राज्यसत्ताको दर्शन
दर्शन प्रकृति, समाज र मानवीय चिन्तनवारे अध्ययन गर्ने विज्ञान हो । आदिम भौतिकवाद र अधिभूतवाद हुँदै द्वन्दात्मक भौतिकवादको तहमा वैज्ञानिक दर्शनको विकास भएको छ । जीवन र जगत अथवा घटना र वस्तुलाई हेर्ने, बुझ्ने र बदल्ने कार्यमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको वैज्ञानिकता प्रमाणित छ । तथ्यको आधारमा सत्य खोज्ने कार्यमा यस दर्शनको आम सारतत्व अभिव्यक्त भइआएको छ । द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोणको स्थापना कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सबाट भएको हो ।
कार्ल मार्क्सको द्वन्दात्मक भौतिकवादको अभावमा अल्बर्ट आइन्सटाइनको सापेक्षतावाद र स्टेफन हकिङको एकीकृत भौतिकवाद सम्भव हुदैनथ्यो । सन् १९औं शताव्दीको ठिक मध्यमा स्थापित द्वन्तात्मक भौतिकवादले दुई क्षेत्रमा आफ्ना चमत्कारहरू प्रदर्शन गर्यो । समाजविज्ञानको क्षेत्रमा लेनिन र माओ त्सेतुङले सञ्चालन गरेका भीषण वर्गसंघर्षद्वारा वैज्ञानिक समाजवादको महान् अभ्यास गरिए । सैद्धान्तिक भौतिक विज्ञानको क्षेत्रमा आइन्सटाइन र हकिङले पदार्थको तरङ्गदेखि ब्ल्याकहोलसम्मका सफल खोज अनुसन्धान गरे ।
अतः भन्न सकिन्छ, भौतिकवादी समाजविज्ञानका प्रणेताहरू मार्क्स, लेनिन र माओ हुन् भने भौतिकवादी ब्रम्हाण्ड विज्ञानका प्रणेताहरू मार्क्स, आइन्सटाइन र हकिङ हुन् । यसरी २१ औं शताव्दीका भौतिकवादीले ब्रम्हाण्डव्यापी मानवीय कार्य विस्तार गरिरहेका वैज्ञानिकहरूको योगदानलाई द्वन्दात्मक भौतिकवादको सारतत्वमा एकीकृत अभ्यास गर्ने बुद्धिमता प्रयोग गर्न सक्नु पर्दछ । जस्तो कि भौतिक विज्ञानको एकीकरणमा जोड स्टेफन हकिङको प्रधान विचार थियो ।
परन्तु, यस आलेखमा राज्यसत्ता र आदिवासीहरूको सम्बन्धमा मात्र विश्लेषण प्रयास गरिएको छ । जसबाट नेपालमा श्रमिकवर्ग र पत्पीडित जातजातिको मुक्ति आन्दोलनको मार्ग सुनिश्चित गर्न सकियोस् ।
राज्यसत्ताको चारित्रिक सारतत्ववारे
तीन हजार वर्षयताको ऐतिहासिक तथ्यका रूपमा राज्य भनेको हिंसामाथिको एकाधिकार हो । जसले निश्चितवर्ग, निश्चित लिङ्ग तथा निश्चित जातिसमुदायमाथि हिंसाको एकाधिकार थोपर्दै आएको छ । आदिम सामुदायिक समाजव्यवस्था अर्थात् गणजातीय राज्यव्यवस्थामा मानिसले दुई वटा मात्र संघर्ष गर्नु पर्दथ्यो । प्रकृतिसंगको संघर्ष र उत्पादनका लागि संघर्ष मात्र गर्नु पर्दा आदिम साम्यवादी युगमा वर्ग हुदैनथ्यो । तर, फ्रेडरिक एङ्गेल्सको समाजशास्त्रीय पुस्तक 'परिवार, निजी स्वामित्व र राज्यको उत्पति' मा लेखिएको छः
'आर्थिक विकासको एक निश्चित चरण, जुन समाजको विभाजनसंग अनिवार्य रूपले सम्बन्धित थियो, मा राज्य फुटको कारणले आवश्यक हुन गयो (पृष्ठ १८९) ।'
फ्रेडरिक एङ्गेल्स लेख्दछन्– वस्तु उत्पादनको चरण जसबाट सभ्य युगको सुरुवात हुन्छ, का निम्न आर्थिक विशेषताहरू थिएः
१. धातु मुद्रा र त्यसको साथै पैसाको रूपमा पुँजी, सुद र सुदखोरीको प्रयोग,
२. उत्पादकहरूवीच मध्यस्थ वर्गको रूपमा व्यापारीहरूको उत्पति,
३. जमिनमा निजी स्वामित्व र धितोको प्रादुर्भाव तथा
४. उत्पादनको प्रमुख स्वरूपको रूपमा दासश्रमको उत्पति (पृष्ट १९२) ।
एङ्गेल्स लेख्दछन्– राज्य भनेको सम्पन्न वर्गको संगठन हो र विपन्न वर्गबाट उसको रक्षा गर्ने हेतुले खडा गरिएको हो (पृष्ट १८७) ।
अतः दास-मालिक व्यवस्था अघिको आदिम सामुदायिक व्यवस्थामा वर्ग थिएन । जब वर्ग देखा पर्यो, मानवीय समाज दास र मालिक वर्गमा विभाजित भइहाल्यो ।
पुँजीवादी गणतन्त्र नेपालको सन्दर्भमा सम्झौताको संविधानद्वारा निसृत संविधान बमोजिम राज्यका संयन्त्रहरू निम्न रहेका छन्ः
१. संसद्,
२. सरकार,
३. अदालत,
४. सेना,
५. प्रहरी,
६. प्रशासन,
७. कारागार,
८. कर तथा राजश्व,
९. अन्तर्राष्ट्रिय वैधता र
१०. विज्ञान-प्रविधि ।
अब प्रष्ट हुन आउँछ, राज्य भनेको सामाजिक विकासका ऐतिहासिक चरणहरूमा हिंसामाथिको एक एकाधिकारी संस्था हो । कसैले भने जस्तो यो कुनै तागेरा निङ्वा फुमाङको ईश्वरीय देन होइन । न त सिद्धान्त भन्ने शब्द सुन्नासाथ रक्तचाप बढ्ने रोगग्रस्त अराजकतावादीहरूले ठान्ने गरेको शून्यवाद नै हो ।
इतिहासमा आदिवासी र राज्यको सम्बन्ध
पृथ्वीको निश्चित भूगोलमा स्थापित भइआएका आदिम निवासीलाई आदिवासी भनिन्छ । जसले, त्यो भूमि आवाद गर्यो तथा आजपर्यन्त मौलिक पहिचानमा जीवित छ र राज्यद्वारा उत्पीडनको सिकार बन्न बाध्य छ । यसरी हेर्दा नेपालमा भूमि आवाद र वसोवास सम्बन्धको दृष्टिले मोटामोटी तीन प्रकारमा आदिवासीहरू रहेका छन् । ती हुन्ः जनजाति आदिवासी, खस आदिवासी र मधेशी आदिवासी । त्यसमध्ये यहाँ जनजाति आदिवासीको चर्चा गरिएको छ ।
नेपालका जनजाति आदिवासीहरू आदिम साम्यवादी व्यवस्था अर्थात् गणजातीय राज्यव्यवस्थामै बाँचिरहेका छन् भन्ने उनीहरूको सामुदायिक एवं साँस्कृतिक जीवनले प्रष्ट गर्छ । व्यक्तिगत रूपमा तीमध्ये कतिपय शासनसत्ताका अधिकारी पनि बनेका छन्, तर सामुदायिक रूपमा भने तिनले वर्ग-राज्यको अभ्यास गरिआएको देखिदैन । ऐतिहासिक कारण यही हो, जसले गर्दा प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको राज्यमा पनि आदिवासीहरू राज्यविहीन मात्र होइन, संघीय प्रदेशहरूको नामाकरण हेर्दा देशविहीन समेत बन्न बाध्य छन् ।
जनजाति आदिवासी समुदायले दास-मालिक व्यवस्था अभ्यास गरेनन् । जब कि, दास व्यवस्थाबाट वर्ग-राज्य संघर्ष प्रारम्भ भएको थियो । अतः वर्ग-राज्यको पहिलो चरणवारे उनीहरू बेखबर रहे । दास-मालिक व्यवस्थालाई निषेध गर्दै सामन्ती व्यवस्था सुरु भयो । सामन्तवादको अभ्यास पनि आदिवासीले गरेका थिएनन् । बरू उनीहरूमाथि हिन्दु सामन्ती सैनिक आक्रमण भयो । त्यसरी आक्रमणकारी दुश्मनका रूपमा आदिवासीले सामन्तवादसंग जम्काभेट गर्न पुगे । परिणाम, सामन्ती राज्यका बखत आदिवासीले राज्यको प्रोत्साहन पाउन सक्ने कुरै भएन ।
संख्यात्मक उपस्थितिको प्रबलता, ब्रिटिश गोर्खा भर्तीबाट आर्जित अनुभवसिद्ध ज्ञान र पछिल्लो समय खसभाषी शिक्षा समेतका आधारमा राणाशासन विरोधी आन्दोलन हुँदै गणतन्त्र घोषणासम्म आउदा नेपालको पुँजीवादी आन्दोलनमा भने आदिवासीहरू सहभागीसम्म देखिए । परन्तु, उनीहरूले पुँजीवादी आन्दोलनको नेतृत्व चाहिँ गर्न पाएनन् । परिणाम, वर्ग-राज्य इतिहासको दृष्टिमा जनजाति आदिवासीहरू देशविहीन अवस्थामा छन् ।
जनजाति आदिवासीहरू भने दास युगवारे बेखबर, सामन्ती युग दुश्मनको रूपमा सामना गर्नु परेको तथा पुँजीवादी युग निर्माण अभियानमा नेतृत्व अवसर गुमाएको जुन इतिहास विद्यमान छ, पुरै तीन युग निर्माणमा आदिवासीहरू पृथक धारमा रहदै आएका छन् ।
सामाजिक विकासका ऐतिहासिक चरणहरूमा दास युग, सामन्ती युग, पुँजीवादी युग र समाजवादी युग हुँदै विश्चसमाज अघि बढेको छ । तर, जनजाति आदिवासीहरू भने दास युगवारे बेखबर, सामन्ती युग दुश्मनको रूपमा सामना गर्नु परेको तथा पुँजीवादी युग निर्माण अभियानमा नेतृत्व अवसर गुमाएको जुन इतिहास विद्यमान छ, पुरै तीन युग निर्माणमा आदिवासीहरू पृथक धारमा रहदै आएका छन् । कुनै पनि जाति समुदाय जब अर्थ-राजनीतिक युग निर्माणको अवसरबाट बञ्चित रहन्छ, त्यो राज्यविहीन र देशविहीन बन्न पुग्दछ ।
अतः नेपालमा संगठित राज्यव्यवस्थाको संस्थापक हाङ यलम्बर भएर पनि ऐतिहासिक युग निर्माणमा वर्ग-राज्यसंगको पृथकता इतिहास आदिवासीहरूको दुःखको खास कारण बनेको छ । यसबाट गुणात्मक छलाङ उठाउन सक्नु नै आदिवासी आन्दोलनको विशेष ऐतिहासिक कार्यभार बन्न आएको तथ्य प्रष्ट छ ।
वर्ग-राज्य संघर्ष र समाजवादी लोकतन्त्रको कार्यक्रम
इतिहासको तीन युग निर्माणमा नेतृत्व गुमाएका आदिवासीले चौथो युग-समाजवाद निर्माणको नेतृत्व सामर्थ्य प्रदर्शन गरेको हुनैपर्छ । तब मात्र उनीहरूको राजकीय पहिचान र अधिकार सुनिश्चित रहने छ । त्यस निमित्त आदिवासीले मजदुर-किसान श्रमिकवर्गसंग स्थायी सहकार्य बढाउनु पर्दछ । युग निर्माणका लागि नयाँ विचारको विकास अनिवार्य मानिन्छ । यो नयाँ विचारधारा, नयाँ कार्यदिशा र मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा आधारित वस्तुवादी कार्यक्रमको नाम नै 'देशभक्त समाजवादी लोकतन्त्रको कार्यक्रम' हो । यसको अध्ययन, स्वीकार्यता र व्यावहारिक प्रयोग जमर्कोबाट जनजाति आदिवासीको मात्र होइन, खस आदिवासी र मधेसी आदिवासीको समेत अहं भूमिकाबाट समाजवादी युग निर्माणमा आश्वस्त बन्न सकिन्छ ।
समाजवादी लोकतन्त्रको कार्यक्रमले श्रमिकवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरूवीच एकीकृत आन्दोलन पद्धति सुनिश्चित गर्छ । यी पाँच जनसमूहको एकीकृत अथवा संयुक्त अधिनायकत्वको राज्यव्यवस्था स्थापनाका लागि पाँच जनसमूहवीच एकीकृत संगठन तथा संयुक्त आन्दोलनको विचार पुष्पलाल श्रेष्ठको संयुक्त जनआन्दोलनकै विकसित विचार हो । जसका निमित्त बहुदलीय प्रणालीमा बहुवर्गीय प्रणाली विकास गर्ने, जस अन्तर्गत मजदुर, किसान र पुँजीपति जनसंख्याको पूर्ण समानुपातमा वर्गीय प्रतिनिधि, लैङ्गिक जनसंख्याको पूर्ण समानुपातमा प्रतिनिधि र जातीय जनसंख्याको पूर्ण समानुपातमा प्रतिनिधि निर्वाचन प्रणाली व्यवस्था गरिन्छ ।
देशभक्त समाजवादी लोकतन्त्रको कार्यक्रमले दलित, आदिवासी तथा मधेशी मूलको मानिसलाई देशको कार्यकारी प्रमुख-प्रधानमन्त्री बनाइछाड्ने सामुदायिक चक्रप्रणाली सुनिश्चित गर्दछ । समाजवादी लोकतन्त्र कार्यान्वयनको संगठनमा देशभक्त समाजवादी लोकतन्त्रको कार्यक्रममा सहमत तथा पहिचान पक्षधर कम्युनिष्टहरू र पुँजीपतिहरू दुबै सदस्य बन्न सक्दछन् । यसरी श्रमिकवर्ग, लिङ्ग र जातिहरूको राजनीतिक, आर्थिक, साँस्कृतिक मुद्दालाई एक आधारभूत चरण साझा मुद्दाको रुपमा अघि बढाइन्छ । तब श्रमिकवर्ग, महिला र जातजातिहरू शक्तिशाली र निर्णायक बन्न पुग्नेछन् ।
परन्तु, वर्ग-राज्यको इतिहासवारे उदासीन स्वघोषित बुद्धिजीविहरूले बुझ्नैपर्छ, राज्यसत्ता भनेको मूलतः वर्गसत्ता हो । त्यसको अभिन्न सहायकमा जातजाति, लिङ्ग तथा क्षेत्रहरू पर्दछन् । अतः राज्यको वर्ग चरित्र स्वीकार गर्न नसक्ने कठमुल्लावादी बुद्धिजीविको कुबुद्धिले आदिवासी आन्दोलनलाई धरापमा नपारोस्, भनेर बेलैमा चेतावनी गर्नुपर्दछ । किनभने, समाजवादी युग निर्माणको स्वीकार्यता र ठोस पहलकदमीको अभावमा विगत तीन युगमा आदिवासीहरू जसरी किनारामा पछारिए, इतिहाससंग राजकीय पहिचान हासिल गर्ने हो भने त्यसबाट आदिवासीले अखण्डनीय शिक्षा लिनै पर्दछ ।
ओली र खपाङ्गीका दुई अतिवादी विचारधाराको खण्डन
प्रदेश नामाकरणदेखि आदिवासीको अर्थ-राजनीतिक अधिकार सम्बन्धमा समकालीन बाहुन नेतृत्वका राजनीतिक दलहरूको नियत एउटै देखिएको छ । त्यसमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेतृत्वदायी भूर्
मिका खेल्ने चरम निकृष्टता प्रदर्शन गरेका छन् । ओलीले आफूलाई पृथ्वीनारायण शाह, जंगबहादुर राणा र महेन्द्र शाहको कथित उच्चजातीय हिन्दु उत्तराधिकारी ठान्दछन् । त्यसैले पूर्वको न्यायपूर्ण पहिचान आन्दोलनलाई आतंककारी करार गर्ने हठमा ओली गिरेका छन् ।
यस्तो प्रतिक्रियावादी हठमा खड्ग ओली कसरी पुगे, ऐतिहासिक विकास प्रक्रिया हेर्नु पर्दछ ।
भनिरहनु परेन, मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी जस्ता नामधारी कम्युनिष्टहरूले पुष्पलाललाई अनपढ इत्यादि भन्दै २००८ मा कम्युनिष्ट पार्टीको महासचिवबाट हट्न विवश तुल्याए । परिणाम, २०१९ को तेस्रो महाधिवेशनसम्म पुग्दा कम्युनिष्ट पार्टी ध्वस्तप्रायः बन्यो ।२०२५ मा आएर पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरे । तर, पुष्पलालको नेतृत्व अस्वीकार गर्दै २०२८ मा झापाली विद्रोह भयो । झापाली समूह २०३५ मा नेकपा माले बन्यो, जो २०४७ देखि एमालेको रूपमा छ ।
झापाली समूहका एक सदस्य थिए, खड्गप्रसाद ओली । झापाली समूहले मोहनविक्रम सिंहकै बोलीमा लोली मिलाउदै पुष्पलाललाई गद्दार भन्यो । ढिलै भए पनि मोहनविक्रमले आफूबाट गल्ती भएकोमा सार्वजानिक आत्मआलोचना गरे ।तर, झापाली समूहका कसैले पनि पुष्पलाललाई गद्दार भन्नु जघन्य अपराध थियो भनेर आजपर्यन्त क्षमायाचना गरेको पाइँदैन । सायद अब त तिनको क्षमायाचनाको औचित्य पनि छैन ।
नामधारी कम्युनिष्ट बाहुनहरूले त्यो विधि पुष्पलालको तेजोबध किन गरे ? गुढ कारण थियो, पुष्पलाल श्रेष्ठ सामन्ती बाहुनवादका नम्बर १ दुश्मन देखा परे । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, तत्कालीन समाजमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम र किसान संघर्षमा जसरी जोडदार नेतृत्व दिने काम गरियो, पुष्पलालको त्यो कर्म शतप्रतिशत बाहुनवाद विरुद्ध थियो । नेपालमा राजतन्त्रको उदय र मातृसत्तात्मक समाज जस्ता पुष्पलालका भौतिकवादी क्रान्तिकारी खोज आलेखहरू जुन थिए, ती सामन्ती अध्यात्मवाद विरुद्ध निर्मम वैचारिक प्रहार थिए । अब सर्वहारा चिन्तनमा रुपान्तरित हुन नसकेका बाहुन कम्युनिष्टहरूलाई उखरमौलो लाग्ने नै भयो ।
पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशा, जसको बलमा २०४६ मा निर्दलीय पञ्चायती व्यवस्था र २०६५ मा आएर एकात्मक सामन्ती राजतन्त्र खारेज गरियो, नेपाली काँग्रेससंगको संयुक्त आन्दोलनबाट निर्दलीय व्यवस्था हटाउनुपर्छ भन्ने कार्यनीति प्रस्तुत गरे वापत बाहुनवादीहरूले पुष्पलाललाई गद्दार आरोपित गरे । तर, तत्कालीन पार्टी महासचिव केशरजङ्ग रायमाझीको राजदरबार पलायनको भण्डाफोर तथा मोहनविक्रम सिंहको संविधानसभा निर्वाचन कार्यनीतिलाई अवस्तुवादी भन्दै २०१८ मा प्रस्तुत पुष्पलालको संयुक्त जनआन्दोलन कार्यनीति नै अचुक रह्यो ।
यसरी सहिद गंगालाल श्रेष्ठका भाइ पुष्पलाल राजनीतिक कार्यनीति निर्माणमा अब्बल वैज्ञानिक प्रमाणित छन् ।
आज गणतन्त्रको व्यवस्थामा समेत खड्गप्रसाद ओली आदिवासी आन्दोलनलाई आतंककारी करार गर्दै प्रतिकारद्वारा ध्वस्त पार्ने हिंसात्मक धृष्टता बोल्छन्, मधेशीलाई मधेश खोज्न विहारतिर जाऊ भन्छन् भने दशकौंअघि सामन्ती चिन्तनका बाहुनहरूले पुष्पलाल जस्ता विचारक एवं क्रान्तिकारी नेतालाई किन बाँकी राख्थे ?
निश्कर्षमा खड्गप्रसाद ओलीको अभिजातवर्गीय दलाल पुँजीवादी र गोर्खाली अन्धराष्ट्रवादी विचारधाराको खण्डन मात्र होइन, समूल खारेज नै गर्नु पर्दछ ।
गोरेबहादुर खपाङ्गीको सन्दर्भमा उनी तत्कालीन नेकपा माले निकट शिक्षक संगठनका प्रभावशाली केन्द्रीय महासचिव थिए । अत्यन्त आकर्षक शारीरिक व्यक्तित्वका नेता एवं प्रखर वक्ता खपाङ्गीले माले निर्माणमा अतुलनीय योगदान गरे । परिणाममा, कुनै बिना कारण प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको केन्द्रीय सचिवबाट उनलाई हटाउने षडयन्त्र भयो । निर्दलीय पञ्चायतको अन्ततिरको समय थियो, गोरेबहादुर खपाङ्गीले बाहुनवादी मालेलाई चुनौती दिदै जातीय मुक्तिको नारामा नयाँ दल खडा गरे ।
गोर्खाली अन्धराष्ट्रवादको एक अंश बाहुनवादलाई चुनौती दिनु अत्यन्त प्रगतिशील कदम थियो । तर, बाहुनवादसंगै मार्क्सवादलाई पनि मुर्दावाद गर्न पुग्नु चाहिँ चरम यान्त्रिकता थियो, जसले समाधान दिदैनथ्यो र दिएन पनि । त्यसैकारण खपाङ्गी आफू लोकप्रिय नेता बन्न पुगे पनि उनले नेतृत्व गरेको दलले किन्चित सफलता प्राप्त गरेन र बअ
अब त गर्न सक्ने पनि छैन ।
सम्यक विश्लेषण गर्दा खड्गप्रसाद ओली राष्ट्रिय अहंकारवादका प्रतिनिधि हुन् भने गोरेबहादुर खपाङ्गीले स्थानीय-सामुदायिक अहंकारवादको प्रतिनिधित्व गरे । वस्तुतः ती दुबैका विचारधारा अतिवादी विचारधारा हुन् । जीवित ओलीसंग पूर्वका आदिवासीले प्रत्यक्ष भिडन्त गरिरहेकै छन् । दिवंगत खपाङ्गीको सीमा र कमजोरीबाट नयाँ पुस्ताले अहं शिक्षा लिएर अघि बढ्नु पर्दछ । तअ
पहिचानवादीले वस्तुगत तथ्यांक हेर्नुपर्छ, नामधारी कम्युनिष्ट पार्टीको नीति निर्माण तहमा प्रतिक्रियावादीहरूको प्रभुत्व हुँदाहुँदै पनि मतपरिणाम हेर्दा देशमा ६० प्रतिशत बढी मतदाता कम्युनिष्ट समर्थक छन् । पेचिलो प्रश्न कि त्यत्रो कम्युनिष्ट समर्थक जनमतलाई निषेध गरेर अर्थात् दुश्मन घोषणा गरेर आदिवासीको राजकीय पहिचान सम्भव छ ? किमार्थ सम्भव छैन । (हेक्का रहोस्, गोरेबहादुर खपाङ्गी लाइनको प्रधान कमजोरी यहीँनिर थियो ।) तसर्थ वस्तुगत समाधान के भने पहिचानवादीले सर्वप्रथम कम्युनिष्ट जनमतको योग्य नेतृत्व गर्न सक्नुपर्छ , दोस्रोमा उनीहरूमध्ये प्रगतिशीलसित सहकार्य गर्नुपर्छ । अन्यथा गोरेबहादुर खपाङ्गीको दुखान्त नियतिको निरन्तरता बाहेक अरु हात लाग्ने छैन ।
बाहुन फासिवादको परिचयात्मक टिप्पणी
नेवा मण्डलका एक जिम्मेवार कमरेडको भनाइ थियो, बाहुन र बाहुन फासिवाद के हो, पहिचानवादीले मिहीन अध्ययन गर्न नितान्त आवश्यक भएको छ । बाहुनहरूले आदिवासी तथा दलितको मिहीन अध्ययन गरेका छन् । त्यस आधारमा उनीहरूले आदिवासी तथा दलितलाई राज्यविहीन तुल्याउने फासिवादी हर्कतमा सफलता प्राप्त गरेका छन् । ठिक त्यसरी नै न्याय र मुक्तिका लागि आदिवासीले पनि बाहुन र बाहुन फासिवादको सम्पूर्ण परिचयात्मक ज्ञान आर्जन गरेको हुनैपर्छ । अह
ती कमरेडको भनाइ एकदम सही लाग्यो ।
वास्तवमा आदिवासीले बाहुनलाई रुपपक्षमा मात्र चिन्दछन् । उसको आन्तरिक सारतत्वमा पटक्कै ध्यान दिएका छैनन् । एक कारण यो हो, जसले गर्दा आदिवासी, महिला र दलितहरूको मुक्तिमार्ग सुदृढ हुन सकिरहेको पाइँदैन ।
रुपपक्षमा बाहुनलाई भन्ने गरिन्छ- काठा, झुसदारे, टपरे, चन्दने, चुच्चे, खन्चुवा इत्यादि । तर, यस्तो सतही परिचयले बाहुनको वास्तविकता ज्ञात हुन सक्दैन र सकेको पनि छैन ।
जस्तो कि चिनियाँ युद्धशास्त्री सुनजूले भनेका छन्, दुश्मनलाई चिन र आफूलाई चिन, त्यसपछि तिमी लडाइँमा विजय प्राप्त गर्न सक्छौ । आजभन्दा २५०० वर्षअघिका सुनजूको सैन्य विज्ञानको सारतत्व द्वन्दवादमा आधारित छ । त्यसले भनेको दुश्मनलाई चिन्ने कुरा वस्तुगत स्थितिको ज्ञान राख्नु हो भने आफूलाई चिन्ने कुरा आत्मगत स्थितिको ज्ञान राख्नु हो । वस्तुगत र आत्मगत स्थितिको संयोजनबाट नै परिवर्तनको मार्गचित्र सुनिश्चित गर्न सकिन्छ ।
गोविन्द न्यौपानेको लेखांश समेतलाई लिएर यहाँ बाहुनको संक्षिप्त परिचय प्रस्तुत गरिन्छः
१. आर्यमूलका हिन्दुधर्मावलम्बी बाहुनहरू इतिहासमा कहिल्यै दास नबनेका (मालिक मात्र बन्दै आएका) जातसमूहमा पर्दछन् । तीन हजार वर्षअघि गंगा मैदानमा चार वर्णव्यवस्थाको जातप्रथा सुरु गर्दा आफूलाई तथाकथित ब्रम्हाको मुखबाट जन्मेको भनी सर्वश्रेष्ठ जात प्रचारित गर्दै आजसम्म मालिक दर्जामा स्थापित गर्न ती सफल भए । वास्तवमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र जातमध्ये ब्राम्हण मालिक र शुद्र दासको श्रेणी थियो । आज गणतन्त्र नेपालको राज्यव्यवस्थामा बाहुनहरुको जुन जात उपनिवेश प्रभुत्व थोपरिएको छ, त्यही गंगामैदानमा स्थापित जातव्यवस्थाको उत्कर्ष हो ।
इतिहासमा कहिल्यै दास नबनेको, तर लगातार मालिकको स्थानमा रजगज गर्दै आएको जातसमूहका हुनाले बाहुन मूलको मानिसले वर्गसंघर्षको मर्म आत्मसात गर्न सकिरहेको छैन भन्ने तथ्य व्यवहारले पुष्टि गर्दछ । दोस्रोमा पुरोत्याइँ इत्यादि संस्कारले बाहुनजातको मानिसले लिनबाहेक दिन पटक्कै जान्दैन ।
२. बाहुन जातसमूहका मानिसहरूमा आप्रवासी चरित्र यथावत रहनु ठूलो समस्या बनेको छ । आप्रवासी चरित्रको मनोविज्ञानले उनीहरूले आफूलाई जहिल्यै असुरक्षित ठान्दछन् । परिणाम, उनीहरू सर्वत्र हस्तक्षेप कब्जा जमाउन पुग्छन् । जसले गर्दा बाहुनहरू हद दर्जाको अतिक्रमणकारी चरित्रमा पतित छन् ।
३. आफ्नै उपाध्याय जातका पुरुषवंशलाई खत्री क्षेत्रीमा खसाल्ने र महिलावंशलाई जैशीमा खसाल्ने जस्तो उग्रतम् असामाजिक परम्परा बाहुन परम्परा हो । आफ्नै छोरा र छोरीलाई त जात काढेर अजात बनाउने बाहुनले आदिवासी, खस र मधेशीलाई बाँकी राख्ने कुरै भएन ।
४. हिन्दु राजा अथवा राणाको संरक्षण र प्रोत्साहनबाट बाहुन फासिवादले खुलेआम बढावा पाउदै आयो । विसं १९९७ को घटनामा प्रजापरिषद्का सदस्यहरू चार जना मारिए, तर सभापति टंकप्रसाद आचार्य भने बाहुन भएकैले मारिएनन् । यो हदको दानवीय अत्याचार बाहुन प्रभुत्वको दक्षिण एसियामा बाहेक पृथ्वीमा कतै छैन ।
५. तत्कालीन नेकपा मालेका केन्द्रीय सदस्य गोविन्द न्यौपानेको पुस्तक 'नेपालमा जातीय प्रश्न (२०५५)' अनुसार बाहुनको अध्ययनका लागि निम्न तथ्य बोध त्यतिकै जरूरी छः
'हिन्दु धार्मिक श्रेष्ठताको विचार राख्नु, हिन्दुवादी जीवन मूल्यहरूलाई सभ्यताको मापनको आधार मान्नु, राज्यव्यवस्थाका हरेक क्षेत्र, हरेक पक्ष र हरेक स्तरमा नियन्त्रण स्थापित गर्नु र सम्पूर्ण उपलब्ध अवसरहरूमा कब्जा जमाउनु आजको नेपाली समाजमा रहेको बाहुन चरित्र हो । .... यो ठेक्का अवसरको उपलब्धता, धुर्त्याइँ वा प्रपञ्चले शक्तिको शिखरमा चढेका, शताब्दीऔंसम्मको ब्रम्हलुटले जम्मा भएको बैभवको नाङ्गो प्रदर्शनमा लागेका र कहिल्यै नमर्ने शोषण रजाइँ तथा सम्मानको तिर्खाले सिकिस्त बिरामी भएका सफेद कलेवरका नयाँ एवं पुराना बाहुनहरूको जिम्मामा छ ।
'.... यी आफ्नो रक्तसम्बन्धका उच्चवर्गीय सुकिला बाहुन आर्यहरूको रजाइँ देखेर बाँकी जनवर्गका बाहुनहरूमा पनि एक किसिमको जातीय श्रेष्ठताको मात चढेको छ र सामाजिक मनोविज्ञानले उत्पन्न गरेको नक्कली उच्चताको रवाफ पनि बढेको छ । समाजमा बलात सम्मान र शासनमा नियन्त्रण कायम गरेको यो जात आफैभित्रका प्रगतिशीलपंक्ति र अरु जातिका जनताको आक्रोश र विद्रोहको ज्वालामुखीमाथि बसेको छ । यसले शक्ति सम्पन्नताको साझेदारीको बाटो लिएन भने अमैत्रीपूर्ण परिवेश र कठिन जीवनदशा भोग्नै पर्ने अवस्था आउन पनि सक्छ ।'
परन्तु, नेपाली समाजमा १२ प्रतिशत जनसंख्याको बाहुन एक समुदाय हो । जसको सम्यक व्यवस्थापनका लागि अर्थ-राजनीतिक कार्यक्रममा देशभक्त समाजवादी लोकतन्त्र र सांस्कृतिक क्षेत्रमा बुद्ध दर्शनको विपश्यना विज्ञानले सर्वोत्तम निरुपण गर्न सक्दछ । समाजवादी लोकतन्त्रले बाहुनलाई राजनीति र प्रशासनको क्षेत्रमा १२ प्रतिशतमा सीमित गर्दछ भने विपश्यना विज्ञानको अभ्यासले मानिस बन्न प्रेरित गर्छ ।
अन्त्यमा, विज्ञानले भन्छ, कुनै पनि वस्तुको विकास र विनाशको कारकतत्च आन्तरिक हुने गर्छ । बाहुन तथा बाहुन फासिवादलाई तथ्यको आधारमा चिनेर व्यवहार गर्न सक्नु जति आवश्यक छ त्यो भन्दा बढी आदिवासी, महिला र दलितहरूले आफूलाई चिन्न र कठोर जातिगत आत्मसमीक्षा गर्न सक्नु पर्दछ । किनकि, फासिवादी चरित्रका बाहुनहरूको सन्दर्भ समीक्षा हो भने आफूलाई चिन्ने र आफ्ना कमिकमजोरी सच्याउने सन्दर्भ आत्मसमीक्षा हो । आदिवासी आन्दोलनमा जातिगत आत्मसमीक्षा प्रधान पक्ष हो ।
प्रतिक्रिया