इजरायल घटनाका मृतकको सम्मानमा राष्ट्रिय शोक

इजरायलमाथि प्यालेष्टाइनी समूह हमासले गरेको भीषण आक्रमणमा परी १० जना नेपालीहरु समेतको ज्यान गएको छ । विदेशी भूमिमा अप्रत्याशित ढंगले मृत्युवरण गर्न बाध्य तुल्याइएका तिनै नेपालीको सम्मानमा सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रिय शोक मनाउनका लागि मंगलबार देशभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

असोज २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो । सोही बैठकले मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ । त्यसबाहेक, मृतक परिवारलाई राहतस्वरुप जनही १० लाख पनि उपलब्ध गराइने भएको छ । सोही बैठकले इजरायल सरकारसँगको समन्वय र सहयोगमा इजरायलस्थित नेपाली दूतावासले बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने निर्णय गरेको छ । 

सरकारले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव ल्याउन पहल थालेको छ ।

स्मरण रहोस्, वैदेशिक रोजगारीका लागि इजरायल पनि नेपालीहरुको लागि एउटा प्रमुख गन्तव्य हो । हज्जारौं नेपालीहरु अहिले पनि इजरायलमा श्रम कार्यमा खटिइरहेका छन् । अहिलेको विषम परिस्थितिमा नेपाल फर्कन चाहनेलाई दूतावासले समन्वय गरी लगत संकलन गर्ने र तिनीहरुलाई नेपाल फर्काउने भएको छ ।
 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन