मानवतावादी सम्मान तथा पुरस्कार प्रदान
वंश–रत्न मेमोरियल ट्रस्टले वैज्ञानिक भौतिकवादी चिन्तक मोहनविक्रम सिंह, नागरिक अभियन्ता श्याम श्रेष्ठ र वैज्ञानिक एवं मानवतावादी अभियन्ता प्राडा नरेन्द्र नायकलाई जनही एक लाखको नगद राशीसहित वंश–रत्न मानवतावादी सम्मानले सम्मानित गरेको छ ।
अन्धविश्वास, कुरीति, कुसंस्कार र सबैखाले विभेदविरुद्ध एवं मानववाद र वैज्ञानिक चेतनाको पक्षमा क्रियाशील विभिन्न क्षेत्रका व्यक्तित्व वा संस्थालाई सम्मानित गर्ने ट्रस्टको नीतिअनुसार उनीहरुलाई सम्मानित गरिएको हो ।
असोज २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले प्रमाणपत्र र नगद राशी प्रदान गरेका थिए । सो अवसरमा सम्मानित व्यक्तित्व श्याम श्रेष्ठका बारेमा राजेन्द्र महर्जन, उत्तम निरौलालगायतका वक्ताहरुले संक्षेपमा प्रकाश पारेका थिए ।
सो अवसरमा सम्मानित व्यक्तित्वहरु श्याम श्रेष्ठ र भारतका मैङ्गलुर निवासी प्राडा नरेन्द्र नायकले आफ्ना विचारहरु राखेका थिए । त्यसैगरी, वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी लगायतका वक्ताहरुले पनि संक्षेपमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
ट्रस्टका अध्यक्ष सन्तकुमारी श्रेष्ठका अनुसार यस किसिमको पुरस्कार प्रदान गरिएको नेपालमै पहिलो पटक हो ।

प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने
सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?
भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !
दिल्ली विस्फोटले उब्जाएका प्रश्नहरु
वामपन्थी शासित केरला चरम गरिबी उन्मूलन गर्ने पहिलो भारतीय राज्य बन्यो
प्रतिक्रिया