गाईप्रति प्रेमको मार्मिक कहानी, जब गाई हराउँदा पात्रले आफैलाई आफ्नो गाई ठान्न थाल्छ !
चर्चित इरानी फिल्म 'गाव' (द काऊ)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520cow_KylnLHSI5h_hg6swachgucizpb3tv0emqvbxqnsshrzydwfcqceojwqbp36zqlpmgn25vrw_ja6gU2PmqP_qw5ugtnosctejt0adthksivemcu4b4nbj5iriqvi7qglqync7tv8ghzowyz7.webp)
म मश्त-हसन होइन, म मश्त-हसनको गाई हुँ !
झट्टै विश्वास गर्न मुस्किल पर्छ, सन् १९६९ सालमा इरानमा एउटा यस्तो फिल्म बनेको थियो, जसमा एउटा गाउँले मान्छेले आफ्नो गाईलाई अगाध प्रेम गर्छ र त्यो गाईको अकाल मृत्यु हुँदा वियोगमा उसले पनि प्राण त्याग गर्छ। बिश्वास नलागे पनि यो सत्य हो। यो फिल्मको नाम हो - "गाव"। ग़ुलाम-हुसैन सईदीको कथामा आधारित यो फिल्मलाई दारिउश मेहरजुईले निर्देशन गरेका थिए। यो फिल्ममा मुख्य भूमिका इज़ातोल्ला इंतेज़ामीले निर्वाह गरेका थिए।
फिल्मको कथा यस प्रकार रहेको छ। ईरानको एउटा गाउँमा मश्त-हसन एक मात्र व्यक्ति हुन्, जोसँग गाई छ। पुरै गाउँलाई त्यही गाईबाट दूध प्राप्त हुन्छ । मश्त-हसनक एक जना श्रीमती छिन् । उनीहरुको कुनै बच्चा छैन। उनले आफ्नो गाईलाई संसारमा सबैभन्दा बढी प्रेम गर्छन्। उनले गाईलाई एकदमै स्नेहपूर्वक पोखरीमा नुहाइदिन्छन, आफ्नै हातले चारो खुवाउँछन्, शहरबाट घन्टीहरु किनेर ल्याइदिन्छन्। अरु कसैलाई आफ्नो गाईलाई छुन समेत दिदैनन्। जब आफ्नो गाउँ छेउछाउतिर गाईबस्तु चोर्ने डाकुहरुको गिरोह सक्रिय भएको खबर फैलिन्छ, उनी आफ्नो गाई हराउने डरले गोठमै सुत्न थाल्छन।
गाउँमा नसोचेको घटना हुन्छ। मश्त-हसनको गाईको रहस्यमय ढङ्गले मृत्यु हुन्छ। उसकी श्रीमती छाती पिटीपिटी रुन थाल्छे। गाउँलेहरु जम्मा हुन्छन्। मश्त-हसन फर्केपछि उसलाई कसरी यो कुरा भन्ने होला भनेर साउती गर्न थाल्छन्।
एक पटक मश्त-हसनलाई केही काम परेर शहर जानु पर्ने हुन्छ । यता गाउँमा नसोचेको घटना हुन्छ। मश्त-हसनको गाईको रहस्यमय ढङ्गले मृत्यु हुन्छ। उसकी श्रीमती छाती पिटीपिटी रुन थाल्छे। गाउँलेहरु जम्मा हुन्छन्। मश्त-हसन फर्केपछि उसलाई कसरी यो कुरा भन्ने होला भनेर साउती गर्न थाल्छन्। सबै गाउँलेहरु मिलेर त्यो गाईलाई एउटा कुवामा गाडिदिन्छन् र मश्त-हसनलाई उसको गाई गोठबाट भाग्यो र सबै गाउँलेहरु उसलाई खोज्न जंगल गएका छन् भनेर भन्ने निर्णय गर्छन्।
मश्त-हसन फर्केपछि आफ्नो प्यारो गाईलाई गोठमा नदेखेर बिलखबन्द पर्छ। गाउलेहरुले बताएको कुरामा उनलाई विश्वास लाग्दैन । उनी भन्छन्– मेरो गाईले मलाई छोडेर यसरी जानै सक्दैन। उसको मानसिक अवस्था यति नराम्ररी विग्रन्छ कि उनी आफैलाई आफ्नो गाई ठान्न थाल्छन्। उनी गाईको गोठमा बस्न थाल्छन् र गाईकै चारो खान थाल्छन्। गाई जस्तै बाँ बाँ गरेर कराउन थाल्छन् र भित्तामा टाउको ठोक्न थाल्छन्।
फिल्मको सबभन्दा मार्मिक दृश्य अन्त्यमा आउँछ। गाउँलेहरूले मानसिक उपचार गराउन मश्त-हसनलाई डोरीले बाँधेर शहरतर्फ लैजादै गरेका हुन्छन्। बाटोमा एउटा ढिस्कोमा पुगेर उनी अगाडि जान मान्दैनन्। पानी परिरहेको हुन्छ। यो झन्झटबाट दिक्क भएर एकजना गाउँलेले उसलाई गाइबस्तुलाई जस्तै लट्ठीले पिट्न थाल्छ। उसले रिसाउँदै मश्त-हसनलाई भन्छ- "कहीँ नभएको जनावर!" मश्त-हसनलाई यो कुरा सुनेर आनन्द लाग्छ। उनलाई अब बल्ल आफ्नो प्रिय गाईसंग पूर्णरुपमा एकाकार भएको अनुभूति हुन्छ। उनी डोरी चुडाएर दौडिन थाल्छन् र एउटा पोखरीमा हामफालेर आत्महत्या गर्छन्।
दिक्क भएर एकजना गाउँलेले उसलाई गाइबस्तुलाई जस्तै लट्ठीले पिट्न थाल्छ। उसले रिसाउँदै मश्त-हसनलाई भन्छ- "कहीँ नभएको जनावर!" मश्त-हसनलाई यो कुरा सुनेर आनन्द लाग्छ।
यो फिल्म जव मैले देखे तब म स्तब्ध भए। चेतनाको कुन अवस्थामा यो सम्भव भयो होला भनेर म धेरै बेर सम्म सोचिरहें। यो एउटा व्यक्तिको कुनै आकस्मिक कृतित्व थिएन। यसको निर्माण प्रक्रियामा धेरै मानिसहरु सम्मिलित थिए। फिल्मको वस्तुनिष्ठ व्याख्या गर्ने हो भने तपाईंले भन्न सक्नु हुन्छ कि चिकित्सा बिज्ञानको एउटा शाखाको नाम छ बोनथ्रोपी, जसमा मानिसले आफू स्वयंलाई गाइबस्तु ठान्न थाल्छ। एघारौ शताब्दीमा फारसमा मज्द-उद-दवला नाम गरेको बुयिद राजवंशका राजकुमार थिए। उनी आफूलाई गाई ठान्थे । पछि उसलाई उपचार गरिएको थियो। यो फिल्म पनि त्यहि घटना बाट प्रेरित भएको हुनसक्ने प्रवल सम्भावना छ।
तर एउटा अझ संवेदनशील विश्लेषणले हामीलाई यी सम्भावानाहरुलाई नकार्न बाध्य तुल्याउँछ। दारिउश मेहरजुईको यो फिल्म कुनै मनोरोगीको वृतान्त होइन। यो एउटा यस्तो गाउँलेको कथा हो जो आफ्नो गौवंशप्रति आफ्ना सन्तानलाई जस्तै अनुराग राख्छ, त्यसबिना आफ्नो जीवनको कल्पना पनि गर्न सक्दैन। यो फिल्मबारे पश्चिमी समालोचकहरुले गरेको समिक्षा पढ्दा उनीहरुले यसको निहितार्थ बुझ्न सके जस्तो लाग्दैन। पश्चिममा कसैलाई पनि यो बुझ्न कठिन हुन्छ कि कसैले आफ्नो गाईलाई यस्तो प्रकारले पनि कसरी प्रेम गर्न सक्छ भनेर। कुनै पनि भारतीय किसानले यो कुरालाई उनीहरुले भन्दा धेरै राम्रोसँग यो कुरा बुझ्न सक्छन्। तर मेरो लागि यो रहस्यको कुरा हो कि यो फिल्म भारतमा नबनेर इरानमा बन्यो।
ईरानको तत्कालीन शाह पहलवीको शासनले यो फिल्ममाथि प्रतिबन्ध लगाएको थियो। उनीहरु संसारका सामु आफ्नो विकसित अनुहार देखाउन चाहन्थ्यो। सरकारलाई लाग्थ्यो गाईले जस्तै घास चर्ने वाला गाउँलेको यो कथाले उनीहरुलाई अविकसित र पछौटे साबित गर्छ। तर यो फिल्म तस्करी भएर युरोप पुग्यो र विभिन्न फिल्म समारोहहरुमा प्रदर्शन गरियो।
तब म सोच्न बाध्य हुन्छु कि मनुष्यता आखिरमा एउटा यति गहिरो रहस्य हो कि जसको व्याख्या कहिले पनि सरल परिभाषाहरुबाट गर्न सकिँदैन।
ईरानको तत्कालीन शाह पहलवीको शासनले यो फिल्ममाथि प्रतिबन्ध लागाएको थियो। उनीहरु संसारका सामु आफ्नो विकसित अनुहार देखाउन चाहन्थ्यो। सरकारलाई लाग्थ्यो गाईले जस्तै घास चर्ने वाला गाउँलेको यो कथाले उनीहरुलाई अविकसित र पछौटे साबित गर्छ। तर यो फिल्म तस्करी भएर युरोप पुग्यो र विभिन्न फिल्म समारोहहरुमा प्रदर्शन गरियो। भेनिस फ़िल्म समारोहमा यसले प्रतिष्ठित फ़िप्रेस्ची पुरस्कार जित्यो। सिकागो र बर्लिन फिल्म समारोहहरुमा पनि यो फिल्म पुरस्कृत भयो। कुनै फिल्मप्रति आफ्नै देशका मानिसहरुले बेवास्ता गरेको तर संसारभर प्रशंसा गरिएको यो पहिलो पटक थिएन। सत्यजित रेको "पथेर पांचाली" देखि अंद्रेइ तारकोव्स्की की "अंद्रेइ रूब्ल्योफ़''सम्मको सबैको यस्तै कथा रहेको छ।
दारिउश मेहरजुईले यो फिल्मले इरानी सिनेमामा एउटा नया धारा सुरु गर्यो। सिनेमाको बारेमा सरोकार राख्नेहरुलाई थाह छ आजको मितिमा इरानी सिनेमाको के हैसियत छ भनेर। कोमल, सजल र गहिरो मानवीय भावनाहरुलाई व्यक्त गर्ने एसियाली सिनेमाहरु भारतमा बन्नु पर्थियो तर समान्तर सिनेमाको सचेत सामाजिक यथार्थवादका बाबजुद पनि बनाउन सम्भव भएन। त्यो ईरानमा बनाइयो। हाजिर दारिउश, अब्बास कियारोस्तामी, मोहसिन मख़मलबाफ़, माजिद माजिदी, जफ़र पनाही, असग़र फ़रहदी, बहमान घोबादी जस्ता फिल्म क्षेत्रका हस्तीहरुका कृतित्व यसका प्रमाण हुन्। मैले कहिले पनि बुझ्न सकिनँ कि जुन क्रुरताका लागि इस्लामिक जगत संसारभरि कुख्यात छ त्यसको हृदयस्थलमा यस्ता कोमल सिनेमा बनाउन कसरी सम्भव भयो होला।
के यसलाई अरब-फारस द्वैत र प्रकारांतरमा सुन्नी-शिया विभेदको रुपमा हेर्नु पर्छ ? फारसले सधैं आफूलाई अरबको तुलनामा धेरै आधुनिक, प्रगतिशील र सुसंस्कृत मान्ने गरेको छ। दारिउश मेहरजुईको फिल्म रिलिज भएको दश वर्षपछि इरानमा क्रान्ति भएको थियो र अयातोल्ला ख़ोमैनीको नेतृवमा शिया इस्लामिक गणतन्त्र स्थापना गरिएको थियो। पहलवी शासनको ठिक विपरीत अयातोल्ला ख़ोमैनीलाई दारिउश मेहरजुईको यो फिल्म खुब मन पर्थ्यो। ईरान शब्दको उत्पति नै आर्यनबाट भएको हो। त्यसैले म सोच्न थाल्छु कि एउटा गाईको वियोगमा प्राण त्याग्ने गाउँलेको कथा ईरानमा रचना गरिएको छ भने त्यो अकारण हुन सक्दैन।
फ्रांत्स काफ़्काको कथा–साहित्य पशुहरुको संसारसंग गहिरो लगावको उत्पत्ति हो। मिलान कुन्देराको एउटा उपन्यासमा एउटा कुकुरको मृत्युको अत्यन्त मार्मिक विवरण पाइन्छ। रॉबेर ब्रेसांको एउटा फिल्म एउटा गधामा केन्द्रित छ। तर एउटा पशु प्रति यस्तो प्रेम र अनुरागको प्रदर्शन मैले आजसम्म कुनै कलाकृतिमा यो भन्दा पहिला कहिले देखेको थिइनँ।
बलियो बांगो जिउढाल भएको इज़ातोल्ला इंतेज़ामीले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन्। उनको पुरुषत्वपूर्ण व्यक्तित्वको विपरीत उनको अभिनय यति स्त्रियोचित कोमलताले भरिएको छ कि हेर्नेलाई अच्चम लाग्छ। उनको बाक्लो जुँगा देखेर एकपटक फ्रेडरिक नीत्शेको याद आउछ जो तूरीन शहरमा एउटा घोडालाई चाबुकले पिटेको देखेर त्यसलाई अँगालो मारेर रुन थालेका थिए। पशुहरुको आँखामा त्यस्तै केहि निर्दोष-कातरता हुन्छ जसले हाम्रो हृदयलाई अनायशै छेडिदिन्छ। पशुहरुप्रति करुणा प्रदर्शन गर्नु सम्पूर्ण मानवताको एउटा ठुलो दायित्व हो। यसमा मलाई कुनै शंका छैन। फ्रांत्स काफ़्काको कथा–साहित्य पशुहरुको संसारसंग गहिरो लगावको उत्पत्ति हो। मिलान कुन्देराको एउटा उपन्यासमा एउटा कुकुरको मृत्युको अत्यन्त मार्मिक विवरण पाइन्छ। रॉबेर ब्रेसांको एउटा फिल्म एउटा गधामा केन्द्रित छ। तर एउटा पशु प्रति यस्तो प्रेम र अनुरागको प्रदर्शन मैले आजसम्म कुनै कलाकृतिमा यो भन्दा पहिला कहिले देखेको थिइनँ।
र यो पशु एउटा गाई हो र यो फिल्म इरानमा निर्माण गरिएको हो, त्यसैले म प्रत्येक भारतीयहरुलाई अनुरोध गर्छु कि दारिउश मेहरजुईको यो फ़िल्म "गाव" अबश्य पनि हेर्नु होला।
लेखकको फेसबुक वालमा प्नकाशित सामग्रीको केदार सिटौलाबाट नेपाली अनुवाद
Title Photo: https://images.mubicdn.net
नोट: करिब एक महिना अगाडि अक्टुबर १५ मा इरानको राजधानी तेहरानमा दारिउश मेहरजुई र उनकी पत्नी वाहिदेह मोहम्मदिफारको अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरेर हत्या गरेका छन्। दारिउश मेहरजुई ८३ वर्षका थिए। दारिउश मेहरजुईले जीवनभर फिल्ममाथि सरकारी सेन्सरसीपकाे विरोध गरे। उनी बिगतको रेजा पहल्वी शासनको मात्रै होइन, वर्तमान इरानी इस्लामिक शासनकाे पनि कटु आलोचक थिए। हत्या हुनु केही समय अगाडी मात्रै दारिउश मेहरजुईकी पत्नीले सामाजिक संजालमा आफूहरुलाई छुरा प्रहारको धम्की आएको कुरा पोस्ट गरेकी थिइन्।
![बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’](https://snowberry.prixacdn.net/media/gallery_folder/Downfall_JfZeTVdcR5_xdg8vaf7gjlaqegm4leqwmpzz0aq6smidsr84kpv5pbsi4iu0ouczmhgeemm_uZCW8goJrA_dgn3oqqpjz1kzoxbqfhhzeptmzkikgsflg7mpasraoxwjbtmkxctyqchmfms.jpg)
बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’
![आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो?](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishna-bhattachan-sir_kNfBStYu0f_fhhav0azqokd3go9hjn3s9rlbdhm3fdzumwulmr0badp8qzod24uzk0tpqyg_uLtH0gKtqm_pndeim8qyi4qqtzomt69nhmu3v2rbja5ebkliquuma8oavh7dm2t9okoj619.jpg)
आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो?
![नयाँ कहानी आन्दोलन र सिनेमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Hindi-Cinema_8PRMHkhOdM_mfyuwae7slwmjoutnglzkenpyvtrvrn12wcc1fjc4o6yjo3y5orcowim7fg5_AYZgiibOsl_0j7unqztwtwtzilaf9a2taosofnrq1xbcpu8w2ntp05jt7cfzrmqtsxqfbcd.jpg)
नयाँ कहानी आन्दोलन र सिनेमा
![हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520wave%2520main_muIRriC0Tg_bxekecakwqcidzrecbupeyebpsrgqsafakstqfsj3ktgjhf5jg4cqbwwfwxb_nn4HYSAZSb_j8kfkiy7aps1wv6ht1ivimkco9wwgct8gyeiufd5n1knzodcz6tk5np0n8xo.jpg)
हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?
![चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie%2520Chaplin%25206_zfuVvilOEC_hrgxayhhl2nzmz4ruhbml9amnsrlpduovriidmamnghbdgsvcin92aeztkds_UmqHdNyOm6_zvbeeoto4gio0yvrkbidkmdbvmobbfqziych7uwoplgdmnqbbaeekfsnhtcc.jpg)
चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा
![सङ्गीत अन्वेषणमा गहकिलो पाइला](https://snowberry.prixacdn.net/media/gallery_folder/Sursudha-Main_ATcr8Swu4L_38yl1nmwdps19jomc1mlltjgqnkgaewxjywurtfakoyuudzsrxyagmy3vxbs_K09yRtcEc8_ncxnajtugwzrhasn4jxt6kghllrxfy1evibaw3j0hvcqsthfwd84q7mnexut.jpg)
सङ्गीत अन्वेषणमा गहकिलो पाइला
![छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie-Chaplin-main_UYlsIOOh8K_mq9kanacn6iwwelmoop6jayfwaqd2xmykhz7vl2pcsetum3g9jnpnlty76gr_M1lHZjb3kt_ydzdrpmdw8tb0r4u0uuaohqj8eb9xzjy42h5fvjftsbzevdptbqp2efraajv.jpg)
छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !
![नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...](https://snowberry.prixacdn.net/media/gallery_folder/Dilmaya-Khati_AG45i7MPNt_aymepe4wdkm3vvfss7vwq74cc44ajogx4netzcivqmdctovh2nhonk3lunn5_WnVhaFREHy_tsojtlbm2gipny67dxrnxutdx2mlps4dqlee2ugexdpqotrhqlqmhppxgxbh.jpg)
प्रतिक्रिया