हग अर्थात् जादू की झप्पी !
आलिङ्गगनका फाइदाहरु धेरै छन् !
हिन्दी चलचित्र मुन्ना भाइ एमबीबीएस कतिजनाले हेर्नुभएको छ ? त्यस फिल्ममा चर्चित अभिनेता सञ्जय दत्तको ‘जादू की झप्पी’ गज्जबको छ । जादू की झप्पी अर्थात् हग अर्थात् आलिङ्गगन । उनको आलिङ्गगनले प्रेमको सञ्चार गर्छ, तनावग्रस्त जीवन बाँचिरहेको मानिसहरुमा खुसी पैदा गराइदिन्छ, कतिपय अवस्थामा मेडिकल साइन्सले असम्भव जस्तै ठानेको कुराहरुलाई पनि सम्भव तुल्याइदिन्छ ।
Photo: wp.scoopwhoop.com
के वास्तविक जीवनमा त्यो सम्भव छ ?
वास्तवमा त्यो सम्भव छ । चलचित्रमा देखाएजस्तै सम्पूर्ण रुपमा त सम्भव नहोला, तर विज्ञानले मानेको छ, आलिङ्गनले मानिसमा खुसीको, प्रेमको सञ्चार गराइदिन्छ । दुःख, पीडा घटाइदिन्छ र मानिसहरुबीचको सम्बन्धलाई प्रगाढ बनाइदिन भूमिका निर्वाह गर्ने गर्छ ।
आउनुहोस्, हामी पनि आलिङ्गगनका फाइदाबारे जानिराखौं !
मुड फ्रेस गराइदिन्छः आलिङ्गगन गर्दा अक्सिटोसिनको निस्काशन हुन्छ । अक्सिटोसिनलाई बोलीचालीमा प्रेमको हर्मोन वा समधुर सम्बन्ध स्थापित गराइदिने हर्मोन पनि भनिन्छ । यो हर्मोनले प्रेम, विश्वास र पारस्परिक बन्धनलाई राम्रो बनाइदिने काम गर्छ । फलतः हाम्रो शरीरमा यो हर्मोनको उत्पादन–निस्काशन हुँदा मुड राम्रो बन्छ, तनाव र चिन्ता घटेर जान्छ ।
आलिङ्गनका प्रभावका कारण शरीरको रोग प्रतिरोधी क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । खासगरी, अक्सिटोसिनले शरीरको रोग प्रतिरोधी क्षमता बलियो हुने र रोगहरुका विरुद्ध शरीरले राम्ररी लड्न सक्ने स्थिति पैदा हुन्छ ।
तनाव कम हुन्छः आलिङ्गनले शरीरमा कोर्टिसोलको मात्रा घटेर जान्छ । यो हर्मोनले शरीरमा तनाव र चिन्ता बढाउने काम गर्छ । खासगरी, यो हर्मोन हाम्रो शरीरको सुरक्षा प्रणालीसँग सम्बद्ध हुने गर्छ । जब हामीले आलिङ्गगन गर्छौं, हाम्रो मस्तिष्कले आफू सुुरक्षित रहेको अनुभूत गर्छ । फलतः हाम्रो शरीरमा तनाव कम हुन्छ, हामी ढुक्क भएको महसूस गर्छौ ।
पारस्परिक विश्वास र सम्बन्धमा सुधारः आलिङ्गगनले सम्बन्धमा सुधार हुन्छ । यसले पारस्परिक आत्मीयता र अपनत्वको भावना विकसित भएर जान्छ । फलतः सम्बन्धमा सुधार हुन्छ, पारस्परिक विश्वास, आराम र सहयोगको भावना जागृत हुन्छ ।
रोगप्रतिरोधी क्षमता बढ्छः आलिङ्गनका प्रभावका कारण शरीरको रोग प्रतिरोधी क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । खासगरी, अक्सिटोसिनले शरीरको रोग प्रतिरोधी क्षमता बलियो हुने र रोगहरुका विरुद्ध शरीरले राम्ररी लड्न सक्ने स्थिति पैदा हुन्छ ।
पीडानाशकः आलिङ्गनले शरीरमा एन्ड्रोफिन पनि निश्कासन हुने गर्छ । यो भनेको शरीरमा प्राकृतिक रुपमा विद्यमान हुने पीडानाशक हर्मोन हो । यो हर्मोनको उत्पादनमा बृद्धि हुनु भनेको स्वभावतः शरीरमा भएका पीडाहरु पनि कम हुनु हो ।
मुटु स्वस्थ राख्छः कतिपय विज्ञहरुका अनुसार, आलिङ्गनले शरीरमा रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्छ । फलतः यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गरिरहेको हुन्छ ।
मानसिक स्वस्थताको अनुभूतिः आलिङ्गनले व्यक्तिमा मानिसक स्वस्थताको अनुभूति हुने गर्छ । खासगरी, स्नेहयुक्त भौतिक स्पर्शले मानिसलाई आफू सुरक्षित रहेको तथा कसैले आफूलाई वास्ता गरिरहेको अनुभूति दिने गर्छ । यो भनेको मानिसमा खुसी बृद्धि हुने गर्छ ।
उपेक्षाको भावना कम हुन्छ ः आलिङ्गनले मानिसमा आफूलाई कसैले माया वा वास्ता गरिरहेको अनुभूति गराउँछ । अर्थात् यसले मानिसलाई आफू उपेक्षित रहेको भावना पैदा हुनबाट बचाउँछ ।
कम्तिमा २० सेकेण्ड जति आलिङ्गन गर्नुहोस् । यो समय भनेको शरीरले अक्सिटोसिन उत्पादन गर्न लाग्ने न्यूनतम समय हो ।
प्रतिक्रिया