मेरो सम्झनामा युर्गन हाबरमास

कुराकानीको पृष्ठभूमि

युर्गन हाबरमाश (Jürgen Habermas) ९६ वर्षको उमेरमा जर्मनीको स्टानबर्गमा १४ मार्च २०२६ मा दुखद निधन भएको समाचार पढे पछि वहाँसंगको मेरो छोटो भेटमा भएको कुराकानी र वहाँको योगदान तथा कृतिसम्बन्धमा यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको समाज शास्त्रको कक्षा कोठाहरुमा भएको छलफलको सम्झना भयो ।

हाबरमासले मानव स्वार्थ नियन्त्रण, बहस र मुक्ति गरी तीन थरिको हुन्छ र यो तीनै थरी ज्ञानसंग घाँटी जोडिएको छ भनी गरेको विश्लेषणले मलाई आकर्षित गरेको थियो । अर्कोतर्फ फूकोले ‘पावर/नलेज’ पुस्तकमा शक्ति र ज्ञानको घाँटी जोडिएको छ भन्ने बाट पनि म आकर्षित भएको थिएँ ।

फुलब्राईट छात्रवृत्तिमा समाजशास्त्रमा विद्यावारिधिको अध्ययन गर्न यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा अध्ययन गर्न सन् १९८७ को अगस्तमा जाँदासम्म मलाई हाबरमास र मिशल फूको (Michel Foucault) बारे केही जानकारी थिएन । फल सेमेष्टरमै प्रख्यात विश्लेषणात्मक मार्क्सवादी समाजशास्त्री माइकल बरोवेको (अनुसन्धान) विधिको दर्शनको कक्षामा पहिलो पटक हाबरमासको ‘नलेज एण्ड ह्युमन ईन्ट्रेस्टस्ः अ जनरल पर्सपेक्टिभ’ र फूकोको पुस्तक ‘डिशिप्लीन एण्ड पनिश (Discipline & Punish) पढे देखि म दुवैको फ्यान हुन थालें । हाबरमासले मानव स्वार्थ नियन्त्रण, बहस र मुक्ति गरी तीन थरिको हुन्छ र यो तीनै थरी ज्ञानसंग घाँटी जोडिएको छ भनी गरेको विश्लेषणले मलाई आकर्षित गरेको थियो । अर्कोतर्फ फूकोले ‘पावर/नलेज’ पुस्तकमा शक्ति र ज्ञानको घाँटी जोडिएको छ भन्ने बाट पनि म आकर्षित भएको थिएँ । त्यसबेला दुवैको तर्क ठिक लाग्दा हाबरमासको तर्क ठीक तर अधुरो र फूको तर्क ठीक तर अधुरो लाग्यो । दुवैलाई एक ठाउँमा राखे ज्ञान, शक्ति र स्वार्थको अन्तर सम्बन्धले दुई वटा संसार सृजना गर्छ भन्ने लाग्यो । पहिलो, नियन्त्रणको स्वार्थसंग दमनकारी शक्ति र शक्तिशाली समुहको ज्ञानको गठबन्धनको संसार, र दोश्रो, मुक्तिको सार्थसंग मुक्तिकामी शक्ति र कमजोर समूहको ज्ञानको गठबन्धनको अर्को संसार । साथै हाबरमासले बहस पनि एउटा स्वार्थ भएको तर यो नियन्त्रण वा मुक्ति तर्फ जानसक्ने तर आफैमा मुक्ति नभएको यथार्थलाई आत्मसात गरें ।

हाबरमासको अर्को कृति ‘द स्ट्रक्चरल ट्रान्सफर्मेसन अफ द पब्लिक स्फेयर’को अध्ययन गरेपछि भने मैले मेरो पिएचडिको डेजर्टेशन शोधकार्यको लागि नेपालमा विकासको सम्बन्धमा सार्वजनिक बहसमा केन्द्रित हुन प्रेरणा मिलेको थियो ।

हाबरमासले फ्राङ्कफर्ट, पेन्सिलभानिया र क्यालीफोर्नियाको बर्कलेमा कोर्श प्राध्यापन गर्दा विद्यार्थीहरुसंग भएको उत्साहजनक छलफलबाट सृजना भएको दुइ भागमा प्रकाशित ‘द थ्यौरी अफ कम्युनिकेटिभ एक्शन’मा सञ्चार मानव समाजको आधारभुत जग भएको र कसरी पद्दतिले जीवनसंसारलाई उपनिवेश बनाउँछ भन्ने विचार प्रभावशाली लागेको थियो । हाबरमासले आधुनिकताको अधुरो परियोजनालाई पूर्णता दिन यसअघि अर्को पुस्तक ‘द फिलोसोफिकल डिस्कोर्श अफ मडर्निटी’ मा विवेक (रिजन) लाई व्यावहारिक बनाउने भन्ने विचार अन्तर्गत उक्त सिद्धान्त आएको पनि आकर्षक लागेको थियो । हाबरमासको अर्को कृति ‘द स्ट्रक्चरल ट्रान्सफर्मेसन अफ द पब्लिक स्फेयर’को अध्ययन गरेपछि भने मैले मेरो पिएचडिको डेजर्टेशन शोधकार्यको लागि नेपालमा विकासको सम्बन्धमा सार्वजनिक बहसमा केन्द्रित हुन प्रेरणा मिलेको थियो ।

मेरो पिएचडिको डेजर्टेशन शोधकार्यको गाईड प्रा. रबर्ट निली बेल्लाले समाजशास्त्रको ग्य्राजुयट विद्यार्थीहरुलाई हाबरमासको कृतिमा केन्द्रित एउटा कोर्शमा प्राध्यापन गर्नु हुन्थ्यो । त्यसै गरी बर्कले कै समाजशास्त्र विभागमा पिएचडिको लागि अध्ययनरत एक जना विद्यार्थी (मैले नाम बिर्से)ले पनि अण्डरग्य्राजुयट विद्यार्थीहरुलाई हाबरमासको कृतिमा केन्द्रित एउटा कोर्श पढाउनु हुन्थ्यो । प्रो. बेल्लाले आफू भन्दा उक्त विद्यार्थी नै हाबरमासको वारेमा विज्ञ भएकोले आफ्नो विद्यार्थीहरुलाई उन्को कक्षा लिन लगाउनु भएर र आफै पनि कक्षामा सहभागी हुने गर्नु हुन्थ्यो । प्रा. माइकल बरोवे पनि उक्त विद्यार्थीले लिएको कक्षामा सहभागी हुने गर्नु हुन्थ्यो । वहाँहरु दुवैले मलाई पनि सहभागि हुन सुझाव दिनु भए अनुसार म पनि सहभागी हुने गरेका थिएँ । त्यहाँ भएको छलफ अति नै गहन, खँदिलो, सारगर्भित तथा आँखा खोल्ने हुने गर्थ्यो । नेपालको हाम्रो अभ्यास र अनुभवबाट हेर्दा यस्तो कार्य अकल्पनीय लागेको थियो । त्यहाँ मैले दुई वटा कुरा थाहा पाएँ । एउटा, हाबरमासको योगदान दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीति शास्त्र, विधिशास्त्रलगायतमा अति दुरगामी महत्वको तर जटिल छ ।  दोश्रो, अध्ययन अध्यापनको कार्यमा कोही ठूलो सानो हुँदैन, जोसँग ज्ञान छ, विज्ञता छ उसबाट जो कोही पनि लाभान्वित हुनसक्छ, हुनुपर्दछ ।

यी सवै अनुभवले गर्दा मैले हाबरमास र फूको दुवैको कितावहरु सके जति किनेर संकलन गर्थें । म बर्कलेमा सन् १९८७ मा पुग्दा फूकोको निधन भएको तीन वर्ष भइसकेको रहेछ । मृत्यु अघिसम्म फूकोले बर्कलेमा प्राध्यापन गर्न वरावर आउनु हुन्थ्यो रहेछ । बर्कलेको मानवशास्त्र विभागका प्राध्यापकहरु कि फूको पक्षधर कि फूको विरोधी क्याम्पमा बाँडिएको रहेछ । हाबरमास र फूकोको कक्षामा सहभागी हुन पाएको भए क्या हुने थियो भन्ने लागे पनि फूको बितिसकेपछि म बर्कलेमा पुगेकोले वहाँको कक्षामा सहभागी हुन सक्ने कुरै भएन । तर, हाबरमास जीवित भएकोले वहाँ प्राध्यापन गर्न आउनु भए क्या गजब हुन्थ्यो भन्ने लागि रहन्थ्यो ।

हाबरमाससंग मेरो कुराकानी

तात्कालीन ‘ब्यारोज हल’ (डेभिड प्रेष्कोट ब्यारोज काला विरोधी, आदिवासी विरोधी उपनिवेशवादी भएकोले विश्वविद्यालयले यो नाम सन् २०१५ मा हटाएको थियो) को चौथो तल्लामा भएको समाजशास्त्र विभागको सूचनापाटी हेर्दा एउटा अविश्वसनीय जानकारी सूचनापाटीमा राखेको पाएं । बर्कलेमा हाबरमाससंग भेट गर्न इच्छुक विद्यार्थीहरुले समय तय गर्न डिनलाई फोन गर्न भनिएको थियो । मलाई विश्वास नलागेर उक्त सूचना दोहोर्‍याई तेहेर्‍याई पढें । त्यो सूचना सूचनापाटीमा त्यसै दिन टाँसिएको भएपनि धेरैले समय लिएको भए मैले भेटेने अवसर नपाउँला भनी तत्काल पब्लिक फोन बुथमा भएर क्वार्टर पैसाहरु हाली डिनलाई फोन गरें । फोनमा कुरा गर्दा शुरुमै म त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र विभागको निवर्तमान विभागीय अध्यक्ष र हाल फूलब्राईट छात्रबृत्तिमा समाजशास्त्र विभागमा पिएचडिका उपाधिको लागि अध्धयनरत विद्यार्थी भने पछि अक्टोबर १९९८ को दिन विहान ९ वजे देखि १० वजे सम्म मेन्स फ्याकल्टी क्लबमा अप्वाईन्मेण्ट निश्चित गर भन्नु भयो । मलाई विश्वास नलागेर १ घण्टाको समय दिनु भएको भनेर सोधे । हो भन्नु भयो । मेरो खुशीको सीमा रहेन । अपार्टमेण्टमा गएर यशोलाई सुनाए र उनी पनि खुशी भए । यो एक घण्टाको कुराकानी ऐतिहासिक, अविश्मरणीय हुने भएकोले भिडियो रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यस बेला भिडियो क्यामरा आफूसंग थिएन, र सबै संग हुंदैनथ्यो पनि । सोधखोज गर्दा बर्कलेमा आर्किटेक्चरमा पिएचडि अध्ययरत ईक्वेडरको विद्यार्थीले डिपार्टमेण्टबाट भिडियो क्यामरा ल्याउन मिल्ने रहेछ । मैले वहाँलाई हामी दुवै संगै जाउं, हाबरमासले कुराकानीलाई रेकर्ड गर्न दिनुहोला जस्तो त लाग्दैन, तर दिनु भए ऐतिहासिक हुनेछ र नदिनु भए तपाईलें एक घण्टा विश्वको सर्बाधिक चर्चित दार्शनिक हाबरमासको विचार सुन्ने अवसर हुनेछ भने पछि सहर्ष स्वीकार गर्नु भयो ।

समाजशास्त्र विभागको सूचनापाटी हेर्दा एउटा अविश्वसनीय जानकारी सूचनापाटीमा राखेको पाएं । बर्कलेमा हाबरमाससंग भेट गर्न इच्छुक विद्यार्थीहरुले समय तय गर्न डिनलाई फोन गर्न भनिएको थियो । मलाई विश्वास नलागेर उक्त सूचना दोहोर्‍याई तेहेर्याई पढें । त्यो सूचना सूचनापाटीमा त्यसै दिन टाँसिएको भएपनि धेरैले समय लिएको भए मैले भेटेने अवसर नपाउँला भनी तत्काल पब्लिक फोन बुथमा भएर क्वार्टर पैसाहरु हाली डिनलाई फोन गरें ।

हामी दुवै मेन्स फ्याकल्टी क्लबमा दुई मिनेट अघि पुग्यौं । रिसेप्सनिष्टले तल्लो तलाको देव्रे छेउको कोठामा बस्न भन्नु भयो । जांदै गर्दा एक जना पातलो शरिरको साधारण जस्तो दखिने मान्छे भर्‍याङ ओर्लदै गरेको देख्यौं । ठिक नौ वज्न लागेको र वहाँको ओठ बच्चामा जोडेको भन्ने थाहा भएको र त्यसतै देखएिकोले वहांनै हाबरमास हो भन्ने अन्दाज गर्‍यौं । वहांले हामी दुवै संग हात मिलाउनु भयो र छेउको भेटघाट कक्षमा लानु भयो र एक घण्टा कुराकानी भयो । वोली बुझ्न भने ध्यान दिएरै सुन्नु पर्थ्यो । छोटो परिचय सकिनासाथ मैले वहाँलाई भने कि तपाई बीसौं शातब्दीको अन्तिम तर्कवादी (र्‍याशनलष्टि) हुनुहुन्छ, मडर्निटीको अनफिनिष्ड प्राजेक्टलाई पुरा गर्न थाल्नु भएको छ । तपाईसंग मैले एक घण्टा कुराकानी गर्ने अवसर पाउनु हामी दुवैको अहोभाग्य । मेरो लागि यो ऐतिहासिक क्षणलाई भिडियो रेकर्ड गर्न दिनु भए आभारी हुने थिएं भन्दा रेकर्ड नगरौं कुराकानी गरौं भन्नु भयो । वहाँसंगको कुराकानीमा मैले तिन वटा जिज्ञासा राखें ।

पहिलो, तपाईले ‘द थ्यौरी अफ कम्युनिकेटिभ एक्शन’मा कम्युनिकेशनलाई आधारशिला मान्नु भयो तर तपाईको यो पुस्तकलगायत कुनै पनि पुस्तकहरु बर्कले विश्वविद्यालयका प्राध्यापक र विद्याथीहरुलाई नै कम्युनिशेन हुँदैन । किन यस्तो कठिन लेख्नु हुन्छ? जर्मन भाषमा लेख्नु हुने र जर्मन भषामा छ वटा शब्दहरुसम्म जोडेने भएकोले यस्तो भएको हो कि भनेर जिज्ञाशा राखें । वहाँले जर्मन भाषाको कारणले नभए पनि विभिन्न कारणले क्लिष्ट लाग्न सक्छ तर तपाईले भन्नु भए जस्तो सरल र बुझिने हुनु पर्छ भन्ने सुझाव ग्रहण गरें भन्नु भयो ।

मार्क्स, व्वेवर र फूको वितिसक्नु भएकोले वहाँहरुले त्यहाँको समाजको प्रत्यक्ष अनुभव गरेर सिद्धान्त र अवधारणाहरु परिमार्जन गर्छु भन्ने अवसर रहेन । तपाईलाई त त्यो अवसर छ नि भन्दा वहाँले मलाई तपाईको सुझाव राम्रो हो, म त्यतातिर अनुकुल मिलाएर भ्रमण गर्न प्रयास गर्नेछु भन्नु भयो ।

दोश्रो, तपाईले जे जती कृति प्रकाशन गर्नु भएको छ र जे जति व्याख्यान दिनु भएको छ, र तपाईले जति सिद्धान्त र विचारहरु प्रतिपादन गर्नु भएको छ, ती सबै तपाई भन्दा अघिको दार्शनिक, समाजशास्त्रीहरु विशेष गरेर कार्ल मार्क्स, म्याक्स व्वेवर, फूकोले जस्तै भारत, नेपाल जस्तो उंच निचको जात र वर्ण व्यवस्था भएको दक्षिण एशिया र चीन तथा दक्षिण पूर्व एशियाका दुई भिन्न समाजको प्रत्यक्ष अवलोकन नगरी युरोप, उत्तर अमेरिका, ल्याटीन अमेरिका र अफ्रीकाको मात्र अनुभवको आधारमा सृजना गरिएको सिद्धान्त र अवधारणहरु के कति शटिक, अर्थपूर्ण र विश्वव्यापी हुन्छ भनी जिज्ञासा राखेको थिएँ । मार्क्स, व्वेवर र फूको वितिसक्नु भएकोले वहाँहरुले त्यहाँको समाजको प्रत्यक्ष अनुभव गरेर सिद्धान्त र अवधारणाहरु परिमार्जन गर्छु भन्ने अवसर रहेन । तपाईलाई त त्यो अवसर छ नि भन्दा वहाँले मलाई तपाईको सुझाव राम्रो हो, म त्यतातिर अनुकुल मिलाएर भ्रमण गर्न प्रयास गर्नेछु भन्नु भयो । पछि वहाँले दक्षिण कोरियामा सन् १९९६ मा भ्रमण गर्नु भएको समाचार पढें, तर भारत, चीनको भ्रमण गर्न अनुकुल मिलेन जस्तो छ ।

कुराकानीमा समय गएको पत्तो भएन तर समय सकिन ८ मिनट जती बाँकी रहँदा हाम्रो कुराकानी अब रेकर्ड गर्नु भए हुन्छ भन्नुभयो । साथीले हत्तपत्त क्यामरा हातमा उचालेर भिडियो रेकर्ड गर्न थाल्नुभयो । वहाँले आजको कुराकानीमा तपाईंबाट धेरै कुरा सिके भन्नु भएको सुन्दा म जस्तो विद्यार्थी खुशी नहुने कुरै भएन । मैले भनेको कुरा वहाँ जस्तो विश्वको अन्तिम तर्कवादीलाई समेत चित्त बुझ्दो रहेछ भन्ने भन्दा पनि हामी जस्ताको कुरा समेत सुनेर मनन गर्ने महानता देखाउनु भएकोबाट बढी खुशी भएँ । जाने बेलामा मौका मिले नेपालको आउनु होला भनेर हामी दुवै विदा भयौं ।

पछि रिल फिर्ता पाएपछि हेर्दा बृत्तचित्रको रेकर्ड भएको रहेनछ, तर भएको हाबरमाससंगको कुराकानी पनि पुरै मेटिएको रहेछ । भिडियो पनि बचेन, फोटो पनि भएन । उक्त कुराकानीको भिडियो एनटिएस्सिबाट पालमा तथा एनटिएस्सिमै पनि कपी नगरेकोमा साह्रै पछ्तो लाग्यो, आजसम्म पनि लागि रहेकै छ ।

अपार्टमेण्टमा फर्केर भिडियो हेर्दा शुरुको केहि बेरसम्मत कार्पेटको मात्र खिचिएको रहेछ शायद फोकस मिलाउन वा खिच्ने बानी नभएकोले होला । जे भएपनि सात मिनेट जतिको भिडियो फुटेज भएको उक्त रिल नेपालमा सन् १९९१ मा फिल्डवर्क गर्न आउँदा साथमै लगेको थिएं । पोखरामा नेपाल टेलिभिजनबाट सन् १९९० मा भएको जनआन्दोलनको बृत्तचित्र प्रशारण हुने भएकोले मेरो डिजर्टेशन रिसर्चको लागि काम लाग्ने भएकोले सो भिडियोमा रेकर्ड गर्न छिमेकी भाईहरुलाई जिम्मा दिएको थिएँ । रेकर्ड गर्न रिललाई ५ मिनट जति फर्वाड गरे पछि रेकर्ड गर्दा हुन्छ भने । पछि रिल फिर्ता पाएपछि हेर्दा बृत्तचित्रको रेकर्ड भएको रहेनछ, तर भएको हाबरमाससंगको कुराकानी पनि पुरै मेटिएको रहेछ । भिडियो पनि बचेन, फोटो पनि भएन । उक्त कुराकानीको भिडियो एनटिएस्सिबाट पालमा तथा एनटिएस्सिमै पनि कपी नगरेकोमा साह्रै पछ्तो लाग्यो, आजसम्म पनि लागि रहेकै छ ।

हाबरमाससंग मैले कुराकानी गरेको भोलिपल्ट बर्कलेमा वहाँको पब्लिक लेक्चर थियो । मानवशास्त्र विभागको मित्र भिन्सन आडम्स, वहाँको पति जोनको साथमा यशो र म पनि आधा घण्टा अघि लेक्चर सुन्न हलमा पुग्यौं । हल खचाखच भरिएकेले हामी चारै जना हल बाहिर उभिएर सुन्यौं । भोलिप्लट बर्कलेको समाचार पत्रहरुमा उक्त लेक्चर बारे समाचार पढ्यौं । समाचारमा हाबरमासलाई सुन्न उपस्थित ९५ प्रतिशत प्राध्यकपक र विद्यार्थी स्रोताहरुले हाबरमासले के कुरा गरिरहेको छ बुझ्दैनन भनी प्रा. बेल्लाले भन्न् भएको भनाई उल्लेख गरेको रहेछ ।  उक्त समचारदाताले केही स्रोताहरुलाई हाबरमासले दिएको लेक्चर नबुझिने हुँदा पनि किन सुन्न आउनु भएको भन्दा नबुझेर के भो त, हामी त वहाँलाई प्रत्यक्ष हेर्न र सुन्न आएको भनेका भनाई पनि उल्लेख गरेको थियो ।

अन्तमा,

हाबरमास, फूको आदि प्रति बर्कलेमा उर्लेको क्रेज बर्कलेबाट नेपाल सन् १९९३ को अगस्त महिनाको तेस्रो हप्तामा फर्क देखि आदिवासीको अधिकारको लडाइँमा होमिएपछि बाटो नै अलग भएकोले हाबरमास र फूकोदेखि टाढिदै गएँ । अव हाबरमास र फूको भन्दा पनि आदिवासीवाद, विउपनिवेशीकरण धेरै माथिको चढाइ लाग्न थाल्यो । बर्कलेमा हुँदा आदिवासी आन्दोलनमा मरिमेटी लागि नसकेकोले त्यस बेला हाबरमासलाई आधुनिकताको परियोजनालाई पूर्णता दिने, कम्युनिकेटिभ एक्शन, ज्ञान र स्वार्थ तथा तर्कवादमा आदिवासी न्याय के कसरी हुन्छ भनेर सोध्न आएन । वहाँसंग कहीँ कतै, कुनै दिन भेट भए सोधौला भन्ने थियो, अब सोध्ने अवसर बाँकी रहेन ।