प्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न
पारिजात स्मृति केन्द्रले २०८० साल कार्तिक १७ गते पारिजात स्मृति भवन, म्हेपी नयाँबजारमा प्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यकमको आयोजना गर्यो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् कवि विमल निभाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जनस्वास्थ्यविद्, नागरिक अभियन्ता डा. शरद वन्तले प्यालेस्टाइनीहरूमाथि इजरायलले गरेको अत्याचारको ऐतिहासिक पाटोको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू डा. महेश मास्के, राजकुमार केसी, केशव सिलवाल, विन्दु शर्मा, लक्ष्मी रुम्बा, कौशिला रिसाल, अगिव बनेपाली, गीता त्रिपाठी, स्वप्निल स्मृति, गौरी देवकोटा, छम गुरुङ, पवन ढुंगाना, राधिका कल्पित, भोलानाथ सुवेदी, युग सर्वनाम, सुरज राना, सन्जित फलाना लगायतले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथिको मन्तव्य पश्चात कवि विमल निभाले पनि आफ्नो एउटा कविता वाचन गर्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले गर्नुभएको थियो ।
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
प्रतिक्रिया