नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
उक्त प्रतिबद्धतापत्रका मुख्य बुँदाहरूलाई निम्न अनुसार रहेका छन्–
वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकोले यसलाई परिवर्तन गरी सरल र कम खर्चिलो बनाउने तथा शासकीय स्वरूपमा परिमार्जन गरी राजनीतिक स्थिरता कायम गर्ने प्रतिवद्धता गरिएको छ ।
संविधानको समीक्षा गरी शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायतका विषयमा अग्रगामी परिमार्जन गर्ने पार्टीको योजना छ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानविन गर्न एक शक्तिशाली उच्चस्तरीय आयोग गठन गरिनेछ।
सार्वजनिक सेवालाई 'मुहाररहित, कागजमैत्री र नगदरहित' (Faceless, Paperless, Cashless) बनाउँदै ई-शासन (E-Governance) लागू गरिनेछ।
आगामी पाँच वर्षभित्र दोहोरो अंकको (१० प्रतिशतभन्दा माथिको) आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ।
वार्षिक ५ लाख नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने र विदेशबाट फर्केका युवाहरूलाई उद्यमशीलतामा जोड्ने कार्यक्रम ल्याइनेछ।
आगामी दशकलाई 'कृषि लगानी दशक' घोषणा गरी प्रमुख खाद्यान्नहरूमा २ वर्षभित्र आत्मनिर्भर बन्ने योजना छ ।
भू-हीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २ वर्षभित्र लालपुर्जा वितरण गरी सुकुम्बासीमुक्त देश बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
शिक्षालाई गुणस्तरीय र रोजगारमुखी बनाउन 'एक पालिका, एक नमुना आवासीय विद्यालय' को अवधारणा ल्याइनेछ ।
स्वास्थ्य सेवालाई पूर्णतः निःशुल्क र जनमुखी बनाउँदै सन् २०८८ सम्ममा शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ ।
राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्र गतिमा सम्पन्न गर्ने, पूर्व-पश्चिम रेलमार्ग र प्रमुख सहरहरूमा मेट्रो/मोनोरेलको प्रक्रिया अघि बढाउने लक्ष्य छ ।
आगामी ५ वर्षमा थप १०,००० मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारणको क्षमता १५,००० मेगावाट पुर्याइनेछ ।
नेपालको असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्दै छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्ने र लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक माध्यमबाट समाधान गरिनेछ ।
सिआइएले खोलेको नक्कली कम्युनिस्ट पार्टी: क्रान्तिको मुकुण्डोभित्र जासुसीको खेल
राजनीतिक कार्यकर्ताहरूले कानुनी लडाइँहरूप्रति बेवास्ता गर्दै कठोरतम सजायलाई प…
जुर्गेन हेबरमासले देखाइदिए: दर्शन कस्तो हुनुपर्छ !
संसारका सबै महिलाहरूले एक दिन बिदा लिए भने के होला?
रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व
सन् २०२५ मा विश्व ट्रोट्स्कीवाद: एक संक्षिप्त रूपरेखा
एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु
प्रतिक्रिया