२७ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक
 
              
              
              
              
              
              
              
              
              २७औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात परेको छ। प्रतियोगितामा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले नेपालका लागि उक्त पदक हात परेका हुन्।
उक्त ओलम्पियाड २०८० साल कार्तिक २० देखि २८ सम्म चीनको राजधानी बेइजिङ भएको आयोजना गरिएको थियो ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको ५ । यसअघि नेपालले सन् २०१९ र २०२३ मा पनि कास्य पदक हात पारिसकेको छ ।
सन् २०१४ बाट सुरु राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिदै आएका छन्। नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिदै आएको हो। त्यसरी विभिन्न आलम्पियाडहरुमा भाग लिएर हालसम्म विद्यार्थीहरुले नेपालका लागि १२ अनरेबल मेन्सन अवार्ड तथा १ कास्य पदक हात पारिसकेका छन्। त्यसै गरी, सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीहरुले ३ अनरेबल मेन्सन अवार्ड हात परेका छन्। योसंगै नेपालले विभिन्न हालसम्म ३ कास्य पदक तथा १५ अनरेबल मेन्सन अवार्ड हात परिसकेको छ।
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड के हो?
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिश गरिदै आइएको छ। सन् २०१४ बाट सञ्चालन गरिएको यस प्रतियोगिताबाट ३००० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय ओलिम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड कक्षा ८–१२ अध्ययनरत १३–२० वर्षका विद्यार्थीहरुलाई जुनियर तथा सिनियर विधामा छनौट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनौट परिक्षा सञ्चालन हुने एक राष्ट्रिय कार्यक्रम हो।
 
            आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
 
            पृथ्वीबाहिर जीवन छ कि छैन ?
 
            वर्षामापनको विज्ञान
 
            ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
 
            सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
 
            वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन
 
            सबै मानिसहरु ताराको धूलोको कण !
 
             
                             
                  
                 
                   
                   
                   
                   
                  
प्रतिक्रिया