हराम पाँडे हजुर

घरबाट स्ट्रेचरमा झ्याइँकुटी पार्दै कुदाएको सम्झन्छु, त्यसपछि कसले, कुन बाटो, कसरी कहाँ पुऱ्याए भन्न सक्तिनँ । एक्कासि चित्रगुप्तको रिसेप्सन अफिसमा पुग्दा पो बोधार्थ पाइयो– म मरिसकेछु ।

एउटा बिरालो मर्दा त कति नरमाइलो लाग्छ भने मलाई आफू मर्दा कस्तो लाग्यो होला, तपाईं नै सोच्नोस् ! तर जतिसुकै दु:ख लागे पनि मर्दा आफैँ रुन नपाइने संसारको कानुन ! रोईकराई मरेको लोग्ने फिर्त्याइछाड्ने सावित्रीको फोर्स पनि आफूसँग थिएन, लक्ष्मीको तर्फबाट विष्णुमा बिन्ती पुऱ्याई जीवन थामिने कुनै सोर्स पनि आफूसँग थिएन । त्यसैले विशेष पुलिसको कचहरीमा पुऱ्याइएको वनपालेझैं कारिन्दालाई तीन पटक नमस्ते गरी थरथर काम्दै थुचुक्क एउटा त्रिपाईमा बसें । कारिन्दाले नमस्तेसम्म नफर्काई टर्रो आवाजमा झर्केर सोध्यो- “नाम क्या हो ?" मैले काम्दो स्वरमा हात जोड्दै बताएँ– “राम पाँडे हजुर !" कारिन्दाले नाम टिप्यो र पुर्जीका लागि “भोलि आऊ” भन्यो । मैले छक्क पर्दै सोधें- “म आजै मरिसकेको मान्छे, भोलि त दुई दिन हुन्छ हजुर ! छोराले ढिकुरामा पिण्ड दिइसक्छ । आज कहाँ जाऊँ र भोलि फेरि यहाँ आऊँ त ?”

विशेष पुलिसको कचहरीमा पुऱ्याइएको वनपालेझैं कारिन्दालाई तीन पटक नमस्ते गरी थरथर काम्दै थुचुक्क एउटा त्रिपाईमा बसें । कारिन्दाले नमस्तेसम्म नफर्काई टर्रो आवाजमा झर्केर सोध्यो-नाम क्या हो ?" मैले काम्दो स्वरमा हात जोड्दै बताएँ– “राम पाँडे हजुर !"

कारिन्दा एकछिन जिल्ल पर्‍यो र पछि झस्केझैं गरी बोल्यो- “ए साँच्ची त, तिमी मरेर आएको हगि ?” मैले सही थापैं- “हो, हजुर !”

उसले भन्यो- “म पनि डिल्लीबजार अड्डामा कारिन्दागिरी गर्दागर्दै मरेकाले यहाँ कारिन्दैमा परेको त हुँ नि ? खोइ क्राइभेन कोसेली केही ल्याएनौ ? यहाँ आएपछि चुरोटसमेत पाएको छैन ।”

मैले भनें— “ख्वै हजुर, एक त मलाई यति छिटै मरिएला भन्ने नै लागेको थिएन । दोस्रो मरिसकेपछि पनि अड्डाखाना धाउनुपर्छ भन्ने थाहा थिएन ।

कारिन्दाले एउटा खाली पुर्जामा किरिङमिरिङ अक्षर लेखी मलाई “भित्र जाऊ” भन्यो । भित्र रिकर्डकिपर बूढाहरू खाता पल्टाएर घोत्लिँदै रहेछन् । मैले बाह्र राजा एकै स्वस्ति गरेँ । तर कोही बोलेनन्- नबोलेको मात्र होइन, कसैले मुन्टो उठाएर हेर्नसम्म हेरेन । निकैबेर उभिएर खुट्टा गलेपछि मैले पुर्जा देखाउँदै एउटा टेबुलको छेउमा पुगी भनें- "मेरो रिकर्ड हेरिदिनुहन्थ्यो कि ?"

उसले टाउकै नउठाई अर्कै टेबुलमा जाने सङ्केत गर्यो ।

उसले खाता खोलेर निकैबेर खोजी पल्टाउँदै मलाई भन्यो- “राम पाँडे हजुर भन्नेको नाम त यहाँ छैन । हराम पाँडे छ, श्रीराम खनाल छ, विराम गजुरेल छ, तर राम पाँडे हजुर भन्ने कुनै बाँचेको पनि देखिँदैन, मरेको पनि देखिँदैन ।”

उहाँ गएर भनें- “मेरो रिकर्ड हेरिदिनुहुन्थ्यो कि ?” उसले पनि अर्को टेबुल देखायो। यही क्रमले एकपछि अर्को भित्ताको टेबुलमा पुगेपछि त्यहाँको अफिसरले मेरो हातको पुर्जा लियो र पढ्यो- नाम- 'राम पाँडे हजुर' । लिङ्ग–पुरुष । वर्ष ४२ । ठेगाना - का. जि. जुँगानगर, नेपाल । पुर्जामा पुण्य र पापको रिकर्ड भर्नुपर्ने दुई कोठा खाली नै थिए । अनि उसले खाता खोलेर निकैबेर खोजी पल्टाउँदै मलाई भन्यो- “राम पाँडे हजुर भन्नेको नाम त यहाँ छैन । हराम पाँडे छ, श्रीराम खनाल छ, विराम गजुरेल छ, तर राम पाँडे हजुर भन्ने कुनै बाँचेको पनि देखिँदैन, मरेको पनि देखिँदैन ।” “लौ बित्यास परेछ”- मैले भनें- “नाम त मेरो राम पाँडे नै हो । जीवनमा केही वर्ष म हबलदार पनि थिएँ, त्यस बेला ह. राम पाँडे भनी आफ्नो दर्जा जनाउने पनि गर्थे, सायद चित्रगुप्तको कार्यालयमा त्यसै बेलाको रिकर्ड लेखिन गएछ कि ? सु. कुलबहादुरको बीचको बिन्दु छुट्ता सुकुलबहादुर भएझैं ह. राम पाँडेको हराम पाँडे बेर ! आखिर कारिन्दे अक्षर न हुन् ।” मैले नम्रतापूर्वक निवेदन गरें ।

उनले रिसाएर भने- “लिखितम्‌को अगाडि बकितम् चल्दैन बुझ्यौ ? यो चित्रगुप्तको रिकर्ड अड्डा हो, गुइँठा करपोरेसनको जथाभाबी अफिस हो र तिमीले जे भन्यौ म त्यही पत्याऊँ ? पुर्जामा 'राम पाँडे हजुर' छ रिकर्डमा 'हराम पाँडे' छ, कसरी कारबाई गर्ने ?”

“यो के कुनै निर्वाचन आयोग हो र नाम सच्याईसच्याई मिलाउनुपर्ने ? तिमी आज कारिन्दाकहाँ नाम सच्याउँछु भन्छौ, भोलि पुरेतकहाँबाट सच्याएर ल्याउँछु भनौला, पर्सि ज्योतिषीकहाँबाट सच्याउँछु भनौला । त्यस्तो पाइँदैन बुझ्यौ ?

मैले डराईडराई सुझाव टक्याएँ- “कि रिकर्डमा पछि थोप्लो थपेर सच्याउनुपर्‍यो कि पुर्जामा नामअघि दर्जा जनाई सच्याउनुपर्यो । म आफैं कारिन्दाकहाँ गई दर्जा जनाएर ल्याऊँ कि ?"

श्रीमान् फेरि जङ्गिए- “यो के कुनै निर्वाचन आयोग हो र नाम सच्याईसच्याई मिलाउनुपर्ने ? तिमी आज कारिन्दाकहाँ नाम सच्याउँछु भन्छौ, भोलि पुरेतकहाँबाट सच्याएर ल्याउँछु भनौला, पर्सि ज्योतिषीकहाँबाट सच्याउँछु भनौला । त्यस्तो पाइँदैन बुझ्यौ ? तिम्रो रिकर्ड लेख्ने अफिसर उहिल्यै वैतरिणीको
घाटे चौकीमा सरुवा भै गैसक्यो ।” मैले विनम्रतापूर्वक सोधें “त्यसो भए म
कहाँ जाऊँ त श्रीमान् ?"

बूढाले च्याँट्ठिँदै पुर्जामा रातो मसीले लेखिदिए- 'यो नाउँको मान्छे खातामा नभएकोले कारबाई गर्न नमिल्ने ।'

म पुर्जा लिई पालेले रोक्तारोक्तै पनि चित्रगुप्तकै मूल अफिसमा पुगेँ र भनें “बाँचुन्जेल त अड्डाअड्डा घुम्नु पर्‍योपर्‍यो मरेपछि पनि पुर्जामा यस्तो तोक लागेर अलपत्र पर्नुपयो श्रीमान् !”

चित्रगुप्तजीले पुर्जा र तोक हेरी हरियो मसीले अर्को तोक लगाइदिँदै भने- "मृत व्यक्तिको तीनपुस्ते बुझ्न पुस्ता विभागलाई एउटा चिठी पठाउनू र आर्यघाटको घाटे चौकीलाई पनि तार गरेर एक पटक सोध्नू ।”

बाह्रौं दिनको दिन एउटा अर्को समस्या आइलाग्यो- मेरो शुद्धिशान्तिमा छोराले मेरो नाममा दान गरेको ओढ्ने- ओछ्याउने, भाँडाकुँडा र लुगाफाटो कहाँ पुऱ्याउने भनी धर्म मन्त्रालयअन्तर्गतको दानप्रदान बन्दोबस्त अड्डाले चित्रगुप्त कार्यालयलाई सोधिपठाएछ । चित्रगुप्ले चिटचिट पसिना निकाल्दै मलाई बोलाएर सोधे- “तिम्रो नामको तहकिकात हुँदै छ, नहुन्जेल तिम्रो अन्तरिम व्यवस्था गर्नुपर्‍यो । नढाँटीकन भन, तिमीले कुनै पाप गरेका थियौ कि थिएनौ ?”

तर उत्तर नआउन्जेल मैले कसरी पर्खने भन्ने बारेचाहिँ उनले पनि केही लेखेनन् ।

चित्रगुप्त कार्यालय चौबीसै घण्टा खुला हुने र कर्मचारीको सिफ्ट मात्र बराबर बदलिइरहने भएकाले म बाह्र दिन त्यतै अलमलिएँ, दिनभर यो अफिस र ऊ अफिस घुम्दै आफ्नो नाम तहकिकात गर्ने काम छँदै थियो, चार पहर रात ढोकैमा उभिएर बिताइदिन्थें । बाह्रौं दिनको दिन एउटा अर्को समस्या आइलाग्यो- मेरो शुद्धिशान्तिमा छोराले मेरो नाममा दान गरेको ओढ्ने- ओछ्याउने, भाँडाकुँडा र लुगाफाटो कहाँ पुऱ्याउने भनी धर्म मन्त्रालयअन्तर्गतको दानप्रदान बन्दोबस्त अड्डाले चित्रगुप्त कार्यालयलाई सोधिपठाएछ । चित्रगुप्ले चिटचिट पसिना निकाल्दै मलाई बोलाएर सोधे- “तिम्रो नामको तहकिकात हुँदै छ, नहुन्जेल तिम्रो अन्तरिम व्यवस्था गर्नुपर्‍यो । नढाँटीकन भन, तिमीले कुनै पाप गरेका थियौ कि थिएनौ ?” मैले भनें- “पाप गरेको त थिइनँ श्रीमान् !” उनले सोधे- “के कुनै पुण्य गरेका थियौ त ?” मैले भनें- “नभएको धाक लगाउनु हुँदैन, मैले कुनै धर्म पनि गर्न सकेको थिइनँ श्रीमान् !”

चित्रगुप्त अकमक्क परे । उनको असिस्टेन्टले गर्जिएर मलाई झाँट्यो- “धर्म पनि गरेको छैन रे, पाप पनि गरेको छैन रे ! बयालीसबयालीस वर्ष के गरेर बसिस् त ?”

मैले भनें- “बस्न त कहाँ पाए र हजुर, कहिले चाकरी गरें, कहिले नोकरी गरेँ, कहिले मुद्दा गरें, कहिले सुर्ता गरें, कहिले बिहा गरें, कहिले तलाक गरेँ, आखिर जीवनभर जेजति गरेँ दुःखै गरेँ श्रीमान् !”

मेरो जवाफ सुनेपछि चित्रगुप्तजी निकै घोरिए र असिस्टेन्टलाई बताउन थाले - “यिनले गरेका सम्पूर्ण कामहरू नोट गर र तिनमध्ये कुनै धर्मभित्र या पापभित्र पर्छन् कि निरूपण गरी पठाइदिनुपर्यो भनी 'पापपुण्य प्रमाण प्रतिष्ठान' लाई तुरुन्त लेखिपठाऊ । जबाफ नआउन्जेल यिनको गुन्टागुठुरी कतै नपठाउनू भनी दानप्रदान बन्दोबस्त अड्डालाई बोधार्थ पठाइदेऊ ।”

चित्रगुप्तले मलाई आवेशमा नआउने सल्लाह दिँदै फकाए- "हैन,  पाँडेजी जिन्दगीभर केही न केही धर्म त अवश्य गर्नुभो होला, सम्झनोस् न ।" मैले भनें- “मैले बाँचुन्जेल गरेका कुरा प्राय: बताइहालेँ । तिनैमध्ये कुनै काम धर्मको थियो कि पापको थियो श्रीमान्‌ले नै छुट्टयाइदिनुपर्छ ।” मेरो जवाफ सुनेपछि चित्रगुप्तजी निकै घोरिए र असिस्टेन्टलाई बताउन थाले - “यिनले गरेका सम्पूर्ण कामहरू नोट गर र तिनमध्ये कुनै धर्मभित्र या पापभित्र पर्छन् कि निरूपण गरी पठाइदिनुपर्यो भनी 'पापपुण्य प्रमाण प्रतिष्ठान' लाई तुरुन्त लेखिपठाऊ । जबाफ नआउन्जेल यिनको गुन्टागुठुरी कतै नपठाउनू भनी दानप्रदान बन्दोबस्त अड्डालाई बोधार्थ पठाइदेऊ ।”

तदनुरूप टिप्पणी लेखिए, चिठी लेखिए, म अझै त्यहीँको त्यहीँ भएँ ।

सात दिनपछि म फेरि चित्रगुप्तको बैठकमा बोलाइएँ । उनले भने- “आर्यघाट चौकीले ‘हराम पाँडे हजुर' भन्ने कुनै मान्छेलाई यहाँबाट पठाइएको छैन भन्ने जबाफ पठाएको छ । तीनपुस्ते बुझदा 'पाँडे हजुर' भन्ने कुनै थर नेपालमा नभएकोले र जात, धर्म र सम्प्रदाय नछुट्टयाई पापपुण्यको विवेचना गर्न मिल्दैन भनी पापपुण्य प्रतिष्ठानले लेखिपठाएकाले तिमी हिन्दू हौ कि होइनौ भन्ने शङ्का उठेको छ । तिमीसित हिन्दूत्वको कुनै पक्का प्रमाण छ कि ?”

मैले जनै देखाएँ । टुपी देखाएँ ।

चित्रगुप्तले भने- “जनै र टुपी विधर्मी हिप्पीहरूले पनि राख्न थालेकाले अचेल यिनको प्रमाण लाग्दैन । हिन्दूमा पनि सम्प्रदाय धेरै छन्, जात धेरै छन् । तिमी ठयाहा हौ कि मठ्याहा हौ ।”

चित्रगुप्तले सुस्केरा हालेर असिस्टेन्टलाई भने- “पाँडे हजुर भन्ने थर छ कि छैन र त्यो हिन्दू हो कि होइन बुझी सात दिनभित्र प्रतिवेदन पेस गर्न स्वर्गका वशिष्ठ पण्डितलाई बोलाई उनको अध्यक्षतामा एउटा कमिसन बनाइदिनू र त्यस कमिसनमा थर-गोत्रावलीका लेखक शिखरनाथलाई पनि सदस्य राख्नू ।”

मलाई अत्यन्त रिस उठ्यो र चर्किएँ- “मेरो नाम राम पाँडे हो र म विशुद्ध हिन्दू हुँ त भन्दै छु, पत्याइदिए त यो झन्झट तपाईंलाई पनि पर्दैनथ्यो मलाई पनि पर्दैनथ्यो ।” चित्रगुप्तले सुस्केरा हालेर असिस्टेन्टलाई भने- “पाँडे हजुर भन्ने थर छ कि छैन र त्यो हिन्दू हो कि होइन बुझी सात दिनभित्र प्रतिवेदन पेस गर्न स्वर्गका वशिष्ठ पण्डितलाई बोलाई उनको अध्यक्षतामा एउटा कमिसन बनाइदिनू र त्यस कमिसनमा थर-गोत्रावलीका लेखक शिखरनाथलाई पनि सदस्य राख्नू ।”

असिस्टेन्टले चिठीहरूको मस्यौदा गरे । म फेरि बसेको बस्यै भएँ । तै मरिसकेकाले खानपिनको झन्झट थिएन र मात्रै जिउँदै भएको भए त्यहाँ कुर्दाकुर्दै सिलटिम्मुर चपाइसक्थेँ । रमाइलो एउटा के थियो भने दिनहुँ थुप्रै मरेका मान्छे ल्याइन्थे । उनीहरू रिकर्ड हेरी स्वर्ग र नरक कहाँ जाने हो चलानी पुर्जी लिन्थे, हिँड्थे । आफू मात्रै न यता न उता भइरहेको थिएँ ।

पैंतालीस दिनपछि एक दिन मलाई बोलाएर चित्रगुप्तले भने- “सबै बुदाबिचार्दा तिम्रो नाम राम पाँडे नै भन्ने र धर्म हिन्दू नै भन्ने ठहरिए तापनि रिकर्डमा तिम्रो पाप केही नभएकाले नरकमा नपठाउनू भनी यमराजले लेखिपठाएको र धर्म केही नगरेको हुँदा स्वर्गमा सिट नपाइने बुझिएकाले तिम्रा छोराले दान दिएको गुन्टागुठुरी बाहुनले नै पाउने गरी फिर्ता गरिएको छ । साथै कि धर्म कि पाप नगरी मर्दा स्वर्ग वा नरक कतैतिर पनि सिट नमिल्ने भएकाले हाल तिमीलाई संसारमै फिर्ता पठाइदिने निधो भएको छ ।”

चित्रगुप्तको विचित्र कुरा सुन्दा म छक्क परें । एक मन फेरि बाँच्न पाइने भयो भनी खुसी पनि लाग्यो, अर्को मन फेरि दु:ख भोग्न त्यही साँगुरो गल्लीको अँध्यारो छिँडीमा पुग्नुपयो भनी पीर पनि लाग्यो । नढाँटीकन भनूँ भने खुसीभन्दा पीर बढी लाग्यो र चित्रगुप्तसित भनें- “त्यो साँगुरो गल्लीमा भन्दा त नरकको गल्लीमा डेरा सस्तो पाइन्थ्यो कि श्रीमान् !” चित्रगुप्तले हाँस्तै आश्वासन दिए– “ल, ल, सकेसम्म मोज गरेर मरी आऊ न, म तुरुन्तै नरक पठाइदिउँला, अहिलेलाई चुपचाप लागेर फर्क !”

चित्रगुप्तको अर्डर हुनासाथ मलाई पालेले घोक्याइदिइहाल्यो । भित्तामा बजारिएर मुन्टो दुख्यो । म ऐया भन्दै कराएको मात्र के थिएँ झल्याँस्स ब्यूँझेछु । ब्यूँझँदा मेरो अगाडि डाक्टर, नर्सहरू उभिएर भन्दै थिएँ- “बधाई पाँडेजी बधाई ! तपाईंको अपरेसन सफल भयो । अब तपाईं होसमा पनि आउनुभयो बधाई !”

–‘भैरव अर्यालका हास्यव्यङ्ग्य’बाट साभार