भारतले वान्टेड सूचीमा राखेका मुजाहिद्दीन नेताहरूको भकाभक हत्या !

भारत सरकारको मोस्ट वान्टेड सूचीमा रहेका दुई दर्जन व्यक्तिहरुको विगत दुई वर्ष यता पाकिस्तानमा रहस्यमय परिस्थितिमा हत्या भएको छ। तर पाकिस्तान सरकार र ती हत्या गरिएका व्यक्तिहरु सम्बद्ध रहेका मुजाहिद्दिन संगठनहरुले यी घटना बारे कुनै प्रतिक्रिया जनाएका छैनन्।
यसरी हत्या गरिएका कमान्डरहरु लश्कर-ए-तैयबा, हिज्बुल मुजाहिदिन, जैश-ए-मोहम्मद र खालिस्तान आन्दोलनसंग सम्बन्धित छन्।
पछिल्लो पटक यसै नोभेम्बर महिनाका दुई हप्ताभित्रै लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद तीन जना वरिष्ठ कमान्डरहरुको हत्या भएको छ। जसमध्ये जैश-ए-मोहम्मदका मुख्य नेता मौलाना मसुद अजहरका नजिक सहयोगी र लश्कर-ए-तैयबाका वरिष्ठ नेता समेत सामिल छन्। भारत सरकार विरुद्ध लडिरहेका मुजाहिद्दिन समुहका नेताहरुको हत्या शृंखलाको सुरुवात २००८ को मुम्बई हमलाका योजनाकार भनी आरोपित लश्कर-ए-तैयबाका संस्थापक हाफिज सैयद माथि आक्रमण बाट सुरु भएको थियो। त्यस हमलामा उनी मुश्किलले बँचेका थिए। यी हत्याहरुका शैली एकै प्रकारको रहेको छ। मोटरसाइकलमा चढेर आउने अपरिचित व्यक्तिले भारत सरकारले खोजी गरिरहेका व्यक्तिलाई गोली हानेर हत्या गर्ने गरेका छन्।
यी घटनाहरुको अनुसन्धानमा संलग्न पाकिस्तानी कर्मचारीहरु यसको पछाडी शत्रु देशको जासुसी निकायको संलग्नता रहेको दावी गर्छन् । उनीहरुले नाम नकिटेपनि त्यो देश भारत हो भनेर अनुमान लगाउन मुश्किल छैन ।
स्मरण रहोस्, यसअघि भारतमा स्वतन्त्र खालिस्तानको माग गर्ने कुराको समर्थक सिख नेताको हत्या क्यानडामा यस्तै तरिकाले गरिएको थियो । उक्त हत्याको दोष क्यानडा सरकारले भारतमाथि लगाएको थियो । उक्त प्रकरणपछि क्यानडा – भारतबीचको द्विपक्षीय सम्बन्धमा निक्कै ठूलो दरार आएको छ ।
यो पनि हेर्नोस्

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्री मारिए

अमेरिका–रूस शिखर बैठक

प्राचीन मन्दिर वरिपरि क्याम्बोडिया र थाईल्याण्डबीचको युद्ध

थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध

ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पको युक्रेन नीति 'यू-टर्न' हो कि रणनीतिक छायाँ युद्ध?

प्रतिक्रिया