लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या

लिबियाका पूर्व नेता कर्नल मुअम्मर गद्दाफीका छोरा सैफ अल-इलाम गद्दाफीको गोली हानी हत्या गरिएको छ। लिबियाली समाचार एजेन्सीका अनुसार, ५३ वर्षीय सैफ अल-इस्लामको मृत्युको पुष्टि मंगलबार उनको राजनीतिक टोलीका प्रमुखले गरेका हुन्। उनका वकिलका अनुसार जिन्तान शहरस्थित आफ्नै घरमा चार जनाको 'कमान्डो युनिट' ले उनको हत्या गरेको हो। उक्त आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन।

सैफ अल-इस्लामलाई कुनै समय आफ्ना पिताको उत्तराधिकारी र पितापछि लिबियाकै सबैभन्दा प्रभावशाली व्यक्तिको रूपमा हेरिन्थ्यो। उनका पिता मुअम्मर गद्दाफीले सन् १९६९ देखि २०११ मा भएको विद्रोहबाट सत्ताच्युत नहुन्जेलसम्म लिबियामा शासन गरेका थिए। सन् १९७२ मा जन्मिएका सैफले सन् २००० देखि गद्दाफी शासनको पतन नहुन्जेलसम्म लिबियाको पश्चिमी देशहरूसँगको सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

लामो समय जेल जीवन बिताएका सैफ

आफ्ना पिता सत्ताच्युत भएपछि, सैफ अल-इस्लाम गद्दाफीमाथि सरकार विरोधी प्रदर्शनहरूलाई क्रूरतापूर्वक दमन गरेको आरोप लागेको थियो। उनलाई जिन्तान शहरको एक प्रतिद्वन्द्वी मिलिसिया (सशस्त्र समूह) ले करिब ६ वर्षसम्म जेलमा राखेको थियो। सन् २०१५ मा लिबियाको एक अदालतले प्रदर्शनका क्रममा दमनकारी भूमिका खेलेको अभियोगमा उनको अनुपस्थितिमा नै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

सैफले आफ्ना पिता  गद्दाफीको सरकारमा कुनै आधिकारिक पदमा नरहे तापनि नीतिहरू निर्माण गरे र उच्च-स्तरीय (हाई-प्रोफाइल) वार्ताहरूको नेतृत्व गरे। यसमा ती वार्ताहरू पनि समावेश थिए, जसका कारण उनका पिताले आफ्नो आणविक हतियार कार्यक्रम परित्याग गरेका थिए। यस्ता सम्झौताहरूले गर्दा उनको देशमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए। यसबाट पिताको सरकारमा सैफको प्रतिष्ठा र प्रभाव अझ बढेको थियो।

चुनाव लड्न चाहन्थे सैफ

सैफले सन् २०२१ मा अस्थिरताको सामना गरिरहेको अफ्रिकी देश लिबियामा राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका थिए। पछि उक्त चुनाव अनिश्चितकालका लागि स्थगित गरियो। यद्यपि, सैफले आफ्ना पिताबाट सत्ता उत्तराधिकारमा लिन चाहेको कुरालाई सधैं अस्वीकार गर्दै आएका थिए। सैफले भनेका थिए कि सत्ताको बागडोर 'विरासतमा पाइने कुनै खेतीयोग्य जमिन' होइन।

स्रोत: नवभारत टाइम्स

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन