रूमी: महान सूफी सन्त कसरी एक विद्वान प्रेमी बने?
के तपाईंले कहिल्यै सोच्नुभएको छ – ज्ञान, तर्क र धर्मशास्त्रको सबैभन्दा महान विद्वान मानिने एक व्यक्तिले अचानक सबै कुरा त्यागेर केवल इश्क र मोहब्बतका गीत किन गाउन थाल्यो ?
एक यस्तो व्यक्ति, जसको अगाडि महान–महान विद्वानहरू टाउको निहुराउँथे, ऊ कसरी एक अनजान घुमन्ते फकीरका खुट्टामा बसेर उसको शिष्य बन्यो? आज हामी त्यही महान व्यक्तिको बारे चर्चा गर्दैछौं, जसका वचन र कविताहरू आज करिब आठ सय वर्षपछि पनि संसारभरिका मानिसहरुले अत्यधिक रुचिका साथ पढ्ने तथा चर्चा गर्ने गर्छन् । तिनलाई पढेर–सुनेर मानिसहरुले असीम शान्तिको अनुभव गर्छन् ।
ती व्यक्ति हुन्– मौलाना जलालुद्दीन रूमी । तर संसारमा उनी आफ्नो पूरा नामले हैन, रूमीको नामले चिनिन्छन्।
बल्खको आकाशमा चम्किएको तारा
एक राजकुमार, जसका लागि ज्ञान नै सल्तनत थियो। आजदेखि करिब आठ सय वर्ष पहिले, सन् १२०७ मा, आजको अफगानिस्तानको बल्ख शहरमा एउटा बालकको जन्म भयो। त्यो बेला कसलाई थाहा थियो कि यही बालक महान बनेर संसारलाई प्रेमको यस्तो दर्शन दिनेछ, जसले शताब्दीयौँसम्म मानिसहरूको हृदयमा राज गर्नेछ। उनको नाम राखियो– जलालुद्दीन मोहम्मद।
रूमी कुनै साधारण बालक थिएनन्। बाल्यकालदेखि नै उनीभित्र सिक्ने अद्भुत लगन थियो। उनी घण्टौँ आफ्ना पितासँग बसेर ज्ञानका कुरा सुन्थे, प्रश्न सोध्थे, र निकै कम उमेरमै धर्म, दर्शन र साहित्यको गहिरो बुझाइ हासिल गरिसकेका थिए।
उनका पिता बहाउद्दीन वलद आफ्ना समयका अत्यन्तै महान विद्वान, धर्मशास्त्री र सूफी सन्त थिए। उनलाई ‘सुल्तान–उल–उलेमा’ अर्थात् विद्वानहरूको सुल्तान, भनिन्थ्यो। यसबाट रूमीको बाल्यकाल ज्ञान र आध्यात्मिकताको कस्तो वातावरणमा बित्यो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।
उनको घरमा किताबहरू, ज्ञानका छलफलहरू र ईश्वरको प्रार्थनाको माहोल थियो। रूमी कुनै साधारण बालक थिएनन्। बाल्यकालदेखि नै उनीभित्र सिक्ने अद्भुत लगन थियो। उनी घण्टौँ आफ्ना पितासँग बसेर ज्ञानका कुरा सुन्थे, प्रश्न सोध्थे, र निकै कम उमेरमै धर्म, दर्शन र साहित्यको गहिरो बुझाइ हासिल गरिसकेका थिए। उनको मस्तिष्क चुम्बकजस्तै थियो, जसले हरेक ज्ञानलाई आफूतर्फ तान्थ्यो।
तर त्यो समयको माहोल अत्यन्तै अस्थिर थियो। मंगोल आक्रमणकारी चंगेज खानका बर्बर सेनाले मध्य एसियामा विनाश मच्चाइरहेका थिए। चारैतिर डर र अनिश्चितताको वातावरण थियो। रूमीका पिता बहाउद्दीन वलदले यो खतरा महसूस गरिसकेका थिए। उनले महसुस गरे–अब यो ठाउँ उनको परिवार र ज्ञानको परम्पराका लागि सुरक्षित छैन।
त्यसैले, किशोर रुमीका पिताले एक अत्यन्तै ठूलो र कठिन निर्णय लिए। उनले आफ्नो मातृभूमि, आफ्नो घर, आफ्नो सम्पूर्ण सम्पत्ति सबै कुरा त्यागेर एक लामो र अनिश्चित यात्रामा निस्कने फैसला गरे। आफ्नो समयका “विद्वानहरूको सुल्तान”ले सुरक्षित जीवन र भविष्यका लागि सबै कुरा छोडेर शरणार्थीजस्तै निस्कनु परेको थियो।
यो यात्रा कुनै साधारण यात्रा थिएन। यो पैदल, घोडा र ऊँटको सहायतामा तय गर्नुपर्ने हजारौँ किलोमिटरको यात्रा थियो । यस यात्राका क्रममा रूमीको परिवार मक्का, मदिना, दमिश्कजस्ता धेरै महत्वपूर्ण शहरहरू हुँदै गुज्रियो। हरेक शहरमा रूमीका पिताको सम्मान हुन्थ्यो, र त्यहाँका विद्वानहरूसँग उनका भेटघाट हुन्थे।
रूमीका लागि यो यात्रा खुला किताबजस्तै थियो। उनी विभिन्न संस्कृति, मानिस र विचारहरूसँग परिचित हुँदै गइरहेका थिए। यो अनुभवले उनको किताबी ज्ञानलाई जीवनका अनुभवहरुसँग एकाकार गर्दै लगिरहेको थियो।
मंगोल आक्रमणकारी चंगेज खानका बर्बर सेनाले मध्य एसियामा विनाश मच्चाइरहेका थिए। चारैतिर डर र अनिश्चितताको वातावरण थियो। रूमीका पिता बहाउद्दीन वलदले यो खतरा महसूस गरिसकेका थिए। उनले महसुस गरे–अब यो ठाउँ उनको परिवार र ज्ञानको परम्पराका लागि सुरक्षित छैन।
यसै यात्राका क्रममा निशापुर शहरमा उनको भेट एक महान सूफी सन्त र कवि फरीदुद्दीन अत्तारसँग भयो। भनिन्छ, अत्तारले किशोर रूमीलाई देख्नेबित्तिकै यो कुनै साधारण बालक होइन भनेर चिनेका थिए । के पनि भनिन्छ भने उनले रूमीका पितालाई ‘चाँडै तपाईंको यो छोरो संसारका आध्यात्मिक प्रेमीहरूको हृदयमा आगो बाल्नेछ’ भनेका थिए ।
अत्तारले आफ्नो एक पुस्तक ‘असरारनामा’ अर्थात् ‘रहस्यहरूको किताब’ रूमीलाई उपहार दिए। यो भेट रूमीको जीवनमा गहिरो प्रभाव पार्ने घटना साबित भयो। यो घटना सही समय आएपछि एक विशाल ज्वालामुखीलाई जन्म दिने चिङ्गारीजस्तै थियो ।
धेरै वर्षको यात्रा र कठिनाइपछि अन्ततः रूमीको परिवार अनातोलियाको कोन्या शहरमा बसोबास गर्यो । उक्त शहर जुन त्यस समय सिलजुक साम्राज्यको राजधानी थियो। यहीँ रूमीको आगामी जीवन बित्ने थियो। यहीँ उनले एक साधारण विद्वानबाट “रूमी” बनाउने ज्ञान प्राप्त गर्ने वाला थिए ।
तर त्यो ज्ञान किताबहरूमा प्राप्त हुनेवाला ज्ञान थिएन। त्यो ज्ञान एक मानिसको रूपमै उनको जीवनमा प्रवेश गर्नेवाला थियो।
कोन्यामा रूमीले आफ्ना पिताको विरासतलाई अगाडि बढाए। उनी एक महान विद्वान, सम्मानित शिक्षक र आदरणीय धर्मगुरु बने। टाढा–टाढाबाट मानिसहरू उनीकहाँ ज्ञान प्राप्त गर्न आउँथे। उनको जीवन अत्यन्तै व्यवस्थित र सम्मानले भरिएको थियो। तर उनको आत्माभित्र एउटा खालीपन थियो। ज्ञानको महासागरले पनि मेट्न नसकेको एउटा प्यास थियो । उनी तर्क र बुद्धिभन्दा पर केही अरू खोजिरहेका थिए। उनी आफूभित्रका सबै शङ्काहरू जलाएर खरानी बनाइदिने आगोको खोजीमा थिए ।
र त्यो आगो चाँडै नै उनको जीवनमा एक आँधी बनेर आउनेवाला थियो। के तपाईं जान्न चाहनुहुन्छ–त्यो आँधी को थियो? कसरी एक व्यक्तिको आगमनले रूमीको सम्पूर्ण संसार, उनको सोच, उनको जीवन–सबै कुरा सधैंका लागि बदलियो?
यो कथा हो–त्यो झिल्कोको, जसले पूरै जंगल उज्यालो बनाउनेवाला थियो। र त्यो झिल्को एक घुम्मक्कड दरवेश (सूफी साधक) थियो।
ज्ञानको सूर्य र उसका सुनौला किरणहरू
कोन्या शहरमा बसोबास गरेपछि रूमीको जीवनको एक नयाँ अध्याय सुरु भयो। उनका पिता बहाउद्दीन वलदको निधनपछि उनको विरासत सम्हाल्ने सम्पूर्ण जिम्मेवारी युवा जलालुद्दीनमाथि आयो । उनले यो जिम्मेवारी अत्यन्तै राम्रोसँग निर्वाह गरे पनि।
उनले नौ वर्षसम्म बुरहानुद्दीनबाट सूफीवादका रहस्यहरू सिके। त्यसपछि ज्ञानप्रतिको आफ्नो प्यासलाई अझ शान्त पार्न उनी त्यस समयका दुई सबैभन्दा महत्वपूर्ण ज्ञानकेन्द्र अलेप्पो र दमिश्क गए।
आफ्ना पिताका एक शिष्य सैयद बुरहानुद्दीनको देखरेखमा रूमीले आफ्नो आध्यात्मिक शिक्षालाई अझ गहिरो बनाए। उनले नौ वर्षसम्म बुरहानुद्दीनबाट सूफीवादका रहस्यहरू सिके। त्यसपछि ज्ञानप्रतिको आफ्नो प्यासलाई अझ शान्त पार्न उनी त्यस समयका दुई सबैभन्दा महत्वपूर्ण ज्ञानकेन्द्र अलेप्पो र दमिश्क गए।
त्यहाँ उनले महान–महान विद्वानहरूको अधीनमा रहेर धर्मशास्त्र, कानून, साहित्य र दर्शनको गहन अध्ययन गरे। जब उनी कोन्या फर्किए, तब उनी केवल जलालुद्दीन मात्र रहेनन्, उनी मौलाना जलालुद्दीन बने। “मौलाना”को अर्थ हुन्छ–हाम्रा गुरु।
उनका कक्षाहरू सधैं विद्यार्थीहरूले खचाखच भरिएका हुन्थे। विद्यार्थीहरु मात्र होइन, शहरका महत्त्वपूर्ण अधिकारी, विद्वान र साधारण मानिसहरू पनि उनका कुरा सुन्न आउँथे।
उनी ज्ञानको त्यस्तो सूर्य बनिसकेका थिए, जसको प्रकाशले पूरै कोन्या शहर उज्यालो बनाइरहेको थियो। उनको उमेर अझै तीस वर्ष पनि पुगेको थिएन, तर उनको ज्ञान र बुझाइ धेरै गहन अनुभवी विद्वानभन्दा कम थिएन।
उनले आफ्ना पिताको मदरसामा पढाउन सुरु गरे। उनका कक्षाहरू सधैं विद्यार्थीहरूले खचाखच भरिएका हुन्थे। विद्यार्थीहरु मात्र होइन, शहरका महत्त्वपूर्ण अधिकारी, विद्वान र साधारण मानिसहरू पनि उनका कुरा सुन्न आउँथे।
उनको पढाउने तरिका अद्वितीय थियो। उनी अत्यन्तै जटिल दार्शनिक कुराहरूलाई पनि सरल कथाहरू र उदाहरणहरूको माध्यमबाट बुझाइदिन्थे। उनको आवाजमा यस्तो जादू थियो कि सुन्ने व्यक्ति मन्त्रमुग्ध हुन्थ्यो। मानिसहरू मौलाना बोल्दा ज्ञानको नदी बगिरहेको अनुभूति हुन्छ भन्थे ।
उनको जीवन एक आदर्श विद्वानको जीवन थियो। दिनमा मदरसामा पढाउनु, साँझ शहरका मानिसहरूको समस्याहरू समाधान गर्नु, धार्मिक उपदेश दिनु, र रातमा किताबहरूसँग समय बिताउनु।
उनको जीवनमा सम्मान थियो, प्रसिद्धि थियो, माया गर्ने परिवार थियो, र उनका लागि प्राण नै अर्पण गर्न तयार हजारौँ शिष्यहरू थिए। बाहिरी संसारका लागि यो एक उत्तम र सम्पूर्ण जीवन थियो।
उनलाई यो सम्पूर्ण किताबी ज्ञान, यो तर्क–वितर्क, यो पद र प्रतिष्ठा, सबै अधूरा छन् भन्ने लाग्थ्यो। यी सबै कुराहरुले दिमाग त भरिदिन्छन्, तर हृदयको प्यास मेटाउन सक्दैनन्। उनी ईश्वरलाई किताबहरूमा होइन, आफ्नै अनुभवमा महसुस गर्न चाहन्थे। उनी त्यो प्रेम जान्न चाहन्थे, जसको बारेमा सूफी सन्तहरू प्रायः कुरा गर्थे।
तर यस बाहिरी पूर्णताको पछाडि एउटा आन्तरिक अपूर्णता लुकेको थियो। रूमी आफ्नो आत्माको गहिराइमा एउटा बेचैनी महसुस गर्थे। उनलाई यो सम्पूर्ण किताबी ज्ञान, यो तर्क–वितर्क, यो पद र प्रतिष्ठा, सबै अधूरा छन् भन्ने लाग्थ्यो। यी सबै कुराहरुले दिमाग त भरिदिन्छन्, तर हृदयको प्यास मेटाउन सक्दैनन्। उनी ईश्वरलाई किताबहरूमा होइन, आफ्नै अनुभवमा महसुस गर्न चाहन्थे। उनी त्यो प्रेम जान्न चाहन्थे, जसको बारेमा सूफी सन्तहरू प्रायः कुरा गर्थे। त्यस्तो प्रेम, जसले मानिसलाई सिधै ईश्वरसँग जोडिदिन्छ। त्यस्तो प्रेम, जहाँ प्रेमी र प्रियबीच कुनै दूरी रहँदैन।
उनी बारम्बार सोच्थे– के ज्ञानको अन्त्य केवल केही नियम र कानूनहरू जान्नु मात्र हो, वा यसको उद्देश्य केही अरू नै छ? के ईश्वरसम्म पुग्ने बाटो केवल दिमाग हुँदै जान्छ? कि हृदयको पनि कुनै बाटो छ? उनको आत्मा त्यस्तो गुरुको खोजीमा थियो, जसले उनलाई यो दिमागी ज्ञानको पिंजराबाट निकालेर प्रेमको खुला आकाशमा लैजान सकोस्। उनी त्यस्तो जौहरीको प्रतीक्षामा थिए, जसले उनका भित्र लुकेको हिरालाई चिन्न सकोस् र त्यसलाई परिमार्जन सकोस्। अब उनको प्रार्थनाहरूमा ज्ञानको होइन, एक आध्यात्मिक अनुभवको चाहना थियो। उनी त्यस्तो दृष्टि चाहन्थे, जसले संसारलाई त्यही रूपमा देख्न सकोस्, जसरी ईश्वरले देख्छन् भन्ने ठानिन्छ। र भनिन्छ नि–जब शिष्य तयार हुन्छ, तब गुरु आफैं प्रकट हुन्छ।
रूमी, जो स्वयं हजारौँका गुरु थिए, अब एक शिष्य बन्नका लागि पूर्ण रूपमा तयार भइसकेका थिए। उनको आत्मा त्यो चरम बिन्दुमा पुगिसकेको थियो, जहाँ उनी आफ्नै बनाएको ज्ञानको सिंहासन त्याग्न तयार थिए।
रूमी, जो स्वयं हजारौँका गुरु थिए, अब एक शिष्य बन्नका लागि पूर्ण रूपमा तयार भइसकेका थिए। उनको आत्मा त्यो चरम बिन्दुमा पुगिसकेको थियो, जहाँ उनी आफ्नै बनाएको ज्ञानको सिंहासन त्याग्न तयार थिए। अब केवल एक संकेतको खाँचो थियो। त्यस्तो व्यक्तिको निम्तोको प्रतीक्षा थियो, जो आएर उनीसँग भनोस्– मौलाना, तपाईंले धेरै सिक्नुभयो, धेरै सिकाउनुभयो, अब प्रेमको पहिलो कक्षामा भर्ना हुन आउनुहोस् ।
त्यो व्यक्ति कोन्याका गल्लीहरूमा घुमिरहेको थियो। एक साठी वर्षको घुमन्ते दरवेश, जसको शरीरमा लगाएका वस्त्रहरूबाहेक अरू केही थिएन। तर उसका आँखामा ब्रह्माण्डको सम्पूर्ण सम्पत्ति समेटिएको थियो।

शम्स–ए–तबरेज
उसको नाम थियो–शम्स–ए–तबरेज, अर्थात् तबरेजको सूर्य। र चाँडै नै ज्ञानको यो सूर्य–मौलाना रूमी–इश्कको यो सूर्य–शम्स–ए–तबरेजसँग ठोक्किन जानेवाला थियो।
यो कुनै साधारण भेट हुनेवाला थिएन। यो दुई ब्रह्माण्डहरूको टक्कर थियो। यस्तो टक्कर, जसले इतिहासको दिशा बदल्नेवाला थियो। यस्तो टक्कर, जसले मौलाना जलालुद्दीनको अन्तरआत्माबाट “रूमी” नामको कविलाई जन्म दिनेवाला थियो।
सोच्नुहोस्– के हुन्छ जब एक शान्त र गहिरो नदीमा अचानक आकाशबाट एक जलिरहेको उल्कापिण्ड खस्छ? ठीक त्यस्तै केही हुन गइरहेको थियो।
तर त्यो भेट कसरी भयो? त्यो अनजान फकीरले त्यस्तो के प्रश्न सोध्यो कि महान मौलाना रूमी उसका चरणहरूमा ढल्न पुगे? त्यो एक क्षणमा यस्तो के जादू भयो, जसले रूमीलाई सधैंका लागि परिवर्तन गरिदियो?
सूर्यसँगको भेट र आत्माको दन्काइ
एउटा प्रश्न, जसले सम्पूर्ण ब्रह्माण्ड नै बदलिदियो।
सन् १२४४ को एउटा साधारण जस्तो देखिने दिउँसो थियो। मौलाना रूमी आफ्ना शिष्यहरूको भीडले घेरिएको मदरसाबाट घरतर्फ फर्किँदै थिए। उनी आफ्नै संसारमा मग्न थिए। सायद कुनै दार्शनिक प्रश्नमाथि विचार गरिरहेका थिए।
त्यसै बेला भीड छिचोलेर एउटा व्यक्ति उनको सामु आएर उभियो। उसका कपाल अस्तव्यस्त थिए। वस्त्र साधारण थिए, र आँखामा एउटा अनौठो चमक थियो। यस्तो चमक, जुन साधारण मानिसको आँखामा हुँदैन। त्यो व्यक्ति अरू कोही होइन, शम्स–ए–तबरेज थिए।
यो अत्यन्तै खतरनाक र कठिन प्रश्न थियो। कुनै पनि मुसलमानले पैगम्बरको तुलना अरू कसैसँग गर्ने सोच्न पनि सक्दैनथ्यो। रूमीका शिष्यहरू रिसले चूर भए। यो अनजान फकीरमा यस्तो प्रश्न गर्ने हिम्मत कसरी आयो?
उनले रूमीलाई रोके र सिधै उनका आँखामा हेर्दै एउटा प्रश्न सोधे। इतिहासमा यस पहिलो भेट र त्यो पहिलो प्रश्नबारे धेरै कथाहरू पाइन्छन्। तर सबैभन्दा प्रसिद्ध कथा निम्नानुसार छ:
शम्सले रूमीलाई सोधे, “ए संसारका महान विद्वान, मलाई एउटा कुरा बताउनुहोस्। पैगम्बर मोहम्मद महान थिए कि बायजिद बिस्तामी?” बायजिद बिस्तामी एक सूफी सन्त थिए।
यो अत्यन्तै खतरनाक र कठिन प्रश्न थियो। कुनै पनि मुसलमानले पैगम्बरको तुलना अरू कसैसँग गर्ने सोच्न पनि सक्दैनथ्यो। रूमीका शिष्यहरू रिसले चूर भए। यो अनजान फकीरमा यस्तो प्रश्न गर्ने हिम्मत कसरी आयो?
रूमीले शान्त रहँदै उत्तर दिए, “यसमा कुनै शङ्का छैन कि पैगम्बर मोहम्मद नै महान हुन्। बायजिद त उनका अनुयायीहरूमध्ये एक मात्र थिए।”
शम्सले मुस्कुराउँदै भने, “त्यसो हो भने पैगम्बरले भनेका थिए–हे ईश्वर, म तपाईंलाई त्यसरी जान्न सकिनँ, जसरी जान्नुपर्ने थियो। तर बायजिद बिस्तामीले भने–मेरो महिमा कति महान छ। मेरा वस्त्रहरूभित्र ईश्वरबाहेक केही छैन। यस्तो किन?”
यो प्रश्न बाणजस्तै रूमीको हृदयमा गड्यो। यो कुनै साधारण प्रश्न थिएन। यो त ज्ञानको विशाल समुद्रलाई एउटा थोपा भित्र समेट्ने कोशिस जस्तै थियो।
रूमी घोडाबाट ओर्लिए, र भनिन्छ– त्यहीँ उनी बेहोस भएर ढले। जब उनलाई होस आयो, उनको संसार बदलिसकेको थियो। उनले शम्सका आँखामा त्यो गहिराइ देखिसकेका थिए, जसको खोजी उनी वर्षौंदेखि गरिरहेका थिए।
हरेक प्रश्नको उत्तर दिन अभ्यस्त रुमी यो प्रश्न सुनेर स्तब्ध भए। उनले महसुस गरे–यो प्रश्न कुनै किताबबाट आएको होइन। यो त्यस्तो मानिसको अनुभवबाट आएको हो, जसले त्यो सत्यलाई बोकेर बाँचेको छ।
रूमी घोडाबाट ओर्लिए, र भनिन्छ– त्यहीँ उनी बेहोस भएर ढले। जब उनलाई होस आयो, उनको संसार बदलिसकेको थियो। उनले शम्सका आँखामा त्यो गहिराइ देखिसकेका थिए, जसको खोजी उनी वर्षौंदेखि गरिरहेका थिए।
उनीले आफ्नो सच्चा गुरु भेटिसकेका थिए।
त्यसपछि जे भयो, त्यो कोन्याको इतिहासमा कसैले देखेको थिएन। हरेक क्षण अमूल्य हुने त्यो महान विद्वान मौलाना रुमीले त्यस अनजान दरवेश शम्स–ए–तबरेजलाई आफ्नै घर लिएर गए।
उनले आफूलाई र शम्सलाई एउटै कोठामा बन्द गरे। एक दिन, दुई दिन, एक हप्ता होइन–पूरै चालीस दिनसम्म उनीहरू दुवै त्यो कोठाबाट बाहिर निस्केनन्।
यो अनजान जादूगर को हो, जसले मौलान रुमीमा यस्तो जादू गरिदिएको छ? रूमीबाट ज्ञानको भिक्षा लिन आउने मानिसहरु अब ढोकामा उभिएर प्रतीक्षा गर्न थाले। मदरसाका कक्षाहरू सुनसान भए। रूमीका किताबहरूमा धूलो जम्न थाल्यो।
बाहिर संसारमा हाहाकार मच्चियो। रूमीका शिष्यहरू चिन्तित भए। उनको परिवार व्याकुल भयो। पूरा शहर अचम्मित भयो। आखिर त्यो बन्द कोठाभित्र के भइरहेको थियो?
यो अनजान जादूगर को हो, जसले मौलान रुमीमा यस्तो जादू गरिदिएको छ? रूमीबाट ज्ञानको भिक्षा लिन आउने मानिसहरु अब ढोकामा उभिएर प्रतीक्षा गर्न थाले। मदरसाका कक्षाहरू सुनसान भए। रूमीका किताबहरूमा धूलो जम्न थाल्यो।
भित्र त्यो कोठामा ज्ञान र तर्कको संसार समाप्त हुँदै थियो, र इश्क र अनुभवको एउटा नयाँ संसार जन्म लिँदै थियो। शम्स रूमीका किताबी ज्ञानका महलहरू एक–एक गरी ढाल्दै थिए। उनी रूमीलाई बताइरहेका थिए–ईश्वरलाई जान्न दिमाग होइन, हृदय चाहिन्छ। उनलाई शब्दहरूमा होइन, मौनतामा खोजिन्छ। उनलाई किताबहरूमा होइन, आफ्नै आत्माभित्र भेटिन्छ।
शम्स कुनै उपदेश दिइरहेका थिएनन्। उनी केवल आफ्नो उपस्थितिमार्फत रूमीलाई परिवर्तन गरिरहेका थिए। उनी एउटा ऐना थिए, जसमा रूमी आफ्नै वास्तविक आत्मा देखिरहेका थिए।
चालीस दिनपछि जब त्यो कोठाको ढोका खुल्यो, बाहिर निस्किएको व्यक्ति मौलाना जलालुद्दीन थिएन। ऊ एक प्रेमी थियो। एक दीवाना थियो।उसका आँखामा संसारका लागि होइन, आफ्ना प्रियतमका लागि एउटा अनौठो आकर्षण थियो। उनले आफ्ना महँगा विद्वानजस्ता पोशाक उतारे र साधारण दरवेशको लुगा लगाए। उनले उपदेश दिन बन्द गरे र संगीत सुन्न र नाच्न थाले । त्यसरी संगीत सुन्नु र नाच्नुलाई त्यतिबेलाका कट्टरपन्थीहरूले राम्रो मान्दैनथे। तर रूमी पूर्ण रूपमा परिवर्तन भइसकेका थिए।
चालीस दिनपछि जब त्यो कोठाको ढोका खुल्यो, बाहिर निस्किएको व्यक्ति मौलाना जलालुद्दीन थिएन। ऊ एक प्रेमी थियो। एक दीवाना थियो।उसका आँखामा संसारका लागि होइन, आफ्ना प्रियतमका लागि एउटा अनौठो आकर्षण थियो।
उनले आफ्ना जीवनभरको कमाइ सबै किताबहरू, आफ्नो सम्पूर्ण पुस्तकालय–कुवामा फ्याँक्न आदेश दिए। जब एक शिष्यले अचम्म मान्दै सोध्यो, “गुरुवर, तपाईं के गर्दै हुनुहुन्छ?”
रूमीले उत्तर दिए, “अब हामीलाई यिनको आवश्यकता छैन। जुन ज्ञान हामी यी कागजहरूमा खोजिरहेका थियौँ, त्यो त हामीभित्रै मौजूद छ।”
यो परिवर्तन कसैका लागि पनि स्वीकार गर्न सजिलो थिएन। रूमीका शिष्यहरूलाई लाग्यो– शम्सले उनीमाथि कुनै कालो जादू गरिदिएको छ। उनीहरूलाई आफ्ना गुरु गुम्ने डर लाग्न थाल्यो।
उनीहरू शम्सलाई घृणा गर्न थाले। उनलाई आफ्नो शत्रु ठान्न थाले। शहरभरि शम्सविरुद्ध कुरा हुन थाल्यो। मानिसहरूको यो घृणा र ईर्ष्या यस्तो स्तरमा पुग्नेवाला थियो, जसले रूमी र शम्सको सम्बन्धलाई एउटा पीडादायक अन्त्यतर्फ लैजाने थियो।
के भयो, जब रूमीका आफ्नै शिष्यहरू उनका गुरुका शत्रु बने? मानिसहरूको घृणाले शम्समा कस्तो असर पार्यो? र कसरी यो दिव्य प्रेमकथा एक त्रासदीमा बदलिन गइरहेको थियो?
दुई शरीर, एक आत्माको त्यो कथा
जब रूमी शम्सको रङमा पूर्ण रूपमा रङ्गिए, तब कोन्या शहरमा एउटा अनौठो बेचैनी फैलियो।, आफ्ना गुरुलाई सधैं उच्च सिंहासनमा देख्न अभ्यस्त रूमीका शिष्यहरू उनलाई एक अनजान दरवेशको पछि पागलझैँ घुमिरहेको देखेर सहन सकिरहेका थिएनन्।
उनीहरूलाई लाग्थ्यो कि शम्सले उनीहरूका गुरु उनीहरूबाट खोसेका छन्। पहिले जुन महफिलहरू रूमीको ज्ञानका कुराले सजिन्थे, अब त्यहाँ संगीत, कविता र समा अर्थात् ध्यानमा घुम्दै नाच्ने–वातावरण हुन थाल्यो।
शिष्यहरूबीच कानेखुसी चल्न सुरु भयो। उनीहरूले शम्सलाई धोखेबाज र जादूगर भन्न थाले। उनीहरूले शम्सले मौलानालाई आफ्नो वशमा पारेका छन् भनी अफवाह फैलाउन थाले । उनीहरूको ईर्ष्या र घृणा दिनप्रतिदिन बढ्दै गइरहेको थियो।
यी सबै कुरा ती मानिसहरूका लागि बिल्कुलै नयाँ र अस्वीकार्य थिए। रूमीका सबैभन्दा प्रिय छोरा सुल्तान वलदसमेत आफ्ना पिताको यस परिवर्तनलाई लिएर चिन्तित थिए।
शिष्यहरूबीच कानेखुसी चल्न सुरु भयो। उनीहरूले शम्सलाई धोखेबाज र जादूगर भन्न थाले। उनीहरूले शम्सले मौलानालाई आफ्नो वशमा पारेका छन् भनी अफवाह फैलाउन थाले । उनीहरूको ईर्ष्या र घृणा दिनप्रतिदिन बढ्दै गइरहेको थियो। उनीहरूले यो बिर्सिसकेका थिए कि जुन गुरुको उनीहरूले यति सम्मान गर्छन्, उनी जो–कोहीले बहकाउन सक्ने कुनै बच्चा होइनन् । रूमीलाई आफू वरिपरि के भइरहेको छ भन्ने थाहा थियो । उनी मानिसहरूले शम्सलाई अपार घृणा गर्छन् भन्ने देखिरहेका थिए ।
तर उनी शम्सको प्रेममा यति डुबेका थिए कि कसैको पनि परवाह थिएन। उनका लागि शम्स केवल एक मित्र वा गुरु मात्र थिएनन्। उनी ईश्वरको त्यो रूप थिए, जसलाई उनी छुन सक्थे, जससँग कुरा गर्न सक्थे।
शम्स त्यो ऐना थिए, जसमा रूमीले आफ्नो वास्तविक अनुहार देख्थे। दुवै घण्टौँ सँगै बिताउँथे, यस्ता कुराहरू गर्थे, जुन अरू कसैले बुझ्न सक्दैनथ्यो। उनीहरू मौनतामै पनि एक–अर्कासँग संवाद गर्न सक्थे।
यो मित्रता, यो प्रेम, संसारको बुझाइभन्दा पर थियो। रूमीले शम्सका लागि कविता लेख्न सुरु गरे। यिनै कविताहरू पछि ‘दीवान–ए–शम्स–ए–तबरेजी’ का नामले प्रसिद्ध भयो।
शम्स त्यो ऐना थिए, जसमा रूमीले आफ्नो वास्तविक अनुहार देख्थे। दुवै घण्टौँ सँगै बिताउँथे, यस्ता कुराहरू गर्थे, जुन अरू कसैले बुझ्न सक्दैनथ्यो। उनीहरू मौनतामै पनि एक–अर्कासँग संवाद गर्न सक्थे।
यी कविताहरूमा रूमीले आफ्नो हृदयको सम्पूर्ण पीडा, सम्पूर्ण खुशी, सम्पूर्ण चाहना र सम्पूर्ण प्रेम पोखिदिए। अब उनी सुफी विद्वान मात्र रहेनन्, कवि बनिसकेका थिए।
शम्सले रूमीभित्र सुतिरहेको कलाकारलाई जगाइदिएका थिए। तर जति–जति रूमी र शम्सको प्रेम गहिरिँदै गयो, त्यति–त्यति मानिसहरूको घृणा पनि बढ्दै गयो। अब उनीहरूलाई सीधै धम्कीहरू आउन थाले। शम्स एक स्वतन्त्र चराझैँ थिए। यो बन्धन र घृणाले भरिएको वातावरण उनलाई मन परिरहेको थिएन। उनी देखिरहेका थिए कि आफ्नै कारणले रूमी कति समस्यामा परिरहेका छन्।
एक दिन, कसैलाई केही नभनी, शम्स अचानक कोन्या छोडेर गए। उनी अचानक हराए। यो थाहा पाएपछि रूमीलाई आफूमाथि मानौँ एउटा विशाल पहाड खसेझैँ भयो।
उनी शम्ससँगको सान्निध्यताबिनाको एक क्षण पनि सहन सक्दैनथे। उनका लागि संसार सुनसान भयो। उनी पागलझैँ शम्सको खोजी गर्न थाले। उनको अवस्था देखेर उनका शिष्यहरूलाई आफ्नै गल्तीको अनुभूति भयो। उनीहरूले देखे–उनीहरूले शम्सलाई होइन, आफ्ना गुरुको खुशीलाई उनीहरूबाट खोसेका रहेछन्।
रूमीको पीडा यति गहिरो थियो कि त्यो कविता बन्न थाल्यो। उनको बिछोडको दुःख सुन्दर शब्दहरूमा रुपान्तरित हुँदै बाहिर आउन थाल्यो।
उनले आफ्ना छोरा सुल्तान वलदलाई शम्सको खोजीमा पठाए। धेरै खोजपछि सुल्तान वलदले शम्सलाई दमिश्कमा भेट्टाए। उनले शम्ससँग माफी मागे र उनलाई पुनः कोन्या फर्किन आग्रह गरे।
रूमीको प्रेमका अगाडि विवश भएर शम्स फर्किए। जब शम्स पुनः कोन्या आए, रूमीको खुशीको कुनै सीमा रहेन। यस्तो लाग्यो, मानौँ उनको आत्मा पुनः उनको शरीरमा फर्किएको छ ।
केही समयका लागि सबै कुरा ठीक भयो। रूमीले शम्सको सम्मान जोगाइराख्न, उनको विवाह आफूले छोरी बनाएकी किमिया खातुनसँग गराइदिए। उनलाई लाग्यो– सायद अब मानिसहरूले शम्सलाई स्वीकार गर्नेछन्।
अनि एक रात, त्यो भयो–जसको कसैले कल्पना पनि गरेको थिएन। एउटा यस्तो घटना घट्यो, जसले रूमीलाई सधैंका लागि तोडिदियो, तर साथसाथै उनलाई अमर पनि बनाइदियो।
तर त्यस्तो भएन। घृणाको आगो अझै बलिरहेको थियो, र यसपालि यो पहिलेभन्दा पनि बढी खतरनाक थियो। रूमीका शिष्यहरू, र यहाँसम्म कि उनका एक छोरा अलाउद्दीनसमेत, यो सम्बन्ध स्वीकार गर्न तयार थिएनन्। उनीहरू ईर्ष्याले अन्धा भइसकेका थिए। उनीहरूलाई लाग्थ्यो–जबसम्म शम्स जीवित रहन्छन्, उनीहरूले आफ्ना गुरु फिर्ता पाउने छैनन्।
अनि एक रात, त्यो भयो–जसको कसैले कल्पना पनि गरेको थिएन। एउटा यस्तो घटना घट्यो, जसले रूमीलाई सधैंका लागि तोडिदियो, तर साथसाथै उनलाई अमर पनि बनाइदियो।
त्यो रातपछि शम्स–ए–तबरेजलाई कसैले फेरि कहिल्यै देखेन। आखिर त्यो रात के भयो? शम्स कहाँ गए? के उनलाई मारिएको थियो? र यस घटनाले रूमीको जीवनमा कस्तो प्रभाव पार्यो? कसरी यस सबैभन्दा ठूलो त्रासदीले संसारको सबैभन्दा महान कवितालाई जन्म दियो?
जब बिछोडको आगोले रूमीलाई शायर बनाइदियो !
शम्स–ए–तबरेजको दोस्रो पटकको गायब हुनु रुमीका लागि पहिलेभन्दा धेरै बढी रहस्यमय र पीडादायक थियो। एक रात उनी रूमीसँग सँगै बसेका थिए। त्यत्तिकैमा कसैले ढोका ढकढक्यायो र शम्सलाई बाहिर बोलायो। शम्स बाहिर गए तर फेरि कहिल्यै फर्केर आएनन्।
कसैले उनलाई जाँदै गरेको देखेन। उनी कता गए भन्ने कुराको कुनै सुराग पनि भेटिएन। मानौँ उनी हावामा विलीन भए। अधिकांश इतिहासकारहरूको मान्यता अनुसार त्यस रात रूमीका ईर्ष्यालु शिष्यहरू र उनका छोरा अलाउद्दीनले मिलेर शम्सको हत्या गरे र उनको शरीर एउटा कुवामा फ्याँके। तर यो कुरा कहिल्यै प्रमाणित हुन सकेन।
रूमीका लागि यो खबर प्रलयजस्तै थियो। उनलाई विश्वास नै भएन कि उनका सूर्य, उनका प्रियतम अब यस संसारमा छैनन्। सुरुमा त उनले यो सत्य स्वीकार गर्नै अस्वीकार गरे। उनलाई लाग्यो– शम्स फेरि रिसाएर कतै गएका छन्, र उनी उनलाई खोजेर ल्याउनेछन्।
उनले पुनः शम्सको खोजी सुरु गरे। उनी कोन्याका गल्लीहरूमा, बजारहरूमा, हरेक ठाउँमा शम्सको नाम पुकार्दै घुमिरहन्थे। मानिसहरू उनलाई देखेर अचम्म मान्थे। त्यो महान मौलाना अब एक प्रेमीझैँ आफ्नी ‘प्रियतमा’लाई खोजिरहेका थिए।
बिस्तारै रूमीलाई शम्स अब कहिल्यै फर्केर आउने छैनन् भन्ने कटु सत्य स्वीकार गर्नुपर्यो ।यो अनुभूति उनका लागि कुनै पनि मृत्यु भन्दा बढी पीडादायक थियो। उनको हृदय भत्किसकेको थियो। तर यही भत्किएको हृदयबाट जुन आवाज निस्कियो, त्यो कविता थियो।
उनले दुई पटक दमिश्कको यात्रा गरे । उनलाई शम्स त्यहीँ भेटिनेछन् भन्ने आशा थियो । तर शम्स कतै पनि भेटिएनन्। बिस्तारै रूमीलाई शम्स अब कहिल्यै फर्केर आउने छैनन् भन्ने कटु सत्य स्वीकार गर्नुपर्यो ।यो अनुभूति उनका लागि कुनै पनि मृत्यु भन्दा बढी पीडादायक थियो। उनको हृदय भत्किसकेको थियो। तर यही भत्किएको हृदयबाट जुन आवाज निस्कियो, त्यो कविता थियो। शम्सको बिछोडको आगोले रूमीभित्रको सम्पूर्ण मौनतालाई जलाएर खरानी बनाइदियो, र उनका भित्रबाट शायरीको ज्वालामुखी फूट्यो।
अब उनी हरेक कुरामा शम्सलाई देख्न थाले। हावामा, पानीमा, सूर्यको प्रकाशमा, नाचिरहेका दरवेशहरूमा– जहाँतहीँ उनलाई शम्स नै देखिन्थे। उनले भने, “म को हुँ? म आफ्नै खोजीमा छु।” यो खोज वास्तवमा शम्सकै खोज थियो।
रूमीले महसुस गरे– शम्सको शरीर भलै यो संसारबाट गएको होस्, तर उनको आत्मा, उनका प्रेम, अब रूमीकै भित्र बसिसकेको छ। उनी अब शम्सबाट अलग थिएनन्; बरु उनी स्वयं शम्स बनेका थिए।
उनले भने, “तिमी सोच्छौ कि तिमी जिउँदो छौ, किनकि तिमीभित्र आत्मा छ। तर म भन्छु–तिमी जिउँदो छौ, किनकि तिमी कसैको प्रेममा छौ।”
रूमीको सम्पूर्ण पीडा, सम्पूर्ण चाहना, उनको प्रेमको सम्पूर्ण गहिराइ अब शब्दहरूको रूपमा बग्न थाल्यो। उनी हिँड्दा, बस्दा, उठ्दा–हरेक समयमा कविता भन्न थाले। उनको अवस्था यस्तो भइसकेको थियो कि कुनै पनि धुन वा आवाज सुन्नासाथ उनी नाच्न थाल्थे, र उनका मुखबाट शेरहरू निस्किन थाल्थे।
उनका एक शिष्य हुसामुद्दीन चेलबी ती कविताहरू लेख्दै जान्थे। यही पीडा र प्रेमको संगमबाट रूमीको सबैभन्दा महान कृति ‘मसनवी’को जन्म भयो। मसनवीलाई फारसी भाषाको कुरान पनि भनिन्छ।
‘मसनवी’ करिब २६,००० शेरहरूको विशाल संग्रह हो, जसमा कथाहरू, दन्त्यकथाहरू र उपदेशहरूको माध्यमबाट सूफी दर्शनका गहिरा रहस्यहरू बुझाइएका छन्। रूमीले आफ्ना कविताहरूमा शम्सको नाम यसरी प्रयोग गरे, मानौँ उनी स्वयं शम्स नै हुन्।
उनले आफ्नो तखल्लुस अर्थात् उपनामका रूपमा “खामोश” शब्द प्रयोग गरे, किनकि उनलाई साँचो प्रेम शब्दहरूमा व्यक्त गर्न सकिँदैन, त्यसलाई केवल महसुस गर्न सकिन्छ भन्ने विश्वास थियो ।
शम्सले उनलाई जुन ऐना देखाएका थिए, अब रूमी स्वयं त्यही ऐना बनेका थिए, जसमा पूरा संसारले आफ्नो वास्तविक रूप देख्न सक्छ। उनीहरूको बिछोड अन्त्य थिएन, बरु एउटा नयाँ र अनन्त सुरुवात थियो।
शम्सको भौतिक अनुपस्थितिले रूमीलाई यस्तो आध्यात्मिक उचाइमा पुर्याएको थियो, जहाँ उनी हरेक मानिसमा, हरेक कणमा उही दिव्य प्रेम देख्न थाले। उनले सिकाए– साँचो गुरु बाहिर होइन, तिमीभित्रै छ।
शम्सले उनलाई जुन ऐना देखाएका थिए, अब रूमी स्वयं त्यही ऐना बनेका थिए, जसमा पूरा संसारले आफ्नो वास्तविक रूप देख्न सक्छ। उनीहरूको बिछोड अन्त्य थिएन, बरु एउटा नयाँ र अनन्त सुरुवात थियो।
यो त्यो बीउ मरेझैँ हुनु थियो, जसबाट एक विशाल वृक्ष उम्रिन्छ। शम्सको जानु आवश्यक थियो, ताकि रूमी वास्तवमै रूमी बन्न सकून्।
रुमीले लेखेका छन्:
बीउ माटोभित्र मर्छ,
त्यसैले रूख जन्मिन्छ।
यदि बीउले
“म मर्न चाहन्न” भन्यो भने,
हरियाली कहिल्यै देखिँदैन।
तर रूमीले आफ्नो यस महान कृति मसनवीमा अन्ततः के लेखे? उनको दर्शनको मूल सार के हो? ती कुन–कुन कुरा हुन्, जसले आज पनि, आठ सय वर्षपछि, मानिसहरूलाई आफ्नोतर्फ आकर्षित गर्छन्?
कसरी उनले प्रेम, जीवन, मृत्यु र ईश्वरका रहस्यहरू यति सरल भाषामा बुझाए? अब हामी रूमीको जीवनका घटनाहरूभन्दा अघि बढेर उनको दर्शनको गहिराइमा प्रवेश गर्नेछौं, र उनको प्रेमको त्यो मार्ग बुझ्नेछौं, जो सिधै ईश्वरसम्म पुग्छ।
कागज, कलम र मुटुको मसी
शम्स–ए–तबरेजको महाप्रस्थानपछि रूमीको जीवन आफैँ एउटा कविता बनिसकेको थियो।
उनी अब उपदेश दिदैनथे। उनी बाँच्थे र उनको बाँचाइ नै एउटा कविता थियो। उनका शिष्य हुसामुद्दीन चलेबीले उनको यस छरिएको पीडा र प्रेमलाई एउटै धागोमा गाँस्ने काम गरे।
हुसामुद्दीन रूमीका सबैभन्दा प्रिय शिष्यहरूमध्ये एक थिए। उनी रूमीको आत्मालाई बुझ्थे। उनले रूमीभित्र ज्ञान र प्रेमको यस्तो सागर छचल्किरहेको छ, जसलाई यदि समेटिएन भने संसार एउटा अत्यन्त ठूलो सम्पत्तिबाट वञ्चित हुने देखे।
उनले रूमीसँग आग्रह गरे कि उनले आफ्ना विचारहरूलाई एउटा व्यवस्थित रूपमै टिप्न दिनुहोस् । जस्तै उनीभन्दा अघि अत्तार र सनाईजस्ता सूफी कविहरूले पनि त्यसै गरेका थिए।
रूमी आफ्ना प्रिय शिष्यको कुरा टार्न सकेनन्, र यसरी मसनवी–ए–मानवी, अर्थात् आध्यात्मिक दोहाको रचना सुरु भयो।
उनी घुमिरहन्थे, नाचिरहन्थे वा बस हिँडिरहन्थे, र उनका मुखबाट लगातार शेरहरू निस्किरहन्थे। हुसामुद्दीन चलेबी तीव्र गतिमा लेख्ने मान्छेझैँ उनका पछि–पछि हिँड्थे र ती शेरहरू तुरुन्तै लेख्थे।
मसनवी लेख्ने तरिका अत्यन्तै अनौठो थियो। रूमी शान्त कोठामा बसेर सोचविचार गर्दै कविता लेख्दैनथे। उनी एउटा आध्यात्मिक आवेगको अवस्थामा हुन्थे, जसलाई “हाल” भनिन्छ।
यस अवस्थामा उनी घुमिरहन्थे, नाचिरहन्थे वा बस हिँडिरहन्थे, र उनका मुखबाट लगातार शेरहरू निस्किरहन्थे। हुसामुद्दीन चलेबी तीव्र गतिमा लेख्ने मान्छेझैँ उनका पछि–पछि हिँड्थे र ती शेरहरू तुरुन्तै लेख्थे।
कहिलेकाहीँ यो क्रम पूरै–पूरै रातसम्म चल्थ्यो। रूमी रोकिँदैनथे र हुसामुद्दीन लेख्दै–लेख्दै थाक्थे, तर उनी पनि रोकिँदैनथे। यो दृश्य निश्चय नै अद्भुत हुँदो हो। गुरु बोलिरहेका छन् र शिष्यले त्यसलाई लिपिबद्ध गरेर उनलाई अमर बनाइरहेको छ।
यसरी करिब तेह्र वर्षमा मसनवीका छ वटा खण्ड पूरा भए। यो कुनै साधारण किताब होइन। यो कथाहरूको एउटा जंगल हो।
रूमीले कुरानका आयतहरू, पैगम्बरहरूका किस्साहरू, लोककथाहरू, जनावरहरूको कथाहरू र आफ्नो दैनन्दिन जीवनका अनुभवहरूको प्रयोग गरेर आध्यात्मिक सत्यहरू बुझाएका छन्।
उनको तरिका अत्यन्त सरल छ। उनी एउटा कथा सुनाउँछन्, र त्यस कथामार्फत जीवन, आत्मा, प्रेम र ईश्वरका कुनै गहिरा रहस्यहरू उजागर गर्छन्।
जस्तै, एउटा कथामा उनी पिँजडामा बन्द तर स्वतन्त्रताको चाहना गर्ने एउटा सुगाको बारेमा बताउँछन् । ऊ आफ्नो मालिकलाई भन्छ–जब तिमी हिन्दुस्तान जान्छौ, त्यहाँका स्वतन्त्र सुगाहरूलाई मेरो अवस्था बताइदिनु।
मालिक फर्केर आएर भन्छ कि तिम्रो सन्देश सुनेर एउटा सुगा मरेको छ। तब पिँजडाको सुगा पनि मरेझैँ नाटक गर्छ। मालिकले उसलाई मरेको ठानेर पिँजडाबाट बाहिर फ्याँकिदिन्छ, र सुगा त्यहाँबाट उडेर जान्छ।
यस कथामार्फत रूमी संसारको मोह र आफ्नो “म” अर्थात् अहंकारलाई मारेर मात्र आत्माले साँचो स्वतन्त्रता पाउन सकिन्छ भन्ने बुझाउँछन् ।
मसनवीको सुरुआत नै एउटा बाँसुरीको कथाबाट हुन्छ। रूमी लेख्छन्–सुन्नुहोस्, यो बाँसुरीले के कथा भनिरहेको छ। यो आफ्ना बिछोडको पीडा बयान गरिरहेको छ।
उनी भन्छन्– जसरी बाँसुरीलाई बाँसको जंगलबाट काटेर अलग गरिएको छ, र अब ऊ फेरि त्यही जंगलमा फर्किन रोइरहेकी छ, त्यसैगरी मानिसको आत्मा पनि ईश्वरबाट बिछोडिएको छ र फेरि उसैसँग मिल्न आतुर छ।
रूमीको कविता केवल मानिसहरूका लागि मात्र होइन। त्यो सम्पूर्ण विश्वब्रम्हाण्डसँग संवाद गर्छ। उनी भन्छन्– यस संसारको हरेक वस्तु, हरेक पात, हरेक ढुंगा, हरेक तारा सबै ईश्वरको प्रेममा नाचिरहेका छन्। हामीलाई तिनलाई देख्ने आँखाहरू मात्र चाहिन्छ।
यो बाँसुरी मानिसको आत्माको प्रतीक हो, जो खाली छ, र जबसम्म ईश्वररूपी हावा त्यसबाट गुज्रँदैन, तबसम्म त्यसबाट कुनै संगीत निस्कन सक्दैन।
रूमीको कविता केवल मानिसहरूका लागि मात्र होइन। त्यो सम्पूर्ण विश्वब्रम्हाण्डसँग संवाद गर्छ। उनी भन्छन्– यस संसारको हरेक वस्तु, हरेक पात, हरेक ढुंगा, हरेक तारा सबै ईश्वरको प्रेममा नाचिरहेका छन्। हामीलाई तिनलाई देख्ने आँखाहरू मात्र चाहिन्छ।
उनले आफ्नो अर्को महान कृति दीवान–ए–शम्स–ए–तबरेजी मा आफ्नो प्रेम र विरहका भावनाहरूलाई अझ खुला रूपमा व्यक्त गरेका छन्। यो करिब चार हजार छन्दहरूको संग्रह हो र यो पूर्ण रूपमा शम्सलाई समर्पित छ।
यसमा रूमी विद्वानझैँ होइन, बरु एक दीवाना प्रेमीजस्तै बोल्छन्। उनी नाच्छन्, गाउँछन्, गुनासो गर्छन् र आफ्ना प्रियतमका लागि बेचैन रहन्छन्।
यी कविताहरू पढ्दा यस्तो लाग्छ, मानौँ कसैको मुटुको धड्कन सुनिरहेका छौं। रूमीको भाषा अत्यन्त सरल र प्रभावकारी छ। उनी कठिन शब्दहरूको प्रयोग गर्दैनन्, बरु अन्तरआत्माबाट निस्केका कुरा भन्छन्, जसले सिधै मुटुलाई छुन्छ।
यही कारणले उनका कविताहरू कुनै एक धर्म वा देशमा सीमित रहेनन्। उनले मजहबका पर्खालहरू तोडेर मानवता र प्रेमको सन्देश दिए।
तर वास्तवमा उनको दर्शनको सार के थियो? ती मुख्य कुराहरू के थिए, जुन उनी संसारलाई सिकाउन चाहन्थे? इश्क, प्रेम, मोहब्बत–यी शब्दहरूको रूमीका लागि के अर्थ थियो?
प्रेमको त्यो बाटो जो सिधै खुदासम्म पुग्छ
रूमीको दृष्टिमा प्रेम (इश्क)को वास्तविक अर्थ, रूमीको दर्शनको केन्द्र, उसको मुटु–एउटै शब्द हो: प्रेम। तर रूमीको प्रेम त्यो होइन, जसलाई हामी सामान्यतया बुझ्छौँ। यो कुनै एक मानिसबाट अर्को मानिसप्रतिको लगाव वा आकर्षण मात्र होइन।
रूमीका लागि प्रेम त्यो दिव्य शक्ति हो, जसले सम्पूर्ण ब्रह्माण्डको रचना गरेको छ र जसले यसलाई चलाइरहेको छ। यो त्यही आकर्षण हो, जसले हरेक कणलाई यसको मूल स्रोत अर्थात् ईश्वरतर्फ तानिरहेको छ।
रूमी भन्छन् कि मानिसको जीवनको एकमात्र उद्देश्य यही दिव्य प्रेमलाई प्राप्त गर्नु हो, यसलाई अनुभूति गर्नु हो, र अन्ततः यसमै विलीन हुनु हो।
रूमी दुई प्रकारका प्रेमको कुरा गर्छन्। पहिलो हो इश्क–ए–मजाजी, अर्थात् सांसारिक प्रेम, जुन हामी मानिसहरू वस्तुहरू वा संसारसँग गर्छौँ। र दोस्रो हो इश्क–ए–हकीकी, अर्थात् साँचो दिव्य प्रेम, जुन हामी ईश्वरसँग गर्छौँ।
रूमी भन्छन् कि इश्क–ए–मजाजी गलत होइन, बरु यो इश्क–ए–हकीकीसम्म पुग्ने पहिलो सिँढी हो। जब तपाईं कुनै मानिसलाई अत्यन्त प्रेम गर्नुहुन्छ, तब तपाईं आफ्नो ‘म’, आफ्नो अहंकार, उसको लागि बलिदान गर्नुहुन्छ। तपाईं उसको खुसीमा खुसी हुनुहुन्छ, उसको दुःखमा दुःखी हुनुहुन्छ।
यसले तपाईंलाई स्वार्थबाट निस्वार्थतर्फ लैजान्छ। रूमीका लागि शम्स–ए–तबरेज त्यही इश्क–ए–मजाजीको माध्यम थिए, जसले उनलाई इश्क–ए–हकीकीको बाटो देखाए। शम्सको प्रेमले रूमीको अहंकारलाई पूर्ण रूपमा नष्ट गरिदियो र उनको मुटुको ढोका त्यो दिव्य प्रेमका लागि खोलिदियो।
रूमीको मान्यता थियो कि ईश्वरसम्म पुग्ने दुई बाटाहरू छन्। एउटा हो बुद्धि र तर्कको बाटो, जो अत्यन्तै लामो र कठिन छ। यो बाटोले तपाईंलाई ईश्वरबारे बताउँछ।
दोस्रो बाटो हो इश्क र मुटुको। यो बाटो छोटो र सिधा छ। यो बाटोले तपाईंलाई ईश्वरबारे बताउँदैन, बरु तपाईंलाई ईश्वरको अनुभूति गराउँछ।
उनी भन्छन्–तर्कले तिमीलाई एउटा ठाउँबाट अर्को ठाउँसम्म लैजान सक्छ, तर इश्कले तिमीलाई सम्पूर्ण कायनातको यात्रा गराउन सक्छ।
रूमीको दर्शनको अर्को महत्त्वपूर्ण सिद्धान्त हो वहदत–अल–वजूद, अर्थात् अस्तित्वको एकता। यसको अर्थ यो संसारमा जे–जति छ, त्यो सबै एउटै सत्य, एउटै ईश्वरको रूप हो।
हामी सबै त्यही एउटै समुद्रका फरक–फरक छालहरू हौँ। धर्म, जाति, रंग, देशका नाममा हामीले बनाएका भेदहरू सबै भ्रम मात्र हुन्। जब मानिसलाई यो ज्ञान प्राप्त हुन्छ, तब उसको मुटुबाट घृणा, ईर्ष्या र भेदभाव समाप्त हुन्छ। उसले हरेक मानिसमा, हरेक जीवमा, हरेक वस्तुमा त्यही एउटै ईश्वर देख्न थाल्छ।
यसैले रूमी भन्छन्–तिमी समुद्रमा परेको एउटा थोपा होइनौ, तिमी एउटा थोपामा समेटिएको पूरा समुद्र हौ।
उनको सन्देश थियो कि ईश्वरलाई खोज्न बाहिर कतै जानु आवश्यक छैन। ऊ तिमीभित्रै उपस्थित छ। तिमीले उसलाई आफ्नै मुटुमा भेटेका छैनौ भने मन्दिर, मस्जिद, चर्च वा कुनै अन्य पूजा–स्थलमा उसलाई खोज्नु व्यर्थ छ ।
रूमीका लागि धर्मको अर्थ फगत कर्मकाण्ड होइन, बरु प्रेम थियो। उनले भने– मेरो सम्प्रदाय प्रेम हो। उनी कुनै पनि प्रकारको कट्टरताको विरोधी थिए। उनी भन्थे कि हरेक धर्म एउटै गन्तव्यसम्म पुग्ने फरक–फरक बाटाहरू हुन्। कुनै पनि बाटो अर्कोभन्दा राम्रो वा नराम्रो हुँदैन।
उनको एउटा अत्यन्त प्रसिद्ध शेर छ– म काबा र बुतखानामा उसलाई खोजिरहेँ, तर ऊ त मेरै मुटुभित्र भेटियो।
रूमीका लागि धर्मको अर्थ फगत कर्मकाण्ड होइन, बरु प्रेम थियो। उनले भने– मेरो सम्प्रदाय प्रेम हो। उनी कुनै पनि प्रकारको कट्टरताको विरोधी थिए। उनी भन्थे कि हरेक धर्म एउटै गन्तव्यसम्म पुग्ने फरक–फरक बाटाहरू हुन्। कुनै पनि बाटो अर्कोभन्दा राम्रो वा नराम्रो हुँदैन।महत्त्वपूर्ण कुरा यो हो कि तपाईं त्यो बाटोमा कति इमानदारी र प्रेमका साथ हिँडिरहनु भएको छ।
उनले हामीलाई आफ्ना कमजोरी र घाउहरू लुकाउनु हुँदैन भन्ने पनि सिकाए। उनी भन्छन्–तिम्रो भित्र जो घाउ छ, उज्यालो त्यहीँबाट तिमीभित्र प्रवेश गर्छ। यसको अर्थ हाम्रो दुःख, हाम्रो पीडा र हाम्रो गल्तीहरूले नै हामीलाई बलियो बनाउँछन् र हामीलाई आध्यात्मिक विकासको अवसर दिन्छन्।
तर आजको यस भागदौडले भरिएको जीवनमा हामी रूमीका यी आठ सय वर्ष पुराना कुराहरू कसरी लागू गर्न सक्छौँ? के उनका दर्शन आज पनि त्यत्तिकै सान्दर्भिक छन्? हामी कसरी आफ्ना दैनिक तनाव, एक्लोपन र अर्थहीनताको अनुभूतिलाई रूमीका शिक्षाबाट टाढा गर्न सक्छौँ?
८०० वर्ष पुरानो त्यो ज्ञान जो अझै प्रासङ्गिक छन्
आजको संसारमा हामी सबै एक अनौठो दौडमा सहभागी छौँ। पैसा, सफलता र प्रसिद्धि प्राप्त गर्ने दौड। यस दौडमा हामी प्रायः आफूलाई एक्लो, थकित र तनावले भरिएको पाउँछौँ। हामीलाई लाग्छ कि हाम्रो जीवनको कुनै गहिरो अर्थ छैन। यस्तो अवस्थामा रूमीका शिक्षाहरू हाम्रो थाकेको आत्मालाई शान्ति दिन सक्ने चिसो झरनाजस्तै हुन् ।
रूमीको दर्शनलाई हामी आफ्नो दैनिक जीवनमा कसरी अपनाउन सक्छौँ त ?
सबैभन्दा पहिले रूमीले हामीलाई वर्तमानमा बाँच्न सिकाउँछन्। हामी प्रायः या त आफ्नो अतीतका पछुतोमा बाँचिरहेका हुन्छौँ वा भविष्यका चिन्तामा हराइरहेका हुन्छौँ। यस कारण हामी अहिलेको क्षणलाई जिउन बिर्सन्छौँ। रूमी भन्छन्, अतीत र भविष्यले ईश्वरबाट हामीलाई पर्दा लगाइदिन्छन्। दुवैलाई आगो लगाइदेऊ। कति समय तिमी यी दुवैको बीचमा बर्बाद गर्नेछौ? यसको अर्थ हामीले हरेक क्षणलाई पूर्ण सजगताका साथ र प्रेमका साथ जिउनुपर्छ। जब तपाईं आफ्नो काम गर्दै हुनुहुन्छ, तब केवल त्यही गर्नुहोस्। जब तपाईं आफ्नो परिवारसँग हुनुहुन्छ, तब उनीहरूलाई आफ्नो पूरा ध्यान दिनुहोस्। यही साँचो ध्यान हो।
रूमीले हामीलाई वर्तमानमा बाँच्न सिकाउँछन्। हामी प्रायः या त आफ्नो अतीतका पछुतोमा बाँचिरहेका हुन्छौँ वा भविष्यका चिन्तामा हराइरहेका हुन्छौँ। यस कारण हामी अहिलेको क्षणलाई जिउन बिर्सन्छौँ। रूमी भन्छन्, अतीत र भविष्यले ईश्वरबाट हामीलाई पर्दा लगाइदिन्छन्। दुवैलाई आगो लगाइदेऊ।
दोस्रो कुरा, रूमीले हामीलाई आत्मप्रेम सिकाउँछन्, अर्थात् आफूलाई माया गर्नु। हामी प्रायः अरूलाई खुसी पार्ने वा अरूको नजरमा राम्रो बन्ने प्रयासमा आफूलाई बिर्सन्छौँ। हामी आफ्ना कमजोरीहरूसँग घृणा गर्छौँ र आफूलाई दोष दिन्छौँ। रूमी भन्छन्, तिम्रो काम प्रेम खोज्नु होइन, बरु आफ्नै भित्र ती सबै अवरोधहरू खोज्नु हो, जुन तिमीले त्यसको विरुद्धमा बनाएका छौ। यसको अर्थ प्रेम हाम्रो भित्रै छ। हामीले केवल आफ्नो नकारात्मक सोच र असुरक्षाका पर्खालहरू भत्काउनुपर्छ। आफूलाई जस्तो छौँ, आफ्ना सबै गुण र कमजोरीसहित त्यस्तै स्वीकार गरौँ । जब तपाईं आफूलाई माया गर्न सिक्नुहुन्छ, तब मात्रै तपाईं अरूलाई साँचो प्रेम दिन सक्नुहुन्छ।
तेस्रो महत्वपूर्ण शिक्षा हो परिवर्तनलाई स्वीकार गर्नु। जीवन कहिल्यै एउटैजस्तो रहँदैन। यसमा सुख–दुःख, सफलता–असफलता सबै आउँछन् र जान्छन्। हामी प्रायः परिवर्तनसँग डराउँछौँ र पुराना कुराहरूलाई समातेर राख्न चाहन्छौँ। रूमी भन्छन्, उदास नहुनुहोस्। तपाईंले जे गुमाउनुहुन्छ, त्यो कुनै अर्को रूपमै फर्केर आउँछ। उनले हामीलाई हरेक अन्त्य एउटा नयाँ सुरुवातको संकेत हो भन्ने सिकाउछन्। रुमीका अनुसार जीवनका हरेक चुनौतीले हामीलाई केही न केही सिकाउन आउँछ। हामीले कठिनाइबाट भाग्नु हुँदैन, बरु तिनको सामना गर्नुपर्छ र तिनबाट सिक्नुपर्छ।
चौथो कुरा हो आफ्नो जुनून खोज्नु। रूमीको मान्यता थियो कि हरेक मानिस यस संसारमा कुनै विशेष उद्देश्यका साथ आएको हुन्छ। हामीले त्यो काम खोज्नुपर्छ, जसलाई गर्दा हामीलाई सबैभन्दा धेरै खुशी मिल्छ र जसले हाम्रो आत्मालाई पुकार्छ। उहाँ भन्छन्, हरेक व्यक्तिलाई कुनै खास कामका लागि बनाइएको छ, र त्यस कामको इच्छा हरेक हृदयमा राखिएको छ। जब तपाईं त्यो काम गर्नुहुन्छ, जसलाई तपाईं माया गर्नुहुन्छ, तब त्यो काम काम मात्र रहँदैन, प्रार्थना बन्छ। यसले तपाईंको जीवनमा नयाँ अर्थ र उत्साह भरिदिन्छ।
रूमीका यी कुराहरू कुनै किताबको ज्ञानजस्ता मात्र होइनन्, बरु जीवन जिउने व्यावहारिक तरिकाहरू हुन्। यी हामीलाई सम्झाउँछन् कि खुसी बाहिरी वस्तुहरूमा होइन, बरु हाम्रो भित्र, हाम्रो दृष्टिकोणमा हुन्छ।
र सबैभन्दा अन्त्यमा, रूमीले हामीलाई आभार, अर्थात् कृतज्ञ हुने कला सिकाउँछन्। हामी प्रायः ती कुराहरूमा ध्यान दिन्छौँ, जो हामीसँग छैनन्, र ती अनगिन्ती अवसरहरू बिर्सन्छौँ, जो हामीले पाएका छौँ। रूमी भन्छन्, हरेक बिहान जब तपाईं उठ्नुहुन्छ, यस प्रकाशका लागि, यस जीवनका लागि, आफ्नी शक्तिका लागि कृतज्ञ छु भनेर धन्यवाद दिनुहोस्। आभारको भावनाले हाम्रो दृष्टिकोणलाई नकारात्मकबाट सकारात्मकतर्फ परिवर्तन गर्छ र हाम्रो जीवनमा अझ बढी खुसीहरूलाई आकर्षित गर्छ।
रूमीका यी कुराहरू कुनै किताबको ज्ञानजस्ता मात्र होइनन्, बरु जीवन जिउने व्यावहारिक तरिकाहरू हुन्। यी हामीलाई सम्झाउँछन् कि खुसी बाहिरी वस्तुहरूमा होइन, बरु हाम्रो भित्र, हाम्रो दृष्टिकोणमा हुन्छ। रूमीको अर्को एक अत्यन्त सुन्दर देन पनि छ, जुन उनको दर्शनको जीवित रूप हो। समा, अर्थात् घुम्ने दरवेशहरूको ध्यान नृत्य।
घुमिरहने आत्माको पूरा ब्रह्माण्ड समाहित हुने त्यो नृत्य
तपाईंले सायद कहिल्यै तस्बिरहरू वा भिडियोहरूमा सूफी दरवेशहरूलाई सेतो लामो चोगा र अग्लो टोपी लगाएर गोल–गोल घुमिरहेको देख्नुभएको होला। यो कुनै साधारण नृत्य होइन। यो गहिरो ध्यानको प्रक्रिया हो, जसलाई समा भनिन्छ। समा शब्दको अरबी अर्थ “सुन्नु” हो। यो रूमी र उहाँका अनुयायीहरूले सुरु गरेको एक अनौठो परम्परा हो, जो आज पनि टर्कीको कोन्या सहरमा र संसारका धेरै भागहरूमा जीवित छ।
यस नृत्यको पछाडि गहिरो दार्शनिक र प्रतीकात्मक अर्थ लुकेको छ। यो नृत्य ब्रह्माण्डको गतिको प्रतीक हो। जसरी सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्। जसरी एउटा इलेक्ट्रोन नाभिकको वरिपरि घुम्छ। त्यसैगरी यो दरवेश पनि एउटा केन्द्रको वरिपरि घुम्छ।
यस नृत्यमा दरवेशको एउटा हात आकाशतर्फ उठेको हुन्छ, जसको अर्थ ईश्वरबाट कृपा प्राप्त गर्नु हो, र अर्को हात जमिनतर्फ झुकेको हुन्छ, जसको अर्थ त्यो कृपालाई सम्पूर्ण मानवतामा बाँड्नु हो। दरवेश स्वयं ईश्वर र मानिसको बीचको माध्यम बन्छ। उनीहरूको सेतो चोगा उनीहरूको कफनको प्रतीक हो, जसले अहंकारको मृत्यु जनाउँछ। उनीहरूको अग्लो खैरो टोपी उनीहरूको अहंकारको समाधिस्थलको ढुंगो हो।

संगीत तीव्र बन्दै जाँदा दरवेशहरूको घुम्ने गति पनि तीव्र हुँदै जान्छ। उनीहरूले आफ्ना आँखा बन्द गर्छन् र टाउको एकातर्फ झुकाउँछन्। यस घुम्ने प्रक्रियामा उनीहरूको मन बिस्तारै शान्त हुँदै जान्छ। विचारहरू रोकिँदै जान्छन् र उनीहरू यस्तो अवस्थासम्म पुग्छन्, जहाँ “म” र “तिमी”को भेद मेटिन्छ।
जब उनीहरू नाच्न सुरु गर्छन्, तब उनीहरूले आफ्नो कालो बाहिरी चोगा उतारिदिन्छन्, जसको अर्थ उनीहरू सांसारिक मोह–मायालाई त्यागेर आध्यात्मिक संसारमा प्रवेश गरिरहेका छन्। यो नृत्य धेरै बिस्तारै सुरु हुन्छ। संगीत, जसमा मुख्य रूपमा बाँसुरी, ड्रम र रबाबजस्ता वाद्ययन्त्रहरूको सङ्गीतले तपाईंलाई अर्कै संसारमा पुर्याउने वातावरण सिर्जना गर्छ । बाँसुरीको पीडाभरिएको स्वरले आत्माको ईश्वरसँगको बिछोडको दुःखलाई देखाउँछ।
संगीत तीव्र बन्दै जाँदा दरवेशहरूको घुम्ने गति पनि तीव्र हुँदै जान्छ। उनीहरूले आफ्ना आँखा बन्द गर्छन् र टाउको एकातर्फ झुकाउँछन्। यस घुम्ने प्रक्रियामा उनीहरूको मन बिस्तारै शान्त हुँदै जान्छ। विचारहरू रोकिँदै जान्छन् र उनीहरू यस्तो अवस्थासम्म पुग्छन्, जहाँ “म” र “तिमी”को भेद मेटिन्छ। उनीहरूलाई केवल एउटै कुराको अनुभूति रहन्छ– ईश्वरको प्रेम।
यो यस्तो प्रक्रिया हो, जसमा दरवेशले आफ्नो अहंकार र आफ्नो पहिचानलाई पूर्ण रूपमा मेटाइदिन्छ र ईश्वरको इच्छाप्रति आफूलाई समर्पित गरिदिन्छ। उनी केवल एउटा खाली पात्र बन्छ, जसमा ईश्वरको प्रेम भरिन सकोस्। यो नृत्य कुनै प्रदर्शन होइन। यो एउटा प्रार्थना हो। शरीरमार्फत गरिने एउटा इबादत हो।
रूमीको विश्वास थियो कि संगीत र नृत्यले आत्मालाई त्यस्ता उचाइहरूसम्म पुर्याउन सक्छ, जहाँ शब्दहरू पुग्न सक्दैनन्। शम्स–ए–तरबेजसँग भेट भएपछि रूमी स्वयं पनि प्रायः समामा हराइरहन्थे। भनिन्छ, उनी धेरै–धेरै घण्टासम्म नरोकिइकन घुमिरहन्थे, र यही अवस्थामा उनका मुखबाट कविताहरू निस्कन्थे।
उनको पछि उनका अनुयायीहरूले यसलाई एउटा व्यवस्थित परम्पराको रूप दिए, जसलाई मेवलेवी सिलसिला भनिन्छ। आज पनि संसारभरिबाट मानिसहरू कोन्या आएर यो आत्मिक अनुभवलाई हेर्न र महसुस गर्न आउँछन्। यो नृत्यले हामीलाई सम्झाउँछ कि हामी सबै पनि यस ब्रह्माण्डको नृत्यको हिस्सा हौँ। हामीले पनि आफ्नो अहंकार त्यागेर जीवनको प्रवाहसँग बग्न सिक्नुपर्छ। हामीले आफ्ना हृदयको संगीत सुन्नुपर्छ र प्रेमको धुनमा नाच्नुपर्छ।
रूमीले हामीलाई धर्मको यस्तो रूप दिए, जो कर्मकाण्डहरूबाट मुक्त र प्रेमले भरिपूर्ण छ। उनले हामीलाई कसरी कला, संगीत र नृत्य पनि ईश्वरसम्म पुग्ने माध्यम बन्न सक्छन् भन्ने कुरा व्यवहारिक रुपमै देखाए ।
त्यो आवाज, जो शताब्दियौंसम्म गुञ्जिरहन्छ
करिब ६६ वर्षका उमेरमा अर्थात डिसेम्बर १२७३ मा रूमीले भौतिक रुपमा यस संसारबाट विदा भए। तर उनी सधैँका लागि मानव हृदयमा बस्न पुगे। उनको मृत्यु कुनै शोकको अवसर थिएन, बरु एउटा उत्सव थियो। उनी स्वयंले भनेका थिए– उनको मृत्युको दिन उनको विवाहको दिन जस्तै उत्सवको दिन हुनेछ, किनकि त्यस दिन उनको आत्माले अन्ततः आफ्ना प्रियतम ईश्वरसँग भेट्नेछ। त्यसैले आज पनि हरेक वर्ष कोन्यामा उहाँको पुण्यतिथिमा एक विशाल उत्सव मनाइन्छ, जसमा हजारौँ मानिसहरू सहभागी हुन्छन्।
रूमीको विरासत केही पुस्तकहरू वा एउटा समाधि मात्र होइन। उनको साँचो विरासत त्यो प्रेमको सन्देश हो, जुन उनले सम्पूर्ण संसारलाई दिए । यस्तो सन्देश, जो कुनै धर्म, कुनै देश वा कुनै भाषाको सीमामा बाँधिएको छैन। यही कारणले आज अमेरिका देखि इरानसम्म, युरोपदेखि भारतसम्म, हरेक ठाउँमा रूमीलाई पढिन्छ र सराहना गरिन्छ। वास्तवमा उनका विचारहरु पूर्व र पश्चिमबीचको पुलजस्तै छन्।
उनले हामीलाई मानव हुनुको साँचो अर्थ के हो भन्ने सिकाए। यसको अर्थ हो प्रेम गर्नु, माफ गर्नु, अरूको पीडा महसुस गर्नु, र हरेक मानिसमा ईश्वरको अंश देख्नु। उनले हामीलाई आफ्ना भावनाहरूबाट डराउन होइन, बरु तिनलाई अँगाल्न सिकाए। उनले हामीलाई हाम्रो पीडा, हाम्रो बेचैनी र हाम्रा कमजोरीहरूलाई सही दिशा प्रदान गर्न सक्यौं भने त्यो नै हाम्रो सबैभन्दा ठूलो शक्ति बन्न सक्छन् भन्ने पनि देखाए ।
रुमीले हामीलाई जीवनको सबैभन्दा ठूलो खतरा भनेको नै कुनै जोखिम मोल्न तयार नहुनु हो भन्ने पनि सिकाए । उनका अनुसार हामीले आफ्नो आरामको घेराभन्दा बाहिर निस्कनै पर्छ। तब मात्र हामीले आफ्नो साँचो स्वरूप भेट्टाउन सक्छौँ।
रूमीको जीवनले हामीलाई साँचो परिवर्तन भित्रबाट नै आउँछ भन्ने पनि सिकाए। रुमी एक सफल र सम्मानित विद्वान थिए, तर उनले आफ्नो आत्माको आवाज सुने र सबै कुरा त्याग्ने साहस देखाए। उनले हामीलाई जीवनको सबैभन्दा ठूलो खतरा भनेको नै कुनै जोखिम मोल्न तयार नहुनु हो भन्ने पनि सिकाए । रुमीका अनुसार हामीले आफ्नो आरामको घेराभन्दा बाहिर निस्कनै पर्छ। तबमात्र हामीले आफ्नो साँचो स्वरूप भेट्टाउन सक्छौँ।
उनको कथाले हामीलाई एउटा साँचो गुरुले तपाईंको जीवनलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने पनि देखाए। शम्स–ए–तरबेजले रूमीलाई कुनै नयाँ ज्ञान दिएनन्। उनले त केवल रूमीको भित्र पहिल्यै रहेको ज्ञान र प्रेमलाई बाहिर ल्याइदिए । एक साँचो गुरु तपाईंलाई उत्तर दिँदैन, उनले तपाईंलाई सही प्रश्न सोध्न सिकाउछन् ।
रूमीको सबैभन्दा महत्वपूर्ण शिक्षा यही हो कि जीवनको अन्तिम लक्ष्य प्रेम हो। हरेक कुरा प्रेमबाट सुरु हुन्छ र प्रेममै समाप्त हुन्छ। यदि हामीले आफ्नो हृदयमा प्रेमलाई जागृत गर्यौँ भने, हामी केवल आफ्नो जीवन मात्र होइन, पूरै संसारलाई परिवर्तन गर्न सक्छौँ। त्यसैले, जब–जब तपाईं आफूलाई एक्लो, दुःखी वा भट्किएको महसुस गर्नुहुन्छ, रूमीका केही पङ्क्तिहरू सम्झनुहोस्। उनको आवाज शताब्दियौं पार गर्दै तपाईंको हृदयसम्म पुग्नेछ र तपाईंलाई सम्झाउनेछ कि तपाईं एक्लो हुनुहुन्न। तपाईं त्यो दिव्य प्रेमको अंश हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई चलाइरहेको छ।
“तिमी यहाँ पाहुना हौ। यस घरलाई छोडिदेऊ। यसलाई जल्न देऊ।
तिमीले खोजेको कुरा कतै अरू नै छ।”
रूमीका यी शब्दहरूले हामीलाई सम्झाउँछन् कि यो संसार एउटा धर्मशाला हो, र हाम्रो साँचो गन्तव्य कतै अरू नै छ, त्यो दिव्य प्रेमको काखमा।
सामग्री स्रोत: अडियोबुक लिजेण्ड ।
नेपाली रुपान्तरण, सम्पादन एवं पुनर्लेखन: हर्कबहादुर प्रधान
हाकिमको भोज
रूसी चरित्र
रेबीज : अत्यन्तै घातक तर बेलैमा उपचार गरे रोकथाम गर्न सकिने रोग
नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
वार्सा प्याक्टको विघटनपछि नेटो किन जारी रह्यो ?
कार्ल मार्क्सको कालजयी कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’
नेता नम्बर एक सय एक
प्रतिक्रिया