नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता
प्रगतिशील रूपान्तरण आन्दोलनको आयोजनामा 'नेपाली वामपन्थीहरूको आगामी कार्यदिशा' विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वामपन्थी नेता, कार्यकर्ता तथा बौद्धिक व्यक्तित्वहरूले नेपाली वाम आन्दोलनको वर्तमान अवस्था र आगामी चुनौतीबारे गहन छलफल गरेका थिए।
हालै सम्पन्न चुनावमा ‘वामपन्थी शक्ति’हरुको पराजयले वामपन्थप्रति आस्था र विश्वास राख्नेहरुलाई गहिरोसँग तरङ्गित तुल्याएको छ । कुनै बेला वामशक्तिको सबैभन्दा बलियो किल्ला रहेको नेपालमा किन र कसरी वामपन्थी शक्तिहरु अद्योगतितिर लागे त भन्नेबारे विमर्शहरु शुरु भएका छन् । यसै मेसोमा प्रगतिशील रुपान्तरण आन्दोलनले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
छलफलका क्रममा वक्ताहरूले मुलुकको राजनीति 'फासीवादको चक्रव्युह'मा फस्न सक्ने खतरा औँल्याउँदै त्यसप्रति सचेत रहन आग्रह गरे। उनीहरूले वाम आन्दोलनलाई पुनर्जीवन दिन सैद्धान्तिक स्पष्टता, कम्युनिस्ट आचरणको पालना र जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै, नवउदारवादले निम्त्याएको संकटको सामना गर्न सामूहिक शक्ति निर्माण र राजनीतिमा अर्थपूर्ण युवा हस्तक्षेप आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रममा अशेष घिमिरे, लोकनारायण सुवेदी, शरद वन्त, अनिता पण्डित, निर्ग नवीन, भावना घिमिरे, करुणा पराजुली, डा. विन्दु शर्मा, मोक्तान थेवा पवन र शैलेष पौडेल लगायत २५ जना वक्ताले आफ्ना धारणा राखेका थिए। सोही अवसरमा वाम अभियन्ता बन्धुविक्रम क्षेत्रीले नेपाली वामपन्थीहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा सार्थक र गहन बहसको थालनी गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन
प्रतिक्रिया