इरानको उथलपुथललाई बुझाउने ६ बुँदा
इरान अहिले गम्भीर उथलपुथलको अवस्थामा छ। देशभर विभिन्न स्तरका विरोध–प्रदर्शन भइरहेका छन्, र हिंसाको मात्रा बढ्दो छ, जहाँ प्रदर्शनकारी र प्रहरी दुवै शवगृहमा पुग्ने अवस्था देखिएको छ। सुरुमा हडताल र महँगीविरुद्धका आन्दोलनका रूपमा सुरु भएको यो असन्तोष क्रमशः विभिन्न असन्तुष्टिहरूलाई एकत्रित गर्दै गयो। विशेषतः महिलाहरू र युवाहरू, आफ्नो जीविकोपार्जन सुनिश्चित गर्न नसक्ने व्यवस्थाप्रति निराश देखिन्छन्। इरान लामो समयदेखि आर्थिक घेराबन्दीमा परेको छ, र ऊमाथि इजरायल र संयुक्त राज्य अमेरिकाले प्रत्यक्ष आक्रमणसमेत गरेका छन् । केवल आफ्नै सीमाभित्र मात्र होइन, पश्चिम एसियाभर (सिरियास्थित उसका कूटनीतिक परिसरहरू समेत) आक्रमणको निशाना बनेका छन्। अमेरिकाले चलाएको यस आर्थिक युद्धले नै यो उथलपुथलको अवस्था सिर्जना गरेको हो । तर उथलपुथलको निशाना वाशिङ्टन होइन, तेहरानस्थित सरकार बनेको छ।
संयुक्त राज्य अमेरिकाले खुलेआम प्रदर्शनकारीहरूलाई चेतावनी दिएको छ—यदि सरकारतर्फबाट हिंसा बढेमा तेहरानमाथि बमबारी गरिनेछ।
सन् २०२५ को अक्टोबरमा इजरायलको मुलधारको पत्रिका हाआरेत्जले प्रकाशित गरेको “इरानका शाहका रूपमा रेजा पहलवीलाई स्थापित गर्ने उद्देश्यसहितका इजरायली ‘प्रभाव अभियान’” सम्बन्धी रिपोर्ट जस्ता विवरणहरूले, प्रदर्शनहरूमा इजरायली गुप्तचरको भूमिकाबारे संकेत गर्छन्। उता संयुक्त राज्य अमेरिकाले खुलेआम प्रदर्शनकारीहरूलाई चेतावनी दिएको छ—यदि सरकारतर्फबाट हिंसा बढेमा तेहरानमाथि बमबारी गरिनेछ। गत वर्ष, दक्षिण पार्सका १२ वटा तेल प्रशोधन केन्द्रहरूमा आन्दोलन भए, जहाँ बुशेहर ग्यास रिफाइनरी वर्कर्स युनियनका ५,००० करार मजदुरहरूले डिसेम्बर ९ मा असालुयेहमा आफ्ना परिवारसहित उच्च ज्याला र राम्रो काम गर्ने अवस्था माग्दै जुलुस निकाले। जब मजदुरहरूले आफ्नो संघर्षलाई तेहरानस्थित राष्ट्रिय संसदसम्म पुर्याए र ठेक्का श्रम प्रणाली अन्त्यको माग गरे, त्यसै बेला इजरायल र संयुक्त राज्य अमेरिकाले यी इमानदार आन्दोलनहरूको फाइदा उठाउँदै वैध संघर्षलाई सम्भावित ‘रेजिम चेन्ज’ (सत्ता परिवर्तन) अभियानमा रूपान्तरण गर्ने प्रयास गरे।
सन् १९७९ देखि इरानले अरब र मुस्लिम विश्वमा राजतन्त्रपछिको आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ, र प्यालेस्टिनी संघर्षको एक महत्वपूर्ण रक्षकका रूपमा उभिएको छ।
के भइरहेको छ भन्ने बुझ्न, छलफलको भावनासहित यहाँ ऐतिहासिक महत्वका छ बुँदा प्रस्तुत गरिन्छ। सन् १९७९ देखि इरानले अरब र मुस्लिम विश्वमा राजतन्त्रपछिको आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ, र प्यालेस्टिनी संघर्षको एक महत्वपूर्ण रक्षकका रूपमा उभिएको छ। इरानका लागि विदेशी हस्तक्षेप नयाँ कुरा होइन । सन् १९०१ देखि बेलायतले इरानको तेल नियन्त्रणमा राख्नु, सन् १९०७ को एंग्लो–रुसियन कन्वेन्सनद्वारा इरानलाई प्रभावक्षेत्रमा विभाजन गर्नु, सन् १९२१ को कू जसले रेजा खानलाई सिंहासनमा पुर्यायो, सन् १९५३ को कू जसले उनका छोरा मोहम्मद रेजा शाह पहलवीलाई सत्तामा स्थापित गर्यो, र त्यसपछि सन् १९७९ देखि आजसम्म इरानी क्रान्तिविरुद्ध चलाइँदै आएको मिश्रित युद्ध—यी सबै इतिहासका कडीहरू हुन्। अब ती छ बुँदा यस प्रकार छन्:
१. सन् १९७८–७९ को इरानी क्रान्तिले इरानका शाह रेजा पहलवीको शासन उल्टायो। धार्मिक धर्मगुरु वर्ग (clerical establishment) र तिनका राजनीतिक संरचनाहरूको प्रभावशाली भूमिकाका कारण अप्रिल १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना भयो, र डिसेम्बर १९७९ मा इस्लामिक गणतन्त्रको संविधान लागू भयो। क्रान्तिभित्रका अन्य धाराहरू कम्युनिस्ट वामपन्थीदेखि उदारवादीहरूसम्म मुख्यतः किनारामा पारिए, र केही अवस्थामा दमनसमेत गरिए। मार्च १९७९ मा तेहरानमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भएका प्रदर्शनहरू महिलाका अधिकारमा लगाइएका प्रतिबन्धहरू (विशेषतः अनिवार्य हिजाब नीतिविरुद्ध) का कारण भएका थिए। ती प्रदर्शनहरूले सरकारलाई मागहरू स्वीकार गर्न बाध्य पारे तर यो सफलता अल्पकालीन रह्यो, किनकि सन् १९८३ मा अनिवार्य हिजाबसम्बन्धी कानुन पारित गरियो।
धार्मिक धर्मगुरु वर्ग (clerical establishment) र तिनका राजनीतिक संरचनाहरूको प्रभावशाली भूमिकाका कारण अप्रिल १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना भयो, र डिसेम्बर १९७९ मा इस्लामिक गणतन्त्रको संविधान लागू भयो। क्रान्तिभित्रका अन्य धाराहरू कम्युनिस्ट वामपन्थीदेखि उदारवादीहरूसम्म मुख्यतः किनारामा पारिए, र केही अवस्थामा दमनसमेत गरिए।
२. यो क्रान्ति पाकिस्तानमा सन् १९७७ मा जिया उल–हकद्वारा गरिएको सैनिक कूपछि, अफगानिस्तानमा साउर क्रान्ति (अगस्ट १९७८), यमनको समाजवादी पार्टीको स्थापना (अक्टोबर १९७८) जसले पिपुल्स डेमोक्रेटिक रिपब्लिक अफ यमनलाई सोभियत प्रभावक्षेत्रमा पुर्यायो र उत्तर–दक्षिण यमन युद्ध (फेब्रुअरी–मार्च १९७९) निम्त्यायो, तथा इराकमा जुलाई १९७९ मा सद्दाम हुसेनद्वारा सत्ता कब्जापछि भएको थियो। दक्षिण–पश्चिमी र मध्य एसियाको सम्पूर्ण क्षेत्र तीव्र राजनीतिक उलटफेरको दौरबाट गुज्रिरहेको थियो। यीमध्ये केही घटनाक्रमहरू (पाकिस्तान, इराक) संयुक्त राज्य अमेरिकाका लागि लाभदायक थिए भने अन्य (अफगानिस्तान, इरान, यमन) यस क्षेत्रमा अमेरिकाका उद्देश्यविरुद्ध थिए। छिट्टै नै संयुक्त राज्य अमेरिकाले आफ्नो लाभलाई अघि बढाउन प्रयास गर्दै इरानको इस्लामिक गणतन्त्र, पिपुल्स डेमोक्रेटिक रिपब्लिक अफ यमन, र डेमोक्रेटिक रिपब्लिक अफ अफगानिस्तानलाई उल्ट्याउने प्रयास गर्यो।
अमेरिका र उसका खाडी सहयोगीहरूले सेप्टेम्बर १९८० मा कुनै उक्साहटबिना इरानमाथि आक्रमण गर्न इराकलाई प्रेरित गरे, जसले सन् १९८८ सम्म चलेको युद्ध सुरु गर्यो।
३. यी प्रक्रियामाथि संयुक्त राज्य अमेरिकाले दिएको दबाबका कारण तीनै देशमा युद्धजस्तै अवस्था सिर्जना भयो। अमेरिका र उसका खाडी सहयोगीहरूले सेप्टेम्बर १९८० मा कुनै उक्साहटबिना इरानमाथि आक्रमण गर्न इराकलाई प्रेरित गरे, जसले सन् १९८८ सम्म चलेको युद्ध सुरु गर्यो। खाडीका अरब राज्यहरूले सलीम रुबाया अली (दुई यमनलाई एकीकरण गर्ने वार्तामा संलग्न माओवादी नेता) को हत्या भएपछि उत्तर यमनलाई दक्षिण यमनमाथि आक्रमण गर्न उक्साए। अन्ततः अफगानिस्तानमा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको पिपुल्स डेमोक्रेटिक पार्टीका क्याडरहरूविरुद्ध हत्या अभियान सुरु गर्न मुजाहिदीनलाई आर्थिक सहयोग गर्न थाल्यो। बाह्य आक्रमण र हस्तक्षेपका कारण इरान, अफगानिस्तान र यमनका सामाजिक परियोजनाहरू संकुचित भए। अफगानिस्तान ४० वर्षभन्दा बढी समयसम्म चलेको भयावह हिंसा र युद्धको चपेटामा पर्यो । यद्यपि डेमोक्रेटिक रिपब्लिक अफ अफगानिस्तान १८ वर्षसम्म कायम रह्यो। दक्षिण यमनको मार्क्सवादी सरकार सन् १९९० सम्म टिक्यो, तर आफ्नै अपेक्षाहरूको कमजोर छायामात्र रह्यो। उता इरानले भने सन् १९८८ मा इराकसँगको युद्ध समाप्त भएपछि लगाइएका कठोर प्रतिबन्धहरूको बाबजुद आफ्नो इस्लामिक गणतन्त्रलाई जोगाइराख्न सफल भयो।
४. इस्लामिक गणतन्त्रले क्रमशः आएका धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गर्नुपर्यो।
सबैभन्दा ठूलो चुनौती अमेरिकी साम्राज्यवादबाट आयो। अमेरिकाले इरान–इराक युद्धलाई पूर्ण रूपमा उक्साएको मात्र होइन, पुराना इरानी अभिजात वर्गलाई पुनः सत्तामा फर्काउने पहलहरूलाई समर्थन गर्यो, साथै इस्लामिक गणतन्त्रलाई कमजोर पार्न इजरायलका प्रयासहरूलाई पनि साथ दियो । यसमा इरानमाथि गरिएका प्रत्यक्ष आक्रमण, विध्वंसात्मक (sabotage) अभियान, र वैज्ञानिक तथा सैनिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूको लक्षित हत्या समेत पर्छन्। क्षेत्रीय स्तरमा इरानको शक्ति क्षीण पार्ने योजनाबद्ध प्रयास अमेरिका र इजरायलले निरन्तर गर्दै आएका छन् । सन् २०२० मा जनरल कासेम सुलेमानीको हत्या, इजरायली नरसंहारका क्रममा हिज्बुल्लाहमाथि गरिएको कठोर आक्रमण तथा सन् २०२४ मा सैयद हसन नसरल्लाहको हत्या, र सन् २०२४ को डिसेम्बरमा सिरियाको सरकारलाई अपदस्थ गर्दै दमास्कसमा पूर्व अल–कायदाका प्रमुखलाई राष्ट्रपति बनाइनु यी सबै त्यसका उदाहरण हुन्।
अमेरिकाले इरान–इराक युद्धलाई पूर्ण रूपमा उक्साएको मात्र होइन, पुराना इरानी अभिजात वर्गलाई पुनः सत्तामा फर्काउने पहलहरूलाई समर्थन गर्यो, साथै इस्लामिक गणतन्त्रलाई कमजोर पार्न इजरायलका प्रयासहरूलाई पनि साथ दियो । यसमा इरानमाथि गरिएका प्रत्यक्ष आक्रमण, विध्वंसात्मक (sabotage) अभियान, र वैज्ञानिक तथा सैनिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूको लक्षित हत्या समेत पर्छन्। क्षेत्रीय स्तरमा इरानको शक्ति क्षीण पार्ने योजनाबद्ध प्रयास अमेरिका र इजरायलले निरन्तर गर्दै आएका छन् ।
पुराना इरानी अभिजात वर्ग, सुरुमा सन् १९८० मा मृत्यु नभएसम्म स्वयं शाहको नेतृत्वमा र त्यसपछि उनका छोरा तथाकथित युवराज रेजा पहलवीको नेतृत्वमा, युरोपेली शक्तिहरू र संयुक्त राज्य अमेरिकासँग मिलेर आफ्नो शासन पुनःस्थापित गर्न सक्रिय भए। यहाँ एउटा महत्वपूर्ण ऐतिहासिक तथ्य बुझ्न जरुरी छ भने सन् १९४१ देखि ‘मयुर सिंहासन’ (Peacock Throne) मा बसेका शाहलाई सन् १९५१ देखि १९५३ सम्म लोकतान्त्रिक सरकार स्वीकार गर्न बाध्य पारिएको थियो । तर त्यो सरकारलाई पश्चिमी गुप्तचर संस्थाहरूले उल्ट्याइदिए र त्यसपछि शाहलाई सन् १९५३ देखि १९७८–७९ को क्रान्तिसम्म निरंकुश शासन चलाउन प्रोत्साहित गरियो। शाह पक्षधर समूह सधैं इरानमा पुनः सत्तामा फर्किन चाहन्थ्यो। सन् २००९ को ग्रीन मुभमेन्टमा राजतन्त्र समर्थक तत्व सानो मात्रामा भए पनि, त्यो आन्दोलनमा मुख्यतः महमुद अहमदिनेजादको अपेक्षाकृत ‘जनमुखी’ राष्ट्रपतिको विरुद्ध राजनीतिक सुधार चाहने प्रभुत्वशाली वर्गहरूको प्रतिनिधित्व थियो। अहिलेको आन्दोलनको प्रतीकका रूपमा लस एन्जलसमा बस्ने शाहका छोरालाई संयुक्त राज्य अमेरिकाले ‘छानेको’ तथ्य आफैंमा अर्थपूर्ण छ।
इस्लामिक गणतन्त्रको रूपान्तरणकारी सामाजिक एजेन्डामा पनि आन्तरिक सीमाहरू थिए। पुरानो अभिजात वर्गका केही हिस्सालाई सहन गर्दै उनीहरूलाई आफ्नो सम्पत्ति कायम राख्न दिइएकाले वर्गीय तह–भिन्नता (stratified class system) निर्माण भयो । जसबाट ती धनी वर्ग र उदाउँदै गरेको मध्यम वर्गका केही हिस्साले फाइदा उठाए। सन् १९८९ जुनमा आयातोल्लाह रुहोल्लाह खोमेनीको निधन र इरान–इराक युद्धको अन्त्यपछि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का संरचनात्मक समायोजन नीतिहरूको ठूलो अंश अपनायो । जुन—कुनै न कुनै रूपमा—दशकौंसम्म लागू रह्यो। यी नीतिहरू मुख्यतः मोहेसन नूरबख्शद्वारा अघि बढाइएका थिए, जो सन् १९८९–१९९४ सम्म अर्थमन्त्री र सन् १९९४–२००३ सम्म केन्द्रीय बैंकका प्रमुख थिए। सन् १९७९ मा इरानी अर्थतन्त्र समाजवादी ढाँचामा संगठित गरिएको थिएन; तर युद्धकालीन अर्थतन्त्रका आवश्यकताहरू र इस्लामिक सामाजिक कल्याणप्रतिको प्रतिबद्धताका कारण राज्य र सार्वजनिक योजनाको भूमिका बलियो थियो। नूरबख्शले राज्यलाई पूर्ण रूपमा विघटन गर्न सकेनन्, तर मुद्रा र बैंकिङ सुधार गरे र सावधानीपूर्वक इरानलाई विश्व अर्थतन्त्रसँग एकीकृत गरे।
अमेरिका–युरोपको प्रतिबन्ध व्यवस्था, अमेरिका–इजरायलका सैन्य धम्कीहरू (जसका कारण इरानमा उच्च सैन्य खर्च गर्नुपरेको छ । यद्यपि अहिले पनि यो जीडीपीको करिब २.५ प्रतिशत मात्र छ, शाहको शासनकालमा रहेको करिब १२ प्रतिशतको तुलनामा निकै कम), र सरकारभित्र बढ्दो रूपमा अपनाइएका नवउदारवादी आर्थिक नीतिहरू (जस्तै सन् २०१३–२०१७ का अर्थमन्त्री अली तैयबनिया र सन् २०२५ देखि अली मदनिजादेह) को संयुक्त प्रभावका कारण वर्गीय असमानता र अधिकांश इरानीहरूको जीवन कठिन हुँदै गयो। इस्लामिक गणतन्त्रका यिनै सीमाहरूले आर्थिक असन्तोषका आवर्ती चक्रहरू जन्माए । सन् २०१७–२०१८ (महँगी र अनुदान कटौतीको विरोध), सन् २०१९ (इन्धन मूल्यवृद्धिविरुद्ध), सन् २०२५ (रोटी बनाउने बेकरी मजदुरहरूको आन्दोलन), र सन् २०२५–२६ (आकाशिँदो महँगी र इरानी रियालको अवमूल्यन)।
“प्रदर्शन” एकाएक शान्तिपूर्ण भेला–जुलुसबाट उच्च–तीव्रताको शहरी विध्वंसमा रूपान्तरित भए, जसका क्रममा करिब १०० जना कानून पालना गराउने अधिकारीको मृत्यु भयो। केही अधिकारीहरूलाई जिउँदै जलाइएको, एक जना सुरक्षा सदस्यको शिरच्छेद गरिएको, र एक चिकित्सा क्लिनिकमा आगजनी हुँदा एक नर्सको ज्यान गएको दाबीसमेत गरिएको छ।
५. हालका प्रदर्शनहरू मुख्यतः रियाल–डलर विनिमय दर ऐतिहासिक उच्च स्तरमा पुग्नु र खाद्य पदार्थको मुद्रास्फीति ६० प्रतिशतसम्म चुलिनुले प्रेरित देखिए पनि, दक्षिण पार्सका श्रमिक हडतालबाट समन्वित शहरी हिंसातर्फको रूपान्तरणले अझ गहिरो स्तरको हस्तक्षेपतर्फ संकेत गर्छ। प्रशासनले प्रतिबन्धको सन्दर्भमा काम गरिरहेका आयात–निर्यात क्षेत्रका केही हिस्सालाई प्राथमिकता दिएको छ, जसले आयातकर्ताको हितको मूल्य चुकाएर वस्तु निर्यातकर्तालाई सहयोग पुर्याएको छ । यो अवस्था सजिलै सच्याउन सकिने खालको छैन। तर ३०–४० प्रतिशतको अचानक मुद्रा अवमूल्यन बाह्य वित्तीय चलखेलको क्लासिक संकेत हो। त्यसैले, सुरुमा केन्द्रीय बैंकविरुद्ध कुनै हस्तक्षेपबिनै व्यवसायीहरूले गरेको विरोध छिट्टै राज्य संरचनामाथिको हिंसात्मक, माथिबाट निर्देशित आक्रमणमा परिणत भयो। “प्रदर्शन” एकाएक शान्तिपूर्ण भेला–जुलुसबाट उच्च–तीव्रताको शहरी विध्वंसमा रूपान्तरित भए, जसका क्रममा करिब १०० जना कानून पालना गराउने अधिकारीको मृत्यु भयो। केही अधिकारीहरूलाई जिउँदै जलाइएको, एक जना सुरक्षा सदस्यको शिरच्छेद गरिएको, र एक चिकित्सा क्लिनिकमा आगजनी हुँदा एक नर्सको ज्यान गएको दाबीसमेत गरिएको छ। सर्वसाधारणमाथि नजिकैबाट साना हतियार प्रयोग गरिनुले घरेलु तनाव अधिकतम बनाउने र विदेशी हस्तक्षेपको बहाना सिर्जना गर्ने प्रयास भएको संकेत गर्छ। अराजकतापछाडिको भू–राजनीतिक संयोजन अमेरिकी विदेश मन्त्रालय र मोसादले प्रत्यक्ष रूपमा हिंसाको स्वागत गरेपछि निर्विवाद बन्यो। जब अधिकारीहरूले इन्टरनेट पहुँच बन्द गरे, प्रदर्शनहरू उल्लेख्य रूपमा कमजोर भए । यसले आन्दोलनको स्वस्फूर्ततामाथि प्रश्न उठाउँछ र वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबाट फाइदा उठाउन खोज्ने अस्थिरता रणनीति चलिरहेको छ भन्ने थेसिसलाई बल दिन्छ।
६. विपक्षी सडकमा उत्रिएको छ, तर उसले सत्ता कब्जा गर्ने क्षमता आफूसँग छैन भन्ने कुरा पनि बुझ्दछ। अमेरिकी र इजरायली हस्तक्षेपका रिपोर्टहरू छन् र शाहका छोराले प्रदर्शनको श्रेय आफूले लिएको र आफूलाई त्यसको लाभार्थी ठानेको तथ्यले विपक्षीलाई झन् असहज बनाएको छ। ट्रम्पको नेतृत्वमा अतिसाम्राज्यवादी नीतिहरू चलिरहेका बेला, र इजरायल आफूलाई अन्तहीन विजयको चरणमा रहेको ठानिरहेको अवस्थामा, यी खतरनाक समूहहरूले के गर्नेछन् भन्ने अनुमान गर्न कठिन छ। जब आन्दोलनहरू क्रमशः कमजोर हुँदै जानेछन्, जुन अवश्य हुनेछ, अमेरिका–इजरायलले यस अवस्थाको फाइदा उठाउँदै सन् २०२५ को जुनमा गरेकोभन्दा पनि कडा रूपमा तेहरान र अन्य सहरहरूमा आक्रमण गर्न सक्छन्। यो केवल इरानका जनताका लागि मात्र चिन्ताको विषय होइन जसको विशाल बहुमत आफ्नै देशमाथि आक्रमण चाहँदैन, यो ग्लोबल साउथका जनताका लागि पनि चिन्ताको विषय हो, जो भेनेजुएला र इरानपछि उनीहरू नै अर्को निशाना बन्न सक्छन्।
इरानी जनतासामु वास्तविक समस्याहरू छन्, तर ती समस्याहरू अमेरिका र इजरायलद्वारा गरिने अतिसाम्राज्यवादी हवाई बमबारीबाट समाधान हुने छैनन्। इरानीहरूले आफ्ना समस्याहरू आफैं समाधान गर्नुपर्नेछ। प्रतिबन्ध व्यवस्था र हिंसाका धम्कीहरूले त्यसो गर्न कुनै सहयोग पुर्याउँदैनन्। पश्चिममा “इरानीहरूप्रति ऐक्यबद्धता” भन्न सजिलो छ, जहाँ प्यालेस्टिनी समर्थन र आप्रवासनविरोधी नीतिप्रति आक्रोश व्यक्त गर्ने प्रदर्शनकारीहरूलाई कुटपिट गरिदैछ, कतिपय अवस्थामा मारिँदै पनि छन्। तर “प्रतिबन्ध अन्त्य गर” भन्नु भने किन यति कठिन देखिन्छ, जसले इरानी जनतालाई आफ्नै भविष्यतर्फ सास फेर्ने अवसर दिन्थ्यो।
यो लेख ग्लोबट्रटर (Globetrotter) द्वारा तयार गरिएको हो।
Image: https://ichef.bbci.co.uk
आठ वर्षे अध्ययन बिदा
इरानको गहिरिँदो संकट: अर्थतन्त्र, सत्ता र आन्दोलन
मिथकबाट एल्गोरिदमसम्म: भ्रम कसरी बन्छ र किन टिक्छ ?
विज्ञान र आध्यात्मवाद
ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र …
कार्यान्वयन पर्खाइमा संविधानको धारा ३, २ र ४
नयाँ सुरक्षा रणनीति र ट्रम्पको दिवास्वप्न
प्रतिक्रिया