छाउरो, हड्डी र स्वतन्त्रता

हाम्रो घरपछाडिको पर्खालले घेरिएको खुलास्थानमा एउटा केटा आफ्नो सानो कुकुर शारिकलाई साङ्लोले बाँधेर राख्ने गर्थ्यो । त्यो छाउरो हुँदासम्म उक्त साङ्लो कुनै हथकडीजस्तै उसको रौंले भरिएको गर्धनको चारैतिर तबसम्म बेरिएर रहन्थ्यो ।

एक दिन मैले कुखुराका केही हड्डीहरु लिएँ । मनतातो उक्त हड्डीबाट स्वादिष्ट गन्ध आइरहेको थियो । त्यसबेला केटाले पनि आफ्नो कुकुरलाई डुल्न खुल्ला छाडिदिएको थियो । त्यहाँ बाक्लो र पत्रैपत्र वरफ थियो । त्यसमा शारिक हरिण जस्तै उफ्रिएर दौडिरहेको थियो । त्यसले कहिले पछाडिको खुट्टामा र फेरि अगाडिको खुट्टामा, पर्खालले घेरिएको उक्त खुला स्थानमा एउटा कुनाबाट अर्को कुनामा, अगाडि पछाडि... आफ्नो थुतुनोलाई वरफमा गाड्दै दौडिरहेको थियो ।

त्यो कुकुर मतर्फ दौडिएर आयो । त्यो भुत्ले कुकुर थियो । त्यो म भएतिर उफ्रियो, हड्डीलाई सुँघ्यो र फेरि फर्केर बरफको काखतिरै फर्केर गयो ।

'मलाई तिम्रो हड्डीको आवश्यकता छैन,' उसले भन्यो, 'मलाई मेरो स्वतन्त्रता मात्रै देऊ !'

Photo: https://cdn.britannica.com/78/83678-050-7B752CFA/Aleksandr-Solzhenitsyn.jpg