तुरन्तै युद्धविराम र मानवीय सहायता पुग्न दिनुपर्ने प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघको महासभाले मानवीयताको आधारमा इजरायल र हमासले तुरुन्तै युद्धविराम गर्नुपर्ने र गाजाक्षेत्रमा सहायता पुर्याउन दिनुपर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा गाजाक्षेत्रमा फँसेका आम नागरिकहरुको जीवन रक्षाका लागि अत्यावश्यक सहयोग सामग्री तथा सेवाहरु निरन्तर, पर्याप्त मात्रामा निर्वाध पुग्न दिनुपर्ने समेत माग गरिएको छ ।
उक्त प्रस्तावको पक्षमा १२० वटा देशहरुले मत हालेका थिए भने अमेरिका र इजरायल लगायत १४ वटा देशहरुले भने विपक्षमा मतदान गरेका थिए । ४५ वटा देशहरु चाहिँ मतदानमा अनुपस्थित रहे । मतदानमा अनुपस्थित रहेको क्यानडाले प्रस्तवामा हमासले अक्टोबर ७ मा गरेको ‘आतंककारी’ आक्रमणको कडा शब्दमा भत्सर्ना गर्नुपर्ने र हमासले बन्धक बनाएकाहरुलाई तुरुन्तै रिहा गर्नुपर्ने माग समावेश गरिनुपर्ने कुरा उठाएको थियो ।
उक्त प्रस्तावको पक्षमा मतदान गर्ने देशहरुमा चीन, फ्रान्स, दक्षिण कोरिया, इन्डोनेशिया, इरान, कुवेत, वेल्जियम, ब्राजिल, लक्जेम्वर्ग, कतार, रुस, सउदी अरेबिया लगायतका देशहरु छन् । नेपालले पनि प्रस्तावको पक्षमा मतदान गरेको थियो ।
बाध्यकारी नहुने उक्त प्रस्ताव राष्ट्रसंघको आपतकालीन सत्रमा जोर्डनले पेश गरेको थियो ।
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया