लोकरिझ्याँइको अपहरणमा परेको नेपाली राजनीति

परम्परागत सामाजिक मूल्य मान्यताभित्र अश्लिलको परिभाषामा पर्ने तर आम युवा वर्गले पचाइसकेका एउटा शब्दको प्रयोगको कारण काठमाडौं महानगरका नगरपिता बालेन शाह निक्कै चर्चा र आलोचनाको पात्र बने । सामाजिक सञ्जालमा तीस लाखमाथि ‘फलोअर’ भएका शाहले त्यो शब्दसहितको पोष्ट तुरुन्तै हटाए । तर त्यसले पैदा गरेको परकम्प निक्कै भयानक, बलियो र प्रभावशाली रह्यो ।

बालेन शाह कुनै निश्चित राजनीतिक सिद्धान्त, मूल्य मान्यताको जगमा उभिएका पात्र होइनन्, न त उनको पृष्ठभूमि नै राजनीति हो। शुरुवाती कालमा यथास्थितिविरुद्धको आक्रोश, पीडा, गुम्फन र अवसादलाई आवाज दिँदै गायनको क्षेत्रबाट उदाएका र लोकप्रियता हासिल गरेका पात्र हुन् उनी ।  उनका कला युवाहरुमाझमा विस्फोटक तहमा जम्मा हुँदै गरेका निराशा र अवसादलाई निकास दिने–प्रकट गर्ने एउटा माध्यम बन्यो ।

सामाजिक सञ्जालहरुको कुशल प्रयोग तथा एल्गोरिदमको माध्यमबाट मानिसको मनमस्तिष्कलाई एकोहोर्याउने कौशलले उनको पक्षमा अपार जनमत तयार पारिदियो । राजनीतिमा युग खपाएका, निरंकुशताविरुद्धको लडाइँमा ज्यान हत्केलामा राखेर कठोर संघर्ष गरेको विगतको गौरवशाली इतिहास भएका राजनीतिज्ञहरु ‘वालेनको क्रेज’ सामु वामपुड्के देखिन थाले ।

राजनीतिक दलहरुको नीतिविहीनता, आफ्नै पार्टीका घोषित सिद्धान्त अनि जनतासामु गरिएका वाचाबन्धनहरुलाई तिलाञ्जली दिएर गरिएको राजनीतिक व्यभिचारले वाक्क दिक्क भएका तथा अन्धकारमय भविष्यको चिन्ताले आत्तिएका युवा पुस्ताका लागि उनी ‘त्राणहारण’, ‘आशाको दियो’ नायक पात्रमा रुपान्तरित भए । उनका बोली र आव्हानलाई पत्याउने लाखौं युवाहरुको जमात रातोरात तयार हुँदै गए । सामाजिक सञ्जालहरुको कुशल प्रयोग तथा एल्गोरिदमको माध्यमबाट मानिसको मनमस्तिष्कलाई एकोहोर्याउने कौशलले उनको पक्षमा अपार जनमत तयार पारिदियो । राजनीतिमा युग खपाएका, निरंकुशताविरुद्धको लडाइँमा ज्यान हत्केलामा राखेर कठोर संघर्ष गरेको विगतको गौरवशाली इतिहास भएका राजनीतिज्ञहरु ‘वालेनको क्रेज’ सामु वामपुड्के देखिन थाले । यो परम्परागत तरिकाले अगाडि बढ्दै गरेको राजनीति स्खलित भएको, युवा पुस्ताको नजरमा त्यो ‘आउटडेटेड’ बनिसकेको कुराको विद्रूप उदाहरण थियो ।

भत्किँदो परम्परागत मानकहरु

संसारभरि राजनीतिका परम्परागत स्थापित मानकहरु भङ्ग हुँदै गइरहेका छन् । राजनीतिक परिवर्तनका लागि आधारभूत र निर्णायक मानिएका परम्परागत ‘निर्णायक वर्ग’ रुपान्तरित भएका छन् । इन्टरनेट क्रान्ति, सामाजिक सञ्जालहरुको व्यापक रुपमा फैलिँदो प्रभाव, एल्गोरिदमहरुको माध्यमबाट मानिसको विचार र मनमस्तिष्कलाई सजिलै प्रभावित तुल्याउन र एकोहोर्‍याउन सकिने अवस्था छ । त्यसको व्यापक र सामुहिक मतिभ्रम सिर्जना गर्न सक्ने हदको अपार छद्म शक्तिका कारण क्रान्ति वा परिवर्तनको निर्णायक शक्तिका रुपमा राजनीतिक चेतना भन्दा भावनात्मक उद्वेलिता र निशारा–अवसादहरुले निर्णायक भूमिका खेल्न थालेको देखिन्छ । संसारभरिकै प्रगतिशील राजनीतिक शक्तिहरुले यसबारेमा विमर्श गर्नु, त्यसको जड कारण पत्ता लगाउनु र त्यसका अन्तर्यमा रहेका समस्याहरुलाई सम्बोधन गर्ने दिशामा नयाँ ढङ्गले सोच्नु जरुरी भइसकेको छ । तर विडम्बनाको कुरा यस दिशामा खासै चिन्तन र बहस भइरहेको देखिन्न ।

इन्टरनेट क्रान्ति, सामाजिक सञ्जालहरुको व्यापक रुपमा फैलिँदो प्रभाव, एल्गोरिदमहरुको माध्यमबाट मानिसको विचार र मनमस्तिष्कलाई सजिलै प्रभावित तुल्याउन र एकोहोर्‍याउन सकिने अवस्था छ । त्यसको व्यापक र सामुहिक मतिभ्रम सिर्जना गर्न सक्ने हदको अपार छद्म शक्तिका कारण क्रान्ति वा परिवर्तनको निर्णायक शक्तिका रुपमा राजनीतिक चेतना भन्दा भावनात्मक उद्वेलिता र निशारा–अवसादहरुले निर्णायक भूमिका खेल्न थालेको देखिन्छ ।

राजनीति अब विचारको भन्दा पनि भावनाको खेल हुँदै गएको छ। पुराना ढाँचा, जस्तै वर्ग, दल वा विचारधाराले निर्धारित गर्ने निर्णय क्षमताहरू अहिले डिजिटल प्रवाहले अपहरण गरिदिएको छ । कुनै समय सामाजिक आन्दोलनहरूलाई जन्म दिने चेतनाको स्रोत मानिसको भोगाइ, सिद्धान्त, नीति र वैचारिकीप्रतिको समर्पण एवं आस्था, दुःख, र सामूहिक त्याग–समर्पणले पैदा गरेको नतिजा थियो। अहिले भने त्यो स्थान एल्गोरिदमले व्यवस्थापन गर्ने र पपुलिजमले सजिलै भड्काइदिन सक्ने ‘भावावेश र उत्तेजना’ले लिएको छ।

निश्चित सिद्धान्त र विचारलाई प्रवर्द्धन गर्ने हतियारमा रुपान्तरण भएका डिजिटल माध्यमहरूले केवल जानकारी वितरण गरिरहेका छैनन्, तिनीहरूले मानिसको भावनात्मक संरचनालाई नै पुनःसंरचना गरिरहेको छ । कसले के हेर्ने वा हेरोस् भन्ने कुरा अब व्यक्तिको रुचि र इच्छाभन्दा बढी प्रविधिले निर्धारण गर्छ। एल्गोरिदमले हामीलाई त्यही सामग्री देखाउँछ, जसले हामीलाई उत्तेजित तुल्याउँछ– क्रोध पैदा गराइदिन्छ, त्रसित बनाउँछ, वा एक किसिमको सामूहिक पीडाको अनुभव गराउँछ। यसरी यतिखेर राजनीतिक चेतनाको स्थानलाई भावनात्मक उद्वेलितताले कब्जा गरेको छ, विस्थापित तुल्याइदिएको छ।

फलत: आजको राजनीतिलाई डोर्‍याउने वा प्रभावित तुल्याउने अन्तरवस्तु विचार– सिद्धान्त कम,  प्रतिक्रिया र आवेग प्रधान भएको छ। हिजो राजनीतिक आन्दोलनहरू निश्चित नीति एवं सिद्धान्तले मार्गनिर्देशिन गरिएका दीर्घकालीन अन्यायविरुद्धको चेतनाको परिणाम हुन्थे; आजका आन्दोलनहरू भने प्रायः कुनै ‘ट्रिगर’ को फलो-अप हुन्छन्  । एक भिडियो, एक ट्वीट, वा एक ट्रेन्डिङ ह्यासट्यागले मानिसहरूलाई सहजै उत्तेजित तुल्याइदिन्छ, उनीहरुलाई सडकमा उतारिदिन सक्छ, र त्यति नै छिटो तिनीहरू फेरि अर्को उत्तेजनातिर मोडिदिन्छन्।

आजको राजनीतिलाई डोर्‍याउने वा प्रभावित तुल्याउने अन्तरवस्तु विचार– सिद्धान्त कम,  प्रतिक्रिया र आवेग प्रधान भएको छ। हिजो राजनीतिक आन्दोलनहरू निश्चित नीति एवं सिद्धान्तले मार्गनिर्देशिन गरिएका दीर्घकालीन अन्यायविरुद्धको चेतनाको परिणाम हुन्थे; आजका आन्दोलनहरू भने प्रायः कुनै ‘ट्रिगर’ को फलो-अप हुन्छन् ।

यो अवस्था खतरनाक हो । किनभने भावनामा आधारित राजनीतिले यथास्थितिलाई बलात भङ्ग गरिदिन त सक्छ, तर त्यसको अन्तर्यमा कुनै सुसंगठित विचार र नीति नहुने भएकोले त्यसले स्थायित्व भने दिन सक्दैन। त्यहाँ तर्कभन्दा बढी चर्को आवाज चल्छ। र जब राजनीति भावनामा मात्रै सीमित हुन्छ, तब सत्ताको खेल सहजै ‘म्यानिपुलेसन’मा परिणत हुन्छ। जसले जनताको रिस, असन्तुष्टि र निराशालाई कुशलतापूर्वक प्रयोग गर्न सक्छ, ऊ तुरुन्तै ‘लोकप्रिय नेता’को रूपमा उदाउन सम्भव हुन्छ। तर दीर्घकालमा यस्तो नेतृत्वले प्रायः समस्या समाधान गर्दैन, बरु स्थितिलाई अझ उल्झाइदिने काम मात्रै गरिदिन्छ । फलत: अवस्था झनै घातक बनेर आउँछ ।

लोकरिझ्याँइले सिर्जना गरेको पपुलिजमवाला चरित्रको माखेसाङ्ग्लो

यतिखेर दीर्घ योगदान र बलिदान हैन, लोकरिझ्याँइले सिर्जना गर्ने पपुलिजमवाला चरित्रको बोलाबाला स्थापित हुने गरेको छ ।  यही कुरा अहिलेको राजनीतिक विचलनको केन्द्रबिन्दु हो।  माथि उठाइएका बिन्दुहरूलाई विस्तारमा जोडेर बुझ्ने हो भने, अहिलेको संसारमा राजनीतिक चेतनाको स्थान क्रमशः ‘लोकरिझ्याँइ’ (spectacle) ले  कब्जा गर्न थालेको स्पष्ट देखिन्छ।

हिजोका राजनीतिक आन्दोलनहरू वा नेताहरू नीति, सिद्धान्त, र लामो अनुभवको जगमा उभिन्थे। उनीहरूको लोकप्रियता तात्कालिक उत्तेजनाबाट होइन, जनविश्वास र सामुहिक हितको दीर्घकालीन प्रतिबद्धताबाट जन्मिन्थ्यो। तर अहिलेको समय त्यसको ठीक विपरीत दिशातिर बगिरहेको छ। सामाजिक सञ्जालले निर्माण गरेको तात्कालिकता र दृश्यमूलक संसारले ‘देखिने’ र ‘महसुस गरिने’ कुरालाई ‘वैचारिकी र यथार्थता’भन्दा माथि राखिदिएको छ। यसले राजनीतिलाई एउटा निरन्तर प्रदर्शन (performance) मा रूपान्तरण गरेको छ । फलत: यतिखेर सैद्धान्तिक धरातलमा उभिएको विचार होइन, उत्तेजक र भावना भड्काउने खालका विचारहरुको प्रभाव मुख्य बनेको छ।

अहिलेका ‘पपुलिस्ट’ पात्रहरू यिनै परिस्थितिबाट जन्मिएका छन्। उनीहरू प्रायः स्थापित राजनीतिक ज्ञान वा संस्थागत अभ्यासबाट होइन, भावनात्मक भाषा र आक्रोशमूलक भाषणबाट जनमानसमा आफ्नै  प्रभाव स्थापित गर्ने गर्छन्। उनीहरूको हरेक वाक्यले सत्य होइन, प्रतिक्रिया जन्माउँछ। कुनै गहिरो बोधभन्दा बढी भावनाको विस्फोटले पैदा गर्ने प्रतिक्रिया नै उनीहरूको शक्ति बन्न पुग्छ। मानिस अब सिद्धान्त, नीति पढेर–बुझेर होइन, अनुहार र नारा देखेर आकर्षित हुन्छ। तर के हेक्का राखिन्न भने त्यसले समस्याको स्थायी हल गर्ने काम पटक्कै गर्दैन ।

 “कसले बोल्न सक्छ?”, “कसले हाम्रा भावनालाई बुझ्छ?” भन्ने भावनात्मक प्रश्नहरूले निर्णयको दिशा तय गर्छन्। त्यसैले अहिले लोकप्रिय बन्ने नेताहरूको राजनीतिक हैसियतभन्दा बढी, उनीहरूको प्रदर्शनशैली (performative style) नै निर्णायक बनेको छ।

राजनीतिक चेतनाले समाज परिवर्तनका लागि गहिरो भूमिका खेल्ने गर्छ । त्यस्तो चेतनाले  “कसको पक्षमा शक्ति प्रयोग भइरहेको छ?”, “कसले लाभ उठाइरहेको छ?” भन्ने कुरालाई गहिरोसँग उठाउने गर्छ । तर अब यस्ता प्रश्नहरूलाई ‘नकारात्मकता’ ठान्न थालिएको  छ। यसको सट्टा, “कसले बोल्न सक्छ?”, “कसले हाम्रा भावनालाई बुझ्छ?” भन्ने भावनात्मक प्रश्नहरूले निर्णयको दिशा तय गर्छन्। त्यसैले अहिले लोकप्रिय बन्ने नेताहरूको राजनीतिक हैसियतभन्दा बढी, उनीहरूको प्रदर्शनशैली (performative style) नै निर्णायक बनेको छ।

एल्गोरिदमले पनि यही प्रवृत्तिलाई बल दिएको छ। त्यसको संरचना र उद्देश्य नै उत्तेजना फैलाउने हो– जुन कुरा बढी प्रतिक्रियात्मक छ, त्यही बढी देखिने हुन्छ। नीतिगत छलफल वा विचारमूलक संवादहरू एल्गोरिदमिक संसारमा ओझेल पर्छन्, किनकि तिनीहरू ‘एन्गेजमेन्ट’ उत्पादन गर्न सक्दैनन्। यसको परिणामस्वरूप गम्भीर र तर्कशील विचारहरू ‘कम आकर्षक’ ठहरिन्छन् । त्यसको बदलामा अतिशयोक्तिपूर्ण, भावनात्मक, र भड्काव गलत अभिव्यक्तिहरू ‘लोकप्रिय’ बन्छन्।

यसरी हेर्दा, अहिलेको राजनीतिक संस्कृति एक किसिमको ‘पपुलिस्ट थिएटर’मा रुपान्तरित भएको छ । त्यस्तो थिएटर, जहाँ नेताहरू कलाकारझैँ प्रस्तुत हुन्छन्, र नागरिकहरू दर्शक। भनिबस्नु पर्दैन– जब राजनीति दर्शकको मनोरञ्जनमा रूपान्तरित हुन्छ, तब ‘लोकप्रियता’ र ‘सत्य’ बीचको रेखा पूर्णतः मेटिन्छ।

अब सामुहिक हितका विचार एकादेशको कथा बन्न थाल्यो, त्यसको ठाउँमा ‘भावनात्मक उत्तेजना’ प्राथमिक बन्यो, राजनीति पनि त्यसैको सिकार बन्यो। अब मानिसहरू सामुहिक हितका लागि तय गरिएका नीति सिद्धान्तका आदर्शकारी कुराहरु पढेर होइन, भिडियो स्क्रोल गरेर बढी प्रभावित हुने गर्छन् र त्यसैको आधारमा निर्णय लिन्छन्।

सूचना क्रान्तिको अभूतपूर्व माध्यम इन्टरनेटको विकासले सूचनाको जगतमा सबै वर्ग र तप्कालाई बराबरीको अवसर मिल्ने अपेक्षा गरिएको थियो । तर त्यसैको सहउत्पादन बनेर देखापरेको सामाजिक सञ्जालहरूले मानिसको ध्यान, विचार र मनमस्तिष्कलाई भिन्नै अर्थमा कब्जा गरेको छ। अब सामुहिक हितका विचार एकादेशको कथा बन्न थाल्यो, त्यसको ठाउँमा ‘भावनात्मक उत्तेजना’ प्राथमिक बन्यो, राजनीति पनि त्यसैको सिकार बन्यो। अब मानिसहरू सामुहिक हितका लागि तय गरिएका नीति सिद्धान्तका आदर्शकारी कुराहरु पढेर होइन, भिडियो स्क्रोल गरेर बढी प्रभावित हुने गर्छन् र त्यसैको आधारमा निर्णय लिन्छन्। यस्तो अवस्थामा जुन कुरा सबैभन्दा ‘भाइरल’ हुन्छ, त्यही राजनीतिक रूपमा सबैभन्दा ‘सशक्त’ देखिन थाल्छ। तर भाइरल हुनु सशक्त हुनु होइन; यो भ्रमको सुदृढीकरण मात्रै हो भन्ने कुरा बुझ्ने र बुझाउने कसले ?

उपेक्षित सवालहरु

राजनीतिक शक्तिहरूले यो परिवर्तनलाई बुझ्न र त्यसको जड कारणहरुलाई उधिनपाधिन गर्नु र त्यसलाई समुचित ढङ्गले सम्बोधन गर्नु अत्यावश्यक छ। यहाँ समस्या केवल प्रविधिको होइन, मानव स्वभावको पनि हो । निराशा, असुरक्षा र अविश्वासले चेतनालाई कुहिरोले ढाकेको मानिसलाई सामाजिक एवं मनोवैज्ञानिक रुपमा सजिलै भावनामा तान्न सकिन्छ । यो अवस्थामा जनमतको ठूलो हिस्सालाई कुनै ठूलो वा सही विचारले होइन, सानो उत्तेजनात्मक कुरा वा गतिविधिले पनि सजिलै मोड्न सकिन्छ। ‘रिसाएको बेला बाहुनले बेद पढ्दैन’ भन्ने लोकोक्तिलाई चरितार्थ गर्दै जब समाजमा सामूहिक क्रोध एकाकार भएर विस्फोटन हुन्छ, त्यहाँ बौद्धिक विलास र  गहिरो विश्लेषणका लागि ठाउँ बाँकी रहँदैन।

अबको चुनौती राजनीतिक सिद्धान्त लेख्ने र तोत्रको रुपमा जप्ने होइन, त्यसलाई इमान्दारितापूर्वक सामुहिक हितमा लागू गर्ने अभ्यासलाई कसरी पुनर्थालनी गर्ने भन्ने हो । अबको मूल चुनौती भनेको  तथा राजनीतिक चेतना पुनःजागृत गर्ने र निराशा र अवसादमा भाँसिदै गइरहेका युवा पंक्तिमा आशा र भरोसाको पुनर्जागृति गराउने  पनि हो।

त्यसैले, अबको चुनौती राजनीतिक सिद्धान्त लेख्ने र तोत्रको रुपमा जप्ने होइन, त्यसलाई इमान्दारितापूर्वक सामुहिक हितमा लागू गर्ने अभ्यासलाई कसरी पुनर्थालनी गर्ने भन्ने हो । अबको मूल चुनौती भनेको  तथा राजनीतिक चेतना पुनःजागृत गर्ने र निराशा र अवसादमा भाँसिदै गइरहेका युवा पंक्तिमा आशा र भरोसाको पुनर्जागृति गराउने  पनि हो। यो काम केवल नीतिगत सुधार वा प्राविधिक नियन्त्रणले सम्भव हुँदैन। राजनीतिक शक्तिहरूले पहिले बुझ्नुपर्छ कि जनता अब सुन्दासुन्दा वाक्कदिक्क भएका ‘थोत्रा’ र उनीहरुले प्रत्यक्ष अनुभूत गर्न नपरेका आदर्शमय कुराहरु सुन्न चाहँदैन । त्यसको बदलामा उनीहरुले आफ्नो व्यवहार र जीवनमा त्राण एवं राहत प्रदान गर्ने सुधारात्मक कुराहहरु  व्यवहारमै लागू भएको कुरा प्रत्यक्ष महसुस गर्न चाहन्छ। त्यस महसुस गराइको चाहनालाई वास्तविकतातिर फर्काउने गहन प्रयास नभए त्यसलाई जो कोहीले पनि सजिलै भड्काउन र आफ्नो पक्षमा उपयोग गर्न सक्ने खतरा रहन्छ । यस्तो अवस्थामा, जनभावनाको प्रवाह जुन दिशातिर बग्छ, त्यही नयाँ "निर्णायक वर्ग" बन्छ– कहिलेकाहीं अराजक, कहिलेकाहीं खतरनाक पनि।

खाँचो आत्मविश्लेषणको !

त्यसैले हो, संसारभरका प्रगति चाहने राजनीतिक शक्तिहरूले अब गहिरो आत्मविश्लेषण गर्नैपर्छ। राजनीतिको दिशा र चरित्रलाई सत्ताको छिनाझप्टिमा दुरुपयोग गर्नका लागि होइन, समाजको मानसिक सन्तुलनलाई सही दिशातिर  मोड्न जरुरी छ ।

राजनीतिक वर्गले गहन मन्थन गर्नुपर्ने र स्वीर्नुपर्ने कुरा भनेको आज राजनीतिक ‘निर्णायक वर्ग’को स्वरूप नै बदलिएको छ। अघिल्ला शताब्दीमा यो वर्ग मजदुर, किसान, वा शिक्षित मध्यम वर्ग हुने गर्थे। तर अहिलेका निर्णायकहरू सामाजिक सञ्जालका प्रयोगकर्ता बनेका छन्, जसको राजनीतिक सोच छोटो अवधिको, अस्थिर र भावनात्मक हुन्छ।

अहिलेको संसारमा राजनीति एकदमै विचित्र मोडमा आइपुगेको छ। परम्परागत अर्थमा राजनीति विचार, सिद्धान्त र वर्गीय चेतनाको मैदान हुने गर्थ्यो । त्यस्तो मैदान, जहाँ परिवर्तनको आधार सामाजिक संरचना, आर्थिक असमानता र जनचेतनामा निहित थियो। तर आज त्यो जग नै हल्लिएको छ। इन्टरनेट र सामाजिक सञ्जालको अत्यधिक विस्तारसँगै, मानिसको विचार बनाउने, बदल्ने र नियन्त्रण गर्ने शक्ति केही अदृश्य एल्गोरिदमका हातमा पुगेको छ। मानिसले अब नीति, आदर्श र सिद्धान्तहरु पढेर होइन, आफ्नो स्क्रिनमा देखापर्ने छोटा भिडियो, मीम र आक्रोशपूर्ण पोस्टहरूबाट विचार बनाउँछ।

यतिखेर राजनीतिक वर्गले गहन मन्थन गर्नुपर्ने र स्वीर्नुपर्ने कुरा भनेको आज राजनीतिक ‘निर्णायक वर्ग’को स्वरूप नै बदलिएको छ। अघिल्ला शताब्दीकामा यो वर्ग मजदुर, किसान, वा शिक्षित मध्यम वर्ग हुने गर्थे। तर अहिलेका निर्णायकहरू सामाजिक सञ्जालका प्रयोगकर्ता बनेका छन्, जसको राजनीतिक सोच छोटो अवधिको, अस्थिर र भावनात्मक हुन्छ। यो वर्ग कुनै पार्टी वा विचारधारासँग स्थायी रूपमा बाँधिँदैन; बरु ट्रेन्ड, भावनात्मक सन्देश र डिजिटल प्रचारबाजीबाट छिटो प्रभावित हुन्छ।

यस्तो अवस्थामा पुराना राजनीतिक दल वा नेताहरूले आफ्नो रणनीति पुनर्विचार गर्नैपर्छ। उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने, मानिसको असन्तोष अब केवल आर्थिक वा राजनीतिक कारणहरुमा मात्र सीमित छैन । यो अस्तित्वगत, भावनात्मक र सांस्कृतिक तहसम्म पुगेको छ। सामाजिक सञ्जालले मानिसलाई एक्लो बनाएको छ, तर उसै एक्लोपनमा उसलाई समूहको भ्रम दिएको छ। र यही विरोधाभासलाई राजनीतिक शक्तिहरूले बुझ्न नसके र त्यसलाई सामुहिक हितको दिशातिर मोड्न नसके लोकतन्त्र केवल भावनात्मक भीडको शासनमा रूपान्तरण हुन सक्छ।

राजनीतिक चेतनालाई पुनःस्थापित गर्न, नागरिकलाई केवल ‘कन्टेन्ट’ होइन, ‘सन्दर्भ’ बुझाउने प्रयास गर्न जरुरी छ। जबसम्म नागरिक सामुहिक हितको दिशामा सोच्न, प्रश्न गर्न र आत्मसमीक्षा गर्न प्रोत्साहित हुँदैन, तबसम्म राजनीति विचारको होइन, प्रभावको खेल बनिरहन्छ।

त्यसैले, अबको खाँचो परम्परागत राजनीतिक सोच र शैलीलाई अपग्रेड गर्ने, बदिलएको समयको सोच र प्रविधिलाई समेट्ने–सम्बोधन गर्न सक्ने नयाँ राजनीतिक दृष्टिकोणको छ । त्यस्तो दृष्टिकोण जसले केवल प्रविधिसँग कदम मिलाउने मात्र होइन, प्रविधिले जन्माएका मनोवैज्ञानिक प्रभावहरूसँग पनि संवाद गर्न सकोस्। राजनीतिक चेतनालाई पुनःस्थापित गर्न, नागरिकलाई केवल ‘कन्टेन्ट’ होइन, ‘सन्दर्भ’ बुझाउने प्रयास गर्न जरुरी छ। जबसम्म नागरिक सामुहिक हितको दिशामा सोच्न, प्रश्न गर्न र आत्मसमीक्षा गर्न प्रोत्साहित हुँदैन, तबसम्म राजनीति विचारको होइन, प्रभावको खेल बनिरहन्छ।

यस अवस्थाको समाधान केवल पपुलिजमको विरोध गरेर सम्भव छैन। यसको गहिरो कारण बुझ्न आवश्यक छ– किन जनता नीतिप्रति होइन, भावनाप्रति आकर्षित हुन्छन्? किन सत्यले भन्दा उत्तेजनाले मानिसलाई सहजै प्रभावित तुल्याउन सक्छ ? यसको जड समाजको असुरक्षा, अविश्वास, र विस्थापनको अनुभवमा छ। जब मानिस आफूलाई प्रणालीबाट छुटिएको महसुस हुन्छ, ऊ अर्थपूर्ण संवादभन्दा बढी ‘देखिने सहानुभूति’ खोज्छ। पपुलिस्ट नेताहरू यही कुरालाई पक्रेर खाली ठाउँमा प्रवेश गर्छन्, र जनताको असन्तुष्टिलाई व्यक्तिगत प्रदर्शनको रूपमा रूपान्तरण गर्छन्।

त्यसैले, राजनीतिक चेतनाको पुनर्जागरण अबको बहसको मूल मुद्दा बन्नु आवश्यक छ । यो फगत ‘शिक्षित बहस’को कुरा होइन; यो त सांस्कृतिक र मनोवैज्ञानिक पुनर्निर्माणको प्रश्न पनि हो। जनतालाई पुनः वैचारिकी र सैद्धान्तिकीको जगमा टेकेर वृहत्तर सामुहिक हितको दिशामा ‘सोच्ने नागरिक’मा फर्काउने प्रक्रिया कठिन छ, तर यही बाटो मात्र दीर्घकालीन स्थायित्वतिर लैजान सक्छ। अन्यथा, हामी हरेक संकटपिच्छे नयाँ पपुलिस्ट जन्माउने र हरेक पपुलिस्टले पुरानो चेतनाको उपलब्धिहरु एवं वैचारिकीलाई ध्वस्त तुल्याउने क्रम निरन्तर चलिरहने अनन्त: चक्रमा फसिरहनेछौं ।