्धा बढ्दा त्यसको असर एक निश्चित ठाउँमा मात्र नभई विश्वव्यापी रुपमा नै पर्ने निश्चित छ ।
गतसाल पाकिस्तानमा बाढीले एक तिहाई पाकिस्तान डुबाउँदा तीसौँ अर्ब डलर बराबरको नोक्सानी भयो । त्यसबेला भएको धान, कपासको क्षति परिपूर्ति हुनुपर्यो । पाकिस्तानले पनि चामल आयात गर्नुपर्दा सीमित आपूर्ति प्रणालीमा दबाब थपिने हुन्छ, मुल्य बढ्छ । नेपालले पाउने सहायता वा सहयोगमा उनीहरुको पनि प्रतिस्पर्धा थपिने भयो ।
प्रकृतिको नयाँ लयसँगै बाँच्न सिक्नु जरुरी
यस अघि स्थापित प्रकृतिको लयसँग तालमेल मिलाउँदै हाम्रा पुर्खाहरुले यही भूगोलमा बाँच्न सिकेका थिए । अब त्यो सन्तुलन बिग्रदै जाँदो छ । अब प्रकतिले सिर्जना गरेको नयाँ लयसँगै तालमेल गर्ने र बाँच्न सिक्ने कुरा महत्त्वपूर्ण हो । हिजो असारमा धान लगाएर मंसिरमा धान काट्ने लय बसेको थियो । असार १५ मा हिलो खेलेर धान रोपिन्थ्यो । तर अब असार १५ मा सुख्खै हुन थाल्यो । यस्तो हुन थालेको निक्कै वर्ष भयो । प्रकृतिले लय परिवर्तन गरिसक्यो हामी चाहिँ पुरानै लय पक्रेर बसेका छौं । त्यसैले अब परम्परागत तरिकामा बदलाव ल्याउनु पर्यो । अब खेतीपातीमा सुख्खा–बाढी खप्न सक्ने उत्पादनहरुको विकास गर्न सिक्नुपर्यो । अब नयाँ थरिका वीउ बनाउनेतिर लाग्नु पर्यो जसले आफूलाई परिवर्तित परिस्थिति बमोजिम ढाल्न सकोस् ।
अब त्यो सन्तुलन बिग्रदै जाँदो छ । अब प्रकतिले सिर्जना गरेको नयाँ लयसँगै तालमेल गर्ने र बाँच्न सिक्ने कुरा महत्त्वपूर्ण हो ।
संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय ’मिलेट’ वर्षको रुपमा मनाउन आह्वान गरेको छ । मिलेट (जसमा कोदो, बाजरा, जुनेलो, चिनो लगायत पर्छ) लाई उपल्लो खाद्यान्न (सुपर फुड) पनि भनिन्छ । हामीलाई थाहा छ, पहाडमा कोदो लगाउने भनेको भदौमा हो । मकै भाँच्ने बेलामा कोदो रोपिन्छ। मकै रोप्दा हालिएको मल र वर्षा सकिएपछिको चिस्यानको भरमा कोदोको खेती गरिन्छ । कोदो कम मिहिनेतमा फल्ने र प्रचुर मात्रामा फाइदाजनक हुन्छ । अबको परिवर्तित जलवायुको अवस्थालाई सामना गर्न त्यससँग लय मिल्ने उत्पादनहरुमा ध्यान दिनुपर्ने भएकोले अब आउने खाद्य संकटलाई टार्न पानी धेरै नचाहिने, वर्षा भइहाल्दा पनि खासै असर नगर्ने, बञ्जर ठाउँमा पनि फलाउन सकिने मिलेट वर्गका खाद्यान्नमा हाम्रो ध्यान जानु पर्छ भनेर नै संयुक्तराष्ट्संघले अन्तर्राष्ट्रिय मिलेट वर्ष घोषणा गरेको हो ।
नीतिगत सवाल
जलवायु परिवर्तनका सन्दर्भमा नेपालमा नीतिगत रुपमा अपनाइएका कुराहरु शुरुवातीकालमा ठीकै थिए । जागरुकताको लागि ‘हरितगृह ग्याँसको मात्रा बढेकोले जलवायु परिवर्तनको असर देखिएको हो’ भन्ने कुरा ठीकै हो । त्यसपछि यसका असरहरुलाई न्यून गर्न र सामना गर्न हामीले आफ्नै घर आगनमा र जीवनशैलीमा के बदल्न सक्छौँ भन्ने कुरातिर चाहिँ प्रवेश नै गरेनौं ।
हामी सोझै ‘यो हामीले गरेको समस्या होइन, यो तिमीहरुले उत्सर्जन गरेको कार्बनले गर्दा हामीलाई समस्या भयो, यसमा हामीलाई सहयोग गर’ भनेर विदेशीहरुलाई भन्यौं र उनीहरुसँग सहयोगका लागि भन्दै आयौँ । सहयोग माग्नका लागि सानोतिनो खाका पनि तयार गर्यौं । त्यसका लागि केही सहयोग पनि प्राप्त हुँदै आएको छ । तर प्रभाव चाहिँ मुलुकभरि नै छ, जसलाई समग्रतामा सम्बोधन गर्नेतिर लाग्नु जरुरी छ ।
शुरुवाती समयमा जलवायु परिवर्तनका पदचाप पहिचान गर्दाका समयमा हामी ठीकै बाटोमा थियौं, समस्या पहिचान भइसकेपछि भने हामी अलमलिएका छौँ।
हिजो जलवायु परिवर्तनको सन्दर्भमा हिमालयका हिउँहरु पग्लिएको बारे बढी चर्चा हुँदा यो हिउँसँग मात्रै जोडिएको समस्या जस्तो लाग्थ्यो । तर यो हिउँदेखि लिएर मध्य पहाड, तराई उपत्यका सर्वत्र क्षेत्रसंग जोडिएको समस्या हो । त्यसैले यसका लागि त ती सबै ठाउँहरुका मानिसहरु जागरुक हुनुपर्ने र तद्अनुसार कामहरु गर्नुपर्ने होइन र ? त्यो बाटोमा हामीले लाग्नै सकेनौं । आर्थिक सहयोग प्राप्त भएपछि पनि जलवायु परिवर्तनले पारेको असरलाई सामना गर्न कहाँ के कसरी लगानी गर्ने भन्ने सवालमा हाम्रो खाका प्रभावकारी हुन पर्दछ । शुरुवाती समयमा जलवायु परिवर्तनका पदचाप पहिचान गर्दाका समयमा हामी ठीकै बाटोमा थियौं, समस्या पहिचान भइसकेपछि भने हामी अलमलिएका छौँ।
मध्य भारतका केही क्षेत्रहरुमा वर्षाको पानीलाई कसरी संकलन गर्न सकिन्छ भनेर अभियान नै शुरु गरिए । सडक निर्माण गर्दा चाहिने ढुंगा गिट्टीहरु झिक्दा बन्ने खाडलहरुलाई वर्षाको पानी संकलन गर्ने स्थानको रुपमा समेत उपयोगमा ल्याए । यस्ता उदाहरणीय कामबारे अध्ययन गर्न पश्चिमा मुलुकबाट समेत विज्ञहरु आउन थालेका छन् ।
जलवायु परिवर्तनको असरलाई कम गर्न स्थानीय रुपमा हामीले के गर्नु पर्छ भन्ने हेरिनु पर्दछ । जस्तो, बाढीपछि बाढी आइरहेको छ । सुख्खापछि सुख्खा भइरहेको छ । त्यसका विरुद्ध त केही गर्नु पर्यो नि ! तर त्यतातिर हाम्रो ध्यान नै केन्द्रीत छैन । अन्य मुलुकहरुमा भएका प्रयासबाट केही सिक्न सकिन्छ । उदाहरणको लागि, मध्य भारतका केही क्षेत्रहरुमा बाढीपहिरो सुख्खाले गर्दा खेतीपाती हुन नसक्दा धेरै किसानहरुले आत्महत्या गरेका खबरहरु बाहिर आए । पानीको लागि के गर्न सकिन्छ भनेर त्यहाँ वर्षाको पानीलाई कसरी संकलन गर्न सकिन्छ भनेर अभियान नै शुरु गरिए । सडक निर्माण गर्दा चाहिने ढुंगा गिट्टीहरु झिक्दा बन्ने खाडलहरुलाई वर्षाको पानी संकलन गर्ने स्थानको रुपमा समेत उपयोगमा ल्याए । यसरी एउटै कामले दुईटा उद्देश्य पूरा गर्न थालिएबाट स्थानीय समस्या क्रमशः सम्बोधन भएको देखिन्छ। यी प्रयासहरु सुख्खालाई सम्बोधन गर्न नै हो । यस्ता उदाहरणीय कामबारे अध्ययन गर्न पश्चिमा मुलुकबाट समेत विज्ञहरु आउन थालेका छन् । अर्को बाढीले असर गरेको ठाउँहरुलाई किसानहरुलाई कसरी बढी सक्षम बनाउने भनेर बाढीले डुबान गरेको समयमा हासँ पाल्ने, बोटहरु बनाएर पानीमाथि नै बाँच्न सक्ने अवस्था सिर्जना गर्ने जस्ता प्रयासहरु भए । यी उदाहरणले स्थानीय समुदायको जीविकोपार्जनको लयलाई परिवर्तित जलवायु अनुकुल बनाएको देखिन्छ ।
हामीले त्यस्ता उपाय गर्न बाँकी नै छ । कार्बनलाई सोस्नका लागि जंगल बढाउने र २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्नेतिर हाम्रो ध्यान गएको छ । सैद्धान्तिक रुपमा यो ठीक हो तर यो कुरा तत्कालको समस्यासंग जुध्ने सवालमा सहयोगी हुँदैन। हाम्रो कार्बन उत्सर्जन शून्य भएपछि पनि जलवायु परिवर्तनको असर नेपालमा कम भइहाल्दैन किनकि हाम्रो उत्सर्जन नै न्युन छ । अहिले नै कार्बन उत्सर्जनमा हाम्रो योगदान कम छ भने शून्य पार्दा पनि त्यो कम नै हुने हो ।
हाम्रो कार्बन उत्सर्जन शून्य भएपछि पनि जलवायु परिवर्तनको असर नेपालमा कम भइहाल्दैन किनकि हाम्रो उत्सर्जन नै न्युन छ । अहिले नै कार्बन उत्सर्जनमा हाम्रो योगदान कम छ भने शून्य पार्दा पनि त्यो कम नै हुने हो ।
अबको बाटो
के हामीले कार्बन डाइअक्साइडको उत्सर्जन कम होला वा रोकिएला र पहिलेको लयमा जाला भनेर पर्खेर बसेको हो ? आगामी दिनहरुमा बाढी पहिरो कम होला, सुख्खा खडेरी रोकिएला भनेर पर्खेको हो ? त्यस्तो स्थिति पनि नआउला भन्न सकिन्न तर कार्वन उत्सर्जन शून्यमा पुगे पछि पनि पुरानै अवस्थामा फर्कनको लागि दशकौँ लाग्न सक्छ । त्यतिन्जेल के गर्ने भन्ने कुरा चाहिँ हाम्रो प्राथमिकता र मुख्य चासोको विषय बन्नुपर्ने होइन र ?
पृथ्वीको तापक्रम बृद्धिलाई सन् २०३० सम्म १.५ डिग्रीमा सीमित गर्ने भनिएको छ । यसको अर्थ १.५ डिग्री सम्म हुने तापक्रम बृद्धिले ल्याउने प्रभाव हामीले भोग्नै पर्ने भयो । जबकि १.५ डिग्री सम्म हुने तापक्रम बृध्दिको प्रभाव कस्तो होला कल्पना मात्र गर्न सकिन्छ किनकि अहिले देखिएको बाढी, पहिरो, सुख्खा आदी केवल १.२ डिग्री तापक्रम बृध्दिको नतिजा हो ।
जलवायु परिवर्तनले मुलत चारवटा क्षेत्रमा प्रभाव पारेको देख्यौं– कृषि, पूर्वाधार, सामाजिक विखण्डन र युवाहरुमा आएका नैराश्यता ।
त्यसैले जलवायु परिवर्तन कृषि क्षेत्रको मुद्दा रहेछ । यो कृषि मन्त्रालयको पनि चासोको विषय हुनु पर्ने रहेछ । जलवायु परिवर्तनले कृषि पछि पूर्वाधारमा क्षति गर्दो रहेछ । यस हिसाबले यो पूर्वाधार हेर्ने मन्त्रालयको पनि चासो र सरोकारको विषय हुँदो रहेछ । तर यस मुद्दालाई अहिलेसम्म वन तथा वातावरण मन्त्रालयको मात्रै सरोकारको मुद्दा जस्तो बनाइएको छ । हुनुपर्ने चाहिँ सबैभन्दा ठूलो चिन्ताको विषय कृषि मन्त्रालयको हुनुपर्थ्यो, ताकि धेरै जनसंख्या आश्रित भएको मानिएको कृषि क्षेत्रमा परेको प्रभाव सम्बोधन हुने अवस्थामा हामी हुन्थ्यौँ । संसदमा यो विषयमा सघन छलफल हुने अवस्था बन्थ्यो। तर हाम्रो समस्या, कृषिको कुरा गर्दा त्यहाँ कृषि कार्यक्रमको कुरा हुन्छ, तर जलवायु परिवर्तन छलफलको मुद्दा नै बन्दैन । यसबारेमा कुराकानी नै हुँदैन । समस्या यो हो । यस विषयलाई संरचनागत रुपमै स्थापना गर्न जरुरी भइसकेको छ ।
हाम्रो समस्या, कृषिको कुरा गर्दा त्यहाँ कृषि कार्यक्रमको कुरा हुन्छ, तर जलवायु परिवर्तन छलफलको मुद्दा नै बन्दैन । यसबारेमा कुराकानी नै हुँदैन ।
जलवायु परिवर्तनले पूर्वाधार मन्त्रालय, खानेपानी, शहरी विकासले हेर्ने क्षेत्रहरु पनि अत्यधिक प्रभावित हुने क्षेत्रहरु हुन् । पर्यटन पनि त्यसबाट प्रभावित हुन्छ । बन तथा जंगल जोगाउने सन्दर्भमा बन तथा वातावरण मन्त्रालयको भूमिका रहन्छ । यसरी प्रभाव अनुसार संस्थागत क्रम मिलेको खण्डमा जलवायु परिवर्तनले स्थानीय स्तरमा पारिरहेका असरहरु तथा तिनलाई सामना गर्ने उपायहरुको बारेमा क्रमशः सम्बोधन हुन सक्छ ।
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको जलवायु परिवर्तन भनेको के हो र त्यसले स्थानीय स्तरमा पारिरहेका असरहरु के हुन् भन्नेबारे राम्रो संप्रेषण भएन । शुरुमा हिउँबाट शुरु भयो । हाम्रो चिन्ता हिमाल नाङ्गो भयो भन्ने बढी रह्यो, तर अरु क्षेत्र पनि उत्तिकै प्रभावित भइसकेका छन्। जलवायु परिवर्तनले पारेका असरहरु र क्षेत्रहरुको पहिचान गरेपछि न बल्ल त्यसलाई कसरी सम्बोधन गर्ने तथा त्यसँसग लय मिलाएर अगाडि बढ्ने भन्ने उपायहरु खोजिएला नि ! अवस्था फरक परेर गइरहेको छ तर हाम्रा प्रयासहरु सो अनुरुप हुन सकेको देखिदैन । यसले समस्या निराकरण हुने होइन कि थप समस्याहरु मात्रै थुप्रिँदै जानेछ । जलवायु परिवर्तनले जीवनको हरक्षेत्रलाई प्रभावित गर्छ र प्रभावित गरिरहेको छ भनेर सोच्ने र व्याख्या गर्ने काम नै भएन । जलवायु परिवर्तनका सवालमा हामीले शास्त्रीय कुराहरुलाई बोकेर बसेका छौं । उदाहरणको लागि, कृषिको कुरा गर्दा मल, बीउ र किटनाशक हाम्रो मूल ध्याउन्न बन्छ तर जलवायु परिवर्तन त्यसको चासो र चिन्ताको विषय बन्दैन । जबकि त्यो पनि मूल चासो र चिन्ताको विषय भइसक्नु पर्ने हो । १.५ डिग्रीसम्म तापक्रम बृध्दि हुँदा, जुन अवश्यम्भावि भइसक्यो, हाम्रो कृषिको अवस्था के होला? त्यो अबस्थाको बारेका घोत्लिने बेला भएन र?
जलवायु परिवर्तनका सवालमा हामीले शास्त्रीय कुराहरुलाई बोकेर बसेका छौं । उदाहरणको लागि, कृषिको कुरा गर्दा मल, बीउ र किटनाशक हाम्रो मूल ध्याउन्न बन्छ तर जलवायु परिवर्तन त्यसको चासो र चिन्ताको विषय बन्दैन । जबकि त्यो पनि मूल चासो र चिन्ताको विषय भइसक्नु पर्ने हो ।
कृषिको कुरा गर्दा वास्तवमा कृषि हाम्रो जीवनको मुलआधार हो । कोभिडमा सबै उपायहरु बन्द हुँदा मानिसहरुले आफ्नो जीविकाको मूल आधार कृषिमै फर्के । कृषि हाम्रो नसा नसामा भिजेको छ । त्यही कारण नै हामी शहरमै बसे पनि दुई चार घोगा मकै, खुर्सानी, सागपातहरु फलाए र खान्छौं । अप्रत्यक्ष रुपमा हेर्ने हो भने त्यो पनि कृषिको राष्ट्रिय उत्पादनमा हाम्रो योगदान हो । त्यो हिसाबले हेर्दा जलवायु परिवर्तनको असरले कृषि क्षेत्र नाजुक भइसक्यो । मानिसहरु विस्थापित भइरहेका छन् । यसपालि नै पनि तराईमा भएको खडेरीले धानको उत्पादनमा निक्कै कमी आउनेवाला छ । त्यो कति परिणाममा होला र त्यसबाट उत्पन्न हुने स्थितिलाई कसरी सामना गर्नेभन्नेबारे अहिलेदेखि नै सोचविचार र तयारी हुनुपर्ने हो तर छैन । धानको विकल्पमा के उपभोग गर्न सकिन्छ भनेर अहिलेदेखि नै सचेनता र जनस्तरमा आव्हान गर्ने अभियान थाल्नुपर्ने होइन र ?
तर हाम्रो मूल ध्याउन्न कार्बन उत्सर्जनमा कमी ल्याउनेमा केन्द्रित छ । सैद्धान्तिक रुपमा यो आफैंमा गलत होइन । विश्व समुदायको सदस्यको हैसियतले आवश्यक पनि हो । तर हाम्रो सन्दर्भमा मूल प्राथमिकता र चासो–चिन्ताको विषय भने परिवर्तित अवस्थासंग लय मिलाउन सिक्नु नै हो । त्यसको लागि जलवायु परिवर्तनका सन्दर्भमा हरेक क्षेत्रमा के भइरहेको छ भन्नेबारेमा हामीलाई जानकारी हुनु पर्छ । माटोमा, पानीमा, जलचक्रमा, वनस्पतिमा, पशुपंक्षीमा, किरा फटयाङ्ग्राको इकोसिष्टममा के प्रभाव परेको छ भन्ने जानकारी नभएसम्म के गर्ने भन्ने उपायहरु पनि आउँदैन । फलतः त्यससँग सामाना गर्ने सतर्कता, योजना, उपायहरुबारे हामीसँग कुनै सोचविचार र खाकाहरु बन्न सक्ने अवस्था हुँदैन ।
हाम्रो सन्दर्भमा मूल प्राथमिकता र चासो–चिन्ताको विषय भने परिवर्तित अवस्थासंग लय मिलाउन सिक्नु नै हो । त्यसको लागि जलवायु परिवर्तनका सन्दर्भमा हरेक क्षेत्रमा के भइरहेको छ भन्नेबारेमा हामीलाई जानकारी हुनु पर्छ ।
जलवायु परिवर्तनको विषय स्थानीय स्तरमा पारेको असरहरुको घनत्वलाई कम गर्ने, त्यसलाई सामना गर्ने र त्यससँग लय मिलाएर कसरी बाँच्न सिक्ने भन्नेबारे चिन्तन, मनन गर्ने, योजनाहरु बनाउने र युद्धस्तरमा त्यसलाई क्रियान्वयन गर्नेतिर लाग्ने विषय हो । त्यसैले हाम्रो ध्याउन्न कार्बन उत्सर्जन कम गर्ने त हुनुपर्छ तर त्योभन्दा पहिले स्थानीय स्तरमा भोग्नुपरिरहेका समस्याहरुमै बढी केन्द्रीत हुनुपर्छ ।
मेलम्ची र पूर्वका जलविद्युत परियोजनाहरुमा भएको क्षति, तराईमा भएको २०७४ को अरबौंको नोक्सानहरु त रिपोर्टिङमा आएका क्षति हुन् । त्यसबाहेक, अरु क्षतिहरुको हिसाब किताब नै छैन । उदाहरणको लागि, मेलम्चीबाट मानिसहरु विस्थापित भएको, त्यहाँको अन्य व्यक्तिगत भौतिक संरचना र कृषि भूमिको क्षतिको त लेखाजोखा नै छैन । त्यस्तो हरेक वर्ष कुनै न कुनै ठाउँमा भइरहेको छ । वर्षेनी बाढी पहिरोले गरेका क्षतिहरुले हाम्रो आर्थिक जगलाई निरन्तर पुर्याएको क्षतिको लेखाजोखा कहिल्यै भएन ।
वास्तवमा भन्ने हो भने जलवायु परिवर्तनको असरले स्थानीय रुपमा हाम्रो सामाजिक आर्थिक स्थिति निक्कै नाजुक भइसकेको छ । राष्ट्रिय रुपमा नै पनि हेर्दा यसपालि हामीले धान आयात गर्न समेत अनुरोध गर्न पर्यो । तर अन्यत्र समेत जलवायु परिवर्तनले पारेको असरको प्रतिफल यतिखेर पैसा तिरेर किन्न समेत नपाइने अवस्था आएको महसुस हुन थालेको छ ।
भुल्नै नहुने कुरा के हो भने हाम्रो अर्थतन्त्रको ’लाइफलाइन’ अन्ततोगत्वा कृषि नै हो तर जलवायु परिवर्तनको असरले कृषि उत्पादन व्यापक मात्रामा घटिरहेको छ । विश्वव्यापी रुपमा नै पनि कृषि उत्पादनमा कमी आइरहेको छ र त्यसको अप्रत्यक्ष असर हामीले पनि भोगिरहेका छौं ।
त्यसैले सबैभन्दा मुख्य कुरा जलवायु परिवर्तनका वैश्विक कुराहरु गर्नुभन्दा पनि मुख्य र महत्वपूर्ण कुरा– यसले हामीलाई स्थानीय स्तरमा के कस्तो असरहरु गरिरहेका छन् र त्यसको घनत्व कति गहिरो–व्यापक छ भनेर थाहा पाउनु पर्छ । त्यसबारेमा चासोचिन्ता र छलफल चाहियो । भुल्नै नहुने कुरा के हो भने हाम्रो अर्थतन्त्रको ’लाइफलाइन’ अन्ततोगत्वा कृषि नै हो तर जलवायु परिवर्तनको असरले कृषि उत्पादन व्यापक मात्रामा घटिरहेको छ । विश्वव्यापी रुपमा नै पनि कृषि उत्पादनमा कमी आइरहेको छ र त्यसको अप्रत्यक्ष असर हामीले पनि भोगिरहेका छौं । यो स्थितिमा कृषिको परम्परागत खेतीको तौरतारिकाहरुलाई नयाँ परिवेशमा ढाल्नु जरुरी छ । कृषि वास्तवमा हिम्मतको कुरा र जुवा खेल्नु जस्तै हो । परिस्थिति प्रतिकुल बन्दै जाँदा ठूलो संख्यामा मानिसहरु कृषिबाट विस्थापित हुँदै जाने चिन्ताजनक स्थिति पैदा भएको छ ।
सारमा भन्दा, नेपाल जस्तो देशमा जलवायु परिवर्तनका असरहरुको समाधान कार्बन उत्सर्जनमा कमी ल्याउने मात्रै होइन, त्यसले पारेका असरहरुबाट थाहा पाउने र त्यसलाई सामना गर्नका लागि उपायहरुको खोजी गर्ने नै हो । हामीले गर्नुपर्ने कुरा भनेको, जलवायु परिवर्तनका असरहरुको व्यापकताबारे र त्यसले पारिरहेका असरहरुबारे स्थलगत अध्ययन गर्ने हो । किनकि, रौतहट र रामेछापको समस्या फरक हुन सक्छ। म्याग्दी र मुस्ताङ्ग त फरक हुने नै भए । यहाँसम्म कि एकै जिल्लाभित्र पनि लेक र बेसीको समस्या फरक छन्। नेपाल जैविक विविधतामा जति धनी छ, यस भूगोलभित्रका जलवायुसंग जोडिएका समस्या त्यतिनै छन् । त्यस आधारमा जलवायु परिवर्तनका असरहरुलाई बुझेर त्यसको प्रभावलाई न्यून गर्ने उपायहरुका साथ, त्यसको लयमा लय मिलाउँदै बाँच्न सिक्नुको विकल्प छैन । जलवायु परिवर्तनले ल्याएका अवस्थासँग लय मिलाएर बाँच्न सिक्नु तथा त्यसका लागि आवाज उठाउनु जरुरी भइसकेको छ । त्यसरी आवाजहरु उठेपछि जिम्मेवार निकाय र व्यक्तिहरुले छलफल गर्लान् । जनप्रतिनिधिहरुले विज्ञहरुसँग छलफल गर्लान् र विश्वव्यापी रुपमा हामी जस्तै आर्थिक अवस्थाका मुलुकमा मानीसहरु के गरिरहिएको छ भनेर खोजीनीति गरिएला । त्यसैले सबैभन्दा पहिले जलवायु परिवर्तनले पारेको असरसँग लय मिलाएर बाँच्न सिक्न थाल्नु पर्यो भन्ने कुरा बुझ्नु र बुझाउनु आवश्यक छ ।
त्यसबाहेक, आम मानिसले स्थानीय स्तरमा जलवायु परिवर्तन असरहरुलाई सम्बोधन गर्न के योजना बनेको छ भनेर आफ्ना प्रतिनिधिहरुलाई सोध्ने र घच्घच्याउने काम गर्नु जरुरी छ । त्यसो भयो भने मात्र बल्ल यस मुद्दाका बारेमा सबैले सोच्ने र राष्ट्रिय चासोको विषय बन्नेछ ।
जलवायु परिवर्तन यतिखेर संसारभरिनै प्रमुख चासो र चिन्ताको मुद्दा भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरुको अठ्ठाइसौं सम्मेलन ‘कोप–२८’ आगामी मंसिर १४ देखि २६ गतेसम्म आयोजना हुन गइरहेको छ । संयुक्त अरब इमिरेट्समा आयोजना हुने सो सम्मेलनमा नेपालले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भाग लिँदैछ ।
नेपालको सन्दर्भमा जलवायु परिवर्तन भनेको के हो ? त्यसले पारेका असरहरु के कस्ता छन् ? त्यसका असरहरुबाट बच्ने–सामना गर्ने उपायहरु के हुन सक्छन् ? मूलतः यी सवालहरुमा केन्द्रीत रहेर जलाधारविद् मधुकर उपाध्यासँग दायित्वबोधका लागि चन्द्र खाकीले विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत आलेख सोही कुराकानीमा आधारित रही तयार गरिएको हो ।
प्रतिक्रिया