उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन
किम योंग नाम (बायाँ)
उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन भएको छ। उनको निधन ९७ बर्षको उमेरमा ३ नोभेम्बर २०२५ मा भएको हो। उनले १९९८ देखि २०१९ मा सेवानिवृत्त नभएसम्म औपचारिक राष्ट्रप्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।
उत्तर कोरियाली नेता किम जोङ–उन मंगलबार बिहानै किमको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगे। किम योङ्ग नामको निधनमा चीनले “गहिरो संवेदना” व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले नियमित प्रेस–वार्ताका क्रममा किम योङ नाम चीनका पुराना मित्र भएको जनाउँदै, “चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण तथा सहकार्य–सम्बन्धको विकासमा उनले महत्त्वपूर्ण योगदान पुर्याए,” भनिन्।
सन् १९२८ मा जन्मिएका किमले विदेश मन्त्रालयका प्रमुख पदहरू सम्हाल्दै संस्थापक नेता किम इल सुंगको शासनकालमा देशको कूटनीति निर्माणमा महत्वपूर्ण भूमिका खेले। उनले पछि किम जोङ इलको शासनमा पनि विदेश प्रतिनिधित्वमा सक्रिय रहँदै विश्व बाट एक्लिएको उत्तर कोरियाको अन्तर्राष्ट्रिय उपस्थिति कायम राखे।
किम जोङ–उनको शासनकालमा किम योङ नाम बाह्य जगतले देख्ने उत्तर कोरियाको कूटनीतिक अनुहारको रुपमा रहेका थिए । उनी प्योङयाङमा उच्चस्तरीय पाहुनाहरूको स्वागतमा अग्रपंक्तिमा देखिन्थे। सन् २०१८ को शीतकालीन ओलम्पिकका क्रममा उनी दक्षिण कोरिया पुगेर तत्कालीन राष्ट्रपति मुन जे–इनसँग भेटेका थिए। केसीएनएका अनुसार, बिहिबार किम योङ नामको सम्मानमा राजकीय संम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
तस्विर: https://www.aljazeera.com/
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
इरानसँगको युद्ध अपेक्षा गरेभन्दा किन कठिन छ: के हामी 'नयाँ पर्ल हार्बर' को सा…
ऊर्जा मात्र होइन: इरान युद्धले कसरी विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ ?
अली लारीजानी: दार्शनिक सुरक्षा प्रमुखको मृत्युले इरानका लागि के अर्थ राख्छ?
क्युबाको राष्ट्रिय ऊर्जा सङ्कटबीच ट्रम्पद्वारा नियन्त्रण लिने चेतावनी
प्रतिक्रिया