मार्क्सलाई चिन्नुपर्ने र मार्क्ससँग सिक्नुपर्ने तीन–चारवटा आधारभूत कुराहरु
वैचारिक तहमा संसारलाई अत्यन्तै प्रभावित तुल्याउने तथा संसारभरि नै उथलपुथलकारी परिवर्तनका लागि उत्प्रेरणाका स्रोत हुन्– कार्ल मार्क्स । यस संसारमा थुप्रै प्रभावशाली विचारक, चिन्तकहरु पैदा भएका छन् तर कार्ल मार्क्सको विचारले जस्तो व्यापक र वृहत्तर रुपमा संसारका धेरै मान्छेको जीवन, विचार र आचरणलाई अरु कसैको विचार–सिद्धान्त वा चिन्तनले प्रभावित तुल्याउन सकेको छैन । पुँजीवादी खेमाका विश्वप्रसिद्ध सञ्चार माध्यम ‘बीबीसी’ले समेत त्यसै उनलाई ‘सहस्राब्दीका सबैभन्दा महान चिन्तक ठहर्याएको होइन ।
सन् १९९० को सोभितयसंघको विघटनपश्चात विश्वभरि नै समाजवादी शिविर प्रतिरक्षात्मक अवस्थामा पुग्न गयो । त्यो अहिले झनै बढेर गएको छ । आजको विश्वमा पुँजीवादको जगजगी छाइरहेको छ। चीन र भियतनामजस्ता पूर्व समाजवादी भनिएका देशहरू पनि राज्य–पुँजीवादतर्फ तीव्र गतिमा अघि बढिरहेका छन् भने निजी एकाधिकारी पुँजी र वित्तीय पुँजीको प्रभाव अभूतपूर्व रुपमा शक्तिशाली भएको छ। यही बेला एआई, अटोमेसन, बायोटेक्नोलोजीहरुले श्रम बजारलाई आमूल परिवर्तन गर्दैछ; करोडौं रोजगारी गुम्ने सम्भावना छ भने थोरै कम्पनीहरूले अभूतपूर्व नाफा र शक्ति केन्द्रित गर्दैछन्।
उपरोक्त पृष्ठभूमिमा धेरैले कार्ल मार्क्सलाई ‘पुरानो’ वा ‘अप्रासङ्गिक’ ठान्छन्। तर वास्तवमा मार्क्सका आधारभूत विश्लेषणहरु आज झनै सान्दर्भिक बनेका छन्। पुँजीको संकेन्द्रण र केन्द्रीकरणको उनको भविष्यवाणी, श्रमको मूल्य र शोषणको सिद्धान्त, वर्ग–सङ्घर्षको गतिशीलता, र प्राविधिक परिवर्तनले निम्त्याउने सङ्कटको विश्लेषण अहिलेको डिजिटल पुँजीवादलाई बुझ्न अनिवार्य औजार बनेका छन्। यस अर्थमा पनि मार्क्सलाई थप पढ्नु/पढाउनु र उनका विचार–सिद्धान्तहरुको व्यापक परिचर्चा गरिनु जरुरी भएको छ ।
यसै सन्दर्भमा यतिखेर मार्क्सलाई चिन्ने र सिक्ने कुरा के हुन सक्छन् त भन्ने सवालमा प्रकाश पार्ने प्रसिद्ध समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रसँग मूल्याङ्कनले केही वर्ष अगाडि गरेको, अझै पनि उत्तिकै सान्दर्भिक यो अन्तर्वार्ता निक्कै उपयोगी हुन सक्ने देखिएकोले हामीले पुन:प्रकाशित गरेका छौं ।
दायित्वबोध
तपाईं कार्ल मार्क्सलाई कसरी चिन्नुहुन्छ ?
मार्क्सलाई चिन्नुपर्ने र मार्क्सबाट हामीले सिक्नुपर्ने तीन चारवटा मूलभूत कुराहरू छन् । एउटा, सामाजिक विश्लेषण गर्दा कुन पद्दति अपनाउनु पर्छ भन्ने कुरा हो । दोस्रो, पूँजीवाद र पूँजीवादको विश्लेषण कसरी गर्न सकिन्छ भन्ने कुरा हो । तेस्रो, वर्गीय अन्तरविरोध के हो र पूँजीवादले ल्याउने शोषणबाट मुक्ति पाउनका लागि के गर्नुपर्छ भन्ने कुरा हो ।
यसलाई छोटोमा म अलिकति व्याख्या गर्न चाहन्छु । अघि विश्लेषणको पद्दतिबारे सिक्नुपर्ने कुरा भनेर विधिको बारेमा मैले कुरा गरेको हुँ । त्यसमा दुई तीनवटा कुराहरू म उल्लेख गर्न चाहन्छु । पहिलो, हामी जुन द्वन्द्ववाद र द्वन्द्वात्मक भौतिकवादको कुरा गर्छौं, विधिको सवालमा मार्क्सवादको सबभन्दा ठूलो देन त्यो हो । त्यसमा दुई तीनवटा कुराहरू बुझिन्छ । समाज विभिन्न तत्त्वहरूले बनेको हुन्छ । ती तत्त्वहरूलाई केलाउँदै ती तत्त्वहरू मिलेर बन्ने पूर्णतालाई पनि केलाउने प्रयास गर्नुपर्छ भन्ने मार्क्सको विचार हो । अर्थात् एउटा मात्र तत्त्वलाई केलाएर पुग्दैन, त्यसलाई पूर्णतामा केलाउनु पर्छ । त्यो तत्त्वको अरू तत्त्वसँग सम्बन्ध के छ ? त्यो तत्त्वको ऐतिहासिकता के हो ? भन्ने कुरासमेत केलाउनु पर्छ । एउटा मात्र तत्त्वलाई केलाउँदा त्यो नै सबै कुरा हो कि भन्ने बुझिन्छ । हरेक तत्त्व अरू तत्त्वसँग गाँसिएको हुन्छ । कुनै पनि तत्त्वबाट समाजको कुनै पनि पक्षलाई त्यो बेला उजागर गर्न सकिन्छ, जब त्यो पक्षको अरू पक्षसँगको सम्बन्धलाई ऐतिहासिक परिप्रेक्ष्यमा केलाइन्छ । यो कुरा एउटा प्रक्रियामा केलाइने कुरा हो । कुनै पनि चीज बनिबनाउ हुँदैन, बन्ने वा भत्किने एउटा प्रक्रियामा रहेको हुन्छ । कुनै पनि चीज जस्तो छ, त्यही स्थूल रूपमा मात्र त्यसलाई केलायो भने अपूर्ण हुन्छ, ऐतिहासिक प्रक्रियाको रूपमा केलाउनु पर्छ । दोस्रो कुरा, त्यसको अरू पक्षहरूसँगको अन्तरसम्बन्ध के छ भनेर केलाउनु पर्छ । तर यहाँका मार्क्सवादी लेखक तथा विचारकहरूले पूर्णतालाई केलाउनु पर्छ भन्ने कुरालाई बढी जोड दिएका छन् ।
हामीकहाँ पूर्णतालाई मात्र केलाउने भनेर एक किसिमको रहस्यीकरण (Mystification) भएको छ । जस्तै भनौं, हामीकहाँ मार्क्सवादीहरूले शिक्षा, स्वास्थ्य, स्थानीय विकास आदिको बारेमा वास्तवमा ज्यादै कम हेर्ने गरेका छन् । हामी धेरैजसो अन्ध रूपमा, मार्क्सवादी कुरा गर्नेबित्तिकै संरचनातिर ध्यान दिन्छौं, उत्पादन सम्बन्धतिर ध्यान दिन्छौं । तर हाम्रो जीवनको हरेक पक्षमा ती कुराहरू कसरी झल्किएका छन् भनेर हेर्ने प्रयत्न चाहिँ एकदम कम देखिन्छ ।
नपुग भएको कुरा चाहिँ मलाई के लाग्छ भने, त्यो पूर्णता कुन कुन पक्ष मिलेर बनेको छ भनेर ती पक्षहरू केलाउने कुरामा जोड पुगेको छैन । अर्थात् मूल संरचनाका उपसंरचनाहरू केलाउने कुरामा जोड पुगेको छैन । मार्क्सले पूर्णता मात्रै केलाउनुपर्छ भन्नुभएको छैन । कुनै पनि संरचना उपसंरचनाहरूले बनेको हुन्छ, त्यसकारण पूर्णतालाई त्यसका उपसंरचनाहरू के के हुन् भन्ने देखिनेगरी चिर्नुपर्छ । यसरी उपसंरचना केलाउने र साथै ती उपसंरचनाहरू जोड्दा के हुन्छ भनेर पनि केलाउनु पर्छ । यसरी हामीले अंगहरू पनि हेर्नुपर्छ र त्यसको समग्र रूप पनि हेर्नुपर्छ ।
तर हामीकहाँ पूर्णतालाई मात्र केलाउने भनेर एक किसिमको रहस्यीकरण (Mystification) भएको छ । जस्तै भनौं, हामीकहाँ मार्क्सवादीहरूले शिक्षा, स्वास्थ्य, स्थानीय विकास आदिको बारेमा वास्तवमा ज्यादै कम हेर्ने गरेका छन् । हामी धेरैजसो अन्ध रूपमा, मार्क्सवादी कुरा गर्नेबित्तिकै संरचनातिर ध्यान दिन्छौं, उत्पादन सम्बन्धतिर ध्यान दिन्छौं । तर हाम्रो जीवनको हरेक पक्षमा ती कुराहरू कसरी झल्किएका छन् भनेर हेर्ने प्रयत्न चाहिँ एकदम कम देखिन्छ ।
संरचना र उपसंरचना वा पूर्णता र त्यसका विभिन्न पक्षहरूको गठजोड र ऐतिहासिकता कस्तो छ भन्नेबारे मार्क्सको ठोस देन छ । विधिबारे मार्क्सले सिकाउनु भएको एउटा कुरा यो हो । विधिबारे मार्क्सले सिकाउनु भएको अर्को कुरा ऐतिहासिक विशिष्टताबारे हो । हामी साधारणतया कुनै पीर नै नमानी केही कुरामा मान्छेको स्वभाव यही हो भनीदिन्छौ । अदिकालदेखि अहिलेसम्म मान्छेको स्वभाव यस्तै रह्यो, त्यसमा ऐतिहासिक कालखण्डले कुनै असर नै पारेन भनेजस्तो गरी हामी भनिदिन्छौं- 'मान्छे जन्मजात नै लोभी हुन्छ । अथवा सकारात्मक ढंगले पनि भनिएला- 'मानिस स्वभावैले दयावान हुन्छ ।'
यस्ता ऐतिहासिक विशिष्टतारहित मानव-गुणको विश्लेषण अथवा समाजिक विशेषताको विश्लेषण ठीक होइन । मार्क्सवादी पद्धतिअनुसार समाजको विकास क्रमलाई खासखास कालखण्डमा बाँडिएको छ । प्रागसामन्तवाद, सामन्तवाद, पूँजीवाद र समाजवाद भन्ने हामीलाई थाहा छ । समाजको ऐतिहासिक कालक्रमलाई यसरी नै बाँड्नु उपयुक्त हुन्छ ।
यसअन्तर्गत रहेर मार्क्सको देन भनेको के हो भने, हरेक चरणले उत्पादन सम्बन्धमा जुन भिन्नता ल्याउँछ र विशिष्ट खालको उत्पादन सम्बन्ध कायम गर्छ, त्यसले भिन्नै समाजको भिन्नै मानव निर्माण गर्छ । हामीभन्दा ५/७ पुस्ता अधिका मानवभन्दा हामी जैविक किसिमले उही मानव हौं, तर सामाजिक, राजनीतिक, आर्थिक रूपले हामी छुट्टै मानव हौं । यसो भन्ने कुरा मार्क्सवादी पद्धति वा मार्क्सको देन हो । ऐतिहासिक वैशिष्ठ्यमा समाज र सामाजिक प्रक्रिया तथा व्यक्तिलाई समेत केलाउने कुरा मार्क्सको खास देन हो ।
त्यसैगरी, उत्पादन प्रणालीको कुरा छ । समाजलाई केलाउँदा त्यहाँको उत्पादन प्रणालीलाई केलाउनु कत्तिको महत्वपूर्ण छ भन्ने कुरा पनि माक्सले बताउनुभएको छ ।
उत्पादन प्रणालीले समाजको चरित्रलगायत हरेक व्यक्तिको चरित्र निर्माण गर्छ । उत्पादन प्रणालीसँग सारा समाज र व्यक्ति जोडिएको कुरा मार्क्सवादको केन्द्रिय अवधारणा हो । यो विधिबारेको अर्को कुरा हो ।
वर्ग भनेको पूँजीवादको साथसाथै उदय भएको कुरा हो । कुनै अवधारणाको खास ऐतिहासिक चरणमा मात्रै खास किसिमको सामाजिक विभाजन हुन्छ, वर्गीय विभाजन भनेको पूँजीवादको साथसाथ आउने कुरा मात्र हो । त्योभन्दा अगाडिको समयमा फलानो वर्ग, ढिस्कानो वर्ग भनेर भन्न मिल्दैन भन्ने कुरा मार्क्सवादको अर्को देन हो ।
मार्क्सले आफ्नो समयको पूँजीवादबारे अध्ययन गर्नुभएको हो । त्यो बेला पूँजीवादभित्र पनि पूँजीवादका खास खास विशेषताहरू थिए । ती विशेषताहरू अहिलेको भन्दा भिन्दै किसिमका थिए । वर्ग भनेको पूँजीवादको साथसाथै उदय भएको कुरा हो । कुनै अवधारणाको खास ऐतिहासिक चरणमा मात्रै खास किसिमको सामाजिक विभाजन हुन्छ, वर्गीय विभाजन भनेको पूँजीवादको साथसाथ आउने कुरा मात्र हो । त्योभन्दा अगाडिको समयमा फलानो वर्ग, ढिस्कानो वर्ग भनेर भन्न मिल्दैन भन्ने कुरा मार्क्सवादको अर्को देन हो । त्यसपछि, पूँजीवादको कसरी सृष्टि भयो, त्यसका खास कारणहरू के के हुन् भन्ने कुरामा मार्क्सले उपयोगिता मूल्य र विनिमय मूल्यद्वारा गर्नुभएको भेद मार्क्सवादलाई चिनाउने अर्को आधारभूत लक्षण (Fundamental Feature) हो । समाजलाई चिरेर हेर्ने यो एउटा बडो ठूलो हतियार हो । उपयोगिता मूल्यमा आधारित समाज कस्तो हुन्छ र विनिमय मूल्यमा आधारित समाज कस्तो हुन्छ भन्ने कुरा मार्क्सवादले प्रष्ट पारेको छ । यी छुट्टाछुट्टै समाजहरू हुन् । यिनले छुट्टै मानवको निर्माण गर्छन् भन्ने कुरा चटक्क काटेर देखाउन सक्ने ठूलो हतियार हो- मार्क्सवाद । मलाई लाग्छ, पूँजीवादको तर्क, पूँजीवादको उठान कसरी हुन्छ, त्यसमा कस्ता कस्ता खालका अन्तरविरोधहरू हुन्छन्, ती अन्तरविरोधहरू हल हुने तरिका के हो भन्नेबारेमा अर्थात् पूँजीवादको substance को बारेमा पनि मार्क्सवादको योगदान रहेको छ । यसरी एउटा विधि, दोस्रो पूँजीवाद, र तेस्रो चाहिँ समाजलाई कसरी रूपान्तरण गर्ने अथवा पूँजीवादबाट कसरी उम्कने भन्ने मूख्यतया यी तीनवटा विषयहरूमा मार्क्सवादको महत्वपूर्ण योगदान छ ।
मार्क्सले हेगेले को विचारलाई उल्ट्याएर आफ्नो विचार प्रतिपादन गर्नुभएको हो पनि भनिन्छ । यसमा तपाईंको विचार के छ ?
आदर्शवाद र भौतिकवाद संसारलाई हेर्ने दुई दृष्टिकोणहरू हुन् भन्ने कुरा धेरै पहिलेदेखि नै स्थापित भएको हो । पूर्वीय तथा पाश्चात्य दुवै खाले समाजमा यस्ता दृष्टिकोणहरू रहे । हेगेलले यो दृष्टिकोणलाई विस्तार गरेर आदर्शवादलाई स्थापित गर्नुभएको हो । आदर्शवाद समाजको जरा होइन, तर भौतिकवाद चाहिँ हो भन्ने कुरो चाहिँ मार्क्सले नै स्थापित गरेको कुरा हो ।
मार्क्सका विचारहरू कहिलेदेखि मार्क्सवादको रूपमा स्थापित भएको हो ?
विभिन्न चरणमा विभिन्न कुराहरू भए । सबभन्दा पहिला त मजदूरहरूको संगठन स्थापित गर्न नै कम्युनिष्ट घोषणा पत्रले ठूलो भूमिका खेल्यो । अहिलेसम्म पनि विभिन्न ट्रेड युनियनहरूको प्रणेताको रूपमा मार्क्सलाई नै लिने गरिन्छ । मजदूरहरूका संगठनहरू मार्क्सका विचारहरूबाट प्रेरित भएर बने र तिनै संगठनहरूले मार्क्सका विचारहरू फैलाउन / फुलाउन महत्वपूर्ण भूमिका खेले ।
अर्को बौद्धिक जमातको सिर्जना हो । विभिन्न मुलुकमा भइरहेका अन्तरविरोधहरूलाई उजागर गर्न र ती अन्तरविरोधहरूको समाधान गर्न मार्क्सवाद काम लाग्छ भन्ने ठूलो बौद्धिक जमातको उदय भयो । अर्को पक्ष यो हो ।
तेस्रो पक्ष भनेको मार्क्सवादबाट अन्तरप्रेरणा पाएका र त्यसलाई पक्षपोषण गर्नेगरी स्थापित भएका समाजवादी राज्य-व्यवस्थाहरू हुन् ।
यसरी मूलतः तीनवटा कुरालाई हेर्नुपर्छ भन्ने मलाई लाग्छ । ती तीनवटै कुराहरू स्थापित हुनमा क्रमशः मार्क्सवादको देन रह्यो भन्ने म ठान्दछु ।
साम्यवाद र मार्क्सवाद एउटै हो कि होइन ?
साम्यवादको प्रणेता चाहिँ मार्क्स नै हो, तर साम्यवादको बारेमा खुलासा गरेर मार्क्सले लेख्नुभएको छ भन्ने कुरा चाहिँ मैले त्यति पढेको छैन । त्यसकारण मार्क्स आफैँले लेख्नुभएको कुराबाट साम्यवादको एक किसिमको रेखा- चित्रसम्म भन्न सकिएला तर मांसपेशी र हाड भएको साम्यवादको विश्लेषण मार्क्सको लेखमा भेटिन्छ भनेर म भन्न सक्दिनँ । तर मार्क्सवादीहरूले साम्यवादको कुरालाई उजागर गर्दैरहे । केही कालसम्म सिङ्गो राज्यव्यवस्थाहरू मार्क्सवादी आधारमा जन्मिदै गए ।
मार्क्स आफैँले लेख्नुभएको कुराबाट साम्यवादको एक किसिमको रेखा-चित्रसम्म भन्न सकिएला तर मांसपेशी र हाड भएको साम्यवादको विश्लेषण मार्क्सको लेखमा भेटिन्छ भनेर म भन्न सक्दिनँ ।
अहिले पनि केही मुलुक र केही समाजहरू त्यतातिर उन्मुख छन् । त्यो हदसम्म मार्क्सवाद र साम्यवाद पक्कै पनि जोडिएका कुरा हुन् । तर फेरि पनि साम्यवादको बारेमा साङ्गोपाङ्ग धारणा, र यसका विभिन्न पक्षहरूको विवेचना चाहिँ मार्क्सबाट भएको छैन ।
पूँजी लेख्नुअघिका मार्क्स र त्यसपछिका मार्क्सलाई अलग अलग किसिमले बुझ्ने पनि गरिएको मार्क्स को व्यक्तित्वलाई यसरी विभाजन
छ । गर्न मिल्छ ?
मार्क्सले सन् १८३९ देखि लेख्न थाल्नुभएको हो । कम्युनिष्ट घोषणा-पत्र आएदेखि र पूँजी को पहिलो भाग प्रकाशित नहुन्जेल अथवा १८४८ देखि १८५७ सम्म करीब ९ वर्षको समयमा मार्क्सको सोचमा केही हदमा परिष्कार आएको देखिन्छ ।
कम्युनिष्ट घोषणा-पत्र लेख्दाखेरि पनि मार्क्समा एक किसिमको परिवर्तन आदर्शवाद थियो । वस्तुवादी सोचका साथसाथै आदर्शवाद पनि त्यहाँ छ । मजदूरहरूको संगठनले गरिहाल्छ भन्ने सोच त्यहाँ थियो, संगठनका सीमाहरू केलाइएको थिएन । त्यसरी हेर्दा कम्युनिष्ट घोषणा-दस्तावेज पत्र आस्थावान् दस्तावेज हो ।
शुरूका मार्क्स अर्थात् १८३९ देखि १८४७ सम्मका मार्क्स र १८४८ देखिका मार्क्समा केही फरक देखिन्छ । १८३९ देखि १८४७ सम्मका मार्क्सको रचनाको केन्द्रबिन्दु व्यक्ति थियो भने, सामाजिक संरचनामा केन्द्रित भएर उनले लेखेको केही हदमा १८४८ को 'कम्युनिष्ट घोषणा-पत्र र त्यसपछि १८५७ को 'पुँजी' देखिन्छ । समाजलाई केन्द्रबिन्दु बनाउने मार्क्स पछिल्ला मार्क्स हुन् । व्यक्तिलाई केन्द्रबिन्दु बनाउने मार्क्स अघिल्ला मार्क्स हुन् ।
त्यसकारण सन् १८३९ देखि १८४७ सम्मका मार्क्सले व्यक्तिलाई पर्ने समस्या, अलगाव आदि बारेमा लेख्नुभएको छ । आफैंद्वारा निर्मित सामान र समाजबाट एउटा व्यक्ति, कसरी अलगाव हुनसक्दछ, धर्मले मान्छेलाई के प्रभाव पार्दछ आदिबारे मार्क्सले लेख्नुभएको छ । वास्तवमा त्यो चरणमा मानवतावाद, अलिअलि आदर्शवाद पनि रहेको हो मार्क्समा । हुन त मार्क्सले आदर्शवादलाई खण्डन गरेको पनि १८४२-४४ तिरै हो, तर पनि त्यसको शेष चाहिँ उहाँमा बाँकी नै थियो । कम्युनिष्ट घोषणा-पत्र लेख्दाखेरि पनि मार्क्समा एक किसिमको परिवर्तन आदर्शवाद थियो । वस्तुवादी सोचका साथसाथै आदर्शवाद पनि त्यहाँ छ । मजदूरहरूको संगठनले गरिहाल्छ भन्ने सोच त्यहाँ थियो, संगठनका सीमाहरू केलाइएको थिएन ।
त्यसरी हेर्दा कम्युनिष्ट घोषणा-दस्तावेज पत्र आस्थावान् दस्तावेज हो । त्यो विवेचनात्मक, विश्लेषणात्मक भन्दा पनि आस्था जगाउने, मान्छेलाई जगाउने वा आत्मिक पक्ष बढी भएको दस्तावेज थियो ।
सन् १८५७ देखि चाहिँ वस्तुनिष्ठ विश्लेषणको वास्तविक शुरूवात मार्क्सबाट भएको पाइन्छ । हाम्रो स्थिति के हो ? हामी कहाँ छौं ? अब कता जाने ? विद्यमान स्थिति र जानुपर्ने बाटोको विभिन्न पक्ष, विद्यमान स्थितिले हामीलाई कुन बाटो जान दिँदैन ? कुन बाटो बांगिएर जानुपर्छ, सोझो जान दिदैन ? यस्ता खालका विश्लेषणहरू मार्क्सबाट वास्तवमा सन् १८५७ मा मात्र बढी प्रकट भएका छन् । त्यसकारण पहिलेका मार्क्स भनेका अलि बढी व्यक्तिकेन्द्रित अलि बढी आदर्शवादी खालका हुनुहुन्थ्यो भन्ने मैले बुझेको छु ।
तर जहाँसम्म मार्क्सको भौतिकवादी चिन्तन छ, त्यो चाहिँ शुरूदेखिकै चिन्तन हो । मार्क्सले आदर्शवादको पक्षलाई क्रमशः छोड्दै जानुभएको हो । त्यसकारण मार्क्सवाद भन्नाले दुवै चरणको मार्क्सको समष्टिलाई बुझ्नुपर्दछ । तर जर्ज लुकासजस्ता केही विद्वानहरूले चाहिँ पहिलो चरणको मार्क्सलाई अनुशरण गरेका
छन् ।
तपाईंलाई मार्क्सवादको व्यवहारिक परीक्षण भएजस्तो लाग्छ कि लाग्दैन ?
मार्क्सवादको व्यवहारिक परीक्षण भएको हो । केही कुरामा यो खरो उत्रन नसकेको पनि देखिन्छ । जुन मुलुकहरू बढी औद्योगिक हुन्छन्, त्यहाँ समाजवादको बढी संभावना हुन्छ भन्ने कुरा मार्क्सले लेखेको कुरा हो । त्यसकारण बेलायतमा बढी चाँडो समाजवादको स्थापना हुन्छ भनेर झण्डैझण्डै ठोकुवा गरिएको कुरा मार्क्सका रचनाहरूमा पाइन्छ । तर त्यस्तो भएन भन्ने कुरा एकातिर छ भने, अर्कोतिर कृषकहरूलाई संगठित गर्न सकिँदैन, त्यस्तो ठाउँमा साम्यवाद स्थापना हुनसक्दैन भन्ने मार्क्सको भनाईलाई माओत्सेतुङ्गले गलत प्रमाणित गरिदिनु भयो । एक किसिमले क्यूवामा पनि त्यो कुरा देखियो । उत्तर कोरियामा पनि त्यस्तो देखियो ।
यसरी, मार्क्सले पूर्वानुमान गर्नुभएका दुई चारवटा कुराहरू गलत भएको पनि देखिएका छन् । यसले पनि मार्क्सवादको परीक्षण भएको देखाउँछ । यी परीक्षणमा उत्तीर्ण नभएका कुराहरू हुन् । अर्कोतिर, मार्क्सवादबाट प्रेरित भएर गरिएका राज्य- व्यवस्थासम्बन्धी क्रान्तिहरू लगायत वैचारिक क्रान्तिहरू धेरै सफल भएका पनि छन् । अहिले पनि धेरै हदसम्म सफल छन् ।
मार्क्सले पूर्वानुमान गर्नुभएका दुई चारवटा कुराहरू गलत भएको पनि देखिएका छन् । यसले पनि मार्क्सवादको परीक्षण भएको देखाउँछ । यी परीक्षणमा उत्तीर्ण नभएका कुराहरू हुन् ।
सोभियत संघको विघटनपछि मार्क्सवाद नै असफल भएको हो भन्नेहरूलाई के जवाफ दिन सकिन्छ ?
सोभियत संघ लगायत पूर्वी यूरोपका मुलुकहरूमा राज्यस्तरमा एक किसिमले समाजवादको विघटन भयो । त्यो मार्क्सवादको असफलता हो कि होइन भन्ने प्रश्न छ । केही हदमा त्यो असफलता पनि हो । तर सत्तरी वर्ष लामो अवधिसम्म मार्क्सवादी दृष्टिकोणले काम गरेको पनि देखियो । सन १९८९ सम्मको सोभियत संघ मूलतः समाजवादी नै थियो । सोभियत संघको पतन र मार्क्सवादको व्यवहारिक प्रयोगमा विकारहरू आउनुमा दुई चारवटा कुराहरू रहेका छन् । त्यहाँ ब्यूरोक्रेशी निकै शक्तिशाली भयो, सेना निकै शक्तिशाली भयो, तर जनता शक्तिशाली भएन । सरकार र पार्टी नेताहरू शक्तिशाली भए, तर जनताको भूमिकाबारे मार्क्सवादले जे सोचको थियो, त्यो चाहिँ न्यूनीकरण हुँदै गयो । पार्टीले एकछत्र शासन गयो । पार्टीको शासन टिकाउनका लागि ब्यूरोक्रेशी र आर्मीले ठूलो भूमिका खेले । तर जनताले थोरै भूमिका खेले ।
सोभियत संघको पतन र मार्क्सवादको व्यवहारिक प्रयोगमा विकारहरू आउनुमा दुई चारवटा कुराहरू रहेका छन् । त्यहाँ ब्यूरोक्रेशी निकै शक्तिशाली भयो, सेना निकै शक्तिशाली भयो, तर जनता शक्तिशाली भएन ।
टिक्नुपर्थ्यो जनताको आडमा, तर निर्णयहरूमा जनताको सहभागिता भएन । छलफल र निर्णयको प्रक्रियामा जनताको सहभागितालाई न्यूनीकरण गर्दैजाने क्रममा समाजवाद जीवन्त भएन । समाजवाद भनेको 'व्यवस्थाले दान दिने, त्यसमा जनताले सहभागी हुनु नपर्ने स्थिति' निर्माण हुँदै गयो । अनि आम जनता समाजवादी धारणालाई जीवन्त बनाउनुपर्ने व्यवहारबाट पछि हट्ने स्थिति खडा भयो । जनतालाई दोष दिने कुरा छैन, समाजवादको विघटनमा पार्टीको साह्रै ठूलो भूमिका छ र त्यो पार्टीलाई सघाउने मूलतः नोकरशाही र सेनाको पनि भूमिका छ ।
तसर्थ सोभियत संघको विघटन भनेको राजनीतिक रूपमा राज्यस्तरमा मार्क्सवादको असफलता हो, तर वैचारिक रूपमा मार्क्सवादको असफलता होइन । राज्यभन्दा मुन्तिरको संगठनलाई संचालन गर्ने, धान्ने कुराको असफलता पनि होइन । सोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवाद राज्यस्तरमा विघटित भएपछि त्यहाँ को सामाजिक स्तरमा आएको ह्रासले पनि ती ठाउँहरूमा मार्क्सवाद सबै किसिमले असफल भएको होइन भन्ने प्रमाणित गर्दछ । राज्य मात्रै समाजवाद विमुख भएर, मार्क्सवाद विमुख भएर समाजवाद विरुद्धको सरकार बन्दैमा त्यसलाई मार्क्सवाद नै विघटित भएको भन्ने हो कि वा मार्क्सवाद स्थापित भएको ठाउँमा मार्क्सवादबाट पर हट्दाखेरि जनताको जीवनस्तर कति खस्कियो भन्ने कुरासमेत आँकलन गरेर मार्क्सवादको सफलता असफलताको निर्क्यौल गर्ने हो ? - यो प्रश्न अत्यन्त महत्वपूर्ण छ ।
सोभियत संघको विघटन भनेको राजनीतिक रूपमा राज्यस्तरमा मार्क्सवादको असफलता हो, तर वैचारिक रूपमा मार्क्सवादको असफलता होइन । राज्यभन्दा मुन्तिरको संगठनलाई संचालन गर्ने, धान्ने कुराको असफलता पनि होइन ।
अहिले नै हेर्यौं भने हामी पहिलेको सोभियत संघमा शिक्षा, स्वास्थ्य लगायत सारा कुरामा बेपत्ता ह्रास आएको देख्दछौं । त्यहाँ गत बर्षमा मानिसको आयु ९ वर्ष घटिसकेको छ । शिक्षाको स्तर गिर्दो छ ।
गैर मार्क्सवादीहरूको असफलता चाहिं हो कि होइन यो ?
आजको विश्वमा मार्क्सवादको सान्दर्भिकताबारे के भन्नुहुन्छ ?
मार्क्सको पालामा विश्व यो रूपले अगाडि बढ्ला भन्ने त्यति देखिएको थिएन । विश्वको अवस्था पछि गएर कस्तो हुनेछ भनेर अलि पूर्णाङ्गी विश्लेषण लेनिनले नै गर्नुभएको हो । अर्थात् अहिले भूमण्डलीकरणको जुन स्थिति छ विभिन्न विकसित पूँजीवादी मुलुकहरूको के स्थिति हुन्छ, अन्य मुलुकहरूको स्थिति के हुन्छ भन्ने पाइन्छ । विश्लेषण चाहिं लेनिनको रचनामा एकीकरणको साथसाथै पूँजीवाद संगठित हुँदै गए विश्वको विश्वका गरीब र कामदारहरू पनि संगठित हुँदै जाने संभावना बढेको देख्दैछु । त्यस अर्थमा विश्वका मजदूरहरू एक हौ' भन्ने मार्क्सवादको सान्दर्भिकता अहिले झन् बढेको हो कि भन्ने मलाई लागेको छ । जसरी पूँजीवादीहरूले विश्वब्यापीकरणमा भूमिका खेले, त्यही रूपमा विश्वका आम शोषित जनता र कामदारहरूको पनि एकीकरणको जग बसाल्ने काम अघि बढ्न थालेको हो कि भन्ने मलाई लाग्छ । विश्व तहमा अहिले मार्क्सवादको एउटा मुख्य सान्दर्भिकता यो हो ।
जुन देखिन्छ, त्यही सत्य होइन भनेर मार्क्सले पूँजीको पहिलो भागमा भन्नुभएको छ । अर्को कुरा, आदर्शवादलाई त्याग्ने र त्यसबाट पछि हट्ने कुरा मार्क्सवादको अर्को वैज्ञानिकता हो ।
अर्को कुरा, क्षेत्रीय तहमा, मुलुकहरूको तहमा, स्थानीय तहमा मार्क्सवादले दिएको वर्गीयताका कुराहरू अहिले पनि सान्दर्भिक छन् ।
मार्क्सवादका वैज्ञानिकताहरू के के हुन् ?
मार्क्सवादको वैज्ञानिकता भनेको मूलतः वस्तुको तहभित्र गएर त्यसको अध्ययन गर्नु हो । जुन देखिन्छ, त्यही सत्य होइन भनेर मार्क्सले पूँजीको पहिलो भागमा भन्नुभएको छ । अर्को कुरा, आदर्शवादलाई त्याग्ने र त्यसबाट पछि हट्ने कुरा मार्क्सवादको अर्को वैज्ञानिकता हो । वैज्ञानिकता भनेको भौतिक स्थितिको अवलोकन हो । आदर्शवादले वैज्ञानिकतामा लग्दैन । कुनै शास्त्र, कुनै पादरी, कुनै शासकले भन्यो भनेर होइन, ठोस स्थितिको ठोस विश्लेषण गरेर मात्र सत्यको निरूपण गर्नुपर्छ भन्ने मार्क्सवादको भनाइ हो । मार्क्सवादको अर्को वैज्ञानिकता यही हो । मार्क्स स्वयंले भन्नुभएको छ- 'मैले भनें भनेर कुनै कुरा मान्ने होइन ।' तसर्थ मैले शुरूमा भनेझैं मार्क्सवादलाई विधिको रूपमा बुझ्ने कुरा प्रमुख हो भन्ने मलाई लाग्छ ।
प्रस्तुतिः गोविन्द वर्तमान
मूल्याङ्कन २०५६ चैतमा प्रकाशित
लाल सूर्यास्त
नवउदारवादको माखेसाङ्ग्लो र नेपालको वामपन्थी राजनीति!
स्कुलमा ज्ञान, सीप र कामको सन्तुलित मिश्रण
जेन–जि विद्रोहको सन्देश र हाम्रो माओवादी केन्द्रको कार्यभार !
विरोधाभासहरूको सामना, राजनीतिक परिपक्वता र विश्वबोध
गुलिभर ट्राभल्सका लिलिपुटीयन र नेपाली कम्युनिस्टहरु
नयाँ र पुराना विश्व महाशक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधको सम्बन्धमा हाम्रो नीति
प्रतिक्रिया