ओली र ओली जस्ता सबै नेताहरुले पाठ सिकुन्!
नेकपा एमालेको जारी ११औँ महाधिवेशनको बन्द शत्रबाट पार्टिमा लामो समयदेखि योगदान गरेका १०औँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य गरि दुई जना नेताहरुले सक्रिय राजनितिबाट बिदा लिएको घोषणा गरे।
महाधिवेशनको सम्मुखमा सक्रिय राजनितिबाट टाढा रहेको घोषणा गर्ने अन्य तहका थुप्रै नेताहरु पनि छन्। यसले एमालेभित्र नेतृत्व हस्तान्तरण तथा पार्टी पङ्ति पुस्तान्तरणको चरणमा छ भन्ने अर्थ दिन्छ।
बि. सं. २०१० साल असार १३ गते गुल्मी जिल्लाको भट्कुवामा जन्मिएका युवराज ज्ञवाली ती नेता हुन् जो २०२६ सालदेखि कम्युनिस्ट राजनितिमा सक्रिय भए। २०२८ सालमा नेकपा पुष्पलाल समुहको पार्टी सदस्यता लिएर पार्टी काममा निरन्तर लागिरहँदा २०३२ सालदेखि २०३८ सालसम्म वेद बेदाङ्ग संस्कृत मा. वि. देउले मा शिक्षण समेत गरेका थिए। यहीबिच २०३४ सालमा पुष्पलाल समुहबाट कोअर्डिनेशन केन्द्रमा प्रवेश गरि कोअर्डिनेशन केन्द्र २०३५ सालपछी नेकपा (माले) मा रुपान्तरण हुँदा गुल्मी जिल्ला पार्टीमा आबद्ध उनी २०४६ सालमा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनबाट उनी केन्द्रिय सदस्य बनेका थिए। नेकपा माले र नेकपा मार्क्सबादी बिचको एकतापछि बनेको एमालेले २०४९ सालमा पाँचौँ महाधिवेशन गर्यो। सो महाधिवेशनमा पनि उनी केन्द्रिय सदस्य निर्वाचित भए। यसरी उनी चौँथो महाधिवेशनबाट केन्द्रिय कमिटिमा रहँदै नवौँ महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भए। दुई कार्यकाल निर्वाचित भएपछि उनले सक्रिय राजनितिबाट बिदा लिए।
अष्टलक्ष्मी शाक्य, काठमाडौ उपत्यकाको रैथाने समुदायकी हुनेखाने परिवारको छोरी थिइन्। बि. सं. २०१० साल असोज ३० गते काठमाडौमा जन्मिएकी शाक्य परिवारको अस्वीकार्यताका बिच राजनितिमा जोडिएकी थिइन्। उनले परिवारबाट लुकीलुकी राजनैतिक गतिबिधिमा सक्रिय हुँदै गर्दा घरमा बिबाहको प्रसंग चल्न थालेपछि परिवारमा ढाँटेर घर छोडेकी थिइन्। घर छोडेपछि पार्टी सम्पर्कमा पुगेकी उनले आफ्नो सम्पूर्ण जीवन पार्टीलाई अर्पण गरिन्। २०२८ सालतिर मार्क्सवादी अध्ययन दलको सहाराले कम्युनिस्ट पार्टीसंग सम्पर्क बनाएपछि २०३६ सालमा भूमिगत भएकी उनी २०४१ सालमा पक्राउ परी जेल समेत परिन्। पछि २०४५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष हुँदै निरन्तर पार्टी केन्द्रिय कमिटिमा रहेर काम गरिन्। काठमाडौ उपत्यका भित्र हुर्किएकी शाक्यले सिन्धुपाल्चोकदेखि झापा, इलामलगायत तत्कालीन मेची अञ्चलका पहाडी, समथर धेरै क्षेत्रमा पुगेर संगठन निर्माण गरिन्। नवौँ र दशौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित उनले ११औँ महाधिवेशनमा सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरिन्।
वर्तमान अध्यक्ष केपी ओलीले "जबज र पार्टिको लोकतान्त्रीकरण" नामक दस्तावेज मार्फत कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्ष उमेर पार गर्ने नेताहरुलाई स-सम्मान पार्टी नेतृत्वबाट बिदाई गर्ने अभ्यासका लागि वैधानिक व्यवस्था गरेको एमाले र खास गरी केपी ओलीले आफैले पैरवी गरेर स्थापित गरेको यो दुबै व्यवस्था उल्टाएर भावी अध्यक्षको रुपमा आफुलाई नै चुन्नका लागि बन्द सत्र हलमा सबैलाई ह्विप सुनाउँदै गर्दा उमेरले ७० वर्ष पूरा गरेका र दुई कार्यकाल केन्द्रिय कमिटिको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका यी दुई नेताहरुबाट ओली र ओली जस्ता सबै नेताहरुले पाठ सिकुन्।
आजका 'क्विजलिङ' र 'मीर जाफर'हरू
के प्राविधिक शासनले नै सामाजिक खाडल मेटिन सक्छ?
(भारतमा) वामपन्थी आन्दोलनको असफलता
मुलतानी मिट्टीको व्यापार र बालेनले नचाहेका सल्लाहकार
नेपाली राजनीतिको अनुभव
विश्व युद्धको सँघारमा इरान र हाम्रो हराएको स्वाभिमान
तिम्रो पुरै जीवन खेर 'गो !
प्रतिक्रिया