साहित्यकार सङ्ग्रौलालाई वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान
प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई नगद पुरस्कारसहित ‘वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान'द्वारा सम्मानित गरिने भएको छ ।
बैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आगामी मंसिर १० गते मध्यपुर थिमिको यचू पार्टी भेन्यूमा एक कार्यक्रमको आयोजना गरी सङ्ग्रौलालाई दिउँसाे १ बजे सम्मानित गर्ने कार्यक्रम रहेको आयोजक संस्था बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।
उक्त कार्यक्रम नेपाल भाषाका वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा हुने जानकारी पनि प्रतिष्ठानका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले दिएका छन् ।
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
प्रतिक्रिया