यस्तो पो रहेछ हाम्रो शरीरको मासु बाउँडिनुको कारण !

मासु केले बनेको हुन्छ ? कसरी यसले काम गर्छ ?

मासु फर्कनु भनेको त्यो पीडादायी अवस्था हो जसले हामीलाई हुरुक्कै बनाइदिन्छ ।  यो शरीरको कुनै  पनि भागमा हुन सक्छ । तर धेरैजसो हाम्रो खुट्टाको छेपारीको मासु फर्कने वा बाउँडिने गर्छ । त्यो किन र कसरी हुन्छ? त्यसबारे जान्नका लिग हाम्रो शरीरके मासु तथा त्यसको कार्यप्रणालीबारे पिन जान्नु उचत हुन्छ । यहाँ मासु र त्यसका कार्यप्रणाली तथा मासु बाउँडिनु वा फर्कुनका कारण तथा त्यसबाट बच्ने उपायहरुबारे  सामान्य चर्चा गरिएको छ ।

हाम्रो शरीरमा करीव ६ सय पचास वटा मांशपेशीहरु हुन्छन् । र, प्रत्येक मांशपेशीका आफ्नै निश्चित कामहरु हुन्छन् । हाम्रो शरीरको तौलको करीब ४० प्रतिशत भाग त मासु नै हुन्छ ।

मासु केले बनेको हुन्छ ?

मासु तन्कन सक्ने फाइबर जस्ता पदार्थहरुका समुहहरु मिलेर  बनेको हुन्छ । मासुको प्रत्येक फाइबर करीब ४० मिलिमिटर लामो हुन्छ र तिनीहरु एक आपसमा बटारिएर फाइब्रिल्स (Fibrils)  वा मासुको चोक्टा बनेका हुन्छन् । फाइबर यति मसिना हुन्छन् कि, एक सेन्टीमिटर मासुमा करीब १० लाखसम्म फाइबरहरु हुन्छन् । फेरि प्रत्येक फाइबरहरु स्नायुद्वारा सञ्चालित एवं नियन्त्रित हुन्छन् । त्यसैले नै ती फाइबरहरु एकापसमा बाँधिएका हुन्छन् र मासुको क्रियाकलाप निर्धारित भएको हुन्छ ।

हाम्रो शरीरको मांशपेशीले कसरी काम गर्छ ?

हामीले शरीरिक अभ्यास गर्‍यौं भने मासु ठुलो हुन्छ  र राम्रो गरी बढ्छ ।

हड्डीमा टाँसिएर रहेका मांसपेशीहरुकै कारण हाम्रो शरीर चल्न सकेको हो । तर यो कुनै निश्चित मासुहरुले मात्रै नभई मासुहरुको समुहको कारण मात्र चल्न सकेको हो ।

मासुका तन्तुहरुको बलियो बन्धन टेन्डन (Tendon)  द्वारा छालामा टाँसिएका मासुले नै हाम्रा हड्डीहरुलाई नियन्त्रण गरिरहेको हुन्छ । हाम्रो मासु खाँदिदा र छोटो भएको बेला टेन्डनले हड्डीलाई तान्छ र हामी चल्न सक्छौं । मुटु जस्ता केही महत्वपूर्ण मांशपेशीहरु भने आफै स्वचालित रुपमा चलिरहेका हुन्छन् ।

मासुलाई हड्डीमा तन्तुहरुको बलियो बन्धन–टेन्डनले जोडेको हुन्छ । हाम्रो मासुले एउटै काम गर्न सक्छ, त्यो हो– तान्नु । मासुले धकेल्न सक्दैन । त्यसैले मासुले हड्डीला तानेर मात्रै काम गरिरहेको हुन्छ । यस क्रममा कुनै पनि जोर्नी भएको हड्डीलाई चलान कम्तिमा दुईवटा मासुको जरुरत पर्छ । उदाहरणका लागि, हाम्रो मासुले कसरी हातलाई चलाईरहेको हुन्छ भन्ने हेरौं ।

हाम्रो तल्लो हात चलाउन पाखुरामा दुइवटा मासु क्रियाशील भएका हुन्छन् ।  ती दुई मासुलाई वाइसेप्स (bicep)  र ट्रासेप्स (triceps)  भनिन्छ । जब स्नायु नियन्त्रणमा हाम्रो वाइसेप्स खुम्चन्छ, हाम्रो हातमाथितिर तानिन्छ । यस अवस्थामा ट्राइसेप्स खुकुलो हुन्छ । माथि भनिसकिएको छ मासुले तान्न मात्र  सक्छ, ठेल्न सक्दैन । त्यसले अब खुम्चिएको वाइसेप्स आफैं खुकुलो हुन सक्दैन । अब हात तल झार्नको लागि हाम्रो पाखुराको ट्राइसेप्स मासु खुम्चिनै पर्छ । त्यसरी ट्राइसेप्स खुम्चिपछि बाइसेप्स मासु खुकुलो हुन्छ । र हाम्रो हात तल जान्छ ।

मासु फर्कनु भनेको के हो ?

कहिलेकाही हाम्रो शरीरको मासु आकस्मिक रुपमा खुम्चन्छ वा बाउँडिन्छत्यो प्रक्रिया मांसपेशीको नियमित प्रक्रियाभन्दा बेग्लै र हाम्रो इच्छाविपरीत भइरहेको हुन्छ । त्यस्तो बेलामा हामीलाई अति नै दुख्छ । यही स्थिति भनेको नै ‘मासु फर्केको’ हो । धेरैजसो यो समस्या हाम्रो खुट्टाको छेपारी (नली हाडको पछाडी, घुँडामुनिको मासु) मा हुने गर्छ । त्यसबेला अचानक  त्यस भेगका मासु तन्किन्छ र बाउँडिन्छ । त्यसबेला हामीलाई सहनै नसक्ने गरी दुख्छ । त्यस अवस्थालाई मासु फर्केको वा बाउँडिएको (Muscle Cramp) भनिन्छ । यस्तो पीडा कैयन मिनेटसम्म पनि भइरहन सक्छ ।

यसरी ‘मासु  फर्केको’ ठाउँको हड्डीमा  र मासुमा अत्यन्तै ठुलो तनाव भरहेको हामीलाई महसूस हुन्छ । हाम्रो ‘मासु फर्केको’ भाग मासु पहिलेकै अवस्थामा नअएसम्म त्यो कायमै रहन्छ ।

किन फर्कन्छ मासु ?

यसरी मासु फर्कनु वा बाउँडिनुका कारणहरु एउटै हुन्न, विभिन्न कारणहरुले गर्दा त्यसरी मासु फर्कने समस्या देखापर्न सक्छ । यो व्यक्तिको अवस्था र परिस्थितिहरुका आधारमा भिन्न भिन्न पनि हुन सक्छ । तर मोटोमाटी रुपमा निम्न कारणहरुले गर्दा मासु फर्कने समस्या देखापर्न सक्छः

पानीको कमीः हाम्रो शरीरको मांसपेशीहरुलाई नियमित रुपमा सञ्चालन गर्न पानीले ठूलो भूमिका खेलिरहेको हुन्छ । शरीरमा पर्याप्त मात्रामा पानी नहुँदा मांसपेशीको कार्यप्रणालीमा गडबडी आउन सक्छ । फलतः मासु फर्कने वा बाउँडिने समस्या देखापर्न जान्छ ।

अत्यधिक श्रमका कारण मांसपेशी थाक्नुः अत्यधिक श्रम गर्दा वा लामो समयसम्म शरीरिक गतिविधिहरुमा संलग्न हुँदा हाम्रो शरीरका मांसपेशीहरु थाक्न सक्छन् । त्यस  अवस्थामा पनि शरीरको मांसपेशीहरु बाउँडिन सक्छ ।

इलेक्ट्रोलाइटमा असन्तुलनः मांसपेशीहरुलाई राम्ररी काम गर्नका लागि पोटासियम, क्याल्सियम, म्याग्नेसियम र सोडियम जस्ता खनिजतत्त्वहरुको आवश्यकता पर्दछ । कुनै पनि कारणले ती खनिजहरुको आपूर्तिमा कमी आयो वा शरीरमा अभाव भयो भने पनि हाम्रो शरीरको मांसपेशीहरुको कार्यलाई बाधित गरिदिन सक्छ । त्यस अवस्थामा स्वभाविक रुपमा मांसपेशी बाउँडिने गर्छ ।

रक्तसञ्चार राम्ररी नहुनुः कुनै पनि कारणले मांसपेशीहरुमा पर्याप्त मात्रामा रक्त प्रवाह हुन सकेन र त्यो केही लामो समयसम्म कायम रहिरह्यो भने पनि मासु बाउँडिन सक्छ । उदाहरणको लागि हामी लामो समयसम्म एकै अवस्थामा उभिइरह्यौं वा बसिरह्यौं भने पनि त्यस स्थानमा राम्रो रक्त सञ्चार हुन नपाएर मासु बाउँडिन सक्छ ।

औषधीका दुस्प्रभावः केही दवाइहरु, विशेष गरेर शरीरमा अत्यधिक पानी जम्दा पिसाब लगाउन दिइने दबाइहरुको कारण पनि शरीरमा इलेक्ट्रोलाइटमा असन्तुलन आउन सक्छ । त्यस  अवस्थामा पनि हाम्रो मासु बाउँडिन सक्छ ।

स्वास्थ्य समस्याः धमनीका रोग, मधुमेह, स्नायुसम्बन्धी समस्याहरुका कारण पनि मासु बाउँडिन सक्छ ।

गर्भावस्थाः गर्भवती महिलाहरुमा पनि मासु बाउँडिने समस्या देखापर्न सक्छ । त्यसो हुनुको कारणमा उनीहरुको रक्तसञ्चारमा आएको परिवर्तन तथा उनीहरुले गर्भमा बच्चा बोकेका कारण उत्पन्न अतिरिक्त भारका कारण उनीहरुको खुट्टाका मांसपेशीहरु बाउँडिन सक्छ ।

चिसो तापक्रमः कतिपय व्यक्तिहरुलाई चाहिँ चिसो तापक्रमका कारण पनि मासु बाउँडिन सक्छ ।

उमेरः मासु बाउँडिनुका विविध कारणहरुमध्ये एउटा कारण उमेर पनि हो । उमेर बढ्दै जाँदा मानिसको मांसपेशी कमजोर  हुँदै जाने तथा माथिका कतिपय समस्याहरु सामना गर्नुपर्ने कारणले पनि मासु बाउँडिने समस्या देखापर्न सक्छ ।

गर्ने के ?

सामान्यतः अधिकांश मासु बाउँडिएका समस्याहरु केही समयमा आफैं ठीक भइहाल्छ । तर मासु बाउँडिदा अत्यधिक दुख्ने भएकोले त्यसले हामीलाई गाह्रो बनाइदिन्छ । त्यसैले खुट्टाको मासु बाउँडिएको अवस्थामा उठेर हिँडडुल गरियो भने पनि राहत मिल्छ । त्यसबाहेक, मासु बाउँडिएको ठाउँमा हल्का तन्काउने र तेल मालिस गरिदिने हो भने तुरुन्तै लाभ मिल्छ ।

सबैभन्दा मुख्य  कुरा के कारणले मासु बाउँडिने समस्या भएको हो ? त्यसलाई हल गर्नुपर्छ । धेरैजसो अवस्थामा पानी कम पिउनाले  पनि यो समस्या देखापर्ने गर्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ  ।

मासु बाउँडिने समस्या सामान्यतः आफैं ठीक  हुने गर्छ । तर लगातार र धेरै पटक मासु बाउँडिइरह्यो भने चाहिँ त्यो शरीरका अन्य समस्याहरुका कारण भइरहेको पनि हुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सीय सहायता लिनुपर्छ ।