क्रान्तिकारी भन्नेको प्रेम

एक क्रान्तिकारीले विचार नपुग्दै प्रेम गर्यो।
जब विचार पुग्दै गयो त्यो प्रेम नै रहेन !
अनि त्यो विचार नपुगेको प्रेम भुल्नलाई,
विचार पुगेको अर्को क्रान्तिकारी प्रेम खोज्यो।
अरे! भेट्टायो पनि...
अनि त्यो प्रेमले छोडिदियो नि!
क्रान्तिकारीले-
'राजनीतिलाई प्रेम गर्यो'
उसले भनेको प्रेमले-
'प्रेमलाई राजनीति गर्यो'
क्रान्तिकारीको प्रेमले वर्ग हेर्यो,
वर्ग संघर्ष हेरेन।
क्रान्तिकारीले सडक हेर्यो,
सम्बन्ध हेरेन।
क्रान्तिकारीलाई हिरासत गएको आरोप।
उसको प्रेममलाई हैसियत हेरेको आरोप।
क्रान्तिकारी भन्छ-
'अप्ठ्यारो अवस्थामा छोडिजाने प्रेमिका कसरी क्रान्तिकारी?'
प्रेमिका भन्छिन्-
'सम्बन्धलाई ध्यान नदिने, आचरण बानी नभएको कसरी क्रान्तिकारी?'
खै!
दोष कसको हो!
तर भौतारिएको देख्छु...
त्यो क्रान्तिकारी भनौँदोलाई!
कहिले सडक बीच,
कहिले नदि छेउ,
कहिले निथ्रुक्क झरिमा,
कहिले प्रचण्ड-घाममा!
उनी?
खै खुशी नै देख्छु-
तर शंका लाग्छ उनको खुशीमा!
भौतारिने र खुशी हुने बीचका अन्तर्द्वन्दमा
भौतिक परिस्थिति दोषी भन्दै आ-आफ्नो बाटो लागे।
म पनि हरे! भनेँ,
आफ्नो बाटो लागेँ।