साम्राज्यवादविरुद्धको विश्वव्यापी संघर्षमा माइकल प्यारेन्टी सदा जीवित रहनेछन्
माइकल जोन प्यारेन्टी (सेप्टेम्बर ३०, १९३३ – जनवरी २४, २०२६) आफ्ना कृतिहरूका माध्यमबाट सदा जीवित छन्। उनका रचनाहरूले आज पनि साम्राज्यवादविरोधी जनतालाई शिक्षित गरिरहेका छन् र विश्वभर फैलिँदै गरेका साम्राज्यवादविरुद्धका संघर्षलाई प्रेरणा दिइरहेका छन्। यो क्रान्तिकारीको आवाज सहरका सडक–प्रदर्शनहरूमा, पहाडहरूमा, खानी मजदुर, नाविक, किसान, श्रमिक, सहरका गरिब, शान्त र न्यायपूर्ण संसार खोजिरहेका विद्यार्थीहरू, तथा साम्राज्यवादविरुद्ध अझै अडिग रहेका मध्यवर्गका केही हिस्सामाझ प्रतिध्वनित हुन्छ। तर यो आवाज साम्राज्यवादसँग आफूलाई बेचिसकेकाहरू, त्यसका षड्यन्त्रमा सामेल भएकाहरू, वा इतिहासबोधबाट विहीन, आफूलाई “जेन–फलानो” भनेर चिनाउने भगौडा लुम्पेन तत्वहरू माझ प्रतिध्वनित हुँदैन।
प्यारेन्टीका लागि लोकतन्त्र कहिल्यै वर्ग–तटस्थ थिएन। लोकतन्त्र सधैं वर्गीय चरित्र बोकेको हुन्छ। जनताको लोकतन्त्र शोषक वर्गहरूले प्रचार गर्ने लोकतन्त्रसँग ध्रुवीय रूपमा विपरीत खडा हुन्छ।
प्यारेन्टीले समसामयिक विश्व समस्याहरू र साम्राज्यवादसम्बन्धी आफ्ना व्याख्यान र विश्लेषणमार्फत सयौँ विद्यार्थीलाई शिक्षित गरे। कक्षाकोठाभन्दा बाहिर, संसारभरका हजारौँ मानिसले उनका कृतिहरूबाट सिके। उनले तथ्य र आँकडाका आधारमा साम्राज्यवादी कृत्य, योजना, षड्यन्त्र, आक्रमण र हस्तक्षेपहरू उजागर गरे, जसले साम्राज्यवादको कुरूप, क्रूर र मानवविरोधी चरित्र प्रकट गर्यो।
क्रान्तिकारी बौद्धिक, अत्यन्त उत्पादनशील लेखक, राजनीतिक वैज्ञानिक, शैक्षिक इतिहासकार तथा पतित बुर्जुवा संस्कृतिका कठोर आलोचक प्यारेन्टीले समसामयिक विश्व समस्याहरू र साम्राज्यवादसम्बन्धी आफ्ना व्याख्यान र विश्लेषणमार्फत सयौँ विद्यार्थीलाई शिक्षित गरे। कक्षाकोठाभन्दा बाहिर, संसारभरका हजारौँ मानिसले उनका कृतिहरूबाट सिके। उनले तथ्य र आँकडाका आधारमा साम्राज्यवादी कृत्य, योजना, षड्यन्त्र, आक्रमण र हस्तक्षेपहरू उजागर गरे, जसले साम्राज्यवादको कुरूप, क्रूर र मानवविरोधी चरित्र प्रकट गर्यो। उनको अविचलित र सम्झौताहीन आलोचनाले शोषक वर्गहरूलाई उनलाई घृणा गर्न बाध्य बनायो।
वामपन्थी कार्यकर्ता र उदीयमान क्रान्तिकारीका पुस्ताहरूले उनका करिब २५ वटा कृतिहरूबाट सिके। जसमा सन् १९७४ मा प्रकाशित डेमोक्रेसी फर द फ्यु पनि पर्छ, जुन पहिलो प्रकाशनदेखि निरन्तर अद्यावधिक हुँदै आएको छ।
वर्गीय विभाजनको वामपन्थी पक्षमा दृढ रूपमा उभिएका प्यारेन्टीले आफ्नो मार्क्सवादी क्रान्तिकारी अडान कहिल्यै कमजोर पारेनन्। वामपन्थी कार्यकर्ता र उदीयमान क्रान्तिकारीका पुस्ताहरूले उनका करिब २५ वटा कृतिहरूबाट सिके। जसमा सन् १९७४ मा प्रकाशित डेमोक्रेसी फर द फ्यु पनि पर्छ, जुन पहिलो प्रकाशनदेखि निरन्तर अद्यावधिक हुँदै आएको छ। यो पुस्तक अमेरिकी राजनीतिक प्रणाली र लोकतन्त्रको वर्गीय स्वरूप बुझ्न आज पनि अत्यन्तै आवश्यक छ। प्यारेन्टी लेख्छन्: “समाजमा शक्ति समान रूपमा वितरण भएको हुँदैन। उत्पादनशील सम्पत्तिको स्वामित्व र नियन्त्रण गर्नेहरू नै प्रायः राष्ट्रको राजनीतिक जीवनमा प्रभुत्व जमाउँछन्।” यो अन्तर्दृष्टि सबै वर्गीय रूपमा विभाजित समाजहरूमा लागू हुन्छ।
उनका अन्य कृतिहरू यसप्रकार छन्:
• Against Empire — साम्राज्यवादी शक्तिको क्रूरता र शोषणकारी चरित्रलाई उजागर गर्ने कृति।
• Inventing Reality: The Politics of News Media — कर्पोरेट सञ्चारमाध्यमहरूले कसरी जनचेतना निर्माण गर्छन् र “यथार्थ” उत्पादन गर्छन् भन्ने विषयको विश्लेषण।
• Blackshirts and Reds: Rational Fascism and the Overthrow of Communism — लोकतन्त्र, पूँजीवाद, फासिवाद र साम्यवादको समालोचनात्मक अध्ययन।
• The Assassination of Julius Caesar: A People’s History of Ancient Rome — प्राचीन रोमको जनइतिहास।
• Waiting for Yesterday: Pages from a Street Kid’s Life — सडकमा हुर्किएको एक बालकको जीवनका पानाहरू।
• To Kill a Nation: The Attack on Yugoslavia — युगोस्लाभियामाथिको आक्रमणको विश्लेषण।
• The Sword and the Dollar — साम्राज्य र वर्गीय वर्चस्व कायम राख्न आर्थिक शक्ति र सैनिक बल कसरी एकसाथ काम गर्छन् भन्ने विषयको खोज।
• Left Anticommunism: The Unkindest Cut — उनका सबैभन्दा धारिला निबन्धहरूमध्ये एक।
मूलधारका सञ्चारमाध्यमहरूले सर्बियाका क्रियाकलापहरूलाई अतिरञ्जित गर्दै साम्राज्यवादी आक्रमणलाई जायज ठहराए, तर साम्राज्यवादी क्रूरता र षड्यन्त्रलाई लुकाए। हस्तक्षेपपछि सर्बियामा के बाँकी रह्यो? निजीकरण गरिएका सार्वजनिक सम्पत्तिहरू र लुटेराहरूको नयाँ वर्ग।
प्यारेन्टी नाटोको युगोस्लाभियामाथिको हस्तक्षेपलाई उजागर गर्ने सबैभन्दा शक्तिशाली आवाजहरूमध्ये एक थिए। मूलधारका सञ्चारमाध्यमहरूले सर्बियाका क्रियाकलापहरूलाई अतिरञ्जित गर्दै साम्राज्यवादी आक्रमणलाई जायज ठहराए, तर साम्राज्यवादी क्रूरता र षड्यन्त्रलाई लुकाए। हस्तक्षेपपछि सर्बियामा के बाँकी रह्यो? निजीकरण गरिएका सार्वजनिक सम्पत्तिहरू र लुटेराहरूको नयाँ वर्ग। तर आफ्ना मालिकहरूले मच्चाएको विनाशबारे साम्राज्यवादी सञ्चारमाध्यम मौन रह्यो।
न्युयोर्कको इस्ट हार्लेममा एक श्रमिकवर्गीय इटालियन–अमेरिकी परिवारमा जन्मिएका प्यारेन्टीले विद्यालय शिक्षा पूरा गरेपछि वर्षौँसम्म काम गरे। ब्राउन विश्वविद्यालयमा शिक्षण फेलोसिपपछि सन् १९५७ मा एमए उतिर्ण गरे र येल विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा पीएचडी पूरा गरे। उनले इलिनोइस विश्वविद्यालय, अर्बाना–शाम्पेनसहित विभिन्न शैक्षिक संस्थाहरूमा अध्यापन गरे।
मे १९७० मा केन्ट स्टेट गोलीकाण्डको विरोध गर्दै र भियतनाम युद्धविरुद्ध प्रदर्शन गरिरहेका बेला उनलाई निर्ममतापूर्वक कुटपिट गरियो र दुई दिनका लागि जेल हालियो। त्यसै वर्ष उनी तीनवटा अभियोगमा दोषी ठहरिए, तर अमेरिकाभरका सहकर्मी र प्रगतिशील वृत्तबाट आएका अपिलपछि उनको सजाय घटाएर परीक्षणकाल (प्रोबेसन), जरिवाना र अदालत जरिवाना खर्च तिर्नेमा सीमित गरियो। यसपछि उनको शैक्षिक करिअर व्यवहारतः समाप्त भयो। साम्राज्यवादका शैक्षिक अधिकारीहरूका दृष्टिमा उनको आचरण “अव्यावसायिक” ठहरियो।
यो संघर्ष किन निरन्तर जारी छ? प्यारेन्टीको उत्तर थियो: केही मानिससँग लडाइँ गर्नु बाहेक अर्को विकल्प हुँदैन; अरूले भने सचेत रूपमा संघर्षको मार्ग रोज्छन्, किनकि यही मार्ग शान्ति र न्यायतर्फ लैजान्छ, मानवीय अन्तरआत्माले निर्देशित गरेको मार्ग।
प्यारेन्टीले अवलोकन गरेअनुसार “धन, विशेषाधिकार र सैन्यवादका शक्तिहरूविरुद्ध मानिसहरू प्रतिरोध गरिरहेका छन्”—यो संघर्ष केवल आफ्नै देशभित्र मात्र होइन, विश्वभर फैलिएको छ। यो संघर्ष किन निरन्तर जारी छ? प्यारेन्टीको उत्तर थियो: केही मानिससँग लडाइँ गर्नु बाहेक अर्को विकल्प हुँदैन; अरूले भने सचेत रूपमा संघर्षको मार्ग रोज्छन्, किनकि यही मार्ग शान्ति र न्यायतर्फ लैजान्छ, मानवीय अन्तरआत्माले निर्देशित गरेको मार्ग।
उनका व्याख्यान र लेखनले शंका, भ्रम र मूलधारका झूटहरू भत्काए, भ्रामक सूचनाहरू, मिथकहरू र कृत्रिम रूपमा निर्माण गरिएको तर्कलाई पर्दाफास गरे। दुई दशकभन्दा बढी समयसम्मको अध्यापनमा, व्यवस्थाभित्रको विद्रोही आत्माले हजारौँ मानिसलाई सत्य खोज्न, शक्तिलाई प्रश्न गर्न, वर्चस्व अस्वीकार गर्न र मानवताको पक्षमा उभिन प्रेरित गर्यो।
प्यारेन्टीले मानवीय सृजनशीलतालाई जकडेर राख्ने र मानवतामाथि प्रहार गरेर बाँच्ने शोषणकारी प्रणालीको निरन्तर विरोध गरे। उनले शक्तिको झुटो तर्कलाई चुनौती दिए, पवित्र सत्यका रूपमा प्रस्तुत गरिएका मूलधारका असत्यहरू उजागर गरे, र समानता, न्याय तथा गरिमाका पक्षमा अडिग रूपमा उभिए।
शैक्षिक क्षेत्र छोडेपछि प्यारेन्टीले स्वतन्त्र लेखक र सार्वजनिक बौद्धिकको जीवन अँगाले। उनका व्याख्यानहरू विश्वविद्यालयको सीमाभन्दा धेरै परसम्म पुगे, जसले संसारभरका श्रमिक, आन्दोलन र क्रान्तिकारीहरूलाई प्रभावित गर्यो। प्यारेन्टीका लागि जीवनको सार प्रसिद्धि होइन होइन, श्रम थियो। लेनिनको आह्वान—“काम, काम, काम” लाई प्रतिध्वनित गर्दै उनले क्रान्तिकारी मार्क्सवाद–लेनिनवादलाई कमजोर पार्ने र श्रमिक वर्गका संघर्षबाट ध्यान विचलित गर्ने पश्चिमी मार्क्सवादका धाराहरू अस्वीकार गरे।
आज साम्राज्यवादले तीव्र रूपमा बढ्दो विरोधाभास र प्रतिद्वन्द्विताले भरिएको संसारको सामना गरिरहेको छ। यसको आफ्नै शिविरभित्र दरारहरू देखा परिरहेका छन्, जसले यसलाई झनै आक्रामक र अविवेकी कदमतर्फ धकेलिरहेको छ। त्यही समयमा, आफूलाई वामपन्थी दाबी गर्ने केही धाराहरू लोकतन्त्र र अधिकारको नाममा साम्राज्यवादी योजनासँग हातेमालो गरिरहेका छन्। यस्तो घडीमा प्यारेन्टीको अध्ययन अत्यन्तै जरुरी र अपरिहार्य बन्छ।
कमरेड प्यारेन्टीलाई लाल सलाम !
प्यारेन्टीबाट सिकौँ !
Source: https://countercurrents.org
प्रतिक्रिया