भेनेजुएलाको व्यथा: अमेरिकी दादागिरीको कथा !
अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्नुका अन्तर्य ! इतिहास र वर्तमानका ऐनामा अमेरिका–भेनेजुएला सम्बन्ध !
अन्तर्राष्ट्रिय नियम, कानून र मान्यताहरुलाई ठेंगा देखाउँदै बहुलठ्ठी ट्रम्प सरकारले भेनेजुएलाविरुद्ध गरेको सैनिक कारवाही तथा त्यहाँका राष्ट्रपति मदुरोलाई पक्राउ गरेपछि धेरैलाई लागेको छ– अमेरिकाले भेनेजुएलाको अपार तेल भण्डारमाथि कब्जा जमाउन मात्रै त्यसो गरेको हो ।
यथार्थ के हो भने, यो सम्पूर्ण सत्य होइन । यो आंशिक सत्य मात्रै हो ।
निश्चय पनि अमेरिकाको गिद्धेनजर भेनेजुएलाको प्राकृतिक स्रोतहरुमाथि छ । भेनेजुएलामात्रै किन ? यस संसारका हरेक निर्धा राष्ट्रहरुको प्राकृतिक स्रोतलाई अमेरिकाले आफ्नो वपौती ठान्ने गर्छ । कुनै बेला बेलायती साम्राज्यले विश्वका राज्यहरुलाई अधिनस्थ तुल्याएर त्यहाँका प्राकृतिक स्रोतहरुमाथि हालिमुहाली गर्ने गर्थ्यो। अमेरिकी साम्राज्यले भने राज्यलाई अधिनस्थ तुल्याउने पुरानो ढर्रालाई पछ्याउँदैन । त्यसको सट्टामा उसले अमुक राष्ट्रमा आफ्ना कठपुतली सरकार खडा गर्छ । विश्वभरि नै आफ्नो स्वार्थअनुसार चल्न नचाहने राष्ट्रहरुमा उसले ‘कू’ वा विद्रोह गराएर तथा परिआएमा प्रत्यक्ष सैनिक हस्तक्षेप गरेर आफूअनुकूलको सरकारहरु खडा गर्छ । अनि त्यसैमार्फत् उसले सम्बन्धित देशमा आफ्नो विचारधाराअनुकूलको सरकार स्थापित गरेर त्यहाँको प्राकृतिक स्रोतहरुको दोहन तथा डकैती गर्ने गर्छ ।
अमेरिकी साम्राज्यले भने राज्यलाई अधिनस्थ तुल्याउने पुरानो ढर्रालाई पछ्याउँदैन । त्यसको सट्टामा उसले अमुक राष्ट्रमा आफ्ना कठपुतली सरकार खडा गर्छ । विश्वभरि नै आफ्नो स्वार्थअनुसार चल्न नचाहने राष्ट्रहरुमा उसले ‘कू’ वा विद्रोह गराएर तथा परिआएमा प्रत्यक्ष सैनिक हस्तक्षेप गरेर आफूअनुकूलको सरकारहरु खडा गर्छ ।
तर यतिखेर अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्नु, त्यहाँका बहालवाला राष्ट्रपतिलाई अपहरण गर्नुपछाडिका कारणहरु त्यहाँको अपार प्राकृतिक सम्पदाहरुमाथि एकाधिकारवादी कब्जा जमाउनु मात्रै हैन । भेनेजुएलामाथि उसको आक्रमणको अन्तर्य भनेको प्राकृतिकस्रोतहरुमाथि कब्जा जमाउनुका साथसाथै आफ्नो गोलार्द्धमा एकछत्र प्रभुत्व र एकाधिकार रहेको प्रदर्शन गर्नु पनि हो । आफूलाई एकछत्र विश्व महाशक्तिको रुपमा प्रस्तुत गर्दै आफ्नो साम्राज्यलाई चुनौती दिँदै खडा हुने कुनै पनि शक्ति वा राष्ट्रलाई ‘धूलोपीठो पारिदिने’ सन्देश प्रवाह गर्नु पनि हो ।
भेनेजुएला–अमेरिकी सम्बन्ध
अहिले अमेरिकाले शत्रुतापूर्ण व्यवहार गरिरहेको भेनेजुएलासँग कुनैबेला अमेरिकाको निक्कै राम्रो र गाढा सम्बन्ध थियो । १९ औं शताब्दीको शुरुवातताका अमेरकाले ल्याटिन अमेरिकी क्षेत्रमा चलिरहेका स्वतन्त्रता युद्धहरुमध्ये स्पेनी साम्राज्यको अधीनमा रहेको भेनेजुएलासमेत समावेश न्यु ग्रानाडा (ग्रान कोलम्बिया) लाई हतियार आपूर्ति गरेर सहयोग गरेको थियो भने १८२१ मा त्यसलाई स्वतन्त्र राष्ट्रकै रुपमा मान्यता दिएको थियो ।
स्पेनविरुद्धको स्वतन्त्रता युद्धको नेतृत्व सिमोन बोलिभारले गरेका थिए । बोलिभार केवल भेनेजुएलाका नेता थिएनन्; उनी “ग्रान कोलम्बिया” नामक एक विशाल स्वतन्त्र गणतन्त्रको सपना देख्थे, जसमा आजको भेनेजुएला, कोलम्बिया, इक्वेडर र पानामा समेटिन्थे।

सन् १८२३ मा अमेरिकी राष्ट्रपति मुनरोले एउटा सिद्धान्त ल्याए । त्यस सिद्धान्तको सार “युरोपले अमेरिका महादेशमा हस्तक्षेप नगरोस्।” भन्ने थियो । सैद्धान्तिक रूपमा यो ल्याटिन अमेरिकी स्वतन्त्रताका पक्षमा थियो भन्ने देखिन्थ्यो । तर व्यवहारमा यसले अमेरिकालाई भविष्यको “संरक्षक” तथा त्यस क्षेत्रका भाग्यविधाताको रुपमा प्रस्तुत गर्न खोज्यो ।
ग्रान कोलम्बियाले १८११ जुलाई ५ मा नै स्पेनबाट स्वतन्त्रताको घोषणा गरेको थियो । इतिहासकारहरुका अनुसार यो ल्याटिन अमेरिकाकै पहिलो औपचारिक स्वतन्त्रता घोषणामध्ये एक थियो । तर स्वतन्त्रताको घोषणापछि पनि भेनेजुएलाको स्पेनसँगको युद्ध झण्डै एक दशक चल्यो। त्यही युद्धमा अमेरिकाले सहयोग गरेको थियो । आखिरमा सन् १८२१ मा निर्णायक युद्धहरू भए र १८२३ सम्म आइपुग्दा ग्रान कोलम्बिया व्यवहारिक रूपमा स्वतन्त्र बन्यो । तर ग्रान कोलम्बिया लामो समय टिकेन। १८३० मा भेनेजुएला पूर्ण रूपमा अलग राष्ट्र बन्यो।
१९औँ शताब्दीमा अमेरिकाको नीति भेनेजुएलामा प्रत्यक्ष हस्तक्षेपकारी थिएन। अमेरिकाको ध्यान आफ्नै क्षेत्रमा विस्तार (Westward expansion) र युरोपसँगको सम्बन्धमा थियो। तर सन् १८२३ मा अमेरिकी राष्ट्रपति मुनरोले एउटा सिद्धान्त ल्याए । त्यस सिद्धान्तको सार “युरोपले अमेरिका महादेशमा हस्तक्षेप नगरोस्।” भन्ने थियो । सैद्धान्तिक रूपमा यो ल्याटिन अमेरिकी स्वतन्त्रताका पक्षमा थियो भन्ने देखिन्थ्यो । तर व्यवहारमा यसले अमेरिकालाई भविष्यको “संरक्षक” तथा त्यस क्षेत्रका भाग्यविधाताको रुपमा प्रस्तुत गर्न खोज्यो । मुनरोको त्यो सिद्धान्त मुनरो डक्ट्रिन Monroe Doctrine का रुपमा चर्चित छ । १८२४ मा दुवै देशबीचको पहिलो द्विपक्षीय एन्डरसन–गुअल सन्धि भएको थियो।
२०औँ शताब्दी: तेल र अमेरिकाको निर्णायक भूमिका
२०औँ शताब्दीको सुरुवाततिर भेनेजुएलामा विशाल तेल भण्डार फेला पर्यो। भेनेजुएला तेल स्रोतको हिसाबले अत्यन्त धनी देश हो। उसँग करिब ३०० अर्ब ब्यारेल तेल भण्डार छ, जुन संसारमै सबैभन्दा ठूलो हो। साउदी अरेबसँग २५७, अमेरिका ८१, रुस ८० अर्ब ब्यारेल मात्र छ।
तेलको भण्डार फेला परेपछि अमेरिकाको भूमिका “सहयोगी” भन्दा धेरै आर्थिक संरक्षक र राजनीतिक प्रभावकर्ताको बन्यो। भेनेजुएलाको अस्थिर राजनीतिको बीच अमेरिकी तेल कम्पनीहरू (Standard Oil, Exxon आदि) ले भेनेजुएलाको तेल उद्योगमा प्रभुत्व जमाए । भेनेजुएलामा अमेरिका समर्थित सैनिक शासकहरू भकाभक स्थापित गरिए । तीमध्ये Juan Vicente Gómez (1908–1935), अमेरिकी साथ समर्थन पाएर लामो समयसम्म सत्तामा टिके ।पछि अर्का कम्युनिष्ट विरोधी तानाशाह मार्कोस पेरेज जिमेनेज (१९५३–१९५८) को शासनमा पनि भेनेजुएला–अमेरिका सम्बन्ध राम्रो थियो र उनका शासनकालमा अमेरिकी तेल कम्पनीहरू (जस्तै मोबिल र एक्सोन) ले भरपूर फाइदा उठाइरहेका थिए ।
सन् १९५८ मा जिमेनेजको शासन ढल्यो । जनताको असन्तोषलाई व्यवस्थापन गर्न भेनेजुएलामा औपचारिक लोकतन्त्र स्थापित भए । त्यसपछि पनि अमेरिका र भेनेजुएलाको सम्बन्ध राम्रो रह्यो । त्यसो हुनुको कारण भेनेजुएलामा बनेका सरकारहरुलाई अमेरिकाको बलियो समर्थन रहनु नै थियो ।
सैनिक शासनका विरुद्ध व्यापक जनअसन्तोषका कारण सन् १९५८ मा जिमेनेजको शासन ढल्यो । जनताको असन्तोषलाई व्यवस्थापन गर्न भेनेजुएलामा औपचारिक लोकतन्त्र स्थापित भए । त्यसपछि पनि अमेरिका र भेनेजुएलाको सम्बन्ध राम्रो रह्यो । त्यसो हुनुको कारण भेनेजुएलामा बनेका सरकारहरुलाई अमेरिकाको बलियो समर्थन रहनु नै थियो । उसले समाजवादी सिद्धान्त अङ्गीकार गरिसकेको थिएन, अमेरिकासँगको तेल आपूर्ति स्थिर थियो । फलत: अमेरिकाले बजार अर्थतन्त्र, पश्चिमी ब्लकप्रति निष्ठाको शर्तमा भेनेजुएलालाई आर्थिक सहायता, व्यापार र कूटनीतिक समर्थन दियो।
अमेरिका–भेनेजुएलासम्बन्धमा सन् १९७० को दशकमा केही खटपट शुरु भयो । त्यो खटपट भेनेजुएलाले सन् १९७६ मा तेलको राष्ट्रियकरण गरेपछि चरममा पुगेको थियो । भेनेजुएलाले सन् १९७६ मा तेलको राष्ट्रियकरण गर्नुको मुख्य कारणहरू राष्ट्रिय संप्रभुता, आर्थिक लाभ र अन्तर्राष्ट्रिय तेल बजारको परिवर्तनसँग जोडिएका थिए। यस समयमा OPEC (Organization of the Petroleum Exporting Countries) को प्रभाव बढ्दै थियो र त्यसले तेल उत्पादक राष्ट्रहरूलाई आफ्नो स्रोतहरूमा नियन्त्रण बढाउने प्रेरणा दियो।
अमेरिका–भेनेजुएलासम्बन्धमा सन् १९७० को दशकमा केही खटपट शुरु भयो । त्यो खटपट भेनेजुएलाले सन् १९७६ मा तेलको राष्ट्रियकरण गरेपछि चरममा पुगेको थियो ।
तेलको राष्ट्रियकरण प्रक्रियाको सुरुवात र कार्यान्वयनराष्ट्रियकरण प्रक्रिया सन् १९७० को दशकको सुरुमा नै सुरु भएको थियो, जसलाई OPEC को सन् १९७३ को मध्य पूर्व तेल नाकाबन्दी (Arab Oil Embargo) ले तीब्रता दियो । ओपेकको नाकाबन्दीले विश्वव्यापीरुपमा तेल मूल्य चार गुणा बढाएको थियो । त्यसबाट भेनेजुएलाको सरकारी राजस्वमा ठूलो वृद्धि भएको थियो। तेलको राष्ट्रियकरणले भेनेजुएलालाई विदेशी कम्पनीहरू (मुख्य रूपमा अमेरिकी जस्तै Exxon र Mobil) बाट तेल निकासीको नियन्त्रण फिर्ता लिने अवसर प्रदान गर्यो, जसलाई "पूर्ण तेल संप्रभुता" (Full Sovereignty Over Oil) को नीतिका रूपमा हेरियो।
सन् १९७४ मा भेनेजुएला सरकारले विदेशी तेल कम्पनीहरूसँग वार्ता थाल्यो, जसमा आपूर्तिको सुरक्षा, दीर्घकालीन सम्बन्ध र क्षतिपूर्तिको विषयहरू समावेश थिए। सन् १९७५ मा भेनेजुएला संसदले राष्ट्रियकरण कानून पास गर्यो, जसले जनवरी १, १९७६ देखि तेल उद्योगलाई पूर्ण रूपमा राज्य नियन्त्रणमा ल्यायो। यसबाट Petróleos de Venezuela, S.A. (PDVSA) नामक राज्य स्वामित्वको कम्पनी स्थापना भयो, जसले विदेशी कम्पनीहरूको सम्पत्ति अधिग्रहण गर्यो। यस प्रक्रियामा विदेशी कम्पनीहरूलाई अर्बौं डलरको क्षतिपूर्ति दिइयो, जसले यसलाई "शान्तिपूर्ण राष्ट्रियकरण" बनायो।
तेलको राष्ट्रियकरणका पछाडि राष्ट्रवादी भावना र अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास पनि कारण थिए ।
भेनेजुएलासँग विश्वकै ठूलो तेल भण्डार भएकोले, यो कदमले सरकारी राजस्व बढाउने र विकासका लागि स्रोतहरू उपलब्ध गराउने लक्ष्य राखेको थियो।
भेनेजुएलालले अमेरिकी कम्पनीहरुलाई लगभग १ अरब डलर बराबरको क्षतिपूर्ति दिएपछि तथा भेनेजुएलाले अमेरिकालाई प्रमुखता दिँदै तेल आपूर्ति रूपमा कायम राखेपछि सम्बन्ध सामान्यीकरण र तनाव केही मत्थर भएको थियो ।
यसअघि, सन् १९४० को दशकदेखि नै भेनेजुएलाले तेल कम्पनीहरूसँग कर र रोयल्टी बढाउने प्रयास गरेको थियो, तर १९७६ को कदमले पूर्ण नियन्त्रण स्थापित गर्यो।अमेरिका–भेनेजुएला सम्बन्धमा ल्याएको उतारचढावराष्ट्रियकरणले अमेरिका–भेनेजुएला सम्बन्धमा सुरुमा ठूलो उतारचढाव ल्यायो, किनकि अमेरिकी कम्पनीहरूले दशकौंदेखि भेनेजुएलाको तेल उद्योगमा प्रमुख भूमिका खेलेका थिए। यसले अमेरिकी कम्पनीहरूको सम्पत्ति जफत गरेकोले तनाव बढायो, र अमेरिकी सरकारले राष्ट्रियकरण प्रक्रियालाई बाधा पुर्याउने खतरा देखेको थियो।
यसबाट द्विपक्षीय वार्ताहरूमा विवाद बढ्यो, जसमा अमेरिकाले तेल आपूर्तिको सुरक्षा र दीर्घकालीन सम्बन्धको माग गरेको थियो। भेनेजुएलालले अमेरिकी कम्पनीहरुलाई लगभग १ अरब डलर बराबरको क्षतिपूर्ति दिएपछि तथा भेनेजुएलाले अमेरिकालाई प्रमुखता दिँदै तेल आपूर्ति रूपमा कायम राखेपछि सम्बन्ध सामान्यीकरण र तनाव केही मत्थर भएको थियो । तर अन्तत: भेनेजुएलाको तेलको राष्ट्रियकरण गर्ने नीति खासै सफल हुन सकेन ।
चाभेजको उदय र सम्बन्धमा नयाँ घुम्ती

भेनेजुएला–अमेरिकी सम्बन्धमा सबैभन्दा ठूलो घुम्ती १९९९ मा चाभेजको उदयपछि आयो । सन् १९८० को दशकको अन्त्यतिर भेनेजुएला गहिरो आर्थिक राजनीतिक संकटमा फँसेको थियो । त्यसबेला तेलमा आधारित भेनेजुएलाको अर्थतन्त्र कमजोर भएर ऋणको बोजमा दबिएको थियो । राष्ट्रपति कार्लोस आन्द्रेस पेजेजले अमेरिकी योजना अनुसार नवउदारवादी नीति लागू गरेका थिए । सन् १९८९ मा काराकाजो (Caracazo) नामक जनविद्रोह भयो जसलाई सेनाले दमन गर्दा सयौं मानिसहरु मारिए । त्यसले स्वयं सेनाभित्र पनि व्यापक असन्तोष पैदा गर्यो । सन् १९९२ को फेब्रुअरी ४ का दिन भेनेजुएलाको सेनामा लेफ्टिनेन्ट कर्नेल पदमा रहेका ह्युगो चाभेज र उनका समर्थक सैनिकहरुले सैनिक विद्रोह गरेर काराकासको सान कार्लो ब्यारेक कब्जा गरे । चाभेज र उनका साथीहरुले MBR–200 (Movimiento Bolivariano Revolucionario 200) नामको गोप्य संगठन बनाएका थिए । उनीहरुको लक्ष्य दुइ दलीय प्रणालीमा आधारित लोकतन्त्रको खोलभित्र जारी अभिजात वर्गको शासनलाई पल्टाएर जनताको शासन स्थापना गर्ने थियो ।
चाभेज पक्राउ परे । पक्राउ परेलगत्तै टेलिभिजन सम्बोधनमा चाभेजले भने– “Por ahora” (अहिलेलाई मात्र असफल भयौँ) । उनको यही एउटा वाक्यले गरिब र असन्तुष्ट जनतामा आशा र भरोसा जगायो ।
देशका विभिन्न भागहरुमा विद्रोह सफल भए पनि रणनीतिक र संगठनात्मक कमजोरीका कारण विद्रोह असफल भयो । राष्ट्रपति पेरेजलाई पक्राउ गर्ने, प्रमुख सैन्य अड्डा र सञ्चार माध्यमहरु नियन्त्रणलिने तथा राजधानी काराकासलाई नियन्त्रण गर्ने गरी विद्रोहको नेतृत्व चाभेज स्वयंले गरिरहेका थिए । तर उनीहरु राष्ट्रपति निवास मिराफ्लर्स कब्जा गर्न असफल भए । राष्ट्रपति पेरेज भाग्न सफल भए । टेलिभिजन र रेडियो पूर्ण रुपमा कब्जा गर्न सकेनन् । सेनाको बहमुत या त तटस्थ या सरकारको पक्षमा उभियो । फलत: चाभेज पक्राउ परे । पक्राउ परेलगत्तै टेलिभिजन सम्बोधनमा चाभेजले भने– “Por ahora” (अहिलेलाई मात्र असफल भयौँ) । उनको यही एउटा वाक्यले गरिब र असन्तुष्ट जनतामा आशा र भरोसा जगायो ।
चाभेज पक्राउ परे पनि विद्रोहको ज्वाला साम्य भएन । जनस्तरमा र सेनाभित्रै समेत चाभेजको समर्थनमा आवाजहरु उठिरहे ।सन् १९९४ मा नयाँ राष्ट्रपति राफाएल काल्डेराले चाभेजलाई आममाफी दिए । यतिन्जेल चाभेज जनताको आशा र भरोसाको प्रतीकको रुपमा स्थापित भइसकेका थिए ।
विद्रोहमार्फत् सत्ता कब्जा गर्ने प्रयास असफल भएपछि चाभेजले रणनीति परिवर्तन गरे । उनले आफ्नो विद्रोही छविलाई राजनीतिक पुँजीमा बदल्दै आफूलाई ‘प्रणालीविरुद्धको आवाज’को रुपमा उभ्याए । पुराना दलहरुले उपेक्षा गरेका वर्गलाई संगठित गर्दै गरिब, सीमान्तकृत र युवाहरुलाई गोलबद्ध गरे र ‘राष्ट्रवाद, सामाजिक न्याय तथा सार्वभौमिकता’ को बोलिभार विचारलाई पैरवी गरे । त्यसले पुरानो दुई प्रणालीलाई जरैदेखि हल्लाइदियो । सन् १९९८ को राष्ट्रपति चुनावमा चाभेजले ५६ प्रतिशतभन्दा बढी मत ल्याएर शानदार विजय हासिल गरे । सत्ता सम्हाले लगत्तै १९९९ मा उनले नयाँ सत्ता–नयाँ संविधानको अभ्यासको थालनी गरे । संविधान सभाको गठन गरी नयाँ संविधान (Bolivarian Constitution) लागू गरे र राज्यको नाम परिवर्तन गर्दै Bolivarian Republic of Venezuela राखे ।
चाभेजले आफ्नो विद्रोही छविलाई राजनीतिक पुँजीमा बदल्दै आफूलाई ‘प्रणालीविरुद्धको आवाज’को रुपमा उभ्याए । पुराना दलहरुले उपेक्षा गरेका वर्गलाई संगठित गर्दै गरिब, सीमान्तकृत र युवाहरुलाई गोलबद्ध गरे र ‘राष्ट्रवाद, सामाजिक न्याय तथा सार्वभौमिकता’ को बोलिभार विचारलाई पैरवी गरे ।
यसरी, १९९२ मा बन्दुकले असफल भएका चाभेज १९९९ मा मतपेटिकाबाट भेनेजुएलाको राष्ट्रिय राजनीतिमा उदाए र भेनेजुएलालाई नवउदारवादको हैन, समाजवादी सिद्धान्तको बाटोमा अगाडि बढाए । नवउदारवादी नीति खारेज गर्दै राज्य–केन्द्रित विकास मोडेल अपनायो, भलै त्यसले पनि अर्थतन्त्रको संरचनागत विविधीकरण गर्न सकेन। चाभेजले राज्यसत्तालाई तत्काल उल्टाउने बाटोको सट्टा त्यसलाई पुन:संरचना गर्ने रणनीति अपनाए । यसले पुँजीवादी राज्यलाई पूर्णत: विघटन त गरेन तर राज्यसत्तामा श्रमिक र सीमान्त वर्गको पहुँच विस्तार गर्दै वर्गीय सन्तुलनलाई परिवर्तन गरिदियो।
चाभेजले आफूलाई समाजवादी र अमेरिका-विरोधी घोषणा गरे, इराक, हैटी, कोसोभो जस्ता अमेरिकी नीतिहरूको आलोचना गरे र क्युबासँग नजिकिए।

क्यास्ट्रोका साथ चाभेज
भेनेजुएलाली सभाले सन् २००१ मा हाइड्रोकाबर्न कानून पारित गरेको थियो । उक्त कानूनले भेनेजुएलाको जमिनमुनि रहेको तेल भेनेजुएलाको सम्पत्ति रहेको र तेल उत्खननमा संलग्न विदेशी कम्पनीहरुले भेनेजुएलाली कम्पनीलाई ५० प्रतिशत साझेदार अनिवार्य बनाउनुपर्ने प्रावधान गर्यो । भेनेजुएलाली तेल उत्खनन गरेर लूटको साम्राज्य चलाइरहेका अमेरिकी–क्यानेडाली तेल कम्पनीहरुलाई त्यसले ठूलो धक्का दियो । सन् २००२ मा चाभेजविरुद्ध विद्रोहको प्रयास भयो । चाभेजलाई सेनाको एक समूहले पक्राउ गरी पदबाट हटाइएको घोषणा गरेपछि भेनेजुएलाको शक्तिशाली उद्योगपति संगठन FEDECÁMARAS का अध्यक्ष पेद्रो कार्मोना एस्ताङ्गा (Pedro Carmona Estanga) ले आफूलाई “अन्तरिम राष्ट्रपति” घोषणा गरे। २००२ अप्रिल १२ मा कार्मोनाले राष्ट्रपति भवन मिराफ्लोरेसमा शपथ लिँदै उनले आफूलाई राष्ट्रप्रमुख घोषित गरेका थिए। उनले त्यसै दिन जारी गरेको तथाकथित “कार्मोना डिक्री” मार्फत राष्ट्रिय सभा, सर्वोच्च अदालत र अन्य निर्वाचित संस्थाहरू विघटन गरे । तर यो सत्ता कब्जा लामो टिकेन। चाभेजप्रति प्रतिबद्ध सेनाको ठूलो समूहले त्यसलाई मान्न अस्वीकार गरे । भेनेजुएलाका राजधानी लगायत विभिन्न शहरुहरुमा चाभेजको समर्थनमा लाखौं जनता सडकमा उत्रिए । चाभेजका समर्थकहरूको विशाल सडक आन्दोलन, सेनाभित्रकै वफादार अधिकृतहरूको दबाब, र संस्थाहरू विघटन गरिएकोप्रति व्यापक असन्तोषका कारण ४८ घण्टाभित्रै कार्मोनाको शासन पतन भयो। अप्रिल १४ मा ह्युगो चाभेज पुनः सत्तामा फर्किए।
त्यो विद्रोहमा अमेरिकाको संलग्नताको आरोप लाग्यो, तर अमेरिकाले अस्वीकार गरेको थियो। त्यसो त अमेरिकी सरकारले मरिना माचाडोले स्थापना गरेको सुमाते भन्ने समूह लगायत दक्षिणपन्थी राजनीतिक शक्तिहरुलाई खुलेआम समर्थन गरेको थियो । अमेरिकी फन्डमा चलेको माचाडोलाई पछि नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो ।
२००२ मा चाभेजविरुद्ध विद्रोहको प्रयास भयो । भेनेजुएलाको प्रमुख व्यापारिक महासंघ Fedecámaras का अध्यक्ष ले आफूलाई “अन्तरिम राष्ट्रपति” घोषणा गरे। तर चाभेजप्रति प्रतिबद्ध सेनाको ठूलो समूहले त्यसलाई मान्न अस्वीकार गरे । भेनेजुएलाका राजधानी लगायत विभिन्न शहरुहरुमा चाभेजको समर्थनमा लाखौं जनता सडकमा उत्रिए चाभेजविरुद्धको विद्रोहलाई विशाल जनसमर्थनको लहरले उल्टाइदियो ।
चाभेजले अमेरिकी राष्ट्रपतिहरूलाई "शैतान" र "मात्तिएको" भनेर आलोचना गरे। १९७६ मा सुरु गरिएको तर कालान्तरमा असफल भएको तेलको राष्ट्रियकरणलाई सन् २००७ मा चाभेजले पुनः लागू गरे । यस दौरानमा अमेरिकी कम्पनीहरूको सम्पत्ति जफत गरिए । जसबाट अर्बौं डलरको विवाद खडा भयो। ExxonMobil ले अर्बौं डलरको मुद्दा हाल्यो। अमेरिकाले चाभेज सरकारका विरुद्ध कठोर कदमहरु चाल्यो ।
चाभेजको मृत्यु (२०१३) पछि मदुरोले शासन सम्हालेपछि सम्बन्ध थप बिग्रियो। २०१४ देखि अमेरिकाले मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारका लागि प्रतिबन्धहरू लगाउन थाल्यो। २०१५ मा ओबामाले भेनेजुएलालाई राष्ट्रिय सुरक्षा खतरा घोषणा गरे। ट्रम्पको पहिलो कार्यकालमा (२०१७–२०२१) सैन्य विकल्पको धम्की दिइयो र २०१९ मा जुआन गुआइडोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिइयो। २०२० मा मदुरोमाथि नार्को-टेरोरिज्मको आरोप लगाइयो। त्यसबीच भेनेजुएलालाई नाकाबन्दी लगाउने, विश्व वित्तीय बजारमा पुग्नबाट रोक लगाउने, भेनेजुएलाका सम्पत्तिहरु जफत गर्ने, टाउकाको मोल तोक्ने जस्ता कामहरु भए ।
सन् २०१९ मा भएको भेनेजुएलाको निर्वाचन परिणामलाई अमेरिका लगायत केही युरोपेली देशहरुले मान्यता दिएन । उनीहरुले विपक्षी नेता हुँआ ग्वाइदोलाई अन्तरिम राष्ट्रपति माने ।उनीहरुले यसलाई तानाशाही विरुद्ध लोकतान्त्रिक समर्थनको खोल ओढाइदिए ।
बाइडेन प्रशासनकालमा भेनेजुएला–अमेरिकी सम्बन्धमा केही सुधारका प्रयास भए । २०२२ मा फ्रिज गरिएको अर्बौं डलर रकम फिर्ता गरियो र चेभ्रोनलाई तेल उत्पादन अनुमति दिइनु त्यसका उदाहरण थिए । तर २०२४ को चुनावपछि फेरि तनाव बढ्यो।
ट्रम्पको दोस्रो कार्यकाल (२०२५ देखि) दुई देशबीचको तनाव चरमोत्कर्षमा पुग्यो। २०२५ मा ट्रेन दे अरागुआ र कार्टेल दे लोस सोल्स जस्ता संगठनहरूलाई आतङ्कवादी संगठन घोषणा गरियो, लागूऔषधविरुद्ध जहाज र विमान तैनाथ गरियो, र ३० भन्दा बढी ड्रग बोटहरू नष्ट गरियो, जसमा १०० भन्दा बढीको मृत्यु भयो।
डिसेम्बरमा सीआईएले भेनेजुएलाको पोर्टमा ड्रोन हमला गर्यो। जनवरी ३, २०२६ मा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरी मदुरोको कम्पाउन्डमा छापा मारियो, मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरियो, र अपहरणको शैलीमा उनीहरूलाई अमेरिका ल्याइयो। "Operation Absolute Resolve" नाम दिइएको उक्त अभियानमा २३ भेनेजुएली सैनिक, ३२ क्युबाली र दुई सर्वसाधारणको मृत्यु भएको थियो। मदुरोले जनवरी ५ मा न्यूयोर्क अदालतमा दोष अस्वीकार गरे र मार्च १७ मा अर्को सुनुवाइ छ।
|
चाभेजका उत्तराधिकार निकोलस मदुरो अहिले अमेरिकी अपहरणमा परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ह्युगो चाभेजका उत्तराधिकारी हुन् । सन् १९६२ नोभेम्बर २३ मा भेनेजुएलाको राजधानी काराकासमा एक मजदुर परिवारमा जन्मिएका मदुरो राजनीतिमा प्रवेश गर्नुअघि काराकासमा बस चालकको रूपमा काम गर्थे । उनी ट्रान्जिट कामदारहरूको ट्रेड युनियनमा सक्रिय हुँदै कालान्तरमा युनियन नेता बनेका थिए। मदुरोका पिता आफैं एक प्रभावशाली ट्रेड युनियन नेता थिए । क्युबामा राजनीतिक प्रशिक्षण समेत लिएका मदुरोले युवावस्थादेखि नै वामपन्थी राजनीतिमा रुचि राख्ने गर्थे । राजनीतिमा प्रवेश गरेपछि उनले ह्युगो चाभेजको पक्षमा आफूलाई उभ्याए । उनले सन् १९९२ मा ह्युगो चाभेजको असफल विद्रोहपछि मदुरोले चाभेजको समर्थनमा अभियान चलाए। सन् १९९९ मा उनी राष्ट्रिय संविधान सभामा निर्वाचित भए र नयाँ संविधान निर्माणमा संलग्न भए। सन् २००० मा राष्ट्रिय सभामा निर्वाचित भएपछि उनी सन् २००५-२००६ सम्म सभाका अध्यक्ष बने। सन् २००६ मा चाभेजद्वारा विदेश मन्त्री नियुक्त मदुरो ल्याटिन अमेरिकी एकीकरण र अमेरिका-विरोधी नीतिमा सक्रिय थिए। सन् २०१२ मा उपराष्ट्रपति बनेका मदुरोले चाभेजको क्यान्सर उपचारका क्रममा उनको उत्तराधिकारीको रूपमा समर्थन पाए। सन् २०१३ मार्चमा चाभेजको मृत्यु भएपछि मदुरो अन्तरिम राष्ट्रपति बने र अप्रिलमा भएको चुनाव जितेर औपचारिक रूपमा राष्ट्रपति बने। त्यसपछि उनी सन् २०१८ र २०२४ का चुनावहरूमा पनि विजयी भए, यद्यपि ती चुनावहरूलाई अमेरिका लगायत उनका खेमाका राष्ट्रहरुले विवादास्पद मान्ने गर्छन् । चाभेजको नीतिको निरन्तरता मदुरोले चाभेजकै पदचापलाई पछ्याएका थिए । उनको अमेरिका-विरोधी नीतिहरू मुख्य रूपमा ह्युगो चाभेजको समाजवादी र राष्ट्रवादी विरासतलाई निरन्तरता दिने, अमेरिकी "साम्राज्यवाद" को विरोध गर्ने र वैकल्पिक अन्तर्राष्ट्रिय गठबन्धनहरू निर्माण गर्नेमा केन्द्रित थिए। मदुरोले २०१३ मा सत्तामा आएपछि अमेरिकालाई भेनेजुएलाको सबैभन्दा ठूलो खतरा घोषित गरेका थिए र बारम्बार राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चहरुमा अमेरिकी नीतिहरूको आलोचना गरेका थिए। अमेरिकी नाकाबन्दीलाई छल्दै उनले चीन, रुस, इरान, भारत लगायतका देशहरुसँग आफ्नो तेल व्यापारलाई बढाएका थिए । मदुरोका नीतिहरूले अमेरिका–भेनेजुएला सम्बन्धलाई चरम तनावपूर्ण बनाएको थियो, जसको परिणामस्वरूप २०२६ मा डकैतीको शैलीमा गरिएको अमेरिकी सैन्य कारबाही (Operation Absolute Resolve) मार्फत अमेरिकाले उनलाई पक्राउ गरी अपहरण गरेको हो । अमेरिकी साम्राज्यवादको खुलेर विरोध र बयानबाजी मदुरोले अमेरिकालाई "साम्राज्यवादी" र "आतंकवादी" भनेर बारम्बार आलोचना गरे। उनले भेनेजुएलाविरुद्ध लगाएको अमेरिकी प्रतिबन्धहरूलाई "आर्थिक युद्ध" भनेर चित्रित गरे र अमेरिकाको प्रयासलाई आफ्नो शासनलाई उखेल्ने षड्यन्त्रको रूपमा प्रस्तुत गरे। उदाहरणका लागि, उनले अमेरिकी नीतिहरूलाई "regime change" को प्रयास घोषित गरे । साम्राज्यवादको विरुद्ध प्रखर रुपमा खडा हुने उनको यो नीतिले उनको घरेलु समर्थकहरूलाई एकजुट राख्न मद्दत गरेको थियो। अमेरिकी कम्पनीहरू र सम्पत्तिमाथि प्रतिबन्ध तथा राष्ट्रियकरणको निरन्तरता चाभेजको समयमा सुरु भएको तेल राष्ट्रियकरणलाई मदुरोले थप कडा बनाए। अमेरिकी तेल कम्पनीहरू (जस्तै ExxonMobil, ConocoPhillips) को सम्पत्ति जफत गरेपछि भेनेजुएलालविरुद्ध थुप्रै अन्तर्राष्ट्रिय मुद्दाहरू हालिए। यसले अमेरिकी प्रतिबन्धहरूलाई निम्त्यायो, जसलाई मदुरोले "आर्थिक आतंकवाद" भने। रुस, चीन, इरान, क्युबा जस्ता अमेरिका-विरोधी देशहरूसँग मजबुत गठबन्धन मदुरोले अमेरिकी प्रभावलाई कम गर्न रुसबाट हतियार खरिद गरे, चीनसँग तेल तथा पूर्वाधार सम्झौता गरे, इरानसँग ऊर्जा तथा सुरक्षा सहयोग बढाए, र क्युबासँग खुफिया तथा सैन्य सहयोग कायम राखे। अमेरिकाले यसलाई "विदेशी शत्रुहरूलाई आश्रय दिने" कदमकोर रुपमा घोषित गर्यो । २०२६ को अमेरिकी कारबाहीका विविध कारणहरुमध्ये यो पनि एउटा मुख्य कारण बनेको थियो। अमेरिकी अधिकारीहरू तथा संस्थाहरूलाई निकाल्नु र सहयोग अस्वीकार मदुरोले DEA (Drug Enforcement Administration) एजेन्टहरूलाई देश निकाला गरे, अमेरिकी राजदूतहरूलाई बारम्बार निष्कासन गरे, र अमेरिकी अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरूलाई "जासुसी" को आरोपमा बन्द गराए। यसले अमेरिकालाई थप चिढायो । लागूऔषध तथा आप्रवासन मुद्दामा अमेरिकाको आरोपलाई अस्वीकार अमेरिकाले मदुरोमाथि "नार्को-टेरोरिज्म" र Cartel de los Soles को नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो । त्यसलाई मदुरोले अस्वीकार गरे र त्यसलाई भेनेजुएलामा तख्ता पलट (regime change) गराउने बहानाको संज्ञा दिए । मदुरोका अनुसार लागूऔषध समस्याका जनक भेनेजुएला नभई अमेरिका आफैं नै हो । अमेरिकी हस्तक्षेपको प्रतिरोधी तयारी २०२५ मा अमेरिकी दबाब र प्रत्यक्ष हस्तक्षेपको सम्भावना बढ्दै गएपछि मदुरोले ४.५ मिलियनभन्दा बढी मिलिसियालाई हतियार दिएर प्रतिरोधका लागि तयारी गरे। उनले विभिन्न तरिकाले भइरहेका अमेरिकी हमलाहरुलाई "अवैध आक्रमण" भनेर निन्दा गरे र आफूलाई वैध राष्ट्रपति भनेर दाबी गरे। यी नीतिहरूले मदुरोलाई साम्राज्यवादविरोधी नेताका रुपमा स्थापित त गरिदियो तर अमेरिकी समर्थक लविहरुबीच भने अन्तर्राष्ट्रिय रूपमा अलग-थलग पारे। अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षा खतरा मानेर २०२० देखि नै उनलाई अभियोग लगाएको थियो, जसको परिणाम २०२६ जनवरी ३ मा उनलाई डकैतीको शैलीमा पक्राउ गरेको छ ।
|
मुनरो डक्ट्रिनको नयाँ रुप
अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य हस्तक्षेप उसको परम्परागत मुनरो डक्ट्रिनको पुनर्जागरण हो । अमेरिकाले पश्चिमी गोलार्द्ध (वेस्टर्न हेमिस्फियर) भनेर तोकेको उत्तर अमेरिका र दक्षिण अमेरिका दुवै महादेशको क्षेत्रलाई आफ्नो वपौती ठान्ने गर्छ । मुनरो डक्ट्रिन भनिने अमेरिकाको घोषित नीतिले नै ती क्षेत्रहरुमा उसले आफ्नो जन्मसिद्ध अधिकारको दावी गर्छ । अनि ती क्षेत्रका मुलुकहरुमा आफ्नो नीति, सिद्धान्त र मान्यता विपरीत चल्ने कुनै पनि शासनसत्ता उसका लागि आँखाको कसिङ्गर बन्ने गर्छ । सन् १९८९ मा अमेरिकाले पानामाका राष्ट्रपति मानुएल नोरेगालाई पनि मदुरोलाई जस्तै अपहरण गरी लगेको थियो । उनलाई पनि अमेरिकामा नार्कोटिज्मसम्बन्धी अपराधका मुद्दामा मुद्दा चलाइयो र त्यसपछि धेरै वर्ष जेलमा राखियो, मर्नु अघि अलिकति मात्र छोडियो। पछि पानामामा पूर्ण रूपमा संयुक्त राज्य अमेरिकाप्रति झुकेको र अमेरिकाले जे गर्न चाह्यो त्यसलाई स्वीकार गर्ने सरकार स्थापना गरिएको थियो ।
भेनेजुएलामा चाभेजको उदय मुनरो डक्ट्रिनका लागि ठूलो झट्का थियो । चाभेजले भेनेजुएलामा गरेका समाजवादी सुधारका कामहरु अमेरिकाका लागि पाच्य थिएन । चाभेजले भेनेजुएलाभित्र शक्तिहरूको सन्तुलन परिवर्तन गरे। पुरानो अभिजात वर्गको एकाधिकार रहेको तेलको सम्पत्ति यी विभिन्न मिसनहरू र कम्युनहरू र यस्तै मार्फत भेनेजुएलाका जनतामा बाँडे, जनताको जीवन सुधार्न सुरु गरे।
भेनेजुएलामा चाभेजको उदय मुनरो डक्ट्रिनका लागि ठूलो झट्का थियो । चाभेजले भेनेजुएलामा गरेका समाजवादी सुधारका कामहरु अमेरिकाका लागि पाच्य थिएन । चाभेजले भेनेजुएलाभित्र शक्तिहरूको सन्तुलन परिवर्तन गरे।
त्यसबाहेक चाभेजले तेलको सम्पत्ति र तेल आफैँ प्रयोग गरेर क्षेत्रीय मञ्च निर्माणमा पहल गरे। उनले प्रोक्यारिब भनिने कार्यक्रममार्फत क्यारिबियनका देशहरूलाई छुट दरको तेल दिए । उनले क्षेत्रीय ऐक्यबद्धता निर्माण गर्न, बोलिभेरियनवादको विचार पुनर्निर्माण गर्न, अल्बाडजस्ता अन्तर्राष्ट्रिय मञ्चहरू निर्माण गर्न, मियासुरजस्ता मञ्चहरूलाई सुदृढ गर्न, र अमेरिकाले प्रभुत्व जमाएको अमेरिकाको स्वतन्त्र व्यापार क्षेत्रलाई अस्वीकार गर्न भेनेजुएलाली तेल प्रयोग गरे। क्युबा, रुस, चीन, इरान जस्ता अमेरिकी प्रतिध्रुवका देशहरुसँग सम्बन्ध बढाउँदै लगे । सोझो भाषामा भन्दा उनले ल्याटिन अमेरिका र क्यारिबियनबाट संयुक्त राज्य अमेरिकालाई बाहिर धकेल्न तेल प्रयोग गरे। चाभेजको दृष्टिमा अमेरिका “लातिन अमेरिका शोषण गर्ने साम्राज्यवादी शक्ति” थियो ।
त्यसबाहेक चाभेजले विश्व मञ्चमा “अमेरिकी शक्तिको विकल्प निर्माण गर्नुपर्ने” आवाज बुलन्द गरे । राष्ट्रसंघको महासभामा गएर आफूभन्दा अगाडि बोलेका अमेरिकी राष्ट्रपति जर्ज बुशलाई लक्षित गर्दै ‘यो ठाउँ सल्फरको गन्धले भरिएको छ’ भनेर प्रहार गरे । सोभितयसंघको पतनपछि संसारभरि समाजवाद ढलेको ढोल पिटिइरहेको बेला उनले भेनेजुएलामा समाजवादको अभ्यास गरिरहेका थिए र समाजवाद जीवित रहेको दावा गरिरहेका थिए ।
चाभेजले विश्व मञ्चमा “अमेरिकी शक्तिको विकल्प निर्माण गर्नुपर्ने” आवाज बुलन्द गरे । राष्ट्रसंघको महासभामा गएर आफूभन्दा अगाडि बोलेका अमेरिकी राष्ट्रपति जर्ज बुशलाई लक्षित गर्दै ‘यो ठाउँ सल्फरको गन्धले भरिएको छ’ भनेर प्रहार गरे ।
यी कुराहरू निश्चय पनि अमेरिकाका लागि स्वीकार्य र पाच्य कुरा थिएन ।
पश्चिमी गोलार्द्धमा आफ्नो ‘मुनरो डक्ट्रिन’लाई चुनौती दिने, त्यसलाई बर्खिलाप गर्ने वामपन्थी शासनसत्ताको उदय अमेरिकाको लागि ठूलो लज्जाको विषय थियो । त्यसैले अमेरिका कुनै पनि हालतमा भेनेजुएलामा सत्ता परिवर्तन गर्न चाहन्थ्यो ।
त्यही क्रममा मुनरो डक्ट्रिनलाई क्रियाशील तुल्याउँदै, त्यसलाई थप आक्रामक तुल्याउँदै दोस्रो पटक राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले नयाँ आक्रामक सुरक्षानीति ल्याएका छन् । त्यसलाई ‘डोनाल्ड ट्रम्प डक्ट्रिन’ पनि भनिन थालिएको छ ।
अहिले स्थिति फेरिएको छ । अमेरिकाले आफ्नो प्रभावक्षेत्र मानेको पश्चिमी गोलार्द्धमा युरोपेली कम रुस, चीन जस्ता पूर्व वापपन्थी शक्तिहरुको प्रभाव र वर्चश्व बढ्दै गएको छ । विशेष गरी अमेरिकी शत्रुता, नाकाबन्दी र प्रतिबन्ध समेतका कारण भेनेजुएलाको निकटता र सम्बन्ध रुस, चीन, इरान जस्ता अमेरिकी प्रतिध्रुवका राष्ट्रहरुसँग बढ्दै गएको छ ।
मुनरो डक्ट्रिनको अवधारणा पश्चिमी गोलार्द्धमा युरोपेली शक्तिहरुलाई निषेध गर्ने कुरामा मूलत: केन्द्रीत थियो । खासगरी त्यसबेला ब्रिटेन, फ्रान्स, स्पेन, पोर्चुगल, हल्याण्ड जस्ता देशहरुले एशिया, अफ्रिका र दक्षिण अमेरिकामा उपनिवेश स्थापना गरेका थिए । दक्षिण अमेरिका हुँदै उत्तर अमेरिकातिर बढिरहेको उपनिवेशवादका विरुद्ध अमेरिकी राष्ट्रिय सुरक्षाको सवाललाई प्राथमिकत दिँदै मुनरो डक्ट्रिन आएको थियो । उत्तरी अमेरिकामा पर्ने क्यानाडा, अमेरिका र मेक्सिकोमा त अमेरिकाको प्रभाव पहिले नै बलियो थियो, मुनरो डक्ट्रिनको प्रभावस्वरूप युरोप बिस्तारै दक्षिण अमेरिकाबाट बाहिरिँदा सम्पूर्ण पश्चिमी गोलार्धमा अमेरिकाको स्थिति बलियो भएर आएको थियो ।
तर अहिले स्थिति फेरिएको छ । अमेरिकाले आफ्नो प्रभावक्षेत्र मानेको पश्चिमी गोलार्द्धमा युरोपेली कम रुस, चीन जस्ता पूर्व वापपन्थी शक्तिहरुको प्रभाव र वर्चश्व बढ्दै गएको छ । विशेष गरी अमेरिकी शत्रुता, नाकाबन्दी र प्रतिबन्ध समेतका कारण भेनेजुएलाको निकटता र सम्बन्ध रुस, चीन, इरान जस्ता अमेरिकी प्रतिध्रुवका राष्ट्रहरुसँग बढ्दै गएको छ । पहिले करिब करिब अमेरिकी एकाधिकार रहेको भेनेजुएलाको तेल व्यापारमा अहले चीन सबैभन्दा ठूलो आयातकर्ता बनेको छ । त्यसैलाई समेत लक्षित गर्दै अमेरिकी सुरक्षा रणनीतिको मुनरो डक्ट्रिनलाई परिमार्जन गर्दै ‘डोनाल्ड ट्रम्प डक्ट्रिन’ आएको देखिन्छ ।

ट्रम्पले हाक्काहाक्की ’अमेरिकाले अब पश्चिमी गोलार्द्धमा पुन दावी गर्नमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । त्यसको सोझो अर्थ अमेरिकाले सम्पूर्ण अमेरिकाहरुलाई आफ्नो प्रभाव र नियन्त्रणमा ल्याउनु पर्छ भन्ने नै हो । अमेरिकाको त्यस नीतिको लागि सबैभन्दा ठूलो बाधक ल्याटिन अमेरिकारभर वामपन्थलाई समर्थन गरिरहेका भेनेजुएला पनि रहेको छ । त्यसैले ट्रम्प आफ्नो सुरक्षा रणनीतिमा हाक्काहाक्की भन्छ– हामीले भेनेजुएलाको सरकारलाई हटायौं भने क्युबाली क्रान्तिलाई नष्ट गर्न सक्छौं र ल्याटिन अमेरिकामा वामपन्थलाई पनि अन्त्य गर्न सक्छौं ।
क्युबा–भेनेजुएलामा अनि ल्याटिन अमेरिकी क्षेत्रमा समाजवादी विचारधाराको प्रभावविस्तार अमेरिकाको लागि अपाच्य कुरा हो । त्यसैले पश्चिमी गोलार्द्धमा समाजवादी विचारधाराको प्रसारलाई रोक्न र त्यसप्रति भय पैदा गर्नको लागि पनि अमेरिकाले भेनेजुएलालाई तारो बनाएको हो ।
अमेरिका आफूलाई पुँजीवादको मसिहा ठान्छ । स्वभाविक रफमा उसले आफू वरिपरि, अझ भनौं संसारभरि नै पुँजीवादको जगजगी होस् भन्ने चाहन्छ । पुँजीवादको वैश्विक विस्तारमै अमेरिकी पुँजीवादका मेरुदण्ड अमेरिकी कम्पनीहरुको व्यापार–व्यवसाय फस्टाउँछ । यस अर्थमा क्युबा–भेनेजुएलामा अनि ल्याटिन अमेरिकी क्षेत्रमा समाजवादी विचारधाराको प्रभावविस्तार अमेरिकाको लागि अपाच्य कुरा हो । त्यसैले पश्चिमी गोलार्द्धमा समाजवादी विचारधाराको प्रसारलाई रोक्न र त्यसप्रति भय पैदा गर्नको लागि पनि अमेरिकाले भेनेजुएलालाई तारो बनाएको हो ।
यतिखेर विश्वबजारमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्विता चीनसँग छ । विश्व आर्थिक–सैनिक महाशक्तिको रुपमा तीब्र गतिमा उदाइरहेको चीनको प्रभाव र आर्थिक विस्तार ल्याटिन अमेरिकी देशहरु भेनेजुएला, कोलम्बिया र पानामामा जुन गतिमा भइरहेको छ, त्यो अमेरिकाको लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । यतिखेर चीन भेनेजुएलाको सबैभन्दा ठूलो तेल आयातकर्ता बनेको छ । यसलाई तोड्नु अमेरिकाको लागि जरुरी थियो । त्यसैले पनि अमेरिकाले दुस्साहसपूर्वक भेनेजुएलामा सैनिक हस्तक्षेपलाई अगाडि बढाएको हो ।
पेट्रोडलरका विरुद्ध भेनेजुएलाको चुनौती
अमेरिकाले भेनेजुएलामाथि सैन्य हस्तक्षेप गर्नुको अर्को ठोस कारण पेट्रोडलरविरुद्ध भेनेजुएलाले खडा गरेको चुनौती पनि हो ।
सुनमा आधारित विश्व अर्थव्यवस्था ब्रेटन उड्स प्रणाली (१९४४ देखि १९७१ सम्म) बाट अमेरिकाले राष्ट्पति निक्सनको पालामा १९७१ मा अलग भयो । त्यसको विकल्पमा अमेरिकाले पेट्रोडलरको रणानीति अपनायो । सामान्य भाषामा पेट्रोडलर भन्नाले अन्तर्राष्ट्रिय बजारमा तेल (विशेषतः कच्चा तेल) अमेरिकी डलरमै किनबेच हुने व्यवस्थालाई जनाउँछ। अर्थात्, विश्वका अधिकांश देशले तेल किन्न चाहिँ अमेरिकी डलर नै प्रयोग गर्नुपर्ने प्रणाली पेट्रोडलर व्यवस्था हो। यो कुनै औपचारिक कानुनी शब्द होइन, तर १९७० को दशकपछि विकसित भएको एक राजनीतिक–आर्थिक संरचनालाई जनाउन प्रयोग गरिन्छ।
ब्रेटन उड्स प्रणालीबाट अलग्गिएपछि डलरको मूल्य विश्वबजारमा रहेन, त्यो कागजी मुद्रामात्र बन्यो । त्यसले अमेरिका ठूलो संकटमा पर्यो । त्यस संकटबाट निस्कन अमेरिकाले नयाँ अपनायो जसबाट पेट्रोडलरको जन्म भयो। त्यसअनुसार अमेरिकाले सन् १९७३–७४ तिर तेलका मुख्य उत्पादक देश साउदी अरबसँग एक ऐतिहासिक सम्झौता गर्दै साउदी अरबले अमेरिकी डलरमा मात्रै तेल बेच्ने र बदलामा अमेरिकाले साउदी राजतन्त्रो सुरक्षा गर्ने, उसलाई अत्याधुनिक हतियार आपूर्ति गर्ने र त्यहाँको शासनसत्तालाई राजनीतिक समर्थन दिने नीति अपनायो । पश्चिम एशियाको जटील भूराजनीतिक परिस्थितिमा महाशक्ति अमेरिकाको साथसमर्थन पाउन अरु ओपेक आबद्ध अरु देशहरुले पनि पेट्रोडलर अपनाए ।
अब विश्व अर्थव्यव्थामा डलरको कृत्रिम माग विश्वव्यापी रुपमा बढ्न थाल्यो । तेल किन्न सबै देशलाई डलर चाहिने भयो । सबै देशले डलर सञ्चित गर्न थाले । डलर विश्वको प्रमुख आरक्षित मुद्रा बन्यो ।
सबै कुरा डलर छापेर चलाउन सक्ने भएपछि र विश्व बजारले डलरलाई स्वीकार गरेपछि अमेरिकाले व्यापार घाटा, बजेट घाटा र युद्ध खर्च चलाउन सहज भयो । अर्थशास्त्रीहरुले यस अवस्थालाई अत्यधिक विशेषाधिकार (exorbitant privilege) भन्ने गर्छन् ।
डलरमार्फत अमेरिकाले आफ्नो नीति–सिद्धान्त नमान्ने देशहरुलाई नाकाबन्दी (sanctions), बैंकिङ प्रतिबन्ध, स्विफ्ट प्रणालीबाट अलगथलग तुल्याउने जस्ता काम गरी डलरलाई समेत हतियारको रुपमा प्रयोग गर्न थाल्यो। यसरी पेट्रोडलर केवल आर्थिक होइन, भूराजनीतिक शक्ति पनि बन्यो।
तेल बेचेर कमाएको डलरलाई साउदी र ओपेक देशहरुले अमेरिकी बैंक, ट्रेजरी बन्ड, सेयर बजारमा लगानी गरे । यसले अमेरिकी वित्तीय प्रणालीलाई झन् बलियो बनायो।
उता डलरमार्फत अमेरिकाले आफ्नो नीति–सिद्धान्त नमान्ने देशहरुलाई नाकाबन्दी (sanctions), बैंकिङ प्रतिबन्ध, स्विफ्ट प्रणालीबाट अलगथलग तुल्याउने जस्ता काम गरी डलरलाई समेत हतियारको रुपमा प्रयोग गर्न थाल्यो। यसरी पेट्रोडलर केवल आर्थिक होइन, भूराजनीतिक शक्ति पनि बन्यो।
तर त्यसको प्रतिकूल परिणामहरु पनि देखापरे । अमेरिकाले विगत लामो समयदेखि पेट्रोडलरलाई हतियारको रुपमा प्रयोग गर्दै आइरहेको थियो । इराक (सद्दाम हुसेन) ले तेल युरोमा बेच्ने कुरा उठाउँदा, लिबिया (गद्दाफी) ले सुन–आधारित अफ्रिकी मुद्रा प्रस्ताव गर्दा, भेनेजुएला, इरान, रुस जस्ता देशहरूले अमेरिकी नाकाबन्दीलाई छल्दै डलर बाहिर व्यापार गर्न खोज्दा उनीहरू अमेरिका–केन्द्रित दबाब, प्रतिबन्ध वा सैनिक हस्तक्षेपको निशानामा परे।
यस अर्थमा, पेट्रोडलर व्यवस्था अमेरिकी साम्राज्यवादी संरचनाको मेरुदण्ड जस्तै बन्यो।
स्थितिमा चरमोत्कर्षको अवस्था रुसले युक्रेनविरुद्ध सैन्य कारवाही गरेपछि र रुसविरुद्ध पनि त्यही उपाय अपनाउँदा पैदा भयो । रुस अरु जस्ता कमजोर र चानचुने देश थिएन, ऊ विगतमा अमेरिकाको बराबरीमा उभिएको महाशक्ति र अहिले पनि निक्कै बलियो ‘महाशक्ति’को हैसियत राख्छ । पेट्रोडलरका विकल्पहरु खोजिन थालिए । विश्व एकल ध्रुवबाट बहुध्रुवीयतातिर बढिरहेको अवस्थामा अमेरिकाको कोपभाजनमा परेका देशहरुले डलरको विकल्प खोज्न थाले । अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन र रुसबीच युआन–रुबलमा तेल कारोबार हुन थाल्यो । ब्रिक्सका उदय र विस्तारले वैकल्पिक मुद्राको बहस तीब्र बन्यो । अमेरिकी छातामुनि रहेका स्वयं साउदी अमेरिका र चीनबीच पनि डलरबाहिर तेल कारोबार गर्न सकिने सम्झौताहरु भए ।
यतिखेर निर्माण हुँदै गरेको बहुध्रुवीय विश्व अनि डिजिटल मुद्राको प्रचलनले अमेरिकी पेट्रोडलरको एकाधिकारमाथि चुनौती पैदा भएको छ । यद्यपि अझै पनि पेट्रोडलर पूर्ण रूपमा पतन भएको छैन—यो कमजोर हुँदै गएको प्रणाली हो, ढलेको होइन।
मार्क्सले पूँजीवादलाई उत्पादन सम्बन्ध र वर्ग सम्बन्धको प्रणालीका रूपमा विश्लेषण गर्ने क्रममा ‘राज्य र मुद्रा तटस्थ संस्थाहरू होइनन्, बरु शासक वर्गको हित सुरक्षित गर्ने साधन हुन्’ भने जस्तै पेट्रो डलर अमेरिकी साम्राज्यवादको हित सुरक्षित गर्ने साधन बनेको छ ।
पेट्रोडलर भनेको केवल तेल र डलरको सम्बन्ध होइन, यो त अमेरिकीसाम्राज्यवादले दोस्रो विश्वयुद्धपछि निर्माण गरेको विश्व–पूँजीवादी संरचनाको एक केन्द्रीय स्तम्भ हो, जसले आर्थिक प्रभुत्व, सैन्य शक्ति र वैचारिक वर्चस्वलाई एकै ठाउँमा गाँसेको छ। मार्क्सले पूँजीवादलाई उत्पादन सम्बन्ध र वर्ग सम्बन्धको प्रणालीका रूपमा विश्लेषण गर्ने क्रममा ‘राज्य र मुद्रा तटस्थ संस्थाहरू होइनन्, बरु शासक वर्गको हित सुरक्षित गर्ने साधन हुन्’ भने जस्तै पेट्रो डलर अमेरिकी साम्राज्यवादको हित सुरक्षित गर्ने साधन बनेको छ ।
अमेरिकी नाकाबन्दी र अमेरिकी प्रभुत्व रहेको विश्व अर्थव्यवस्थाबाट बहिष्करणमा परेपछि भेनेजुएलाले विकल्पमा रुस, चीन, इरान तथा भारत लगायतका देशहरुसँग वैकल्पिक मुद्रामा तेल कारोबार गर्न थालेको थियो । आफ्नो नाकैमुनि भइरहेको यो चलखेल अमेरिकी साम्राज्यवादको लागि सैह्य हुने कुरा थिएन ।
भेनेजुएलाले अमेरिकाको त्यही हित सुरक्षित गर्ने साधनको विकल्प खोज्न थालेको थियो । खासगरी, अमेरिकी नाकाबन्दी र अमेरिकी प्रभुत्व रहेको विश्व अर्थव्यवस्थाबाट बहिष्करणमा परेपछि उसले विकल्पमा रुस, चीन, इरान तथा भारत लगायतका देशहरुसँग वैकल्पिक मुद्रामा तेल कारोबार गर्न थालेको थियो । आफ्नो नाकैमुनि भइरहेको यो चलखेल अमेरिकी साम्राज्यवादको लागि सैह्य हुने कुरा थिएन । यस अर्थमा पनि उसले राष्ट्रसंघीय चार्टर तथा अन्तर्राष्ट्रिय नियम–कानूनहरुमाथि ठाडो बलात्कार गर्दै भेनेजुएलामाथि निर्लज्ज सैनिक हस्तक्षेप गरेको हो ।
रुसलाई अठ्याउने खेल
अमेरिकाले भेनेजुएलामाथि सैनिक हस्तक्षेप गर्नुका पछाडि उसको रुसलाई अठ्याउने खेल पनि देखिन्छ । युक्रेन युद्धका खर्च तथा अमेरिकी–पश्चिमा नाकाबन्दीका कारण रुसी अर्थतन्त्र तवाहा हुने कुराले हावा खाएको छ । रुसले आफ्ना तेल–ग्याँस चीन, भारत लगायतका देशहरुलाई बेचेर विगत तीनवर्षदेखि पश्चिमा समर्थित युक्रेनविरुद्धको युद्धका बाबजूद अर्थतन्त्रलाई मजबुतीका साथ बचाइरहेको ५छ । यस्तो अवस्थामा अमेरिकी रणनीति विश्व बजारमा तेलको मूल्य घटाएर रुसलाई अप्ठ्यारो पार्ने पनि देखिन्छ ।
अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा कब्जा जमाएर विश्व बजारमा तेलको आपूर्ति बढाउन सक्नेछ । आपूर्ति बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न सक्छ। त्यो स्थितिमा अझै पनि तेल र ग्यासमा निर्भर रुसको अर्थतन्त्रमा संकट पैदा हुने अमेरिकी सोच हुन सक्छ ।
अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा कब्जा जमाएर विश्व बजारमा तेलको आपूर्ति बढाउन सक्नेछ । आपूर्ति बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न सक्छ। त्यो स्थितिमा अझै पनि तेल र ग्यासमा निर्भर रुसको अर्थतन्त्रमा संकट पैदा हुने अमेरिकी सोच हुन सक्छ । वास्तवमै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अझ घट्यो भने, अर्थतन्त्र तेल र ग्यासमा निर्भर रूसजस्ता देशहरू गम्भीर आर्थिक संकटमा फस्न सक्छन्। सम्भवतः अमेरिका दीर्घकालीन रुपमा यस रणनीतिलेभविष्यमा रूसका सम्भावनाहरूलाई समाप्त गर्न सकिने सोचका साथ अघि बढेको हुन सक्ने सम्भावना टड्कारो छ ।
भेनेजुएलाको गल्ती, नेपालले सिक्नुपर्ने पाठ
भेनेजुएलाको गल्तीबाट नेपालले सिक्नुपर्ने पाठ सुन्दा अलि असहज र अनौठो सुनिए पनि यो निक्कै सोचनीय कुरा हो । खासगरी भेनेजुएलालले गरेको सबैभन्दा मुख्य गल्ती उसले तेलमाथि अत्यधिक निर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनु रह्यो । चाभेजपूर्वका सरकार तथा स्वयं चाभेजको शासनकाल र त्यसपछि पनि तेलबाहेक अन्य क्षेत्रको निर्माण, विकास र विस्तार अर्थात् आर्थिक विविधीकरणमा भेनेजुएलाले खासै ध्यान केन्द्रीत गरेन । यसरी भेनेजुएला ‘डच डिजिज’को शिकार बन्यो । एकहोरो तेल क्षेत्रमा मात्र ध्यान दिइयो, अरु क्षेत्रको विकास, विस्तार र त्यसमा आत्मनिर्भर बन्ने कुरामा ध्यान नै दिइएन। यहाँसम्म कि खाद्यान्नसमेत आयात गर्न थालियो। अन्य क्षेत्रहरूमा ध्यान नदिएकाले अर्थतन्त्रको समग्र विकास हुन सकेन। महंगी दर १३०० प्रतिशतसम्म पुग्यो । यो उसको सबैभन्दा ठूलो गल्ती थियो ।
नेपालबाट भौगोलिक रुपमा निक्कै टाढा रहेको तेलको सबैभन्दा ठूलो भण्डार रहेको देश भेनेजुएलाबाट नेपालजस्ता साना देशले के सिक्ने भन्ने कुरा निक्कै हास्यास्पद लाग्न सक्छ । तर यो निक्कै गम्भीर र संवेदनशील सवाल हो ।
भेनेजुएलाबाट सिक्नुपर्ने सबैभन्दा मुख्य कुरा अर्थत्नत्रमा कुनै एक पक्षमाथि मात्रको अत्यधिक निर्भरता आत्मघाती हुन सक्छ भन्ने हो ।
जसरी भेनेजुएला तेलमा अत्यधिक निर्भर रहँदै आयो, नेपालको अर्थतन्त्रको अत्यधिक निर्भरता रेमिट्यान्समा बढ्दै गइरहेको छ । त्यसमाथि थप, नगन्य निर्यातको तुलनामा आयातको अत्यधिक ठूलो हिस्सा छ । आर्थिक चलायमानका लागि अनुदानमा आधारित अर्थतन्त्र छ । विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायत दाता देशहरुबाट प्राप्त आर्थिक सहयोग (ऋण तथा अनुदान दुवै) लाई उत्पादनमुखी बनाउने सोच र कार्यक्रम नै छैन ।
भेनेजुएलाबाट सिक्नुपर्ने सबैभन्दा मुख्य कुरा अर्थत्नत्रमा कुनै एक पक्षमाथि मात्रको अत्यधिक निर्भरता आत्मघाती हुन सक्छ भन्ने हो ।
कदाचित नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै गइरहेको रेमिट्यान्सको स्रोतमाथि कुनै पनि तरिकाले अवरुद्ध भयो भने वा दाताहरुको दृष्टि बक्र बन्न अवस्था पैदा भयो भने देशको हालत भेनेजुएलाभन्दा बदतर बन्न सक्छ । कुनै बेला विश्वका चौथो–पाँचौं धनी मानिने देश, ‘किनमेलका लागि भेनेजुएलाका वासिन्दाहरु अमेरिकाको विलासी शहर मियामी जान्छन्’ भन्ने मिथक बनेको देश कङ्गाल बन्न पुगेको परिस्थितिको पृष्ठभूमिमा नेपालले सिक्नुपर्ने पाठ भनेको आर्थिक विविधीकरणको जरुरत र महत्त्व नै हो ।
भेनेजुएलाबाट सिक्नुपर्ने अर्को पाठ भनेको राष्ट्रवाद भाषणले पेट भरिँदैन भन्ने पनि हो । भेनेजुएलाले आफूलाई साम्राज्यवादको विपक्षमा त उभ्यायो तर उसले आफ्नो आन्तरिक सुशासनलाई बलियो बनाउनेतिर लागेन । फलत: जनताको एउटा हिस्सामा निराशा र अवसाद पैदा हुने तथा बाह्य हस्तक्षेपका लागि मलिलो भावभूमि बन्ने अवस्था तयार भयो । अहिले नेपालमा पनि स्थिति त्योभन्दा खासै फरक छैन ।
भेनेजुएलाबाट सिक्नुपर्ने अर्को पाठ भनेको विश्व राजनीतिमा स्थायी मित्र हुँदैन भन्ने पनि हो । अहिलेको जटील र संवेदनशील वैश्विक भूराजनीतिक अवस्थितिका बीच कुटनीतिक सन्तुलन र चातर्यता देखाउन सकिएन भने कुनैबेला असल र भरपर्दो मित्र रहेको देश शत्रुमा पनि परिणत हुन सक्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।
भेनेजुएलामा संस्थागत शक्ति निर्माण गर्ने कुरामा कम ध्यान दिइयो । नेता वा व्यक्ति बलियो हुने, संस्था कमजोर हुने परिपाटीले जनताको अपेक्षालाई सम्बोधन गर्न सक्दैन । भेनेजुएलामा त्यही भयो । अहिले नेपालमा पनि त्यही जोखिम छ। गत भदौ २३–२४ को जेनजी विद्रोहमा जेनजीका अलावा जनसंख्याको ठूलो हिस्सा सडकमा देखापर्नुले त्यो कुरालाई संकेत गरिसकेको छ ।
निचोडमा भन्दा, अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य हस्तक्षेप, त्यहाँको बहालवाला राष्ट्रपतिको सपत्नी अपहरण फलगत तेलको नियन्त्रणका लागि मात्र होइन । यो यसले इराकमाथि गरेको हमलाभन्दा फरक खालको हो । यसको अन्तर्यमा ल्याटिन अमेरिकामा अमेरिकी प्रभुत्व जोगाउने चाहना, चाभेजले अघि सारेको बोलिभेरियन क्रान्तिबाट समाजवादी मोडेलको ‘उदाहरण’ फैलिन नदिने डर तथा त्यस क्षेत्रमा रुस–चीनको प्रभाव रोक्ने रणनीति सबै मिसिएर आएको छ ।
भावी परिदृश्यहरु
भेनेजुएलामाथि सैनिक हस्तक्षेप गर्ने क्रममा अमेरिकाले फुक्कीफाल साढेको रुपमा प्रस्तुत भयो । उसले राष्ट्रसंघीय चार्टर तथा अन्तर्राष्ट्रिय नियम कानूनहरुलाई पाइतालाले किच्ने काम गर्यो । त्यसपछि पनि उसले खुलेआम अन्तर्राष्ट्रिय कानुनहरु नमान्ने घोषणा गरिरहेको छ । कोलम्बिया, पानामा, क्युबा, इरान जस्ता सार्वभौम देशहरुमाथि खुलेआम सैनिक बलमिच्याइ गर्ने घोषणा गरिरहेको छ । त्यसमाथि थप, उसकै मित्रशक्ति डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्याण्डलाई समेत सैनिक हस्तक्षेप गरेरै भए पनि आफ्नो अधीनस्थ तुल्याउने हुँकार गरिरहेको छ ।
यी सबै कुराहरुले भावी परिदृश्य निक्कै डरलाग्दो बन्ने सम्भावनालाई जन्माउँदै गएको छ ।
स्वतन्त्रता भएयताका केही वर्षहरुलाई छाड्ने हो भने अमेरिका निरन्तर युद्धमा छ । सैन्य उन्माद उसको डिएनएमा घुसेको छ । अमेरिकी अर्थतन्त्र युद्धबिना बाँच्नै सक्दैन । मिथकका भेम्पायरलाई बाँच्नका लागि रगत चाहिए जस्तै अमेरिकालाई बाँच्न र आफ्नो प्रभुत्व कायम राख्न निरन्तर युद्ध चाहिन्छ ।
हेक्का राख्नुपर्ने कुरा के हो भने, स्वतन्त्रता भएयताका केही वर्षहरुलाई छाड्ने हो भने अमेरिका निरन्तर युद्धमा छ । सैन्य उन्माद उसको डिएनएमा घुसेको छ । अमेरिकी अर्थतन्त्र युद्धबिना बाँच्नै सक्दैन । मिथकका भेम्पायरलाई बाँच्नका लागि रगत चाहिए जस्तै अमेरिकालाई बाँच्न र आफ्नो प्रभुत्व कायम राख्न निरन्तर युद्ध चाहिन्छ । विगतमा भियतनाम, कोरिया, इराक, अफगानिस्तान, लिविया, सिरिया, यमन, नाइजेरियाहरुमा भएका अमेरिकी सैनिक हस्तक्षेप तथा कारवाहीहरु त्यसैका उदाहरणहरु हुन् । त्यसैको पछिल्लो कडी भेनेजुएला बन्यो भने अब इरान अर्को शिकार बन्ने सम्भावना बढेको छ ।
भेनेजुएलामाथिको सैन्य कारवाहीविरुद्ध चीन र रुसको ‘औपचारिक विरोध’बाहेक धेरै देशहरुले मुखमा दही जमाएर बसे । यसको अर्थ आगामी दिनहरुमा अमेरिकी साम्राज्यवादले झनै खतरनाक ढङ्गले सैनिक बललाई अगाडि सार्न सक्छ ।
अमेरिकाले भेनेजुएलामाथिको पछिल्लो सैनिक हस्तक्षेपमार्फत् उसले विश्वलाई आफू सुपर पावर रहेको तथा आफ्नो विरुद्धमा खडा हुनेलाई ‘धूलोपीठो’ पारिदिने सन्देश दिएका छन् । भेनेजुएलामाथिको सैन्य कारवाहीविरुद्ध चीन र रुसको ‘औपचारिक विरोध’बाहेक धेरै देशहरुले मुखमा दही जमाएर बसे । यसको अर्थ आगामी दिनहरुमा अमेरिकी साम्राज्यवाद झनै खतरनाक ढङ्गले सैनिक बललाई अगाडि सार्न सक्छ । उसले त्यसै पनि राष्ट्रसंघलाई लत्याइसकेको छ, त्यसका महत्वपूर्ण अवयवहरुबाट आफूलाई अलग तुल्याइसकेको छ अमेरिकी अहंकारलाई बेलैमा जवाफ दिन विश्व शक्तिहरु सामर्थ्यवान भएन भने बहुध्रुवीयतातिर अगाडि बढिरहेको विश्वमा एक ध्रुवीय प्रभुत्व हावी हुन सक्ने अवस्था पनि पैदा हुन सक्छ । अमेरिकी कदमलाई नजीर बनाएर अन्य महाशक्तिहरुले साना छिमेकी राष्ट्रहरुमाथि बलमिच्याइँ गर्ने काम बढ्न सक्छ । अहिले नै पङ्गु बन्दै गइरहेको राष्ट्रसंघको औचित्य कालान्तरमा समाप्त हुने र विश्व नयाँ खालको साम्राज्यवाद दुश्चक्रको शिकार बन्ने खतरालाई इन्कार गर्न सकिन्न ।
भेनेजुएला संकटपछि विश्वमा नयाँ खालको परमाणु होडबाजी बढ्न सक्छ । परमाणु बम भएको मुलुक मात्र विदेशी सैन्य हस्तक्षेपबाट सुरक्षित रहने दृष्टान्त स्थापित हुने सम्भावना बढेको छ । परमाणु बम मात्रै वैदेशिक सैनिक हस्तक्षेपविरुद्धको सुरक्षा ग्यारेन्टी हुने स्थितिमा वैध–अवैध तरिकाले सामर्थ्यवान मुलुकहरुले परमाणु हतियारको विकासमा लाग्ने खतरा पैदा भएको छ । त्यसले अन्तत: निम्तयाउने परिणाम भनेको महाविनाश नै हुनेछ ।
पुँजीवादलाई तर्साउने ‘साम्यवादी भूत’का जनक कार्ल मार्क्स
हराम पाँडे हजुर
विश्व क्रान्तिका महान नेता माओ त्से तुङ
रूमी: महान सूफी सन्त कसरी एक विद्वान प्रेमी बने?
हाकिमको भोज
रूसी चरित्र
रेबीज : अत्यन्तै घातक तर बेलैमा उपचार गरे रोकथाम गर्न सकिने रोग


प्रतिक्रिया