बोलिभार क्रान्तिको सपना: सेनाभित्र विद्रोह

मैले त्यही रात कर्नेललाई भनिदिएँ, "कि युद्धबन्दीहरूलाई मेरो जिम्मामा छाडिदिनुस्, कि यहाँबाट अहिल्यै निस्किहाल्नुस् । यो यातना गृह होइन !': ह्युगो चाभेज

अमेरिकाले दादागिरीको शैलीमा सैन्य कारवाही गरेर सयौंको हत्या गर्दै बहालवाला राष्ट्रपतिलाई अपहरण गरेर लगेपछि यतिखेर भेनेजुएला चर्चा र चासोको केन्द्रमा छ । कुनैबेला अमेरिकाको सहयोगी मित्र रहेको भेनेजुलामा विगतमा ह्युगो चाभेजको नेतृत्वमा सशस्त्र क्रान्ति सम्पन्न भएपछि, समाजवादी नीतिहरु लागू गर्दै अमेरिकी नियन्त्रणामा रहेको तेल खानीहरुको राष्ट्रियकरण गरिएपछि अमेरिका भेनेजुएलाको विरुद्धमा क्रोधित भएको हो । त्यसयता अमेरिकाले लगातार भेनेजुएलाविरुद्ध बक्रदृष्टि राख्दै आएको छ र त्यसैको चरमोत्कर्ष त्यहाँको बहालवाला राष्ट्रपतिलाई अपहरण गरिएको पछिल्लो घटना हो ।

भेनेजुएलामा सशस्त्र क्रान्ति सम्पन्न गर्ने क्रममा चाभेजको नेतृत्वमा सेनाभित्र सशस्त्र विद्रोह भएको थियो । उक्त घटनाबारे, स्वयम् चाभेज र भेनेजुयलाको रूपान्तरणबारे चेग्वेभाराकी छोरी एलैडा ग्वेभाराले ह्युगो चाभेजसँग लामो कुराकानी गरेकी थिइन्, जुन CHAVEZ Venezuela & Latin America शीर्षकमा पुस्तकाकार रूपमा प्रकाशित छ । त्यसका सान्दर्भिक अंशहरू मध्ये चाभेजको नेतृत्वमा सेनाभित्र गरिएको विद्रोही काम र सङ्घर्षबारे विकास बस्नेतले अनुवाद गरेको तलको सामग्री पाठकहरुका लागि पठनीय हुने ठानी हामीले पुनर्प्रकाशित गरेका छौं ।

–दायित्वबोध

०००

हामीले लामो समय लगाएर नयाँ सेना बनाएका हौं । यो हाम्रो सामूहिक प्रयास थियो । यसको जस मलाई मात्रै जाँदैन। (सरकारी) सिपाहीहरूमा सत्ताप्रति अविश्वासको बिउ रोप्न हामीले वर्षौं बितायौं, उनीहरूमा चेतना जगायौं ।

तपाईंहरूलाई आफ्नो अनुभव बताइहालौं। सन् १९६६ को अक्टोबरमा २३ वर्षे लक्का जवान सेकेन्ड लेफ्टिनेन्ट ह्युगो चाभेज (भेनेजुयलाको) पूर्वी पहाडतिर थिए । त्यहीं हुँदा मैले सेना गठन गर्ने निर्णय गरें– 'भेनेजुयली जनमुक्तिका लागि बोलिभिरियन सेना'। यसमा सहभागी सिपाही चाहिँ औंलामा गन्न सकिने जति मात्र थिए । हामी जम्माजम्मी पाँचजना थियौं । म निकै अध्ययनशील थिएँ । बेलाबेलामा त मलाई सेनाको जागीर छाडेर भागौंजस्तो पनि लाग्थ्यो । युवाजोश थियो । तर, निकै उदास थिएँ ।

मैले सेना गठन गर्ने निर्णय गरें– 'भेनेजुयली जनमुक्तिका लागि बोलिभिरियन सेना'। यसमा सहभागी सिपाही चाहिँ औंलामा गन्न सकिने जति मात्र थिए । हामी जम्माजम्मी पाँचजना थियौं ।

म खटिएको पूर्वी पहाडमा (कम्युनिस्ट) छापामारहरू क्रियाशील थिए । म सानो नाकाको इन्चार्ज थिएँ । मध्यरातमा एकजना कर्नेल आइपुगे । राति कर्फ्यू लाग्थ्यो । छापामारहरूले राति आक्रमण गर्ने हुनाले सुरक्षाको हिसाबले यो 'बफर जोन' मानिन्थ्यो । त्यो कर्नेल त्यहां एक रात मात्र बिताउन चाहन्थ्यो । उसले राति एकजना किसानलाई यातना दिएको देखें । उसले बेसबल खेल्ने मुङ्ग्रोले मेरो कमान्डमा रहेको एकजना सिपाहीलाई लगाएर किसानलाई पिटाइरहेको थियो । यो देखेर म रिसले आगो भएँ । त्यो सिपाहीलाई गाली गर्दै भनें, “यहाँबाट भागिहाल्। पांच सेकेन्ड समय दिन्छु । एक... दुई... तीन... चार...।" सिपाही भाग्यो। कर्नेल रिसले कड्कियो, "तिमी बौलायौ ?”

“म होइन, अरू नै बौलाएजस्तो छ । यो 'छापामारलाई पिटेर तपाईंले के गर्न खोज्या ?" विचरो, ऊ हेर्दा पनि छापामारजस्तो थिएन । ऊ अलि भुत्रेझाम्रे थियो । पछि अरूसंगै त्यो किसानको पनि लाश भेटियो । मैले त्यही रात कर्नेललाई भनिदिएं, कि युद्धबन्दीहरूलाई मेरो जिम्मामा छाडिदिनुस्, कि यहाँबाट अहिल्यै निस्किहाल्नुस् । यो यातना गृह होइन।"

हामीले भेनेजुयलाको प्रख्यात रूख समनमुनि सपथ खाएका थियौ । त्यही रूखमुनि कुनै बेला बोलिभारहरूले क्याम्प खडा गरेका थिए रे । त्यो ३ सय वर्ष बूढो रूख थियो । हामीले त्यही रूखमुनि (सरकारी) सेनाभित्रै रहेर बोलिभार क्रान्तिको लहर ल्याउने शपथ खायौं ।

म क्युमानामा छँदा झन्डै यस्तैखाले समस्या आइलाग्यो । मलाई शिक्षक तालिम कलेजमा तालिम दिन त्यो सहर पठाइएको थियो ।  हामी (गाडीबाट) एअरपोर्टतिर जांदै थियो। मैले छेवैमा बसेका गभर्नरलाई सोधे, “क्युमानामा शिक्षक तालिम कलेज छैन ?' उनले छोटो उत्तर दिए "छ।" ...मैले उनलाई सन् १९७७ मा आफूले भेलेको समस्याको बारेमा बताएँ। मलाई उनीहरूले शिक्षक तालिमको लागि पठाएका थिए तर मैले त चेग्वेभाराबारे पो पढाइदिएँ । मेरा हाकिमहरूले टाउको कन्याउँदै सोधे, “यो सेकेन्ड लेफ्टिनेन्टले चेग्वेभारा र बोलिभार एकसाथ रटाएर विद्यार्थीलाई के सिकाउन खोजेको ?” (बोलिभार ल्याटिन अमेरिकालाई स्पेनी उपनिवेशबाट मुक्त गर्ने योद्धा थिए । चेग्वेभारा चाहिँ बुर्जुवा सत्ताविरोधी कम्युनिस्ट छापामार । त्यसैले, सेनाका हाकिमहरूका लागि बोलिभारको हाराहारीमा राखेर चेग्वेभाराबारे पढाउनु अपराधतुल्य थियो -सम्पादक) उनीहरूले मलाई बोलाएर सोधपुछ गरे । मैले लिखित स्पष्टीकरण बुझाउनुपर्ने भयो । मैले स्पष्टीकरणमा शत्रुलाई चिन्ने तरीका पढाएको भनेर लेखें । तर, यो सरासर गलत थियो। मैले बोलिभारको बारेमा जसरी बोलें, चेग्वेभाराको बारेमा पनि त्यसैगरी पढाएको थिएँ ।

नयाँ सेना निर्माण प्रक्रिया निकै लामो र कठिन थियो । सन् १९७० र १९८० को आधा दशक पूरै वित्यो । त्यति हुँदाहुँदै पनि हामी दिनदिने परिपक्व हुँदै थियौं । सन् १९८२ तिर म बोलिभियाको मध्यभागमा थिएँ । म अब ठिटौले सेकेन्ड लेफ्टिनेन्ट थिइनँ, क्याप्टेन भइसकेको थिएँ । सन् १९८२ सम्ममा व्यापक परिवर्तनहरू भइसकेका थिए । म प्याराट्रपरको क्याप्टेन भएँ । त्यही बेला हामीले भेनेजुयलाको प्रख्यात रूख 'समन’ मुनि सपथ खाएका थियौं । त्यही रूखमुनि कुनै बेला बोलिभारहरूले क्याम्प खडा गरेका थिए रे ! त्यो ३ सय वर्ष बूढो रूख थियो । हामीले त्यही रूखमुनि (सरकारी) सेनाभित्रै रहेर बोलिभार क्रान्तिको लहर ल्याउने शपथ खायौं ।

सन् १९८० को दशकभरि (भित्रभित्रै) हामीले दिनरात काम गर्यो। सन् १९९२ सम्म पनि हाम्रो काम चलिरह्यो । फेब्रुअरी ४ यो कामको अन्तिम दिन थियो (यस दिन लेफ्टिनेन्ट कर्नेल रहेका ह्युगो चाभेजले सैनिक विद्रोह गरेर काराकासको सान कार्लो ब्यारेक कब्जा गरेका थिए तर उनी राष्ट्रपति निवास मिराफ्लर्स कब्जा गर्न असफल भएपछि उनी समातिए । -सम्पादक) । तथापि विद्रोहले वर्षौंदेखि शक्ति सञ्चय गरिरहेको थियो । हामी जेलमै रहे पनि सेनाभित्र विद्रोह जारी रह्यो । हामीलाई रिहाइ गरिंदाको दिनसम्म पनि हामी सेनासंग नियमित सम्पर्कमा थियौं ।

‍आन्दोलनभित्र पुस्तान्तर प्रस्ट देखिन्थ्यो । कतिसम्म भने बोलिभारियन सरकार गठन हुँदा (सन् २००० मा चाभेज राष्ट्रपतिमा निर्वाचित नयाँ बोलिभारियन सरकार गठन भइएको थियो -सम्पादक) सम्म पनि सशस्त्र समूहका कमान्डरहरूको ठूलो हिस्सा पुरानै युगका थिए। अहिलेका सबैजसो सैन्यनेताहरू मेरो उमेरका छन्। अधिकांश मेरै समकालिन र समकक्षी छन् ।

अन्ततः सिपाहीहरूले 'कु' गर्नेहरूलाई कब्जामा लिए । त्यो अप्रिल ११ को दिन एकैजना पनि सिपाहीले जनतातिर बन्दुक सोझ्याएन । प्रस्ट छ, भेनेजुयलाको फौज क्रान्तिकारी प्रक्रियामा समर्पित छ । सामाजिक सुरक्षाको बोलिभारियन सिद्धान्तप्रति प्रतिबद्ध छ ।

आजका लगभग सबैजसो बटालियन कमान्डरहरूले विद्रोहमा भाग लिएका थिए । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भाग लिएका ठिटा उनीहरू थिए । सैन्य एकेडेमी र मुख्य सैन्य आधारहरूलाई छलफल र बहसको थलो बनाउनुपर्छ भन्ने आन्दोलनमा उनीहरू पूर्ण रूपमा सहभागी भएका थिए। नागरिक चेतना भएको सेना र सैन्य चेतना भएको नागरिक निर्माण गर्नु हाम्रो उद्देश्य रहिआएको छ । मिलिटरी स्कुलमा मैले चार वर्षसम्म पढाएँ । मेरा कमरेडहरू एकोस्टा कार्ल्स, एकोस्टा चिजिन, ताचिरा वा अहिलेका गभर्नर रोनाल्ड ब्लाइको र एडगर हर्नेन्डाज (उनी स्कुलका सेकेन्ड लेफ्टिनेन्ट थिए) हरू नै क्रान्तिकारी युवाहरूको 'कोर ग्रुप' थियो । यो सङ्ख्या विस्तारै बढ्दै गयो । उनीहरू अहिले पनि बोलिभारियन सिद्धान्तको लागि लड्दै छन् ।

एकपटक मलाई कोलम्बियाली सीमाछेउमा सरूवा गरियो । ममाथि कडा निगरानी राखिएको थियो । मलाई कुनै टुकडीको 'कमान्ड' नदिई एक्लै पठाइएको थियो। म घना जङ्गली भूभागमा थिएँ। तर पनि मैले मनमनै बाचा गरिरहें, 'म यहाँ छु यहींबाट सङ्घर्षमा होमिइरहनेछु ।'

काराकास आउँदा चाहिँ म खुल्लमखुल्ला साथीहरूसंग घुम्थें । चिया पिउन वा सफ्टबल खेल्न जान्थे । रात परेपछि भने म नक्कली कपाल लगाउँथें वा अन्य तरीकाबाट भेष बदलेर घुमिरहन्थे ।

म बेलाबखत काराकास आइरहन्थे । तर, एक हिसावले भूमिगतजस्तै थिएँ । म मिलिटरी स्कुल जान सक्ने स्थितिमा थिइनँ किनभने म कमरेडहरूको सुरक्षालाई खतरामा पार्न चाहन्नथें । सामान्य गोपनीयताका लागि पनि म व्यारेकमा रहेका सिपाहीहरूसंग खुल्ला सम्पर्क स्थापित गर्न सक्दिनथें । हाकिमहरू मेरो चियो गरिरहेका हुन्थे। म कहाँ जान्छु, कोसंग बोल्छु, सबै कुरोको चियोचर्चा हुन्थ्यो । काराकास आउँदा चाहिँ म खुल्लमखुल्ला साथीहरूसंग घुम्थें । चिया पिउन वा सफ्टबल खेल्न जान्थे । रात परेपछि भने म नक्कली कपाल लगाउँथें वा अन्य तरीकाबाट भेष बदलेर घुमिरहन्थे ।

एकरात मलाई ब्लाङ्को लेमुसबाट बोलावट आयो । ऊ लेफ्टिनेन्ट थियो, म मेजर। उसले भन्यो, “हामीलाई तपाईंको खांचो छ । ( सैन्य) एकेडेमीमा आउनुहोस् । आज राति हामीलाई तपाईंको आवश्यकता छ । आज म ड्युटीमा छु।" यसरी सुरू भयो अपरेसन । राति जवानहरू सुत्न जान्छन् र हाकिमहरू घर । ड्युटीमा रहेका गाईहरू मात्रै जागा रहन्छन् । सुनसान भएपछि म उनै लेफ्टिनेन्टको सहयोगमा झ्यालबाट सुटुक्क मिलिटरी एकैडेमीभित्र छिरें । अरू अधिकृतहरू छक्क परे। कतै निर्जन जड्गलमा अतालिएर मैले मिसन त्यागिसके भन्ने ठानेका थिए होलान्। तर, सुदृढ चेतना भएको मान्छेले 'जस्तोसुकै कठिन समयमा पनि गलत बाटो लिंदैन ।

मलाई एकेडेमीमा पुर्‍याएर भनियो, "आउनोस्, तपाईंको लागि आज हामीसंग 'सप्राइज' छ। रमाइलो 'सप्राइज' " हामी ठूलो हलमा पुग्यौं। जहां सैन्य पोशाकमा ठाँटिएका जवानहरू थिए। ४० जवान र लेफ्टिनेन्टहरू मलाई कुरेर बसिरहेका थिए । म साधारण पोशाकमा थिए। एकजना क्याप्टेनले पहिले सानो भाषण गरे र युवा अधिकृतहरूसामु आफ्नो कुरा राख्न मलाई अनुरोध गरे । म छक्क परें । मैले मनमनै सोचें, 'कस्तो बैलाहा रैछ । यत्तिका धेरै मान्छेका अगाडि त्यतिकै कसरी बोल्नु ?' तर, उनीहरूले निकै ध्यान दिएर सुने । बोल्ने पालो सकिएपछि उनीहरूले बोलिभारियन शपथ लिए । यसरी जरो गाडेको हो बोलिभारियन सिद्धान्तले ।

म छक्क परें । मैले मनमनै सोचें, 'कस्तो बैलाहा रैछ । यत्तिका धेरै मान्छेका अगाडि त्यतिकै कसरी बोल्नु ?' तर, उनीहरूले निकै ध्यान दिएर सुने । बोल्ने पालो सकिएपछि उनीहरूले बोलिभारियन शपथ लिए । यसरी जरो गाडेको हो बोलिभारियन सिद्धान्तले ।

फेब्रुअरी ४ मा सयजना अधिकृतहरूलाई समातेर एकैठाउँ ल्याइयो । हाम्रा लागि जेलका कोठाहरू अपर्याप्त थिए। विद्रोहका लागि पूर्ण रूपमा तयार जमातको बाढी नै थियो त्यो ।

काराकाजी (काण्ड) ले हाम्रो आन्दोलनलाई ठूलो शक्ति दियो । कारकाजो (काण्ड) बिना सैन्य विद्रोहलाई सुदृढ गर्न मुश्किल हुन्थ्यो भन्ने लाग्छ । काराकाजो (काण्ड) दुर्घटना थियो । हामीलाई बोलिभारको श्राप लागेको थियो । हामीमध्ये धेरैले आफ्नै आँखाले मृत शरीर देखेका थियौं। तर पनि (सरकारी सेनाका हाकिमहरू) फिडेल क्यास्ट्रोमाथि दोष थोपरिरहेका थिए । कार्लोस एन्ड्रेस पेरेजले पदभार सम्हालेपछि फेब्रुअरी ४. १९८९ मा फिडेल क्यास्ट्रो भेनेजुयला आएका थिए। तर, काराकाजो घटना त्यसको २० दिनपछि घटेको हो । त्यो घटनापछि जर्नेलहरूले आफ्नो झुठो कथा सुनाउन बैठक बोलाए। मैले जुरूक्क उठेर सोधें, “जनरल, तपाईंलाई हामी वास्तवमा को हौं भन्ने लाग्छ ? काराकासको पहाडमा फिडेल क्यास्ट्रोले २ सय क्युवाली खडा गरेर राखेका हुन् भन्ने कुरा तपाईंको मनमा कहाँबाट आयो हैं ?" तैपनि उनीहरूले क्यास्ट्रोले नै त्यसो गरेका हुन् भन्न छाडेनन् । योभन्दा वाहियात के हुन सक्ला ?

क्यास्ट्रोका साथ चाभेज । तस्विर: https://infobae-infobae-prod.web.arc-cdn.net/

जेहोस्, त्यो दुर्घटनापछि हाम्रा सिपाहीहरूको चेतना झन् दृढ भयो । काराकाजोमा हामीले कमान्डर एकोस्टा कार्ल्सलाई गुमायौं । तिनीहरूले उनलाई मारे । हामी रिसले आगो भयौं। यसले आन्दोलनमा ठूलो झड्का लाग्यो । तर, भेनेजुयलाको सेना र पूरै सशस्त्र फौज जनताप्रति कति समर्पित छ भन्ने कुरो बताउन म एउटा घटना सुनाउँछ जुन घटनाले अप्रिल ११, २००२ मा पेन्टागन र देशद्रोहीहरूको आदेश सेना, राष्ट्रिय सुरक्षा, जलसेना र वायुसेनाले ( जनताविरूद्ध बन्दकु उठाउन) किन अस्वीकार गन्यो भन्ने कुरा प्रस्ट पार्छ ।

त्यो दुर्घटनापछि हाम्रा सिपाहीहरूको चेतना झन् दृढ भयो । काराकाजोमा हामीले कमान्डर एकोस्टा कार्ल्सलाई गुमायौं । तिनीहरूले उनलाई मारे । हामी रिसले आगो भयौं। यसले आन्दोलनमा ठूलो झड्का लाग्यो ।

'कु' पछाडि रहेको शक्तिले उसका ७० जना जनरल र प्रशंसकहरूलाई भर्ना गन्यो । उनीहरूले आफ्नै बटालियन (जनरलहरूकै बटालियन) बाहेक एउटा पनि बटालियनमाथि नियन्त्रण गर्न सकेनन् । अन्ततः सिपाहीहरूले उनीहरूलाई कब्जामा लिए । त्यो अप्रिल ११ को दिन एकैजना पनि सिपाहीले जनतातिर बन्दुक सोझ्याएन । प्रस्ट छ, भेनेजुयलाको फौज क्रान्तिकारी प्रक्रियामा समर्पित छ । सामाजिक सुरक्षाको बोलिभारियन सिद्धान्तप्रति प्रतिबद्ध छ ।

काराकाजो घटनापछि म श्वेत दरबारभित्रको मिराफ्लोरेस दरबारमा कार्यरत रहें। (कोलम्बियाको) सिमानाछेउबाट फिर्ता बोलाएर मलाई फेरि त्यहाँ खटाइएको थियो । त्यही रहंदा अर्थात् काराकाजो नरसंहारको केही महिनापछि म पक्राउ परें । काराकाजो घटनाको केही दिनपछि म विश्वविद्यालय (म राजनीतिशास्त्रमा स्नात्तकोत्तर पढ्दै थिएँ) पुगेर श्वेत दरवारभित्रको म सुत्ने सानो कोठामा छिरेको मात्र थिएं, एकजना फुच्चे अफिसर मेरो छेउमा आयो । म उसलाई राम्ररी चिन्दिथें। उसले भन्यो, “मेजर सा'ब, तपाईंसंग केही कुरा गर्नुछ ।"

“ठिकै छ, हिंड अफिस जाऊं", मैले भनें ।

उसले भन्यो, "मेजर सा'ब, तपाईं पनि आन्दोलनमा संलग्न हुनुहुन्छ भन्छन् । उनीहरू त बोलिभारियन आन्दोलनको कुरा गर्छन् ।”

मलाई कसरी सतर्क हुने भन्ने राम्ररी थाहा थियो । मैले थाहा नपाएजस्तो गरिदिएँ ।

"जताततै सुनिन्छ, तपाईं आन्दोलनमा संलग्न हुनुहुन्छ ।"

उसले भन्यो, "मेजर सा', तपाईं पनि आन्दोलनमा संलग्न हुनुहुन्छ भन्छन् । उनीहरू त बोलिभारियन आन्दोलनको कुरा गर्छन् ।

"तिमीले किन मलाई यो सब सोधेको ?" उसले काराकाजो घटनाको बेला उसलाई श्वेत दरबारको गस्ती कसरी गर्न लगाइएको थियो भन्ने दुखद् घटना सुनायो । उसले पसलमा लुटपाट गर्दै गरेका एक हुल केटाकेटीहरूलाई पक्रेर नजिकैको खेल क्लबमा राखेछ । उसले उनीहरूलाई लुट्नबाट रोक्न मात्रै त्यहाँ लिएर गएको रहेछ। उनीहरूलाई सजाय दिने पनि नियत रहेनछ उसको । केटाकेटीहरू त उसलाई लप्टनसा'ब हामीलाई छाडिदिनुस् न पनि भन्दै थिए रे ।

“छाड्न त छाड्छु तर लुटपाट बन्द गर”, उसले चेतावनी दिएछ । उनीहरूलाई दिउँसोतिर छाडिदिन्छु समेत भनेछ । तर पछि उनीहरूलाई तिनुवा किल्ला वा DISIP मुख्यालयमा सार्ने आदेश आएछ (यो प्रहरी जासुसी संयन्त्र हो - सम्पादक) । उसले पनि आदेश मानेर ती केटाकेटीलाई DISIP को जिम्मा लगाइदिएछ । जाने बेलामा समेत ती केटाकेटीहरूले भनेछन्, "गुडबाइ लप्टन सा'ब हामीलाई किन नछाडेको ?" यति भएपछि ऊ आफ्ना केटाहरू भेला पारेर फेरि
गस्तीमा हिँडेछ । आधा घण्टापछि उसले ती केटाकेटीहरूको लाश गल्लीमा देखेछ। ऊ रिसले रुन कराउन थालेछ। तर, उसलाई धम्की दिएर चुप लगाइएछ । आफ्नो कथा सुनाउँदै उसले भन्यो, "सुन्नोस्, मेजर सा'ब तपाईं आन्दोलनमा हुनुहुन्छ भने भन्नुस् नत्र म जागिर छाडिदिन्छु।" सुरक्षाको कारणले मैले त्यो रात उसलाई केही भनिनं। तर, म पनि यसको प्रतिवाद गर्छु चाहिँ भनें ।

पछि उसलाई चिन्ने कमरेडहरूबाट मैले थप सूचनाहरू सङ्कलन गरें । ऊ फेब्रुअरी ४ को विद्रोहमा सहभागी भयो। यो त एउटा मात्रै उदाहरण हो । युवा सिपाहीहरूमा त्यस्ता धेरै छन् ।

कुलीनतन्त्रको झुण्डले सशस्त्र फौज र सञ्चारमाध्यममार्फत् जनतामा त्राश र अस्थिरता फैलाइरहेको थियो। यहां जनवाद थिएन । जनवादको जग त बल्ल हामी हाल्दै छौं।

काराकाजो घटनाका डरलाग्दा दिनहरूमा जनताहरू सडकमा उत्रिएर नवउदारवाद, अन्तर्राष्ट्रिय मुद्राकोषको 'इलेक्ट्रिक सक थेरापी विश्वव्यापी निजीकरण, बेरोजगारी र भोकविरूद्ध प्रदर्शन गरे । उनीहरूले हामीलाई सिपाही पठाएरु सहयोग गरे । कथित 'डेमोक्र्याट्स'हरूले न्याय र लोकतन्त्रको बारेमा बोले। के को लोकतन्त्र नि ? त्यो लोकतन्त्र थिएन । त्यो पूर्ण रूपमा तानाशाही थियो । कुलीनतन्त्रको झुण्डले सशस्त्र फौज र सञ्चारमाध्यममार्फत् जनतामा त्राश र अस्थिरता फैलाइरहेको थियो। यहां जनवाद थिएन । जनवादको जग त बल्ल हामी हाल्दै छौं। हामीले देखेको जनवादको सपना अझै पूरा भएको छैन। हाम्रो सपना पूर्ण सहभागितामूलक र जनताको नेतृत्वको जनवाद हो। हामी त्यही निर्माणको क्रममा छौं ।

–मूल्याङ्कन २०६८ साउनमा प्रकाशित

Main image: https://e3.365dm.com/