विहानी सपना

यो विहान म सपना देख्दै रहेँ

पर कतै हावामा घण्टी गुन्जी रह्यो

कुहिरोमा हुँदै मैले बादल माथि सयर गरें

भाग्यले जुराको नाता जोडेँ

प्राचीन सन्त आन चि-सङ** सित

अचानक ओ लु-ह्वालाई पनि भेटें

ति स्वर्गकी परी

ति संगै बसेर हामीले डुङ्गा जत्रै कमलको गाँठ हेर्यौं

खर्वुजा जत्रै हलुवावेद खायौं

हामी तिनका अतिथी जो थियौं

कमलका पातमाथि झुलेका

हामीले मिठा मिठा बात मार्यौं

गहिरा गहिरा अर्थ भएका

तर्क वितर्क गर्यौं

बिरोधाभासमाथि खरो भाषामा

ताततातो उमालेको चिया खायौं

हुन त यसले सम्राटलाई शासन गर्न के खालो सार्दो हो

तैपनि कत्रो मजा

सन्तहरुको जीवन यस्तै न हो

किन म आफ्नै पुरानो बासस्थानमा फर्के हुँला

ब्युझेँ, लुगा लगाएँ, र ध्यानमा बसें

मैले कान थुनेँ

घिन लाग्दा गोरखधन्दा सुन्नु नपरोस भनेर

मेरो दिललाई थाहा छ मेरो सपना साकार हुँदैन

तैपनि कम्तिमा त्यो दुनियाँ अनुस्मरण गरेर

म सुस्केरा हाल्न सक्छु

*लि छिङ चाओ (1084 – 1155), चिनियाँ इतिहासकी एक नामुद कवि |

**चिनियाँ जनश्रुतिका चीरन्जीवी |



भावानुवाद : टंक कार्की