समाजवादी सोभियत संघमा समाजवाद कहिल्यै मर्ने छैन

आज मार्क्स लेनिनको प्रतिमाहरू उखाडिए, तर विश्वको सम्पूर्ण मेहनतकश जनतामा रहेको प्रतिमा कहिल्यै उखाडिने छैन र सोभियत सङ्घमा समाजवाद फेरि फर्कने छ र अझ बढी सुसंस्कृत र सुदृढ समाजवाद सोभियत जनताले सोभियत सङ्घमा फेरि स्थापना गर्नेछ ।

सोभियत राष्ट्रपति गोर्वाचोभ नेतृत्वमा आएपछि पहिलो नारा थियो 'ग्लासनोष्ट' र 'पेरेस्त्रोइका' । अर्को शब्दमा 'खुलापन' र 'पुनर्गठन' यससँग जोडिएको नारा थियो 'बढी प्रजातन्त्र, बढी समाजवाद' | न मार्क्स प्रजातन्त्र विरोधी थिए, न लेनिन । लेनिनको भनाइ हो समाजवाद प्रजातन्त्रको विकसित रूप हो ।' यी कुरोहरू अगाडि आउँदा हामीले पनि स्वागत

गर्‍यौं ।हामीलाई लाग्यो- त्यसबाट समाजवादी व्यवस्थामा देखापरेका नकारात्मक पक्षहरूमा सुधार प्रकृया शुरू भएको हो, यसका सकारात्मक पक्षको अभिवृद्धि भएर एउटा आम सुसंस्कृत समाजवादको स्थापना हुनेछ । गोर्वाचोभद्वारा प्रस्तुत सो. स. क. पा. केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन र सोभियत सङ्घको सम्विधान पनि समाजवादको सुदढीकरणतिरको पाइला थियो । तर जसै समय बित्द गयो ग्लासनोष्ट र पेरेस्त्रोइकाको नाममा समाजवादकै जगमाथि प्रहार हुन थाल्यो । खुलापन र पुनर्गठन समाजवादलाई सुदृढ गर्ने खालको नभएर पुँजीवादलाई फर्काउने खालको हुन थाल्यो । सोभियतसंघको संविधानलाई खुला रुपमा उल्लङ्घन गरेर काम हुन थाल्यो । सम्विधानको धारा ६, १०, १६, ३०, १०३, १३१, १७० लाई खुलेआम उल्लङ्घन गरेर पूजीवादमा फर्कने कामहरू भएर आए । आजको नेतृत्वले हर मामिलामा अमेरिकी साम्राज्यवादको अगाडि घुँडा टेक्ने काम शुरू भए । विश्वको महाशक्तिको रूपमा गनिएको 'सोभियत सङ्घ' अब अन्तर्राष्ट्रिय मामिलाहरूमा अशक्त मूकदर्शकमा परिणत भयो । सोभियत सङ्घ चर्मराएर टुक्रा टुक्रा- मा विभाजन हुने क्रम शुरू भयो । लेनिनको प्रतिमाहरू उखेल्ने र लेनिनको प्रतिमाको टाउको फोडी सडकमा घिसार्ने काम शुरू भयो । सष्टतः यी कार्यहरू समाजवादलाई सुदृढ गर्ने कार्य नभएर समाजवादलाई नष्ट गर्ने कार्यहरू हुन् ।

 

यो सबै कुरोहरु देखेर सोभियत सङ्घको देशभक्तहरूको दिल जल्नु स्वभाविक हो र उनीहरूले राष्ट्रपति गोर्वाचोभले 'इमर्जेन्सी' लागू गरेर पनि यो प्रकृया रोकियोस् भन्ने आग्रह गरे । गोर्वाचोभले यो कुरो मञ्जुर गरेनन् र सेक्युरिटीका ९ जनामध्ये ८ जनाले इमर्जेन्सी लागू गरी यस प्रकृयालाई रोक्न चाहे । सम्विधानको धारा ३१ अनुसार पोजको एउटा मूल कर्तव्य हो- समाजवादी मातृभूमिको रक्षा गर्नु, समाजवादको उपलब्धिहरूको रक्षा गर्नु । यसकै प्रतिक्रिया स्वरूप ८ जनाले मिलेर जो इमर्जेन्सी लागू गरे, त्यो उनीहरूको देशको आाफ्नो कुरा हो । यसमा आमजनता सञ्चालित भएन। जनताबाट कटिएको काम सफल हुँदैन भन्ने कुरो स्पष्टै छ र कम्युनिष्टहरूले फौजी कार्वाहीभन्दा जनतालाई सञ्चालित गर्नुपर्ने कुरामा जोड दिनुपर्ने । यो कार्य भएन र ८ जनाको नेतृत्वमा भएको विद्रोह असफल भयो ।

यस असफलताले प्रतिक्रान्तिकारीहरुलाई अझ बल पुन्यायो । उनीहरूले सोभियत सङ्घको सञ्चालक शक्ति कम्युनिष्ट पार्टीमाथि नै रोक लगाए । कम्युनिष्ट पार्टीको सम्पत्ति जफत गरिए, उनीहरूको अफिसमा शिलबन्द गरिए । मार्क्स र लेनिनका प्रतिमाहरू हटाइए । सम्विधानमा संशोधन नगरिकन सम्विधानको धारा १७० को विपरीत हँसिया- हथौडाको राष्ट्रिय झण्डा उखाडिए, पाइतलामुनि कुल्चिएर पूँजीवादको प्रतिनिधित्व गर्न झण्डा फहराइए । यो निश्चित रूपले प्रतिक्रान्तिकारीहरूको विद्रोह हो, समाजवादमाथिको 'कू' हो । संसारको कुनै पनि कम्युनिष्टहरूले यस्तो कार्यको सराहना गर्न सक्दैन र नेपाल कम्युनिष्ट पार्टी यी प्रतिक्रान्तिकारी कदमहरूको घोर भर्त्सना गर्दछ ।

आज मार्क्स लेनिनको प्रतिमाहरू उखाडिए, तर विश्वको सम्पूर्ण मेहनतकश जनतामा रहेको प्रतिमा कहिल्यै उखाडिने छैन र सोभियत सङ्घमा समाजवाद फेरि फर्कने छ र अझ बढी सुसंस्कृत र सुदृढ समाजवाद सोभियत जनताले सोभियत सङ्घमा फेरि स्थापना गर्नेछ ।

 

–वि.सं.२०४८ साल साउन २७ गतेको संरचना साप्ताहिकमा प्रकाशित