पतोन्मुख पश्चिम
पश्चिम सभ्यतागत, नैतिक, राजनीतिक र आध्यात्मिक पतन
अहिले यहाँ सबैभन्दा पहिले कसको पतन हुनेछ? भन्ने कुरा केन्द्रीय प्रश्न हो। बाँकी सबै केवल मिथ्या तपशीलका कुरा मात्र हुन्।
हामी दिनानुदिन वैचारिक, राजनीतिक तथा नैतिक रूपमा पतोन्मुख भइरहेका छौँ। यसको एउटा स्वस्थ विकल्प बहुध्रुवीयता (Multipolarity) हो। शुरुआतमा ‘मागा’ (MAGA) आन्दोलन पनि यहि धारासँग समान देखिएको थियो। तर, समयसँगै त्यो अवस्था रहेन अथवा त्यस्तो परिस्थिति हाल विद्यमान छैन। यहाँ ट्रम्प स्वयंमा एक ठूलो भ्रम हुन्। उनले बहुध्रुवीयता विरुद्ध लडेर ‘मागा’ को मुल भावनामाथि प्रहार गरिरहेका छन्। यसै कारणले गर्दा हामी निरन्तर रूपमा पतनको मार्गतर्फउन्मुख हुँदैगइरहेका छौँ।
हामीलाई कुनै पनि कुराले आशावादी बनाउदैन। हाम्रा सबै विकल्पहरू केवल खराब, अति खराब र निकृष्ट बीचका छन्।
अमेरिकी सम्भ्रान्त वर्गहरु (चाहे ती डेमोक्र्याट हुन् वा रिपब्लिकन) पूर्ण रूपमा भ्रष्ट र व्यभिचारी छन्। उनीहरूसँग कुनै उच्च नैतिक धरातल छैन। उनिहरु केवल नग्न छन्। यो एक घृणित देश र घृणित समाज हो। ट्रम्प यसैका उपज वा हिस्सा मात्र हुन्। एपस्टीनका फाइलहरूले यसलाई चाहे ती आंशिक वा सेन्सर गरिएका नै किन नहुन् यस कुरालाई निर्विवाद रूपमा प्रमाणित गरिदिएका छन्।
यहाँ प्राविधिक प्रगति तीव्र नैतिक पतनको अर्को पाटो मात्र हो। पश्चिमी आधुनिकताको सुरुवात इसाई धर्म विरोधी भावनाबाट भएको थियो। अहिले यो रेलको गति आफ्नो अन्तिम गन्तव्य "एपस्टीन आइल्याण्ड" मा आइपुगेको छ। यिनिहरु बाल-यौनचारी, विकृत मानसिकता भएका, झुठा, ठग, हत्यारा, पतित र सैतानवादीहरू यसका तार्किक परिणाम हुन्।
'यस्तो लाग्छ कि समग्र अमेरिका नै यो एपस्टीनका फाइलहरूमा समेटिएको छ।'
तपाईंले नै यी मानिसहरूलाई रोज्नुभयो। उनीहरूलाई शासन गर्न दिनुभयो। साथै उनीहरूको लोभ र लालसाका र मोजमस्ति र कुकृत्यलाई छोप्नका लागि उनिहरुले अन्य कमजोर राष्ट्रहरूमाथि आक्रमण गर्दा पनि उनीहरुकै प्रशंसा र समर्थन गर्नुभयो। त्यसैले, तपाईं पनि यस अपराधमा समान रूपमा दोषी हुनुहुन्छ।
समग्र उत्तर अमेरिका नै एउटा विशाल 'एपस्टीन टापु' (Epstein Island) हो। सच्चिकै भन्नुपर्दा अहिले आधुनिक पश्चिमलाई 'विश्व एपस्टीन टापु' को रूपमा पनि चिनिन्छ।
अमेरिकी संभ्रान्त वर्ग (Elite) एक सामूहिकरूपमा एक 'क्राइस्ट-विरोधी' (Antichrist) शक्ति हो। ट्रम्प केही फरक देखिएका थिए र केहिहदसम्म सायद हुन् पनि। तर यो सस्मरणरहोस् ! उनकै राष्ट्रपतीय कार्यकालमा एपस्टीनका फाइलहरू सार्वजनिक भएका छन्। जसमा उनका आफ्नै भयानक अपराधीक कुकृत्यहरू समेटिएको डसियर (dossier) फाईल पनि समावेश छ। सायद अहिले उनको आत्माले पश्चात्तापका लागि याचनाको प्रयास गरिरहेको छ।
अहिले अमेरिका, पश्चिम र इजरायलका हरेक कुरा (राजनीति, संस्कृति र आर्थिक र सञ्चारमाध्यम) माथि प्रश्न उठाउन आवश्यक छ। यहाँ सबै कुरामा सबैजना सम्झौतावादी (compromised) भइसकेका छन्। यो 'आधुनिक उदारवादी पश्चिमा सभ्यता' भनिने ढोँगको अन्तिम अवसानको घडी हो। यो पूर्णतः समाप्त हुनैपर्छ।
पिटर थिलको भोगाइ सही थियो। एपस्टीन टापु बेकनको 'न्यू एटलान्टिस' (New Atlantis) हो। तर वैश्वीकतावादी संभ्रान्त समूहका धेरैजसो कट्टर आलोचकहरू आफैँ पनि त्यही घिनलाग्दो एपस्टीन जगतका हिस्सा जस्ता देखिन्छन्। समस्या चुरो यही हो। अब पूर्णतः दानवीय शासकहरूद्वारा शासित समग्र पश्चिमलाई कोहि र केहीले पनि बचाउन सक्दैन। यहाँ सबैभन्दा निकृष्ठ आशङ्काहरू स प्रमाण पुष्टि भएका छन्।
अनुवाद : मोहनप्रसाद ज्ञवाली
क्युबालीहरुको लागि आत्मसमर्पण कुनै विकल्प होइन
क्युबालाई ट्रम्पको अन्तिम चेतावनी: इन्धन वा आत्मसमर्पण!
नाकाबन्दीदेखि निसासिने अवस्थासम्म
'राजनीतिक दलहरूले समाजलाई विभाजित गर्छन् - इब्राहिम ट्रोओरे
डोनाल्ड ट्रम्पले गरे क्युबालाई तेल आपूर्ति गर्ने देशहरूमाथि ट्यारिफ लाग्ने कार्यक…
अमेरिका–इरान तनाव उत्कर्षमा; तेहरानका लागि ‘समय घर्किँदै गएको’ ट्रम्पको चेताव…
नियम होइन, बल: अमेरिकी शक्ति, मुनरो सिद्धान्त, र नयाँ विश्व राजनीतिका रेखाहरू
प्रतिक्रिया