चिनियाँ प्रम भन्छन्ः शीतयुद्ध– ‘नो’ !

चिनियाँ प्रधानमन्त्री ली चियाङले शीतयुद्धलाई विरोध गर्नुपर्ने र पारस्परिक सहयोग बृद्धितिर लाग्नुपर्ने बताएका छन् ।
इण्डोनेशियाको राजधानी जाकर्तामा आयोजित चीन–आशियानको २६ औं शिखर सम्मेलनलाई भदौ २० गते बुधबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
चीन र आशियान मुलुकहरुले सही बाटो हिँड्दासम्म जस्तोसुकै आँधीतुफान आएपनि उनीहरु बीचको एकता सदाझै मजबूत रहने र सबैखाले कठिनाईहरुविरुद्ध लड्दै अघि बढ्ने कुरा पनि उनले बताए । उनका अनुसार चीन–आशियानबीचको निकटतम गठबन्धन कायम रहने र तनाव एवं द्वन्द्वलाई बढाउन खोज्ने बाह्यहस्तक्षेपहरुविरुद्ध अडिग भएर विकासको पथमा अगाडि बढिरहनेछ ।
चीन र आशियान मुलुकहरुले आपसी असहमति–असमझदारीहरुलाई वार्ता र संवादको माध्यमबाट सही ढंगले व्यवस्थापन गर्दै आएको पनि प्रधानमन्त्री ली चियाङको भनाइ थियो ।
चिनियाँहरुको बुझाइमा अमेरिकाले दक्षिण–चिनियाँ समुद्रका बारेमा त्यस क्षेत्रका मुलुकहरुबीचको आपसी विवादहरुमा खेल्दै नयाँ विवादहरु सिर्जना गरी त्यस क्षेत्रमा अस्थीरता सिर्जना गर्न र विकासलाई कामहरुलाई अवरुद्ध गर्न खोजिरहेको छ । त्यसका विपरीत चीनले चाहिँ त्यस समग्र क्षेत्रमा विकास र सुरक्षा सहयोगलाई बढाउने दिशामा अग्रसर रहँदै आएको चीनको दावी छ ।
Photo: Golble Times

ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पको युक्रेन नीति 'यू-टर्न' हो कि रणनीतिक छायाँ युद्ध?

१७औँ ब्रिक्स शिखर सम्मेलनमा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्धता

इजरायल-प्यालेस्टाइन संघर्षः मानवता र जायोनिज्मबीचको युद्ध

‘१२ दिन लामो’ इजरायल–इरान युद्ध साँच्चै सकिएको हो त?

अमेरिकी 'कू' को कालो इतिहास

के हुन सक्छ हर्मुजमा नाकाबन्दीले निम्त्याउने संकट ?

प्रतिक्रिया