मेक्सिकोको 'जेन जेड विद्रोह' भाइरल दक्षिणपन्थी षड्यन्त्रको रूपमा पर्दाफास

 वायट रिड र किट क्लारेनबर्ग

तथ्य सार्वजनिक फ्याक्ट चेकिङ्ग प्लेटफर्म इन्फोडेमिया ले जारी गरेको नयाँ प्रतिवेदनले अनुसार १५ नोभेम्बरमा मेक्सिकोका ५० भन्दा बढी सहरहरूमा भड्किएका हिंसात्मक प्रदर्शनहरूलाई एक अन्तर्राष्ट्रिय दक्षिणपन्थी सञ्जालले गोप्य रूपमा वित्तीय सहयोग र समन्वय गरेको तथा स्वचालित (bot) नेटवर्कहरूले तिनलाई व्यापक बनाइदिएको निष्कर्ष निकालेको छ।

यी निष्कर्षहरूलाई मेक्सिकन राष्ट्रपति क्लोडीआ शेन्बाउमले समेत उद्धृत गरेकी छन्। उनले १५ नोभेम्बरका “जेन जेड” प्रदर्शनहरू भड्काउन मेक्सिकोका कार्टेलसंग सम्बन्धित प्रतिपक्षी दलहरू र बाह्य हस्तक्षेपले कस्तो भूमिका खेलेका हुन सक्छन् भन्ने प्रश्न उठाएकी छन्। ती प्रदर्शनहरूबाट करिब १२० जना घाइते भए । जसमा १०० भन्दा धेरै प्रहरी थिए, जसको जानकारी अधिकारीहरूले दिएका छन्।

इन्फोडेमियाको प्रतिवेदनले यस कृत्रिम रूपमा सिर्जित आन्दोलनको स्रोतलाई पहिल्यै राजनीतिक रूपमा निष्क्रिय रहेका सामाजिक सञ्जालका इन्फ्लुयेंसरहरू, मेक्सिकन प्रतिपक्षी व्यक्तिहरू, र धनी कुलीन वर्गको छद्म सञ्जालसँग जोडेको छ। आरोपअनुसार, उनीहरूले करिब ९० मिलियन पेसो (झण्डै ५० लाख अमेरिकी डलर) खर्च गरी देशभर अराजकता फैलाउन सहयोग गरे। प्रमुख आयोजकहरूमा धनी युवा इन्फ्लुयेंसर कार्लोस बेल्लो; मेक्सिकोका कुख्यात कर छलिकर्ता रिकार्डो सालिनास प्लियेगो; र ट्विटर/एक्स, इन्स्टाग्राम र टिकटकमा केही सातामै लाखौँ अनुयायी बनाएका रहस्यमयी बेनाम ‘एकाउन्ट’हरूका सञ्चालकहरू परेका थिए।

इन्फोडेमियाको प्रतिवेदनले यस कृत्रिम रूपमा सिर्जित आन्दोलनको स्रोतलाई पहिल्यै राजनीतिक रूपमा निष्क्रिय रहेका सामाजिक सञ्जालका इन्फ्लुयेंसरहरू, मेक्सिकन प्रतिपक्षी व्यक्तिहरू, र धनी कुलीन वर्गको छद्म सञ्जालसँग जोडेको छ।

अक्टोबरको सुरुवातमा, ३१ वर्षीय बेल्लो जीवनशैली प्रदर्शन गर्ने, पैसा र स्पोर्ट्स कार देखाउने साधारण इन्फ्लुयेंसरबाट एकाएक राजनीतिक विवादको केन्द्र बने। उनले डेपुटीहरूको सभामुख–मण्डलले आयोजना गरेको कार्यक्रममा मेक्सिकन सरकारलाई कटाक्ष गर्दै युवा दर्शकहरूलाई  “आफ्नो अधिकार स्थापित गर” भनेर आह्वान गरेपछि उनी चर्चामा आए। डोनाल्ड ट्रम्पको शैली झल्काउने भाषणशैलीमा, बेल्लोले साधारण मानिसका पहुचबाट सरकार टाढिँदै गएको टिप्पणीलाई दक्षिणपन्थी विचारसँग मिसाउँदै आफूजस्ता “व्यवसायी” ले मात्र प्रणालीलाई पुनर्जीवित गर्न सक्ने दाबी गरे। उक्त सन्देशलाई प्लियेगोले पुनर्प्रकाशन गरे, जो आफ्नो ग्रुपो सालिनास कन्ग्लोमरेटलाई ५० अर्ब पेसो (२.६ अर्ब अमेरिकी डलर) कर तिर्न आदेश दिएपछि मेक्सिकन सरकारका कट्टर विरोधी बनेका थिए।

बेल्लोले आफ्नो सम्बन्ध न त सत्तारूढ मोरेना पार्टीसँग रहेको दाबी गरे, न त “प्रीयान”सँग, जुन मोरेनाले सन् २०१८ मा पूर्व राष्ट्रपति आन्द्रेस मानुएल लोपेस ओब्राडोरको नेतृत्वमा भएको ऐतिहासिक अभूतपूर्व विजयपछि सत्ता गुमाउनु अघि करिब ९० वर्षसम्म मेक्सिकोमा शासन गर्ने सत्तापक्षीय PRI PAN  दलहरूको संयुक्त उपनाम हो। यद्यपि त्यसको दुई साताभित्रै, बेल्लोले काउआतेमोक(Cuauhtémoc ) की मेयर अलिसान्द्रा रोजोलाई प्रवर्द्धन गर्न थाले, जो प्रीयानको उत्तराधिकारी दल Strength and Heart for Mexico की सदस्य हुन्।

बेल्लो नै पहिलो व्यक्ति थिए जसले अक्टोबर १२ मा “मार्च” को तयारी भइरहेको र मिति समेत तोकिएको घोषणा गरे। मेक्सिकन संसदको भिडियो देखाउँदै उनले टिकटकमा भने, “उनीहरूसँग शक्ति छैन। शक्ति त हामी सबैसँग छ, र मेक्सिकोले आज हामीले त्यो पहिलेभन्दा बढी त्यो प्रमाणित गर्न आवश्यक छ।”

उनको भाषणले “अनेकौँ मेक्सिकेलीहरूलाई जागृत पारेको” दाबी गर्दै बेल्लोले जोड दिए, “हामी आफैलाई केवल शब्दसम्म सीमित गर्न सक्दैनौँ,” र निष्कर्ष निकाले, “अब अर्को कदम चाल्ने समय आएको छ।”

उही दिन, टिकटकमा “Mexican Revolutionaries” नामक ‘एकाउन्ट’को सिर्जना भयो। चार दिनपछि, अक्टोबर १६ मा, सो ‘एकाउन्ट’ले नोभेम्बर १५ का प्रदर्शनहरूका लागि पहिलो आह्वान प्रकाशित गर्‍यो। सोही हप्तामा, हिंसात्मक प्रदर्शनको केन्द्रमा रहेको अर्को ‘एकाउन्ट’ “We Are Generation Z Mexico” ले प्रदर्शनको प्रवर्द्धन गर्दै लाइभ प्रसारण गर्‍यो, जसलाई तुरुन्तै केरेटारो राज्यका PAN पार्टीका प्रवक्ता एन्रिके ‘किके’ मिरेलेसले सेयर गरे।

अधिकांश ‘एकाउन्ट’हरूमा जापानी एनिमे One Piece को डाँकु झन्डाको चित्र थियो, जुन २०२५ को गर्मीमा नेपालमा सरकार ढालिएपछि विश्वभरका युवामुखी विपक्षी प्रदर्शनहरूमा बारम्बार देखिने प्रतीक बनेको छ। यी ‘एकाउन्ट’हरू मेक्सिकन रिभोल्युसनरी र Gen Z Mexico  पेजहरूको पछाडि लागेका जस्तो देखिन्थे

यी आन्दोलनका आव्हानहरू छिट्टै विभिन्न ‘एकाउन्ट’हरूबाट विस्तारित भए, इन्फोडेमियाका अनुसन्धानकर्ताहरूले अप्रमाणिक व्यवहार प्रदर्शन गरेको भन्दै औल्याएका थिए। अनुसन्धानकर्ताहरूले विशेष रूपमा दर्जनौँ ‘एकाउन्ट’हरूलाई औंल्याए, जसका फ़लोवर्स संख्या एक अंकमा सीमित थिए र २०२५ का अक्टोबर वा नोभेम्बरमा मात्रै सिर्जित थिए। अधिकांश ‘एकाउन्ट’हरूमा जापानी एनिमे One Piece को डाँकु झन्डाको चित्र थियो, जुन २०२५ को गर्मीमा नेपालमा सरकार ढालिएपछि विश्वभरका युवामुखी विपक्षी प्रदर्शनहरूमा बारम्बार देखिने प्रतीक बनेको छ। यी ‘एकाउन्ट’हरू मेक्सिकन रिभोल्युसनरी र Gen Z Mexico  पेजहरूको पछाडि लागेका जस्तो देखिन्थे किनकि त्यही हप्तामा जब ती पेजहरूले विद्रोहका लागि आह्वान गरेका थिए, उनीहरूले पनि सोहि लोगो प्रयोग गर्न थालेका थिए।

मेक्सिकोमा भएको हिंसात्मक घटनाहरू हुनु अघिका केही दिनमा, We Are Generation Z Mexico पेजले परस्परविरोधी सन्देशहरूको श्रृङ्खला प्रकाशित गर्‍यो। १२ नोभेम्बरको एक पोस्टमा प्रदर्शनकारीहरूलाई “तोड़फोड़” वा “नष्ट नगर” भनेर आग्रह गरिएको थियो, तर केही घण्टामै त्यही ‘एकाउन्ट’ले अर्को पोस्ट गर्दै angle grinder  र शारीरिक बल प्रयोग गरी राष्ट्रपतिको महलसम्म प्रदर्शनकारीहरू नपुगून् भनेर जडान गरिएका धातुका अवरोधहरू कसरी हटाउने भनेर सिकाएको थियो।

Generation Z Mexico  ले आफ्नो प्रोफाइलमा आफूलाई “दलीय रूपमा निष्पक्ष” भनेर परिचय दिएको छ, तर यस ‘एकाउन्ट’ले २०२४ यतादेखि भेनेजुएलामा शासन परिवर्तनको माग गर्ने अनेकौँ पोस्टहरू प्रकाशित गरेको छ।

मेक्सिकन युवाहरूको सम्पूर्ण पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गरे पनि, २०२५ को अक्टोबरमा ब्लूमबर्ग सम्बद्ध El Financiero ले गरेको सर्वेक्षणअनुसार राष्ट्रपति क्लाउडिया शेन्बाउमले आफ्नो देशका सबैभन्दा युवा मतदातामध्ये दुई–तिहाइको समर्थन पाएको पाइयो। यद्यपि, पश्चिमी सञ्चारमाध्यमहरूले प्रायः Gen Z Mexico को कथनलाई नै आत्मसात् गरेका छन्, र निरन्तर रूपमा यो अराजकतालाई एउटा “नार्को–सरकार” विरुद्ध युवाहरूको सामूहिक विद्रोहको रूपमा चित्रण गर्दै आएका छन्।

जेन Z” प्रदर्शनहरूलाई मेक्सिकोका पूर्व दक्षिणपन्थी राष्ट्रपति भिसेन्टे फक्सले पनि खुलेरै प्रोत्साहन दिएका छन्।

पहिलेका बिरोध प्रदर्शन सामग्री राष्ट्रपति शेन्बाउमलाई पदबाट हटाउन मागमा केन्द्रित थिए। तर प्रभावशाली ‘एन्टि–कार्टेल’ मेयर कार्लोस मान्जोको हत्या भएपछि आयोजकहरूले आफ्नो रणनीति परिवर्तन गरे। मान्जोको हत्या शेन्बाउम विरुद्ध हतियारका रूपमा प्रयोग गर्दा प्रदर्शनकारीहरूले उनको प्रशासनले स्थानीय लागूपदार्थ  व्यापारविरुद्ध चालेको सशक्त अभियानलाई नजरअन्दाज गरे । जसले हजारौँ पक्राउ, दर्जनौँ निर्वासन, ठूलो परिमाणको अवैध पदार्थबरामदी, र कार्टेल गतिविधिमा व्यापक अवरोध उत्पन्न गरिसकेको छ।

जेन Z” प्रदर्शनहरूलाई मेक्सिकोका पूर्व दक्षिणपन्थी राष्ट्रपति भिसेन्टे फक्सले पनि खुलेरै प्रोत्साहन दिएका छन्। फक्सका सुरक्षा प्रमुख जनारो गार्सिया लुना कुख्यात सिनालोआ कार्टेलसँग अन्तर्राष्ट्रिय लागूपदार्थ  तस्करी षड्यन्त्रमा दोषी ठहर भएका थिए, र अहिले अमेरिकाको त्यही सुपरम्याक्स जेलमा बन्दी छन् जहाँ कुख्यात ड्रग लर्ड जोआक्विन “एल चापो” गुज़मान कैद छन्।
पछि अमेरिकी राज्य विभागका अधिकारीहरूले स्वीकार गरे कि उनीहरू र फक्सको प्रशासन दुवैले गार्सिया लुनाको कार्टेलसँगको साँठगाँठबारे पूर्ण जानकारी राख्थे, तर “हामीलाई उनीसँगै काम गर्नुपर्थ्यो” भन्दै कुनै कारबाही गरेनन्।

राष्ट्रपति शेन्बाउमले भने प्रदर्शनहरू “विदेशबाट प्रवर्द्धित” भएको आरोप लगाएकी छन्। मुख्यधारका सञ्चारमाध्यमहरूले उनको टिप्पणीलाई चरम षड्यन्त्रको सिद्धान्तका रूपमा चित्रित गरे पनि, उनका दाबी आधारहीन छैनन्।

प्रदर्शनहरूको प्रवर्द्धन गर्ने र प्रहरीले गरेको क्रुरता देखाउने भिडियोहरू प्रसारित गर्ने Animal Politico ती धेरै मेक्सिकन सञ्चारमाध्यम तथा नागरिक समाज समूहहरूमध्ये एक हो, जसले अमेरिकाको ‘नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी’ — अमेरिकी सरकारको शासन परिवर्तन मन्त्रालय बाट ठूलो रकम पाउँछ।

Animal Politico ले आफ्ना ‘पत्रकार’ ले तयार पारेको प्रायोजित सामग्रीलाई आफ्नो डिजिटल साइटमा भारी शुल्क लिएर राख्ने अवसर कम्पनीहरूलाई खुलेरै प्रदान गर्छ। यसको प्रायोजकहरूमा गुगलको अभिभावक कम्पनी Alphabet Inc, AstraZeneca, CIA–सम्बद्ध Ford Foundation, र जर्ज सोरोसको Open Society Foundations जस्ता पश्चिमी संस्थाहरू छन् । जुन शेन्बाउम प्रशासनका वाम–राष्ट्रवादी नीतिका समर्थक निश्चयै पनि होइनन्।

नोभेम्बर १५ को न्यूयोर्क टाइम्स  रिपोर्टले धेरै प्रदर्शनकारीहरू प्रायः युवालाई उद्धृत गर्‍यो, जसले सरकार ढाल्न आह्वान गरिरहेका थिए तर त्यसबाहेक कुनै स्पष्ट माग प्रस्तुत गरेका थिएनन्।

प्रदर्शनहरूले पाएको सबैभन्दा सकारात्मक कभरेजमध्ये धेरै हिस्सा स्टीभ ब्याननसँग सम्बन्धित दक्षिणपन्थी नेटवर्क Real America’s Voice ले दिएको थियो। ब्याननले ट्रम्पलाई मेक्सिकन भूमिमा ‘नार्को–कार्टेलसँग लडाइँ’ का नाममा अमेरिकी सैन्य प्रहार गर्न अनुमति दिन दबाब दिँदै आएका छन्।

नोभेम्बर १५ को न्यूयोर्क टाइम्स  रिपोर्टले धेरै प्रदर्शनकारीहरू प्रायः युवालाई उद्धृत गर्‍यो, जसले सरकार ढाल्न आह्वान गरिरहेका थिए तर त्यसबाहेक कुनै स्पष्ट माग प्रस्तुत गरेका थिएनन्।

टाइम्सले प्रस्तुत गरेको एक सामान्य उदाहरण २१ वर्षीया “अभिनेता तथा गायक” थिए, जसले स्पष्ट रूपमा भने, “यस मार्चको लक्ष्य नै राष्ट्रपति हटाउनु हो।” शेन्बाउमले राजीनामा दिएपछि के हुन्छ भन्नेमा उनीहरू “अनिश्चय” थिए, तर “उनीलाई हटाउनु प्रक्रियाको सुरुवात हो” भन्ने विश्वास राख्थे।

१९ वर्षीया एउटी विद्यार्थीले विद्रोही भावना झल्काइन्, तर प्रदर्शन सफल हुने सम्भावना अत्यन्तै कम भएको स्वीकार गरिन्: हामी शेन्बाउमलाई पदच्युत गर्न त निश्चित रूपमा सक्दैनौँ, किनकि त्यो धेरै चरम कदम हो।” उनले भनिन्, प्रदर्शनको उद्देश्य “सरकारलाई हामी त्यति टाढासम्म जान तयार छौँ भन्ने देखाउनु हो। किनकि तलका मानिसहरूले सर्छन् भने माथिका मानिसहरू ढल्छन्।” उता, एक साट्ठी नाघेका किसानले देशमाथि कार्टेलहरूको कथित “पञ्जा” हटाउन “एकमात्र उपाय” भन्दै अमेरिकाको “हस्तक्षेप” को माग गरे ।

मेक्सिकोझैँ, नेपालको उथल-पुथललाई पनि स्थानीय “जेन जेडयुवाहरूले नेतृत्व गरेको जस्तोगरी चित्रित गरियो, जसले सडकमा One Piece को डाँकु झन्डा अंकित प्लाकार्ड र झन्डा बोकेर प्रदर्शन गरेका थिए।

न्यूयोर्क टाइम्स ले खुलासा गर्‍यो कि प्रदर्शनकारीहरूले Discord मेसेजिङ एप प्रयोग गरेर अराजकता संगठित गरेका थिए । जहाँ “धेरैजसो” प्रयोगकर्ताहरूले राष्ट्रपतिको महलमा नै घुस्नुपर्ने सुझावसम्म दिएका थिए। संयोगवश, सेप्टेम्बरको सुरुतिर नेपालमा सरकार ढाल्ने हिंसात्मक प्रदर्शनहरू पनि Discord मार्फत नै समन्वयित भएका थिए। अमेरिकाले समर्थन गरेको भनिने रंगीन क्रान्तिको लक्षण देखिने ती दुबै घटनाबिचका समानताहरू त्यत्तिमै समाप्त हुँदैनन्।

मेक्सिकोझैँ, नेपालको उथल-पुथललाई पनि स्थानीय “जेन जेडयुवाहरूले नेतृत्व गरेको जस्तोगरी चित्रित गरियो, जसले सडकमा One Piece को डाँकु झन्डा अंकित प्लाकार्ड र झन्डा बोकेर प्रदर्शन गरेका थिए। नेपालका अन्तरिम नेताको चयन समेत Discord मा मतदान गरेर गरियो, जसको मतगणना देखाउने भाइरल चित्रले मुलुकका ३ करोड जनसङ्ख्यामध्ये नयाँ राष्ट्रप्रमुखले जम्मा करिब ४,००० मत पाएको देखाउँथ्यो । देशको जनसङ्ख्याको अत्यन्तै न्यून भाग। मेक्सिकन प्रदर्शनकारीहरूले पनि Discord प्रयोग गरेर सेहेनबाउमको विकल्पबारे छलफल गरे।

न्यूयोर्क टाइम्स का अनुसार, प्रस्तावित उत्तराधिकारीहरूमा “अर्बपति रिकार्डो सालिनास प्लियेगो” जस्ता कुलीन वर्गका व्यक्तिहरू पनि थिए, जो “सबैभन्दा चर्को विपक्षी आवाजमध्ये एक” बनेका छन्। प्लियेगो एक प्रतिबद्ध नवउदारवादी र मेक्सिकाका सबैभन्दा धनी नागरिकमध्ये एक हुन्, जसले अराजकता आयोजनामा संलग्न भएको आरोप अधिकारीहरूले लगाएका छन्। जवाफमा, उनले आक्रोशपूर्वक चुनौती दिए—“मेरो बारेमा तपाईंहरूले फैलाइरहेको ती झूटहरूको एक टुक्रा प्रमाण देखाउनूहोस्।”

प्लियेगोको संलग्नताको प्रमाण प्रत्यक्ष नभए पनि, उनले हिंसात्मक सरकार–विरोधी प्रदर्शनहरूको समर्थन गर्न लाज मानेका छैनन्। साथै, उनका केही महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि छन्।

एटलस नेटवर्कलाई अमेरिकाले समर्थन गरेका ल्याटिन अमेरिकाका थुप्रै ‘कू’ हरूमा संलग्न रहेको मानिन्छ, जसमा २०१९ मा बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति एवो मोरालेसलाई हटाउने प्रयास पनि पर्दछ।

उदाहरणका लागि, मार्च २०२३ मा उनले Universidad de la Libertad नामक संस्थान सुरु गरे, जसको उद्देश्य मेक्सिकोमा “स्वतन्त्र बजारका सिद्धान्त, व्यवसाय विकास र नवप्रवर्तन” प्रवर्द्धन गर्नु हो, र यो Atlas Network सँग सहकार्यमा स्थापित भएको हो। अमेरिकी निगमहरूद्वारा पोषित यो नेटवर्क सयौँ “स्वतन्त्र बजार” थिंक ट्यांकहरूको केन्द्र हो, जसको सम्बन्ध अमेरिकी राज्य विभाग र NED (National Endowment for Democracy) सँग जोडिन्छ। एटलसले हरेक वर्ष विश्वभर “स्वतन्त्रता–सम्बन्धी संस्थाहरू” लाई लाखौँ डलर अनुदान दिँदै आएको छ, जसले दक्षिणपन्थी परियोजनालाई ल्याटिन अमेरिकाभर विस्तार गरिरहेको छ।

एटलस नेटवर्कलाई अमेरिकाले समर्थन गरेका ल्याटिन अमेरिकाका थुप्रै ‘कू’ हरूमा संलग्न रहेको मानिन्छ, जसमा २०१९ मा बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति एवो मोरालेसलाई हटाउने प्रयास पनि पर्दछ। एटलसका प्रायोजित व्यक्तिहरूमध्ये झानिस भाका–दाजा(Jhanisse Vaca-Daza) पनि परेकी छन् । एक उच्चवर्गीय ‘इको–सोशियालाइट’, जसलाई The Grayzone ले २०१९ मा बोलिभियाको लोकतन्त्र उल्ट्याउने कूको अग्रणी भड्काउने पात्रको रूपमा उजागर गरेको थियो।

एटलस नेटवर्कको अर्को लाभार्थी भनेको कराकासस्थित Center for the Dissemination of Economic Information (CEDICE) हो, जसले १९८४ मा स्थापना भएदेखि नै व्यवसाय–मैत्री, पूँजीवादी सुधारका लागि दबाब दिँदै आएको छ। अप्रिल २००२ मा, CEDICE अमेरिकी योजनामा भएको कू प्रयासको प्रमुख सहभागी थियो, जसले निर्वाचित राष्ट्रपति ह्यूगो चाभेजलाई केही समयका लागि हटायो, र यस उद्देश्यका लागि NED बाट दशौँ हजार डलर प्राप्त गरेको थियो।

यदि हालै मेक्सिकोलाई फैलिएको उथलपुथल वास्तवमै सत्ता परिवर्तनको प्रयास थियो भने, त्यो असफल भयो। तर यसले शेन्बाउम प्रशासनविरुद्ध व्यापक युद्धको प्रारम्भिक आक्रमण मात्र दर्शाएको हुन सक्छ।

डोनाल्ड ट्रम्पले उक्त अशान्तिप्रति असन्तोष व्यक्त गरे, र भविष्यमा सैन्य कारबाहीको संकेत दिनेजस्तो टिप्पणी गरे। उनले पहिले शेन्बाउमलाई “साहसी महिला” भनेर प्रशंसा गरेका थिए, तर उनले मेक्सिको “कार्टेलहरूले चलाएको देश” भएको दाबी गरे। ट्रम्प पदासीन भएपछि, सिआइए  र अमेरिकी सेनालाई मेक्सिकोमा गोप्य रूपमा तैनाथ गर्ने तयारी भइरहेको भन्ने हल्ला फैलिएको छ । यस्तो कदमलाई मेक्सिकन सरकारले शत्रुतापूर्ण कार्यका रूपमा लिनेछ।

नोभेम्बर १५ का प्रदर्शनप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने: मैले सप्ताहन्तमा मेक्सिको सिटी हेरेँ। त्यहाँ धेरै ठूलो समस्या छ… म मेक्सिकोसँग सन्तुष्ट छैन। के म लागूपदार्थ रोक्न मेक्सिकोमा हवाई आक्रमण गरौ? मेरो लागि ठीक छ। लागूपदार्थ रोक्न जे गर्नुपर्छ, हामी गर्छौँ।”

अराजकता संगठित गर्ने समूहहरूले त्यसपछि प्रदर्शनकारीहरूलाई नोभेम्बर २० मा मेक्सिकोको नेशनल अटोनमस युनिभर्सिटी (UNAM) मा जुट्न आह्वान गरेका छन्।

Source: https://thegrayzone.com