विज्ञान र आध्यात्मवाद
मानव शरीर कम्प्युटरको हार्डवेयर हो भने आत्मा सफ्टवेयर
धेरैलाई के लाग्न सक्छ भने आत्माको अस्तित्वको कुरा गर्नासाथ आध्यात्मवादी होइन्छ । त्यसैले आत्माको कुरै नगरी सबै कुरा भौतिक पदार्थसँग गाँसिएका हुन्छन्, त्यसैको मात्र कुरा गरौं भन्ने उनीहरूको आग्रह हुन्छ । तर, नगरौं भन्दाभन्दै पनि हरेक क्षणमा आत्माको कुरा अगाडि आइहाल्छ । म तिमी, तपाईं, उनी, तिनी सबैको पहिचान आत्माले नै गरेको हुन्छ । त्यस्तै मेरो, तिम्रो, तपाईंको, उनको, तिनको आदि सबैमा आत्माले नै काम गरेको हुन्छ । रूचि, अरूचि, माया, ममता, प्रेम, घृणा, रीस राग, इर्ष्या सबैमा पनि आत्माले नै काम गरेको हुन्छ । त्यसैले भौतिकवादीले जति नै पन्छाउन खोजे पनि उसलाई आत्माको कुरोले कहिल्यै छोड्दैन । मान्छे जहाँ गए पनि आत्माको कुरो ऊसँगै टाँसिएर आएको हुन्छ ।
त्यसो भए आत्माको अस्तित्वको वास्तविकता के हो त ? जहाँ गए पनि आत्माको कुरोले मान्छेलाई नछोड्नुको अर्थ आत्माको अस्तित्व बकाइदाका साथ छ । कसैले नमान्दैमा त्यसको अस्तित्व नहुने हो र ? अनि वास्तवमा आत्मा नै मान्छेको अलगअलग पहिचानको आधार हो। अलगअलग आत्माको कारणले नै म, तिमी, तपाई, हजुर, उनी र तिनी भन्ने भावना मान्छेमा हुने हो । त्यसैले आत्माको अस्तित्वबिना मान्छेको पनि अस्तित्व छैन । तर आत्माको अस्तित्वको कुरो गर्दैमा आध्यात्मवादी होइँदैन ।
मुर्छित मान्छे पनि त्यस अवस्थाबाट पार गरी पुनः चलायमान हुनसक्छ । मृत्यु भइसकेपछि भने मान्छे पुनः ब्युँझिएर आउने सम्भावना शतप्रतिशत रहँदैन । किन ?
अपवादमा बाहेक सबै मान्छे मृत्युसँग डराउँछन् । सबैलाई थाहा छ जति नै डराए पनि र जति नै नचाहे पनि एक दिन जो कोहीको पनि मृत्यु त हुन्छ नै । मृत्यु हुँदा मान्छेको शरीर ज्युँकात्युँ रहिरहन्छ । खालि त्यो शरीर चलायमान नभई स्थिर हुन पुग्छ । त्यस्तो स्थिति त मुर्छामा पनि हुन्छ नि ! तर, मुर्छित मान्छे पनि त्यस अवस्थाबाट पार गरी पुनः चलायमान हुनसक्छ । मृत्यु भइसकेपछि भने मान्छे पुनः ब्युँझिएर आउने सम्भावना शतप्रतिशत रहँदैन । किन ? किनकि त्यो शरीरमा सम्पूर्ण जीवकोषभित्रको जैविक प्रक्रिया बन्द भइसकेको हुन्छ । त्यस अवस्थामा पुगिसकेपछि शरीरभित्रको कुनै पनि जीवकोषमा पुनः जैविक प्रक्रिया सुरू हुन सक्दैन । वास्तवमा मृत्यु त्यही नै हो । त्यसैले मृत्यु भइसकेपछिको शरीरलाई शरीर नभनी शव भनिन्छ । मृत्यु भएपछि शरीर त मर्यो, आत्मा कहाँ गयो नि ?
हो, यही प्रश्नको उत्तर दिने क्रममा आध्यात्मवाद र भौतिकवादमा भेद छुट्टिन्छ । यही प्रश्नको उत्तर दिने क्रममा आदर्शवाद र विज्ञानमा फरक हुन्छ ।
मान्छेको मृत्यु भएपछि आत्मा कहाँ गयो ? भन्ने प्रश्नमै आध्यात्मवाद लुकेको छ । आत्मा कहीँबाट आएकै होइन । त्यसैले त्यो कहीँ जाने कुरै भएन। त्यो कहीँबाट आउँदैन पनि, कहीँ जाँदैन पनि । त्यो जिउँदो शरीरमा विकसित हुन्छ र मृत्यु हुँदा शरीरसँगै त्यसको पनि समाप्त हुन्छ। यानी कि त्यसको छुट्टै स्वतन्त्र अस्तित्व हुँदैन । आत्माको अस्तित्व हुन्छ, तर अलग अस्तित्व हुँदैन । हाम्रो शरीरले आत्मा विकासको क्षमता बोकेको हुन्छ । यहाँ शरीर भन्नाले शरीरका अरू अङ्ग नभई मस्तिष्क भन्ने बुझ्नुपर्दछ । चेतना, बुद्धि, मन, भावना आदि सबै आत्मासँग जोडिएका कुराहरू हुन् । आत्मा मस्तिष्कसँग जोडिएको कुरो हो ।
पुरातत्वमानवशास्त्रीहरू (Paleo-anthropologists) ले करिब ४४ लाख वर्ष पुरानो मानवपुर्खाको कङ्काल अर्थात् जीवावशेष फेला पारेका छन् । आरडिपिथेकस रामिडस भनी नामाकरण गरिएको त्यस प्रजाति नै सम्भवतः मानव जातिको पहिलो पुर्खा थियो । अपुच्छ बाँदर चिम्पाञ्जीसँग धेरै मात्रामा मिल्दोजुल्दो भएको त्यस प्रजातिबाट नै मानव प्रजातिका पछिल्ला पुस्ताहरू क्रमिक रूपमा विकसित हुँदै आएको पुष्टि मिलेको पुरातत्व मानवशास्त्रीहरू बताउँदछन् । (विकिपिडिया विश्वकोष)
वैज्ञानिकहरूले मानवसँग चिम्पाञ्जीको धेरै नजिकको वंशाणु सम्बन्ध रहेको र करिब ५० देखि ७० लाख वर्षपहिले चिम्पाञ्जीको र मानवको (होमो स्यापियन्सको) पुर्खा एउटै भएको निष्कर्ष निकालेका छन् ।
वंशाणु वैज्ञानिकहरूले चिम्पाञ्जी र मानवको पूर्ण वंशाणु अनुक्रम ( Genome ) मा ९० प्रतिशतभन्दा बढी समानता भएको पत्ता लगाएका छन् । genome.gov का अनुसार, प्रख्यात विज्ञान जर्नल 'नेचर को सन् २००५ सेप्टेम्बरको अङ्कमा प्रकाशित लेखमा मानव र चिम्पाञ्जीको जिनोमबीच ९६ प्रतिशत समानता भएको उल्लेख छ । यो तथ्यबारे उक्त लेखमा वैज्ञानिक फ्रान्सिस एस कोलिन्सले जानकारी गराएका हुन् । यस तथ्यका आधारमा वैज्ञानिकहरूले मानवसँग चिम्पाञ्जीको धेरै नजिकको वंशाणु सम्बन्ध रहेको र करिब ५० देखि ७० लाख वर्षपहिले चिम्पाञ्जीको र मानवको (होमो स्यापियन्सको) पुर्खा एउटै भएको निष्कर्ष निकालेका छन् । (चेन र ली २००१, ब्रुनेट एट अल २००२)
पुरातत्वमानवशास्त्रीहरू ४४ लाख वर्ष अगाडिको आरडिपिथेकस रामिडस मानव प्रजाति नै चिम्पाञ्जी र मानवको साझा पुर्खाबाट उद्विकसित पहिलो मानवपुर्खा हो भनेर मान्दछन् । यस मानवपुर्खाको जीवावशेष अफ्रिकी देश इथियोपियाको अफार उपत्यकामा सन् १९९२ देखि १९९३ सम्मको अनुसन्धानबाट अनुसन्धाता टिम ह्वाइटको नेतृत्वको टोलीले पत्ता लगाएको हो । अनुसन्धाताहरूले आरडिपिथेकस |रामिडसको मस्तिष्कको साइज ३ सयदेखि ३ सय ५० घन सेन्टिमिटर भएको तथ्य पत्ता लगाएका छन् । यो भनेको लुसी नामका अष्ट्रेलोपिथेकस मानवपुर्खाको मस्तिष्क साइजको तुलनामा (४०० देखि ५५० घन सेन्टिमिटर) ६३ प्रतिशत र आधुनिक मानव होमो स्यापियन्सको तुलनामा (महिलाको सालाखाला ११३० घन सेन्टिमिटर र पुरूषको १२६० घन सेन्टिमिटर) करिब २७ प्रतिशत हुन आउँछ । (विकिपिडिया विश्वकोष)
अनुसन्धानको क्रममा वैज्ञानिकहरूले पहिलो मानवपुर्खा आरडिपिथेकस रामिडसदेखि विभिन्न कालखण्डमा क्रमिक विकास भएका बिभिन्न अष्ट्रेलोपिथेसिन मानव प्रजातिहरू र पछिल्लो समयमा विकसित भएका बिभिन्न होमो प्रजातिहरूको जीवावशेषहरूको अध्ययन गरी उनीहरूको मस्तिष्क साइजबारे गहिरो अध्ययन गरेका छन् । त्यस्तै वैज्ञानिकहरूले ढाड सिधा पारी दुई खुट्टाले हिँड्ने होमो इरेक्टस प्रजातिदेखि आधुनिक मानव होमो स्यापियन्स प्रजातिको सुरू पुर्खाका जीवावशेषहरूको अध्ययन गरी उनीहरूको मस्तिष्क साइजको तुलनात्मक अध्ययन गरेका छन् । त्यस अध्ययनबाट समय क्रमअनुसार उद्विकास भएका अघिल्लापुर्खा प्रजातिबाट पछिल्लापुस्ता प्रजातिहरूमा क्रमशः मस्तिष्क साइज सानो बाट ठूलो हुँदै आएको तथ्य प्राप्त भएको छ । यो तथ्यको आधारमा मस्तिष्कको उद्विकास (evolution) बाट मानव जाति सरल र पछौटे अवस्थाबाट क्रमशः विकसित हुँदै अहिलेको अवस्थामा आइपुगेको निष्कर्ष निस्कन्छ ।
वंशाणु विज्ञानले कुनै पनि जनावरको मस्तिष्क क्षमता कस्तो छ भनी अध्ययन गर्न सक्दछ । वंशाणु वैज्ञानिकहरूले पुच्छ तथा अपुच्छ बाँदरको मस्तिष्क र मानवको मस्तिष्कको क्षमताबारे तुलनात्मक अध्ययन गरिरहेका छन् ।
'मस्तिष्क जनावरमा पनि हुन्छ । तर, उनीहरूको मस्तिष्कको विकास मानव जातिको स्तरमा भएको छैन । जनावर र मानवको मस्तिष्क क्षमतामा मुख्य फरक भनेको नै अघिल्लोले सिर्जना र तर्क गर्न सक्दैन तर पछिल्लोले सक्छ । जनावरमा मानवमा जस्तो प्रवल र व्यापक भावना हुँदैन । यो भनेको जनावर र मानवको मस्तिष्क क्षमतामा भएको फरकपना हो । पुच्छ तथा अपुच्छ बाँदर जनावर नै हुन् । तर, उनीहरूमा पनि एक स्तरसम्म भावना रहेको देखिन्छ । पुच्छ बाँदरले आफ्नो बच्चा मर्दा अस्वभाविक क्रियाकलाप देखाउँदछ । मरेको बच्चालाई लामो समयसम्म च्यापेर बसेको दृश्य आरक्षित जङ्गलमा अनुसन्धाताहरूले देखेका छन् । अपुच्छ बाँदर चिम्पाञ्जीले त पछिल्ला दिनहरूका लागि खाद्य चीजहरू जोगाड गरेको समेत अनुसन्धाताहरूले फेला पारेका छन् । उनीहरू आफ्नो समूहको कोही सदस्य मर्दा मरेको ठाउँमा केही दिनसम्म झोक्याएर बसिरहेको घटना अनुसन्धाताहरूले पाएका छन् । यी कुराहरूले बाँदरहरूमा पनि केही मात्रामा भावना तथा तर्क क्षमता हुने पुष्टि मिल्छ । कुकुरहरूकै कुरा गर्दा पनि आफ्नो मालिक मर्दा उनीहरूले अस्वभाविक क्रियाकलाप देखाउने अर्थात् दुःख मनाउ गरेको जस्तो स्वभाव देखाउने गरेको पाइन्छ । कुकुरसँग पनि केही मात्रामा भावना हुने भएकोले त्यसको क्रियाकलाप त्यस्तो देखिएको तर्क गर्न सकिन्छ । वंशाणु विज्ञानले कुनै पनि जनावरको मस्तिष्क क्षमता कस्तो छ भनी अध्ययन गर्न सक्दछ । वंशाणु वैज्ञानिकहरूले पुच्छ तथा अपुच्छ बाँदरको मस्तिष्क र मानवको मस्तिष्कको क्षमताबारे तुलनात्मक अध्ययन गरिरहेका छन् ।
विज्ञान जर्नल Proceedings of the National Academy या Sciences को सन् २०१४ को अङ्कमा उल्लेख भए अनुसार वंशाणु वैज्ञानिकहरूले उद्विकासको क्रममा मानव प्रजातिमा आजभन्दा करिब ५ लाख वर्षपहिले ऊभित्रको वंशाणुमा भएको उत्परिवर्तन अर्थात् mutation ले ल्याएको विशेष परिवर्तनले भाषा बोल्ने तथा बुभने क्षमताको विकास भएको कुरा अनुसन्धानबाट देखिन आएको बताएका छन् ।
'म्यासेचुसेट्स इन्स्टिच्युट्स अफ टेकनोलोजी' र कयौ युरोपेली विश्वविद्यालयका अनुसन्धाताहरूले मानवमा भएको 'फक्सपि टु' वंशाणुले उसको आफ्ना नयाँ अनुभवहरूलाई नियमित कार्यप्रणालीमा रूपान्तरण गर्न सजिलो
बनाइदिने बताएका छन् । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेकनोलोजीका इन्स्टिच्युट प्रोफेसर आन् ग्राबिएलले बोलेको शब्द र त्यसलाई बुझाउने वस्तुबीच स्वचालित अर्थात् automatic रूपले सम्बन्ध गाँस्न सक्ने क्षमता 'फक्सपि टु' वंशाणुले प्रदान गर्दछ ।
भावनाले आफू र अरूमा भिन्न देखाउँछ । र, यसबाट नै 'म' को अनुभूति हुन्छ । 'म' को अनुभूति नै आत्मा हो । त्यसैले आत्मा भनेको मानवमा मस्तिष्क विकासको क्रममा सिर्जित संवेग र चेतनाकै विकसित रूप हो ।
सबै प्राणी प्रजातिहरूले एक आपसमा संचार गर्न सक्दछन् । तर, भाषाको सिर्जना
र प्रयोग भने मानवले मात्र गर्न सक्दछ । यो मानवको विशिष्ट गुण हो । यो गुण 'फक्सपि दु' वंशाणुको उपस्थितिबाट नै प्राप्त भएको वैज्ञानिकहरू तर्क गर्दछन् ।
मानवको मस्तिष्कको साइज तथा क्षमताको रहस्य उसको 'पूर्ण वंशाणु अनुक्रम' अर्थात् जीनोममा लुकेको छ । 'फक्सपि टु' वंशाणु एउटा उदाहरण हो । संवेग, चेतना, ज्ञान, भावना, तर्क क्षमता, बिचार निर्माण आदि सबै मस्तिष्क क्षमतासँग जोडिएका कुराहरू हुन्, जुन मानवमा विकसित अवस्थामा रहेको छ । यो अवस्था लाखौं वर्षको अवधिमा भएको मस्तिष्कको क्रमिक विकासको उपज हो ।
भावनाले आफू र अरूमा भिन्न देखाउँछ । र, यसबाट नै 'म' को अनुभूति हुन्छ । 'म' को अनुभूति नै आत्मा हो । त्यसैले आत्मा भनेको मानवमा मस्तिष्क विकासको क्रममा सिर्जित संवेग र चेतनाकै विकसित रूप हो । अर्थात यो मानवमा भौतिक शरीरको विकासको क्रममा सिर्जित र विकसित विशिष्ट गुण हो । आत्मा मानवको भौतिक शरीरको विकासको उपज भए पनि यो यति विकसित छ कि यसले आफूलाई भौतिक शरीरभन्दा स्वतन्त्र देख्दछ । तर, यथार्थमा आत्मा कहिल्यै भौतिक शरीरबाट अलग र स्वतन्त्र हुन सक्दैन । आधुनिक प्रविधिको उदाहरण दिने हो भने मानवको भौतिक शरीर भनेको कम्प्युटरको हार्डवेयर हो र आत्मा चाहिँ सफ्टवेयर । सफ्टवेयर जति नै क्षमताको भए पनि हार्डवेयर बिना त्यसको कुनै अस्तित्व हुन्न । त्यस्तै जिउँदो मानव शरीर बिना आत्माको अस्तित्व हुँदैन ।
आत्मा त सबै मानिसमा सिर्जित हुन्छ । तर, त्यसको रूप भने सबैमा एउटै हुन्न । आत्माको रूप परिवार, समाज, ज्ञान, देश, काल, पर्यावरण आदिमा भर पर्दछ । अर्थात् छोटोमा भन्दा यो काल र दिक (time and space) मा भर पर्दछ ।
आत्मा अर्थात् 'म' भन्ने भावना मानवमा जन्मेदेखि हुने होइन । तर, उसमा त्यसको सिर्जनाको लागि क्षमता बोकेको मस्तिष्क चाहिँ हुन्छ । किनकि, यो गुण त उसको वंशाणुमै कायम भएर आएको हुन्छ । त्यस मस्तिष्कमा 'म' को भावना सिर्जना गर्ने वा आत्माको जन्म दिने काम आमा, बाबु, परिवार र समाजले गर्छन् ।
आत्मा त सबै मानिसमा सिर्जित हुन्छ । तर, त्यसको रूप भने सबैमा एउटै हुन्न । आत्माको रूप परिवार, समाज, ज्ञान, देश, काल, पर्यावरण आदिमा भर पर्दछ । अर्थात् छोटोमा भन्दा यो काल र दिक (time and space) मा भर पर्दछ । यस अर्थमा आत्माको रूप सापेक्ष हुन्छ । एउटै मान्छेको सवालमा कुरा गर्दा पनि एउटा काल र दिकमा उसको आत्माको रूप एउटा हुन्छ भने अर्को काल र दिकमा अर्को । कोही रामबहादुर भन्ने मान्छे नेपालको कुनै दुर्गम पहाडमा जन्मेर त्यहिँ हुर्कन्छ र उसले कुनै शिक्षा पाउँदैन भने उसको आत्माको रूप एउटा हुन्छ । तर, उही रामबहादुर उही ठाउँमा जन्मेर पनि यदि जन्मनासाथ उसलाई युरोप, अमेरिका वा कुनै विकसित ठाउँमा लगी त्यहीँकै भाषा सिकाई विज्ञान वा गणित शिक्षामा पोख्त बनाइन्छ भने उसको आत्माको रूप अर्कै हुन्छ ।
तर, एउटा गाईलाई अमेरिकामा हुर्काए पनि त्यही हो नेपालमा हुर्काए पनि उही हो । त्यसको स्वभावमा कुनै गुणात्मक फरक आउँदैन । किनकि, गाईमा आत्माको विकास भएको हुँदैन । त्यसको मस्तिष्कले आत्मालाई जन्माउन सक्दैन । त्यसले प्राकृतिक रूपमा पाएको गुण मात्र धारण गर्न सक्दछ ।
मानव मस्तिष्कमा आत्माको जन्म हुन्छ र मानव शरीरको मृत्युसँगै यसको समाप्त हुन्छ । पृथ्वीमा करिब ५८ करोड वर्ष अगाडिसम्म जीवहरूको अस्तित्व नभएको कुरा जीवावशेष तथा पुराना चट्टानहरूको अध्ययनबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन् । र, ५८ करोड वर्षअगाडि मात्र यहाँ सुरूका एक कोषीय जीवहरू अस्तित्वमा आएको वैज्ञानिकहरू पुष्ट्याई गर्छन् । एक कोषीयबाट बहुकोषीय सूक्ष्म जीवहरू, बहुकोषीय जीवबाट समुद्री सानासाना प्राणी तथा बनस्पतिहरू र यही रूपमा समय क्रमअनुसार झन्झन् विकसित जीवहरू माछा, उभयचर, सरिसृप, स्तनपायी, प्राइमेट र अन्त्यमा मानव प्रजातिको उद्विकास भएको कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
प्राणीहरूको उद्विकासको क्रममा नै मस्तिष्क क्षमता बढी भएको मानवपुर्खाको उद्विकास भएको हो । र, मस्तिष्क विकासबाट नै मानव रूपी प्राणीमा 'म' को भावना वा आत्माको विकास भयो । त्यसैले निष्कर्षमा आत्मालाई भौतिक पदार्थको विकासको उपज भन्नुपर्दछ । भौतिक पदार्थको उपज भएको नाताले आत्मा न भौतिक पदार्थभन्दा अगाडि अस्तित्वमा रहेको न त यसको स्वतन्त्र अस्तित्व नै पुष्टि हुन्छ । यो मानव भौतिक | शरीरको जन्मपछि सिर्जित हुन्छ र त्यही भौतिक शरीरको मृत्यु सँगसँगै यसको अन्त्य हुन्छ ।
तर, आत्माको स्तर विकास सँगसँगै यसले आफूलाई भौतिक शरीरबाट स्वतन्त्र देख्न थाल्यो । र, आफ्नो स्वतन्त्र अनुभूतिले गर्दा यसले भौतिक शरीरको अन्त्य वा जीवनको अन्त्यपछाडि पनि कुनै न कुनै रूपमा आफ्नो अस्तित्व खोज्न थाल्यो । यहिंनिर आध्यात्मवादको जन्म भयो ।
आध्यात्मवाद भनेको 'आत्मा अगाडि हो' भन्ने विचार हो । संसारमा भौतिक पदार्थ र आत्मामा कुन पहिला हो भन्ने सवालमा आध्यात्मवादले आत्मा पहिला हो भन्ने बिचारको वकालत गर्दछ ।
संस्कृतमा 'अधि' को अर्थ अगाडि हो। 'अधि' र 'आत्मा' को समासबाट आध्यात्म शब्द बन्छ । 'वाद' भनेको विचार हो । त्यसैले आध्यात्मवाद भनेको 'आत्मा अगाडि हो' भन्ने विचार हो । संसारमा भौतिक पदार्थ र आत्मामा कुन पहिला हो भन्ने सवालमा आध्यात्मवादले आत्मा पहिला हो भन्ने बिचारको वकालत गर्दछ । त्यस विचारले आत्मालाई भौतिक पदार्थबाट स्वतन्त्र राख्दछ । विज्ञानले गरेको पुष्टि अनुसार आत्माको स्वतन्त्र अस्तित्व भएको र यो भौतिक पदार्थभन्दा अगाडि भएको भन्ने दुवै बिचार गलत छन् । समग्रमा आध्यात्मवाद सत्यको वास्तविक ज्ञानको अभावमा सिर्जना भएको विश्वलाई हेर्ने दृष्टिकोण वा दर्शन हो ।
आत्माको अस्तित्व छ । तर, यसको स्वतन्त्र अस्तित्व छैन । यो भौतिक शरीर सँगसंगै अस्तित्वमा रहन्छ । त्यसैले आत्माको कुरा गर्दैमा वा आत्माको अस्तित्व स्विकार्दैमा कोही आध्यात्मवादी होईंदैन । आत्माको स्वतन्त्र अस्तित्व भएको र भौतिक पदार्थसँग दाँज्दा यो प्राथमिक हो भन्ने बिचार मात्र आध्यात्मवाद हुन्छ । र, त्यस्तो विचार बोक्दा नै मान्छे आध्यात्मवादी बन्दछ ।
आध्यात्मवाद र धर्म
विश्वमा थुप्रै धर्महरू अभ्यासमा छन । बिभिन्न काल र स्थानमा जन्म भएका धर्महरू थरिथरिका भए पनि ती सबैको आधार भने आध्यात्मवाद नै हो । विकासको क्रममा आत्माको जन्म भइसकेपछि मानवले एकातिर आत्मा कहाँबाट आयो भन्ने प्रश्नको उत्तर खोज्न थाल्यो भने अकोतिर मृत्युजस्तो साश्वत कुरालाई उसले स्विकार्न सकेन । ऊ 'आत्मा' अर्थात् 'म' भन्ने भावनाको अन्त्यबाट डराउन थाल्यो । उसले भौतिक शरीरको अवसानपछि पनि आत्माको अस्तित्वको निरन्तरता खोज्यो । र, उसले
आफ्नो चाहनामुताविक बिचार निर्माण गर्न थाल्यो । ऊसँग आत्मा कहाँबाट आयो भन्ने प्रश्नको हल गर्ने अर्को कुनै वैकल्पिक उपाय पनि त थिएन । किनकि, आधुनिक विज्ञान त्यतिखेर थिएन, जसले सत्य खोज्नका लागि अध्ययन, अनुसन्धान, प्रयोग, परीक्षण तथा तर्कको विधि अपनाउँदछ ।
प्राचीन मानवले प्राकृतिक रहस्यका घटनाहरू हुन पनि बल चाहिन्छ र त्यो बल कुनै शक्तिबाट आएको हो भनेर सोच्न थाल्यो । तर, त्यो शक्ति कहाँ छ त ? त्यसबारे उनीहरूले मरेकाटे थाहा पाउन सकेनन् । परिणामतः उनीहरू त्यो शक्ति मानवजस्तै तर अति शक्तिशाली अदृश्य जीवबाट आएको हो भन्ने निष्कर्षमा पुगे ।
प्रकृति आफ्नै साश्वत नियमहरूमा चलायमान छ । माटो, ढुङ्गा, चट्टान, हावा, पानी, जीवजन्तु, बनस्पति, घाम, आगो, पृथ्वी, सूर्य, चन्द्र, ग्रह, उपग्रहलगायत समस्त पदार्थबारेको ज्ञान मानवमा सुरूबाटै भएको होइन । हुरी बतास, असिना-पानी, भूकम्प, ज्वालामुखी, बाढी, पहिरोजस्ता विपत्ति कहाँबाट आउँछन् भन्ने ज्ञान प्राचीन मानवमा थिएन । यी सबै कुरा उनीहरूका लागि रहस्यको विषय बने । अर्को, चेतनाको विकास सँगसँगै प्राचीन मानवमा शक्तिको अनुभूति हुन थाल्यो । मान्छेको हातखुट्टामा शक्ति छ र त्यसले बल निकाल्न सक्छ । बलले काम गर्दछ । प्राचीन मानवले प्राकृतिक रहस्यका घटनाहरू हुन पनि बल चाहिन्छ र त्यो बल कुनै शक्तिबाट आएको हो भनेर सोच्न थाल्यो । तर, त्यो शक्ति कहाँ छ त ? त्यसबारे उनीहरूले मरेकाटे थाहा पाउन सकेनन् । परिणामतः उनीहरू त्यो शक्ति मानवजस्तै तर अति शक्तिशाली अदृश्य जीवबाट आएको हो भन्ने निष्कर्षमा पुगे ।
मानव भन्नासाथ उसको आत्माको कुरो आयो । आत्माले नै सबथोक जान्ने, बुझ्ने र क्रियाकलापको लागि भौतिक शरीरलाई तयार गर्ने गर्दछ । मानवमा शक्ति पनि आत्माले नै सिर्जना गर्दछ । त्यसो भए प्राकृतिक शक्ति कुनै त्यस्तो आत्माबाट सिर्जित हो जो आत्माभन्दा पर, शक्तिशाली र अदृश्य छ । परको आत्मा अर्थात् परमात्मा नै सम्पूर्ण शक्तिको स्रोत हो । यसरी नै प्राचीन मानवले आफ्नो बिचार र विश्वास निर्माण गर्न थाले ।
प्राचीन मानवले आफ्ना विश्वास, आस्था तथा बिचार यसरी निर्माण गर्न थाले । उनीहरूमा परमात्माबाट प्राप्त शक्तिबाट फाइदा लिन तथा परमात्माबाट आउने विपत्तिबाट जोगिन परमात्मालाई खुशी पार्नुपर्छ भन्ने बिचारको जन्म हुनाले उनीहरूले प्रकृतिको पूजा सुरू गरे ।
सूर्य धरतीबाट धेरै टाढा छ । तर, त्यसले संसारलाई उज्यालो दिएको छ । त्यो परको अति बलवान शक्ति हो । त्यसैले त्यो एक परमात्मा हो । चन्द्रमाले पनि राती प्रकाश दिन्छ । त्यसैले त्यो पनि परमात्मा हो । बाढी, पहिरो, ज्वालामुखी, असिना-पानी आदि सबै बलवान शक्तिहरू हुन् जसले मानवजीवनमा विपत्ति ल्याउन सक्छन् । तिनीहरू अति बलवान छन् । त्यसैले तिनीहरू परमात्मा हुन् । प्राचीन मानवले आफ्ना विश्वास, आस्था तथा बिचार यसरी निर्माण गर्न थाले । उनीहरूमा परमात्माबाट प्राप्त शक्तिबाट फाइदा लिन तथा परमात्माबाट आउने विपत्तिबाट जोगिन परमात्मालाई खुशी पार्नुपर्छ भन्ने बिचारको जन्म हुनाले उनीहरूले प्रकृतिको पूजा सुरू गरे ।
मानव समाजको सुरू कालमा धर्मको अस्तित्व थिएन । तर, उनीहरूमा आत्माको अनुभूति तथा आध्यात्मवादी चिन्तन र विश्वास भने भेटिन्छ । आध्यात्मको चिन्तन र विश्वास त आधुनिक मानव होमो स्यापियन्सभन्दा अगाडिको नियान्डरथल मानवहरूमा समे त भएको विश्लेषण पुरातत्वमानवशास्त्रीहरू गर्दछन् । 'पुरातत्वविद्हरूले केही दर्जन चिहान भेटेका छन्, जसमा नियन्डरथलहरूका कंकाल या खप्परहरू गाडिएका थिए । तिनीहरूमध्ये सबभन्दा बढी प्रसिद्ध फ्रान्सको ला मुस्तए को गुफा र ला शापेल-ओ को नजिक फेला परेको चिहान र ला फेरासी (फ्रान्स), कीइक कोबा (क्रिमिया), प्यालिस्तिन र तेशिक- ताश (उज्बेकिस्तान) का गुफाहरूमा फेला परेका कंकालहरू हुन् ।
यिनीहरूमध्ये सबभन्दा ज्यादा महत्वपूर्ण खोजपछि, यानी सन् १९०८ पछि धेरै वैज्ञानिकहरूले ती कुराहरूलाई नियन्डरथल मानवहरू मरनोपरान्त पनि आत्माको अस्तित्व रहने कुरामा विश्वास गर्दथे भन्ने कुराको प्रमाणको रूपमा लिएका छन् । म्याक्स ऐ बर्टजस्ता केही पुरातत्वविद्हरूले भनेका छन् कि वास्तवमा अझै आत्माको अस्तित्वमा विश्वास त भइसकेको थिएन, तर स्वयं शवको अलौकिक विशेषतामा विश्वास अवश्य पैदा भइसकेको थियो (जीवित मुर्दाको संकल्पना), जसले शवबाट भयको अन्धविश्वासको जन्म गर्यो ।' (पेज ८, धर्मका इतिहास, से. तोकारेव, १९८९)
विश्वको सबभन्दा पुरानो धर्मको रूपमा मानिएको हिन्दू धर्मको सुरूवात हाल पाकिस्तानमा पर्ने सिन्ध नदीको किनारामा विकसित भएको काँस्य काल सभ्यतामा (Bronze Age Civilization) आएर मात्र भएको पुष्टि मिल्दछ ।
आधुनिक मानव होमो स्यापियन्सले हाल इजरायली र प्यालिस्तिनी भूभाग रहेको पश्चिम एशियाबाट करिब ११ हजार वर्षपहिले खेतीको सुरूवात गरी स्थायी बसोबासको थालनी गरेको पुरातत्वमानवशास्त्रीहरूले प्रमाण पेश गरेका छन् । होमो स्यापियन्स मानवहरूमा आत्मा र आध्यात्मको चिन्तन बोकेको संस्कृति रहेका थुप्रै प्रमाणहरू फेला परेका छन् । तर, विश्वको सबभन्दा पुरानो धर्मको रूपमा मानिएको हिन्दू धर्मको सुरूवात हाल पाकिस्तानमा पर्ने सिन्ध नदीको किनारामा विकसित भएको काँस्य काल सभ्यतामा (Bronze Age Civilization) आएर मात्र भएको पुष्टि मिल्दछ । यो भनेको इसापूर्व ३३०० देखि १३०० बीचको समय हो । अर्थात् आजभन्दा ५ हजार ३ सयदेखि ३ हजार ३ सय वर्ष बीचको समय हो । (विकिपिडिया विश्वकोष) स्मरणीय छ नियान्डरथल मानव आजभन्दा करिब ४० हजार वर्षपहिले नै लोप भइसकेको थियो ।
विश्वको धेरै मानिसले मान्ने हालको धर्म इसाई हो । यो धर्मको सुरूवात जेसस क्राइस्टले गरेका हुन्, जुन २ हजार वर्षभन्दा बढी पुरानो छैन । विश्वको दोस्रो बढी धर्माम्बलीहरू रहेको धर्म इस्लाम हो । यसको जन्म इसाको सातौं शताब्दीमा मात्र भएको हो । अर्थात् यो १ हजार ३ सय वर्षभन्दा बढी पुरानो छैन । यी तीन ठूला धर्महरूबाहेक विश्वमा अन्य थुप्रै धर्महरू पनि छन् । धर्म फरकफरक भए पनि सबैको समान विचार वा दर्शन रहेको छ । त्यो हो आत्मा र पर मात्माको सुरु र अन्त्य छैन, त्यो सदा सर्वथा अस्तित्वमा रहन्छ । यो संसारमा भौतिक शरीरभन्दा आत्मा पहिला हो र यो स्वतन्त्र अस्तित्वमा रहन सक्छ । त्यसैले मान्छेको शरीर मरेपछि पनि आत्मा कुनै न कुनै रूपमा कहीँ न कहीँ अस्तित्वमा रहन्छ । र, सम्पूर्ण आत्माहरूको स्रोत परमात्मा हो । यस बिचारमा सबै धर्महरू एक मत छन् ।
आध्यात्म एवं आध्यात्मवाद र धर्म एउटै होइनन् । तर, धर्म चाहिँको आधार भने आध्यात्म र आध्यात्मवाद हो । त्यसैले कोही मान्छे धर्म नमान्ने भएर पनि आध्यात्मवादी हुन सक्छ । धर्म एवं ईश्वर नमान्ने तर आत्माको स्वतन्त्र अस्तित्व मान्ने. भयो भने अनईश्वरवादी भएर पनि मान्छे आध्यात्मवादी हुन सक्दछ ।
मानव प्रजातिको विकासको शृङ्खलाबद्ध इतिहास हेर्दा आध्यात्म र आध्यात्मवाद धर्मभन्दा धेरै अगाडि नै विकसित भएको देखिन्छ । वास्तवमा आध्यात्मवादको विकसित रूप नै धर्म हो । यहाँ धर्मलाई अङ्ग्रेजीमा Religion को अर्थमा लिइएको छ । किनकि, धर्म भन्ने शब्दले अनिवार्यतः गरिने कार्य वा स्वभावलाई पनि बुझाइन्छ । जस्तो कि कुनै वस्तुलाई माथि फाल्दा त्यो तल खस्दछ । माथि फालिएको वस्तु तल खस्नु वस्तुको धर्म हो । मानव संस्कृतिमा कोही व्यक्तिले नगरी नहुने काम वा उसले नदेखाई नहुने स्वभावलाई त्यस व्यक्तिको धर्मको रूपमा लिइन्छ । आमाबाबुले छोराछोरीलाई पाल्नुपर्ने काम उनीहरूको धर्म हो । छोराछोरीले आमाबाबुको आदर गर्नु उनीहरूको धर्म हो । तर, Religion को अर्थ बोकेको धर्मले कुनै खास आध्यात्मिक बिचार, मूल्य, मान्यता र संस्कृतिलाई बुझाउँदछ ।
समग्रमा भन्नुपर्दा आध्यात्म एवं आध्यात्मवाद र धर्म एउटै होइनन् । तर, धर्म चाहिँको आधार भने आध्यात्म र आध्यात्मवाद हो । त्यसैले कोही मान्छे धर्म नमान्ने भएर पनि आध्यात्मवादी हुन सक्छ । धर्म एवं ईश्वर नमान्ने तर आत्माको स्वतन्त्र अस्तित्व मान्ने. भयो भने अनईश्वरवादी भएर पनि मान्छे आध्यात्मवादी हुन सक्दछ ।
आदर्शवाद र आध्यात्मवाद
'आदर्शवाद दर्शनहरूको समूह हो जसले यथार्थलाई, अथवा हामीले बुझ्न सक्ने वास्तविकतालाई आधारभूत रूपले मानसिक, मानसिक रूपले रचना गरिएको अथवा होइन भने अनावश्यक विषयको रूपमा रहेको विश्वास दिलाउँछ । मासिओनिस जोन जे (२०१२) ।
२० औं शताब्दीका महान बेलायती वैज्ञानिक सर जेम्स जीन लेख्छन्- 'विश्वब्रम्हाण्डको सुरूवात एक विशाल यन्त्रजस्तो भन्दा पनि बढी एक महान विचारजस्तो देखिने गरी हुन्छ (विकिपिडिया विश्वकोषबाट )
त्यसैले आदर्शवादले आत्माको कुरा नगरे पनि भौतिक यथार्थलाई वास्तविकताको रूपमा स्विकार्दैन । यसले कुनै चीजको अस्तित्वलाई हाम्रो मानसिकतासँग निर्भर गराउंदछ। यसले वस्तुहरूको रचना नै मानसिक रूपले गरिएको भनेर भौतिक पदार्थको स्वतन्त्र अस्तित्वलाई स्विकार्दैन । वस्तुतः आदर्शवादले मन र मानसिकतालाई भौतिक शरीरवाट स्वतन्त्र राख्दछ । त्यसैले यसले सत्यलाई मानसिकताको आधारमा बुझ्नुपर्ने धारणा अगाडि सार्दछ ।
मन र मानसिकतालाई भौतिक यथार्थबाट अलग्याई आदर्शवादले आध्यात्मवादकै मान्यता बोकेको प्रष्ट छ । आदर्शवाद नयाँ ढङ्गको आध्यात्मवाद हो ।
तर, वास्तविकता यस्तो छ त ? के एउटा घरलाई कसैले गाडी भनेर मानसिकता बनाउँदैमा त्यो गाडी बन्दछ त ? पक्कै पनि त्यस्तो हुँदैन । यो - कुरो विश्वब्रम्हाण्डलाई बुझ्ने कुरादेखि मानव समाजलाई बुझ्ने कुरासम्म लागु हुन्छ । तर, आदर्शवादले प्रत्यक्ष देखिने भौतिक वस्तुको बारेमा केही नबोले पनि विश्वब्रम्हाण्ड तथा मानव समाजलाई बुझ्ने र व्याख्या गर्ने सवालमा मानसिक रचनालाई आधार बनाउँदछ । मन र मानसिकता भनेका संवेग र चेतनासँग सम्बन्धित कुरा हुन् । त्यसैले यिनीहरू आत्मासंग जोडिन्छन् । त्यसैले मन र मानसिकतालाई भौतिक यथार्थबाट अलग्याई आदर्शवादले आध्यात्मवादकै मान्यता बोकेको प्रष्ट छ । आदर्शवाद नयाँ ढङ्गको आध्यात्मवाद हो ।
विज्ञान र भौतिकवाद
विज्ञानले विश्वब्रम्हाण्ड तथा जीवन उत्पति र यसको विकासलाई आत्मा र मन वा मानसिकताबाट स्वतन्त्र राखी अध्ययन, अनुसन्धान र विश्लेषण गर्दछ । भौतिक यथार्थ आत्मा र मनबाट स्वतन्त्र भएको बुझेर नै विज्ञानले त्यसलाई बुझ्न खोज, अनुसन्धान, अन्वेषण, प्रयोग तथा परीक्षण गर्ने गरेको हो । यो विश्व संसारमा भौतिक पदार्थ नै प्राथमिक हो, आत्मा त त्यसको विकासको उपज मात्र हो भन्ने बुझाइ भौतिकवादको रहेको छ । आत्मा भौतिक शरीरबाट अलग भई अस्तित्वमा रहँदैन यो भौतिक शरीरसँग जोडिएको हुन्छ र जीवनको अवसानपछि आत्मा समाप्त हुन्छ । भौतिकवादले सिकाउने शिक्षा यही हो ।
महान् वैज्ञानिकहरू आइज्याक न्यूटन र अल्वर्ट आइन्स्टाइनले गणित विज्ञानकै आधारमा आफ्ना प्रसिद्ध सिद्धान्तहरू प्रतिपादन गरे। गणित विज्ञान वैज्ञानिक पद्दति हो । तर, तिनी दुबैले पद्दति मात्र बोक्नाले ईश्वरवाद र आध्यात्मवादमा फस्न पुगे । उनीहरूले विज्ञान पद्दतिलाई अङ्गाले पनि विज्ञानको दर्शन यानी कि भौतिकवादलाई अङ्गाल्न सकेनन् ।
तसर्थ भौतिकवाद दर्शन हो, जुन आध्यात्मवादको विपरीत छ । तर, विज्ञान दर्शन र पद्दति दुबै हो । दर्शन मात्र बोक्नु वा पद्दति मात्र बोक्नुले विज्ञान अपूर्ण हुन्छ । दर्शन मात्र बोक्नाले इसापूर्व चौथो शताब्दीका महान ग्रीक दार्शनिक अरस्तुको विज्ञान चाहिँ विज्ञान हुन सकेन । उनले जीवात्माहरू निर्जिव वस्तुबाट सृष्टि हुन्छ भन्ने दर्शन बोके र त्यसअनुसार हिलोबाट माछा जन्मिन्छ भन्नेजस्तो गलत कुराको वकालत गरे । आफ्नो दर्शनलाई पुष्टि गर्न उनले अनुसन्धान, प्रयोग, परीक्षणजस्ता वैज्ञानिक पद्दतिहरू अबलम्बन गरेनन्, जसकारणले आधुनिक विज्ञानले पुष्टि गरेको निर्जीव वस्तुबाट जीवनको सुरुवात भएको हो भन्ने बिचार व्यक्त गरेर पनि उनको कुरो सही सावित हुन सकेन । महान् वैज्ञानिकहरू आइज्याक न्यूटन र अल्वर्ट आइन्स्टाइनले गणित विज्ञानकै आधारमा आफ्ना प्रसिद्ध सिद्धान्तहरू प्रतिपादन गरे। गणित विज्ञान वैज्ञानिक पद्दति हो । तर, तिनी दुबैले पद्दति मात्र बोक्नाले ईश्वरवाद र आध्यात्मवादमा फस्न पुगे । उनीहरूले विज्ञान पद्दतिलाई अङ्गाले पनि विज्ञानको दर्शन यानी कि भौतिकवादलाई अङ्गाल्न सकेनन् । प्रविधि पद्दतिको अर्को रूप हो। कतिपय मेडिकल डाक्टरहरूले प्रविधि वा पद्दति मात्र बोक्नाले रोग उपचारको नतिजामा ईश्वरको भरोसा राख्न पुग्छन् । उनीहरू ईश्वरीय शक्तिबाट चमत्कारको आशा राख्दछन् ।
समग्रमा भन्नुपर्दा विज्ञान र आध्यात्मवाद विपरीत कुराहरू हुन् । त्यसैले कोही मानिस विज्ञानको विद्यार्थी वा विशेषज्ञ छन् भने पनि यदि उनले आध्यात्मवादी दर्शनलाई आफ्नो जीवन दर्शन बनाएको छ भने अन्ततः उनी विज्ञानबाट बाहिर नै रहनेछन् ।
मूल्याङ्कन/२०७३, वैशाख जेठमा प्रकाशित
ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र …
कार्यान्वयन पर्खाइमा संविधानको धारा ३, २ र ४
नयाँ सुरक्षा रणनीति र ट्रम्पको दिवास्वप्न
डोनाल्ड ट्रम्प क्यानडालाई अमेरिकामा किन मिलाउन चाहन्छन्?
मार्क्सलाई चिन्नुपर्ने र मार्क्ससँग सिक्नुपर्ने तीन–चारवटा आधारभूत कुराहरु
लाल सूर्यास्त
नवउदारवादको माखेसाङ्ग्लो र नेपालको वामपन्थी राजनीति!
प्रतिक्रिया