इजरायल हमासबीच युद्धविराम हुने

पश्चिम एशियाको गाँजापट्टीमा युद्धरत इजरायल–हमास र अमेरिकाबीच युद्धविराम हुने खबर सार्वजनिक भएको छ ।
वासिङटन पोष्टलाई हवाला दिँदै समाचार संस्था रोयटर्सले प्रकाशित गरेको जानकारी अनुसार कम्तिमा पाँच दिनका लागि युद्धविराम गर्ने र हमासले बन्धक बनाएकाहरुमध्ये बालबच्चा, महिला तथा विरामीहरुलाई रिहा गर्ने सहमति भएको छ ।
त्यसअनुसार ६ पेजको सम्झौता पत्र तयार गरिएको तथा हमासले बन्धक बनाएका मध्ये ५० वा सोभन्दा बढीलाई ससानो समूहमा चरणबद्ध रुपमा रिहा गर्ने सहमति भएको छ ।
वासिङटन पोष्टले उक्त वार्ताबारे जानकारहरुको हवाला दिँदै हिजो शनिवार उक्त सामाचार प्रकाशित गरेको थियो ।
स्मरण रहोस्, हमासले गत अक्टोबर ७ गते इजरायलमा गरेको अप्रत्याशित छापामार आक्रमणमा १२०० भन्दा बढी इजरायलीहरुको हत्या गर्नुको साथै २४० जना जतिलाई बन्धक बनाएको थियो । त्यस आक्रमणमा परी १० जना नेपालीहरुको पनि ज्यान गएको थियो । त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा जारी राखेको हवाइ हमलामा दशौं हजार निर्दोष प्यालेष्टिनीहरुको हत्या भइसकेको छ । बदलाको कारवाहीमा इजरायलले अस्पताल, स्कुल तथा शरणार्थी शिविरहरुमा समेत अन्धधुन्ध हवाइ तथा स्थल आक्रमण गरेर भयानक युद्ध अपराध गरिरहेको छ । तर अमेरिका तथा युरोपको साथ समर्थन पाएको इजरायलको यो युद्ध अपराध निर्वाध रुपमा चल्दै आएको छ ।

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

प्रतिक्रिया