हाकिमको भोज

आज मिस्टर शामनाथको घरमा हाकिमको लागि भोज आयोजना गरिएको थियो।

शामनाथ र उनकी धर्मपत्नीलाई पसिना पुस्न समेत फुर्सत पनि थिएन। ड्रेसिङ्ग गाउन लगाएकी पत्नीले उल्झिएको कपालको जुरो बनाएर, मुखमा फैलिएको लाली र पाउडर मलिरहेकी थिइन् । मिस्टर शामनाथ चुरोटमाथि चुरोटको सर्को तान्दै, सामानको सूची हातमा समातेका, एक कोठाबाट अर्को कोठातर्फ आउजाउ गरिरहेका थिए।

अन्त्यमा पाँच बज्दाबज्दै तयारी पूरा हुन थाल्यो। कुर्सीहरू, मेज, त्रिपाई, न्यापकिन, फूल, सबै बरन्डामा पुर्‍याइयो। ड्रिङ्कको व्यवस्था बैठकमा गरियो। अब घरको काम नलाग्ने सामान आलमारीहरूको पछाडि र पलङहरूको मुनि लुकाइँदै थियो। त्यसो गरिरहँदा शामनाथसामु अचानक एक अड्चन आइलाग्यो– आमालाई चाहिँ के गर्ने ?

यस कुरामा न उनको न उनकी कुशल गृहिणीको ध्यान गएको थियो। श्रीमतीतर्फ फर्केर मिस्टर शामनाथले अङ्ग्रेजीमा सोधे – ‘आमालाई के गर्ने?’

अब घरको काम नलाग्ने सामान आलमारीहरूको पछाडि र पलङहरूको मुनि लुकाइँदै थियो। त्यसो गरिरहँदा शामनाथसामु अचानक एक अड्चन आइलाग्यो आमालाई चाहिँ के गर्ने ?

श्रीमती काम गर्दै–गर्दै रोकिइन्, र केहीबेर सोचेर भनिन्– ‘उनलाई पछाडितिर उनकी साथीको घरमा पठाइदेऊ, रातभर त्यहीँ बसून्। भोलि फर्काउँला।’

शामनाथ चुरोट मुखमै राखेर, चिम्सो आँखाले श्रीमतीको अनुहारतर्फ हेरिरहे, केही क्षण सोचे, अनि टाउको हल्लाउँदै भने – ‘हुँदैन, म चाहदिनँ कि ती बुढीको आउजाउ यहाँ फेरि सुरु होस्। पहिले नै धेरै मुश्किलले बन्द गरेको थिएँ। आमालाई भन कि छिट्टै खाना खाएर चाँडै आफ्नै कोठामा जाउन्। पाहुनाहरू आठ बजेतिर आउलान्, त्यसअघि नै उनले आफ्ना काम सकून्।’

सुझाव ठीक थियो। दुवैलाई मन पर्‍यो। तर अचानक श्रीमती बोलिन् - ‘तर उनी निदाइन् र  निद्रामा घुर्न थालिन्, भने? छेउमै त बरन्डा छ, जहाँ मानिसहरूले खाना खानेछन्।’
‘अनि उनलाई भित्रबाट ढोका बन्द गर्न भनिदिनुस्। म बाहिरबाट ताल्चा लगाइदिन्छु। वा आमालाई भन्दिन्छु कि भित्र गएर नसुत्नू, बसिरहनू, अनि के?’

‘तर सुतिन् भने? डिनर कत्तिबेलासम्म चल्छ, के थाहा? एघार–एघार बजेसम्म त तिमी ड्रिङ्क नै गरिरहन्छौ।’’

शामनाथ अलिकति झोक्किए, हात झटार्दै भने - ‘राम्रो  त उनी दाइकोमा जाँदै थिइन्। तिमीले आफैं नै आफू राम्रो देखाउन बीचमै टाङ अडाइदियौ!’

आमा भित्तामा टाँसिएर एक चौकीमा बसेकी, पछ्यौरीले मुख–टाउको ढाकेकी, माला जपिरहेकी थिइन्। बिहानदेखि तयारी हुँदै गरेको देख्दा आमाको पनि मुटु ढुकढुक गरिरहेको थियो। छोराको अफिसको ठूलो साहेब घरमा आइरहेको छ, सारा काम सहज ढङ्गले चलोस्।

‘वाह! तिमी आमा र छोराको कुरामा म किन खराब बनूँ? तिमी जान, उनी जानून्।’

मिस्टर शामनाथ चुप लागे। यो बेला बहस गर्ने होइन, समस्या समाधान गर्ने थियो। उनले फर्केर आमाको कोठातिर हेरे। कोठाको ढोका बरन्डामा खुल्थ्यो। बरन्डातिर हेर्दै फ्याट्ट भने - ‘मैले सोचिसकेको छु,’ र त्यहीँ कदमले आमाको कोठाको बाहिर गएर उभिए। आमा भित्तामा टाँसिएर एक चौकीमा बसेकी, पछ्यौरीले मुख–टाउको ढाकेकी, माला जपिरहेकी थिइन्। बिहानदेखि तयारी हुँदै गरेको देख्दा आमाको पनि मुटु ढुकढुक गरिरहेको थियो। छोराको अफिसको ठूलो साहेब घरमा आइरहेको छ, सारा काम सहज ढङ्गले चलोस्।

‘आमा, आज तपाईंले खाना छिटो खाइदिनू। पाहुनाहरू साढे सात बजे आइपुग्नेछन्।’

आमाले बिस्तारै मुखबाट पछ्यौरी हटाइन् र छोरातर्फ हेरिन्, ‘आज मलाई खाना खानु छैन, छोरा। तिमीलाई त थाहा छ, मासु–माछा पाक्यो भने म केही खान्न।’

‘जसरी भए पनि, आफ्नो काम छिटो सकिदिनू।’

‘हुन्छ, छोरा।’

‘र आमा, हामी पहिले बैठकमा बस्नेछौँ। त्यतिबेलासम्म तपाईं यहाँ बरन्डामै बसिरहनू। अनि जब हामी यहाँ आइपुग्छौँ, तपाईं बाथरुमको बाटो भएर बैठकमा जानू।’

र आमा, आज छिट्टै सुत्न नजानु है। तपाईं घुरेको आवाज टाढासम्म सुनिन्छ।’ आमा लजाएजस्तो स्वरमा भनिन् - ‘के गरूँ, छोरा, मेरो नियन्त्रणको कुरा हैन। बिरामी भएर उठेदेखि नाकले सास फेर्नै सक्दिनँ।’

आमाले छोराको अनुहार अचम्म मानेर हेर्न थालिन्। अनि बिस्तारै भनिन् - ‘हुन्छ छोरा।’

‘र आमा, आज छिट्टै सुत्न नजानु है। तपाईं घुरेको आवाज टाढासम्म सुनिन्छ।’

आमा लजाएजस्तो स्वरमा भनिन् - ‘के गरूँ, छोरा, मेरो नियन्त्रणको कुरा हैन। बिरामी भएर उठेदेखि नाकले सास फेर्नै सक्दिनँ।’

मिस्टर शामनाथले व्यवस्था त गरिदिए, तर पनि उनको मनको तानाबाना अन्त्य भएन। हाकिम अचानक त्यता आइपुगे भने? आठ–दस पाहुनाहरु हुनेछन्, देसी अफिसरहरु, तिनकी श्रीमतीहरू हुनेछन्, जो कोही पनि बाथरुमतिर जान सक्छ। क्षोभ र क्रोधमा उनी झर्किन थाले। एउटा कुर्सी उठाएर बरन्डामा कोठाको बाहिर राख्दै भने - ‘आउनू आमा, यसमा एकछिन बस्नू त।’

आमाले माला सम्हाल्दै, पल्लु सम्हाल्दै उठिन्, र बिस्तारै कुर्सीमा आएर बसिन्।

‘यस्‍तरी होइन, आमा, खुट्टा माथि चढाएर बसिँदैन। यो खाट होइन।’
आमाले खुट्टा तल झारिन्।

‘र भगवानको कसम, खाली खुट्टै नहिँड्नू। न त त्यो खडाऊँ लगाएर नै सामुन्ने आउनू। कुनै दिन तिम्रो त्यो खडाऊँ उठाएर म बाहिर फालिदिन्छु।’

आमा चुप रहिन्।

‘लुगा कुन लगाउनुहुन्छ, आमा?’

‘जे छ, त्यही, छोरा। जे भन्छौ, त्यहीँ लगाइदिन्छु।’

शामनाथलाई हाकिमको साक्षात्कार आमासँग भयो भने कतै लज्जित हुन नपरोस् भन्ने चिन्ता थियो । आमालाई टाउकादेखि खुट्टासम्म हेर्दै भने - ‘तपाईंले सेतो कमिज र सेतो सलवार लगाइदिनू आमा। लगाइआउनू त, एकपटक हेरूँ।’

मिस्टर शामनाथले चुरोट मुखमै राखे, अनि आधा खुलेका आँखाले आमातिर हेर्न थाले, अनि आमाका कपडाको बारे विचार गर्न थाले। शामनाथ हरेक कुरा सिलसिलेवर मिलेको चाहन्थे। घरको सबै सञ्चालन उनीकै हातमा थियो। कपडा झुण्डाउने किलाहरू कोठामा कहाँ राख्ने, ओछ्यान कहाँ ओछ्याउने, कुन रंगका पर्दा लगाउने, श्रीमतीले कुन सारी लगाउने, मेज कस्तो साइजको हुने… शामनाथलाई हाकिमको साक्षात्कार आमासँग भयो भने कतै लज्जित हुन नपरोस् भन्ने चिन्ता थियो । आमालाई टाउकादेखि खुट्टासम्म हेर्दै भने - ‘तपाईंले सेतो कमिज र सेतो सलवार लगाइदिनू आमा। लगाइआउनू त, एकपटक हेरूँ।’

आमा बिस्तारै उठिन् र आफ्नो कोठामा कपडा फेर्न गइन्।

‘यो त आमाको झमेलै हुन्छ,’ उनले फेरि अंग्रेजीमा आफ्नी श्रीमतीसँग भने - ‘कुनै ढंगको कुराभए त कसैले भन्दा हुन्थियो नि । कतै उल्टोपाल्टो कुरा भयो, हाकिमलाई खराब लाग्यो भने सारा मजा बिग्रन्छ।’

आमा सेतो कमिज र सेतो सलवार लगाएर बाहिर निस्किन्। सानो कद, सेता कपडामा बेरिएको, सानो सुख्खा शरीर, धमिलो आँखाहरू, टाउकाका आधा झरेका कपाल मात्र पल्लुको आडमा लुक्न सकेका थिए। पहिलेभन्दा अलिक कम कुरुप मात्रै देखिएकी थिइन्।

‘हिँड्नू, ठीक छ। कुनै चुरा–सुरा हो भने त्यो पनि लगाइदिनू। कुनै आपत्ति छैन।’

‘चुरा कहाँबाट ल्याउँ, छोरा? तिमीलाई त थाहा छ, सबै गहना तिम्रो पढाइमै बिक्यो।’

यो वाक्य मिस्टर शामनाथलाई तीरझैं लाग्यो। झर्कँदै भने - ‘यो कस्तो राग छेड्यौ, आमा! सिधै भनिदेऊ, गहना छैन बरु! यसमा पढाइ–सडाइको के सम्बन्ध! जो गहना बिक्यो, केही बनेर नै आएको छु, कंगाल भएर त फर्किएको छैन। जतिसुकै दियौँ, दोब्बर लिएर जानू।’

‘मेरो जिब्रो जलोस्, छोरा, तिमीबाट गहना लिन्छु? मेरो मुखबाट अनायश नै निस्कियो। जो हुन्थे, लाखपल्ट लगाएँथें!’

जाने बेलामा शामनाथले फेरि आमालाई चेतावनी दिए - ‘आमा, अरु दिनमा जस्तै झोक्राएर बसिरहने होइन। साहेब यहाँ आइपुग्नु भयो र केही कुरा सोध्नुभयो भने ठीक तरिकाले जवाफ दिनू।’

साढे पाँच बजिसकेको थियो। अझै मिस्टर शामनाथले पनि नुहाएर तयार हुनुपर्ने थियो। श्रीमती अगाडि नै आफ्नो कोठामा गइसकेकी थिइन्। जाने बेलामा शामनाथले फेरि आमालाई चेतावनी दिए - ‘आमा, अरु दिनमा जस्तै झोक्राएर बसिरहने होइन। साहेब यहाँ आइपुग्नु भयो र केही कुरा सोध्नुभयो भने ठीक तरिकाले जवाफ दिनू।’

म न पढेकी, न लेखेकी, छोरा, म के कुरा गर्छु। तिमी भनिदेऊ, आमा अशिक्षित छिन्, केही जान्दिन–बुझ्दिन। उनले सोध्ने पनि छैनन्।

सात बज्दाबज्दै आमाको मुटु धकधक गर्न थाल्यो। हाकिम अघि आइपुगे र केही सोधे भने उनी के जवाफ दिने? अँग्रेज त टाढैबाट देखेपछि नै डर लाग्थ्यो, यो त अमेरिकन हो। के–के सोध्ला, थाहा छैन। मैले के भन्नु ? आमालाई लाग्यो चुपचाप पछाडिको आँगनतिर वा  विधवा साथीको घर जाऊँ। तर छोराको हुकुम कसरी टार्न सक्थिन्। चुपचाप टाँग झारेर कुर्सीमै बसिरहिन्।

एक सफल पार्टी त्यो हो, जहाँ ड्रिङ्क सफलतापूर्वक चलिरहन्छ। शामनाथको पार्टीले सफलताको शिखर छुनै लाग्यो। कुराकानी जुन रफ्तारमा बगिरहेको थियो, गिलासहरू पनि त्यही रफ्तारमा भरिँदै थिए । कतै कुनै रोकावट थिएन, कुनै अड्चन थिएन। साहेबलाई ह्विस्की मन परेको थियो। मेमसाहेबलाई पर्दा मन परेको, सोफा–कभरको डिजाइन मन परेको, कोठाको सजावट मन परेको थियो। यसभन्दा बढी के चाहियो! साहेबले त ड्रिङ्कको दोस्रो राउन्डमै चुट्किला र कथाहरू सुनाउन थालेका थिए। अफिसमा जति हैकम जमाउँथे, यहाँ त्यति नै मिलनसार बनेका थिए, र उनकी श्रीमती, कालो गाउन, घाँटीमा सेता मोतीको हार, सेन्ट र पाउडरको गन्धमा भिजेकी, कोठामा बसिरहेका सबै देसी महिलाहरूको आराधनाको केन्द्र बनेकी थिइन्। कुरा–कुरामा हाँस्ने, कुरा–कुरामा टाउको हल्लाउने, र शामनाथकी श्रीमतीसँग त यस्ती कुरा गरिरहेकी थिइन्, मानौँ उनकी पुरानी साथी हुन्।

साहेबले त ड्रिङ्कको दोस्रो राउन्डमै चुट्किला र कथाहरू सुनाउन थालेका थिए। अफिसमा जति हैकम जमाउँथे, यहाँ त्यति नै मिलनसार बनेका थिए, र उनकी श्रीमती, कालो गाउन, घाँटीमा सेता मोतीको हार, सेन्ट र पाउडरको गन्धमा भिजेकी, कोठामा बसिरहेका सबै देसी महिलाहरूको आराधनाको केन्द्र बनेकी थिइन्।

र यही उमङ्गमा पिउँदै–पिलाउँदै साढे दस बज्यो। समय बितेको पत्तै भएन।

अन्त्यमा सबैले आफ्नो–आफ्नो गिलासको अन्तिम घूंट पिएर खाना खान उठे र बैठकबाट बाहिर निस्किए। अघि–अघि शामनाथ बाटो देखाउँदै, पछि हाकिम र अन्य पाहुना।

बरन्डामा पुग्नेबित्तिकै शामनाथ एकाएक अडिए। जुन दृश्य उनले देखे, त्यसले उनका खुट्टा लड्खडाए, र क्षणभरमै सारा नशा हराउँदै गयो। बरन्डामा ठीक कोठाको बाहिर आमा आफ्नै कुर्सीमा जस्ताको त्यस्तै बसेकी थिइन्। तर दुवै खुट्टा कुर्सीको सीटमै राखेका, र टाउको दायाँ–बायाँ, बायाँ–दायाँ हल्लिरहेको, र मुखबाट लगातार गहिरोसँग घुरेको आवाज निस्किरहेको। केहीबेर टाउको टेढो भएर एकातिर अडिँदा घुराइ अझ गहिरो हुन्थ्यो। अनि झट्कासँग निन्द्रा टुटेपछि टाउको फेरि दायाँ–बायाँ हल्लिन्थ्यो। पल्लु टाउकोबाट खसेको, र आमाका झरेका कपाल आधा खुइलिएको टाउकामा अस्तव्यस्त छरिएका थिए।

बरन्डामा पुग्नेबित्तिकै शामनाथ एकाएक अडिए। जुन दृश्य उनले देखे, त्यसले उनका खुट्टा लड्खडाए, र क्षणभरमै सारा नशा हराउँदै गयो। बरन्डामा ठीक कोठाको बाहिर आमा आफ्नै कुर्सीमा जस्ताको त्यस्तै बसेकी थिइन्।

देख्नासाथ शामनाथ क्रुद्ध भए। मन लाग्यो आमालाई धक्का दिएर उठाइदिऊँ र कोठामा धकेलिदिऊँ। तर त्यसो गर्नु सम्भव थिएन, हाकिम र बाँकी पाहुना नजिकै उभिएका थिए।

आमालाई देख्नासाथ देसी अफिसरहरूको केही महिलाहरू हाँसिन् कि त्यत्तिनै खेर हाकिमले बिस्तारै भने - पुअर डियर!

आमा हड्बडाएर उठिन्। आफू सामुन्ने यति धेरै मानिसहरू उभिएको देखेर यति डराइन् कि केही भनिसकिनन्। हत्तपत्त पल्लु टाउकामा राख्दै उभिइन् र भुइँतिर हेर्न लागिन्। उनका खुट्टा लड्खडाउन थाले र हातका औँलाहरू थर्थर काम्न थाले।

‘आमा, तिमी गएर सुत, किन यति बेलासम्म जागिरहेकी थियौ?’ - र लाचार नजरले शामनाथ हाकिमको मुखतिर हेर्न लागे।

हाकिमको अनुहारमा मुस्कान थियो। उनी त्यहीँ उभिएरै भने, नमस्ते!

आमाले असजिलो मान्दै, आफैँमा खुम्चँदै दुवै हात जोडे, तर एक हात पछ्यौरीभित्र माला समाइरहेको, अर्को बाहिर, ठीकसँग नमस्ते पनि गर्न सकिनन्। यो देखेर शामनाथ फेरि खिन्न भए।

त्यत्तिकै हाकिमले आफ्नो दायाँ हात, हात मिलाउन अगाडि बढाए। आमा झनै डराइन्।

‘आमा, हात मिलाऊ।’

तर हात कसरी मिलाउँ? दायाँ हातमा त माला थियो। हतार–हतारमा आमाले बायाँ हात नै साहेबको दायाँ हातमा राखिदिइन्। शामनाथभित्रभित्रै जलिरहे। देसी अफिसरहरूको महिलाहरू खित्खिताएर हाँसिन्।

‘यस्तै होइन, आमा! तिमीलाई त थाहा छ, दायाँ हात मिलाइन्छ। दायाँ हात मिलाऊ।’

तर त्यतिञ्जेल हाकिमले आमाको बायाँ हात नै बारम्बार हल्लाउँदै भनेका थिए - हाउ डू यू डू?

‘भन्नू आमा, म ठीक छु, कुशलमङ्गल छु।’

आमाले केही बड्बडाइन्।

‘आमा भन्छिन्, म ठीक छु। भन्नू आमा, हाउ डू यू डू।’

वातावरण हलुका हुन थाल्यो। साहेबले स्थिति सम्हालिसकेका थिए। मानिसहरू हाँस्न–चिर्बिराउन थाले। शामनाथको मनको क्षोभ पनि केही–केही कम हुन थाल्यो।

आमा बिस्तारै लजाउँदै भनिन् - हौ डू डू…

फेरि एकपटक अट्टहासपूर्ण हाँसो गुन्जियो।

वातावरण हलुका हुन थाल्यो। साहेबले स्थिति सम्हालिसकेका थिए। मानिसहरू हाँस्न–चिर्बिराउन थाले। शामनाथको मनको क्षोभ पनि केही–केही कम हुन थाल्यो।

साहेब आफ्नै हातमा आमाको हात अझै समाइरहेका थिए, र आमा खुम्चिँदै गइरहेकी थिइन् ।  साहेबको मुखबाट रक्सीको दुर्गन्ध आइरहेको थियो।

शामनाथले अंग्रेजीमा बोले - मेरी आमा गाउँकी हुन्। उमेरभर गाउँमै बसिन् । त्यसैले तपाईंसँग लजाउँछिन्।

साहेब यसमा खुसी देखिए। बोले - साँच्चै? मलाई गाउँका मानिसहरू धेरै मन पर्छन्, त्यसो भए त तिम्री आमाले गाउँका गीत र नाच पनि जान्दछिन् होला ? हाकिम खुसी हुँदै टाउको हल्लाउँदै आमालाई टोलाएर हेर्न थाले।

आमा, साहेब भन्छन्, कुनै गीत सुनाऊ। कुनै पुरानो गीत तिमीलाई त कति-कति याद होलान् नि ।

आमाले बिस्तारै बोली - म के गाऊँ नानी। मैले कहिले गाएकी छु?

वाह, आमा! पाहुनाले भनेको पनि कसैले टार्छ र? साहेबले यति अनुरोध गरेर भनेका छन्, गाइनन् भने भने साहेबले के ठान्लान् ?

म के गाऊँ, छोरा। मलाई के आउँछ र?

वाह! कुनै राम्रो टुक्रा सुनाइदेऊ। दो पत्तर अनाराँ दे ...

देशी अफसर र तिनकी स्त्रीहरूले यस सुझावमा ताली बजाए। आमाले कहिले टीठ लाग्दो दृष्टिले छोराको अनुहार हेरिन्, कहिले छेउमै उभिएकी बुहारीको अनुहार।

यतिमै छोराले गम्भीर आदेश-जस्तो स्वरमा भन्यो - आमा!

देशी स्त्रीहरू खित्खिताएर हाँसे । तीन पङ्क्ति गाएपछि आमा चुप भइन्। बरण्डा तालीले गुञ्जियो। साहेबले ताली बजाउनु रोक्दै रोकेनन्।

यसपछि हो या होइन भन्ने त प्रश्न नै उठ्दैनथ्यो। आमा बसिन् र क्षीण, दुर्बल, काँपिरहेकी आवाजमा एउटा पुरानो विवाहको गीत गाउँन लागिन् –

हरिया नी मायें, हरिया नी भैणे

हरिया ते भागी भरिया है!

देशी स्त्रीहरू खित्खिताएर हाँसे । तीन पङ्क्ति गाएपछि आमा चुप भइन्।
बरण्डा तालीले गुञ्जियो। साहेबले ताली बजाउनु रोक्दै रोकेनन्। शामनाथको चिडचिडापन प्रसन्नता र गर्वमा बदलिएको थियो। आमाले पार्टीमा नयाँ रङ भरिदिएकी थिइन्।

ताली रोकिएपछि साहेब बोले - पंजाबका गाउँहरूको हस्तकला के हो?

शामनाथ खुसीमा झूमिरहेका थे। बोले - ओहो, धेरै छन् - साहेब! म तपाईंलाई एक सेट ती चीजहरूको भेंट गर्नेछु। तपाईं तिनीहरू देखेर खुसी हुनुहुनेछ।

तर साहेबले टाउको हल्लाएर अंग्रेजीमा फेरि सोधे - होइन, मलाई दोकानका चीज चाहिँदैन। पंजाबीहरूको घरमा के बन्छ, महिलाहरूले आफैँ के बनाउँछन्?

शामनाथले केही सोच्दै भने - केटीहरूले गुडिया बनाउँछन्, र फूलकारी (कढाइबुनाइ) गर्छन्।

फूलकारी के?

शामनाथले फूलकारीको मतलब बुझाउने असफल प्रयास गरेपछि आमालाई सोधे- आमा, कुनै पुरानो फूलकारी घरमा छ?

आमा चुपचाप भित्र गईन् र आफ्नो पुरानो फूलकारी लिएर आइन्।

साहेब गहन रुचिका साथ फूलकारी हेर्न थाले। पुरानो फूलकारी थियो, ठाउँ–ठाउँबाट त्यसका धागो उध्रिएका थिए र कपडा च्यातिँदै थियो। साहेबको रुचि देखेर शामनाथले भन्यो - यो फाटेको छ, साहेब, म तपाईंलाई नयाँ बनाइदिऊँला। आमाले बनाएर दिनेछिन्। किन, आमा साहेबलाई फूलकारी धेरै मन परेछ, यिनलाई यस्तै एउटा फूलकारी बनाई दिन्छौ नि?

आमा चुप रहिन्। अनि डराउँदै–डराउँदै बिस्तारै बोलिन् - अब मेरी आँखामा तेज नै कहाँ छ, बाबु ! बूढो आँखाले के देख्छ र ?

तर आमाको वाक्य बीचमै काट्दै शामनाथ साहेबलाई बोले - उनले अवश्य बनाइदिनेछिन्। तपाईं त्यो देखेर खुसी हुनुहुनेछ।

साहेबले टाउको हल्लाए, धन्यवाद दिए र हल्का–हल्का झुम्दै खाने टेबलतिर बढे। बाँकी पाहुना पनि उनीहरूकै पछि लागे।

कोठामा बस्नासाथ आँखामा धर्धरी आँसु बग्न थाले। पछ्यौराले बारम्बार आँसु पुछिन्, तर वर्षौँको बाँध फुटेर बगिरहेझैँ आँसु फेरि–फेरि उम्लँदै आइरहन्थे । आमाले धेरै सम्हालिन्, हात जोडिन्, भगवानको नाम लिन थालिन्, छोराको दीर्घायु हुने प्रार्थना गरिन्, पटक–पटक आँखाहरू चिम्लिन्, तर आँसु वर्षातको पानीझैँ रोक्किँदै रोकिएनन्।

जब पाहुनाहरु बसिसके र आमामाथि सबको नजर हट्यो, आमा बिस्तारै कुर्सीबाट उठिन्, सबैको आँखा छल्दै आफ्नो कोठातिर गइन्।

तर कोठामा बस्नासाथ आँखामा धर्धरी आँसु बग्न थाले। पछ्यौराले बारम्बार आँसु पुछिन्, तर वर्षौँको बाँध फुटेर बगिरहेझैँ आँसु फेरि–फेरि उम्लँदै आइरहन्थे । आमाले धेरै सम्हालिन्, हात जोडिन्, भगवानको नाम लिन थालिन्, छोराको दीर्घायु हुने प्रार्थना गरिन्, पटक–पटक आँखाहरू चिम्लिन्, तर आँसु वर्षातको पानीझैँ रोक्किँदै रोकिएनन्।

आधी रातको समय होला। पाहुनाहरू खाना खाएर एक–एक गरेर फर्किसकेका थिए। आमा आँखा फारेर भित्तातिर हेर्दै भित्तामै अडेस लगाएर बसेकी थिइन् । घरको वातावरणको तनाव विस्तारै कम हुँदै थियो। टोलको निस्तब्धता शामनाथको घरमै छाइसकेको थियो, केवल भान्साबाट थालहरूको खनखनाहट आइरहेको थियो। त्यत्तिकै आमाको सानो कोठाको ढोका अचानक ठूलो आवाजले ढक्ढकाउन थाल्यो।

आमाको मुटु नै डुबेजस्तो भयो। आत्तिएर उठिन्। के फेरि मबाट कुनै गल्ती भइहाल्यो? आमा धेरैबेरदेखि आफूलाई दुत्कार्दै थिइन् कि किन उनीहरूलाई निद्रा लाग्यो, किन ऊघ्न पुगिन्। के छोराले अझै क्षमा गरेन?

आमा, ढोका खोल।

आमाको मुटु नै डुबेजस्तो भयो। आत्तिएर उठिन्। के फेरि मबाट कुनै गल्ती भइहाल्यो? आमा धेरैबेरदेखि आफूलाई दुत्कार्दै थिइन् कि किन उनीहरूलाई निद्रा लाग्यो, किन ऊघ्न पुगिन्। के छोराले अझै क्षमा गरेन? आमा उठिन् र काँपिरहेका हातले ढोका खोलिन्।

ढोका खुल्नेबित्तिकै शामनाथ झुम्दै अघि बढेर आए र आमालाई अँगालो हाले।
ए आमा! तिमीले त आज गज्जब गर्‍यौ! ...साहेब तिमीसँग यति खुशी भयो कि के भनूँ। ए आमा । आमा !

आमाको सानो शरीर खुम्चिएर छोराको अँगालोभित्र हरायो। आमाका आँखामा फेरि आँसु आयो। तिनलाई पुछ्दै बिस्तारै भनिन् - छोरा, मलाई हरिद्वार पठाइदेऊ। निक्कै समय अघिदेखि भन्दै आएकी छु।

शामनाथको झुमाइ अचानक रोकियो र उनको निधारमा फेरि तनावका रेखाहरू देखापर्न थाले । उनका अङ्गालो आमाको शरीरबाट हटे।के भन्यौ, आमा? यो फेरि कस्तो राग अलाप्यौ ?

शामनाथको क्रोध बढ्दै गयो, भन्दै गए - तिमी मलाई बदनाम गर्न चाहन्छौ, ताकि संसारले भनोस् कि छोरोले आमालाई सँगै राख्न सकेन।

होइन छोरा, अब तिमी आफ्नो बुहारीसँग मन लागेअनुसार बस ।  मैले आफ्नो जीवन बाँचिसकेकी छु। अब यहाँ के गरूँ? बाँकी रहेका केही दिन म भगवानको नाम जप्छु। मलाई हरिद्वार पठाइदेऊ!

तिमी गयौ भने फूलकारी कसले गरिदिन्छ ? साहेबसँग तिम्रोसामुन्ने नै फूलकारी दिन्छु भनेर कबोल गरिसकेको छु।

आमा, तिमी मलाई धोका दिएर यसरी जानेछौ? मेरो बन्ने काम बिगार्छौ? के तिमीलाई थाहा छैन साहेब खुशी भए भने मेरो बढुवा हुन्छ !

अब म राम्ररी आँखामा देख्दिनँ छोरा, कसरी फूलकारी बुनूँ? तिमी अरू कतैबाट बनाइदेऊ वा  बनेकै ल्याऊ।

आमा, तिमी मलाई धोका दिएर यसरी जानेछौ? मेरो बन्ने काम बिगार्छौ? के तिमीलाई थाहा छैन साहेब खुशी भए भने मेरो बढुवा हुन्छ !

आमा चुप रहिन्। अनि छोराको मुखतिर हेर्दै भनिन् - के तेरो बढुवा हुन्छ? के साहेबले तेरो बढुवा गरिदिन्छ? के उसले केही भनेको छ?

भनेको छैन, तर देखेनौं कत्तिको खुशी भएर गयो। भन्थ्यो, जब तिम्री आमा फूलकारी बनाउन थाल्नेछिन्, कसरी बनाउँछिन् भनेर म हेर्न आउँछु । साहेब खुशी भए भने त मैले योभन्दा ठूलो जागिर पनि पाउन सक्छु, म ठूलो अफसर बन्न सक्छु।

आमाको अनुहारको रंग बदलिन थाल्यो, बिस्तारै उनका चाउरिका अनुहार हँसिलो देखिन थाल्यो, आँखामा हल्का चमक आउन थाल्यो।

त्यसो भने तेरो बढुवा हुन्छ छोरा?

बढुवा यत्तिकै हुन्छ र ? साहेबलाई खुशी तुल्याउन सके भने न केही गर्नेछन् अन्यथा उनको चाकरी गर्ने अरु कम छन् र ?

त्यसो हो भने म बनाइदिन्छु छोरा, जस्तो बन्ला, बनाइदिन्छु।

र आमाले फेरि मनमनै छोराको उज्ज्वल भविष्यको कामना गर्न थालिन् ।  मिस्टर शामनाथले भने, ‘अब सुत आमा ।’ त्यसो भन्दै उनी अलि लरबराउँदै  आफ्नो कोठातिर फर्किए।