शिकारको प्रतिस्पर्धा र सहकार्यले जन्माएको मानिस–कुकुरबीचको त्यो अद्भूत सम्बन्ध !
मानिसले कहिले र कसरी कुकुर पाल्न थाले ?
आजभन्दा हज्जारौं साल पहिले । जीवन अहिलेजस्तो सहज र सम्भव थिएन । पृथ्वीको वातावरण पनि अहिलेको जस्तो विकसित थिएन । हाम्रा पुर्खा मानवहरुको जीविकोपार्जनको एक मात्र उपाय शिकार थियो । झुण्डमा बस्ने, आगो ताप्ने र आफूले मारेको शिकार भक्षण गर्ने उनीहरुको मूल कर्म थियो । उनीहरुले खेती पाती गर्न जानिसकेका थिएनन् ।
त्यतिबेलाको मौसम अहिलेको जस्तो न्यानो थिएन । पृथ्वीका अधिकांश भागहरु हिउँ वा वरफका पत्रले ढाकिएका हुन्थे । बरफले नढाकिएका क्षेत्रमा घना जङ्गलहरु थिए । तिनै जंगलमा विशालकाय स्तनपायी जनावारहरु विचरण गर्ने गर्थे । तिनै जनावरहरु त्यसबेलाका आदिममानवहरुका लागि खानेकुरा र जीउ ढाक्ने छालाको स्रोत थिए । उनीहरुको जीवनचर्या भनेकै अन्य जंगली जीवजन्तुहरुको शिकार गर्ने र पेट पाल्नेमा सीमित थियो । त्यसबेला शिकार पक्रनका लागि मानिसले ठूलो जोमिख मोल्नु पर्थ्यो । शिकारका क्रममा मांसहारी शिकारी जनावरहरुसँगको जोखिम र प्रतिस्पर्धा चर्को रहने गर्थ्यो । त्यसमध्ये पनि सबैभन्दा ठूलो प्रतिद्वन्द्विता शिकारमा खोजीमा जङ्गलमा भौतारिइरको हालका व्वाँसाहरुको पुर्खा–व्वाँसाहरुसँग हुने गर्थे ।
शिकारका क्रममा मांसहारी शिकारी जनावरहरुसँगको जोखिम र प्रतिस्पर्धा चर्को रहने गर्थ्यो । त्यसमध्ये पनि सबैभन्दा ठूलो प्रतिद्वन्द्विता शिकारमा खोजीमा जङ्गलमा भौतारिइरको हालका व्वाँसाहरुको पुर्खा–व्वाँसाहरुसँग हुने गर्थे ।
शिकारमाथिको यो प्रतिस्पर्धाले ती दुवैलाई नजिक नजिक पनि ल्यायो । कालान्तरमा व्वाँसाका तुलनामा मानिसको सर्वोच्चता हावी हुँदै गयो । विशेष गरी मानिसले शिकारमा हतियारहरुको प्रयोग गर्न जानेपछि त्यो सर्वोच्चता झनै स्थापित हुँदै गयो । व्वाँसालाई पनि ज्यान दाउमा राखेर भयानक जंगली जनावरको शिकार गर्नुभन्दा मानिसले शिकार गरेर छाडेका जनावरका मासु तथा हड्डीहरु खानमा सहजता हुँदै गयो । पारस्परिक निर्भरताको त्यो कडी विकसित हुँदै जाँदा मानिसका लागि शिकार पहिल्याउन तथा जंगली जनावहरुको आक्रमणबाट बच्न व्वाँसोसँगको सहकार्य फाइदाजनक सिद्ध भयो भने व्वाँसाहरुलाई पनि सजिलो भोजन प्राप्तिको माध्यम । यो पारस्परिक निर्भरताको अवस्थाले कालान्तरमा व्वाँसाहरुलाई नै घरपालुवा बनाउने बाटो खोलिदियो ।
मानिसका लागि शिकार पहिल्याउन तथा जंगली जनावहरुको आक्रमणबाट बच्न व्वाँसोसँगको सहकार्य फाइदाजनक सिद्ध भयो भने व्वाँसाहरुलाई पनि सजिलो भोजन प्राप्तिको माध्यम । यो पारस्परिक निर्भरताको अवस्थाले कालान्तरमा व्वाँसाहरुलाई नै घरपालुवा बनाउने बाटो खोलिदियो ।
मानिसले घरपालुवा बनाउनु पूर्वका व्वाँसाहरु (आजका कुकर तथा व्वाँसाहरुको पुर्खा ) ले मानिससँगसँगै शिकारलाई पनि पछ्याउन थाले । कतिपय अवस्थामा मानिसको लागि उनीहरुको सान्निध्यता शिकार पक्रनका लागि सजिलो माध्यम पनि बनिदियो । ती आदिम व्वाँसाहरुले पनि शिकारका क्रममा मानिसलाई सहयोग पुर्याउँदा उनीहरुले समेत मानिसले खपत गर्न नसकेका मासु तथा हड्डीकुट्टीहरु सहजै पाउन सक्ने लोभले पनि काम गथ्र्यो । व्वाँसा लगायतका मांसहारी जीव महिनौं मासु (प्रोटिन) मात्रै खाएर बाँच्न सम्भव हुन्थ्यो तर मानिसले भने मासुका अलावा अन्य खानेकुराहरु पनि खानुपर्ने हुन्थ्यो । त्यस अवस्थामा स्वभाविक रुपमा उनीहरुका लागि शिकार गरेर मारिएका जनावरको मासु बढी हुने गथ्र्यो र तिनलाई फ्याँक्नु पर्ने हुन्थ्यो । ती फ्याँकिएका मासुहरु मानिसका वरिपरि बस्न अभ्यस्त हुँदै आएका व्वाँसाहरुका लागि सहज भोजनको माध्यम बनिदिन्थ्यो ।
https://cdn.psychologytoday.com
यसरी शिकारमा मान्छेलाई पछ्याउने क्रममा मान्छेको सबैभन्दा नजिकको सम्बन्ध र सहकार्य भएको जीव ती जङ्गली व्वाँसाहरु बन्न पुग्यो । लामो समयसम्मको यो सहकार्य, अन्तरसम्बन्ध र शिकारका लागि मानिसमाथि बढ्दो निर्भरताले ती व्वाँसाहरुले मानिसलाई आफ्नो नेतृत्वको रुपमा प्राकृतिक रुपमा स्वीकार्न पुग्यो । मानिसले पनि लामो समयसम्मको सहधर्मिताको क्रममा ती व्वाँसाको उपयोगितालाई बुझ्न थालेका थिए । । त्यसैले त्यस जंगली अवस्थाका मानिसले ती व्वाँसासँगको सम्बन्धलाई झनै निकट तुल्याउँदै लगे । उनीहरुले तिनीलाई खानेकुरा दिने तथा अन्य जङ्गली जनावरहरुको आक्रमणबाट बचाउने काम समेत गर्न थाले । वास्तवमा, मानिसले ती ती व्वाँसाको गन्धशक्तिलाई राम्ररी बुझ्न थालेका थिए । फलतः मानिसले शिकारको क्रममा कुन जनावर कहाँ लुकेको छ वा बसेको छ भनी पत्ता लगाउन ती व्वाँसाहरुको मद्दत लिन थाल्यो । मानिसले ती ती व्वाँसाहरुलाई आफ्नो शिकारको क्रममा मद्दत गर्न तालिम दियो । फेरि मारिएको शिकारलाई बोक्न तथा आफू आगो बालेर बसेको स्थानको रखवाली गर्न पनि मानिसले ती व्वाँसालाई सिकायो । यसरी त्यसबेलाको व्वाँसा (हालको कुकुर) नै मानिसको घरपालुवा प्राणीहरुको सूचीमा सबैभन्दा प्रथम भयो ।
मारिएको शिकारलाई बोक्न तथा आफू आगो बालेर बसेको स्थानको रखवाली गर्न पनि मानिसले ती व्वाँसालाई सिकायो । यसरी त्यसबेलाको व्वाँसा (हालको कुकुर) नै मानिसको घरपालुवा प्राणीहरुको सूचीमा सबैभन्दा प्रथम भयो ।
यो इतिहास लेखिनुभन्दा धेरै समय अगाडिको कुरा हो । तर इतिहासकारहरुको मतमा यो आजभन्दा करीब १२ हजार वर्ष पहिलेको कुरा हो । प्राचीनकालको कुकुरको हड्डी र मान्छेको हड्डी एकै ठाउँमा फेला परेको आधारमा कुकुरलाई घरपालुवा बनेको यो समयावधिको अनुमान गर्न सकिएको हो ।
मानिसले कहिलेदेखि र किन कुकुरलाई घरपालुवा बनायो भन्ने कुरा अझै प्रष्ट रुपमा ज्ञात छैन । विभिन्न प्रमाणहरुले देखाएअनुसार अहिले घरमा पालिने कुकुरको पुर्खा ब्वाँसो नै थिए र उनीहरु त्यसबाट आजभन्दा २७ हजारदेखि ४० हजार वर्षअगाडि अलग्ग्एिर बेग्लै प्रजातिको रुपमा विकसित भएका थिए । अहिलेसम्म थाहा भएअनुसार, कुकुरको १४,२०० वर्ष पुरानो चिहान फेला परेको छ । उक्त चिहानले त्यसबेला कुकुर पूर्णतः घरपालुवा जनावरको रुपमा रहेको देखाउँछ ।
मानव इतिहासमा सबैभन्दा पहिले घरपालुवा बनाइएको जनावर नै कुकुर हो । अरु जनावारहरुलाई त कुकुरलाई घरपालुवा बनाएका धेरै पछि मूलतः कृषि युगमा मात्रै घरपालुवा बनाउन थालिएको हो ।
अहिलेसम्मको ज्ञात जानकारीअनुसार, मानव इतिहासमा सबैभन्दा पहिले घरपालुवा बनाइएको जनावर नै कुकुर हो । अरु जनावारहरुलाई त कुकुरलाई घरपालुवा बनाएका धेरै पछि मूलतः कृषि युगमा मात्रै घरपालुवा बनाउन थालिएको हो । त्यसैले स्वभाविक रुपमा प्रश्न उठ्छ– सबैभन्दा पहिले पृथ्वीको कुन क्षेत्रमा कुकुरलाई घरपालुवा बनाउन थालियो होला त ? यसबारेमा दुईथरि मत छन् । एकाथरिले त्यो एशियाबाट शुरु भएको मान्छ भने अर्कोथरिले युरोपबाट । त्यसबाहेक, कुकुरलाईसंसारका विभिन्न भागहरुमा अलग अलग रुपमा घरपालुवा बनाउन थालिएको हुन सक्ने मत पनि छ । पछिल्ला प्रमाणहरुले कुकुरलाई कुनै एक खास क्षेत्रमा नभई युरोप र एशिया दुवै क्षेत्रमा अलग अलग रुपमा घरपालुवा जनावरका रुपमा पालिन थालेको देखाएको छ ।
कस्तो थियो कुकुरको पुर्खा ?
प्राचीन कालमा कुकुर आजभोलिको जस्तो कुकुर थिएन । पुरातत्वशास्त्री एवं पशुविदहरुका अनुसार, आजभन्दा करीब ६० मिलियन वर्ष अगाडि कुकुर एउटा सानो स्तनपायी जनावर थियो । आजभोलिको एशिया भनिने क्षेत्रमा पाइने उक्त जनावर मिएसिस (Miacis) थियो । हो यही प्राणी नै आजभोलिका कुकुर, स्याल, ब्वाँसो र फ्याउरोको पुर्खा थियो । उक्त मिएसिस नामक जीव सोझै कुकुरमा मात्रै रुपान्तर भएको हैन, बरु त्यस जीवबाटै कुकुरको प्रजाति विकसित भएको हो । आजभन्दा करीब ३० देखि ४० मिलियन वर्ष पहिले मिएसिसबाट विकसित भएर आजको कुकुरको पुर्खाको उत्पत्ति भएको थियो, जसलाई क्यानोडिक्टिस (Canodictis) भनिन्थ्यो । मध्यम आकारको यो जीव अग्लोभन्दा पनि लाम्चो प्रकारको थियो र लामो पुच्छर भएको यो जीवको शरीर भुत्लाले ढाकिएको थियो । समयक्रममा त्यही क्यानोडिक्टिस दुई वटा हाँगामा फाटिएर विकसित भयो– एउटा अफ्रिकामा र अर्को युरेसियामा । युरेसियामा विकसित भएको कुकुरको पुर्खालाई टोमार्कट्स भनियो । वास्तवमा यो ब्वाँसो, कुकुर र फ्याउरोहरुको पुर्खा थियो । यही क्रममा आजभन्दा १२ हजारदेखि १४ हजार वर्ष पहिलेको समयबीच ब्वाँसोको खरानीरंगको एउटा सानो प्रजातिको पनि विकास भयो । त्यसबेला उक्त जीव अहिलेको भारत भएको क्षेत्रमा विचरण गर्दथ्यो । यो नयाँ विकसित ब्वाँसोलाई क्यानिस लुपस पालिपेस (Canis lupus pallipes) भनिन्थ्यो । उक्त जीव कालक्रममा अहिलेको यूरोप, एशिया र उत्तर अमेरिकी क्षेत्रहरुमा फैलियो । यही जीवबाट नै कुकुरको उत्पत्ति भएको थियो भनी मानिन्छ ।
आजभोलिको एशिया भनिने क्षेत्रमा पाइने उक्त जनावर मिएसिस (Miacis) थियो । हो यही प्राणी नै आजभोलिका कुकुर, स्याल, ब्वाँसो र फ्याउरोको पुर्खा थियो । उक्त मिएसिस नामक जीव सोझै कुकुरमा मात्रै रुपान्तर भएको हैन, बरु त्यस जीवबाटै कुकुरको प्रजाति विकसित भएको हो ।
क्यानिस लुपस पालिपेस । https://species.wikimedia.org
स्टकहोम स्थित स्वीडिस म्युजियम अफ नेचुरल हिस्ट्रीका अनुसन्धानकर्ताहरुले उत्तरी रुसस्थित टाइमिरमा फेला परेको व्वाँसोको ३५ हजार वर्ष पुरानो हड्डीको अवशेषहरुको अध्ययन गरेको थियो । उक्त अध्ययनले व्वाँसोबाट कुकुर प्रजातिको उद्भव करिब ४० हजार वर्षअगाडि नै भएको हुन सक्छ भन्ने देखाएको थियो । अर्को एक अनुसन्धानले चाहिँ आजभन्दा करिब १५००० वर्ष पूर्वमात्र मानिसले घरपालुवा बनाएका व्वाँसोहरुबाट कुकुरको उद्भव भएको देखाएको थियो । स्टकहोमकै रोयल इन्स्टिच्यूट अफ टेक्नोलोजीका टीमले एशिया, अफ्रिका, युरोप र आर्कटिक अमेरिकाबाट सकंलन गरिएका कुकुरका अवशेषहरुको डीएनए विश्लेषणका आधारमा उक्त निष्कर्ष निकालेको हो ।
त्यसो त कुकुरको पुर्खा नै कुन हो त भन्ने बारेमा पनि वैज्ञानिकहरुका बीचमा एकमत छैन । केही वैज्ञानिकहरुको विचारमा ब्वाँसो र स्यालबीचको सम्बन्धबाट कुकुरको उत्पत्ति भएको हो । अर्काथरि वैज्ञानिहरुको विचारमा चाहिँ, ब्वाँसोबाट नै उद्भव हुँदै कुकुरको उत्पत्ति भएको हो । त्यसैगरी, केही प्रजातिका कुकुरहरु चाहिँ स्याल, फ्याउरो जस्ता जनावरहरुबाट उद्भव भएका हुन् । यसरी कुकुरको पुर्खा एवं उत्पत्तिका बारेमा वैज्ञानिकहरुका बीचमा मतभिन्नताहरु छन् । तर पनि वृहद रुपमा के कुरा चाहिँ स्वीकारिएको छ भने, आधुनिक कुकुर र ब्वाँसोको पुर्खा चाहिँ एकै हुनुपर्छ !
कुकुरलाई यो सम्मान
इतिहासको लेखन शुरु भएदेखि नै मानिसको इतिहाससँगसँगै कुकुरको पनि उल्लेख भएको पाइन्छ । आजभन्दा ५ हजार वर्ष पुरानो मानिएको इजिप्टका पिरामिडहरुमा रहेको चित्रमा पनि मानिस सँगसँगै कुकुरको पनि चित्र देख्न पाइन्छ । प्राचीन कालमा इजिप्टमा कुकुरलाई पवित्र जन्तुको रुपमा लिने गरिन्थ्यो । त्यसबेला इजिप्टमा कुकुरको सम्मान देउतासरह गरिन्थ्यो । कुकुरको हेरचाहको लागि नोकरचाकर नै राखिएको हुन्थ्यो र त्यसलाई गरगहना तथा कपडाहरुले सिंगारिन्थ्यो । त्यसबेला सम्भ्रान्तहरुलाई मात्र कुकुर पाल्ने अनुमति दिइन्थ्यो । त्यसबेला कसैको घरमा कुकुर मर्यो भने उसको पूरै परिवार नै मलामी जाने गर्थ्यो ।
प्राचीन कालमा इजिप्टमा कुकुरलाई पवित्र जन्तुको रुपमा लिने गरिन्थ्यो । त्यसबेला इजिप्टमा कुकुरको सम्मान देउतासरह गरिन्थ्यो । कुकुरको हेरचाहको लागि नोकरचाकर नै राखिएको हुन्थ्यो र त्यसलाई गरगहना तथा कपडाहरुले सिंगारिन्थ्यो ।
इजिप्टको यो इतिहासले कुकुर र मानवबीचको सहधर्मिता निकै पुरानो समयदेखि रहेको कुराको पुष्टि गर्छ । त्यसैगरी युरोप, मध्यपूर्व र उत्तर अमेरिकामा फेला परेका पित्तल युग (Bronze Age) को बेलाका मानिएका गुफा, कन्दरा, पिरामिडहरुमा पनि कुकुरका रेखाकृतिहरु कोरिएका पाइन्छन् ।
बहुउपयोगी जनावर
मानिसप्रति कुकुरको अटुट बफादारी, लामो समयदेखिको सहधर्मिताको कारण आजभोलि पनि संसारभरि नै कुकुरलाई माया र सम्मान गर्ने गरिन्छ । शिकार र रखवाली गर्ने कामबाट शुरु भएको मानिस र कुकुरको सम्बन्धको क्रममा अहिले कुकुरको उपयोगिता धेरै क्षेत्रमा बढेको छ । घरको रक्षा गर्ने कार्यदेखि लिएर डुब्न लागेका मान्छेहरुको उद्दार गर्ने, अपराधी पत्ता लगाउने, युद्ध मैदानमा जमीनमुनि राखिएका विस्फोटक पदार्थ पत्ता लगाउने, अन्धाहरुलाई मार्गदर्शकको रुपमा काम गर्ने, हिमाली क्षेत्रमा स्लेज तान्ने, खेलकूद मनोरञ्जन गराउने, शिकार खोज्ने, भेडाबाख्रा चराउने लगायत अन्य विभिन्न कार्यहरुमा कुकुरको उपयोग हुने गरेको छ । कुकुरको यही बहुउपयोगिता अनुसार, यसको विभिन्न उच्च प्रजातिहरु पनि विकसित गरिइसकेका छन् । यसक्रममा कुकुरका करीब ४०० जातहरु पैदा भइसकेका छन्, जसलाई सातवटा समूहमा विभाजित गर्ने गरिन्छ ।
कुकुरको बहुउपयोगिता रहे तापनि आधुनिक संसारभरि नै कुकुरलाई शौखको रुपमा पाल्नेहरुको जमात सबैभन्दा बढी छ । त्यसैले धेरै प्रजातिका कुकुरहरु त मात्र शौखको रुपमा पाल्नेहरुका लागि विकसित गरिएका हुन् ।
प्रतिक्रिया